#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दसमस्कन्धः – पञ्चसप्ततितमोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
दसमस्कन्धः – पञ्चसप्ततितमोऽध्यायः


राजोवाच– 
(अनुष्टुप्)
अजातशत्रोस्तं दृष्ट्वात राजसूयमहोदयम् ।
सर्वे मुमुदिरे ब्रह्मन् नृदेवा ये समागताः ॥ १ ॥
दुर्योधनं वर्जयित्वा राजानः सर्षयः सुराः ।
इति श्रुतं नो भगवंस्तत्र कारणमुच्यताम् ॥ २ ॥
राजा परीक्षितले सोधे– हे ब्रम्हदेव ! कोही पनि सत्रु नभएका धर्मराज युधिष्ठिरको राजसूय यज्ञ महोत्सव देखेर ऋषि, देवता र यज्ञमा आएका अरुहरू पनि खुसी भए । तर दुर्योधन खुसी भएन भन्नेकुरा तपाईले मलाई सुनाउनुभयो । अब मलाई यसको कारण बताउनुहोस् ।।१–२।।
ऋषिरुवाच–
पितामहस्य ते यज्ञे राजसूये महात्मनः ।
बान्धवाः परिचर्यायां तस्यासन् प्रेमबंधनाः ॥ ३ ॥
श्री शुकदेवजीले भन्नुभयो– हे परीक्षित ! तपाईंको हजुरबुबा युधिष्ठिरका सबै बान्धब र आफन्तहरू प्रेमका कारण राजसूय यज्ञमा बिभिन्न काममा खटिएर लागेका थिए ।।३।। 
भीमो महानसाध्यक्षो धनाध्यक्षः सुयोधनः ।
सहदेवस्तु पूजायां नकुलो द्रव्यसाधने ॥ ४ ॥
भीमसेन भान्छाको कामको जिम्मा लिएका थिए । दुर्योधन कोषाध्यक्ष थिए । सहदेव आगन्तुक पाहुनाहरूको स्वागत गर्ने काममा र नकुल विभिन्न सामग्रीहरू सङ्कलन गर्ने कामको जिम्मा लिएका थिए ।।४।। 
गुरुशुश्रूषणे जिष्णुः कृष्णः पादावनेजने ।
परिवेषणे द्रुपदजा कर्णो दाने महामनाः ॥ ५ ॥
अर्जुन आफ्ना गुरुहरूको सेवा गर्ने काममा खटिएका थिए भने  र भगवान कृष्ण स्वयं पाहुनाहरूको पाउ धुने काम गर्नुहुन्थ्यो । देवी द्रौपदीले भोजन पस्कने काम गर्थिन् भने उदार मनका कर्ण चाँही दान दिने काम गर्थे ।।५।। 
युयुधानो विकर्णश्च हार्दिक्यो विदुरादयः ।
बाह्लीकपुत्रा भूर्याद्या ये च सन्तर्दनादयः ॥ ६ ॥
निरूपिता महायज्ञे नानाकर्मसु ते तदा ।
प्रवर्तन्ते स्म राजेन्द्र राज्ञः प्रियचिकीर्षवः ॥ ७ ॥
हे परिक्षित ! त्यसैगरी, राजसूय यज्ञमा विभिन्न अनुष्ठानमा सात्यकि, विकर्ण, कृतवर्मा, विदुर, बाल्हीकका छोरा सोमदत्त र उनको छोरा भूरिश्रवा र सन्तर्दन आदि जो जो थिए उनीहरू सबैले राजा युधिष्ठिरको यज्ञ सफलताको लागि आ–आफ्नो जिम्माको काम गरिरहेका थिए ।।६–७।। 
(वसंततिलका)
ऋत्विक्‌सदस्यबहुवित्सु सुहृत्तमेषु
     स्विष्टेषु सूनृतसमर्हणदक्षिणाभिः ।
चैद्ये च सात्वतपतेश्चरणं प्रविष्टे
