/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दसमस्कन्धः – पञ्चसप्ततितमोऽध्यायः

श्रीमद्भागवत महापुराण

दसमस्कन्धः – पञ्चसप्ततितमोऽध्यायः


राजोवाच
अजातशत्रोस्तं दृष्ट्वा राजसूयमहोदयम् ।
सर्वे मुमुदिरे ब्रह्मन् नृदेवा ये समागताः ॥ १ ॥
दुर्योधनं वर्जयित्वा राजानः सर्षयः सुराः ।
इति श्रुतं नो भगवंस्तत्र कारणमुच्यताम् ॥ २ ॥
नेपाली भावानुवादः राजा परीक्षितले सोधेहे ब्रह्मदेव! अजातशत्रु धर्मराज युधिष्ठिरको त्यो भव्य राजसूय यज्ञको महोत्सव देखेर त्यहाँ पाल्नुभएका ऋषि, देवता तथा अन्य राजाहरू सबै अत्यन्त हर्षित भए। तर दुर्योधन भने खुसी भएन भन्ने कुरा मैले सुनेँ। हे भगवन्! यसको कारण के हो? मलाई बताइदिनुहोस् ।।१२।।
 
ऋषिरुवाच पितामहस्य ते यज्ञे राजसूये महात्मनः ।
बान्धवाः परिचर्यायां तस्यासन् प्रेमबन्धनाः ॥ ३ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजीले भन्नुभयोहे परीक्षित! तपाईंका महात्मा हजुरबुबा युधिष्ठिरको राजसूय यज्ञमा उहाँका सबै बान्धव तथा आफन्तहरू प्रेमको बन्धनमा बाँधिएर विभिन्न सेवाका कार्यमा खटिएका थिए ।।३।।
 
भीमो महानसाध्यक्षो धनाध्यक्षः सुयोधनः ।
सहदेवस्तु पूजायां नकुलो द्रव्यसाधने ॥ ४ ॥
नेपाली भावानुवादः त्यस समयमा भीमसेन भान्छा विभागको अध्यक्ष (महानसाध्यक्ष) थिए। दुर्योधन कोषाध्यक्ष बनेका थिए। सहदेव आगन्तुकहरूको स्वागत एवं पूजासत्कारमा र नकुल विभिन्न सामग्रीहरू सङ्कलन गर्ने कार्यमा नियुक्त थिए ।।४।।
 
गुरुशुश्रूषणे जिष्णुः कृष्णः पादावनेजने ।
परिवेषणे द्रुपदजा कर्णो दाने महामनाः ॥ ५ ॥
नेपाली भावानुवादः अर्जुन गुरुहरूको सेवामा तल्लीन थिए भने भगवान् श्रीकृष्ण स्वयं पाहुनाहरूको पाउ धुने सेवामा लाग्नुभएको थियो। द्रौपदी भोजन पस्कने (परिवेषण) कार्यमा व्यस्त थिइन् भने उदार मनका कर्ण दान दिने कार्यमा जुटेका थिए ।।५।।
 
युयुधानो विकर्णश्च हार्दिक्यो विदुरादयः ।
बाह्लीकपुत्रा भूर्याद्या ये च सन्तर्दनादयः ॥ ६ ॥
निरूपिता महायज्ञे नानाकर्मसु ते तदा ।
प्रवर्तन्ते स्म राजेन्द्र राज्ञः प्रियचिकीर्षवः ॥ ७ ॥
नेपाली भावानुवादः हे राजेन्द्र! सात्यकि, विकर्ण, कृतवर्मा, विदुर, बाह्लीकका पुत्र सोमदत्त, भूरिश्रवा र सन्तर्दन आदि जो जो त्यहाँ उपस्थित थिए, उनीहरू सबै राजा युधिष्ठिरको प्रिय गर्ने इच्छाले महायज्ञका विभिन्न कार्यहरूमा जुटेका थिए ।।६७।।
 
