#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः –अथाष्टपञ्चाशत्तमोऽध्यायः

 
श्रीमद्‌भागवत महापुराण

दशमस्कन्धः –अथाष्टपञ्चाशत्तमोऽध्यायः 



श्रीशुक उवाच– 
(अनुष्टुप्)
एकदा पाण्डवान् द्रष्टुं प्रतीतान् पुरुषोत्तमः ।
इन्द्रप्रस्थं गतः श्रीमान् युयुधानादिभिर्वृतः ॥ १ ॥
श्रीशुकदेवजीले भन्नुभयो– हे महाराज परीक्षित ! श्रीकृष्णलाई पाण्डवहरू लक्षागृहमा मारिएका छैनन् भन्ने थाहा भएपछि वहाँ सात्यकि आदि यदुवंशीलाई साथै लिएर इन्द्रपस्थमा जानुभयो ।।१।।
दृष्ट्वा  तमागतं पार्था मुकुन्दमखिलेश्वरम् ।
उत्तस्थुर्युगपद् वीराः प्राणा मुख्यमिवागतम् ॥ २ ॥
सर्वेश्वर भगवान् यसरी आउनु भएको देखेर प्राण संचार भएपछि इन्द्रिय जाग्रित भए झैं श्रीकृष्ण आउनु भएको देखेर पाण्डवहरूमा उमंगताका साथ आसनबाट उठे ।।२।।
परिष्वज्याच्युतं वीरा अङ्‌गसङ्‌गहतैनसः ।
सानुरागस्मितं वक्त्रं वीक्ष्य तस्य मुदं ययुः ॥ ३ ॥
वीर पाण्डवहरूले भगवान् लाई अंकमाल गरे । भगवान् संग अंग श्पर्ष हुँदा उनीहरूको सबै पाप नष्ट भयो । भगवान्को मन्दमुस्कानले भरिएको अनुहार देखेर उनीहरूलाई धेरै आनन्दित भए ।।३।।
युधिष्ठिरस्य भीमस्य कृत्वा पादाभिवन्दनम् ।
फाल्गुनं परिरभ्याथ यमाभ्यां चाभिवन्दितः ॥ ४ ॥
भगवान् श्रीकृष्णले युधिष्टिर, भीमसेनको चरणमा अभिवानदन गर्नुभयो  र अर्जुनलाई आलिंगन गर्नुभयो । नकुल र सहदेवले पनि भगवानलाई प्रणाम गरे ।।४।।
परमासन आसीनं कृष्णा कृष्णमनिन्दिता ।
नवोढा व्रीडिता किञ्चिच्छनैरेत्याभ्यवन्दत ॥ ५ ॥
भगवान् उत्तम आसनमा बस्नु भएका बखतमा श्याम वर्ण भएकी नव विवाहिता द्रौपदीले केही लजाउदै भगवानलाई अभिवादन गरिन् ।।५।।
तथैव सात्यकिः पार्थैः पूजितश्चाभिवन्दितः ।
निषसादासनेऽन्ये च पूजिताः पर्युपासत ॥ ६ ॥
त्यसैगरी पाण्डवले सात्यकिलाई पनि पूजा गरे र पाण्डवहरूद्वारा यथायोग्य सम्मान पाएर आसनमा बसे अरू यदुवंशीहरू पनि नजिकै आसनमा बसे ।।६।।
(मिश्र)
पृथां समागत्य कृताभिवादन(
     स्तयातिहार्दार्द्रदृशाभिरम्भितः ।
आपृष्टवांस्तां कुशलं सहस्नुषां
     पितृष्वसारं परिपृष्टबान्धवः ॥ ७ ॥
त्यसपछि भगवान श्रीकृष्ण आफ्नी फुपु कुन्तिी नजिक गएर वहाँलाई प्रणाम गर्नुभयो । कुन्तिले पनि खुसि हुँदै प्रेमले भरिएको हर्षाश्रुले भगवान्लाई अंकमाल गरेर कुशल मंगलका बारेमा सोधपुछ गरिन् ।।७।।
(अनुष्टुप्)
