/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमस्कन्धः सप्तपञ्चाशत्तमोऽध्यायः

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः सप्तपञ्चाशत्तमोऽध्यायः


श्रीशुक उवाच
(अनुष्टुप्)
विज्ञातार्थोऽपि गोविन्दो दग्धानाकर्ण्य पाण्डवान् ।
कुन्तीं च कुल्यकरणे सहरामो ययौ कुरून् ॥ १ ॥
नेपाली भावानुवादः लाक्षागृहको आगोमा कुन्तीसहित पाण्डवहरू डढेका छैनन् भन्ने कुरा श्रीकृष्णलाई थाहा भए तापनि, उनीहरू डढेर मरेको भन्ने लोकचर्चा सुनेर लौकिक कुलाचार र परम्परा निर्वाह गर्न उहाँ बलरामका साथ हस्तिनापुर जानुभयो ।।१।।
 
भीष्मं कृपं सविदुरं गान्धारीं द्रोणमेव च ।
तुल्यदुःखौ च सङ्‌गम्य हा कष्टमिति होचतुः ॥ २ ॥
नेपाली भावानुवादः त्यहाँ पुगेर उहाँले कुन्ती र पाण्डवहरूको मृत्युमा दुःखी भएका भीष्म, कृपाचार्य, विदुर, गान्धारी र द्रोणाचार्यलाई भेटी उनीहरूप्रति सहानुभूति एवं समवेदना प्रकट गर्दै "अहो ! यो ज्यादै कष्टकर घटना भयो" भनी दुःख व्यक्त गर्नुभयो ।।२।।
 
लब्ध्वैतदन्तरं राजन् शतधन्वानमूचतुः ।
अक्रूरकृतवर्माणौ मणिः कस्मान्न गृह्यते ॥ ३ ॥
नेपाली भावानुवादः हे राजन् ! श्रीकृष्ण र बलराम हस्तिनापुर जानुभएको उचित अवसर छोपेर अक्रूर र कृतवर्माले शतधन्वालाई भने— "हामीले सत्राजितबाट त्यो स्यमन्तक मणि किन नलिने ?" ।।३।।
 
योऽस्मभ्यं संप्रतिश्रुत्य कन्यारत्नंश विगर्ह्य नः ।
कृष्णायादान्न सत्राजित् कस्माद्‌ भ्रातरमन्वियात् ॥ ४ ॥
नेपाली भावानुवादः "सत्राजितले आफ्नी कन्यारत्न सत्यभामा हामीलाई दिने वाचा गरेर पनि हाम्रो अपमान गरी श्रीकृष्णलाई सुम्पिएका छन्; त्यसैले सत्राजित पनि आफ्ना भाइ प्रसेनझैँ किन नमर्ने ?" ।।४।।
 
एवं भिन्नमतिस्ताभ्यां सत्राजितमसत्तमः ।
शयानमवधील्लोभात् स पापः क्षीणजीवितः ॥ ५ ॥
नेपाली भावानुवादः अक्रूर र कृतवर्माले यसरी उक्साएपछि मति भ्रष्ट भएको अत्यन्त पापी शतधन्वाले लोभमा परी आयु क्षीण भएका कारण सुतिरहेका सत्राजितको हत्या गरिदियो ।।५।।
 
स्त्रीणां विक्रोशमानानां क्रन्दन्तीनामनाथवत् ।
हत्वा पशून्सौनिकवन्मणिमादाय जग्मिवान् ॥ ६ ॥
नेपाली भावानुवादः कसाईले पशुलाई मारेझैँ गरी शतधन्वाले सत्राजितको हत्या गर्‍यो। सत्राजितका पत्नीहरू अनाथझैँ रोई-कराई गर्दागर्दै पनि उसले कुनै वास्ता नगरी मणि लिएर त्यहाँबाट भाग्यो ।।६।।
 
सत्यभामा च पितरं हतं वीक्ष्य शुचार्पिता ।
व्यलपत्तात तातेति हा हतास्मीति मुह्यती ॥ ७ ॥
नेपाली भावानुवादः आफ्ना पिता मारिएको देखेर शोकले विह्वल भएकी सत्यभामा "हे पिता ! हे पिता ! म त लुटिएँ" भन्दै विलौना गर्न थालिन् र मुर्छित भइन् ।।७।।
 