     चक्रुस्ततस्त्ववभृथस्नपनं द्युनद्याम् ॥ ८ ॥
जब ऋत्विज, सदस्यहरू र धेरै बिद्वानहरू, मित्र र आफन्तहरूले मिठा शब्दहरू, विभिन्न प्रकारका पूजा सामग्री र दक्षिणा आदिले बिदाइ गरिसकेपछि  र शिशुपालले देह त्याग गरी भक्तवत्सल भगवानको चरण प्राप्त गरी सकेपछि, धर्मराज युधिष्ठिरले गंगामा गएर यज्ञको अन्त्यमा गरिने अवभृथ स्नान गर्न गरे ।।८।। 
.अनुष्टुप्)
मृदङ्‌गशङ्खपणवधुन्धुर्यानकगोमुखाः ।
वादित्राणि विचित्राणि नेदुरावभृथोत्सवे ॥ ९ ॥
त्यो अववृथ स्नानको समयमा मृदंग, शंख, ढोलक, नौबत, नगडा आदि विभिन्न प्रकारका बाजाहरू बज्न थाले ।।९।। 
नर्तक्यो ननृतुर्हृष्टा गायका यूथशो जगुः ।
वीणावेणुतलोन्नादस्तेषां स दिवमस्पृशत् ॥ १० ॥
नर्तकीहरू खुशीले नाच्न थाले । धरै गायकहरू जम्मा भएर गाउन थाले र वीणा, बाँसुरी र झ्याली, तालीहरु बज्नहरु थाले । जसको आवाजले आकाश गुन्जिन थाल्यो ।।१०।।
चित्रध्वजपताकाग्रैरिभेन्द्रस्यन्दनार्वभिः ।
स्वलङ्‌कृतैर्भटैर्भूपा निर्ययू रुक्ममालिनः ॥ ११ ॥
यदुसृञ्जयकाम्बोज कुरुकेकयकोसलाः ।
कम्पयन्तो भुवं सैन्यैर्यजमानपुरःसराः ॥ १२ ॥
सुनका माला लगाएर सजिएका यदु, सृञ्जय, कम्बोज, कुरु, केकय र कोशल देशका राजाहरु, रंगी चंगी झण्डाले सजिएका हात्ती, रथ, घोडा र सुसज्जित वीर सैनिकहरू लिएर, महाराज युधिष्ठिरलाई अगाडि लगाएर पृथ्वी हल्लाउँदै सहर बाहिर निस्किए ।।११–१२।। 
सदस्यर्त्विग्द्विजश्रेष्ठा ब्रह्मघोषेण भूयसा ।
देवर्षिपितृगन्धर्वास्तुष्टुवुः पुष्पवर्षिणः ॥ १३ ॥
यज्ञका सभाषदहरू, ऋत्विकहरू र अरु बिद्वान ब्राह्मणहरूले ठूलो स्वरमा वैदिक मन्त्रहरू गाउँदै संगै लागे । देवता, ऋषि, पितृ र गन्धर्वहरूले आकाशबाट फूलहरू बर्साउँदै युधिष्ठिरको स्तुति गर्न थाले ।।१३।। 
स्वलंकृता नरा नार्यो गन्धस्रग्भूषणाम्बरैः ।
विलिंपन्त्योऽभिसिञ्चन्त्यो विजह्रुर्विविधै रसैः ॥ १४ ॥
हस्तिनापुरका पुरुष र महिलाहरू पनि सुगन्धित चन्दन, फूलका माला, राम्रा कपडा र गहनाहरूले सजिएर एकअर्कालाई पानी, तेल, दूध, मक्खन आदिले सेचन गर्दै खेल्न थाल्थे ।।१४।। 
तैलगोरसगन्धोद हरिद्रासान्द्रकुंकुमैः ।
पुम्भिर्लिप्ताः प्रलिंपन्त्यो विजह्रुर्वारयोषितः ॥ १५ ॥
पुरुषहरूले नगरका स्त्रीहरुलाई तेल, गाईको दूध, सुगन्धित पानी, बेसार र कुम्कुम आदि दलिदिएका थिए भने स्त्रीहरुले पनि तिनीहरूलाई त्यही चीजले सेचन गरिदिने, अनुहारमा दलिदिने काम गरेर रमाइलो गरे ।।१५।। 