तमाह प्रेमवैक्लव्यरुद्धकण्ठाश्रुलोचना ।
स्मरन्ती तान् बहून् क्लेशान् क्लेशापायात्मदर्शनम् ॥ ८ ॥
कुन्ति अत्यन्त प्रेमले विह्वल भएका कारण उनको आँखाबाट आँसु बगिरहेको थियो । उनलाई आफ्नो पहिलाको दुःखको याद आयो । तैपनि आफुलाई सम्हालेर श्रीकृृष्णलाई भनिन् ।।८।।
तदैव कुशलं नोऽभूत् सनाथास्ते कृता वयम् ।
ज्ञातीन् नः स्मरता कृष्ण भ्राता मे प्रेषितस्त्वया ॥ ९ ॥
हे भगवान् ! जुन बखतमा हजुरले हाम्रो हालखवर बुझ्न अक्रुरलाई पठाउनु भएको थियो त्यसै समय देखिनै हाम्रो कल्याण भएको छ । हामी सनाथ भएका छौं ।।९।।
न तेऽस्ति स्वपरभ्रान्तिर्विश्वस्य सुहृदात्मनः ।
तथापि स्मरतां शश्वत् क्लेशान् हंसि हृदि स्थितः ॥ १० ॥
हे कृष्ण ! हजुर सम्पूर्ण जगतका आत्मा एवं हितैषि हुनुहुन्छ । हजुरमा कुनै आफ्नो अरूको भन्ने छैन । यति हुँदा हुँदैपनि जसले हजुरलाई सम्झन्छन् पुकार गर्दछन् भने हजुर उनीहरूको हृदयमा गएर बस्नुहुन्छ र उसका सबै दुःख सदाका लागि नष्ट गरिदिनु हुन्छ ।।१०।।
युधिष्ठिर उवाच–
किं न आचरितं श्रेयो न वेदाहमधीश्वर ।
योगेश्वराणां दुर्दर्शो यन्नो दृष्टः कुमेधसाम् ॥ ११ ॥
युधिष्ठिरले सोधे– हे कृष्ण ! हामीले पहिलो जन्ममा कुन त्यस्तो शुभकर्म गरेका रहेछौं, जसले गर्दा ठुला ठुला योगीहरूले पनि कुस्किलैले प्राप्त गर्न सक्ने हजुरलाई आज  हामीले  सजिलैसंग आफ्नै घरमा दर्शन गर्न पाएका छौं ।।११।।
इति वै वार्षिकान् मासान् राज्ञा सोऽभ्यर्थितः सुखम् ।
जनयन् नयनानन्दमिन्द्रप्रस्थौकसां विभुः ॥ १२ ॥
यसरी राजा युधिष्ठिरले भगवानलाई धेरै सम्मान गरे र केही दिन त्यहाँ बस्नको लागि प्रार्थना गरे । त्यसपछि भगवान कृष्णले इन्द्रप्रस्थका नर नारीहरूलाई आफ्नो सौन्दर्यको मिठासले आनन्द प्रदान गर्दै वर्षा ऋतुका चार महिनासम्म खुशीसाथ त्यहाँ बस्नुभयो ।।१२।। 
एकदा रथमारुह्य विजयो वानरध्वजम् ।
गाण्डीवं धनुरादाय तूणौ चाक्षयसायकौ ॥ १३ ॥
साकं कृष्णेन सन्नद्धो विहर्तुं विपिनं वनम् ।
बहुव्यालमृगाकीर्णं प्राविशत् परवीरहा ॥ १४ ॥
हे परीक्षित् ! एक पटक वीर अर्जुन गाण्डिव धनुष र अक्षय बाण भएको दुईवटा ठोक्रा लिएर भगवान कृष्णसँगै कवच धारण गरेर हनुमानको चिन्ह भएको झण्डा भएको रथमा सवार भए । सबै वीर योद्धाहरूको संहारकर्ता अर्जुन त्यो घना जंगलमा शिकार गर्न गए, जुन सिंह, बाघ आदि जस्ता धेरै भयानक जनावरहरूले भरिएको थियो ।।१३–१४ ।। 
