(अनुष्टुप्)
एकदा
देवयात्रायां गोपाला जातकौतुकाः ।
अनोभिरनडुद्युक्तैः
प्रययुस्तेऽम्बिकावनम् ॥ १ ॥
नेपाली
भावानुवादः एकपटक नन्दबाबा लगायतका गोपगणहरू
शिवरात्रिको अवसरमा महादेवको पूजा गर्ने उत्सवका लागि निकै उत्सुक भए। उनीहरू
गोरुगाडामा चढेर अम्बिका वनतर्फ लागे ।। १ ।।
तत्र
स्नात्वा सरस्वत्यां देवं पशुपतिं विभुम् ।
आनर्चुरर्हणैर्भक्त्या
देवीं च नृपतेऽम्बिकाम् ॥ २ ॥
नेपाली
भावानुवादः हे राजन्! त्यहाँ उनीहरूले सरस्वती
नदीमा स्नान गरेर सर्वशक्तिमान् भगवान् पशुपति र भगवती अम्बिकाको बडो भक्तिपूर्वक
नाना प्रकारका पूजन सामग्रीद्वारा पूजा-आराधना गरे ।। २ ।।
गावो
हिरण्यं वासांसि मधु मध्वन्नमादृताः ।
ब्राह्मणेभ्यो
ददुः सर्वे देवो नः प्रीयतामिति ॥ ३ ॥
नेपाली
भावानुवादः त्यहाँ उनीहरूले "भगवान् हामीमाथि
प्रसन्न हुनुहोस्" भन्ने कामनाका साथ ब्राह्मणहरूलाई आदरपूर्वक गाई, सुन, वस्त्र र महका साथै
स्वादिष्ट अन्नहरू दान गरे ।। ३ ।।
ऊषुः
सरस्वतीतीरे जलं प्राश्य यतव्रताः ।
र
जनीं
तां महाभागा नन्दसुनन्दकादयः ॥ ४ ॥
नेपाली
भावानुवादः ती परम भाग्यशाली नन्द, सुनन्द आदिले नियमपूर्वक व्रत धारण गरी केवल
जल मात्र पान गरेर त्यो रात सरस्वती नदीकै किनारमा बिताए ।। ४ ।।
कश्चिन्महानहिस्तस्मिन्
विपिनेऽतिबुभुक्षितः ।
यदृच्छयाऽऽगतो
नन्दं शयानमुरगोऽग्रसीत् ॥ ५ ॥
नेपाली
भावानुवादः त्यसै वनमा एउटा अति भोको र विशाल
अजिङ्गर रहन्थ्यो। संयोगवश त्यहाँ आएको त्यस सर्पले सुतिरहेका नन्दबाबालाई निल्न
थाल्यो ।। ५ ।।
स
चुक्रोशाहिना ग्रस्तः कृष्ण कृष्ण महानयम् ।
सर्पो
मां ग्रसते तात प्रपन्नं奔परिमोचय
॥ ६ ॥
नेपाली
भावानुवादः अजिङ्गरद्वारा समातिएपछि नन्दबाबाले
चिच्याउँदै भन्नुभयो— "हे कृष्ण! हे
कृष्ण! हे पुत्र! यो ठूलो सर्पले मलाई निल्दै छ, म तिम्रो
शरणमा छु, मलाई यस संकटबाट मुक्त गर" ।। ६ ।।
तस्य
चाक्रन्दितं श्रुत्वा गोपालाः सहसोत्थिताः ।
ग्रस्तं
च दृष्ट्वा विभ्रान्ताः सर्पं विव्यधुरुल्मुकैः ॥ ७ ॥
नेपाली
भावानुवादः नन्दबाबाको त्यो चित्कार सुनेर
गोपहरु हठात् ब्युँझिए। उनलाई अजिङ्गरले समातेको देखेर उनीहरू अत्तालिए र बल्दो
अगुल्टोले त्यस सर्पलाई प्रहार गर्न थाले ।। ७ ।।
अलातैर्दह्यमानोऽपि
नामुञ्चत्तमुरङ्गमः ।
तमस्पृशत्
पदाभ्येत्य भगवान् सात्वतां पतिः ॥ ८ ॥
स
वै भगवतः श्रीमत्पादस्पर्शहताशुभः ।
भेजे
सर्पवपुर्हित्वा रूपं विद्याधरार्चितम् ॥ ९ ॥
नेपाली
भावानुवादः बल्दो अगुल्टोले पोल्दा पनि त्यस
सर्पले नन्दबाबालाई छोडेन। तब भक्तवत्सल भगवान् श्रीकृष्णले त्यहाँ आएर आफ्नो
