श्रीमद्भागवत महापुराण
दशमस्कन्ध – षट्सप्ततितमोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
अथान्यदपि कृष्णस्य शृणु कर्माद्भुतं नृप ।
क्रीडानरशरीरस्य यथा सौभपतिर्हतः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! अद्भुत लीलाका लागि मानिस शरीर धारण गर्नुभएका भगवान कृष्णले सौभनामक विमानका मालिक शाल्भलाई कसरी मार्नुभयो भन्ने विषयमा बताउदछु सुन्नुहोस् ।।१।।
शिशुपालसखः शाल्वो रुक्मिण्युद्वाह आगतः ।
यदुभिर्निर्जितः सङ्ख्ये जरासन्धादयस्तथा ॥ २ ॥
शिशुपालको साथी साल्व रुक्मिणीको विवाहमा जन्ती आएको थियो । त्यस बखतमा यदुवंशीहरुले युध्द गरेर जरासन्ध साथै शाल्भलाई पराजित गरेका थिए ।।२।।
शाल्वः प्रतिज्ञामकरोत् शृण्वतां सर्वभूभुजाम् ।
अयादवां क्ष्मां करिष्ये पौरुषं मम पश्यत ॥ ३ ॥
त्यस बखतमा साल्वले सबै राजाहरूको अगाडि प्रतिज्ञा गरेर म एकदिन सबै यदुवंशीलाई पृथ्वीबाट सखाप पार्नेछु, भन्ने यस्तो प्रतिज्ञा गरेको थियो ।।३।।।
इति मूढः प्रतिज्ञाय देवं पशुपतिं प्रभुम् ।
आराधयामास नृपः पांसुमुष्टिं सकृद् ग्रसन् ॥ ४ ॥
हे महाराज परीक्षित ! त्यस मूर्ख शाल्वले यो प्रतिज्ञा गरेर दैनिकरुपमा एकमुठी खरानी खाएर देवाधिदेव भगवान पशुपतिको पूजा आराधना गर्न थाल्यो ।।४।।
संवत्सरान्ते भगवानाशुतोष उमापतिः ।
वरेण च्छन्दयामास शाल्वं शरणमागतम् ॥ ५ ॥
पार्वतीका पति भगवान् शंकर छिटै प्रसन्न हुनुहुन्छ त्यही भएर शाल्वको तपस्या गरेको एकवर्ष पछि खुसी भएर वहाँले आफ्नो शरणार्थी शाल्वलाई वरदान माग भनेर भन्नुभयो ।।५।।
देवासुरमनुष्याणां गन्धर्वोरगरक्षसाम् ।
अभेद्यं कामगं वव्रे स यानं वृष्णिभीषणम् ॥ ६ ॥
त्यसबेला शाल्वले देवता, दानव, मानव, गन्धर्व, सर्प र राक्षस आदि कसैैले पनि नष्ट गर्न नसक्ने, आफ्नो इच्छा अनुसार उड्न सक्ने र यदुवंशीका लागि दुख दिने यस्तो खालको विमान वरको रुपमा माग्यो ।।६।।
तथेति गिरिशादिष्टो मयः परपुरञ्जयः ।
पुरं निर्माय शाल्वाय प्रादात्सौभमयस्मयम् ॥ ७ ॥
भगवान शंकरले तथास्तु भन्नुभयो । भगवान् शंकरको आज्ञाले सत्रुहरूको नगरमा विजय गर्न सक्ने मय नाम गरेको दानवले फलामबाट एउटा सौभ नामक नगर जस्तो विमान बनाएर साल्वलाई दियो ।।७।।
स लब्ध्वा कामगं यानं तमोधाम दुरासदम् ।
ययस्द्वारवतीं शाल्वो वैरं वृष्णिकृतं स्मरन् ॥ ८ ॥
