#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - दशमोऽध्यायः

श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - दशमोऽध्यायः


श्रीशुक उवाच - 
(अनुष्टुप्) 
इति दानवदैतेया नाविन्दन् अमृतं नृप । 
युक्ताः कर्मणि यत्ताश्च वासुदेवपरांमुखाः ॥ १ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
हे महाराज परीक्षित ! यद्यपि दानवहरु र दैत्यले बडी सावधानीले समुद्र मन्थन गरे तर भगवान्बाट बिभुख भएका कारण उनीहरुले अमृत पाएनन् ।।१।।

साधयित्वामृतं राजन् पाययित्वा स्वकान्सुरान् । 
पश्यतां सर्वभूतानां ययौ गरुडवाहनः ॥ २ ॥ 

राजन् ! भगवान ले समुद्र मन्थन गरेर अमृत निकालेर भगवानले देवतालाई अर्मत पिलाउनु भयो । त्यसपछि वहाँ सबैले हेर्दा हेर्द गरुडमा बसेर सवार हुनुभयो ।।२।।

सपत्नांनां परामृद्धिं दृष्ट्वा ते दितिनन्दनाः । 
अमृष्यमाणा उत्पेतुः देवान् प्रत्युद्यतायुधाः ॥ ३ ॥ 

जब देत्यहरुले देखेकि हाम्रो सत्रुहरुलाई ता धेरै सफलता मिल्यो भनेर उनीहरुले सहन सकेनन् । उनीहरुले तुरुन्त आफ्नो हतियार उठाए र देवताहरु माथि धावा बोले ।।३।।

ततः सुरगणाः सर्वे सुधया पीतयैधिताः । 
प्रतिसंयुयुधुः शस्त्रैः नारायणपदाश्रयाः ॥ ४ ॥ 

यता देवताहरुले एक त अमृत पिएर विशेष शक्ति प्राप्त गरेका थिए भने अर्को उनीहरुलाई भगवान्को चरण कमलको आश्रय थियो । अब उनीहरु पनि आफ्ना शस्त्र र अस्त्रले सुसज्जित भएर दैत्यसंग भिड्न गए ।।४।।

तत्र दैवासुरो नाम रणः परमदारुणः । 
रोधस्युदन्वतो राजन् तुमुलो रोमहर्षणः ॥ ५ ॥ 

परीक्षित ! क्षीरसागरको कीनारमा बडो रोमाञ्चकारी र अत्यन्त भयंकर संग्राम भयो । देवता र दैत्यहरुको त्यो घमासानको लडाईलाई नै देवासुर संग्राम भनिन्छ ।।५।।

तत्रान्योन्यं सपत्नातस्ते संरब्धमनसो रणे । 
समासाद्यासिभिर्बाणैः निजघ्नुर्विविधायुधैः ॥ ६ ॥ 

उनीहरु एक आर्काका प्रबल शत्रु भएका थिए । दुवै पक्ष रिसले चुर भएको थियो । एक आपसमा आमने सामे भएर तरबार, बाण र अन्य अनेकौं अस्त्र र शस्त्रले परस्पर प्रहार गरिरहेका थिए ।।६।।

शंखतूर्यमृदंगानां भेरीडमरिणां महान् । 
हस्त्यश्वरथपत्तीनां नदतां निस्वनोऽभवत् ॥ ७ ॥ 

त्यहाँ त्यो संग्राममा शंख, तूर्य, मृदंग, नगरा, र डमरुहरु ठुलो स्वरले बज्नलाग्यो । हात्ती  घोडाको हिनहिनाहट, रथको घरघराहट र पैदल सेनाको कराएको आवाजले कोलाहल नै मच्चियो ।।७।।

रथिनो रथिभिस्तत्र पत्तिभिः सह पत्तयः । 
हया हयैरिभाश्चेभैः समसज्जन्त संयुगे ॥ ८ ॥ 

रणभूमीमा रथिका साथ रथि, पैदलको साथ पैदल, घोडासवारका साथ घोडा सवार एवं हात्तीका साथ हात्तीवाले नै लड्न लागे ।।८।।

उष्ट्रैः केचिदिभैः केचिद् अपरे युयुधुः खरैः । 
केचिद्गौ रमृगैः ऋक्षैः द्वीपिभिर्हरिभिर्भटाः ॥ ९ ॥ 