तत्राविध्यच्छरैर्व्याघ्रान् शूकरान् महिषान् रुरून् ।
शरभान् गवयान् खड्गान् हरिणाञ्छशशल्लकान् ॥ १५ ॥
त्यहाँ उनले बाघ, बँदेल, भैंसी, कालो मृग, शरभ,  गैंडा, मृग, खरायो र शालक आदि जस्ता धेरै जनावरहरू माथि ताकेर आफ्नो वाण प्रहार गरे ।।१५।। 
तान् निन्युः किङ्‌करा राज्ञे मेध्यान् पर्वण्युपागते ।
तृट्परीतः परिश्रान्तो बिभत्सुर्यमुनामगात् ॥ १६ ॥
अर्जुनले आफुले शिकार गरेका जनावर मध्दे आफुले योग्य ठानेका पशु सेवक हरूदवारा राजा युधिष्ठिरकहाँ पुर्याए । यसरी शिकार गर्दा अर्जुन थाके । उनलाई पानी प्यास लागेका कारण यमुनाको किनारमा गए ।।१६।। 
तत्रोपस्पृश्य विशदं पीत्वा वारि महारथौ ।
कृष्णौ ददृशतुः कन्यां चरन्तीं चारुदर्शनाम् ॥ १७ ॥
भगवान कृष्ण र अर्जुन दुवै महान् योद्धाहरूले यमुना नदीमा हातखुट्टा धोए । त्यहाँको शुद्ध पानी पिएर यमुनाको किनारमा बस्नु भएका बखतमा श्रीकृष्णले त्यहाँ एक अत्यन्तै सुन्दर युवती तपस्या गरेर बसिरहेको देख्नुभयो ।।१७।। 
तामासाद्य वरारोहां सुद्विजां रुचिराननाम् ।
पप्रच्छ प्रेषितः सख्या फाल्गुनः प्रमदोत्तमाम् ॥ १८ ॥
त्यो महान सुन्दरीको तिघ्रा, दाँत र अनुहार अत्यन्तै सुन्दर थियो । यो देखेर उनको हालखबर बुझ्न अर्जुनलाई त्यहाँ पठाउनु भयो । अर्जुनले उनीकहाँ गएर सोधे ।।१८।।  
का त्वं कस्यासि सुश्रोणि कुतो वा किं चिकीर्षसि ।
मन्ये त्वां पतिमिच्छन्तीं सर्वं कथय शोभने ॥ १९ ॥
हे सुन्दरी ! तिमी को हौ? तिमी कसकी छोरी हौ? कहाँबाट आएकी हौं ? तिम्रो इच्छा के हो ? मलाई लाग्छ तिमी आफ्ना लागि उपयुक्त वरको खोजिमा छ्यौ ।।१९।।
कालिन्द्युवाच (
अहं देवस्य सवितुर्दुहिता पतिमिच्छती ।
विष्णुं वरेण्यं वरदं तपः परममास्थितः ॥ २० ॥
कालिन्दीले भनिन् – ’म भगवान सूर्यकी छोरी हुँ । म परम कृपालु भगवान विष्णुलाई मेरो पतिको रूपमा प्राप्त गर्न चाहन्छु र यसैकारण म यो कठोर तपस्या गर्दैछु। २० ।। 
नान्यं पतिं वृणे वीर तमृते श्रीनिकेतनम् ।
तुष्यतां मे स भगवान् मुकुन्दोऽनाथसंश्रयः ॥ २१ ॥
हे अर्जुन ! म लक्ष्मीको परम आश्रयस्थल भगवान बाहेक अरू कसैलाई आफ्नो पति बनाउन सक्दिन । अनाथहरूको एकमात्र सहारा र प्रेमका खानी भएका भगवान श्रीकृष्ण मसँग प्रसन्न होऊन् ।।२१।। 
कालिन्दीति समाख्याता वसामि यमुनाजले ।
निर्मिते भवने पित्रा यावदच्युतदर्शनम् ॥ २२ ॥