तैलद्रोण्यां मृतं प्रास्य जगाम गजसाह्वयम् ।
कृष्णाय विदितार्थाय तप्ताऽऽचख्यौ पितुर्वधम् ॥ ८ ॥
नेपाली भावानुवादः त्यसपछि सत्यभामाले पिताको मृत शरीरलाई तेलको द्रोणीमा राखेर हस्तिनापुर गइन् र शोकाकुल हुँदै श्रीकृष्णलाई पिताको हत्याको वृत्तान्त सुनाइन्। यद्यपि भगवान् श्रीकृष्णलाई यो कुरा पहिले नै थाहा थियो ।।८।।
 
तदाकर्ण्येश्वरौ राजन्ननुसृत्य नृलोकताम् ।
अहो नः परमं कष्टमित्यस्राक्षौ विलेपतुः ॥ ९ ॥
नेपाली भावानुवादः हे राजन् ! त्यो कुरा सुनेपछि ईश्वर हुनुभएका श्रीकृष्ण र बलरामले पनि मानुषिक लीला गर्दै "अहो ! हामीलाई ठूलो कष्ट पर्यो" भनी आँखाबाट आँसु खसाल्दै विलाप गर्नुभयो ।।९।।
 
आगत्य भगवांस्तस्मात् सभार्यः साग्रजः पुरम् ।
शतधन्वानमारेभे हन्तुं हर्तुं मणिं ततः ॥ १० ॥
नेपाली भावानुवादः त्यसपछि भगवान् श्रीकृष्ण पत्नी सत्यभामा र दाजु बलरामका साथ द्वारका फर्किनुभयो र शतधन्वालाई दण्ड दिन तथा मणि फिर्ता लिनका लागि तयारी सुरु गर्नुभयो ।।१०।।
 
सोऽपि कृतोद्यमं ज्ञात्वा भीतः प्राणपरीप्सया ।
साहाय्ये कृतवर्माणमयाचत स चाब्रवीत् ॥ ११ ॥
नेपाली भावानुवादः श्रीकृष्णले आफूलाई मार्न उद्योग गरेको थाहा पाएर त्रसित भएको शतधन्वाले प्राण रक्षाका लागि कृतवर्मासँग सहयोग माग्यो, तर कृतवर्माले यसो भने ।।११।।
 
नाहमीश्वरयोः कुर्यां हेलनं रामकृष्णयोः ।
को नु क्षेमाय कल्पेत तयोर्वृजिनमाचरन् ॥ १२ ॥
नेपाली भावानुवादः "मैले ईश्वरस्वरूप राम र कृष्णको विरोध गर्न सक्दिनँ। उहाँहरूसँग अपराध गरेर कसको कल्याण होला र ?" ।।१२।।
 
कंसः सहानुगोऽपीतो यद्द्वेषात्त्याजितः श्रिया ।
जरासन्धः सप्तदश संयुगान् विरथो गतः ॥ १३ ॥
नेपाली भावानुवादः "उहाँसँग द्वेष गर्नाले नै अनुयायीसहित कंशको ऐश्वर्य र प्राण सखाप भयो भने जरासन्धजस्तो वीर योद्धा पनि सत्र पटकको युद्धमा पराजित भई विरथी भएर भाग्नुपर्यो" ।।१३।।
 
प्रत्याख्यातः स चाक्रूरं पार्ष्णिग्राहमयाचत ।
सोऽप्याह को विरुध्येत विद्वानीश्वरयोर्बलम् ॥ १४ ॥
नेपाली भावानुवादः कृतवर्माले अस्वीकार गरेपछि शतधन्वाले अक्रूरसँग सहायता माग्यो। तर अक्रूरले पनि भने— "ईश्वरको बल थाहा पाएर उहाँसँग कसले विरोध गर्ला ?" ।।१४।।
 
य इदं लीलया विश्वं सृजत्यवति हन्ति च ।
चेष्टां विश्वसृजो यस्य न विदुर्मोहिताजया ॥ १५ ॥
नेपाली भावानुवादः "जसले लीलैलीलाले यो विश्वको सृष्टि, पालन र संहार गर्नुहुन्छ तथा जसको मायाले मोहित भएका ब्रह्मादिले समेत उहाँको चेष्टा बुझ्न सक्दैनन्, उहाँसँग को भिड्न सक्छ ?" ।।१५।।
 
यः सप्तहायनः शैलमुत्पाट्यैकेन पाणिना ।
धार लीलया बाल उच्छिलीन्ध्रमिवार्भकः ॥ १६ ॥
नेपाली भावानुवादः "जसले सात वर्षको बालक हुँदा नै गोवर्धन पर्वतलाई एउटा हातले च्याउ उखेलेझैँ गरी सहजै धारण गर्नुभयो" ।।१६।।
 