ऋत्विक्‌सदस्यबहुवित्सु सुहृत्तमेषु
    स्विष्टेषु सूनृतसमर्हणदक्षिणाभिः ।
चैद्ये च सात्वतपतेश्चरणं प्रविष्टे
    चक्रुस्ततस्त्ववभृथस्नपनं द्युनद्याम् ॥ ८ ॥
नेपाली भावानुवादः जब ऋत्विज, सदस्य तथा विद्वान् ब्राह्मणहरू एवं प्रिय मित्रहरूलाई मधुर वचन, उचित सत्कार र दक्षिणाद्वारा सन्तुष्ट पारियो र चेदिराज शिशुपाल भगवान् श्रीकृष्णको स्वरूपमा विलीन भए, त्यसपछि युधिष्ठिरले गङ्गाजीमा गएर यज्ञको पूर्णाहुति स्वरूप गरिने 'अवभृथ स्नान' गरे ।।८।।
 
मृदङ्‌गशङ्खपणवधुन्धुर्यानकगोमुखाः ।
वादित्राणि विचित्राणि नेदुरावभृथोत्सवे ॥ ९ ॥
नेपाली भावानुवादः त्यस अवभृथ स्नानको उत्सवमा मृदङ्ग, शङ्ख, ढोल, नगरा र गोमुख जस्ता विभिन्न प्रकारका वाद्यवादनहरू गुञ्जायमान भए ।।९।।
 
नर्तक्यो ननृतुर्हृष्टा गायका यूथशो जगुः ।
वीणावेणुतलोन्नादस्तेषां स दिवमस्पृशत् ॥ १० ॥
नेपाली भावानुवादः नर्तकीहरू हर्षित भएर नाच्न थाले, गायकहरू समूहसमूहमा मिलेर गाउन थाले। वीणा, बाँसुरी र करतालको त्यो सम्मिलित ध्वनिले आकाश स्पर्श गर्‍यो ।।१०।।
 
चित्रध्वजपताकाग्रैरिभेन्द्रस्यन्दनार्वभिः ।
स्वलङ्‌कृतैर्भटैर्भूपा निर्ययू रुक्ममालिनः ॥ ११ ॥
यदुसृञ्जयकाम्बोज कुरुकेकयकोसलाः ।
कम्पयन्तो भुवं सैन्यैर्यजमानपुरःसराः ॥ १२ ॥
नेपाली भावानुवादः रङ्गीचङ्गी ध्वजापताकाले सजिएका हात्ती, रथ र घोडाहरू सहित सुनका माला लगाएका यदु, सृञ्जय, काम्बोज, कुरु, केकय र कोशल देशका राजाहरू सुसज्जित सैनिकका साथ यजमान युधिष्ठिरलाई अगाडि लगाएर पृथ्वी थर्काउँदै बाहिर निस्किए ।।१११२।।
 
सदस्यर्त्विग्द्विजश्रेष्ठा ब्रह्मघोषेण भूयसा ।
देवर्षिपितृगन्धर्वास्तुष्टुवुः पुष्पवर्षिणः ॥ १३ ॥
नेपाली भावानुवादः यज्ञका सदस्य, ऋत्विज र श्रेष्ठ ब्राह्मणहरूले ठूलो स्वरमा वेदपाठ गरे। आकाशबाट पुष्पवृष्टि गर्दै देवर्षि, पितृ र गन्धर्वहरूले युधिष्ठिरको स्तुति गरे ।।१३।।
 
स्वलंकृता नरा नार्यो गन्धस्रग्भूषणाम्बरैः ।
विलिंपन्त्योऽभिसिञ्चन्त्यो विजह्रुर्विविधै रसैः ॥ १४ ॥
नेपाली भावानुवादः सुगन्धित द्रव्य, माला, आभूषण र सुन्दर वस्त्रले सजिएका नगरका नरनारीहरू एकअर्कामाथि विभिन्न सुगन्धित रसहरू छ्याप्दै र लेपन गर्दै उत्सव मनाउन थाले ।।१४।।
 
तैलगोरसगन्धोद हरिद्रासान्द्रकुंकुमैः ।
पुम्भिर्लिप्ताः प्रलिंपन्त्यो विजह्रुर्वारयोषितः ॥ १५ ॥
नेपाली भावानुवादः पुरुषहरूले तेल, दूध, सुगन्धित जल, बेसार र गाढा केशर आदिले स्त्रीहरूलाई लेपन गरिदिए र स्त्रीहरूले पनि त्यसरी नै पुरुषहरूलाई लेपन गर्दै रमाइलो गरे ।।१५।।
 
