श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – चतुर्त्रिंशोऽध्यायः
शुक उवाच–
(अनुष्टुप्)
एकदा देवयात्रायां गोपाला जातकौतुकाः ।
अनोभिरनडुद्युक्तैः प्रययुस्तेऽम्बिकावनम् ॥१॥
एकपटक नन्द सहित गोपालहरु शिवरात्रीको अवसरमा शिवजीको पूजा गर्न भनी पालकीमा चढेर अम्बिका वनतिर लागे ।।१।।
तत्र स्नात्वा सरस्वत्यां देवं पशुपतिं विभुम् ।
आनर्चुरर्हणैर्भक्त्या देवीं च नृपतेऽम्बिकाम् ॥२॥
त्यहाँ उनीहरुले सरस्वती नदीमा स्नान गरेर भगवान शंकरजीको पूजा आराधना गरी भगवती अम्बिकाजीको पनि बडो भक्तिपूर्वक पूजा गरे ।।२।।
गावो हिरण्यं वासांसि मधु मध्वन्नमादृताः ।
ब्राह्मणेभ्यो ददुः सर्वे देवो नः प्रीयतामिति ॥३॥
त्यहाँ उनीहरुले ब्राह्मणलाई धेरै गाई, सुन, वस्त्र र अन्नहरू दिए र खाना खुवाए उनीहरूको इच्छा केवल भगवान शंकर प्रसन्न हुनुहोस् भन्ने थियो ।।३।।
ऊषुः सरस्वतीतीरे जलं प्राश्य यतव्रताः ।
रजनीं तां महाभागा नन्दसुनन्दकादयः ॥४॥
त्यो दिन नन्द, सुनन्दहरूले जल मात्र पिएर सरस्वती नदीको किनारमा उपवास बसेका थिए ।।४।।
कश्चिन्महानहिस्तस्मिन् विपिनेऽतिबुभुक्षितः ।
यदृच्छयाऽऽगतो नन्दं शयानमुरगोऽग्रसीत् ॥५॥
अम्बिका वनमा एउटा ठूलो अजिङ्गर रहन्थ्यो त्यसदिन त्यो अजिङ्गर भोकै रहेको थियो । त्यस दिन त्यो अजिङ्गर बाहिर निक्लेर सुतिरहेका नन्दजीलाई समात्यो ।।५।।
स चुक्रोशाहिना ग्रस्तः कृष्ण कृष्ण महानयम् ।
सर्पो मां ग्रसते तात प्रपन्नं परिमोचय ॥६॥
अजिङ्गरले समातेको देखेर नन्द बाबा डराउँदै भन्न लागे, हे छोरा कृष्ण यो अजिङ्गरले मलाई निल्न लागेको छ त्यसैले म तिम्रो शरणमा छु । तिमीले यस संकटबाट पार लगाउ ।।६।।
तस्य चाक्रन्दितं श्रुत्वा गोपालाः सहसोत्थिताः ।
ग्रस्तं च दृष्ट्वा् विभ्रान्ताः सर्पं विव्यधुरुल्मुकैः ॥७॥
नन्दबाबा यसरी कराएको सुनेर त्यहाँ भएका गोपहरु हडबडाउँदै उठेर उनीहरुले नन्द बाबालाई अजिङ्गरले समातिरहेको देखेर हडबडाउँदै बल्दो अगुल्टोले त्यो सर्पलाई हिर्काउन लागे ।।७।।
अलातैर्दह्यमानोऽपि नामुञ्चत्तमुरङ्गमः ।
तमस्पृशत् पदाभ्येत्य भगवान् सात्वतां पतिः ॥८॥
स वै भगवतः श्रीमत्पादस्पर्शहताशुभः ।
भेजे सर्पवपुर्हित्वा रूपं विद्याधरार्चितम् ॥९॥
बल्दो अगुल्टोले हिर्काउँदा सर्पलाई पोलिरहेको थियो । तापनि उसले नन्द बाबालाई छाडेन । त्यतिबेला भगवानले आफ्नो पाउले उसलाई छोइदिनुभयो । भगवानको चरणको स्पर्श पाएका कारण त्यो सर्प पनि आफ्नो अजिङ्गर रूपलाई छाडेर विद्याधरहरूद्वारा सेवा गरिएको दिव्यरूप प्राप्त गर्यो ।।८–९।।
