श्रीमद्भागवत महापुराण
दशमस्कन्धः सप्तपञ्चाशत्तमोऽध्यायः
श्रीशुक उवाच–
(अनुष्टुप्)
विज्ञातार्थोऽपि गोविन्दो दग्धानाकर्ण्य पाण्डवान् ।
कुन्तीं च कुल्यकरणे सहरामो ययौ कुरून् ॥ १ ॥
लक्षागृहको आगोमा कुन्ती लगायत पाण्डवहरू जलेका छैनन् भन्ने कुरा श्रीकृष्णलाई थाहा भएपनि वहाँले । कुन्ती र पाण्डवहरूलाई जलाएर मारिएको भन्ने सुनेर वहाँ त्यस समयको कुलब्यवहार र परम्परा पालना गर्न बलरामसँगै हस्तिनापुर जानुभयो ।।१।।
भीष्मं कृपं सविदुरं गान्धारीं द्रोणमेव च ।
तुल्यदुःखौ च सङ्गम्य हा कष्टमिति होचतुः ॥ २ ॥
त्यहाँ गएर उहाँले कुन्ती र पाण्डवको मृत्युमा दुःखी भएका भीष्म पितामह, कृपाचार्य, विदुर, गान्धारी र द्रोणाचार्यलाई भेटेर उनीहरूप्रति सहानुभूति, सामवेदना प्रकट गर्नुभयो र भन्नुभयो अहो ! यो एकदमै दुःखद कुरा हो ।।२।।
लब्ध्वैतदन्तरं राजन् शतधन्वानमूचतुः ।
अक्रूरकृतवर्माणौ मणिः कस्मान्न गृह्यते ॥ ३ ॥
भगवान कृष्ण र बलराम हस्तिनापुर जान भएकाले अक्रूर र कृतवर्माले द्वारकामा उचित अवसर पाए अनि उनीहरु शतधन्वा कहाँ आए र भने हामीले सत्राजितबाट मणि किन हरण नगर्नेे ? ।।३।।
योऽस्मभ्यं संप्रतिश्रुत्य कन्यारत्नंश विगर्ह्य नः ।
कृष्णायादान्न सत्राजित् कस्माद् भ्रातरमन्वियात् ॥ ४ ॥
सत्राजितले आफ्नी जेठी छोरी सत्यभामा हामीलाई दिने वाचा गरेका थिए र अब उनले हाम्रो अपमान गरेर उनको विवाह श्रीकृष्णसँगे विवाह गरिदिएका छन् त्यसैले अब सत्रजितको पनि किन आफ्नो भाइ प्रसेन जस्तै मृत्यु किन नहोस् ? ।।४।।
एवं भिन्नमतिस्ताभ्यां सत्राजितमसत्तमः ।
शयानमवधील्लोभात् स पापः क्षीणजीवितः ॥ ५ ॥
शतधन्वा पापी थियो र अब उसको मृत्यु पनि उसको टाउकोमाथि घुमिरहेको थियो । अक्रूर र कृतबर्मले यस्तो हौसला दिएपछि शतधन्वा उनीहरूको लहैलहैमा लागेर लोभमा फस्न पुग्यो र उसले सुतिरहेका सत्रजितको हत्या गरिदियो ।।५।।
स्त्रीणां विक्रोशमानानां क्रन्दन्तीनामनाथवत् ।
हत्वा पशून्सौनिकवन्मणिमादाय जग्मिवान् ॥ ६ ॥
सतधन्वाले पशुलाई मारे झैं गरि सत्राजितलाई मार्यो । यो देखेर सत्राजितका पत्नीहरु अनाथ जस्ता भएर रुन कराउन थाले तर तर शतधन्वाले त्यसमा कुनै ध्यान नदिई स्यमन्तक मणि लिएर त्यहाँबाट भाग्यो ।।६।।
सत्यभामा च पितरं हतं वीक्ष्य शुचार्पिता ।
व्यलपत्तात तातेति हा हतास्मीति मुह्यती ॥ ७ ॥