नमस्तस्मै भगवते कृष्णायाद्‌भुतकर्मणे ।
अनन्तायादिभूताय कूटस्थायात्मने नमः ॥ १७ ॥
नेपाली भावानुवादः "त्यस्ता अद्भुत कर्मा, अनन्त, आदिपुरुष र सर्वसाक्षी भगवान् श्रीकृष्णलाई म नमस्कार गर्दछु" ।।१७।।
 
प्रत्याख्यातः स तेनापि शतधन्वा महामणिम् ।
तस्मिन् न्यस्याश्वमारुह्य शतयोजनगं ययौ ॥ १८ ॥
नेपाली भावानुवादः अक्रूरबाट पनि सहायता नपाएपछि शतधन्वाले त्यो श्रेष्ठ मणि अक्रूरलाई नै जिम्मा लगाएर सय योजनसम्म दौडन सक्ने घोडामा चढी त्यहाँबाट भाग्यो ।।१८।।
 
गरुडध्वजमारुह्य रथं रामजनार्दनौ ।
अन्वयातां महावेगैरश्वै राजन् गुरुद्रुहम् ॥ १९ ॥
नेपाली भावानुवादः हे राजन् ! त्यसपछि राम र कृष्ण गरुडध्वज रथमा सवार भई तीब्र वेगका घोडाहरूका साथ आफ्ना पूज्य श्वशुरको हत्या गर्ने शतधन्वाको पिछा गर्न लाग्नुभयो ।।१९।।
 
मिथिलायामुपवने विसृज्य पतितं हयम् ।
पद्‌भ्यामधावत् सन्त्रस्तः कृष्णोऽप्यन्वद्रवद्रुषा ॥ २० ॥
नेपाली भावानुवादः मिथिलाको उपवनमा पुगेपछि शतधन्वाको घोडा थकाइले ढल्यो। त्यसपछि ऊ त्रसित हुँदै पैदलै भाग्यो, श्रीकृष्णले पनि क्रोधित भई पैदलै उसको पिछा गर्नुभयो ।।२०।।
 
पदातेर्भगवांस्तस्य पदातिस्तिग्मनेमिना ।
चक्रेण शिर उत्कृत्य वाससो व्यचिनोन्मणिम् ॥ २१ ॥
नेपाली भावानुवादः पैदल भागिरहेको शतधन्वालाई भगवान्‌ले पनि पैदलै खेदेर तिखो धार भएको सुदर्शन चक्रले उसको शिर छेदन गर्नुभयो र उसको वस्त्रमा मणि खोज्न लाग्नुभयो ।।२१।।
 
अलब्धमणिरागत्य कृष्ण आहाग्रजान्तिकम् ।
वृथा हतः शतधनुर्मणिस्तत्र न विद्यते ॥ २२ ॥
नेपाली भावानुवादः मणि फेला नपरेपछि श्रीकृष्णले दाजु बलरामको समीपमा आएर भन्नुभयो— "शतधन्वालाई त व्यर्थै मारिएछ, यसको साथमा मणि रहेनछ" ।।२२।।
 
तत आह बलो नूनं स मणिः शतधन्वना ।
कस्मिंश्चित् पुरुषे न्यस्तस्तमन्वेष पुरं व्रज ॥ २३ ॥
नेपाली भावानुवादः त्यसपछि बलरामले भन्नुभयो— "पक्कै पनि शतधन्वाले त्यो मणि कसैलाई जिम्मा लगाएको हुनुपर्छ। तिमी द्वारका गएर खोजी गर" ।।२३।।
 
अहं वैदेहमिच्छामि द्रष्टुं प्रियतमं मम ।
इत्युक्त्वा मिथिलां राजन् विवेश यदुनन्दनः ॥ २४ ॥
नेपाली भावानुवादः हे राजन् ! यदुश्रेष्ठ बलरामले "म आफ्ना प्रिय मित्र विदेहराज जनकलाई भेट्न चाहन्छु" भन्दै मिथिला नगरतर्फ लाग्नुभयो ।।२४।।
 