मेरो नाम कालिन्दी हो । मेरा पिताजी सूर्यले मेरा लागि यमुनाको जलमा एक भवन  बनाइदिनु भएको छ, म त्यहीँ बस्छु । जबसम्म म भगवान् श्रीकृष्णको दर्शन हुदैन त्यतिबेला सम्म म यहीं बस्नेछु ।।२२।। 
तथावदद् गुडाकेशो वासुदेवाय सोऽपि ताम् ।
रथमारोप्य तद् विद्वान् धर्मराजमुपागमत् ॥ २३ ॥
अर्जुन भगवान कृष्णको नजिक गएर ती केटीको सबै हालखवर बताए । हुन त श्रीकृष्णलाई यो सबै कुराको बारेमा आफंै जनान्नुहुन्थ्यो, त्यसपछि वहाँले कालिन्दीलाई आफ्नो रथमा राखेर धर्मराज युधिष्ठिरकहाँ ल्याउनु भयो ।।२३।।
यदैव कृष्णः सन्दिष्टः पार्थानां परमाद्‌भुतम् ।
कारयामास नगरं विचित्रं विश्वकर्मणा ॥ २४ ॥
यसपछि, पाण्डवहरूको आाग्रहमा भगवान श्रीकृष्णले विश्वकर्माद्वारा पाण्डवहरूको बसोबासको लागि एक धेरै विचित्र र अनौठो शहर निर्माण गराउनुभयो ।।२४।।
भगवांस्तत्र निवसन् स्वानां प्रियचिकीर्षया ।
अग्नये खाण्डवं दातुमर्जुनस्यास सारथिः ॥ २५ ॥
यस पटक धेरै दिन सम्म त्यहाँ रहेर पाण्डवहरूलाई आनन्द दिलाउनु भयो । यसैबीच भगवान् अग्निदेवलाई खाण्डव वनमा लैजान अर्जुनको सारथी पनि बन्नुभयो ।।२५।। 
सोऽग्निस्तुष्टो धनुरदाद्धयाञ्छ्वे तान् रथं नृप ।
अर्जुनायाक्षयौ तूणौ वर्म चाभेद्यमस्त्रिभिः ॥ २६ ॥
खाण्डव वनमा भोजन प्राप्त भएकोले अग्निदेव धेरै खुसी भए । उनले अर्जुनलाई गाण्डिव धनुष, चार सेता घोडा, एउटा रथ, र कसैलाई पनि भेद गर्न नसक्ने धेरै बाण भएको दुई ठोक्रा पनि दिए ।।२६।। 
मयश्च मोचितो वह्नेः सभां सख्य उपाहरत् ।
यस्मिन् दुर्योधनस्यासीज्जलस्थलदृशिभ्रमः ॥ २७ ॥
खाण्डव जल्दा अर्जुनले मय नाम गरेका दानवलाई जल्नबाट बचाएका थिए । त्यसैले मयले अर्जुनसँग मित्रता गरेर उनका लागि एउटा अद्भुत सभाको सभा भवन बनाइदिएको थियो । त्यही सभामा दुर्योधनले जमिनलाई पानी र पानीलाई जमिनको रूपमा देखेको थियो ।।२७।।
स तेन समनुज्ञातः सुहृद्‌भिश्चानुमोदितः ।
आययौ द्वारकां भूयः सात्यकिप्रमखैर्वृतः ॥ २८ ॥
केही दिन पछि, भगवान कृष्ण, अर्जुन र अन्य आफन्तहरूको अनुमति पाएर सात्यकि आदि सहित द्वारिकामा फर्कनुभयो ।।२८।।.
अथोपयेमे कालिन्दीं सुपुण्यर्त्वृक्ष ऊर्जिते ।
वितन्वन् परमानन्दं स्वानां परममङ्‌गलम् ॥ २९ ॥
द्वारकामा पुगेर वहाँले विवाहयोग्य मौसम र ज्योतिषशास्त्रीहरूको सल्लाहमा पवित्र लग्नमा कालिन्दीसँग विवाह गर्नुभयो र आफन्तहरूको साथमा रहेर सबैलाई आनन्द तुल्याउनु भयो ।।२९।।. 