आफ्ना पिताको हत्या भएको देखेर सत्यभामा धेरै दुःखी भई हे पितजी ! लौ म मारिएं भनेर धेरै बिलाप गर्न थालिन् ।।७।।
तैलद्रोण्यां मृतं प्रास्य जगाम गजसाह्वयम् ।
कृष्णाय विदितार्थाय तप्ताऽऽचख्यौ पितुर्वधम् ॥ ८ ॥
आफ्ना पिताको मृत्युमा दुःखी भएकी सत्यभामाले आफ्ना पिता सत्राजितको मृत शरीरलाई तेलको कराईमा राखिन् र उनी हस्तिनापुर गइन् । धेरै दुःखका साथ उनले आफ्नो पिताको हत्याको कथा भगवान कृष्णलाई सुनाइन् । तर भगवान कृष्णलाई यी कुराहरू पहिले नै थाहा थियो ।।८।।
तदाकर्ण्येश्वरौ राजन्ननुसृत्य नृलोकताम् ।
अहो नः परमं कष्टमित्यस्राक्षौ विलेपतुः ॥ ९ ॥
हे राजा परीक्षित ! यो सबै सुनेपछि सर्वशक्तिमान भगवान श्रीकृष्ण र बलरामले मानिसको जस्तै व्यवहार गर्दै आँखाबाट आँसु खसाल्दै धेरै विलाप गर्नुभयो र भन्नुभयो अहो ! हामीमाथि फेरी ठूलो विपत्ति आइलाग्यो ।।९।।
आगत्य भगवांस्तस्मात् सभार्यः साग्रजः पुरम् ।
शतधन्वानमारेभे हन्तुं हर्तुं मणिं ततः ॥ १० ॥
यसपछि, भगवान श्रीकृष्ण सत्यभामा र बलरामसँगै हस्तिनापुरबाट द्वारका फर्किनु भयो अनि शतधन्वालाई मार्ने र उसबाट मणि हरण गर्ने काम सुरु गर्नुभयो ।।१०।।
सोऽपि कृतोद्यमं ज्ञात्वा भीतः प्राणपरीप्सया ।
साहाय्ये कृतवर्माणमयाचत स चाब्रवीत् ॥ ११ ॥
भगवान श्रीकृष्णले मलाई मार्न खोज्दै हुनुहुन्छ भन्ने कुरा थाहा पाएर शतधन्वा धेरै डरायो र आफ्नो प्राण रक्षाको लागि कृतवर्मासँग सहयोग माग्यो । उसले यसरी सहयोग मागेकोले कृतवर्माले भन्यो ।।११।।
नाहमीश्वरयोः कुर्यां हेलनं रामकृष्णयोः ।
को नु क्षेमाय कल्पेत तयोर्वृजिनमाचरन् ॥ १२॥
भगवान श्रीकृष्ण र बलराम सर्वशक्तिमान भगवान हुनुहुन्छ । म वहाँहरूको तिस्कार गर्न सक्दिन । वहाँहरुमाथि अपराध गर्ने कसको कल्याण होला र ? ।।१२।।
कंसः सहानुगोऽपीतो यद्द्वेषात्त्याजितः श्रिया ।
जरासन्धः सप्तदश संयुगान् विरथो गतः ॥ १३॥
कंसले श्रीकृष्णसंग दुस्मनि गर्दा आफ्नो प्राण र राज्य नै गुमाएको कुरा तिमीलाई थाहा नै छ । त्यतिमात्र नभएर जरासन्ध जस्तो वीर योद्धा पनि सत्र पटक युद्धभूमिमा पराजित भएपछि बिना रथ नै आफ्नो राजधानी फर्कनु पर्यो ॥ १३॥
प्रत्याख्यातः स चाक्रूरं पार्ष्णिग्राहमयाचत ।
सोऽप्याह को विरुध्येत विद्वानीश्वरयोर्बलम् ॥ १४ ॥