गृध्रैः कंकैर्बकैरन्ये श्येनभासैस्तिमिंगिलैः । 
शरभैर्महिषैः खड्गैः गोवृषैर्गवयारुणैः ॥ १०॥ 

त्यसमा कुनै वीर उँटमा, हात्तिमा र गधामा बसेर आपसमा लडिरहेका थिए । र कोहि गौर मृग, सिंह र भालुमा बसेर लड्दथे ।। कोहि सैनिक गृद्ध, कंक, बकुल्ला, बाज र भास पक्षिमा बसेका थिए भने कोहि माछा, सरभ, भैसी, गैडा, बैल, नीलगाई र जंगली साँडेमा बसेका बसेका थिए ।।१०।।

शिवाभिराखुभिः केचित् कृकलासैः शशैर्नरैः । 
बस्तैरेके कृष्णसारैः हंसैरन्ये च सूकरैः ॥ ११ ॥ 

कोहि कोहि भने स्याल, मुसा, खरायोमा सबार भएका थिए । धेरै हरु ता बाख्रा, कृष्णसार, मृग, हाँस सूंगुरमा चढेका थिए ।।११।।

अन्ये जलस्थलखगैः सत्त्वैर्विकृतविग्रहैः । 
सेनयोरुभयो राजन् विविशुस्तेऽग्रतोऽग्रतः ॥ १२ ॥ 

यस प्रकार जल, स्थल र आकाशमा रहनेहरु तथा हेर्दैमा भयंकर शरीर भएका प्राणीमा बसेर दैत्य सेनामा अगाडि अगाडि घुसे ।।१२।।

चित्रध्वजपटै राजन् आतपत्रैः सितामलैः । 
महाधनैर्वज्रदण्डैः व्यजनैर्बार्हचामरैः ॥ १३ ॥ 

वातोद्धूतोत्तरोष्णीषैः अर्चिर्भिर्वर्मभूषणैः । 
स्फुरद्भिः विशदैः शस्त्रैः सुतरां सूर्यरश्मिभिः ॥ १४ ॥ 

देवदानववीराणां ध्वजिन्यौ पाण्डुनन्दन । 
रेजतुर्वीरमालाभिः यादसामिव सागरौ ॥ १५ ॥ 

परीक्षित ! त्यस समयमा रंगी विरंगी ध्वजा पताहरु, स्फटिक मणि समान सेतो छाता रत्नले जडेका बहुमूल्य पंखा मयुरको प्वाखको पंखा, चंवर हावाका कारण हल्लिएको दुपट्टा पगडि, कवच, आभुषण तथा सूर्यको किरणले अत्यन्त चम्किएका शस्त्र र वीरहरुको भीडले गर्दा देवता र असुरहरुको सेना यस्तो शोभायमान देखिन्थ्यो कि मानौ जल जन्तुले भरिएको दुई महासागर लरलहराई रहेको जस्तो भान हुन्थ्यो ।।१३।१५।।

वैरोचनो बलिः संख्यै सोऽसुराणां चमूपतिः । 
यानं वैहायसं नाम कामगं मयनिर्मितम् ॥ १६ ॥ 

परीक्षित ! रणभूमिमा दैत्यका सेनापति विरोचनपुत्र बलि मय दानवले बनाएको वैहायस नामको विमानमा सवार भएका थिए । त्यो विमान चलाउनेको इच्छा जहाँ हुन्थ्यो त्यहिं पुग्दथ्यो ।।१६।।

सर्वसांग्रामिकोपेतं सर्वाश्चर्यमयं प्रभो । 
अप्रतर्क्यं अनिर्देश्यं दृश्यमानमदर्शनम् ॥ १७ ॥ 

युद्धको सबै सामग्रीहरु त्यसमा सुसज्ति थियो । त्यो यस्तो आश्चर्यमय थियो कि कहिले देखिन्थ्यो त कहिले अदृश्य हुन्थ्यो । त्यो त्यस समयको हो — जब यस कुराको अनुमान पनि गर्न सकदिैन थियो भने बताउन सक्ने त कुरै भएन ।।१७।।

आस्थितस्तद् विमानाग्र्यं सर्वानीकाधिपैर्वृतः । 
बालव्यजनछत्राग्र्यै रेजे चन्द्र इवोदये ॥ १८ ॥ 