तमपृच्छद्धृषीकेशः प्रणतं समवस्थितम् ।
दीप्यमानेन वपुषा पुरुषं हेममालिनम् ॥१०॥
दिव्य ज्योति प्राप्त गरेका कारण त्यस पुरुषको शरीर झलझलाकार थियो उसले सुनको हार लगाएको थियो यसरी आफ्नो अगाडि निउरिरहेको त्यस पुरुषलाई भगवान श्री कृष्णले बन्नुभयो ।।१०।।
को भवान् परया लक्ष्म्या रोचतेऽद्भुचतदर्शनः ।
कथं जुगुप्सितामेतां गतिं वा प्रापितोऽवशः ॥११॥
यो दिव्य रूप धारण गर्ने तिमी को हौ ? तिमी हेर्दा त एकदम अद्भुत देखिन्छौ तर पनि तिमीलाई यस्तो निन्दनीय अजिङ्गरको रूप कसरी प्राप्त भयो ? ।।११।।
सर्प उवाच–
अहं विद्याधरः कश्चित् सुदर्शन इति श्रुतः ।
श्रिया स्वरूपसम्पत्त्या विमानेनाचरं दिशः ॥१२॥
त्यो अजिङ्गरको शरीरबाट निक्लिएको पुरुषले भन्यो म सुदर्शन नाम गरेको विद्यादर हुँ । म आफ्ना वैभवले युक्त भएर विमानमा चढेर देश विदेशमा घुम्दथे ।।१२।।
ऋषीन् विरूपाङ्गिरसः प्राहसं रूपदर्पितः ।
तैरिमां प्रापितो योनिं प्रलब्धैः स्वेन पाप्मना ॥१३॥
मलाई आफ्नो रूपको धेरै घमण्ड थियो । त्यसैले मैले एकदिन अंगिरा गोत्री ऋषिहरुलाई मैले जिस्क्याएं सोही कारणबाट ऋषि रिसाउँनु भएर मलाई आफ्नो दुष्कर्मका कारण यो योनिमा पुर्याइदिनु भयो ।।१३।।
शापो मेऽनुग्रहायैव कृतस्तैः करुणात्मभिः ।
यदहं लोकगुरुणा पदा स्पृष्टो हताशुभः ॥१४॥
ती ऋषिहरूले ममाथि कृपा गरेर नै श्राप दिएका रहेछन् किनकि आज म स्वयं चराचर गुरुको चरण कमलको स्पर्श पाएर मेरा सारा पापहरु नष्ट हुन गएका छन् ।।१४।।
तं त्वाहं भवभीतानां प्रपन्नानां भयापहम् ।
आपृच्छे शापनिर्मुक्तः पादस्पर्शादमीवहन् ॥१५॥
मेरो आज सबै पापहरु नाश भएका कारणले म संसारबाट भयभीत भएर हजुरको चरणमाको चरणमा परेको छु । अब मलाई यी सबै भयबाट मुक्त गराइदिनुस् म हजुरसँग बिदा माग्दछु ।।१५।।
प्रपन्नोऽस्मि महायोगिन् महापुरुष सत्पते ।
अनुजानीहि मां देव सर्वलोकेश्वरेश्वर ॥१६॥
हे भक्त बत्सल ! हे महायोगी ! हे स्वयं प्रकाश परमात्मा ! म हजुरको शरणमा आएको छु । हे सम्पूर्ण लोकका स्वामी ! अब मलाई जाने अनुमति दिनुहोस् ।।१६।।
ब्रह्मदण्डाद् विमुक्तोऽहं सद्यस्तेऽच्युत दर्शनात् ।
यन्नाम गृह्णन्नखिलान् श्रोतॄनात्मानमेव च ।
सद्यः पुनाति किं भूयस्तस्य स्पृष्टः पदा हि ते ॥१७॥