विन्दानुविन्दावावन्त्यौ दुर्योधनवशानुगौ ।
स्वयंवरे स्वभगिनीं कृष्णे सक्तां न्यषेधताम् ॥ ३० ॥
अवन्तिका (उज्जैन) देशका राजा विन्द र अनुविन्द थिए । ती दुवै दुर्योधनका अनुयायी थिए । उनकी बहिनी मित्रविन्दाले पनि भगवान कृष्णलाई आफ्नो पति बनाउन चाहन्थिन् । तर विन्द र अनुविन्दले आफ्नी बहिनीलाई श्रीकृष्णसंग विवाह गर्नबाट रोकेका थिए ।।३०।। 
राजाधिदेव्यास्तनयां मित्रविन्दां पितृष्वसुः ।
प्रसह्य हृतवान् कृष्णो राजन् राज्ञां प्रपश्यताम् ॥ ३१ ॥

हे परीक्षित ! मित्रविन्द श्रीकृष्णकी फुपु राजाधिदेवीकी छोरी थिइन् । राजाहरूको सभामा भगवानबाट भगवान् श्रीकृष्णले मित्रविन्दालाई बलपूर्वक हरण गरेर लानुभयो । यो कुरा सबै जनाले अचम्म मानेरे हेरिरहेका थिए ।।३१।। 
नग्नजिन्नाम कौसल्य आसीद् राजातिधार्मिकः ।
तस्य सत्याभवत् कन्या देवी नाग्नजिती नृप ॥ ३२ ॥
हे परीक्षित ! कोसल देशका राजा नग्नजित थिए । उनी धेरै धार्मिक थिए । उनकी सत्या नाम गरेकी छोरी थिइन र उनी धेरै सुन्दरी पनि थिइन । नग्नजितकी छोरी भएकोले उनलाई नाग्नजिति पनि भनिन्थ्यो ।।३२।। 
न तां शेकुर्नृपा वोढुमजित्वा सप्त गोवृषान् ।
तीक्ष्णशृङ्‌गान् सुदुर्धर्षान् वीर्यगन्धासहान् खलान् ॥ ३३ ॥
हे राजन् ! राजाको प्रतिज्ञा अनुसार उनका सातवटा उदण्ड स्वभाव भएका साँढेलाई जित्न नसककेका कारण कुनै पनि राजाले ती केटीसँग विवाह गर्न सकेका थिएनन् ।  किनभने साँढेहरूको सिङहरू धेरै तीखा र लामा भएकाले कसैले पनि आफ्नो कावुमा राख्न सक्तैन थिए किनभने ती साँढे वीरपुरूषको गन्ध पनि सहन सक्दैनथे ।।३३।। 
तां श्रुत्वा वृषजिल्लभ्यां भगवान् सात्वतां पतिः ।
जगाम कौसल्यपुरं सैन्येन महता वृतः ॥ ३४ ॥
जब भगवान कृष्णले साँढेहरूलाई जित्न सक्ने वीर पुरूषले मात्र सत्यालाई पाउन सक्छ भन्ने सुन्नुभयो तव वहाँ आफ्ना सेनाहरू लिएर कोसलपुरी (अयोध्या) पुग्नुभयो ।।३४।। 
स कोसलपतिः प्रीतः प्रत्युत्थानासनादिभिः ।
अर्हणेनापि गुरुणा पूजयन् प्रतिनन्दितः ॥ ३५ ॥
कोसलका राजा महाराज नग्नजितले भगवान् श्रीकृष्णलाई देखेर धेरै खुसी भएर वहाँको स्वागत गरे अनि आसनमा बसालेर भव्य पूजा सामग्रीले पूजा गरे । नग्नजित पनि भगवान्द्वारा अभिनन्दित भए ।।३५।। 
(वंशस्थ)
वरं विलोक्याभिमतं समागतं
     नरेन्द्रकन्या चकमे रमापतिम् ।
भूयादयं मे पतिराशिषोऽमलाः
     करोतु सत्या यदि मे धृतो व्रतैः ॥ ३६ ॥
राजा नागनजितकी छोरी सत्याले श्रीकृष्ण राजसभामा आउनुभएको देखेर वहाँलाई वरका रूपमा पाउने चाहना गरिन् ।  अनि उनले मनमनै कामना गरिन् कि यदि मैले व्रत नियमहरू पालना गरेको छु र उहाँलाई चिन्तन गरेकी छु भने उहाँ मेरो पति बनेर मेरो इच्छालाई पुरा गर्नुहोस् ।।३६।।
(वसंततिलका)
यत्पादपङ्‌कजरजः शिरसा बिभर्ति
     श्रीरब्यजः सगिरिशः सह लोकपालैः ।
लीलातनुः स्वकृतसेतुपरीप्सयेशः
     काले दधत् स भगवान् मम केन तुष्येत् ॥ ३७ ॥