(वसंततिलका)
गुप्ता नृभिर्निरगमन्नुपलब्धुमेतद्
     देव्यो यथा दिवि विमानवरैर्नृदेव्यः ।
ता मातुलेयसखिभिः परिषिच्यमानाः
     सव्रीडहासविकसद्‌वदना विरेजुः ॥ १६ ॥
राजा युधिष्ठिरको राजसूय यज्ञ हेर्न भनि राम्रा–राम्रा विमानमा चढेर आएका अप्सराहरु आकाशमार्ग हुँदै त्यहाँ आएको थिए । त्यसरी नै इन्द्रप्रस्थका धेरै रानीहरू पनि सैनिकहरूद्वारा सुरक्षित सुन्दर पालकीहरूमा बसेर आएका थिए । श्रीकृष्ण र उनका साथीहरू ती रानीहरूलाई पानी छ्यापि दिएका कारण उनीहरु अलि लजाएका हुनाले धेरै शोभायमान देखिएका थिए ।।१६।। 
ता देवरानुत सखीन् सिषिचुर्दृतीभिः
     क्लिन्नाम्बरा विवृतगात्रकुचोरुमध्याः ।
औत्सुक्यमुक्तकबराच्च्यवमानमाल्याः
     क्षोभं दधुर्मलधियां रुचिरैर्विहारैः ॥ १७ ॥
यसरी पानी पानी छ्याप्नाले ती रानीहरुले लगाएको कपडा भिजेका कारण उनीहरूका शरीरको भित्री भाग – स्तन, तिघ्रा र कम्मर बाहिरबाट प्रष्टै देखिन्थ्यो । प्रेमको र उत्साहका कारण आपसमा जिस्किदै हिँड्दा ती रानीहरुको कपालका चुल्ठा खुलेका थिए यस अवस्थामा उनीहरु पनि देवरहरु र साथीहरु बिच पानी छ्यापाछ्याप गर्न लागे । तिनीहरूको कपालको चुल्ठो फुस्किनाले उनीहरुले कपालमा लगाएको फूल पानीमा खसेको थियो । रानीहरुको यस्तो रमाइलो कृडाले गर्दा पुरुषहरु उत्तेजित हुन्थे ।।१७।।
 
(अनुष्टुप्)
स सम्राड् रथमारुढः सदश्वं रुक्ममालिनम् ।
व्यरोचत स्वपत्नीढभिः क्रियाभिः क्रतुराडिव ॥ १८ ॥
राजा युधिष्ठिर आफ्ना रानीहरूको साथमा सुन्दर घोडाहरूले तानिएको र सुनको मालाले सजिएको रथमा सवार थिए । त्यसबखत उनी प्रयाज आदि कृयाका साथमा राजसूय यज्ञ जस्तै सुन्दर देखिन्थे ।।१८।। 
पत्नीयसंयाजावभृथ्यैश्चरित्वा ते तमृत्विजः ।
आचान्तं स्नापयाञ्चक्रुर्गङ्‌गायां सह कृष्णया ॥ १९ ॥
ऋत्विजले युधिष्ठिरलाई द्रौपदीसँगै संयज (यज्ञ अनुष्ठानको यज्ञान्त स्नानमा गरिने एक प्रकारको कर्म) र यज्ञन्त स्नानसँग सम्बन्धित कर्म गराए र गंगामा स्नान गराए ।।१९।। 
देवदुन्दुभयो नेदुर्नरदुन्दुभिभिः समम् ।
मुमुचुः पुष्पवर्षाणि देवर्षिपितृमानवाः ॥ २० ॥
त्यस समयमा, मानिसहरूले दमाह बजाए र देवताले  पनि त्यही दमाहको साथमा दमाह बजाउन थाले भने आकाशबाट देवता ऋषि र पितृहरुले फुल बर्साउन थाले ।।२०।। 
सस्नुस्तत्र ततः सर्वे वर्णाश्रमयुता नराः ।
