श्रीमद्भागवत महापुराण
दशमस्कन्धः – त्रिसप्ततितमोऽध्यायः
श्रीशुक उवाच–
(अनुष्टुप्)
अयुते द्वे शतान्यष्टौ लीलया युधि निर्जिताः ।
ते निर्गता गिरिद्रोण्यां मलिना मलवाससः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! जरासन्धले युध्दमा सजिलैसंग जितेर बीस हजार आठ सय राजाहरूलाई गिरिद्रोणी भन्ने ठाँउमा कैद गरेको थियो । जब भगवान कृष्णले उनीहरूलाई मुक्त गर्नुभयो । त्यतिबेला शरीर र लुगा कपडाहरु मैलो र मैलो कपडा लगाएका राजाहरु त्यहाँबाट निस्किए ।।१।।
क्षुत्क्षामाः शुष्कवदनाः संरोधपरिकर्शिताः ।
ददृशुस्ते घनश्यामं पीतकौशेयवाससम् ॥ २ ॥
श्रीवत्साङ्कं चतुर्बाहुं पद्मगर्भारुणेक्षणम् ।
चारुप्रसन्नवदनं स्फुरन्मकरकुण्डलम् ॥ ३ ॥
पद्महस्तं गदाशङ्खरथाङ्गैरुपलक्षितम् ।
किरीटहारकटककटिसूत्राङ्गदाचितम् ॥ ४ ॥
भोकले गर्दा ती राजाहरु दुर्वल भएका थिए । उनीहरूको मुख सुकेको थियो अनुहार खिन्न थियो । त्यहाँबाट बाहिर निस्कने बित्तिकै ती राजाहरूले पीताम्वर धारण गर्नभएको चार हातमा गदा, शंख, चक्र धारण गर्नुभएको, श्रीवत्स चिन्हले युक्त हुनुभएको, अरुणको रंग जस्तै आँखा भएको, कानमा गोही आकारको चंकिला कुण्डल लगाउनु भएको, कमल धारण गर्र्नुभएको, अति सुन्दर र प्रसन्न अनुहार हुनुभएको, सुन्दर मुकुट, हार, बाला, करधनी र बाजु पहिरहनु भएका यस्ता श्रीकृष्ण भगवानलाई देखे ।।२–४।।
भ्राजद्वरमणिग्रीवं निवीतं वनमालया ।
पिबन्त इव चक्षुर्भ्यां लिहन्त इव जिह्वया ॥ ५ ॥
जिघ्रन्त इव नासाभ्यां रम्भन्त इव बाहुभिः ।
प्रणेमुर्हतपाप्मानो मूर्धभिः पादयोर्हरेः ॥ ६ ॥
भगवान्ले घाँटीमा चम्किलो कौस्तुभ मणि र वनमाला धारण गर्नुभएको यस्ता श्रीकृष्ण भगवानलाई देखेर ती राजाहरुले आफ्नो शिर निहुराएर प्रणाम गरे । त्यसबेला ती राजाहरूले भगवान्का चरणमा आँखाले पिउन लागेजस्तो, जिब्रोले चाट्न लागेजस्तो, नाकले सुंघ्न लागेजस्तो र हातले अंगालो हाल्न लागेजस्तो यस्ता भगवान स्वरुपलाई देखे जस्को दर्शन पाउनाले प्राणीको सबै पाप नाश हुन्छ । यस्ता भगवानलाई देखेर उनीहरुले आफ्नो शिर झुकाएर नमस्कार गरे ।।५–६।।
कृष्णसन्दर्शनाह्लादध्वस्तसंरोधनक्लमाः ।
प्रशशंसुर्हृषीकेशं गीर्भिः प्राञ्जलयो नृपाः ॥ ७ ॥
