श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – षड्विंशोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
एवंविधानि कर्माणि गोपाः कृष्णस्य वीक्ष्य ते ।
अतद्वीर्यविदः प्रोचुः समभ्येत्य सुविस्मिताः ॥१॥
भगवान श्रीकृष्णका यस्ता अद्भुत कर्महरूलाई देखेर गोपहरु धेरै आश्चर्यमा परे। किनकि उनीहरुले श्रीकृष्णका भगवानको प्रभावलाई बुझ्न सकेका थिएनन् त्यसैले उनीहरू एकै ठाउँमा जम्मा भएर कुरा गर्न लागे ।।१।।
बालकस्य यदेतानि कर्माण्यत्यद्भु तानि वै ।
कथमर्हत्यसौ जन्म ग्राम्येष्वात्मजुगुप्सितम् ॥२॥
भगवान श्रीकृष्णले बाल्यकालमा नै विचित्रका कर्महरु गर्नुभएको थियो। त्यस्ता व्यक्तिले हामी गाउँलेहरूको कुलमा आएर यस्तो अनपयुक्त जन्म लिनु कसरी उचित हुन्छ ।।२।।
यः सप्तहायनो बालः करेणैकेन लीलया ।
कथं बिभ्रद् गिरिवरं पुष्करं गजराडिव ॥३॥
हैन यी सातै वर्षका बालकले आफ्नो कान्छी औलाले यत्रो गोवर्धनलाई हात्तीले आफ्नो सुँडलेले फुल उचालेझैँ गरी उचाले यो कसरी सम्भव भयो होला ।।३।।
तोकेनामीलिताक्षेण पूतनाया महौजसः ।
पीतः स्तनः सह प्राणैः कालेनेव वयस्तनोः ॥४॥
यिनले बालककालको शिशु अवस्थामा नै शरीरको आयुलाई कालले निलीझैँ ती बलशाली पुतनको स्तनपान गरेर प्राण लिइदिए ।।४।।
हिन्वतोऽधः शयानस्य मास्यस्य चरणावुदक् ।
अनोऽपतद् विपर्यस्तं रुदतः प्रपदाहतम् ॥५॥
तीन महिनाको बालककालमै बामे सर्ने क्रममा यिनले खुट्टा उफारेर गाढालाई उल्टाइदिए ।।५।।
एकहायन आसीनो ह्रियमाणो विहायसा ।
दैत्येन यस्तृणावर्तमहन् कण्ठग्रहातुरम् ॥६॥
एक वर्षको हुँदाखेरि तृणव्रत नाम गरेको दानवले यस बालकलाई उठाएर आकाशमार्गमा लैजाँदै गर्दा यिनले उसको घाँटी अठ्याएर मारेका थिए ॥६॥
क्वचिद्धैयङ्गवस्तैन्ये मात्रा बद्ध उलूखले ।
गच्छन्नर्जुनयोर्मध्ये बाहुभ्यां तावपातयत् ॥७॥
आमाले नौनी चोरेको आरोपमा रिसाएर ओखलमा बाँधिदिदा यिनले त्यो ओखललाई नै घिसारेर दुईवटा खरीको वृक्षलाई ढलाएका थिए ॥७॥
वने सञ्चारयन् वत्सान् सरामो बालकैर्वृतः ।
हन्तुकामं बकं दोर्भ्यां मुखतोऽरिमपाटयत् ॥८॥
एकदिन गाई चराउन भनेर गएका बखतमा बकासुर नाम गरेको बालकले आफूलाई मार्न भनेर आउँदा यिनले उसको मुख च्यातेर मारिदिएका थिए ॥७॥
वत्सेषु वत्सरूपेण प्रविशन्तं जिघांसया ।
हत्वा न्यपातयत्तेन कपित्थानि च लीलया ॥९॥
यिनलाई मार्न भनेर बाछोको रूपमा आएको बत्सासुरलाई उनले सजिलै सित मारेर त्यस मृत शरीरलाई कैथको रुखमा लडाएका थिए ॥९॥
हत्वा रासभदैतेयं तद्बिन्धूंश्च बलान्वितः ।
चक्रे तालवनं क्षेमं परिपक्वफलान्वितम् ॥१०॥