त्यो विमान पुरै अन्धकारमय थियो । त्यसलाई कसैले देख्न वा समात्न पनि नसकिने थियो । आफ्नो इच्छा अनुसार चल्ने त्यस्तो किसिमको विमान पाएर साल्वले यदुवंश्ीहरुसंगको सत्रुता सम्झेर द्वारकामा गयो ।।८।।
निरुध्य सेनया शाल्वो महत्या भरतर्षभ ।
पुरीं बभञ्जोपवनान्युद्यानानि च सर्वशः ॥ ९ ॥
सगोपुराणि द्वाराणि प्रासादाट्टालतोलिकाः ।
विहारान् स विमानाग्र्यान्निपेतुः शस्त्रवृष्टयः ॥ १० ॥
हे महाराज परीक्षित ! शाल्वाले आफ्नो विशाल सेनाले द्वारकापुरीलाई चारैतिरबाट घेराहाल्यो र त्यसपछि त्यहाँ भएका वन–उपवन बगैंचा, शहरका ढोकाहरू, दरबार, घर, पर्खाल र मनोरञ्जनका स्थलहरू आदि भत्काएर विध्वंस मच्चाउन थाल्यो । र त्यो शौभ विमानबाट अनेक किसिमका हतियारहरु वर्षाउन थाल्यो ।।९–१०।।
शिला द्रुमाश्चाशनयः सर्पा आसारशर्कराः ।
प्रचण्डश्चक्रवातोऽभूद् रजसाऽऽच्छादिता दिशः ॥ ११ ॥
त्यसैगरी उसले विमानबाट ठूला–ठूला ढुङ्गा, रूख, वज्र सर्प र असिनाहरू वर्षाउन थाल्यो ठुलो हुरी बतास चल्न थाल्यो । जसका कारण चारैतिर धुलोले ढाकियो ।।११।।
इत्यर्द्यमाना सौभेन कृष्णस्य नगरी भृशम् ।
नाभ्यपद्यत शं राजंस्त्रिपुरेण यथा मही ॥ १२ ॥
हे महाराज परीक्षित ! जसरी प्राचीन समयमा त्रिपुरासुरले सम्पूर्ण पृथ्वीलाई पीडा दिएको थियो, त्यसरी नै शाल्भको विमानले द्वारकापुरीलाई ठूलो पीडा दिएकाले द्वारका पुरीले सुख पाइनन् ।।१२।।
प्रद्युम्नो भगवान् वीक्ष्य बाध्यमाना निजाः प्रजाः ।
मा भैष्टेत्यभ्यधाद् वीरो रथारूढो महायशाः ॥ १३ ॥
भगवान प्रद्युम्नले आफ्ना प्रजाहरूलाई ठूलो पीडा परेको देखेर आफ्नो रथमा चढेर सबैलाई सान्त्वना दिंदै नडराओ भने ।।१३।।
सात्यकिश्चारुदेष्णश्च साम्बोऽक्रूरः सहानुजः ।
हार्दिक्यो भानुविन्दश्च गदश्च शुकसारणौ ॥ १४ ॥
अपरे च महेष्वासा रथयूथपयूथपाः ।
निर्ययुर्दंशिता गुप्ता रथेभाश्वपदातिभिः ॥ १५ ॥
त्यसपछि प्रद्युम्नको पछिपछि सात्यकी, चारुदेष्ण, साम्ब, आफ्ना भाइहरू सहित अक्रूर, कृतवर्मा, भानुविन्द, गद, शुक, शरण लागायतका धेरै ठूला–ठूला महारथीहरु र कवच लगाएका रथ हात्तीले सहित भएका सेतापतीहरु उनीहरुको सुरक्षाको लागि पछि लागे ।।१४–१५।।
ततः प्रववृते युद्धं शाल्वानां यदुभिः सह ।
यथासुराणां विबुधैस्तुमुलं लोमहर्षणम् ॥ १६ ॥