कृतवर्माबाट सहयोग प्राप्त हुने नदेखेपछि सतधन्वाले अक्रुरसंग सहयोग माग्यो । सतधन्वाले यसरी सहयोग मागेपछि अक्रुरले भने हे भाई श्रीकृष्ण र बलरामको शक्तिलाई थाहा पाएर पनि उहाँप्रति कसले सत्रुता गर्ला र ? ।।१४।।
य इदं लीलया विश्वं सृजत्यवति हन्ति च ।
चेष्टां विश्वसृजो यस्य न विदुर्मोहिताजया ॥ १५ ॥
यो सारा ब्रह्माण्डको सृष्टि गर्ने, रक्षा गर्ने र विनाश गर्ने भएका श्रीकृष्णले कुन समयमा के गर्नुहुन्छ भन्नेकुरा हामी कसैले पनि जान्न सक्तैनौं । ब्रह्मा आदि देवताहरूले पनि वहाँको मायालाई बुझ्न सक्दैनन् ।।१५।।
यः सप्तहायनः शैलमुत्पाट्यैकेन पाणिना ।
दधार लीलया बाल उच्छिलीन्ध्रमिवार्भकः ॥ १६ ॥
जसले सात वर्षको कलिलो उमेरमानै गिरिराज गोवर्धनलाई एकै हातले च्याउ उखेले झैं गरी आफ्नो हातमा राख्नुभयो ।।१६।।
नमस्तस्मै भगवते कृष्णायाद्भुतकर्मणे ।
अनन्तायादिभूताय कूटस्थायात्मने नमः ॥ १७ ॥
श्रीकृष्णले यस्ता अद्भुत कर्महरु धेरै गर्नु भएको छ । अनन्त, शाश्वत, सर्वसाक्षी हुनु भएका उहाँ श्रीकृष्णलाई म नमस्कार गर्दछु ।।१७।।
प्रत्याख्यातः स तेनापि शतधन्वा महामणिम् ।
तस्मिन् न्यस्याश्वमारुह्य शतयोजनगं ययौ ॥ १८ ॥
अक्रुरजीबाट पनि आफुलाई सहयोग प्राप्त नहुने बुझेपछि शतधन्वाले स्यमन्तक मणिलाई अक्रुरलाई नै दिएर आफु चार सय कोष निरन्तर दौडन सक्ने घोडामा चढेर त्यहाँबाट भाग्यो ।१८।।
गरुडध्वजमारुह्य रथं रामजनार्दनौ ।
अन्वयातां महावेगैरश्वै राजन् गुरुद्रुहम् ॥ १९ ॥
हे महाराज परीक्षित ! यता दुवै दाजुभाइ श्रीकृष्ण र बलराम आफ्नो गरुडको प्रतीक चिन्ह भएको रथमा सवार भएर आफ्ना ससुरा सत्राजितको हत्याराको पिछा गर्नु लाग्नुभयो ।।१९।।
मिथिलायामुपवने विसृज्य पतितं हयम् ।
पद्भ्यामधावत् सन्त्रस्तः कृष्णोऽप्यन्वद्रवद्रुषा ॥ २० ॥
शतधन्वाको घोडा मिथिलापुरी नजिकैको बगैंचामा पुगेर लड्यो । त्यसपछि त्यो त्यसलाई घोडालाई त्यहीं छोडेर पैदल भाग्यो । यता उसको कार्यबाट रिसाउनु भएका श्रीकृष्ण भगवान् पनि उसको पछि पछि लाग्नुभएको थियो ।।२०।।
पदातेर्भगवांस्तस्य पदातिस्तिग्मनेमिना ।
चक्रेण शिर उत्कृत्य वाससो व्यचिनोन्मणिम् ॥ २१ ॥
शतधन्वा पैदल भागिरहेका थियो, त्यसैले भगवान पनि पैदल दौडेर आफ्नो धारिलो सुदर्शन चक्रले उसको शिर काटेर उसले लागाएको कपडामा स्यमन्तक मणि खोज्नुभयो ।।२१।।
अलब्धमणिरागत्य कृष्ण आहाग्रजान्तिकम् ।
वृथा हतः शतधनुर्मणिस्तत्र न विद्यते ॥ २२ ॥
