श्रीमद्भागवत महापुराण
दशमस्कन्धः षष्टितमोऽध्यायः
श्रीशुक उवाच–
(अनुष्टुप्)
कर्हिचित् सुखमासीनं स्वतल्पस्थं जगद्गुरुम् ।
पतिं पर्यचरद् भैष्मी व्यजनेन सखीजनैः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! एक दिन, सम्पूर्ण जगतका पिता भगवान श्रीकृष्ण रुक्मिणीजीको साथमा पलंग आरामसँग बसिरहनुभएको थियो । रुक्मिणी, आफ्ना साखीहरूका साथमा आफ्नो पतिको सेवा गर्दै र पंखा हम्केर वहाँको सेवा गरिरहेकी थिइन् ।।१।।
यस्त्वेतल्लीलया विश्वं सृजत्यत्त्यवतीश्वरः ।
स हि जातः स्वसेतूनां गोपीथाय यदुष्वजः ॥ २ ॥
जुन सर्वेश्वर भगवानले यो संसारलाई सजिलैसंग सृष्टि स्थिति र लय गर्नुहुन्छ त्यस्ता जन्मले रहित हुनु भएका भगवानले आफूद्वारा स्थापित धार्मिक मान्यताहरूको रक्षा गर्न यदुवंशीहरूमा अवतार लिनुभएको थियो ।।२।।
तस्मिन्नन्तर्गृहे भ्राजन्मुक्तादामविलम्बिना ।
विराजिते वितानेन दीपैर्मणिमयैरपि ॥ ३ ॥
रुक्मिणीजीको अन्तःपुर दरबार धेरै सुन्दर थियो । मोतीका धागोमा उनेको फुलका मालाहरुले सजिएको चदुवाहरु झुण्याइएका थिए । त्यसैगरी अनेक किसिमका रत्नहरूले बनेका बत्तीहरू चम्किरहेका थिए ।।३।।
मल्लिकादामभिः पुष्पैर्द्विरेफकुलनादितैः ।
जालरन्ध्रप्रविष्टैश्च गोभिश्चन्द्रमसोऽमलैः ॥ ४ ॥
चमेलीको फूल र मालाहरूको मीठो बास्ना आइरहेको थियो । फूलहरूमा चराहरूको बथान गुनगुनाउँदै थिए । झ्यालका सुन्दर जालीहरूबाट दरबार भित्र चन्द्रमाको सेतो किरणहरू फैलिरहेका थिए ।।४।।
पारिजातवनामोदवायुनोद्यानशालिना ।
धूपैरगुरुजै राजन् जालरन्ध्रविनिर्गतैः ॥ ५ ॥
त्यहाँ पारिजात वृक्षको सुगन्ध वायु फैलाएर मन्दमन्द रुपमा सुगन्धित शीतल हावा फैलिरहेको थियो । झ्यालका प्वालहरूबाट अगरबत्तीको धुवाँ निस्किरहेको थियो ।। ५।।
पयःफेननिभे शुभ्रे पर्यङ्के कशिपूत्तमे ।
उपतस्थे सुखासीनं जगतामीश्वरं पतिम् ॥ ६ ॥
यस्तो दरबारमा, भगवान श्रीकृष्ण दूधको फिँज जस्तै नरम र कोमल उत्तम सैयामा आनन्दपूर्वक विराजमान हुनुहुन्थ्यो । रुक्मिणी आफ्ना पतिको आनन्द पूर्वक सेवा गरिरहेकी थिइन् ।।६।।
वालव्यजनमादाय रत्ननदण्डं सखीकरात् ।
तेन वीजयती देवी उपासांचक्र ईश्वरम् ॥ ७ ॥
रुक्मिणी आफैंले साथीको हातबाट रत्नको विँड भएको चावर लिइन् र त्यसलाई घुमाउँदै हम्केर भगवानको सेवा गर्न थालिन् ।।७।।
(वसंततिलका)
सोपाच्युतं क्वणयती मणिनूपुराभ्यां
रेजेऽङ्गुलीयवलयव्यजनाग्रहस्ता ।
वस्त्रान्तगूढकुचकुङ्कुमशोणहार(
भासा नितम्बधृतया च परार्ध्यकाञ्च्या ॥ ८ ॥
भगवान्को साथमा रहेकी रुक्मिणीको हातमा गहनाले जडित औंठी र चुराहरुले सजिएकी थिइन । उनको पाउमा रहेको रत्नजडित पाउजुहरूबाट छमछम गरेर मधुर निस्किरहेको थियो । आचलले छोपिएका उनको दुवै स्तनमा कुमकुम लेपन गरिएको कारण र गलामा लगाइएको हारको चमकले मुखको कान्ति रातो र चम्किलो देखिन्थ्यो । नितम्बमा बहुमूल्य कान्चिले गर्दा ती रुक्मिणीको रुपले अत्यन्तै शोभा पाएको थियो ।।८।।
तां रूपिणीं श्रीयमनन्यगतिं निरीक्ष्य
या लीलया धृततनोरनुरूपरूपा ।
प्रीतः स्मयन्नलककुण्डलनिष्ककण्ठ–
वक्त्रोल्लसत्स्मितसुधां हरिराबभाषे ॥ ९ ॥
वहाँ भगवान लीलाको लागि नै मनुष्यरुप धारण गर्नु भएको हो । वहाँ रुक्मिणीलाई आफुभन्दा भिन्न ठान्नु हुदैनथ्यो किनभने उहाँको सुन्दर शरीर विभिन्न अलंकारहरु कुण्डल, हार आदिले गर्दा भगवान्को लागि योग्य उसको मुखबाट मुस्कानको अमृत ले उल्लासित भएकी रुक्मिणीको यस्तो रुप देखेरे भगवान प्रसन्न भएर भन्नुभयो ।।९।।