त्यहि श्रेष्ठ विमानमा राजा बलि सवार भएका थिए । अरु ठुला ठुला सेनापतिहरुले उसलाई चारैतिरबाट घेरेका थिए ।  जहाँ श्रेष्ठ चमर डोलाइएको थियो । र छाता ओढाइरहेका थिए त्यस समय बलिे उदायचलको चन्द्रमा जस्तै देखिन्थ्यो ।।१८।।

तस्यासन् सर्वतो यानैः यूथानां पतयोऽसुराः । 
नमुचिः शम्बरो बाणो विप्रचित्तिरयोमुखः ॥ १९ ॥ 

द्विमूर्धा कालनाभोऽथ प्रहेतिर्हेतिरिल्वलः । 
शकुनिर्भूतसंतापो वज्रदंष्ट्रो विरोचनः ॥ २० ॥ 

हयग्रीवः शंकुशिराः कपिलो मेघदुन्दुभिः । 
तारकश्चक्रदृक् शुम्भो निशुम्भो जम्भ उत्कलः ॥ २१ ॥ 

अरिष्टोऽरिष्टनेमिश्च मयश्च त्रिपुराधिपः । 
अन्ये पौलोमकालेया निवातकवचादयः ॥ २२ ॥ 

त्यसको चारैतिर आफ्नो आफ्नो विमानमा सेनाको साना साना टुकुडिहरुको स्वामी, नमुचि, शम्बर, बाण, विप्रचित्ति, अयोमुख, द्विमुर्धा, कालनाभ, प्रहेति, हेति, उल्वाल, सकुनि, भूतसन्ताप, वज्रदंष्ट, विरोचन, हयग्रीव, शंकुशिरा, कपिल, मेघदुन्दुभि, तारक, चक्राक्ष, शुम्भ, निशंम्भ, जम्भ, उत्कल, अरिष्ट, अरिष्टनेमि, त्रिपुराधिपति मय, पौलोम, कालेय र निवात कवच, आदि बसेका थिए ।।१९।।२२।।

अलब्धभागाः सोमस्य केवलं क्लेशभागिनः । 
सर्व एते रणमुखे बहुशो निर्जितामराः ॥ २३ ॥ 

यी सबै दानवहरु समुद्रमन्थन कार्यमा सम्मिलित थिए । तर यिनीहरुलाई अमृतको भाग मिलेको थिएन । केवल क्लेश मात्र हात लागेको थियो । यसरी सबै असुर मिलेर देवताहरुलाई पटक पटक पराजित गरे ।।२३।।

सिंहनादान् विमुञ्चन्तः शंखान् दध्मुर्महारवान् । 
दृष्ट्वा सपत्नाञनुत्सिक्तान् बलभित् कुपितो भृशम् ॥ २४ ॥ 

यसैले उनीहरु धेरै उत्साहित भएका थिए । उनीहरुले उत्साहित भएर आफ्नो ठुलो स्वर भएको शंख बजाउन लागे । दैत्यहरुको यस्तो हौसला देख्दा इन्द्रलाई छटपटी बढ्यो उनले आफ्ना सत्रुहरुको हौसाला बढेको देखेर उनलाई धेरै क्रोध बढ्यो ।।२४।।

ऐरावतं दिक्करिणं आरूढः शुशुभे स्वराट् । 
यथा स्रवत्प्रस्रवणं उदयाद्रिमहर्पतिः ॥ २५ ॥ 

तस्यासन्सर्वतो देवा नानावाहध्वजायुधाः । 
लोकपालाः सहगणैः वाय्वग्निवरुणादयः ॥ २६ ॥ 

उनी आफ्नो ऐरावत नामको हात्तिमा सवार भए । गालाबाट मद बगिरहेको थियो । यसैले त्यतिबेलो उनको शोभा अनेक पानीको झर्ना झरिरहेको उदायाचलको सूर्य समान तेजिलो थियो ।  इन्द्रको चारैतिर आफ्नो आफ्नो वाहन, ध्वजा र आयुधले युक्त देवगण एवं आफ्ना आफ्ना गणका साथ वायु, अग्नि, वरुण आदि लोकपाल रहेका थिए ।।२६।।

तेऽन्योन्यं अभिसंसृत्य क्षिपन्तो मर्मभिर्मिथः । 
आह्वयन्तो विशन्तोऽग्रे युयुधुर्द्वन्द्वयोधिनः ॥ २७ ॥ 