तर जब त्यहाँ स्यमन्तक मणि भेटिएन त्यसपछि भगवान श्रीकृष्णले आफ्ना दाइ बलराम भएको ठाँउमा आएर भन्नुभयो कि यो संग स्यमन्तक मणि रहेनछ, आखिर यसलाई ब्यर्थै मारिएछ ।।२२।।
तत आह बलो नूनं स मणिः शतधन्वना ।
कस्मिंश्चित् पुरुषे न्यस्तस्तमन्वेष पुरं व्रज ॥ २३ ॥
बलरामजीले भन्नुभयो– शतधन्वानले स्यामन्तकामणी कसैलाई राख्न दिएको हुनुपर्दछ त्यसैले तिमी द्वारका जाऊ र मणि खोज ।।२३।।
अहं वैदेहमिच्छामि द्रष्टुं प्रियतमं मम ।
इत्युक्त्वा मिथिलां राजन् विवेश यदुनन्दनः ॥ २४ ॥
हे परीक्षित ! त्यसपछि बलराम म मेरा मित्र विदेहराज जनकलाई भेट्न चाहन्छु; किनकि ऊ मेरो एकदमै मिल्ने साथी हुन् भनेर यदुश्रेष्ठ बलराम मिथिला नगर जानुभयो ।।२४।।
.
तं दृष्ट्वा सहसोत्थाय मैथिलः प्रीतमानसः ।
अर्हयामास विधिवदर्हणीयं समर्हणैः ॥ २५ ॥
जब मिथिलाका राजा जनकले बलरामजी आउनुभएको देखेर अति खुसी हुँदै आफ्नो आसनबाट उठेर पाद्य अर्घ्य पुजासामग्री आदिले वहाँको पूजा गरे ।।२५।।
उवास तस्यां कतिचिन्मिथिलायां समा विभुः ।
मानितः प्रीतियुक्तेन जनकेन महात्मना ।
ततोऽशिक्षद् गदां काले धार्तराष्ट्रः सुयोधनः ॥ २६ ॥
यसपछि, भगवान बलरामजी धेरै वर्षसम्म मिथिलापुरीमा बस्नुभयो । त्यही उपयुक्त समयमा, धृतराष्ट्रका छोरा दुर्योधनले बलरामबाट गदा–युद्ध सिक्यो ।।२६।।
केशवो द्वारकामेत्य निधनं शतधन्वनः ।
अप्राप्तिं च मणेः प्राह प्रियायाः प्रियकृद् विभुः ॥ २७ ॥
आफ्नी प्रिय सत्यभामाको लागि राम्रो काम गरेपछि, भगवान कृष्ण द्वारका फर्किनुभयो अनि सत्यभामालाई शतधन्वा मारिएको तर स्यमन्तकमणि नभेटिको खबर सुनाउनुभयो ।।२७।।
ततः स कारयामास क्रिया बन्धोर्हतस्य वै ।
साकं सुहृद्भिर्भगवान् या याः स्युः साम्परायिकीः ॥ २८ ॥
त्यसपछि, भगवान् श्रीकृष्णले आफ्ना आफन्तहरूसँग मिलेर सत्राजितको सबै अन्त्येष्टि संस्कार गराउनु भयो जुन कर्म गर्दा मृतकको मृत्युपछि सद्गति मिल्दछ ।।२८।।
अक्रूरः कृतवर्मा च श्रुत्वा शतधनोर्वधम् ।
व्यूषतुर्भयवित्रस्तौ द्वारकायाः प्रयोजकौ ॥ २९ ॥
अक्रूर र कृतवर्माले सत्राजितलाई मार्नको लागि सतधन्वालाई उक्साएको थिए । त्यसैले उनीहरुले भगवन् श्रीकृष्णले सतधन्वालाई मार्नुभयो भन्ने थाहापाएपछि उनीहरु डराएर द्वाराका बाट भागे ।।२९।।
अक्रूरे प्रोषितेऽरिष्टान्यासन् वै द्वारकौकसाम् ।
शारीरा मानसास्तापा मुहुर्दैविकभौतिकाः ॥ ३० ॥