यसपछि, प्राचीन कालमा जसरी देवता दैत्यका विचमा घमासान युध्द भएको थियो त्यसरी नै साल्व र यदुवंशी सेनाका विचमा ठुलो युध्द हुन लाग्यो ।।१६।।
ताश्च सौभपतेर्माया दिव्यास्त्रै रुक्मिणीसुतः ।
क्षणेन नाशयामास नैशं तम इवोष्णगुः ॥ १७ ॥
जसरी सूर्यको तेजस्वी किरणले रातको अन्धकारलाई हटाउँछ त्यसरी नै रुक्मिणीका छोरा प्रद्युम्नले आफ्नो दिव्य अस्त्रहरूले एकै क्षणमा सौभपति शाल्भका सबै भायालाई नष्ट गरिदिए ।।१७।।
विव्याध पञ्चविंशत्या स्वर्णपुङ्खैरयोमुखैः ।
शाल्वस्य ध्वजिनीपालं शरैः सन्नतपर्वभिः ॥ १८ ॥
त्यसैगरी प्रद्युम्नले सुनको प्वाँख र फलामका टुप्पाहरू भएका वाण, जुन जडान गरेको ठाँउ नदेखिएको खालको थियो । यस्तो पच्चीस ओटा बाँण प्रहार गरेर साल्वको सेनापतिलाई घाइते बनाइदिए ।।१८।।
शतेनाताडयच्छाल्वमेकैकेनास्य सैनिकान् ।
दशभिर्दशभिर्नेतॄन् वाहनानि त्रिभिस्त्रिभिः ॥ १९ ॥
प्रद्युम्नले शाल्भमाथि सयवटा बाण प्रहार गरे । त्यसपछि उनले प्रत्येक सैनिकलाई एक–एक बाणले, सारथीहरूलाई दश बाणले र वाहनहरूलाई तीन–तीन वटा बााणले प्रहार गरे ।।१९।।
तदद्भुतं महत् कर्म प्रद्युम्नस्य महात्मनः ।
दृष्ट्वा तं पूजयामासुः सर्वे स्वपरसैनिकाः ॥ २० ॥
प्रद्युम्नको यस्तो अद्भुत र महापराक्रम देखेर उनका सत्रुपक्षका सैनिकहरूले प्रशंसा गर्न थाले ।।२०।।
बहुरूपैकरूपं तद् दृश्यते न च दृश्यते ।
मायामयं मयकृतं दुर्विभाव्यं परैरभूत् ॥ २१ ॥
मय नाम गरेको दानवले बनाएको शाल्वाको विमान अत्यन्तै मायावी थियो । त्यो विमान कहिले एउटा रुपमा देखिन्थ्यो भने कहिले अर्कै रुपमा देखिन्थ्यो । कहिले त्यो आकाशमा अलप हुन्थ्यो । जसले गर्दा यादवहरुले अहिले त्यो विमान कता छ भनेर अन्दाज लगाउन सक्दैनथे ।।२१।।
क्वचिद्भूमौ क्वचिद् व्योम्नि गिरिमूर्ध्नि जले क्वचित् ।
अलातचक्रवद् भ्राम्यत् सौभं तद् दुरवस्थितम् ॥ २२ ॥
त्यो विमान कहिले एकैछोटि भुईमा आइपुग्थ्यो भने कहिले आकाशमा देखा पर्दथ्यो त कहिले पहाडको चुचुरामा, कहिले पानीमा घुमिरहन्यो । मानौं कि त्यो विनाम अगुल्टो घुमाउँदा चक्र बनेर एक ठाँएमा नरहे झैं त्यो विमान पनि एकै ठाँउमा हुदैनथ्यो ।।२२
यत्र यत्रोपलक्ष्येत ससौभः सहसैनिकः ।
शाल्वस्ततस्ततोऽमुञ्चन् शरान् सात्वतयूथपाः ॥ २३ ॥
अब यदुवंशी सेनाहरुले शाल्वाको सौभ विमान र उसका सेनालाई जहाँ देखा पर्छ त्यहीं वाण वर्साउन थाले ।।२३।।.