गुप्ता नृभिर्निरगमन्नुपलब्धुमेतद्
    देव्यो यथा दिवि विमानवरैर्नृदेव्यः ।
ता मातुलेयसखिभिः परिषिच्यमानाः
    सव्रीडहासविकसद्‌वदना विरेजुः ॥ १६ ॥
नेपाली भावानुवादः त्यो उत्सव हेर्नका लागि स्वर्गबाट अप्सराहरू विमानमा चढेर आए झैँ इन्द्रप्रस्थका रानीहरू पनि सैनिकद्वारा सुरक्षित भई पालकीमा चढेर बाहिर आए। आफ्ना माइतीका दाजुभाइ तथा साथीहरूले जल छ्यापिदिँदा लज्जा मिश्रित हाँसोले गर्दा उनीहरूको मुखकमल अत्यन्त शोभायमान देखिएको थियो ।।१६।।

ता देवरानुत सखीन् सिषिचुर्दृतीभिः 
        क्लिन्नाम्बराविवृतगात्रकुचोरुमध्याः । औत्सुक्यमुक्तकबराच्च्यवमानमाल्याः 
        क्षोभं दधुर्मलधियां रुचिरैर्विहारैः ॥ १७ ॥
 नेपाली भावानुवादः ती रानीहरूले पनि आफ्ना देवर तथा साथीहरूलाई छालाका थैला (दृती) बाट पानी छ्यापे। पानीले वस्त्र भिज्दा उनीहरूका अङ्गहरू केही स्पष्ट देखिन्थे। उत्साहले गर्दा कपालका चुल्ठाहरू खुकुला भएर फूलहरू झरेका थिए। उनीहरूको यस्तो सुन्दर जलक्रीडाले कामासक्त पुरुषहरूको मनमा क्षोभ (विकार) उत्पन्न गराउँथ्यो ।।१७।।
 
स सम्राड् रथमारुढः सदश्वं रुक्ममालिनम् ।
व्यरोचत स्वपत्नीभिः क्रियाभिः क्रतुराडिव ॥ १८ ॥
नेपाली भावानुवादः सम्राट् युधिष्ठिर उत्तम घोडाहरू जोतिएको र सुनका मालाले सजिएको रथमा आफ्ना पत्नीहरूसँग यसरी सुशोभित हुनुहुन्थ्यो, मानौँ साक्षात् यज्ञ नै आफ्ना विभिन्न क्रियाहरूका साथ उपस्थित छ ।।१८।।
 
पत्नीयसंयाजावभृथ्यैश्चरित्वा ते तमृत्विजः ।
आचान्तं स्नापयाञ्चक्रुर्गङ्‌गायां सह कृष्णया ॥ १९ ॥
नेपाली भावानुवादः ऋत्विजहरूले युधिष्ठिरलाई पत्नीसहित 'पत्नीसंयाज' 'अवभृथ' सम्बन्धी शास्त्रीय विधिहरू सम्पन्न गराई द्रौपदीका साथ गङ्गामा स्नान गराए ।।१९।।
 
देवदुन्दुभयो नेदुर्नरदुन्दुभिभिः समम् ।
मुमुचुः पुष्पवर्षाणि देवर्षिपितृमानवाः ॥ २० ॥
नेपाली भावानुवादः त्यस समयमा मानिसहरूले बजाएका दमाहसँगै आकाशमा देवदुन्दुभिहरू पनि बजे। देवर्षि, पितृ र मानवहरूले पुष्पवृष्टि गरे ।।२०।।
 
सस्नुस्तत्र ततः सर्वे वर्णाश्रमयुता नराः ।
महापातक्यपि यतः सद्यो मुच्येत किल्बिषात् ॥ २१ ॥
नेपाली भावानुवादः त्यसपछि सबै वर्ण र आश्रमका मानिसहरूले गङ्गामा स्नान गरे; किनभने त्यो यस्तो पवित्र स्नान थियो, जसले महापापीलाई पनि तत्काल पापमुक्त बनाउँथ्यो ।।२१।।
 