दुवै सेनाहरु आम्ने साम्ने खडा भए । दुई दुईको जोडि बनाएर उनीहरु लड्न लागे । कुनै अगाडि बढिरहेका थिए भने कोहि कोही आफ्ना प्रतिद्वन्दिलाई लल्कारेर हाँक दिइरहेका थिए कोहि मर्मभेदि वचनले आफ्ना प्रतिद्वन्दिलाई धिक्कारीरहेका थिए ।।२७।।

युयोध बलिरिन्द्रेण तारकेण गुहोऽस्यत । 
वरुणो हेतिनायुध्यन् मित्रो राजन् प्रहेतिना ॥ २८ ॥ 

बलि इन्द्रसंग स्वामी कार्तिक तरकासुरसंग वरुण हेतिसंग र मित्र प्रहेतिसंग लड्न लागे ।।२८।।

यमस्तु कालनाभेन विश्वकर्मा मयेन वै । 
शम्बरो युयुधे त्वष्ट्रा सवित्रा तु विरोचनः ॥ २९ ॥ 

यमराज कालनाभसंग, विश्वकर्मा मयसंग, शम्बरासुर त्वष्टासंग तथा सविता विरोचनसंग लड्न लागे ।।२९।।

अपराजितेन नमुचिः अश्विनौ वृषपर्वणा । 
सूर्यो बलिसुतैर्देवो बाणज्येष्ठैः शतेन च ॥ ३० ॥ 

नमुचि अपराजितसंग, अश्विनीकुमार वृष्पर्वासंग तथा सूर्यदेव बलिको बाण आदि सय पुत्रसंग युद्ध गर्न लागे ।।३०।।

राहुणा च तथा सोमः पुलोम्ना युयुधेऽनिलः । 
निशुम्भशुम्भयोर्देवी भद्रकाली तरस्विनी ॥ ३१ ॥ 

राहुको साथमा चन्द्रमा, पुलोमाको साथमा वायुको युद्ध भयो । भद्रकाली देवी निशुम्भ र शुम्भमाथि जाई लाग्नुभयो ।।३१।।

वृषाकपिस्तु जम्भेन महिषेण विभावसुः । 
इल्वलः सह वातापिः ब्रह्मपुत्रैररिन्दम ॥ ३२ ॥ 

परीक्षित जम्भासुर संग महादेवको महिषासुर संग अग्निदेवको र वातापि तथा इल्वलसंग ब्रह्माका पुत्र मरिचि आदि संग हानाहान हुनलाग्यो ।।३२।।

कामदेवेन दुर्मर्ष उत्कलो मातृभिः सह । 
बृहस्पतिश्च उशनसा नरकेण शनैश्चरः ॥ ३३ ॥ 

मरुतो निवातकवचैः कालेयैर्वसवोऽमराः । 
विश्वेदेवास्तु पौलोमै रुद्राः क्रोधवशैः सह ॥ ३४ ॥ 

दुमर्षको कामदेवसंग उत्कलको मातृगणसंग शुक्राचार्यको वृहस्पतिसंग र नरकासुरको शनैश्चरसंग लडाई भयो । निवातकवचको साथमा मरुद्गणको कालेयसंग वसुगण, पौलेमोसंग विश्वेदेवको तथा क्रोधवशको साथमा रुद्रगणको संग्राम हुन लाग्यो ।।३४।।

त एवमाजावसुराः सुरेन्द्रा 
     द्वन्द्वेन संहत्य च युध्यमानाः । 
अन्योन्यमासाद्य निजघ्नुरोजसा 
     जिगीषवस्तीक्ष्ण शरासितोमरैः ॥ ३५ ॥ 

यस प्रकार असुर र देवताहरु रणभूमिमा द्वन्दयुद्ध र सामूहिक आक्रमणद्वारा एक अर्कोमा परस्पर भिडेर विजयीको इच्छाले उत्साहपूर्वक तीखा तरवार र भालाले प्रहार गर्न लागे । उनीहरु अनेक प्रकारको कलाले युध्द गरिरहेका थिए ।।३५।।

भुशुण्डिभिश्चक्रगदर्ष्टिपट्टिशैः 
     शक्त्युल्मुकैः प्रासपरश्वधैरपि । 
निस्त्रिंशभल्लैः परिघैः समुद्गारैः 
     सभिन्दिपालैश्च शिरांसि चिच्छिदुः ॥ ३६ ॥ 