शरैरग्न्यर्कसंस्पर्शैराशीविषदुरासदैः ।
पीड्यमानपुरानीकः शाल्वोऽमुह्यत् परेरितैः ॥ २४ ॥
यदुवंशीहरुले आगो र सूर्यको उग्र ताप जस्तो र सर्पको विष जस्तो असह्य वाण प्रहार गरेर शाल्भको शहर जस्तो देखिने विमान र सेनालाई क्षत विक्षत पारे । जसले गर्दा शाल्व समेत मुर्छित हुन पुग्यो ।।२४।।
शाल्वानीकपशस्त्रौघैर्वृष्णिवीरा भृशार्दिताः ।
न तत्यजू रणं स्वं स्वं लोकद्वयजिगीषवः ॥ २५ ॥
यता शाल्वाका सेनापतिहरूले पनि यदुवंशीहरूमाथि हतियार र शस्त्रहरुको वर्षा गरिरशेका थिए जसका कारण यदुवंशीहरुले धेरै पीडा भोग्नु परेको थियो तापनि यसलोक र परलोकलाई विजय गर्न चाहाने उनीहरुले युध्दबाट पठिछ हटेनन् ।।२५।।
शाल्वामात्यो द्युमान् नाम प्रद्युम्नं प्राक्प्रपीडितः ।
आसाद्य गदया मौर्व्या व्याहत्य व्यनदद् बली ॥ २६ ॥
पहिले प्रद्युम्नद्वारा घाइते हुन पुगेको शाल्वको द्युमान गरेको मन्त्रीले अब ठुलो स्वरमा गर्जना गरी हातमा फलामको गदा लिएर प्रद्युम्नलाई प्रहार गर्यो ।।२६।।
प्रद्युम्नं गदया शीर्णवक्षःस्थलमरिंदमम् ।
अपोवाह रणात् सूतो धर्मविद् दारुकात्मजः ॥ २७ ॥
द्युमानले प्रहार गरेको गदाले लागेर प्रद्युम्नजीको छाती फुट्यो । युध्दको रणनिति बुझेका दारुकका छोराले प्रद्युम्नलाई युध्दस्थलबाट उठाएर बाहिर लिएर गए ।।२७।।
लब्धसंज्ञो मुहूर्तेन कार्ष्णिः सारथिमब्रवीत् ।
अहो असाध्विदं सूत यद् रणान्मेऽपसर्पणम् ॥ २८ ॥
मुर्छा परेका प्रद्युम्नजी दुई घण्टा पछि होशमा आए । त्यसपछि उनले सारथीलाई भने – हे सूत तिमीले मलाई युध्दभूमिबाट भगाउने काम गरेर राम्रो काम गरेनौं ।।२८।।
न यदूनां कुले जातः श्रूयते रणविच्युतः ।
विना मत्क्लीबचित्तेन सूतेन प्राप्तकिल्बिषात् ॥ २९ ॥
यो मन कमजोर भएकोसारथीका कारण मैले अपकीर्ति सहनुपर्यो । हाम्रो कुलमा म बाहेक यस्तो यध्द छाडेर भाग्ने अरु कुनै वीरपुरुष थिए भन्ने कुरा मैले कहिलेपनि सुनेको छैन ।।२९।।
किं नु वक्ष्येऽभिसङ्गम्य पितरौ रामकेशवौ ।
युद्धात् सम्यगपक्रान्तः पृष्टस्तत्रात्मनः क्षमम् ॥ ३० ॥
अब म मेरो जेष्ठ पिता बलराम र पिता श्रीकृष्णकहाँ पुगेर युध्दबाट भागेका बारेमा मैले के जवाफ दिने हो ? ।।३०।।
व्यक्तं मे कथयिष्यन्ति हसन्त्यो भ्रातृजामयः ।
क्लैब्यं कथं कथं वीर तवान्यैः कथ्यतां मृधे ॥ ३१ ॥
मेरा भाउजूहरूले जिस्क्याउदै हे वीर ! तीम्रा सत्रुहरुले युध्दमा तीमीलाई कसरी नपुषक बनाए ? त्यो कुरा हामीलाई बताउ भनेर भन्नेछन् ।।३१।।
सारथिरुवाच (
धर्मं विजानताऽऽयुष्मन् कृतमेतन्मया विभो ।
सूतः कृच्छ्रगतं रक्षेद् रथिनं सारथिं रथी ॥ ३२ ॥
प्रद्युम्नको यस्तो कुरा सुनेर सारथीले भने – हे आयुष्मान ! मैले जे गरेको छु, सारथीको रूपमा आफ्नो धर्म बुझेर गरेको हुँ । किनभने युद्धको नियममा सारथिले रथीको र रथीले सारथिको रक्षा गर्नुपर्दछ ।।३२।।
एतद् विदित्वा तु भवान् मयापोवाहितो रणात् ।
उपसृष्टः परेणेति मूर्च्छितो गदया हतः ॥ ३३ ॥
शत्रुले प्रहार गरेको गर्दाले हजुर मुर्छित भएर संकटमा पर्नुभएको थियो । त्यसैले त्यसबखत मैल आफ्नो धर्म निभाएर हजुरलाई युध्दबाट भगाएको हुँ ।।३३।।
इति श्रीमद्भापगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
शाल्वयुद्धे षट्सप्ततितमोऽध्यायः ॥ ७६ ॥