अथ राजाहते क्षौमे परिधाय स्वलङ्‌कृतः ।
ऋत्विक्‌सदस्यविप्रादीनानर्चाभरणाम्बरैः ॥ २२ ॥
नेपाली भावानुवादः त्यसपछि राजा युधिष्ठिरले नयाँ रेशमी वस्त्र धारण गरी अलङ्कृत भएर ऋत्विज, सदस्य र ब्राह्मणहरूलाई वस्त्र तथा आभूषणद्वारा पूजा गरे ।।२२।।
 
बन्धूज्ञातीनृपान् मित्रसुहृदोऽन्यांश्च सर्वशः ।
अभीक्ष्णं पूजयामास नारायणपरो नृपः ॥ २३ ॥
नेपाली भावानुवादः नारायणपरायण राजा युधिष्ठिरले आफ्ना दाजुभाइ, नातागोता, राजाहरू, मित्र तथा शुभचिन्तकहरू सबैलाई बारम्बार सम्मानपूर्वक पूजन गरे ।।२३।।
 
सर्वे जनाः सुररुचो मणिकुण्डलस्र
    गुष्णीषकञ्चुकदुकूलमहार्घ्यहाराः ।
नार्यश्च कुण्डलयुगालकवृन्दजुष्ट
    वक्त्रश्रियः कनकमेखलया विरेजुः ॥ २४ ॥
नेपाली भावानुवादः त्यहाँ उपस्थित सबै पुरुषहरू मणियुक्त कुण्डल, माला, पगरी र बहुमूल्य हारले गर्दा देवता झैँ चम्किला देखिएका थिए। महिलाहरू पनि कुण्डल, घुम्रेको कपालको शोभा र सुनको मेखला (कम्मरपेटी) ले गर्दा अत्यन्त सुन्दरी देखिएका थिए ।।२४।।
 
अथर्त्विजो महाशीलाः सदस्या ब्रह्मवादिनः ।
ब्रह्मक्षत्रियविट्शुद्रा राजानो ये समागताः ॥ २५ ॥
देवर्षिपितृभूतानि लोकपालाः सहानुगाः ।
पूजितास्तमनुज्ञाप्य स्वधामानि ययुर्नृप ॥ २६ ॥
नेपाली भावानुवादः हे राजा! त्यसपछि सदाचारी ऋत्विज, ब्रह्मवादी सदस्य, ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र, आएका राजाहरू, देवर्षि, पितृ, लोकपाल र उनीहरूका अनुचरहरू सबै युधिष्ठिरबाट सम्मानित भई आज्ञा लिएर आआफ्नो लोकतर्फ प्रस्थान गरे ।।२५२६।।
 
हरिदासस्य राजर्षे राजसूयमहोदयम् ।
नैवातृप्यन् प्रशंसन्तः पिबन् मर्त्योऽमृतं यथा ॥ २७ ॥
नेपाली भावानुवादः जसरी अमृत पिउँदा मानिस तृप्त हुँदैन, त्यसरी नै भगवानका अनन्य भक्त राजर्षि युधिष्ठिरको त्यो भव्य राजसूय यज्ञको प्रशंसा गर्दागर्दै कसैको पनि मन भरिएन ।।२७।।
 
ततो युधिष्ठिरो राजा सुहृत्संबन्धिबान्धवान् ।
प्रेम्णा निवारयामास कृष्णं च त्यागकातरः ॥ २८ ॥
नेपाली भावानुवादः त्यसपछि बिछोडको कल्पनाले कातर हुनुभएका राजा युधिष्ठिरले प्रेमवश आफ्ना सुहृद, सम्बन्धी, बान्धव र भगवान् श्रीकृष्णलाई पनि केही समयका लागि रोकेर राख्नुभयो ।।२८।।
 
भगवानपि तत्राङ्‌ग न्यवात्सीत्तत्प्रियंकरः ।
प्रस्थाप्य यदुवीरांश्च साम्बादींश्च कुशस्थलीम् ॥ २९ ॥
नेपाली भावानुवादः हे परीक्षित! भगवान् श्रीकृष्णले साम्ब आदि यदुवंशी वीरहरूलाई द्वारका पठाउनुभयो र आफू भने युधिष्ठिरको प्रिय गर्नका लागि केही समय त्यहीँ बस्नुभयो ।।२९।।
 