भुशुण्डि, चक्र, गदा, भाला, मुद्गर, परिघ र भिन्दिपालले एक अर्कोको सिर काट्न लागे ।।३६।।

गजास्तुर~घ्गाः सरथाः पदातयः 
     सारोहवाहा विविधा विखण्डिताः । 
निकृत्तबाहूरु शिरोधराङ्घ्रयझ् 
     छिन्नध्वजेष्वासतनुत्रभूषणाः ॥ ३७ ॥ 

त्यस समय आफ्नो सवारीका साथै हात्ती, घोडा, रथ आदि अनेक प्रकारका वाहनहरु र पैदल सेना छिन्नभिन्न हुन लागे । कसैको हात काटियो कसैको तिघ्रा, कसैको गर्धन कसैको पेट काटिएको थियो  भने कसैको ध्वजा धनुष कवच र आभुषण पनि टुक्रा टुक्रा भएको थियो ।।३७।।

तेषां पदाघातरथांगचूर्णिता-
     दायोधनादुल्बण उत्थितस्तदा । 
रेणुर्दिशः खं द्युमणिं च छादयन् 
     न्यवर्ततासृक्स्रुतिभिः परिप्लुतात् ॥ ३८ ॥ 

उनीहरुको खुट्टाको र रथको पांग्राको रगडाइले पृथ्वी धुलो उड्न लाग्यो । त्यस समयमा रण भूमिबाट यस्तो प्रचण्ड धुलो उठ्यो कि जसले दिशा, आकाश र सूर्यलाई पनि ढाकि दियो । थोरै बेरमा नै रगतको धाराले भूमि भिजेकाले  कतै धुलोको कण पनि देखिएन ।।३८।।

शिरोभिरुद्धूतकिरीटकुण्डलैः 
     संरम्भदृग्भिः परिदष्टदच्छदैः । 
महाभुजैः साभरणैः सहायुधैः 
     सा प्रास्तृता भूः करभोरुभिर्बभौ ॥ ३९ ॥ 

यस्तो लडाइले गर्दा लाडाइको मैदान काटिएको सिरले भरियो । कसैको मुकुट र कुण्डल खसेको थियो, कसैको आँखा बाट रिसको चिन्ह जस्तो देखिन्थ्यो । कसै कसैले आफ्नो दाँतले ओठ टोकिरहेका थिए । धेरैको आभुषणले सुसज्जित भएको लामा हात काटिएर खसेका थिए । धेरैको मोटा मोटा तिघ्रा काटिएको थियो । यसरी त्यो रणभूमि भीषण देखियो ।।३९।।

 (अनुष्टुप्) 
कबन्धास्तत्र चोत्पेतुः पतितस्वशिरोऽक्षिभिः । 
उद्यतायुधदोर्दण्डैः आधावन्तो भटान् मृधे ॥ ४० ॥ 

त्यहाँ काटिएर ढलेका सिरको मुरकट्टा अकस्मात उठेर आफ्ना काटिएका नेत्रले हेरेर अरुमाथि प्रहार गर्नका लागि दौडन लागे ।।४०।।

बलिर्महेन्द्रं दशभिः त्रिभिरैरावतं शरैः । 
चतुर्भिश्चतुरो वाहान् एकेनारोहमार्च्छयत् ॥ ४१ ॥ 

राजा बलिले दस बाण इन्द्रतिर, तीन उनको वाहन ऐरावतमा, चार वाण ऐरावतको चरण र रक्षकमा, एक वाण मुख्य मायते तिर गरि अठार वाण चलाए ।।४१।।

स तान् आपततः शक्रः तावद्भिः शीघ्रविक्रमः । 
चिच्छेद निशितैर्भल्लैः असम्प्राप्तान् हसन्निव ॥ ४२ ॥ 

यता इन्द्रले बलिको वाणले आफुलाई प्रहार गरेर घाइते बनाउन खोजेको देखेर उनले पनि तुरुन्तै त्यसैगरी भल्ल नामको वाणले ति सबै वाणलाई त्यहाँ पुग्नु अगाडि नै हाँसेर काटिदिए ।।४२।।

तस्य कर्मोत्तमं वीक्ष्य दुर्मर्षः शक्तिमाददे । 
तां ज्वलन्तीं महोल्काभां हस्तस्थामच्छिनद्धरिः ॥ ४३ ॥ 