श्रीभगवानुवाच–
(अनुष्टुप्)
राजपुत्रीप्सिता भूपैर्लोकपालविभूतिभिः ।
महानुभावैः श्रीमद्भी रूपौदार्यबलोर्जितैः ॥ १० ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे राजकुमारी ! समान एैश्वर्य भएका, धेरै कुलीन र सज्जन इन्द्रादि राजाहरु पनि तिम्रो रुप देखेर तिमीसंग नै विवाह गर्न चाहन्थे ।।१०।।
तान्प्राप्तानर्थिनो हित्वा चैद्यादीन् स्मरदुर्मदान् ।
दत्ता भ्रात्रा स्वपित्रा च कस्मान्नो ववृषेऽसमान् ॥ ११ ॥
हे सुन्दर आँखा भएकी सुन्दरी तिम्रो बुबा र दाजुले पनि तिम्रो विवाह शिशुपालसंग गराउन चाहन्थे । तिम्रो घरमा पनि आएका थिए । तर तिमीले त्यस्ता वीर पुरुषहरुलाई इन्कार गरे म जस्तो गरीवलाई किन वरण गर्यौ ।।११।।
राजभ्यो बिभ्यतः सुभ्रु समुद्रं शरणं गतान् ।
बलवद्भिः कृतद्वेषान् प्रायस्त्यक्तनृपासनान् ॥ १२ ॥
सुन्दरी ! हेर हामी त जरासन्ध जस्ता राजाहरूको डरले समुद्रको शरण लिएका छौं । हामीले धेरै शक्तिशाली व्यक्तिहरूसँग शत्रुता कायम राखेका छौं र प्रायः सिंहासनको अधिकारबाट वञ्चित भएका छौं ।।१२।।
अस्पष्टवर्त्मनां पुंसामलोकपथमीयुषाम् ।
आस्थिताः पदवीं सुभ्रु प्रायः सीदन्ति योषितः ॥ १३ ॥
हे सुन्दरी ! हाम्रो न आचार स्पष्ट छ न त लोक ब्यवहार नै राम्रोसंग पालना गरेको छु त्यसैले मजस्तो पुरुषहरूलाई पछ्याएर पछि लाग्ने नारीले धेरै दुःख पाउनेछन् ।।१३।।
निष्किञ्चना वयं शश्वन्निष्किञ्चनजनप्रियाः ।
तस्मात् प्रायेण न ह्याढ्या मां भजन्ति सुमध्यमे ॥ १४ ॥
हे सुन्दरी ! हामी धेरै गरिब भएकाले गरिबसंगनै हाम्रो ब्यवहार मिल्दछ हामीलाई गरिबले नै मन पराउनेछन् त्यसैले धनीले प्राय हाम्रो सेवा गर्दैनन् ।।१४।।
ययोरात्मसमं वित्तं जन्मैश्वर्याकृतिर्भवः ।
तयोर्विवाहो मैत्री च नोत्तमाधमयोः क्वचित् ॥ १५ ॥
जसको सम्पत्ति, परिवार, समृद्धि, सुन्दरता र आम्दानी समान हुन्छ उनीहरुको नै मित्रता ब्यवहार मिल्दछ र त्यस्तासंग विवाह गर्दा राम्रो हुन्छ तर आफु भन्दा उच्च अथवा निचसंग विवाह गर्दा राम्रो हुदैन ।।१५।।
वैदर्भ्येतदविज्ञाय त्वयादीर्घसमीक्षया ।
वृता वयं गुणैर्हीना भिक्षुभिः श्लाघिता मुधा ॥ १६ ॥
हे विदर्भ राजकुमारी ! तिमीले राम्रोसंग विचार पुर्याउन सकिनौ । असमानताको बारेमा पनि कुनै ध्यान दिइनौ केवल कुनै गुण नभएका भिक्षुहरुले मेरो बारेमा गरेका प्रशंसालाई सुनेर तिमीले कुनै गुण नभएको मलाई वरण गर्यौ ।।१६।।
अथात्मनोऽनुरूपं वै भजस्व क्षत्रियर्षभम् ।
येन त्वमाशिषः सत्या इहामुत्र च लप्स्यसे ॥ १७ ॥
अझै केही केही बिग्रेको छैन । तिमीले आफ्ना लागि कल्याण हुने कुनै उत्तम क्षत्रियलाई वरण गर्न सक्छ्यौ । जसले गर्दा तिमीले यस लोक र परलोकका सबै आशा र चाहनाहरू पूरा गर्न सक्छ्यौ ।।१७।।
चैद्यशाल्वजरासन्धदन्तवक्रादयो नृपाः ।
मम द्विषन्ति वामोरु रुक्मी चापि तवाग्रजः ॥ १८ ॥
हे सुन्दरी ! तिमीलाई थाहा छ कि शिशुपाल, शाल्व, जरासन्ध, दन्तवक्र र तिम्रो जेठा दाजु रुक्मी जस्ता राजाहरूले मलाई द्वेष गर्छन् ।।१८।।
तेषां वीर्यमदान्धानां दृप्तानां स्मयनुत्तये ।
आनितासि मया भद्रे तेजोऽपहरतासताम् ॥ १९ ॥
हे कल्याणी ! तिनीहरू सबै आफ्नो बल र अहंकारका कारण अन्धा भएका बखतमा मैल ती दुष्टहरुको अहंकार गर्नका लागि मात्र मैले तिमीलाई हरण गरेर ल्याएको हुँ ।।१९।।