ती राजाहरूले भगवान कृष्णको दर्शन गरेर यति धेरै आशीर्वाद पाए कि उनीहरूको बन्दी जीवनको पीडा पूर्ण रूपमा हराएर गयो । त्यसपछि हात जोडेर विनम्र स्वरमा भगवान कृष्णको स्तुति गर्न थाले ।।७।।
राजान ऊचुः–
नमस्ते देवदेवेश प्रपन्नार्तिहराव्यय ।
प्रपन्ना पाहि नः कृष्ण निर्विण्णान् घोरसंसृतेः ॥ ८ ॥
राजाहरूले भने– हे भगवान ! देवदेवेश्वर ! जसले हजुरको शरणमा परेकाहरुको सबै दुःख र भय हटाइदिनुहुन्छ । यस्ता अविनाशी श्रीकृष्णलाई हामी नमस्कार गदर्छौं । हजुरले हामीलाई जरासन्धको कारागारबाट मुक्त गर्नुभएको छ । हामी यो जन्ममृत्युको संसारबाट विरक्त भएर हजुरको शरणमा आएको छौं । हे देव ! अब हाम्रो रक्षा गर्नुहोस् ।।८।।
नैनं नाथान्वसूयामो मागधं मधुसूदन ।
अनुग्रहो यद् भवतो राज्ञां राज्यच्युतिर्विभो ॥ ९ ॥
हे मधुसूदन ! हे प्रभु ! हामी बन्धनमा परेकोमा मगधका राजा जरासन्धको कुनै दोष देख्दैनौ । किनभने हजुरको अनुग्रहले गर्दानै हाम्रो राज्य खोसिएको हो ।।९।।
राज्यैश्वर्यमदोन्नद्धो न श्रेयो विन्दते नृपः ।
त्वन्मायामोहितोऽनित्या मन्यते सम्पदोऽचलाः ॥ १० ॥
आफ्नो राज्यको एैश्वर्य धनसम्पत्तिले मातिएको राजाले कहिल्यै पनि आफ्नो कल्याण प्राप्त गर्न सक्दैन । किनभने उनीहरु हजुरको मायामा फसेर अनित्य सम्पत्तिलाई नै नित्य ठान्दछन् ।।१०।।
मृगतृष्णां यथा बाला मन्यन्त उदकाशयम् ।
एवं वैकारिकीं मायामयुक्ता वस्तु चक्षते ॥ ११ ॥
जसरी मूर्ख मानिसहरूले मृगतृष्णाको पानीलाई पोखरी सम्झन्छन्, त्यसरी नै कामुक र अज्ञानी मानिसहरूले पनि यो परिवर्तनशील प्रकृतिलाई वास्तविक सत्य ठान्छन् ।।११।।
(मिश्र)
वयं पुरा श्रीमदनष्टदृष्टयो
जिगीषयास्या इतरेतरस्पृधः ।
घ्नन्तः प्रजाः स्वा अतिनिर्घृणाः प्रभो
मृत्युं पुरस्त्वाविगणय्य दुर्मदाः ॥ १२ ॥
हे प्रभु ! पहिले हामी धनको घमण्डले अन्धा हुँदै गइरहेका थियौं । हामीहरूले यो पृथ्वीलाई जित्नका लागि एकअर्कासँग युध्द गर्यौं । हामीले अगाडि हुनुभएका कालस्वरुप हजुरलाई नजान्दा युध्दमा धेरै मानिसलाई मारेर घृणित काम गर्यौं ।।१२।।
त एव कृष्णाद्य गभीररंहसा
दुरन्तवीर्येण विचालिताः श्रियः ।
कालेन तन्वा भवतोऽनुकम्पया
विनष्टदर्पाश्चरणौ स्मराम ते ॥ १३ ॥
हे श्रीकृष्ण ! हजुरको यति गहन शक्तिशाली हुनुहुन्छ कि हजुरको शरीररुप कालले हामी श्रीहीन भएका छौं । हजुरको अनुकम्पाका कारण हाम्रो घमण्ड नष्ट भएको छ त्यसैले अब हामी हजुरको चरणको स्मरण गर्दछौं ।।१३।।
