श्रीमद्भागवत महापुराण
दशमस्कन्धः चतुःपञ्चाशत्तमोऽध्यायः
श्रीशुक उवाच–
(अनुष्टुप्)
इति सर्वे सुसंरब्धा वाहानारुह्य दंशिताः ।
स्वैः स्वैर्बलैः परिक्रान्ता अन्वीयुर्धृतकार्मुकाः ॥१॥
श्रीशुकदेवले भन्नुभयो– हे परीक्षित । यो देखेर त्यहाँ भएका राजाहरु रिसाएर आ आफ्ना कवच लगाई रथमा चढे । अनि उनीहरुले आफ्नो धनु हातमा लिएर श्रीकृष्णको सेनालाई पिछा गर्दे पछि लागे ।।१।।
तानापतत आलोक्य यादवानीकयूथपाः ।
तस्थुस्तत्सम्मुखा राजन्विस्फूर्ज्य स्वधनूंषि ते ॥२॥
हे राजा ! यादव सेनाहरुले आफ्ना सत्रुहरु पछि पछि आएको देखेर धनुको टंकार गर्दै युध्द गर्न भनि उनीहरुको अगाडि उभिए ।।२।।
अश्वपृष्ठे गजस्कन्धे रथोपस्थे च्र कोविदाः ।
मुमुचुः शरवर्षाणि मेघा अद्रिष्वपो यथा ॥३॥
त्यहाँ आएका जरासन्ध सहितका राजाह
धनुर्विद्याका ज्ञाता थिए । उनीहरु केहीरू घोडामा सवार थिए भने केही हात्तीमा र केही रथमा थिए । उनीहरुले यदु
पत्युर्बलं शरासारैश्छन्नं वीक्ष्य सुमध्यमा ।
सव्रीड्मैक्षत्तद्वक्त्रं भयविह्वललोचना ॥ ४ ॥
रुक्मिणीले उनका पति श्रीकृष्णको सेना बाणको वर्षाले ढाकिएको देखेर ती परमसुन्दरी रुक्मिणी व्याकुल भएर अलि लजाउदै आफ्ना पति श्रीकृष्णको मुखमा हेर्न लागिन् ।।४।।
प्रहस्य भगवानाह मा स्म भैर्वामलोचने ।
विनङ्क्ष्यत्यधुनैवैतत्तावकैः शात्रवं बलम् ॥ ५ ॥
यसरी हेरेको देखेर भगवानले मुस्कुराउँदै भन्नुभयो– ’हे सुन्दरी तिमी नडराऊ । तिम्रा यी यादव सेनाले तुरुन्तै तिम्रा शत्रुहरूको सेनालाई नष्ट गर्नेछ ।।५।।
तेषां तद्विक्रमं वीरा गदसङ्कर्षणादयः ।
अमृष्यमाणा नाराचैः जघ्नुर्हयगजान् रथान् ॥ ६ ॥
गद र संकर्षण जस्ता यदुवंशी वीर सेनाहरूले आफ्ना शत्रुहरूको पराक्रमलाई अब सहन सकेनन् र उनीहरुले आफ्ना बाणहरूले शत्रुका हात्ती, घोडा र रथहरूलाई नष्ट गर्न थाले ।।६।।
पेतुः शिरांसि रथिनामश्विनां गजिनां भुवि ।
सकुण्डलकिरीटानि सोष्णीषाणि च कोटिशः ॥७॥
उनीहरुको वाणको वर्षाले गर्दा, जरासन्ध पक्षका रथ, घोडा र हात्तीमा सवार योद्धाहरूको कानका कुण्डल, मुकुट र पगडीले सजिएका हजारौं टाउको तरवारले काटिएर भुईमा ढले ।।७।।
हस्ताः सासिगदेष्वासाः करभा ऊरवोऽङ्घ्रयः ।
अश्वाश्वतरनागोष्ट्रखरमर्त्यशिरांसि च ॥ ८ ॥
त्यसै गरी गदा र धनुष आदि हातहरू लिएका हात, तिघ्रा र खुट्टाहरू काटिए र जमिनमा लड्न थाले । त्यसैगरी घोडा, खच्चर, हात्ती, ऊँट, गधा र मानिसका टाउका काटिएर युद्धभूमिमा लड्न थाले ।।८।।
हन्यमानबलानीका वृष्णिभिर्जयकाङ्क्षिभिः ।