उदासीना वयं नूनं न स्त्र्यपत्यार्थकामुकाः ।
आत्मलब्ध्याऽऽस्महे पूर्णा गेहयोर्ज्योतिरक्रियाः ॥ २० ॥
कुनै आशक्ति नभएकाले स्त्री पुरुष र धनको कुनै लोभ नभएकाले हामी दियोको ज्योति समान आफैमा पूर्ण र आनन्द र सन्तुष्ट छौ ।।२०।।
श्रीशुक उवाच–
एतावदुक्त्वा भगवान् आत्मानं वल्लभामिव ।
मन्यमानामविश्लेषात् तद्दर्पघ्न उपारमत् ॥ २१ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! रुक्मिणी भगवान कृष्णबाट एकक्षण पनि अलग नहुनेभएको कारणले गर्दा उनलाई अरु पत्नी भन्दा आफू नै सबैभन्दा प्यारी छु भन्नेमा घमण्ड थियो । रुक्मिणीको त्यही घमण्डलाई तोड्नको लागि नै भगवानले यस्तो कुरा गर्नु भएको थियो र यति भनेर वहाँ चुप लाग्नुभयो ।।२१।।
(मिश्र)
इति त्रिलोकेशपतेस्तदाऽऽत्मनः
प्रियस्य देव्यश्रुतपूर्वमप्रियम् ।
आश्रुत्य भीता हृदि जातवेपथु–
श्चिन्तां दुरन्तां रुदती जगाम ह ॥ २२ ॥
जब रुक्मिणीले तनै लोकका मालिक आफ्ना प्रिय पति भगवान श्रीकृष्णको मुखबाट यस अगाडि कहिल्यै नसुनेको यस्तो अप्रिय वचन सुनिन् तब उनी अत्यन्तै डराएर चिन्तित हुँदै भगवान्ने त्याग्ने हो कि भनेर चिन्ता गर्दै रुन थालिन् ।।२२।।
पदा सुजातेन नखारुणश्रीया
भुवं लिखन्त्यश्रुभिरञ्जनासितैः ।
आसिञ्चती कुङ्कुमरूषितौ स्तनौ
तस्थावधोमुख्यतिदुःखरुद्धवाक् ॥ २३ ॥
रुक्मिणी आफ्नो खुट्टाको राता राता कोलम र नरम नङेलेभुई कोट्याउन थालिन् । गाजल लगाएको आँखाबाट खसेको कालो आँसुले केसरले रंगिएको उनको स्तन भिज्न लागेको थियो । अत्यधिक दुःखका कारण उनको बोली बन्द भयो उनी भुईतिर मुख लगाएर बसिरहिन् ।।२३।।
(वसंततिलका)
तस्याः सुदुःखभयशोकविनष्टबुद्धे(
र्हस्ताच्छ्लथद्वलयतो व्यजनं पपात ।
देहश्च विक्लवधियः सहसैव मुह्यन्
रम्भेव वायुविहता प्रविकीर्य केशान् ॥ २४ ॥
अत्यधिक पीडा, डर र शोकका कारण उनको सोच्ने शक्ति पनि हराइसकेकोले रुक्मिणी व्याकुल भएकी थिइन् । उनको हात लत्र्याकलुत्रुक भएको थियो भने हातमा लगाएको चुरा पनि खसिसकको थियो । उनको हातबाट डोलाइरहेको पंखा पनि खस्यो । मानसिक अशान्तिका कारण उनी अचानक बेहोस भइन् । उनका केश पनि खुलेको थियो त्यत्तिकैमा उनी हावाको बलले केराको खम्बा उखेलिए लडे झै गरी उनी भुइँमा लडिन् ।।२४।।
(अनुष्टुप्)
तद् दृष्ट्वा् भगवान् कृष्णः प्रियायाः प्रेमबन्धनम् ।
हास्यप्रौढिमजानन्त्याः करुणः सोऽन्वकम्पत ॥ २५ ॥
पर्यङ्कादवरुह्याशु तामुत्थाप्य चतुर्भुजः ।
केशान् समुह्य तद्वक्त्रं प्रामृजत् पद्मपाणिना ॥ २६ ॥
भगवान कृष्ण धेरै दयालु हुनुहुन्थ्यो वहाँ छिटोछिटो पलंगबाट ओर्लेर भूईम लडेकी रुक्मिणीलाई उठाउनुभयो र आफ्नो काखमा राखेर उनको खुलेको केशलाई बाँधिदिनुभयो । त्यसपछि आफ्नो कोमल हातले उनको अनुहार पुछिदिनुभयो ।।२६।।
प्रमृज्याश्रुकले नेत्रे स्तनौ चोपहतौ शुचा ।
आश्लिष्य बाहुना राजन्ननन्यविषयां सतीम् ॥ २७ ॥
उनकोे आँसुले भिजेको नेत्र रस्तनलाई पुछेपछि भगवानले उनलाई आफ्नो काखमा लिनुभयो र आफ्नो छातीमा अँगालो हाल्नु भयो ।।२७।।
सान्त्वयामास सान्त्वज्ञः कृपया कृपणां प्रभुः ।
हास्यप्रौढिभ्रमच्चित्तामतदर्हां सतां गतिः ॥ २८ ॥
आफ्नी प्यारी रुक्मिणी आफुले भनेका कुराहरुबाट चिन्तित र दुःखी भएकीले बुझाउन र सम्झाउन धेरै सिपालु भगवान् श्रीकृष्णले मजा र ठट्टा गरेको कुरालाई पनि नबुझेकी रुक्मिणीको बुध्दिले चक्कर खाएकाले धेरै धेरै दुःखी रुक्मिणीलाई सम्झउँदै भन्नुभयो ।।२८।।