तं दृष्ट्वा सहसोत्थाय मैथिलः प्रीतमानसः ।
अर्हयामास विधिवदर्हणीयं समर्हणैः ॥ २५ ॥
नेपाली भावानुवादः बलरामजीलाई देखेर मिथिला नरेश जनकले प्रसन्न चित्तले आसनबाट उठी विधिवत् रूपमा पूजा-सामग्रीद्वारा उहाँको सत्कार गर्नुभयो ।।२५।।
 
उवास तस्यां कतिचिन्मिथिलायां समा विभुः ।
मानितः प्रीतियुक्तेन जनकेन महात्मना ।
ततोऽशिक्षद् गदां काले धार्तराष्ट्रः सुयोधनः ॥ २६ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान् बलराम केही वर्ष मिथिलामै बस्नुभयो। त्यहाँ महात्मा जनकले उहाँलाई अत्यन्त सम्मान गर्नुभयो। त्यही समयमा धृतराष्ट्र पुत्र दुर्योधनले बलरामजीबाट गदा-युद्धको शिक्षा सिक्यो ।।२६।।
 
केशवो द्वारकामेत्य निधनं शतधन्वनः ।
अप्राप्तिं च मणेः प्राह प्रियायाः प्रियकृद् विभुः ॥ २७ ॥
नेपाली भावानुवादः यता द्वारका फर्केर श्रीकृष्णले पत्नी सत्यभामाको चित्त बुझाउन शतधन्वाको वध भएको र मणि नभेटिएको कुरा सुनाउनुभयो ।।२७।।
 
ततः स कारयामास क्रिया बन्धोर्हतस्य वै ।
साकं सुहृद्‌भिर्भगवान् या याः स्युः साम्परायिकीः ॥ २८ ॥
नेपाली भावानुवादः त्यसपछि भगवान् श्रीकृष्णले आफन्त र मित्रहरूका साथ मिलेर मृतक सत्राजितको परलोक सुधारका लागि गरिने अन्त्येष्टि लगायतका सम्पूर्ण कर्महरू गराउनुभयो ।।२८।।
 
अक्रूरः कृतवर्मा च श्रुत्वा शतधनोर्वधम् ।
व्यूषतुर्भयवित्रस्तौ द्वारकायाः प्रयोजकौ ॥ २९ ॥
नेपाली भावानुवादः शतधन्वा मारिएको खबर सुनेर षड्यन्त्रका मतियार अक्रूर र कृतवर्मा भयभीत हुँदै द्वारका छोडेर भागे ।।२९।।
 
अक्रूरे प्रोषितेऽरिष्टान्यासन् वै द्वारकौकसाम् ।
शारीरा मानसास्तापा मुहुर्दैविकभौतिकाः ॥ ३० ॥
इत्यङ्‌गोपदिशन्त्येके विस्मृत्य प्रागुदाहृतम् ।
मुनिवासनिवासे किं घटेतारिष्टदर्शनम् ॥ ३१ ॥
नेपाली भावानुवादः हे राजन् ! अक्रूर देशबाहिर गएकाले द्वारकावासीहरूलाई शारीरिक, मानसिक, दैविक र भौतिक कष्ट आइलागेको भन्ने केही मानिसको धारणा छ। तर उनीहरूले भगवान्‌को महिमा बिर्सिएका छन्। जहाँ मुनि र भगवान् स्वयं निवास गर्नुहुन्छ, त्यहाँ कसरी अनिष्ट हुनसक्छ र ? ।।३०३१।।
 
देवेऽवर्षति काशीशः श्वफल्कायागताय वै ।
स्वसुतां गान्दिनीं प्रादात् ततोऽवर्षत् स्म काशिषु ॥ ३२ ॥
नेपाली भावानुवादः कुनै समय काशी नरेशको राज्यमा अनिकाल र खडेरी लाग्दा उनले अक्रूरका पिता श्वफल्कलाई आमन्त्रण गरी आफ्नी छोरी गान्दिनी विवाह गरिदिएका थिए र त्यसपछि त्यहाँ वर्षा भएको थियो ।।३२।।
 
तत्सुतस्तत्प्रभावोऽसावक्रूरो यत्र यत्र ह ।
देवोऽभिवर्षते तत्र नोपतापा न मारीकाः ॥ ३३ ॥
नेपाली भावानुवादः उनै श्वफल्कका पुत्र अक्रूरको प्रभाव पनि त्यस्तै छ। अक्रूर जहाँ रहन्छन्, त्यहाँ इन्द्रले वर्षा गराउँछन् र त्यहाँ कुनै महामारी वा दुःख रहँदैन ।।३३।।
 