राजानो विमुखा जग्मुर्जरासन्धपुरःसराः ॥ ९ ॥
अन्तमा, विजयको इच्छा राख्ने यादव सेनाले शत्रु सेनालाई नष्ट गरे । आफ्नो सेना नष्ट भएकोले जरासन्ध सहित सबै राजाहरूले युद्धबाट आफ्नो पीठ फर्काए र भागे ।।९।।
शिशुपालं समभ्येत्य हृतदारमिवातुरम् ।
नष्टत्विषं गतोत्साहं शुष्यद्वदनमब्रुवन् ॥ १० ॥
यता आफ्नी पत्नीको हरण भएकाले शिशुपालको मुखमा कुनै कान्ति थिएन उसले मलिन अनुहार लगाएर बसिरहेको थियो यो देखेर उसलाई जरासन्ध आदि राजाहरुले भने ।।१०।।
भो भोः पुरुषशार्दूल दौर्मनस्यमिदं त्यज ।
न प्रियाप्रिययो राजन् निष्ठा देहिषु दृश्यते ॥ ११ ॥
हे पुरुषश्रेष्ठ शिशुपाल ! तिमीले यो विवाहमा आईपरेको सबै दुःखलाई छाडिदेउ । किनभने संसारका कुनैपति प्राणिहरुमा सुख खुःख भन्नेकुरा सधैं रहिरहेको देखिदैन ।।११।।
यथा दारुमयी योषिन्नृत्यते कुहकेच्छया ।
एवमीश्वरतन्त्रोऽयमीहते सुखदुःखयोः ॥ १२ ॥
जसरी चटकीको इसारामा कठपुतली नाच्छ, त्यसरी नै यो जीव पनि ईश्वरको इच्छामा रहन्छ र सुख र दुःखको सम्बन्धमा आफ्नो क्षमता अनुसार प्रयास गरिरहन्छ ।।१२।।
शौरेः सप्तदशाहं वै संयुगानि पराजितः ।
त्रयोविंशतिभिः सैन्यैर्जिग्य एकमहं परम् ॥ १३ ॥
हेर्नुहोस्, श्रीकृष्णले तेइस अक्षौहिणी सेनाहरूद्वारा मलाई सत्र पटक पराजित गरे तर अठारौैं पटकमा मैले उसलाई जितें ।।१३।।
तथाप्यहं न शोचामि न प्रहृष्यामि कर्हिचित् ।
कालेन दैवयुक्तेन जानन् विद्रावितं जगत् ॥ १४ ॥
यो सबै संसार कुनै अदृष्य ब्यक्तिले चलाएको छ भन्ने सोचेर म युध्दको हारको विषयमा कहिल्यै शोक पनि गर्दिन विजय हुँदा हर्षित पनि हुन्न ।।१४।।
अधुनापि वयं सर्वे वीरयूथपयूथपाः ।
पराजिताः फल्गुतन्त्रैर्यदुभिः कृष्णपालितैः ॥ १५ ॥
अहिले पनि हामी वीर सेनापतिका पनि नायक हौं भन्ने कुरामा कुनै शंका छैन । तर श्रीकृष्णद्वारा संरक्षित यदुवंशीहरूको सानो सेनाले हामीलाई हराइएको हो ।।१५।।
रिपवो जिग्युरधुना काल आत्मानुसारिणि ।
तदा वयं विजेष्यामो यदा कालः प्रदक्षिणः ॥ १६ ॥
यस पटक यादवहरुको अनुकुल पक्ष भएकोले हामीलाई हाम्रा शत्रुहरूले जिते । तर जब समय हाम्रो पक्षमा हुनेछ, तब हामीले पनि उनीहरुलाई जित्नेछौं ।।१६।।
श्रीशुक उवाच–
एवं प्रबोधितो मित्रैश्चैद्योऽगात् सानुगः पुरम् ।
हतशेषाः पुनस्तेऽपि ययुः स्वं स्वं पुरं नृपाः ॥ १७ ॥
यसरी जब उसका आफन्तहरूले यसरी सम्झाए पछि त्यो चेदीराज शिशुपाल आफ्ना अनुयायीहरू सहित आफ्नो राजधानी फर्किए ।।१७।।
रुक्मी तु राक्षसोद्वाहं कृष्णद्विडसहन् स्वसुः ।