श्रीभगवानुवाच –
मा मा वैदर्भ्यसूयेथा जाने त्वां मत्परायणाम् ।
त्वद्वचः श्रोतुकामेन क्ष्वेल्याऽऽचरितमङ्गने ॥ २९ ॥
भगवान श्रीकृष्णले भन्नुभयो– विदर्भ नन्दिनी ! तिमीले मलाई नराम्रो नठान र मसँग रिसाउ । मलाई थाहा छ कि तिमी मेरा लागि समर्पित छ्यौ । म बाहेक तिमीले कसैलाई कल्पना पनि गरेकी छैनौ । मैले त ख्याल ठट्टा गदैै सो कुरा भनेको हुँ ।।२९।।
मुखं च प्रेमसंरम्भस्फुरिताधरमीक्षितुम् ।
कटाक्षेपारुणापाङ्गं सुन्दरभ्रुकुटीतटम् ॥ ३० ॥
मैले त ख्याल ठट्टामा यसो भन्दा तिम्रो ओठ कसरी काप्छ र रिसाएका कारण तिम्रो आँखाको भाग कस्तो देखिन्छ र तिम्रो अनुहार कस्तो देखिन्छ र तिम्रो बोली कस्तो हुन्छ भनेर बिचार गर्न नै यो कुरा भनेको हुँ ।।३०।।
अयं हि परमो लाभो गृहेषु गृहमेधिनाम् ।
यन्नर्मैरीयते यामः प्रियया भीरु भामिनि ॥ ३१ ॥
हे प्यारी सुन्दरी ! दिनरात घरायसी काममा व्यस्त रहेका गृहस्थीहरुका लागि परम लाभ र खुसीको कुरा भनेको आफ्नी प्यारी श्रीमतीसँग हाँस्दै र ठट्टा खुसीसंग समय बिताउन पाउनु हो ।।३१।।
श्रीशुक उवाच–
सैवं भगवता राजन् वैदर्भी परिसान्त्विता ।
ज्ञात्वा तत्परिहासोक्तिं प्रियत्यागभयं जहौ ॥ ३२ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे राजा ! जब भगवान कृष्णले आफ्नी प्रियतमालाई यसरी सम्झाउनुभयो तव रुक्मिणिले पनि भगवानले गरेका कुराहरु ख्याल ठट्टा र मजाक हो भन्ने बुझेर उनी विश्वस्त भइन् अनि उनको डर पनि हरायो ।।३२।।
बभाष ऋषभं पुंसां वीक्षन्ती भगवन्मुखम् ।
सव्रीडहासरुचिरस्निग्धापाङ्गेन भारत ॥ ३३ ॥
हे भरतवंशी परीक्षित ! अब रुक्मिणीले केही लजाउदै मन्दमुस्कान र प्रेमपूण नजरले श्रीकृष्ण तिर हेर्दै भन्नलागिन् ।।३३।।
रुक्मिण्युवाच–
(वसंततिलका)
नन्वेवमेतदरविन्दविलोचनाह
यद् वै भवान् भगवतोऽसदृशी विभूम्नः ।
क्व स्वे महिम्न्यभिरतो भगवांस्त्र्यधीशः
क्वाहं गुणप्रकृतिरज्ञगृहीतपादा ॥ ३४ ॥
रुक्मिणीले भन्नुभयो– हे कमलनयन ! हजुरले भन्नुभएको कुरा ठिकै हो । म हजुर जस्तो गुण, ज्ञान र ऐश्वर्यले सम्पन्न होइन किनकि हजुर यि सबैकुरामा परिपूर्ण हुनुहुन्छ त्यसैले मेरो र हजुर बिच कसरी तुलना हुनसक्छ र ? त्यसैले हजुरले जुन असमानको कुरा गर्नुभयोे त्यो कुरा ठिकै हो । हजुर त्रिगुण अथवा ब्रह्मादि त्रिदेवका नियन्ता हुनुहुन्छ भने म एक अज्ञानी काम्य कर्म गर्ने पुरुषबाट सेवित भएकी र त्रिगुणात्मक स्वरुप भएकीले मेरो हजुरसंग कसरी समानता हुनसक्नु ? ।।३४।।
सत्यं भयादिव गुणेभ्य उरुक्रमान्तः
शेते समुद्र उपलम्भनमात्र आत्मा ।
नित्यं कदिन्द्रियगणैः कृतविग्रहस्त्वं
त्वत्सेवकैर्नृपपदं विधुतं तमोऽन्धम् ॥ ३५ ॥
हे पराक्रमी भगवान् ! हजुरले हामी राजाहरूको डरले समुद्रमा आएर लुकेर बसेकाछौं भन्नुभएको कुरा पनि ठीक हो, तर राजा शब्दको अर्थ गुणको कार्यभूत शव्द आदि विषय हुन् । हजुर उनीहरूकै कारण यिनीहरुबाट डराएझैं गरी अन्तःकरणरूप अगाध समुद्रमा चैतन्यघन आत्माको रूपमा विराजमान रहनुहुन्छ । राजाहरूसित वैरभाव छ भन्ने कुरा पनि ठीक हो तर यी राजा ता आफ्नै दुष्ट इन्द्रिय हुन्, यिनीहरूसित हजुरको सत्रुता र कलह भइरहन्छ । हजुरको राजसिंहासनदेखि रहित छौं भन्ने कुरा पनि ठीक हो, किनकि हजुरको चरणको सेवा गर्नेहरूले राजसिंहासनलाई अज्ञानरूप अन्धकार संझेर त्यागिदिन्छन् भने यस सम्बन्धमा हजुरलाई त्यसको आवस्यकता हुने कुरै भएन ।।३५।।