इन्द्रको यस्तो प्रशंसनीय फुर्ती देखेर राजा बलि अरु रिसाए । उसले एउटा प्रचण्ड शक्ति इन्द्रमाथि प्रहार गर्न हातमा लियो । तर इन्द्रले त्यो बल्दो शक्तिलाई उसको हातैमा छदा नै काटि दिए जसलाई बलिले चलाउनै पाएन ।।४३।

ततः शूलं ततः प्रासं ततस्तोमरमृष्टयः । 
यद् यद् शस्त्रं समादद्यात् सर्वं तदच्छिनद् विभुः ॥ ४४ ॥ 

त्यस पछि बलिले एउटा पछि अर्को गरेर क्रमशः शूल, प्रास, तोमर र शक्ति उठाए । तर जुन जुन शक्ति हातमा लिन्थे उसलाई इन्द्रले तुरुन्तै काटेर टुक्रा टुक्रा पारेर काटिदिन्थे ।।४४।।
 
ससर्जाथासुरीं मायां अन्तर्धानगतोऽसुरः । 
ततः प्रादुरभूच्छैलः सुरानीकोपरि प्रभो ॥ ४५ ॥ 

परीक्षित ! अब इन्द्रको शक्तिबाट हडवडाएर बलि आकाशमा अन्तर्धान भयो, फेरी उसले आसुरी मायाको सृष्टि गर्यो । तुरुन्तै देवताको सेनामाथि एउटा पर्वत प्रकट भयो ।।४५।।

ततो निपेतुस्तरवो दह्यमाना दवाग्निना । 
शिलाः सटंकशिखराः चूर्णयन्त्यो द्विषद्ब॥लम् ॥ ४६ ॥ 

यस पर्वतको दावाग्निले  जलेको वृक्ष र तीखा धार भएका शिखरका साथै ठुला ठुला ढुंगाहरु खस्न थाल्यो । जसले गर्दा देवताहरुको सेनाहरु थिचिएर सोत्तर भए ।।४६।।

महोरगाः समुत्पेतुः दन्दशूकाः सवृश्चिकाः । 
सिंहव्याघ्रवराहाश्च मर्दयन्तो महागजान् ॥ ४७ ॥ 

त्यसपछि उसले ठुला ठुला सर्पहरु बिच्छी र अरु बिभिन्न थरिका विष भएका जीवहरु सिंह बाघ आदि प्रकट गराएर देवता सेनाका ठुला ठुला हात्तिहरुलाई मार्न लागे ।।४७।।

यातुधान्यश्च शतशः शूलहस्ता विवाससः । 
छिन्धि भिन्धीति वादिन्यः तथा रक्षोगणाः प्रभो ॥ ४८ ॥ 

परीक्षित हातमा शूल लिएर काट काट, मार मार भनेर सयौं राक्षसहरु र राक्षसिहरु पनि प्रकट भए ।।४८।।

ततो महाघना व्योम्नि गम्भीरपरुषस्वनाः । 
अंगारान् मुमुचुर्वातैः आहताः स्तनयित्न वः ॥ ४९ ॥ 

केहि क्षण मै आकाशमा  घनघोर बादल मडारिन लाग्यो र आपसमा ठोकिएर ठुलो स्वरमा गर्जिन लाग्यो ।, बिजुलि चम्कन लाग्यो र हावा र आँधिबेहेरीको ठक्करले बादलबाट आगाका लप्काहरु वर्षन लागे ।।४९।।

सृष्टो दैत्येन सुमहान् वह्निः श्वसनसारथिः । 
सांवर्तक इवात्युग्रो विबुध ध्वजिनीमधाक् ॥ ५० ॥ 

फेरी दैत्यराज बलिले प्रलयको अग्नि समान ठुलो भयानक आगोको सृष्टि गर्यो । जसले देवताका सेनालाई डढाउन लाग्यो ।।५०।।

ततः समुद्र उद्वेलः सर्वतः प्रत्यदृश्यत । 
प्रचण्डवातैरुद्धूत तरंगावर्तभीषणः ॥ ५१ ॥ 

फेरी थोरै बेरमै हावा र आँधीको झोक्काले समुद्रमा ठुलो लहर उठ्यो जहाँ  भयानक भुवरी पर्यो त्यसले आफ्नो मर्यादालाई नाघेर चारैतिरबाट देवसेनालाई घेर्न लाग्यो ।।५१।।

दैत्यैर्महामायैः अलक्ष्यगतिभीषणैः । 
सृज्यमानासु मायासु विषेदुः सुरसैनिकाः ॥ ५२ ॥ 