पृष्ठतोऽन्वगमत् कृष्णमक्षौहिण्या वृतो बली ॥ १८ ॥
यता रुक्मिणीको जेठी भाइ रुक्मि कृष्णप्रति द्वेष गर्दथ्यो उसले श्रीकृष्णले आफ्नी बहिनीलाई अपहरण गरेर राक्षसी तरिकाले विवाह गरेको कुरा सहन गर्न नसकेर आफ्ना एक अक्षौहिणी सेना लिएर भगवान कृष्णको पछि दौड्यो ।।१८।।
रुक्म्यमर्षी सुसंरब्धः शृण्वतां सर्वभूभुजाम् ।
प्रतिजज्ञे महाबाहुर्दंशितः सशरासनः ॥ १९ ॥
बहिनीको हरणलाई सहन नसकेर त्यो महावीर रुक्मी धेरै रिसायो र हातमा धनु लिएर सबै राजाहरूको अगाडि यो प्रतिज्ञा गर्यो ।।१९।।
अहत्वा समरे कृष्णमप्रत्यूह्य च रुक्मिणीम् ।
कुण्डिनं न प्रवेक्ष्यामि सत्यमेतद् ब्रवीमि वः ॥ २० ॥
रुक्मीले प्रतिज्ञा गर्दै भन्यो, म तपाईहरुको बीचमा म यो कसम खान्छु कि यदि म युद्धमा कृष्णलाई मारेर मेरी बहिनी रुक्मिणीलाई फर्काउन सक्षम भइनँ भने, म मेरो राजधानी कुण्डिनपुरमा प्रवेश गर्नेछैन ।।२०।।
इत्युक्त्वा रथमारुह्य सारथिं प्राह सत्वरः ।
चोदयाश्वान् यतः कृष्णस्तस्य मे संयुगं भवेत् ॥ २१ ॥
यसो भनेर छिटो छिटो रथमा चढेर त्यो रुक्मी रथमा चढ्यो र सारथीलाई भन्यो, मेरो रथलाई सकेसम्म चाँडो कृष्ण भएको ठाउँमा लैजाउ, आज म उसँग युध्द गनेंछु ।।२१।।
अद्याहं निशितैर्बाणैः गोपालस्य सुदुर्मतेः ।
नेष्ये वीर्यमदं येन स्वसा मे प्रसभं हृता ॥ २२ ॥
आज म त्यो मूर्ख गोठालो कृष्णको पराक्रमको अभिमानलाई मेरो तीखा वाणले चकनाचूर पार्नेछु ।।२२।।
विकत्थमानः कुमतिरीश्वरस्याप्रमाणवित् ।
रथेनैकेन गोविन्दं तिष्ठ तिष्ठेत्यथाह्वयत् ॥ २३ ॥
रुक्मीलाई आफुठुलो शक्तिशाली छु भन्ने घमण्ड थियो । उ भगवान्को शक्तिको प्रभावको बारेमा अनभिज्ञ थियो । यसरी अब त्यो रुक्मी त्यही रथमा चढेर श्रीकृष्णको नजिक पुगेर पख पख भनेर कराउन थाल्यो ।।२३।।
धनुर्विकृष्य सुदृढं जघ्ने कृष्णं त्रिभिः शरैः ।
आह चात्र क्षणं तिष्ठ यदूनां कुलपांसन ॥ २४ ॥
त्यस पछि उसले भगवान कृष्णलाई ताकेर तीनवटा बाड हानेर भन्यो, हे यदुवंशी कृष्ण मेरो अगाडि एकछिन पर्खि ।।२४।।
यत्र यासि स्वसारं मे मुषित्वा ध्वाङ्क्षवद्धविः ।
हरिष्येऽद्य मदं मन्द मायिनः कूटयोधिनः ॥ २५ ॥
हे कृष्ण तैले यज्ञको हविलिाई कागले लिएर भागे झैं तैले मेरी बहिनीलाई हरण गरेर कता जादैछस्, त मायावी युध्द गर्न सिपालु रहेछस आज म तेरोे सबै घमण्ड नष्ट पार्नेछु ।।२५।।
यावन्न मे हतो बाणैः शयीथा मुञ्च दारीकाम् ।
स्मयन् कृष्णो धनुश्छित्त्वा षड्भिर्विव्याध रुक्मिणम् ॥ २६ ॥