त्वत्पादपद्ममकरन्दजुषां मुनीनां
वर्त्मास्फुटं नृपशुभिर्ननु दुर्विभाव्यम् ।
यस्मादलौकिकमिवेहितमीश्वरस्य
भूमंस्तवेहितमथो अनु ये भवन्तम् ॥ ३६ ॥
हजुरले जुन हाम्रो मार्ग स्पष्ट छैन र हामी सांसारिक मानिसहरू जस्तो आचण पनि छैन भन्नुभयो त्यो पनि निस्सन्देह सत्य हो किनभने हजुरको निरन्तर भक्ति गर्ने ऋषिमुनिहरुले हजुरको चरणको परमानन्द रसविशेष पान गरिरहेका हुन्छन् । ती ऋषि–सन्तहरूले त हजुरको मार्ग लाई बुझ्न सक्दैनन् भने हे सर्वव्यापक प्रभु ! पशुतुल्य अविवेकी व्यक्तिले हजुर सर्वशक्तिमान प्रभुको मार्गलाई कसरी बुझ्न सकुन् ।।३६।।
निष्किञ्चनो ननु भवान् न यतोऽस्ति किञ्चिद्
यस्मै बलिं बलिभुजोऽपि हरन्त्यजाद्याः ।
न त्वा विदन्त्यसुतृपोऽन्तकमाढ्यतान्धाः
प्रेष्ठो भवान् बलिभुजामपि तेऽपि तुभ्यम् ॥ ३७ ॥
हजुरले आफूलाई अकिञ्चन भनेर भनेर भन्नुभयो त्या पनि उचितै हो । तर यसको मतलव हजुर गरिव (दरिद्र) हुनुहुन्छ भन्ने चाँही हुदैहोइन किनभने हजुरबाट नै सबै वस्तुहरु प्राप्त हुनेहुन । सामान्य ब्यक्तिहरुबाट पूजित ब्रह्मा आदि देवताहरू पनि हजुर कै पूजा गर्छन् र उपहार चढाउछन् किनभने हजुर उनीहरुको प्रिय हुनुहुन्छ भने हजुरमा दरिद्रता भन्ने कुरा हुदैन । धनी मानिसहरूले मेरो पूजा गर्दैनन् भन्ने हजुरको भनाइ पनि पूर्णतया सही छ । जो आफ्नो धनको घमण्डले अन्धो भएका छन् र इन्द्रियहरू तृप्त गर्नमा व्यस्त हुन्छन । उनीहरूले न त हजुरको पूजा गर्छन् न त कालरुप हजुरको बारेमा नै जान्दछन् ।।३७।।
त्वं वै समस्तपुरुषार्थमयः फलात्मा
यद्वाञ्छया सुमतयो विसृजन्ति कृत्स्नम् ।
तेषां विभो समुचितो भवतः समाजः
पुंसः स्त्रियाश्च रतयोः सुखदुःखिनोर्न ॥ ३८ ॥
हजुरले जुन सम्बन्ध समान व्यक्ति विच हुनुपर्छ भन्ने कुरा गर्नुभयो त्या पनि जायज नै हो । किनकि संसारमा हजुर नै धर्म, अर्थ, काम, मोक्ष आदि पुरुषार्र्थका प्रदाता हुनुहुन्छ र त्यसको फल पनि हजुर नै हुनुहुन्छ त्यसैले विवेकी पुरुषहरु सबै परिपञ्चलाई त्यागेर हजुरलाई प्राप्त गर्ने एकमात्र उद्देश्य राखेका हुन्छन । त्यस्ता विवेकी व्यक्तिको साथमा सेवाको भावले सम्बन्ध राख्नु पर्छ । जो स्त्री र पुरुष बीचको वासनाबाट बाँधिएर सुख र दुःख भोगेका छन भने उनमा हजुरको सम्त्रन्ध हुँदैहँुदैन ।।३८।।
त्वं न्यस्तदण्डमुनिभिर्गदितानुभाव
आत्माऽऽत्मदश्च जगतामिति मे वृतोऽसि ।
हित्वा भवद्भ्रुव उदीरितकालवेग–
ध्वस्ताशिषोऽब्जभवनाकपतीन् कुतोऽन्ये ॥ ३९ ॥
हजुर कसैलाइ पनि दण्ड दिन नदिने भिक्षुहरुद्वारा प्रशंसित हुनुहुन्छ । त्यसैले मैले हजुरलाई अदूरदर्शिताका कारण वरण गरेको होइन । हजुर सम्पूर्ण ब्रह्माण्डको आत्मा र प्रेमीभक्तहरुलाई आत्मदान समेत दिनसक्ने हुनुहुन्छ भन्ने बुझेर नै मैले हजुरलाई रोजेकी हुँ । मैले जानाजानी ब्रह्मा र देवराज इन्द्र आदिलाई त्यागेको हुँ किनभने हजुरको आँखीभौंको इशाराबाट पे्ररित भएको कालको वेगको गतिले ती व्रह्मादि देवताहरुको आशा र इच्छालाई समेत ध्वस्त पार्छ भने शिशुपाल, दन्तवाक्र वा जरासन्ध जस्ताको बारेमा त के नै भन्नु र ? ।।३९ ।।
जाड्यं वचस्तव गदाग्रज यस्तु भूपान्
विद्राव्य शार्ङ्गनिनदेन जहर्थ मां त्वम् ।
सिंहो यथा स्वबलिमीश पशून् स्वभागं