अथो न राज्यं मृगतृष्णिरूपितं
देहेन शश्वत् पतता रुजां भुवा ।
उपासितव्यं स्पृहयामहे विभो
क्रियाफलं प्रेत्य च कर्णरोचनम् ॥ १४ ॥
हे विभो ! यो मृगतृष्णारुप निरन्तर नाश हुने यो शरीर रोगहरूको घर हो । यस्तो शरीरले भोग्ने राज्य सुखलाई अब हामी चाहादैनौं । यति मात्र होइन सुन्नमा राम्रो लाग्ने मृत्यु पछि प्राप्त हुने स्वर्ग आदि जस्ता कर्मको फलको पनि चाहना गर्दैनौं ।।१४।।
(अनुष्टुप्)
तं नः समादिशोपायं येन ते चरणाब्जयोः ।
स्मृतिर्यथा न विरमेदपि संसरतामिह ॥ १५ ॥
अब हामीलाई त्यस्तो उपाय बताउनुहोस् कि जसद्वारा हामी हजुरको चरणको सम्झना कहिल्यै न बिर्सियौ ।।१५।।
कृष्णाय वासुदेवाय हरये परमात्मने ।
प्रणतक्लेशनाशाय गोविन्दाय नमो नमः ॥ १६ ॥
हे श्रीकृष्ण ! हे वासुदेवनन्दन ! हे गोविन्द ! हजुरले आफ्ना शरणागतको सबै कष्टलाई नाश गरिदिनुहुन्छ । हामी हजुरलाई नमस्कार गर्दछौं ।।१६।।
श्रीशुक उवाच–
संस्तूयमानो भगवान् राजभिर्मुक्तबन्धनैः ।
तानाह करुणस्तात शरण्यः श्लक्ष्णया गिरा ॥ १७ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! जब कारागारबाट मुक्त भएर राजाहरुले यसरी स्तुति गरे तब परम दयालु भगवान श्रीकृष्ण मिठो बोलीमा भन्नुभयो– ।।१७।।
श्रीभगवानुवाच–
अद्य प्रभृति वो भूपा मय्यात्मन्यखिलेश्वरे ।
सुदृढा जायते भक्तिर्बाढमाशंसितं तथा ॥ १८ ॥
हे राजाहरु ! म यस अखिल जगतका एकमात्र शासक हुँ । तिमीहरुको इच्छा अनुसार अबदेखि तिमीहरुको म आत्मस्वरुम श्रीकृष्णमा निश्चल भक्ति हुनेछ ।।१८।।
दिष्ट्या व्यवसितं भूपा भवन्त ऋतभाषिणः ।
श्रीयैश्वर्यमदोन्नाहं पश्य उन्मादकं नृणाम् ॥ १९ ॥
हे राजाहरू ! तिमीहरु सत्यबादि छौ त्यसैले तिमीहरुले जुन निश्चय गरेका छौ त्यो धेरै राम्रो छ किनकि श्रीृसम्पत्तिले संवृध्द हँुदा मानिस धेरै घमण्डी र उन्मत्त भएको देख्न पाइन्छ ।।१९।।
हैहयो नहुषो वेनो रावणो नरकोऽपरे ।
श्रीमदाद् भ्रंशिताः स्थानाद् देवदैत्यनरेश्वराः ॥ २० ॥
हैहय, नहुष, वेन, रावण, नरकासुर आदि धेरै देवता, दैत्य र राजाहरू धनसम्पत्तिको घमण्डले मात्तिएर आफ्नो पदबाट गिरेकाछन् ।।२०।।
भवन्त एतद् विज्ञाय देहाद्युत्पाद्यमन्तवत् ।
मां यजन्तोऽध्वरैर्युक्ताः प्रजा धर्मेण रक्षथ ॥ २१ ॥