इत्यङ्गोपदिशन्त्येके विस्मृत्य प्रागुदाहृतम् ।
मुनिवासनिवासे किं घटेतारिष्टदर्शनम् ॥ ३१ ॥
हे परीक्षित ! अक्रुर द्वारकाबाट भागेपछि त्यहाँका मनिसहरुले बारम्बार शारीरिक तथा मानसिक पीडा भोग्नुपरेको कुरामा केहि मानिसहरु विश्वास गर्दथे । तर यसो भन्नेहरूले मैले पहिले भनिएको महात्म्यलाई बिर्सिएका हुन् । खै कुनै मुनि बसेका ठाउँमा कुनै अशान्ति हुदैन भने स्वयं भगवान कृष्णको निवासस्थान द्वारकामा कसरी असान्ति र अनिष्ट हुन सक्छ र ? त्यसैले अक्रुर भागेका कारण अशान्ति र पीडा भएको होइन ।।३०–३१ ।।
देवेऽवर्षति काशीशः श्वफल्कायागताय वै ।
स्वसुतां गान्दिनीं प्रादात् ततोऽवर्षत् स्म काशिषु ॥ ३२ ॥
कुनै समयमा एक पटक काशी राजाको राज्यमा ठुलो खडेरी पर्यो, धेरै समयसम्म पानी परेन । त्यससमयमा कासी नरेशले त्यहाँ आइपुगेका अक्रुरका पिता स्वफल्कलाई आफ्नि गान्दिनी नाम गरेकी छोरी उनै सित विबाह गरिदिए त्यसपछि त्यो क्षेत्रमा पानी परेको थियो ।।३२।।
तत्सुतस्तत्प्रभावोऽसावक्रूरो यत्र यत्र ह ।
देवोऽभिवर्षते तत्र नोपतापा न मारीकाः ॥ ३३ ॥
अक्रुर उनै श्वफल्कका छोरा हुन् र उनको प्रभाव पनि उस्तै छ । अक्रुर जहाँ बस्छन् त्यहाँ भारी वर्षा हुन्छ र त्यहाँ कुनै पीडा, महामारी वा अन्य कुनै समस्या हुँदैन ।।३३।।
इति वृद्धवचः श्रुत्वा नैतावदिह कारणम् ।
इति मत्वा समानाय्य प्राहाक्रूरं जनार्दनः ॥ ३४ ॥
त्यहाँ भएका बुढा मानिसहरुबाट सुनेपछि भगवानले द्वारकामा अक्रुरजी नभएर भन्दा पनि मणि नभएका कारण यो उत्पात मच्चिएको हो भन्ने बिचार गर्नुभयो । तर भगवान्ले बुढा मानिसको भनाईलाई साथ दिनको लागि अक्रुरलाई खोजेर ल्याउनु भयो अनि अक्रुरसंग कुरा गर्नुभयो ।।३४।।
पूजयित्वाभिभाष्यैनं कथयित्वा प्रियाः कथाः ।
विज्ञाताखिलचित्तज्ञः स्मयमान उवाच ह ॥ ३५ ॥
सम्पूर्ण प्राणिहरुको मनमा रहनुहुने भगवानले अत्रुरलाई राम्रोसंग स्वागत गर्नुभयो र मुस्कुराउँदै भन्नुभयो ।।३५।।
ननु दानपते न्यस्तस्त्वय्यास्ते शतधन्वना ।
स्यमन्तको मणिः श्रीमान् विदितः पूर्वमेव नः ॥ ३६ ॥
हे काका ! तपाई धर्मका रक्षक हुनुहुन्छ । शतधान्याले तपाईलाई स्यमन्तक मणि छाडेर गएका छन् भन्ने कुरा पहिले नै थाहा थियो । जुन धेरै प्रकाशमय छ र त्यसले धेरै सुन दिन्छ ।।३६।।
सत्राजितोऽनपत्यत्वाद् गृह्णीयुर्दुहितुः सुताः ।