तेभ्यो भयाद् यदुदधिं शरणं प्रपन्नः ॥ ४० ॥
हे सर्वेश्वर श्रीकृष्ण ! हजुर राजाहरूको डरले समुद्रमा आएर बसेको भन्ने भनाइ कत्ति पनि तार्किक लाग्दैन । किनभने जसरी सिंहले अरु पशुहरुलाई भगाएर आफ्नो भाग लैजान्छ त्यसरी नै हजुरले आफ्नो धनुषको टंकारले मेरो विवाहमा आएका सबै राजाहरूलाई हराएर मलाई हरण गरेर ल्याउनुभयो भने हजुरले समुद्रमा शरण लिएको भन्नेकुरा चाँही पत्याउन सकिन ।।४०।।
यद्वाञ्छया नृपशिखामणयोऽङ्गवैन्य–
जायन्तनाहुषगयादय ऐक्यपत्यम् ।
राज्यं विसृज्य विविशुर्वनमम्बुजाक्ष
सीदन्ति तेऽनुपदवीं त इहास्थिताः किम् ॥ ४१ ॥
हे कमलनयन ! हजुर भन्नुहुन्छ कि मेरो मार्गको अनुशरण गर्नेले प्रायः दुःख भोग्नुपर्छ, त्यसोभए प्राचीन कालका अंग, पृथु, भरत, ययाति र गय आदि राजाहरु हजुरलाई प्राप्त गर्ने इच्छाले आफ्नो अधिनमा रहेको साम्राज्यलाई छाडेर हजुरको मार्गको अनुशरण गरेर तपस्या गर्न वनमा गएका थिए भने के ति राजाहरुले हजुरको मार्ग पछ्याउँदा कुनै प्रकारको पीडा भोगेका थिए र ? ।।४१।।
कान्यं श्रयेत तव पादसरोजगन्ध–
माघ्राय सन्मुखरितं जनतापवर्गम् ।
लक्ष्म्यालयं त्वविगणय्य गुणालयस्य
मर्त्या सदोरुभयमर्थविविक्तदृष्टिः ॥ ४२ ॥
हे भगवान ! सबै गुणहरूको एक मात्र आश्रय हजुर नै हुनुहुन्छ । हजुर आफ्ना शरणमा आएका भक्तहरुलाई मोक्ष दिनुहुन्छ । हजुर लक्ष्मीको आश्रय हुनुहुन्छ । सबै गुणका खानि हुनुहुन्छ । हजुरको चरणको शरण पाउनाले सबै वन्धनबाट मुक्ति मिल्दछ भन्ने विद्वानको भनाइ रहेको छ । त्यसैले आफ्नो हितको लागि के गर्ने के नगर्ने भन्ने राम्रो नबुझेकी कुनचाँही स्त्रीले हजुरको अनादर गर्न सक्छे र हजुरलाई छाडेर जन्म, मृत्यु, रोग, र भयले युक्त भएको अरु कुन पुरुषलाई वरण गर्ली ?।।४२।।
तं त्वानुरूपमभजं जगतामधीश–
मात्मानमत्र च परत्र च कामपूरम् ।
स्यान्मे तवाङ्घ्रिररणं सृतिभिर्भ्रमन्त्या
यो वै भजन्तमुपयात्यनृतापवर्गः ॥ ४३ ॥
हे प्रभु ! हजुर सम्पूर्ण जगतका एक मात्र मालिक हुनुहुन्छ । हजुर यस लोक र परलोकका सबै प्राणीहरुको आत्मा र सबैका कामनाहरुको पूर्णकर्ता पनि हुनुहुन्छ । त्यसैले मैले जानि बुझिकन नै हजुरलाई वरण गरेकी हुँ । किनकि हजुरको चरणको शरण पर्नाले सबै किसिमको दुःखबाट मुक्ति मिल्दछ । त्यसैले मैले अनेक जन्म लिएर संसारमा डुल्न परेपनि मैले सदा हजुरको चरणको शरण पाई रहुँ ।।४३।।
तस्याः स्युरच्युत नृपा भवतोपदिष्टाः
स्त्रीणां गृहेषु खरगोश्वबिडालभृत्याः ।
यत्कर्णमूलमरिकर्षण नोपयायाद्
युष्मत्कथा मृडविरिञ्चसभासु गीता ॥ ४४ ॥
हे अच्युत । हे शत्रुसूदन ! जो गधा जस्तै घरको भार बोक्छन्, जो साँढे जस्तै घरायसी काममा संलग्न भएर कष्ट भोग्छन्, जो कुकुर जस्तै अपमान सहन्छन्, जो बिरालो जस्तै कंजूस र हिंस्रक छन् र जो आफ्ना महिलाहरूलाई किनेका दास जस्तै मान्दछन्, जसलाई हजुरले मलाई रोज्न संकेत गर्नुभएको छ – ती शिशुपाल जस्ता राजाहरू उनै अभागी स्त्रीको पति बन्नुपर्छ, जसको कानले भगवान शंकर, ब्रह्मा आदि देवताहरूद्वारा सभामा गाइने हजुरका लीला कथा सुन्न सकेको हुदैनन् ।।४४।।
त्वक्श्मश्रुरोमनखकेशपिनद्धमन्त–
र्मांसास्थिरक्तकृमिविट्कफपित्तवातम् ।
जीवच्छवं भजति कान्तमतिर्विमूढा
या ते पदाब्जमकरन्दमजिघ्रती स्त्री ॥ ४५ ॥