महापातक्यपि यतः सद्यो मुच्येत किल्बिषात् ॥ २१ ॥
महाराज युधिष्ठिरले स्नान गरेपछि, सबै वर्ण र आश्रमकहरूले गंगाजीमा स्नान गरे; किनभने यस स्नानले महापापी पनि तुरुन्तै आफ्नो पापबाट मुक्त हुन्छ ।।२१।। 
अथ राजाहते क्षौमे परिधाय स्वलङ्‌कृतः ।
ऋत्विक्‌सदस्यविप्रादीनानर्चाभरणाम्बरैः ॥ २२ ॥
त्यसपछि धर्मराज युधिष्ठिरले स्नान गरिसकेपछि नयाँ रेशमी वस्त्र लगाए र विभिन्न प्रकारका गहनाहरूले सजिएका युधिष्ठिरले त्यहाँ आएका ऋत्विज, सभाषदहरू, ब्राह्मणहरूलाई लुगा र आभूषण दिएर उनीहरूको पूजा गरे ।।२२।। 
बन्धूज्ञातीनृपान् मित्रसुहृदोऽन्यांश्च सर्वशः ।
अभीक्ष्णं पूजयामास नारायणपरो नृपः ॥ २३ ॥
महाराज युधिष्ठिर भगवानप्रति समर्पित थिए, उनले सबै कुरामा केवल भगवानलाई देख्दथे । त्यसैले उनले आफ्ना दाजुभाइ, आफन्त, मित्र साथी, शुभचिन्तकहरुलाई पनि पूजा गर्थे ।।२३।। 
(वसंततिलका)
सर्वे जनाः सुररुचो मणिकुण्डलस्र(
     गुष्णीषकञ्चुकदुकूलमहार्घ्यहाराः ।
नार्यश्च कुण्डलयुगालकवृन्दजुष्ट(
     वक्त्रश्रियः कनकमेखलया विरेजुः ॥ २४ ॥
त्यसबेला सबैले मणि जडित झुम्का, हार, पगरी, रक्षाकवच, माला बहुमूल्य हार लगाएका पुरुषहरू देवताहरू जस्तै सुन्दर देखिन्थे र त्यसैगरी महिलाहरूले पनि दुवै कानमा कुण्डल लगाका थिएभने उनीहरुको घुमृएको कपालले अनुहार चम्किलो देखिन्थ्यो भने कम्मरमा सुनको पट्टा भएको राम्रो मेखला बाँधेकाले उनीहरु धेरै राम्रा देखिन्थे ।।२४।। 
(अनुष्टुप्)
अथर्त्विजो महाशीलाः सदस्या ब्रह्मवादिनः ।
ब्रह्मक्षत्रियविट्शुद्रा राजानो ये समागताः ॥ २५ ॥
देवर्षिपितृभूतानि लोकपालाः सहानुगाः ।
पूजितास्तमनुज्ञाप्य स्वधामानि ययुर्नृप ॥ २६ ॥
हे राजा परिक्षित ! राजसूय यज्ञमा आएका पुण्यवान ऋत्विक, वैदिक ब्राह्मण सभाषद, क्षत्रिय, वैश्य, शूद्र, राजा, देवता, ऋषि, पितृ र अन्य प्राणीहरू र लोकपालहरु आदि सबै महाराज युधिष्ठिरद्वारा सम्मानित भएर उनको अनुमति लिएर आ–आफ्नो निवासस्थानमा फर्किए  ।।२५–२६।। 
हरिदासस्य राजर्षे राजसूयमहोदयम् ।
नैवातृप्यन् प्रशंसन्तः पिबन् मर्त्योऽमृतं यथा ॥ २७ ॥
परिक्षित ! जसरी अमृत पिउँदा मानिस कहिल्यै सन्तुष्ट हुन सक्दैन, त्यसरी नै भगवानका भक्त राजा युधिष्ठिरको राजसूय महायज्ञको प्रशंसा गरेर कोहीपनि तृप्त भएनन् ।२७ ।। 
ततो युधिष्ठिरो राजा सुहृत्संबन्धिबान्धवान् ।