हेर, तँ मेरो बाणले लागेर पृथ्वीमा ढल्नु पहिले नै मेरी बहिनीलाई छोडिदे । भगवान् श्रीकृष्णले उसले यस्तो कुरा गरेको सुनेर हाँस्दै उसको हातको धनु काटिदिनु भयो र अरु छ वटा बाणले प्रहार गर्नुभयो ।।२६।।
अष्टभिश्चतुरो वाहान् द्वाभ्यां सूतं ध्वजं त्रिभिः ।
स चान्यत् धनुरादाय कृष्णं विव्याध पञ्चभिः ॥ २७ ॥
त्यसपछि भगवान कृष्णले घोडा र सारथिलाई आठ वटा बाण प्रहार गर्नुभयो । यता रुक्मीले पनि अर्को धनुष लिएर भगवान् माथि पाँच बाण प्रहार गर्यो ।।२७।।
तैस्ताडितः शरौघैस्तु चिच्छेद धनुरच्युतः ।
पुनरन्यदुपादत्त तदप्यच्छिनदव्ययः ॥ २८ ॥
रुक्मीले हानेको बाणले भगवान् पीडित हुनुभयो त्यसपछि भगवान् ले उसको धनुलाई काटिदिनुभयो । आफ्नो धनु काटिएकोले रुक्मीले धनु हातमा लियो तब भगवान्ले त्यसलाई पनि काटिदिनुभयो ।।२८।।
परिघं पट्टिशं शूलं चर्मासी शक्तितोमरौ ।
यद्यदायुधमादत्त तत् सर्वं सोऽच्छिनद्धरिः ॥ २९ ॥
यसरी, रुक्मिणीले परिघ, पट्टिश, भाला, ढाल, तरवार, र तोमर आदि जुनसुकै हतियार उठाए पनि, प्रहार गर्नु अघि नै भगवानले ती सबैलाई काटिदिनुभयो ।।२९।।
ततो रथादवप्लुत्य खड्गपाणिर्जिघांसया ।
कृष्णमभ्यद्रवत् क्रुद्धः पतङ्ग इव पावकम् ॥ ३० ॥
त्यसपछि रुक्मी अत्यन्त क्रोधित भएर भगवान कृष्णलाई मार्ने उद्देश्यले हातमा तरवार लिएर रथबाट हाम फालर आगोको ज्वालामा पुतली होमिए झैं भगवान् भए तिर दौड्यो ।।३०।।
तस्य चापततः खड्गं तिलशश्चर्म चेषुभिः ।
छित्त्वासिमाददे तिग्मं रुक्मिणं हन्तुमुद्यतः ॥ ३१ ॥
भगवानले रुक्मी आफुतिर आइरहेको देखेर उसको हातमा रहेको ढाल र तरवारलाई टुक्रा टुक्रा पारेर नष्ट गरिदिनुभयो । त्यसपछि भगवान्ले रुक्मीलाई मार्न भनेर अति तीखो तरवार हातमा लिनुभयो ।।३१।।
दृष्ट्वा भ्रातृवधोद्योगं रुक्मिणी भयविह्वला ।
पतित्वा पादयोर्भर्तुरुवाच करुणं सती ॥ ३२ ॥
जब भगवान्का दाजु भाई मिलेर आफ्नो दाजु रुक्मीलाई मार्न तयार हुनु भएको देखेर रुक्मिणी आत्तिदै भगवान्को पाउमा परेर करुण स्वरमा भन्न लागिन् ।।३२।।
रुक्मिण्युवाच–
योगेश्वराप्रमेयात्मन् देवदेव जगत्पते ।
हन्तुं नार्हसि कल्याण भ्रातरं मे महाभुज ॥ ३३ ॥
हे प्रभु ! हे योगेश्वर ! हे देवताहरुका पनि देवता ! हे जगतका पति ! हजुर कल्याणकारी हुनुहुन्छ र अत्यन्त शक्तिशाली पनि हुनुहुन्छ । हे महाबाहु तर हजुरले मेरा दाजुलाई नमार्नुहोस् ।।३३।।
श्रीशुक उवाच–
(मिश्र)
तया परित्रासविकम्पिताङ्गया
शुचावशुष्यन्मुखरुद्धकण्ठया ।
कातर्यविस्रंसितहेममालया
गृहीतपादः करुणो न्यवर्तत ॥ ३४ ॥