मासु, हड्डी, रगत, कीरा, पिसाब, दिसा, कफ, पित्त र हावाले भरिएको हेर्दा जिउँदो भए पनि लास जस्तो शरीरलाई भएको पुरुषलाई त मुर्ख स्त्रीले मात्र पति मानेर सेवा गर्दछे किनकि त्यो मूर्ख स्त्रीलाई हजुरको चरणको सुगन्ध सुँघ्ने मौका मिलैकै हुदैन ।।४५।।
अस्त्वम्बुजाक्ष मम ते चरणानुराग
आत्मन् रतस्य मयि चानतिरिक्तदृष्टेः ।
यर्ह्यस्य वृद्धय उपात्तरजोऽतिमात्रो
मामीक्षसे तदु ह नः परमानुकम्पा ॥ ४६ ॥
हे कमलनयन ! हजुर आफैमा मग्न हुनुहुन्छ । हजुरलाई मेरो रुप गुण र सौन्दर्यमा चासो राख्नुहुन्न, उदासीन हुनुहुन्छ । तर मेरो चाहना यो छ कि ममा हजुरको चरणप्रति सदा दृढ भक्ति रहिरहोस् । हजुरले यस संसारको विस्तारको लागि रजोगुणलाई स्वीकार गर्नुभएको हो त्यसैले मलाई साक्षीको रुपमा मात्र हेर्नुहुन्छ, त्यो पनि हजुरकोे म प्रति परम अनुग्रह हो ।।४६।।
(अनुष्टुप्)
नैवालीकमहं मन्ये वचस्ते मधुसूदन ।
अम्बाया एव हि प्रायः कन्यायाः स्याद् रतिः क्वचित् ॥ ४७ ॥
हे मधुसूदन ! हजुरले मलाई आफु समानको कुनै अरु पुरुषलाइ वरण गर भन्नु भएको कुरालार्ई म सत्य नै ठान्छु । किनभने कहिलेकाहीँ, एउटा पुरुषको मोहमा पारेपछि पनि परिस्थितिले काशी राजाकी छोरी अम्बा जस्ता केही महिलाहरू अर्को पुरुषसँग प्रेममा रहेका हुन सक्छन् ।।४७।।
व्यूढायाश्चापि पुंश्चल्या मनोऽभ्येति नवं नवम् ।
बुधोऽसतीं न बिभृयात् ता बिभ्रदुभयच्युतः ॥ ४८ ॥
विवाह पछि पनि, व्यभिचारी महिलाको मन नयाँ पुरुषहरूप्रति आकर्षित भइरहन्छ । बुद्धिमान पुरुषले यस्तो असती स्त्रीलाई अपनाउनु हुदैन । यस्ती स्त्रीलाई अपनाउने पुरुष यो लोक र परलोक दुवैबाट च्युत हुन्छ ।।४८।।
श्रीभगवानुवाच–
साध्व्येतच्छ्रोतुकामैस्त्वं राजपुत्री प्रलम्भिता ।
मयोदितं यदन्वात्थ सर्वं तत् सत्यमेव हि ॥ ४९ ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे साध्वी ! राजकुमारी ! यी तिमीले भनेका कुराहरू सुन्ने इच्छाले नै मैले तिमीसंग ठट्टामा गरेको हुँ । तिमीले मैले गरेका कुराहरुलाई जसरी व्याख्या गर्यौ त्यो पूर्णतया सत्य हो ।।४९।।
यान् यान् कामयसे कामान् मय्यकामाय भामिनि ।
सन्ति ह्येकान्तभक्तायास्तव कल्याणि नित्यदा ॥ ५० ॥
हे सुन्दरी ! तिमीले मबाट जे कामना गरेकी छ्यौ त्यो सधैं पाउनेछौ । किनकि म माथि अत्यन्तै प्रेम भक्ति गर्दछ्यौ ।।५०।।
उपलब्धं पतिप्रेम पातिव्रत्यं च तेऽनघे ।
यद्वाक्यैश्चाल्यमानाया न धीर्मय्यपकर्षिता ॥ ५१ ॥
हे निष्पाप रुक्मिणी ! मैले तिम्रो म प्रतिको अटल प्रेम र निष्ठालाई राम्रोसँग बुझें । मैले तिमिलाइ बेतुकका कुरा गरेर विचलित गराउन खोजेको थिएं तर तिम्रो मन मबाट अलिकति पनि पछि हटेन ।।५१।।
ये मां भजन्ति दाम्पत्ये तपसा व्रतचर्यया ।
कामात्मानोऽपवर्गेशं मोहिता मम मायया ॥ ५२ ॥
हे प्रिया ! म मोक्षदाता हुँ । ती विषय भोगमा लागेका मानिषले आफ्नो सुखका लागि विभिन्न व्रत र तपस्या गरेर मेरो पूजा गर्छन्, तिनीहरू मेरो मोहबाट मोहित भएका हुन् ।।५२।।
(इंद्रवंशा)
मां प्राप्य मानिन्यपवर्गसम्पदं
वाञ्छन्ति ये सम्पद एव तत्पतिम् ।
ते मन्दभाग्या निरयेऽपि ये नृणां
मात्रात्मकत्वात् निरयः सुसङ्गमः ॥ ५३ ॥
मेरो रुक्मिणी ! जसले म मोक्षदाता मलाई पाएर पनि अन्य विषयभोग तिर मन लगाउछ भने तिनलाई भाग्यले ठगिएका भन्नुपर्दछ किनकि त्यस्तो सुख त सुँगुर, कुकुर आदि जुनिमा पनि प्राप्त गर्न सकिन्छ । उनीहरुमा मेरो सेवा भक्ति नभएकाले विषय सुखहरूमा व्यस्त रहन्छ; त्यसैले उनीहरूले नर्क जानु पनि राम्रो हुन्छ ।।५३।।