प्रेम्णा निवारयामास कृष्णं च त्यागकातरः ॥ २८ ॥
यसपछि आफन्तको प्रेमबाट बिछोड हुन नचाहने धर्मराज युधिष्ठिरले यज्ञमा आएका आफ्ना इष्टमित्र, नाताकुटुम्ब दाजुभाइहरू र भगवान श्रीकृष्णलाई पनि मायापूर्वक रोकेर राखे ।।२८।। 
भगवानपि तत्राङ्‌ग न्यवात्सीत्तत्प्रियंकरः ।
प्रस्थाप्य यदुवीरांश्च साम्बादींश्च कुशस्थलीम् ॥ २९ ॥
हे परिक्षित । भगवान श्रीकृष्णले यदुवंशी वीर साम्ब आदिलाई द्वारकापुरी पठाउनुभयो र आफुचाँही राजा युधिष्ठिरको इच्छा पूरा गर्न केही दिन त्यहाँ बस्नुभयो ।।२९।।
इत्थं राजा धर्मसुतो मनोरथमहार्णवम् ।
सुदुस्तरं समुत्तीर्य कृष्णेनासीद् गतज्वरः ॥ ३० ॥

यसरी धर्मनन्दन महाराज युधिष्ठिरले भगवान कृष्णको कृपाले पार गर्न धेरै गाह्रो इच्छाहरूको महासागर सजिलै पार गरे र उनका सबै चिन्ताहरू मेटिए ।।३०।। 
एकदान्तःपुरे तस्य वीक्ष्य दुर्योधनः श्रियम् ।
अतप्यद् राजसूयस्य महित्वं चाच्युतात्मनः ॥ ३१ ॥

एक पटक, भगवानका सबैभन्दा ठूला भक्त महाराज युधिष्ठिरको भित्री दरबारको सुन्दरता र सम्पत्ति र राजसूय यज्ञबाट प्राप्त महत्व देखेर इष्र्याले गर्दा दुर्योधन भने धेरै दुःखी भयो  ।।३१।। 
(वसंततिलका)
यस्मिन् नरेन्द्रदितिजेन्द्रसुरेन्द्रलक्ष्मी(
     र्नाना विभान्ति किल विश्वसृजोपकॢप्ताः ।
ताभिः पतीन्द्रुपदराजसुतोपतस्थे
     यस्यां विषक्तहृदयः कुरुराडतप्यत् ॥ ३२ ॥
यस्मिंस्तदा मधुपतेर्महिषीसहस्रं
     श्रोणीभरेण शनकैः क्वणदङ्‌घ्रिशोभम् ।
मध्ये सुचारु कुचकुङ्‌कुमशोणहारं
     श्रीमन्मुखं प्रचलकुण्डलकुन्तलाढ्यम् ॥ ३३ ॥
विश्वकर्माले पाण्डवहरूका लागि बनाएका दरबारहरूमा राजाहरू, दानवहरू  देवताहरू का लागि आवस्यक पर्ने उपभोगका सामाग्रीहरुले भरिपूर्ण थियो । रानी द्रौपदीले यिनै सम्पित्तको प्रयोग गरेर आफ्ना पतिहरूको सेवा गर्थिन् । यसै दरवारमा भगवान श्रीकृष्णका हजारौं रानीहरू बस्दथे । उनीहरू आफ्नै कम्मरको भारी वजनको कारण त्यस दरबारमा बिस्तारै हिंड्न थाल्थे । यसरी हिँड्दा उनीहरूको पाउजुको छमछम आवाजले दरावार झनै शोभायमान हुन्थ्यो । उनीहरुले गलामा लगाएको सुन्दर सेतो मोतीको हार र छाती स्तनमा लगाएको कुमकुमका कारण रातो देखिन्थ्यो कानको कुण्डल र घुमाउरो कपालले गर्दा उनीहरुको अनुहारको सौन्दर्यतालाई अझ बढाएको थियो । यो सबै दृष्य देखेर द्रौपदिमा आशक्त भएको दुर्योधनको हृदयमा ठूलो ईष्र्या बढ्यो । ।।३२–३३।। 