श्रीशुकदेवले भन्नुभयो– रुक्मिणीको शरीरका सबै अंग डरले काँपिरहेको थियो । शोकले गर्दा उनको मुख सुक्न गयो र घाँटी पनि अवरुद्ध भएको थियो । भय र त्राशले घाँटीबाट सुनको हार खस्न लागेको थियो । यस अवस्थामा ती रुक्मिणीले भगवानको चरण पक्रन पुगिन् । यसरी रुक्मिणी डराएको देखेर, परम दयालु भगवान् ले रुक्मीलाई मार्ने विचार बदल्नुभयो ।।३४।।
चैलेन बद्ध्वा तमसाधुकारीणं
सश्मश्रुकेशं प्रवपन् व्यरूपयत् ।
तावन्ममर्दुः परसैन्यमद्भुतं
यदुप्रवीरा नलिनीं यथा गजाः ॥ ३५ ॥
त्यसपछि दुष्ट काम गर्ने भएको त्यो रुक्मीलाई भगवानेले कपडाले बाँधेर धेरै ठाउँमा दाह्री, जुँगा र कपाल काटिदिनुभयो जसले उ गर्दा उनी कुरूप हुनपुग्यो । यसैबीच, यदुवंशीका वीर सेनाहरूले शत्रुको अद्भुत सेनालाई हात्तीले कमलको बगैंचालाई कुल्चिएर नाश गरे झैं नष्ट गरिदिए ।।३५।।
(अनुष्टुप्)
कृष्णान्तिकं उपव्रज्य ददृशुस्तत्र रुक्मिणम् ।
तथाभूतं हतप्रायं दृष्ट्वाश सङ्कर्षणो विभुः ।
विमुच्य बद्धं करुणो भगवान् कृष्णमब्रवीत् ॥ ३६ ॥
त्यसपछि ती यदुवंशी सेनाहरु त्यहाँबाट फर्किए र श्रीकृष्ण भएको ठाँउमा आए र त्यो बिरुप अवस्थामा रहेको रुक्मीलाई देखे । त्यसैबिचमा सर्वशक्तिमान भगवान बलरामलाई दया लाग्यो र उहाँले रुक्मीको बन्धन खोलेर उसलाई छोडिदिनुभयो र श्रीकृष्णलाई भन्नुभयो ।।३६।।
असाध्विदं त्वया कृष्ण कृतमस्मज्जुगुप्सितम् ।
वपनं श्मश्रुकेशानां वैरूप्यं सुहृदो वधः ॥ ३७ ॥
हे कृष्ण ! तिमीले यो राम्रो गरेनौ । हामीले यस्नो निन्दनीय काय गर्नु हुदैन । आफ्नो नातेदारको दाह्री र जुँगा काटेर उसको अनुहार बिगार्नु एक प्रकारको हत्या गर्नु बराबर हो ।।३७।।
मैवास्मान् साध्व्यसूयेथा भ्रातुर्वैरूप्यचिन्तया ।
सुखदुःखदो न चान्योऽस्ति यतः स्वकृतभुक् पुमान् ॥ ३८ ॥
यसपछि बलरामले रुक्मिणीलाई सम्बोधन गर्दै भन्नुभयो– हे साधु स्वभाव भएकी रुक्मिणी ! तिम्रो भाइको रूप बिग्रिएकोमा हामीलाई नराम्रो नमान, किनकि जीवित प्राणीलाई सुख र दुःख दिने अरू कोही हुदैन यो सबै उसले आफ्नै कर्मको फल भोग्ने हो ।।३८।।
बन्धुर्वधार्हदोषोऽपि न बन्धोर्वधमर्हति ।
त्याज्यः स्वेनैव दोषेण हतः किं हन्यते पुनः ॥ ३९ ॥
यदि कसैको कुलमा अथवा बन्धुमा कसैले मार्नु पर्ने नै अपराध गरेको रहेछ भनेपनि उसलाई आफ्नै आफन्तहरूबाट मार्न उचित हुँदैन । उसलाई छोडिदिनुपर्छ । ऊ आफ्नो अपराधको कारणले पहिले नै मरिसकेको हुन्छ भने फेरी उसलाई किन मार्नु ? ।।३९।।
क्षत्रियाणामयं धर्मः प्रजापतिविनिर्मितः ।