इत्थं राजा धर्मसुतो मनोरथमहार्णवम् ।
सुदुस्तरं समुत्तीर्य कृष्णेनासीद् गतज्वरः ॥ ३० ॥
नेपाली भावानुवादः यसरी धर्मपुत्र राजा युधिष्ठिरले श्रीकृष्णको कृपाले आफ्नो मनोरथ रूपी दुस्तर महासागर पार गर्नुभयो र उहाँ पूर्णतः चिन्तामुक्त हुनुभयो ।।३०।।
 
एकदान्तःपुरे तस्य वीक्ष्य दुर्योधनः श्रियम् ।
अतप्यद् राजसूयस्य महित्वं चाच्युतात्मनः ॥ ३१ ॥
नेपाली भावानुवादः एक पटक, भगवानका भक्त युधिष्ठिरको अन्तःपुरको ऐश्वर्य र राजसूय यज्ञको त्यो अलौकिक महिमा देखेर दुर्योधन ईर्ष्याले जल्न थाल्यो ।।३१।।
 
यस्मिन् नरेन्द्रदितिजेन्द्रसुरेन्द्रलक्ष्मी
र्नाना विभान्ति किल विश्वसृजोपकॢप्ताः ।
ताभिः पतीन्द्रुपदराजसुतोपतस्थे
यस्यां विषक्तहृदयः कुरुराडतप्यत् ॥ ३२ ॥
यस्मिंस्तदा मधुपतेर्महिषीसहस्रं
श्रोणीभरेण शनकैः क्वणदङ्‌घ्रिशोभम् ।
मध्ये सुचारु कुचकुङ्‌कुमशोणहारं
श्रीमन्मुखं प्रचलकुण्डलकुन्तलाढ्यम् ॥ ३३ ॥
नेपाली भावानुवादः मयदानवले निर्माण गरेको त्यस सभाभवनमा राजाहरू, दैत्यहरू र देवताहरूका दुर्लभ वैभवहरू विद्यमान थिए। द्रौपदीले तिनै वैभवका साथ आफ्ना पतिहरूको सेवा गर्थिन्। त्यहाँ श्रीकृष्णका हजारौँ रानीहरू पनि थिए, जो आफ्नो नितम्बको भारले गर्दा बिस्तारै हिँड्थे र उनीहरूका पाउजुको मधुर ध्वनि सुनिन्थ्यो। उनीहरूका वक्षस्थलमा लगाइएको कुमकुमले गर्दा मोतीका हारहरू राता देखिन्थे र झुम्के कुण्डल एवं घुम्रेका कपालले मुखमण्डल धपक्क बलेको थियो। यी सबै देखेर दुर्योधनको हृदयमा ईर्ष्याको आगो दन्कियो ।।३२३३।।
 
सभायां मयकॢप्तायां क्वापि धर्मसुतोऽधिराट् ।
वृतोऽनुगैर्बन्धुभिश्च कृष्णेनापि स्वचक्षुषा ॥ ३४ ॥
आसीनः काञ्चने साक्षादासने मघवानिव ।
पारमेष्ठ्यश्रीया जुष्टः स्तूयमानश्च वन्दिभिः ॥ ३५ ॥
नेपाली भावानुवादः मयदानवद्वारा निर्मित त्यस सभामा एक दिन अधिराज युधिष्ठिर आफ्ना अनुचर, बान्धव र साक्षात् भगवान् श्रीकृष्णको साथमा इन्द्र झैँ स्वर्ण सिंहासनमा विराजमान हुनुहुन्थ्यो। बन्दीजनहरू उहाँको स्तुति गरिरहेका थिए ।।३४३५।।
 
तत्र दुर्योधनो मानी परीतो भ्रातृभिर्नृप ।
किरीटमाली न्यविशदसिहस्तः क्षिपन् रुषा ॥ ३६ ॥
नेपाली भावानुवादः त्यसै बेला मुकुट र मालाले सजिएको तथा हातमा तरबार लिएको अभिमानी दुर्योधन आफ्ना भाइहरूका साथ रिसाउँदै द्वारपालहरूलाई हप्काउँदै त्यहाँ प्रवेश गर्‍यो ।।३६।।
 