धेनुकासुर नाम गरेको दानवले ताडबनलाई आफ्नो नियन्त्रणमा लिएको थियो। यिनै बालकले बलराम उसलाई मारेर ताड वनलाई नियन्त्रणमा लिएका थिए । ॥१०॥
प्रलम्बं घातयित्वोग्रं बलेन बलशालिना ।
अमोचयद् व्रजपशून् गोपांश्चारण्यवह्नितः ॥११॥
त्यसैगरी यी बालकले बलरामद्वारा डरलाग्दो प्रलम्बासुरलाई मार्न लगाएर व्रज सहित गोपहरूलाई वनको डडेलोबाट बचाएका थिए ॥११॥
आशीविषतमाहीन्द्रं दमित्वा विमदं ह्रदात् ।
प्रसह्योद्वास्य यमुनां चक्रेऽसौ निर्विषोदकाम् ॥१२॥
यमुनाजीको जललाई कालीय नाम गरेको नागले दूषित बनाएको थियो । यिनले त्यस कालीय नागलाई दमन गरेर उसको घमण्डलाई तोडेर जबरजस्ती उसलाई त्यहाँबाट हटाएर यमुनाको जललाई विष रहित पारेर शुद्ध बनाएका थिए ॥१२॥
दुस्त्यजश्चानुरागोऽस्मिन् सर्वेषां नो व्रजौकसाम् ।
नन्द ते तनयेऽस्मासु तस्याप्यौत्पत्तिकः कथम् ॥१३॥
हे नन्दजी तपाईंका छोरा श्रीकृष्ण माथि हामी ब्रजवासीको ठूलो प्रेम छ। त्यसैगरी श्रीकृष्णको पनि हामीमा त्यस्तै प्रेम छ। यस्तो प्रेम कसरी भयो ॥१३॥
क्व सप्तहायनो बालः क्व महाद्रिविधारणम् ।
ततो नो जायते शङ्का व्रजनाथ तवात्मजे ॥१४॥
हे व्रजका नाथ नन्दजी कहाँ सात वर्षको बालक, कहाँ यत्रो विशाल पर्वत गोवर्धन पर्वत धारण गर्नु । त्यसैले हामीलाई त तपाईका छोरा साधारण मानिस हुन् भन्ने कुरमा शंका लागेको छ ॥१४॥
नन्द उवाच–
श्रूयतां मे वचो गोपा व्येतु शङ्का च वोऽर्भके ।
एनं कुमारमुद्दिश्य गर्गो मे यदुवाच ह ॥१५॥
नन्दले भन्नुभयो तिमीहरूले मेरो कुरा सुन जसले गर्दा तिमीहरूको मनमा उठेको शङ्का हटेर जान्छ । मलाई महर्षी गर्गाचार्यले जुन कुरा भन्नुभएको थियो म त्यो कुरा बताउँदछु ।।१५।।
वर्णास्त्रयः किलास्यासन् गृह्णतोऽनुयुगं तनूः ।
शुक्लो रक्तस्तथा पीत इदानीं कृष्णतां गतः ॥१६॥
हरेक युगमा यिनले फरक फरक शरीर धारण गर्दछन्। पहिलेको युगमा यिनको शरीर रातो सेतो र पहेलो थियो । भने अहिले कालो रङ्गको शरीर भएको छ ॥१६॥
प्रागयं वसुदेवस्य क्वचिज्जातस्तवात्मजः ।
वासुदेव इति श्रीमानभिज्ञाः सम्प्रचक्षते ॥१७॥
पहिला तिम्रा छोरा वसुदेवको घरमा जन्म लिएको हुनाले यिनको रहस्य थाहा पाउने विद्वान हरु यसलाई वासुदेव भन्दछन् ॥१७॥
बहूनि सन्ति नामानि रूपाणि च सुतस्य ते ।
गुण कर्मानुरूपाणि तान्यहं वेद नो जनाः ॥१८॥
तिम्रा छोराको गुण र कर्म अनुसार धेरै नाम छन्। ती नामको बारेमा सबै म जान्दछु तर संसारका साधारण मानिसले यसलाई जान्न सक्दैनन्। ॥१८॥
एष वः श्रेय आधास्यद् गोपगोकुलनन्दनः ।
अनेन सर्वदुर्गाणि यूयमञ्जस्तरिष्यथ ॥१९॥