भ्रातापि भ्रातरं हन्याद् येन घोरतमस्ततः ॥ ४० ॥
हे साध्वी ! ब्रह्माजीले क्षत्रियहरूको लागि धर्म यस्तो बनाएका छन् कि एक भाइले आफ्नै अर्को भाइलाई मार्नु पर्ने । त्यसैले यो क्षत्रिय धर्म धेरै भयानक डरलाग्दो छ ।।४०।।
राज्यस्य भूमेर्वित्तस्य स्त्रियो मानस्य तेजसः ।
मानिनोऽन्यस्य वा हेतोः श्रीमदान्धाः क्षिपन्ति हि ॥ ४१ ॥
यसपछि उनले श्रीकृष्णलाई भने – भाइ ! जो धनको नशामा अन्धा हुन्छन् र अहंकारी छन्, तिनीहरूले राज्य, भूमि, पैसा, महिला, सम्मान, वैभव वा अन्य कुनै कारणले आफ्ना आफन्तहरूसंग झगडा गरेर उनीहरुको अनादर गर्छन् ।।४१।।
तवेयं विषमा बुद्धिः सर्वभूतेषु दुर्हृदाम् ।
यन्मन्यसे सदाभद्रं सुहृदां भद्रमज्ञवत् ॥ ४२ ॥
हे रुक्मिणी ! तिम्रा भाइहरू अहंकारले गर्दा अरु जीवहरु प्रति दुर्भाव राख्दछन् त्यसैले उनीहरुलाई यस्तो दण्ड दिनु मंगल पनि हो । तिमी यसलाई अज्ञानी मानिसहरू जस्तै नराम्रो ठान्छ्यौ भने यो तिम्रो नराम्रो बिचार हो ।।४२।।
आत्ममोहो नृणामेष कल्प्यते देवमायया ।
सुहृद् दुर्हृदुदासीन इति देहात्ममानिनाम् ॥ ४३ ॥
भगवानको मायाको कारणले मानिसहरूले शरीरलाई नै आत्मबुध्दि भएकाले भनेर जसले ठान्दछ, उसैले मात्र यो मित्र, यो शत्रु हो र यो उदासीन छ भन्ने यस्तो मोहबुध्दी भएको हुन्छ ।।४३।।
एक एव परो ह्यात्मा सर्वेषामपि देहिनाम् ।
नानेव गृह्यते मूढैर्यथा ज्योतिर्यथा नभः ॥ ४४ ॥
सबै देहधारी प्राणीहरूको आत्मा एकै हो तापनि यसको प्रभावलाई नजान्दा मुर्ख ब्यक्तिले आकासमा भएको सूर्यलाई पानीको भाडामा अलग अलग देखिएझै शरीरै पिच्छे आत्मालाई फरक फरक रुपमा मान्दछ ।।४४।।
देह आद्यन्तवानेष द्रव्यप्राणगुणात्मकः ।
आत्मन्यविद्यया कॢप्तः संसारयति देहिनम् ॥ ४५ ॥
यो शरीर पञ्चमहाभूत, पञ्चप्राण र तन्मात्रा र त्रिगुण नै यसको स्वरुप हो । तर अज्ञानको कारण आत्माको रुपमा कल्पना गरिन्छ त्यसले यस शरीरलाइ बारम्बार जन्म र मृत्युको चक्रमा घुमाइरहन्छ ।।४५।।
नात्मनोऽन्येन संयोगो वियोगश्चासतः सति ।
तद् हेतुत्वात्तत्प्रसिद्धेः दृग्रूपाभ्यां यथा रवेः ॥ ४६ ॥
हे साध्वी ! आँखा र आँखाको सुन्दरता दुवै सूर्यको प्रकाशले गर्दा प्रकाश हुनेहुन् तापनि सूर्यसँग आँखा र सौन्दर्यको न त विभाजन छ न त मिलन । त्यसैगरी, सम्पूर्ण संसारको सत्ता आत्म–अस्तित्वको कारणले भएको हो, आत्मा नै सम्पूर्ण संसारको प्रकाशक हो । त्यसैले आत्मासँग अन्य असत् पदार्थहरूको संयोग वा वियोग कसरी हुन सक्छ ? ।।४६।।
जन्मादयस्तु देहस्य विक्रिया नात्मनः क्वचित् ।