दायं निनीयापः पिण्डान् विमुच्यर्णं च शेषितम् ॥ ३७ ॥
सत्राजितको छोरा छैनन् भन्ने कुरा तपाईलाई थाहा नै छ । त्यसकारण, केवल उनकी छोरीका सत्यभामाका छोरा (सत्राजितका नातिहरूले) उनलाई तिलञ्जली र पिण्डदान दिएर बाँकी रहेको सम्पत्तिको उत्तराधिकारी उनीहरु नै होउन् ।।३७।।
तथापि दुर्धरस्त्वन्यैस्त्वय्यास्तां सुव्रते मणिः ।
किन्तु मामग्रजः सम्यङ् न प्रत्येति मणिं प्रति ॥ ३८ ॥
तसर्थ, शास्त्रीय मान्यता अनुसार त्यो स्यमन्तक मणि सत्यभामाका छोराहरुले पाउनु पर्ने हो तर पनि त्यो मणि तपाईंसँगै छ किनभने तपाईं धेरै भक्ति र पवित्रता भएको व्यक्ति हुनुहुन्छ । तर मेरा दाजु बलरामले मणिको विषयमा मलाई पूर्ण रूपमा विश्वास गर्नु भएको छैन ।।३८।।
दर्शयस्व महाभाग बन्धूनां शान्तिमावह ।
अव्युच्छिन्ना मखास्तेऽद्य वर्तन्ते रुक्मवेदयः ॥ ३९ ॥
त्यसैले हे भाग्यमानी अक्रुरजी ! त्यो मणि देखाएर, तपाईंले बलराम, सत्यभामा र जाम्बवतीको शंका हटाएर सबै बन्धुहरुको मन शान्तिलाई शान्त गराइदिनु होस् । हामीलाई थाहा तपाई अहिले सुनले बनेका वेदीमा निरन्तर यज्ञहरू गरिरहनुभएको छ ।।३९।।
एवं सामभिरालब्धः श्वफल्कतनयो मणिम् ।
आदाय वाससाच्छन्नः ददौ सूर्यसमप्रभम् ॥ ४० ॥
यसरी भगवान श्रीकृष्णले उनलाई यस प्रकार संम्झाइ बुझाइ गरेर सान्त्वना दिनुभयो । अक्रुरले सूर्य जस्तै चम्किरहेको त्यो मणिलाई कपडामा बेरेर राखेका थिए, भगवानले यस्तो आज्ञा गरेपछि उनले त्यो मणि निकालेर भगवान श्रीकृष्णलाई दिए ।।४०।।
स्यमन्तकं दर्शयित्वा ज्ञातिभ्यो रज आत्मनः ।
विमृज्य मणिना भूयस्तस्मै प्रत्यर्पयत् प्रभुः ॥ ४१ ॥
त्यसपछि भगवान श्रीकृष्णले त्यो स्यमन्तक मणि बलराम सत्यभामा लगायत आफन्तलाई देखाउनुभयो र आफु माथि लागेको मित्थ्या कलंकलाई मेटाएर त्यो मणि फेरी अक्रुरजीलाई नै फिर्ता गर्नुभयो ।।४१।।
(प्रहर्षिणी)
यस्त्वेतद्भगवत ईश्वरस्य विष्णो–
र्वीर्याढ्यं वृजिनहरं सुमङ्गलं च ।
आख्यानं पठति शृणोत्यनुस्मरेद् वा
दुष्कीर्तिं दुरितमपोह्य याति शान्तिम् ॥ ४२ ॥
यो स्यमन्तोपाख्यान कथा सर्वब्यापक भगवान कृष्णको पराक्रमले भरिएको छ । जसले यस कथा सुन्दछ, उसको सबै पाप र कलंकहरू नाश भएर उसको कल्याण हुनेछ र उसलाई शान्ति मिल्ने छ ।।४२।।
इति श्रीमद्भाहगवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे
स्यमंतकोपाख्याने सप्तपञ्चाशत्तमोऽध्यायः ॥ ५७ ॥