तिमीहरुले यो बुझ कि शरीर जसरी पैदा भएको छ त्यसरी नै यसको अवस्य नाश हुन्छ । त्यसैले सबै आशक्तिलाई त्यागेर, आफ्नो इन्द्रियलाई वशमा राखेर धर्मपूर्वक प्रजाको पालन गर ।।२१।।
संतन्वन्तः प्रजातन्तून् सुखं दुःखं भवाभवौ ।
प्राप्तं प्राप्तं च सेवन्तो मच्चित्ता विचरिष्यथ ॥ २२ ॥
अब तिमीहरुले आफ्नो वंशपराम्परालाई अगडि बढाएर आफ्नो भाग्य अनुसार सुख दुःखले जे प्राप्त हुन्छ त्यसैमा सन्तोष मानेर उपभोग गर्नु र आफ्नो मन ममा लगाएर जीवन बिताउनु ।।२२।।
उदासीनाश्च देहादौ आत्मारामा धृतव्रताः ।
मय्यावेश्य मनः सम्यङ् मामन्ते ब्रह्म यास्यथ ॥ २३ ॥
शरीर वा आफन्तहरूप्रति कुनै आसक्ति बिना उदासीन भएर आफूमै रमाएर शास्त्रले बताएका नियमलाई पालना गरेर ममा चित्त लगायौ भने अन्त्यकालमा तिमीहरुले म परमात्मालाई प्राप्त गर्नेछौ ।।२३।।
शुक उवाच–
इत्यादिश्य नृपान् कृष्णो भगवान् भुवनेश्वरः ।
तेषां न्ययुङ्क्त पुरुषान् स्त्रियो मज्जनकर्मणि ॥ २४ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे महाराज परीक्षित ! राजाहरूलाई यस्तो आदेश दिएपछि, जगतका मालिक भगवान कृष्णले राजाहरुको स्नान आदिमा सहयोग गर्नको लागि धेरै धेरै दाश दस–दासीहरूलाई खटाउनु भयो ।।२४।।.
सपर्यां कारयामास सहदेवेन भारत ।
नरदेवोचितैर्वस्त्रैर्भूषणैः स्रग्विलेपनैः ॥ २५ ॥
हे भरतवंशी ! त्यसपछि भगवान् श्रीकृष्णले जरासन्धका छोरा सहदेवलाई लगाएर ती राजाहरुलाई आवस्यक वस्त्र, गहना, माला, चन्दन आदि लागाइदिएर स्वागत गर्नुभयो ।।२५।।
भोजयित्वा वरान्नेन सुस्नातान् समलङ्कृतान् ।
भोगैश्च विविधैर्युक्तांस्तांबूलाद्यैर्नृपोचितैः ॥ २६ ॥
यसरी नुहाउने–धुवाउने गरी वस्त्रहरुले सजिएका ती राजाहरुलाई भगवान श्रीकृष्णले उनीहरुलाई उत्तम भोजन गराई जस्तै सुपारी आदिले सन्तुष्ट पार्नुभयो ।।२६।।
ते पूजिता मुकुन्देन राजानो मृष्टकुण्डलाः ।
विरेजुर्मोचिताः क्लेशात् प्रावृडन्ते यथा ग्रहाः ॥ २७ ॥
यसरी भगवान श्रीकृष्णबाट सम्मान पाएर कारागारको बन्धनबाट मुक्त भएका ती राजाहरु कानमा सुन्दर चम्किला कुण्डल लगाउँदा वर्षा ऋतुको अन्त्यकालका तारा जस्तै सुन्दर देखिन्थे ।।२७।।
रथान् सदश्वानारोप्य मणिकाञ्चनभूषितान् ।
प्रीणय्य सुनृतैर्वाक्यैः स्वदेशान् प्रत्ययापयत् ॥ २८ ॥
त्यसपछि भगवान श्रीकृष्णले उनीहरूलाई सुन र रत्नहरूले सजाइएको राम्रा राम्रा घोडाहरूले युक्त भएको रथमा चढाएर आ–आफ्नो देशमा पठाउनुभयो ।।२८।।