कलानामिव नैवेन्दोर्मृतिर्ह्यस्य कुहूरिव ॥ ४७ ॥
जन्मनु, बाँच्नु, हुर्कनु, परिवर्तन हुनु, घट्नु र मर्नु – यी सबै शरीरका भावविकार हुन्, आत्माको होइन । जसरी चन्द्रमा घट्ने बढ्ने गर्दछ त्यो चन्द्रमाको कला हो चन्द्रमा आफैमा घट्ने बढ्ने भन्ने हुदैन । जसरी औंसीको दिन चन्द्रमा घट्दा चन्द्रमा नै घटेको घनेर मानिसमरु भन्छन्; त्यसैगरी मानिस शरीर मर्दा आत्मा नै मरेको भनेर भन्ठान्छ भने त्यो उसको भ्रमको कारण हो । आत्मा त कहिले पनि मर्दैन ।।४७।।
यथा शयान आत्मानं विषयान् फलमेव च ।
अनुभुङ्क्तेऽप्यसत्यर्थे तथाऽऽप्नोत्यबुधो भवम् ॥ ४८ ॥
जसरी निदाएको व्यक्तिले सपनामा भोगकर्ता, भोगको वस्तु र भोगको फल अनुभव गर्छ, जब त्यहाँ कुनै वस्तु हुँदैन, त्यसरी नै अज्ञानी मानिसहरूले जन्ममृत्यु स्वरुप संसारको अनुभव गर्छन् ।।४८।।
तस्मादज्ञानजं शोकमात्मशोषविमोहनम् ।
तत्त्वज्ञानेन निर्हृत्य स्वस्था भव शुचिस्मिते ॥ ४९ ॥
त्यसकारण, हे रुक्मिणी तिमीले अज्ञानताले उत्पन्न भएको यो शोकलाई तत्वज्ञानले त्यागेर शान्त होउ ।।४९।।
श्रीशुक उवाच–
एवं भगवता तन्वी रामेण प्रतिबोधिता ।
वैमनस्यं परित्यज्य मनो बुद्ध्या समादधे ॥ ५० ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे महाराज परीक्षित ! जब बलरामले यसरी सम्झाउनुभयो तब तब सुन्दर अनुहार भएकी रुक्मिणीले आफ्नो मनको मलिनतालाई त्यागेर आफ्नै बिबेकद्वारा शान्त भइन् ।।५०।।
प्राणावशेष उत्सृष्टो द्विड्भिर्हतबलप्रभः ।
स्मरन्विरूपकरणं वितथात्ममनोरथः ॥ ५१ ॥
रुक्मिको सेना र उनको शक्ति नष्ट भइसकेको थियो भने उसको प्राण मात्र बचेको थियो । आफुले चाहेको कुरा पाउन नसकेर मन पन कुरुप अवस्थामा रहेको थियो यस अवस्थामा उसले आफ्नो बिरुप अवस्थालाई सम्झेर चिन्तित भयो ।।५१।।
चक्रे भोजकटं नाम निवासाय महत् पुरम् ।
अहत्वा दुर्मतिं कृष्णमप्रत्यूह्य यवीयसीम् ।
कुण्डिनं न प्रवेक्ष्यामीत्युक्त्वा तत्रावसद् रुषा ॥ ५२ ॥
त्यसैले उसले आफ्नो निवासको लागि भोजकट नामक एक धेरै ठूलो शहर स्थापना गर्यो र कृष्णलाई मारेर मेरी बहिनीलाई फिर्ता नगरी म कुण्डिनपुर प्रवेश गर्नेछैन भनेर यस्तो प्रतिज्ञा गरेर उ त्यही बस्न थाल्यो ।।५२।।
भगवान् भीष्मकसुतां एवं निर्जित्य भूमिपान् ।
पुरमानीय विधिवदुपयेमे कुरूद्वह ॥ ५३ ॥
हे परीक्षित ! भगवान श्री कृष्ण यसरी सबै राजाहरूलाई जितेर विदर्भकी राजकुमारी रुक्मिणीलाई द्वारिका ल्याए र रीतिरिवाज अनुसार विवाह गर्नुभयो ।।५३।।