इति वृद्धवचः श्रुत्वा नैतावदिह कारणम् ।
इति मत्वा समानाय्य प्राहाक्रूरं जनार्दनः ॥ ३४ ॥
नेपाली भावानुवादः वृद्धहरूको यस्तो भनाइ सुनेपछि श्रीकृष्णले अक्रूर बाहिर गएकै कारण अनिष्ट भएको त होइन, तर लोक मर्यादाका लागि उनलाई फर्काउनु पर्छ भनी अक्रूरलाई द्वारका बोलाउनुभयो ।।३४।।
 
पूजयित्वाभिभाष्यैनं कथयित्वा प्रियाः कथाः ।
विज्ञाताखिलचित्तज्ञः स्मयमान उवाच ह ॥ ३५ ॥
नेपाली भावानुवादः सबैको मनको कुरा जान्नुहुने भगवान्‌ले अक्रूरलाई सम्मानपूर्वक स्वागत गरी प्रिय कुराकानी गर्दै मुस्कुराएर भन्नुभयो ।।३५।।
 
ननु दानपते न्यस्तस्त्वय्यास्ते शतधन्वना ।
स्यमन्तको मणिः श्रीमान् विदितः पूर्वमेव नः ॥ ३६ ॥
नेपाली भावानुवादः "हे दानपते ! शतधन्वाले तपाईंलाई सुम्पेको त्यो दिव्य स्यमन्तक मणि तपाईंसँगै छ भन्ने कुरा हामीलाई पहिले नै थाहा थियो" ।।३६।।
 
सत्राजितोऽनपत्यत्वाद् गृह्णीयुर्दुहितुः सुताः ।
दायं निनीयापः पिण्डान् विमुच्यर्णं च शेषितम् ॥ ३७ ॥
नेपाली भावानुवादः "सत्राजितका छोराहरू नभएकाले शास्त्रीय रूपमा उनका नातिहरूले नै पिण्डदान दिने र सम्पत्तिको उत्तराधिकारी हुने कुरा सर्वविदितै छ" ।।३७।।
 
तथापि दुर्धरस्त्वन्यैस्त्वय्यास्तां सुव्रते मणिः ।
किन्तु मामग्रजः सम्यङ् न प्रत्येति मणिं प्रति ॥ ३८ ॥
नेपाली भावानुवादः "तथापि त्यो मणि अरूका लागि धारण गर्न कठिन भएकाले तपाईं जस्तो धर्मात्मासँगै रहोस्। तर मणिका विषयमा दाजु बलराम मलाई पूर्ण विश्वास गर्नुहुन्न" ।।३८।।
 
दर्शयस्व महाभाग बन्धूनां शान्तिमावह ।
अव्युच्छिन्ना मखास्तेऽद्य वर्तन्ते रुक्मवेदयः ॥ ३९ ॥
नेपाली भावानुवादः "त्यसैले हे भाग्यमानी अक्रूर ! त्यो मणि सबैलाई देखाई बान्धवहरूको शङ्का निवारण गरी शान्ति कायम गरिदिनुहोस्। तपाईंले सुनका वेदीमा निरन्तर यज्ञ गरिरहनुभएको कुराबाट पनि मणिको उपस्थिति प्रष्ट हुन्छ" ।।३९।।
 
एवं सामभिरालब्धः श्वफल्कतनयो मणिम् ।
आदाय वाससाच्छन्नः ददौ सूर्यसमप्रभम् ॥ ४० ॥
नेपाली भावानुवादः श्रीकृष्णले मधुर वचनले सम्झाएपछि अक्रूरले कपडामा बेरेर राखेको सूर्यझैँ चम्किलो मणि निकालेर भगवान्‌लाई सुम्पिनुभयो ।।४०।।
 
स्यमन्तकं दर्शयित्वा ज्ञातिभ्यो रज आत्मनः ।
विमृज्य मणिना भूयस्तस्मै प्रत्यर्पयत् प्रभुः ॥ ४१ ॥
नेपाली भावानुवादः भगवान् श्रीकृष्णले त्यो मणि सबै आफन्तहरूलाई देखाएर आफूमाथि लागेको मिथ्या कलङ्क पखाल्नुभयो र पुनः त्यो मणि अक्रूरलाई नै फिर्ता गरिदिनुभयो ।।४१।।
(प्रहर्षिणी)
यस्त्वेतद्‌भगवत ईश्वरस्य विष्णो
    र्वीर्याढ्यं वृजिनहरं सुमङ्‌गलं च ।
आख्यानं पठति शृणोत्यनुस्मरेद् वा
    दुष्कीर्तिं दुरितमपोह्य याति शान्तिम् ॥ ४२ ॥
नेपाली भावानुवादः जसले भगवान् विष्णुको पराक्रमले भरिएको, पाप नास गर्ने र परम मङ्गलकारी यो स्यमन्तक मणिको आख्यान पढ्छ, सुन्छ वा स्मरण गर्छ, उसले सबै अपजस र पापबाट मुक्ति पाई परम शान्ति प्राप्त गर्दछ ।।४२।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे स्यमंतकोपाख्याने सप्तपञ्चाशत्तमोऽध्यायः ।। ५७ ।।