स्थलेऽभ्यगृह्णाद् वस्त्रान्तं जलं मत्वा स्थलेऽपतत् ।
जले च स्थलवद् भ्रान्त्या मयमायाविमोहितः ॥ ३७ ॥
नेपाली भावानुवादः मयदानवको शिल्पचातुर्यले गर्दा दुर्योधन भ्रममा पर्‍यो। उसले स्थल (जमिन) लाई जल ठानेर आफ्नो वस्त्र माथि सार्‍यो र फेरि अर्को ठाउँमा जललाई स्थल ठानेर हिँड्दा पानीमा डुब्यो ।।३७।।
 
जहास भीमस्तं दृष्ट्वा स्त्रियो नृपतयोऽपरे ।
निवार्यमाणा अप्यङ्‌ग राज्ञा कृष्णानुमोदिताः ॥ ३८ ॥
नेपाली भावानुवादः दुर्योधनको त्यो अवस्था देखेर भीमसेन, महिलाहरू र अन्य राजाहरू हाँस्न थाले। राजा युधिष्ठिरले रोक्न खोज्दाखोज्दै पनि भगवान् श्रीकृष्णको संकेत (अनुमोदन) पाएर उनीहरू झनै हाँसे ।।३८।।
 
स व्रीडितोऽवाग्वदनो रुषा ज्वलन्
    निष्क्रम्य तूष्णीं प्रययौ गजाह्वयम् ।
हाहेति शब्दः सुमहानभूत् सता
    मजातशत्रुर्विमना इवाभवत् ।
बभूव तूष्णीं भगवान्भुवो भरं
    समुज्जिहीर्षुर्भ्रमति स्म यद् दृशा ॥ ३९ ॥
नेपाली भावानुवादः त्यस अपमानले लज्जित भएको दुर्योधन टाउको निहुराएर रिसले चुर हुँदै चुपचाप हस्तिनापुर (गजाह्वय) तर्फ प्रस्थान गर्‍यो। यो देखेर सज्जनहरूमा 'हाहाकार' मच्चियो र अजातशत्रु युधिष्ठिर पनि खिन्न हुनुभयो। तर पृथ्वीको भार हरण गर्न चाहनुहुने भगवान् श्रीकृष्ण भने यो सब हेरेर मौन रहनुभयो ।।३९।।
 