यस प्रकार जब त्यो भयानक त्यो असुरले धेरै मायाको सृष्टि गर्यो र आफु पनि आफ्नै मायाको प्रभावले लुक्यो ।  उसलाई नदेखिनाले प्रहार पनि गर्न सकिदैन थियो । त्यसैले देवताका सैनिकहरु धेरै दुःखी भए ।५२।।

न तत्प्रतिविधिं यत्र विदुरिन्द्रादयो नृप । 
ध्यातः प्रादुरभूत् तत्र भगवान् विश्वभावनः ॥ ५३ ॥ 

परीक्षित ! इन्द्रादि देवताले उसको मायाको प्रतिकार गर्नको लागि धेरै सोच विचार गरे तर कुनै उपाय नपाएपछि उनीहरुले विश्वका जीवन दाता भगवान्को ध्यान गरे, अनि वहाँ तत्कालै प्रकट हुनुभयो ।।५३।।

ततः सुपर्णांसकृतांघ्रिपल्लवः 
         पिशंगवासा नवकञ्जलोचनः । 
अदृश्यताष्टायुधबाहुरुल्लसत् 
         श्रीकौस्तुभानर्घ्यकिरीटकुण्डलः ॥ ५४ ॥ 

त्यतिवेलो वहाँको चरण गरुडको काँधमा चरणकमल विराजमान थियो । नवीन कमलको समान ठुला एवं आँखा थियो । पीताम्बर धारण गनु भएको थियो । आठ भुजा आठ आयुध, गलामा कौतुभमणि, मस्तकमा अमूल्य मुकुट एवं कानमा कुण्डल झम्किरहेको थियो । देवताहरुले आफ्नो आँखाले भगवान्को यस्तो स्वरुपको दर्शन गरे ।।५४।।

तस्मिन्प्रविष्टेऽसुरकूटकर्मजा 
         माया विनेशुर्महिना महीयसः । 
स्वप्नो यथा हि प्रतिबोध आगते 
         हरिस्मृतिः सर्वविपद्विमोक्षणम् ॥ ५५ ॥ 

परम्पुरुष परमात्मा प्रकट हुनासाथ वहाँको प्रभावले असुरहरुको कपटले भरिएको माया विलीन भयो । जसरी ब्यँझिए पछि सपनाको वस्तुको कुरा थाहा हुँदैन त्यसरी नै भगवान्को स्मृतिले सबै विपत्तिहरुलाई मुक्त गरिदिन्छ ।।५५।।

दृष्ट्वा मृधे गरुडवाहमिभारिवाह 
     आविध्य शूलमहिनोदथ कालनेमिः । 
तल्लीलया गरुडमूर्ध्नि पतद्गृथहीत्वा 
     तेनाहनन्नृप सवाहमरिं त्र्यधीशः ॥ ५६ ॥ 

यसपछि कालनेमि दैत्यले लडाइको मैदानमा गरुडवाहन भगवान् आउँनु भएको देख्यो । तब उसले आफनो सिहमा बसेर नै ठुलो वेगले वहाँ माथि एक त्रिशूल चलायो । त्यसलाई भगवानले रोकेर कालनेमि दैत्य तथा उसको वाहनलार्ई भगवानले मारिदिनुभयो ।।५६।

माली सुमाल्यतिबलौ युधि पेततुर्यत् 
     चक्रेण कृत्तशिरसावथ माल्यवांस्तम् । 
आहत्य तिग्मगदयाहनदण्डजेन्द्रं 
     तावत् शिरोऽच्छिनदरेर्नदतोऽरिणाऽऽद्यः ॥ ५७ ॥ 

माली र सुमाली नामका दुई दैत्य धेरै बलवान् थिए । भगवान्ले युद्धमा आफ्नो चक्रले उनीहरुको सिर काटि दिनु भयो र उनीहरु निर्जीव भएर लडे । त्यसपछि माल्यवान नाम गरेको दैत्यले आफ्नो प्रचण्ड गदाले गरुडमा प्रहार गर्यो । तर गर्जन गरेको माल्यवान्लाई प्रहार नगर्दै भगवान्ले आफ्नो चक्रले उसको सिर छेदन गरिदिनु भयो ।।५७।। 
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे देवासुरसंग्रामे दशमोऽध्यायः ॥ १० ॥