हे भगवान हजुरको दर्शनमात्र पनि म ब्राह्मणको श्रापबाट मुक्त भएको छु । हजुरको नाम लिँदाखेरि नै मानिस सबै भयबाट मुक्त हुन्छ भने मैले त हजुरको पाउ छुन पाएको छु । त्यसकारण मेरो मुक्ति हुनुमा कुन ठूलो कुरा भयो र ।।१७।।
इत्यनुज्ञाप्य दाशार्हं परिक्रम्याभिवन्द्य च ।
सुदर्शनो दिवं यातः कृच्छ्रान्नन्दश्च मोचितः ॥१८॥
यसप्रकार सुदर्शनले भगवान श्रीकृष्णलाई बिन्ती गरेर उहाँको परिक्रम गरेर सबै भयबाट मुक्त भएर आकाशतिर गए । ।।१८।।
(वंशस्थ)
निशाम्य कृष्णस्य तदात्मवैभवं
व्रजौकसो विस्मितचेतसस्ततः ।
समाप्य तस्मिन् नियमं पुनर्व्रजं
नृपाययुस्तत् कथयन्त आदृताः ॥१९॥
हे राजन ! त्यहाँ भएका सबै ब्रजवासीहरूले भगवान श्रीकृष्णको सबै अद्भुत विभूतिलाई देखेर उनीहरू आश्चर्य चकित भए उनीहरू व्रतका नियम पालनाहरू पूरा गरेर त्यस विषयमा कुराकानी गर्दै फर्के ।।१९।।
(अनुष्टुप्)
कदाचिदथ गोविन्दो रामश्चाद्भु तविक्रमः ।
विजह्रतुर्वने रात्र्यां मध्यगौ व्रजयोषिताम् ॥२०॥
एक दिनको कुरो हो अद्भुत पराक्रम गर्ने भगवान श्रीकृष्ण र बलराम गोपिनीहरूको साथमा रहेर उनीहरूका बीच रात्रीको समयमा बिहार गर्न लाग्नु भएको थियो ।।२०।।
उपगीयमानौ ललितं स्त्रीजनैर्बद्धसौहृदैः ।
स्वलङ्कृतानुलिप्ताङ्गौ स्रग्विनौ विरजोऽम्बरौ ॥२१॥
त्यतिबेला भगवान श्रीकृष्णले पिताम्बर धारण गर्नुभएको थियो भने बलरामजीले निलाम्बर धारण गर्नुभएको थियो । उहाँहरु दुवैले गलामा सुन्दर हार र शरीरमा सुगन्धित चन्दन लगाउनु भएको थियो सुन्दर सुन्दर आभूषण गहनाहरु पहिरनु भएको थियो गोपिनीहरू बडो आनन्दले मिठो स्वरमा उहाँको गुणगान गरिरहेका थिए ।।२१।।
निशामुखं मानयन्तावुदितोडुपतारकम् ।
मल्लिकागन्धमत्तालि जुष्टं कुमुदवायुना ॥२२॥
जगतुः सर्वभूतानां मनःश्रवणमङ्गलम् ।
तौ कल्पयन्तौ युगपत् स्वरमण्डलमूर्च्छितम् ॥२३॥
त्यतिबेला साँझको समय थियो आकाशमा ताराहरू उदाउँदै थिए बेली चमेली आदिको फूलको सुगन्धले भमराहरू मात्तिएर उडिरहेका थिए त्यतिबेला भगवान श्रीकृष्ण र बलरामले सँगै मिलेर सम्पूर्ण प्राणीहरूलाई आनन्द दिने गीत गाउन थाल्नुभयो ।।२२,२३ ।।
गोप्यस्तद्गी तमाकर्ण्य मूर्च्छिता नाविदन् नृप ।
स्रंसद्दुकूलमात्मानं स्रस्तकेशस्रजं ततः ॥२४॥
हे महाराज परीक्षित ! श्रीकृष्ण र बलरामले गाएको गीत सुनेर गोपिनीहरु मख्खमा परेका थिए । उनीहरुले लगाएका साडी भुइँमा खसिरहेको थियो त्यसैगरी उनीहरूले कपालमा लगाएका फुल पनि खसिरहेको थियो । यस विषयमा गोपिनीहरुलाई कुनै ख्यालै थिएन ।।२४।।