त एवं मोचिताः कृच्छ्रात् कृष्णेन सुमहात्मना ।
ययुस्तमेव ध्यायन्तः कृतानि च जगत्पतेः ॥ २९ ॥
यसरी ठुलो दुःख र पीडाबाट मुक्त भएका ती राजाहरू पनि भगवान कृष्णको रूप, गुण र लीलाहरूको बारेमा चिन्तन गर्दै आ–आफ्नो राजधानीतिर लागे ।।२९।।
जगदुः प्रकृतिभ्यस्ते महापुरुषचेष्टितम् ।
यथान्वशासद् भगवांस्तथा चक्रुरतन्द्रिताः ॥ ३० ॥
ती राजाहरु आ–आफ्नो देशमा पुगेर उनीहरूले आफ्ना प्रजाहरूलाई भगवानका अद्भुत अनुग्रह र दिव्य लीलाहरुको बारेमा बारेमा सुनाए र त्यसपछि धेरै सावधानीपूर्वक उनीहरूले भगवानको आदेश अनुसार आफ्नो जीवन बिताउन थाले। ३० ।
जरासन्धं घातयित्वा भीमसेनेन केशवः ।
पार्थाभ्यां संयुतः प्रायात् सहदेवेन पूजितः ॥ ३१ ॥
हे परीक्षित ! यसरी भीमसेनद्वारा जरासन्ध मारिएपछि भगवान श्रीकृष्ण सहदेवबाट पूजित हुनुभयो र वहाँ भीमसेन र अर्जुनलाई साथै लिएर इन्द्रप्रस्थका लागि हिड्नुभयो ।।३१।।
गत्वा ते खाण्डवप्रस्थं शङ्खान् दध्मुर्जितारयः ।
हर्षयन्तः स्वसुहृदो दुर्हृदां चासुखावहाः ॥ ३२ ॥
भगवान् इन्द्रप्रस्थ पुग्नुहुँदा सत्रुलाई जीतेका ती वीरहरूले आफ्ना मानिसलाई खुसी पार्दै शंखहरू बजाए । जुन शंख आफ्ना मित्रलाई आनन्द दिने र दुर्जनहरुका लागि दुःख लाग्ने थियो ।।३२।।
तच्छ्रुत्वा प्रीतमनस इन्द्रप्रस्थनिवासिनः ।
मेनिरे मागधं शान्तं राजा चाप्तमनोरथः ॥ ३३ ॥
शंखको आवाज सुनेर इन्द्रप्रस्थका बासिन्दाहरू आनन्दले धेरै खुसी भए । उनीहरुले त्यो शंखध्वनीलाई जरासन्धको नाश र राजा युधिष्ठिरको राजसूय यज्ञ पुरा हुने अर्थमा बुझे ।।३३।।
अभिवन्द्याथ राजानं भीमार्जुनजनार्दनाः ।
सर्वमाश्रावयाश्चक्रुः आत्मना यदनुष्ठितम् ॥ ३४ ॥
त्यसपछि भीमसेन र अर्जुनसंग इन्द्रपस्थ पुग्नुभएका भगवान कृष्णले युधिष्ठिरलाई अभिवादन गरेर जरासन्धसंग भएको युध्दको वृत्तान्त सुनाउनुभयो ।।३४।।
निशम्य धर्मराजस्तत् केशवेनानुकम्पितम् ।
आनन्दाश्रुकलां मुञ्चन् प्रेम्णा नोवाच किञ्चन ॥ ३५ ॥
भगवान श्रीकृष्णको जरासन्ध बध सम्बन्धि कुरा सुनेर युधिष्ठिर धेरै खुसी भए । भगवानसंगको प्रेमका कारण उनको आँखाबाट आँसु बग्न थाले त्यतिबेला उनले केही बोल्न सकेनन् ।।३५।।
इति श्रीमद्भोगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
कृष्णाद्यागमने नाम त्रिसप्ततितमोऽध्यायः ॥ ७३ ॥