(अनुष्टुप्)
सभायां मयकॢप्तायां क्वापि धर्मसुतोऽधिराट् ।
वृतोऽनुगैर्बन्धुभिश्च कृष्णेनापि स्वचक्षुषा ॥ ३४ ॥
आसीनः काञ्चने साक्षादासने मघवानिव ।
पारमेष्ठ्यश्रीया जुष्टः स्तूयमानश्च वन्दिभिः ॥ ३५ ॥
एक दिन, राजा युधिष्ठिर आफ्ना दाजुभाइ, आफन्तहरू, शुभचिन्तक र भगवान श्रीकृष्ण सहित देवराज इन्द्र जस्तै सुशोभित भएर सुनको सिंहासनमा बसेका थिए ।।३४–३५।।
तत्र दुर्योधनो मानी परीतो भ्रातृभिर्नृप ।
किरीटमाली न्यविशदसिहस्तः क्षिपन् रुषा ॥ ३६ ॥
त्यसैबखतमा मुकुट मालाले सजिएको हातमा तरबार लिएको त्यो अभिमानी दुर्योधन रिसाएर द्वारपाल लाई गालि गर्दै त्यस सभामा प्रवेश गर्यो ।।३६।। 
स्थलेऽभ्यगृह्णाद् वस्त्रान्तं जलं मत्वा स्थलेऽपतत् ।
जले च स्थलवद् भ्रान्त्या मयमायाविमोहितः ॥ ३७ ॥
मयदानवको मायाले मोहित दुर्योधनले पानी नभएको जमिनलाई पानी सम्झेर आफ्नो खुट्टा छलेर हिड्थ्यो र पानी भएको जमिनलाई सुख्खा ठाँउ भन्ने ठानेर हिँड्दा उ पानीमा लड्न पुग्यो ।।३७।। 
जहास भीमस्तं दृष्ट्वो स्त्रियो नृपतयोऽपरे ।
निवार्यमाणा अप्यङ्‌ग राज्ञा कृष्णानुमोदिताः ॥ ३८ ॥
यसरी धुर्योधन लडेको देखेर भीमसेन, रानीहरू र अन्य राजाहरू श्रीकृष्णको स्वकिृती पाएर हाँस्न थाले ।।३८।।
(मिश्र)
स व्रीडितोऽवाग्वदनो रुषा ज्वलन्
     निष्क्रम्य तूष्णीं प्रययौ गजाह्वयम् ।
हाहेति शब्दः सुमहानभूत् सता(
     मजातशत्रुर्विमना इवाभवत् ।
बभूव तूष्णीं भगवान्भुवो भरं
     समुज्जिहीर्षुर्भ्रमति स्म यद् दृशा ॥ ३९ ॥
यसरी सभाका सबैका अगाडि दुर्योधन लज्जित हुनपुग्यो जसलेगर्दा मुण्टो निहुरियाएर रिसाउदै त्यहाबाट निस्किएर हस्तिनापुरतिर लाग्यो । यो घटना देखेर त्यहाँ उपस्थित सज्जनहरु बिच कोलाहल मच्चियो र धर्मराज युधिष्ठिरको मन पनि खिन्नभयो । यी सबै हुँदाहुँदै पनि पृथ्वीको भार हरण गर्ने इच्छाले भगवान श्रीकृष्ण भने मौन रहनुभयो ।।३९।। 
(अनुष्टुप्)
एतत्तेऽभिहितं राजन् यत्पृष्टोऽहमिह त्वया ।
सुयोधनस्य दौरात्म्यं राजसूये महाक्रतौ ॥ ४० ॥
हे राजा परीक्षित ! तपाईले मलाई यधिष्ठिरको राजसूय यज्ञमा अरु सबै खुसी थिए तर दुर्योधन किन रिसायो ? भन्ने जुन कुरा सोध्नु भएको थियो त्यस बारेमा सबै बृत्तान्त मैैले तपाईलाई बताएं ।।४०।।
इति श्रीमद्भारगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
दुर्योधनमानभङ्‌गो नाम पञ्चसप्ततितमोऽध्यायः ॥ ७५ ॥