एवं विक्रीडतोः स्वैरं गायतोः सम्प्रमत्तवत् ।
शङ्खचूड इति ख्यातो धनदानुचरोऽभ्यगात् ॥२५॥
यसरी श्रीकृष्ण बलराम दुवै भाइ स्वतन्त्र भएर खेल्दै गाइरहेको बेलामा शंकाचुड नाम गरेको यक्ष त्यहाँ आइपुग्यो ।।२५।।
तयोर्निरीक्षतो राजंस्तन्नाथं प्रमदाजनम् ।
क्रोशन्तं कालयामास दिश्युदीच्यामशङ्कितः ॥२६॥
हे परीक्षित ! श्री कृष्ण बलरामले हेर्दाहेर्दै त्यस शङ्खचुडले गोपिनीहरूलाई उठाएर उत्तरतिरको बाटो लिएर गयो । त्यतिबेला गोपिनी हरु आफ्नो रक्षक श्रीकृष्णलाई सम्झेर रोइरहेका थिए ।।२६।।
क्रोशन्तं कृष्ण रामेति विलोक्य स्वपरिग्रहम् ।
यथा गा दस्युना ग्रस्ता भ्रातरावन्वधावताम् ॥२७॥
जसरी डाकुहरुले गाईलाई लुटेर जाँदा गाईहरू कराउँछन् त्यसैगरी ती गोपीहरू पनि बलराम र श्रीकृष्णको नाम लिँदै कराउँदै थिए । त्यो देखेर दुवै दाजुभाइ शंखचुडलाई लखेट्दै दौडनुभयो ।।२७।।
मा भैष्टेत्यभयारावौ शालहस्तौ तरस्विनौ ।
आसेदतुस्तं तरसा त्वरितं गुह्यकाधमम् ॥२८॥
श्रीकृष्ण र बलराम दुवै भाइले तिमीहरु नडराउ नडराउ भन्दै हातमा सालको वृक्ष लिएर क्षणभरमै त्यस यक्षको नजिक पुग्नुभयो ।।२८।।
स वीक्ष्य तावनुप्राप्तौ कालमृत्यू इवोद्विजन् ।
विषृज्य स्त्रीजनं मूढः प्राद्रवज्जीवितेच्छया ॥२९॥
यता त्यो शंखचुडले काल र मृत्यु भए जसरी नै दुवै दाजुभाई आफ्नो पछाडि आइरहेको देखेर डराउँदै उसले गोपिनीहरुलाई छोडिदियो र आफ्नो प्राण बचाउनको लागि त्यहाँबाट भाग्यो ।।२९।।
तमन्वधावद् गोविन्दो यत्र यत्र स धावति ।
जिहीर्षुस्तच्छिरोरत्नं् तस्थौ रक्षन् स्त्रियो बलः ॥३०॥
बलरामजी ती गोपिनीहरूको रक्षाको लागि उनीहरूसँगै उभिनुभयो भने श्रीकृष्ण भगवान त्यस शङ्खचुडको शिरको मणि हर्ने इच्छाले उसको पछि पछि दौडिनु भयो ।।३०।।
अविदूर इवाभ्येत्य शिरस्तस्य दुरात्मनः ।
जहार मुष्टिनैवाङ्ग सहचूडामणिं विभुः ॥३१॥
हे महाराज परीक्षित ! केहीबेरमै भगवान श्रीकृष्णले उसको नजिकै गएर त्यस दुष्टको शिरमा मुक्का प्रहार गर्नुभयो र मणीको साथै उसको शिरलाई पनि अलग गरिदिनुभयो ।।३१।।
शङ्खचूडं निहत्यैवं मणिमादाय भास्वरम् ।
अग्रजायाददात् प्रीत्या पश्यन्तीनां च योषिताम् ॥३२॥
यस प्रकार भगवानले शंखचुडलाई मारेर त्यो चम्किलो मणि लिएर फर्केर आउनुभयो । गोपिनीहरूका अगाडि नै उहाँले त्यो मणि आफ्ना दाजु बलरामलाई दिनुभयो ।।३२।।
इति श्रीमद्भा गवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे शंखचूडवधोनाम चतुर्त्रिंशोऽध्यायः ॥३४॥