तदा महोत्सवो नॄणां यदुपुर्यां गृहे गृहे ।
अभूदनन्यभावानां कृष्णे यदुपतौ नृप ॥ ५४ ॥
हे राजन् ! त्यसबेला श्रीकृष्णमा अपार प्रेम भएका त्यहाँका बासिन्दाले वहाँको विवाहमा द्वारकापुरीको हरेक घरमा भव्य उत्सव भयो ।।५४।।
नरा नार्यश्च मुदिताः प्रमृष्टमणिकुण्डलाः ।
पारिबर्हमुपाजह्रुर्वरयोश्चित्रवाससोः ॥ ५५ ॥
त्यहाँ सबै पुरुष र महिलाहरूले बिशेष मणि र रत्नहरूले बनेका चम्किला गहना कुण्डलहरु लगाएका थिए । बिभिन्न किसिमका सुन्दर वस्त्र पहिरिएका थिए । यस अवस्थामा उनीहरुले खुशीले भरिएर धेरै उपहारहरू ल्याएर दिए ।।५५।।
(मिश्र)
सा वृष्णिपुर्युत्तम्भितेन्द्रकेतुभि–
र्विचित्रमाल्याम्बररत्नहतोरणैः ।
बभौ प्रतिद्वार्युपकॢप्तमङ्गलै–
रापूर्णकुम्भागुरुधूपदीपकैः ॥ ५६ ॥
त्यतिबेला द्वारकाको शोभा अत्यन्त सुन्दर देखिन्थ्यो । कतै ठूला झण्डाहरू धेरै माथि फहराइरहेका थिए भने कतै विभिन्न माला, लुगा जडिएका तोरण बाँधिएको थियो । हरेक ढोकामा लाजा दुवो आदि शुभ मांगलिक वस्तुहरूले सजाइएको थियो । चोक चोकमा पानीले भरिएका पूर्ण कलशहरू, धूपको सुगन्ध र दीपावली गरेर त्यस ठाउँको शोभा बढाइरहेको थियो ।।५६।।
(अनुष्टुप्)
सिक्तमार्गा मदच्युद्भिराहूतप्रेष्ठभूभुजाम् ।
गजैर्द्वाःसु परामृष्टरम्भापूगोपशोभिता ॥ ५७ ॥
साथै विवाहमा सहभागि हुन विभिन्न देशमा आमन्त्रित गरिएको थियो । द्वारकाका सडक र गल्लीहरूमा मद चुहाइरहेका हात्तीहरुको मदधाराले सिंचित गरिएको थियो । बाटोमा केराका खम्बा र सुपारीका रूखहरू गाडेर त्यहाँको शोभा बढाइएको थियो ।।५७।।
कुरुसृञ्जयकैकेयविदर्भयदुकुन्तयः ।
मिथो मुमुदिरे तस्मिन् संभ्रमात् परिधावताम् ॥ ५८ ॥
त्यो विवाहकाृ पर्वमा कुरु, सृंजय, कैकय, विदर्भ, यदु र कुन्ती आदि कुलका मानिसहरू खुसि हुदै एक आपसमा रमाइलो गरिरहेका थिए ।।५८।।
रुक्मिण्या हरणं श्रुत्वा गीयमानं ततस्ततः ।
राजानो राजकन्याश्च बभूवुर्भृशविस्मिताः ॥ ५९ ॥
जताततै रुक्मिणीको अपहरण र विवाहको कुरा सुन्ने सुनाउने गरिएको थिया । यो सुनेर राजा र राजकुमारीहरू अत्यन्तै छक्क परे ।।५९।।
द्वारकायामभूद् राजन् महामोदः पुरौकसाम् ।
रुक्मिण्या रमयोपेतं दृष्ट्वा कृष्णं श्रियः पतिम् ॥ ६० ॥
हे महाराज परीक्षित ! द्वारकाबासीहरुले भगवान् श्रीकृष्ण लक्ष्मीको रुपमा रहेकी रुक्मिणीका साथमा रहेको देखेर उनीहरु अत्यन्तै खुशी हुँदै आनन्दको महसुस गरे ।।६०।।
इति श्रीमद्भामगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
रुक्मिण्युद्वाहे चतुःपञ्चाशत्तमोऽध्यायः ॥ ५४ ॥