एतत्तेऽभिहितं राजन् यत्पृष्टोऽहमिह त्वया ।
सुयोधनस्य दौरात्म्यं राजसूये महाक्रतौ ॥ ४० ॥
नेपाली भावानुवादः हे राजा परीक्षित! राजसूय महायज्ञमा दुर्योधनको ईर्ष्या र दुष्टताको बारेमा तपाईंले जे सोध्नुभएको थियो, त्यसको वृत्तान्त मैले तपाईंलाई सुनाएँ ।।४०।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे दुर्योधनमानभङ्‌गो नाम पञ्चसप्ततितमोऽध्यायः ॥ ७५ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत महापुराणको यो ७५ औँ अध्याय राजसूय यज्ञको भव्य समापन र त्यस क्रममा उत्पन्न भएको घटनाक्रममा केन्द्रित छ। राजा युधिष्ठिरले आयोजना गरेको यस महायज्ञमा भगवान् श्रीकृष्ण स्वयं सेवकका रूपमा उपस्थित भई पाहुनाहरूको पाउ धुने जस्तो विनम्र कार्य गर्नुभएको थियो। यज्ञको सफलता र पाण्डवहरूको बढ्दो प्रभाव देखेर संसारभरका राजाहरू हर्षित भए पनि दुर्योधन भने भित्रभित्रै डाहले जलेको थियो। यज्ञको अन्त्यमा गङ्गा नदीमा गरिएको अवभृथ स्नान एक दिव्य उत्सवका रूपमा प्रस्तुत गरिएको छजहाँ मानिसहरू र देवताहरू बीच कुनै भेद देखिँदैन। सबैजना आनन्द र भक्तिमा डुबेका थिए भने युधिष्ठिरको उदारताले सबैलाई मन्त्रमुग्ध पारेको थियो। युधिष्ठिरले यज्ञमा आएका ऋत्विजब्राह्मणराजा र आफन्तहरूलाई उचित सम्मान र दान दिएर बिदा गर्नुभयो। भगवान् श्रीकृष्ण पनि युधिष्ठिरको प्रेमका कारण केही समय इन्द्रप्रस्थमै बस्नुभयो। मयदानवले निर्माण गरेको त्यो सभाभवन यति अद्भुत थियो कि त्यहाँको वैभव देख्दा दुर्योधनको ईर्ष्या झनै बढेर गयो। सभाभवनको बनावटमा जल र स्थलको भ्रम उत्पन्न हुने खालको शिल्प थियो। त्यही भ्रमका कारण दुर्योधनले सुक्खा जमिनमा कपडा सुर्काउने र पानी भएको ठाउँमा जमिन ठानेर हिँड्दा पानीमा लड्ने जस्ता कार्यहरू गर्‍यो। उसको यो हविगत देखेर भीमसेन र द्रौपदी लगायतका व्यक्तिहरू हाँसेजसलाई दुर्योधनले आफ्नो घोर अपमान ठान्यो। युधिष्ठिरले रोक्न खोज्दाखोज्दै पनि भगवान् श्रीकृष्णको मौन स्वीकृतिमा भएको त्यो हास्यले महाभारतको युद्धको बीजारोपण गरायो। दुर्योधन रिस र अपमानको आगो बोकेर हस्तिनापुर फर्कियो। यस अध्यायले कसरी अहङ्कार र ईर्ष्याले मानिसलाई विनाशको बाटोमा लैजान्छ भन्ने कुरा स्पष्ट पारेको छ। पाण्डवहरूको निष्काम भक्ति र भगवानको कृपाले उनीहरूलाई शिखरमा पुर्‍याएको थियो भने दुर्योधनको नकारात्मक दृष्टिकोणले उसलाई आफ्नै कुलको काल बनाउने दिशामा अघि बढायो। अन्ततः यो कथाले राजसूय यज्ञको आध्यात्मिक र सामाजिक वैभवको चित्रण गर्दै कौरव र पाण्डव बीचको शत्रुताको एउटा मुख्य कारणलाई उजागर गरेको छ।

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो छजसले मानवीय स्वभाव र ईश्वरको लीलालाई सूक्ष्म रूपमा व्याख्या गर्दछ। पहिलो पक्षभगवान् श्रीकृष्णको विनम्रता होजसले 'परमात्माभएर पनि सेवकको कार्य गरी संसारलाई कर्मयोगको शिक्षा दिनुभएको छ। दोस्रो पक्ष, 'मयसभाको भ्रम होजसले यो दृश्य जगत् पनि एक 'मायाहो र जीव यसैमा अल्झिएर सत्य देख्न सक्दैन भन्ने प्रतीक प्रस्तुत गर्दछ। दुर्योधनको ईर्ष्याले के देखाउँछ भनेमानिससँग जतिसुकै वैभव भए पनि अर्काको उन्नति देख्न नसक्ने 'अविद्याले उसलाई सधैँ दुःखी बनाउँछ। युधिष्ठिरको 'अजातशत्रुभाव र भगवानप्रतिको पूर्ण समर्पण नै वास्तविक शान्तिको मार्ग हो भन्ने सन्देश यहाँ पाइन्छ। मान र अपमान दुवै मानसिक अवस्था हुन्जसलाई ज्ञानीले समभावले हेर्नुपर्छतर दुर्योधन जस्तो अहंकारीले यसलाई प्रतिशोधको माध्यम बनाउँछ। ईश्वरको मौनताले यो सङ्केत गर्छ कि प्रारब्ध र कर्मको फल कसैले टार्न सक्दैन। भौतिक सम्पत्ति र ऐश्वर्यले मात्र मानिसलाई पूर्ण बनाउँदैनजबसम्म हृदयमा भक्ति र सन्तोष हुँदैन। यस अध्यायले संसारको नश्वरता र भगवत्शरणको अपरिहार्यतालाई स्पष्ट पारेको छ। अन्ततःअहङ्कारको पतन र धर्मको उत्थान नै सृष्टिको नियम हो भन्ने दार्शनिक सत्य यसमा निहित छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...