चरणले त्यसलाई स्पर्श गर्नुभयो। भगवान्को श्रीचरणको स्पर्शबाट उसका सारा अशुभहरू
नष्ट भए र उसले सर्पको शरीर त्यागेर विद्याधरहरूद्वारा वन्दित दिव्य रूप प्राप्त
गर्यो ।। ८-९ ।।
तमपृच्छद्धृषीकेशः
प्रणतं समवस्थितम् ।
दीप्यमानेन
वपुषा पुरुषं हेममालिनम् ॥ १० ॥
नेपाली
भावानुवादः स्वर्णमाला धारण गरेको र देदीप्यमान
शरीर भएको त्यस पुरुषले भगवान्का अगाडि झुकेर प्रणाम गर्यो। तब हृषीकेश भगवान्
श्रीकृष्णले उसलाई सोध्नुभयो ।। १० ।।
को
भवान् परया लक्ष्म्या रोचतेऽद्भुचतदर्शनः ।
कथं
जुगुप्सितामेतां गतिं वा प्रापितोऽवशः ॥ ११ ॥
नेपाली
भावानुवादः परम शोभाले युक्त देखिने अद्भुत
दर्शन भएका तिमी को हौ? तिमीजस्तो दिव्य
पुरुष कसरी यस निन्दनीय सर्प योनिमा पर्न गयौ? ।। ११ ।।
सर्प
उवाच–
अहं
विद्याधरः कश्चित् सुदर्शन इति श्रुतः ।
श्रिया
स्वरूपसम्पत्त्या विमानेनाचरं दिशः ॥ १२ ॥
नेपाली
भावानुवादः त्यस पुरुषले भन्यो— "म सुदर्शन नामको विद्याधर हुँ। म आफ्नो
ऐश्वर्य र रूपको सम्पन्नताका कारण विमानमा चढेर दिशा-दिशाहरूमा विचरण गर्ने
गर्दथेँ" ।। १२ ।।
ऋषीन्
विरूपाङ्गिरसः प्राहसं रूपदर्पितः ।
तैरिमां
प्रापितो योनिं प्रलब्धैः स्वेन पाप्मना ॥ १३ ॥
नेपाली
भावानुवादः आफ्नो रूपको घमण्डले गर्दा मैले
एकपटक अङ्गिरा गोत्रीय कुरुप देखिने ऋषिहरूको उपहास गरेँ। मेराे त्यसै अपराध र
दुष्कर्मका कारण ती ऋषिहरूले मलाई यो सर्प योनिमा पुर्याइदिनुभयो ।। १३ ।
।
शापो
मेऽनुग्रहायैव कृतस्तैः करुणात्मभिः ।
यदहं
लोकगुरुणा पदा स्पृष्टो हताशुभः ॥ १४ ॥
नेपाली
भावानुवादः ती दयालु ऋषिहरूले मलाई दिएको श्राप
वास्तवमा मेरो कल्याणकै लागि रहेछ,
जसका कारण आज जगद्गुरु हजुरको चरणकमलको स्पर्श पाएर मेरा समस्त
पापहरु नष्ट भए ।। १४ ।।
तं
त्वाहं भवभीतानां प्रपन्नानां भयापहम् ।
आपृच्छे
शापनिर्मुक्तः पादस्पर्शादमीवहन् ॥ १५ ॥
नेपाली
भावानुवादः हे पापविनाशक! हजुरको चरणको स्पर्शले
म श्रापबाट मुक्त भएको छु। संसारको भयबाट त्रसित भई शरणमा आउनेहरूको भय हर्ने
हजुरसँग म अब बिदा माग्दछु ।। १५ ।।
प्रपन्नोऽस्मि
महायोगिन् महापुरुष सत्पते ।
अनुजानीहि
मां देव सर्वलोकेश्वरेश्वर ॥ १६ ॥
नेपाली
भावानुवादः हे महायोगिन्! हे महापुरुष! हे
सत्पुरुषहरूका स्वामी! म हजुरको शरणमा छु। हे सर्वेश्वर! मलाई जाने अनुमति
दिनुहोस् ।। १६ ।।
ब्रह्मदण्डाद्
विमुक्तोऽहं सद्यस्तेऽच्युत दर्शनात् ।
यन्नाम
गृह्णन्नखिलान् श्रोतॄनात्मानमेव च ।
सद्यः