यी बालकले सबै ब्रजवासी गोप बालक र गाईलाई आनन्दित तुल्याउने छन् र यसैगरी तिम्रो पनि कल्याण हुनेछ यिनको सहायताले तिमीहरूको ठूलो ठूलो आपत्ति विपत्ति पनि सजिलैसँग टरेर जानेछ ॥१९॥
पुरानेन व्रजपते साधवो दस्युपीडिताः ।
अराजके रक्ष्यमाणा जिग्युर्दस्यून् समेधिताः ॥२०॥
कुनै समयमा पृथ्वीमा राजा नहुँदाखेरि चोर डाकुहरुले लुटेरहरुले धन सम्पत्ति लुटेर साधु सज्जनलाई सताएका थिए। त्यसबेला तिम्रै छोराले रक्षा गरेका थिए उनीहरुले यिनैको आड पाएर लुटेराहरू माथि विजय प्राप्त गरेका थिए ॥२०॥
य एतस्मिन् महाभागाः प्रीतिं कुर्वन्ति मानवाः ।
नारयोऽभिभवन्त्येतान् विष्णुपक्षानिवासुराः ॥२१॥
जसले यिनलाई प्रेम गर्दछन् तिनलाई जसरी विष्णुको आश्रयमा रहेका देवताहरूलाई असुरहरुले जित्न सक्दैनन् त्यसैगरी यिनलाई प्रेम गर्नेहरूलाई कसैले पनि जित्न सक्दैनन्। ॥२१॥
तस्मान्नन्द कुमारोऽयं नारायणसमो गुणैः ।
श्रिया कीर्त्यानुभावेन तत्कर्मसु न विस्मयः ॥२२॥
हे नन्दजी तिम्रा छोराहरूको गुण ऐश्वर्य सौन्दर्य कृति र प्रभाव त स्वयं नारायण समान छ। त्यसैले यिनको अलौकिक कार्य देखेर कुनै आश्चर्य मान्नुपर्ने छैन २२
इत्यद्धा मां समादिश्य गर्गे च स्वगृहं गते ।
मन्ये नारायणस्यांशं कृष्णमक्लिष्टकारिणम् ॥२३॥
इति नन्दवचः श्रुत्वा गर्गगीतं व्रजौकसः ।
दृष्टश्रुतानुभावास्ते कृष्णस्यामिततेजसः ।
मुदिता नन्दमानर्चुः कृष्णं च गतविस्मयाः ॥२४॥
यसरी महर्षी गर्गाचार्यले मलाई यी सबै कुरा बताएर आफ्नो घर जानु भएपछि मैले यिनलाई नारायण नै सम्झेर बसेको छु त्यही नन्दको मुखबाट श्रीकृष्णको यस्तो अद्भुत कर्म र प्रभावलाई सुनेर सबै ब्रजवासीहरु आश्चर्यचकित हुँदै खुसीले रमाउँदै उहाँ श्रीकृष्णको पूजा गरे ॥२३–२४॥
(शार्दूलविक्रीडित)
देवे वर्षति यज्ञविप्लवरुषा वज्रास्मपर्षानिलैः ।
सीदत्पालपशुस्त्रि आत्मशरणं दृष्ट्वा्नुकम्प्युत्स्मयन् ।
उत्पाट्यैककरेण शैलमबलो लीलोच्छिलीन्ध्रं यथा ।
बिभ्रद् गोष्ठमपान्महेन्द्रमदभित्प्रीयान्न इन्द्रो गवाम् ॥२५॥
आफ्नो यज्ञ भङ्ग भएकोले अत्यन्त क्रोधित भएर इन्द्रले ब्रजमा असिना बृष्टि हुरी बतास चैते ठुलो पानी यस्तो आपतमा आफ्नो शरणमा परेका गोप गाईहरुलाई ब्रजमा राखेर भक्तहरूको रक्षा गर्ने उद्देश्यले गोवर्धन पर्वतलाई च्याउ झैँ सजिलै आफ्नो हातमा उठाएर सम्पूर्ण ब्रजवासीहरूको रक्षा गर्नुभयो। त्यसैगरी इन्द्रको अहंकारलाई पनि नष्ट गरिदिनु भयो । यस्ता गोविन्द भगवान हामीप्रति प्रसन्न हुनुहोस् हामी उहाँलाई नमस्कार गर्दछौं ।।२५।।
इति श्रीमद्भा्गवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे षड्विंशोऽध्यायः ॥२६॥