(मिश्र)
दिष्ट्या गृहेश्वर्यसकृन्मयि त्वया
कृतानुवृत्तिर्भवमोचनी खलैः ।
सुदुष्करासौ सुतरां दुराशिषो
ह्यसुंभराया निकृतिञ्जुषः स्त्रियाः ॥ ५४ ॥
हे गुह्येश्वरी ! यो धेरै खुशीको कुरा हो कि अहिलेसम्म तिमीले यो संसार बन्धनबाट मुक्त गर्न निरन्तर मेरो सेवा गरेकी छ्यौ । दुष्ट मानिसहरूले यस्तो सेवा कहिले पनि गर्न सक्दैनन् । जुन स्त्रीको मन दुषित भएको हुन्छ जसले आफ्ना इन्द्रियहरूको तृप्तिमा व्यस्त अनेकौं कुकर्महरु गरेका हुन्छ भने त्यस्ती स्त्रीका लागि मेरो सेवा पाउन धेरै कठिन हुन्छ ।।५४।।
(वसंततिलका)
न त्वादृशीं प्रणयिनीं गृहिणीं गृहेषु
पश्यामि मानिनि यया स्वविवाहकाले ।
प्राप्तान्नृपानवगणय्य रहोहरो मे
प्रस्थापितो द्विज उपश्रुतसत्कथस्य ॥ ५५ ॥
हे मानिनि ! तिमीले जतिबेला मलाई देखेकी पनि थिएनौ केवल मेरो प्रशंसाको बारेमा मात्र सुनेकी मात्र थियौ त्यतिबेला तिमीसंग विवाह गर्न आएका धेरै राजालाई तिरस्कार गरेर मलाई पाउँनका लागि ब्राह्मणलाई सन्देश पठाएकी थियौ त्यतिबेला नै मैले तिमी जस्ति प्रेमिका अरु कसैलाई देखेको थिइन ।।५५।।
भ्रातुर्विरूपकरणं युधि निर्जितस्य
प्रोद्वाहपर्वणि च तद्वधमक्षगोष्ठ्याम् ।
दुःखं समुत्थमसहोऽस्मदयोगभीत्या
नैवाब्रवीः किमपि तेन वयं जितास्ते ॥ ५६ ॥
तिमीलाई अपहरण गर्दा, मैले तिम्रो भाइलाई युद्धमा पराजित गरें र उसलाई कुरूप बनाएँ र अनिरुद्धको विवाहको उत्सवमा पासा खेल्दा बलरामले उसलाई मारिदिनुभयो । तर मबाट वियोग हुने डरले तिमीले चुपचाप सबै दुःखलाई सह्यौ । तिमीले मलाई यसबारेमा एक वचन पनि केही भनिनौ । तिम्रो यही गुणको कारणले गर्दा म तिम्रो वशमा परेको छु ।।५६।।
दूतस्त्वयाऽऽत्मलभने सुविविक्तमन्त्रः
प्रस्थापितो मयि चिरायति शून्यमेतत् ।
मत्वा जिहास इदमङ्गमनन्ययोग्यं
तिष्ठेत तत्त्वयि वयं प्रतिनन्दयामः ॥ ५७ ॥
हे रुक्मिणी तिमीले मलाई पति पाउने इच्छाले दूत मार्फत आफ्नो गोप्य सन्देश पठाएका थियौ; तर जब म आउनमा केही ढिलाइ भएको थिया त्यतिबेलो तिमीलाई यो जगत नै शून्यलाग्न थाल्यो । त्यतिबेला तिमीले म बाहेक अरु सबै पुरुषलाई अयोग्य ठानेर आफ्नो सबैभन्दा सुन्दर शरीरलाई पनि त्याग्ने बिचार गरेकी थियौ । तिम्रो यो अगाध प्रेमको भावना तिमी भित्र रहिरहोस् । म यसको ऋण चुक्ता गर्न सक्दिन र यसको वदलामा केही दिन पनि सक्दिन । तर साधुवादद्वारा तिम्रो प्रेमको सर्वोच्च अभिनन्दन गर्दछु ।।५७।।
श्रीशुक उवाच–
(अनुष्टुप्)
एवं सौरतसंलापैर्भगवाञ्जगदीश्वरः ।
स्वरतो रमया रेमे नरलोकं विडम्बयन् ॥ ५८ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! जगदीश्वर भगवान श्रीकृष्ण आत्माराम हुनुहुन्छ । जब उहाँ सामान्य मानिस जस्तो भएर लीला चरित्रको अनुकरण गदै वैवाहिक प्रेम बढाउने हास्यपूर्ण कुराकानीहरू गर्दै देवी लक्ष्मीको अवताररुपि रुक्मिणीसँग रमण गर्नुभयो ।।५८।।
तथान्यासामपि विभुर्गृहेषु गृहवानिव ।
आस्थितो गृहमेधीयान् धर्मान् लोकगुरुर्हरिः ॥ ५९ ॥
भगवान श्रीकृष्णले जसरी रुक्मिणिसंग रमण गर्नुभयो त्यसरी नै जगतका गुरु श्रीकृष्णले गृहस्थ झैं भएर अन्य पत्नीहरूका साथमा रमण गर्नुभयो ।।५९।।
इति श्रीमद्भास्गवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे
कृष्णरुक्मिणीसंवादो नाम षष्टितमोऽध्यायः ॥ ६० ॥