पुनाति किं भूयस्तस्य स्पृष्टः पदा हि ते ॥ १७ ॥
नेपाली
भावानुवादः हे अच्युत! हजुरको दर्शनले म तत्कालै
ब्रह्मदण्डबाट मुक्त भएँ। जसको नाम मात्र लिनाले उच्चारण गर्ने र सुन्ने दुवै
पवित्र हुन्छन् भने साक्षात् हजुरको चरणको स्पर्श पाउने मेरो मुक्तिको बारेमा त
भन्नु नै के छ र? ।। १७ ।।
इत्यनुज्ञाप्य
दाशार्हं परिक्रम्याभिवन्द्य च ।
सुदर्शनो
दिवं यातः कृच्छ्रान्नन्दश्च मोचितः ॥ १८ ॥
नेपाली
भावानुवादः यसरी भगवान् श्रीकृष्णको अनुमति लिएर, उहाँलाई परिक्रमा र वन्दना गरी सुदर्शन
स्वर्गलोक प्रस्थान गरे। नन्दबाबा पनि त्यस कष्टबाट मुक्त हुनुभयो ।। १८ ।।
(वंशस्थ)
निशाम्य
कृष्णस्य तदात्मवैभवं
व्रजौकसो
विस्मितचेतसस्ततः ।
समाप्य
तस्मिन् नियमं पुनर्व्रजं
नृपाययुस्तत्
कथयन्त आदृताः ॥ १९ ॥
नेपाली
भावानुवादः हे राजन्! श्रीकृष्णको त्यो अद्भुत
प्रभाव देखेर व्रजवासीहरू आश्चर्यचकित भए। उनीहरूले आफ्ना नियमहरू पूरा गरे र
बाटोभरि त्यसै घटनाको चर्चा गर्दै आदरपूर्वक व्रज फर्किए ।। १९ ।।
(अनुष्टुप्)
कदाचिदथ
गोविन्दो रामश्चाद्भुतविक्रमः ।
विजह्रतुर्वने
रात्र्यां मध्यगौ व्रजयोषिताम् ॥ २० ॥
नेपाली
भावानुवादः एक समयको कुरा हो, अद्भुत पराक्रम भएका श्रीकृष्ण र बलराम
गोपिनीहरूको साथमा रात्रिको समयमा वनमा विहार गर्दै हुनुहुन्थ्यो ।। २० ।।
उपगीयमानौ
ललितं स्त्रीजनैर्बद्धसौहृदैः ।
स्वलङ्कृतानुलिप्ताङ्गौ
स्रग्विनौ विरजोऽम्बरौ ॥ २१ ॥
नेपाली
भावानुवादः उहाँहरू दुवैले सुन्दर वस्त्र र माला
धारण गर्नुभएको थियो भने शरीरमा चन्दनको लेप लगाउनुभएको थियो। प्रेमपाशमा बाँधिएका
गोपिनीहरूले मधुर स्वरमा उहाँहरूको गुणगान गाइरहेका थिए ।। २१ ।।
निशामुखं
मानयन्तावुदितोडुपतारकम् ।
मल्लिकागन्धमत्तालि
जुष्टं कुमुदवायुना ॥ २२ ॥
जगतुः
सर्वभूतानां मनःश्रवणमङ्गलम् ।
तौ
कल्पयन्तौ युगपत् स्वरमण्डलमूर्च्छितम् ॥ २३ ॥
नेपाली
भावानुवादः चन्द्रमा र ताराहरू उदाएको, मल्लिकाको सुगन्धले भमराहरू मत्त भएको र
कुमुदिनीको सुवास बोकेको मन्द पवन चलिरहेको त्यो सन्ध्याकालमा श्रीकृष्ण र बलरामले
समस्त प्राणीको मन र कानलाई आनन्द दिने गरी रागहरू अलाप्दै सङ्गीत गाउनुभयो ।।
२२-२३ ।।
गोप्यस्तद्गीतमाकर्ण्य
मूर्च्छिता नाविदन् नृप ।
स्रंसद्दुकूलमात्मानं
स्रस्तकेशस्रजं ततः ॥ २४ ॥
नेपाली
भावानुवादः हे राजन्! त्यो गीत सुनेर गोपिनीहरू
यति तन्मय भए कि उनीहरूलाई आफ्नै सुधबुध रहेन। उनीहरूका वस्त्रहरू खुकुला भए र
केशबाट मालाहरू खस्न थालेको पनि उनीहरूले पत्तो पाएनन् ।। २४ ।।
एवं