 

🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत पुराणको दशम स्कन्ध अन्तर्गतको सत्ताउन्नौँ अध्यायमा स्यमन्तक मणिको प्रसङ्ग र यसका कारण उत्पन्न कलङ्कको निवारणको कथा वर्णन गरिएको छ। कथाको सुरुवातमा पाण्डवहरू लाक्षागृहमा जलेको समाचार सुनेर श्रीकृष्ण र बलराम हस्तिनापुर जानुहुन्छ। उहाँहरूको अनुपस्थितिमा अक्रूर र कृतवर्माले शतधन्वालाई सत्राजितको हत्या गरी मणि लिन उक्साउँछन्। लोभमा परी शतधन्वाले सुतिरहेका सत्राजितको हत्या गर्छ र मणि लिएर भाग्छ। आफ्ना पिताको हत्या भएपछि सत्यभामा शोकाकुल हुँदै हस्तिनापुर पुगेर श्रीकृष्णलाई वृत्तान्त सुनाउँछिन्। श्रीकृष्ण र बलराम द्वारका फर्केर शतधन्वाको पिछा गर्नुहुन्छ। शतधन्वाले डराएर त्यो मणि अक्रूरलाई जिम्मा लगाउँछ र भाग्छ। अन्ततः श्रीकृष्णले शतधन्वाको वध गर्नुहुन्छ तर उसको साथमा मणि भेटिँदैन। यसै कारण बलरामजी श्रीकृष्णसँग केही समयका लागि सशङ्कित हुनुहुन्छ र मिथिला जानुहुन्छ। पछि अक्रूरसँग मणि रहेको रहस्य खुल्छ। श्रीकृष्णले अक्रूरलाई बोलाएर सबैका सामु मणि प्रदर्शन गर्न लगाई आफूमाथि लागेको मिथ्या आरोपको खण्डन गर्नुहुन्छ। यो अध्यायले कसरी लोभले मानिसलाई विनाशको बाटोमा लैजान्छ र भगवान्‌ले कसरी आफ्ना भक्तको कलङ्क मेटाउनुहुन्छ भन्ने कुरा देखाउँछ। अन्तमा यो पवित्र कथा सुन्नाले वा पढ्नाले मानिसले अपजस र पापबाट मुक्ति पाउने कुरा उल्लेख गरिएको छ।

दार्शनिक पक्ष

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो छ। स्यमन्तक मणि भौतिक सुखऐश्वर्य र शक्तिको प्रतीक होजसको प्राप्तिका लागि मानिस जस्तोसुकै अपराध गर्न पनि तयार हुन्छ। सत्राजितशतधन्वा र अक्रूरका माध्यमबाट मानिसको लोभ र त्यसको परिणामलाई देखाइएको छ। श्रीकृष्ण ईश्वर भएर पनि मानुषिक लीला गर्नुहुन्छजसले यो संसार एक रङ्गमञ्च हो र हामी सबै अभिनेता हौँ भन्ने बुझाउँछ। आफूमाथि लागेको झुटो आरोप सहेर पनि सत्यको मार्गमा अडिग रहनु र अन्ततः सत्यको विजय गराउनु यसको मुख्य सन्देश हो। अक्रूरजस्ता भक्तले समेत परिस्थितिवश गल्ती गर्न सक्छन् तर भगवान्‌को शरणमा पर्दा क्षमा पाइन्छ भन्ने कुराले भक्ति मार्गको उदारता झल्काउँछ। भौतिक वस्तु (मणि) अस्थायी छ र यसले केवल अशान्ति मात्र ल्याउँछतर भगवान्‌को लीलाको स्मरणले मात्र वास्तविक शान्ति मिल्छ भन्ने यसको निष्कर्ष हो।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...