विक्रीडतोः स्वैरं गायतोः सम्प्रमत्तवत् ।
शङ्खचूड
इति ख्यातो धनदानुचरोऽभ्यगात् ॥ २५ ॥
नेपाली
भावानुवादः यसरी भगवान्हरू आनन्दपूर्वक गायन र
विहारमा मग्न भइरहेका बेला कुबेरको सेवक शङ्खचूड नामको यक्ष त्यहाँ आइपुग्यो ।। २५
।।
तयोर्निरीक्षतो
राजंस्तन्नाथं प्रमदाजनम् ।
क्रोशन्तं
कालयामास दिश्युदीच्यामशङ्कितः ॥ २६ ॥
नेपाली
भावानुवादः हे राजन्! श्रीकृष्ण र बलरामको
सामुन्ने नै त्यस निर्लज्ज यक्षले ती गोपिनीहरूलाई लखेट्दै उत्तर दिशातिर लैजान
थाल्यो। ती गोपिनीहरू असहाय भई चिच्याउन थाले ।। २६ ।।
क्रोशन्तं
कृष्ण रामेति विलोक्य स्वपरिग्रहम् ।
यथा
गा दस्युना ग्रस्ता भ्रातरावन्वधावताम् ॥ २७ ॥
नेपाली
भावानुवादः आफ्ना भक्तहरू "हे कृष्ण! हे
राम!" भन्दै रोइरहेको देखेर, जसरी डाकुले गाईहरू लैजाँदा मालिक पछि लाग्छ, त्यसरी
नै दुवै दाजुभाइ त्यसको पछि दौडिनुभयो ।। २७ ।।
मा
भैष्टेत्यभयारावौ शालहस्तौ तरस्विनौ ।
आसेदतुस्तं
तरसा त्वरितं गुह्यकाधमम् ॥ २८ ॥
नेपाली
भावानुवादः "नडराओ, नडराओ" भन्दै अभयदान दिँदै, हातमा सालको वृक्ष
लिएर ती दुवै पराक्रमी दाजुभाइ छिट्टै त्यस नीच यक्षको नजिक पुग्नुभयो ।। २८ ।।
स
वीक्ष्य तावनुप्राप्तौ कालमृत्यू इवोद्विजन् ।
विषृज्य
स्त्रीजनं मूढः प्राद्रवज्जीवितेच्छया ॥ २९ ॥
नेपाली
भावानुवादः आफ्नो पछाडि काल र मृत्युसमान दुई
दाजुभाइ आएको देखेर डराएको त्यस मूर्ख यक्षले गोपिनीहरूलाई त्यहीँ छोडिदियो र
प्राण जोगाउन भाग्यो ।। २९ ।।
तमन्वधावद्
गोविन्दो यत्र यत्र स धावति ।
जिहीर्षुस्तच्छिरोरत्नं
तस्थौ रक्षन् स्त्रियो बलः ॥ ३० ॥
नेपाली
भावानुवादः त्यसको शिरको रत्न लिने इच्छाले
भगवान् श्रीकृष्ण त्यसको पछि लाग्नुभयो भने बलरामजी चाहिँ ती गोपिनीहरूको रक्षाका
लागि त्यहीँ बस्नुभयो ।। ३० ।।
अविदूर
इवाभ्येत्य शिरस्तस्य दुरात्मनः ।
जहार
मुष्टिनैवाङ्ग सहचूडामणिं विभुः ॥ ३१ ॥
नेपाली
भावानुवादः थोरै टाढा पुगेपछि भगवान्
श्रीकृष्णले त्यस दुरात्मालाई भेटाउनुभयो र एउटै मुड्कीको प्रहारले चूडामणिसहित
त्यसको शिर अलग गरिदिनुभयो ।। ३१ ।।
शङ्खचूडं
निहत्यैवं मणिमादाय भास्वरम् ।
अग्रजायाददात्
प्रीत्या पश्यन्तीनां च योषिताम् ॥ ३२ ॥
नेपाली
भावानुवादः यसरी शङ्खचूडको वध गरेर भगवान्ले
त्यो चम्किलो मणि ल्याउनुभयो र गोपिनीहरूकै सामुन्ने प्रेमपूर्वक आफ्ना दाजु
बलरामलाई दिनुभयो ।। ३२ ।।
इति
श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे पूर्वार्धे शङ्खचूडवधो
नाम चतुर्त्रिंशोऽध्यायः ॥ ३४ ॥
No comments:
Post a Comment