नाग्नजिति सत्याले मनमा सोच्न यस्तो थालिन्– देवी लक्ष्मी, ब्रह्मा, शंकर र अन्य महान लोकपालहरू जसको पाउको धुलो आफ्नो शिरमा धारण गर्दछन् । जसले समय–समयमा धेरै लीलाअवतार स्वीकार गरेर आफैंले बनाएको आचारसंहिता पालना गर्नुहुन्छ । त्यस्ता भगवान श्रीकृष्ण मेरो कुन धर्म, व्रत वा अनुष्ठानद्वारा म संग प्रसन्न हुनुहोला ? ।।३७।। 
(अनुष्टुप्)
अर्चितं पुनरित्याह नारायण जगत्पते ।
आत्मानन्देन पूर्णस्य करवाणि किमल्पकः ॥ ३८ ॥
हे महाराज परीक्षित ! राजा नागजितले भगवान श्रीकृष्णको विधिवत पूजा गरे र प्रार्थना गर्दे भने– हे नारायण हे जगदिश्वर ! हजुर आफ्नै स्वरूपले पूर्ण हुनुहुन्छ म त अज्ञानी र क्षुद्रले हजुरको के सेवा गरूँ ।।३८।। 
श्रीशुक उवाच–
तमाह भगवान् हृष्टः कृतासनपरिग्रहः ।
मेघगम्भीरया वाचा सस्मितं कुरुनन्दन ॥ ३९ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे कुरूनन्दज परीक्षित ! राजा नग्नजितले दिएको आसन पूजा सत्कार आदि ग्रहण गरेपछि भगवान कृष्ण धेरै प्रसन्न भएर मुस्कुराउँदै र मेघझैं गम्भिर वाणीमा भन्नुभयो ।।३९।। 
श्रीभगवानुवाच–
(मिश्र)
नरेन्द्र याच्ञा कविभिर्विगर्हिता
     राजन्यबन्धोर्निजधर्मवर्तिनः ।
तथापि याचे तव सौहृदेच्छया
     कन्यां त्वदीयां न हि शुल्कदा वयम् ॥ ४० ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे राजा ! आफ्नो धर्ममा दृढ क्षत्रियले कसैसंग केही वस्तु माग्नु उचित हुँदैन किनकि विद्वानहरूले क्षत्रीयको त्यस्तो याचना कार्यको निन्दा गरेका छन् । तैपनि म तपाईसंग मित्रता बढाउँने इच्छाले तपाईंकी कन्या सत्यालाई यसको बदलामा कुनै शुल्क तिर्ने चलन हामीसँग छैन ।।४०।। 
राजोवाच–
(अनुष्टुप्)
कोऽन्यस्तेऽभ्यधिको नाथ कन्यावर इहेप्सितः ।
गुणैकधाम्नो यस्याङ्‌गे श्रीर्वसत्यनपायिनी ॥ ४१ ॥
राजा नग्नजितले भने– हे प्रभु ! हजुर सम्पूर्ण गुणहरूको एकमात्र आश्रय हुनुहुन्छ । हजुरको छातीमा निरन्तर लक्ष्मीले बास गर्नुहुन्छ त्यसैले मेरी कन्याका लागि हजुर बाहेक उत्तम वर अरू को हुन सक्दछ ? ।।४१।। 
किं त्वस्माभिः कृतः पूर्वं समयः सात्वतर्षभ ।
पुंसां वीर्यपरीक्षार्थं कन्यावरपरीप्सया ॥ ४२ ॥
हे यदुवंश शिरोमणि ! तर पनि यस सम्बन्धमा हामीले हाम्री कन्याको लागि योग्य वरको शक्ति परिक्षणका लागि पहिले नै एउटा प्रतिज्ञा गरिसकेका छौं ।।४२।। 
सप्तैते गोवृषा वीर दुर्दान्ता दुरवग्रहाः ।
एतैर्भग्नाः सुबहवो भिन्नगात्रा नृपात्मजाः ॥ ४३ ॥
हे वीर श्रीकृष्ण ! हाम्रा यी सात वटा साँढेहरूलाई कसैले नियन्त्रण गर्न सक्दैन र आफ्नो वशमा राख्न पनि सक्क्दैनन् । यीनल धेरै राजकुमारहरूहरूलाई घाइते बनाइसकेका छन् ।।४३।। 
यदिमे निगृहीताः स्युस्त्वयैव यदुनन्दन ।
वरो भवानभिमतो दुहितुर्मे श्रियः पते ॥ ४४ ॥
हे श्रीकृष्ण ! यदि हजुरले तिनीहरूलाई आफ्नो वशमा पार्न सक्नुहुन्छ र आफ्नो नियन्त्रणमा ल्याउन सक्नुहुन्छ भने हजुर लक्ष्मीपति नै मेरी छोरी सत्याको वर हुनुहुनेछ ।।४४।। 
एवं समयमाकर्ण्य बद्ध्वा परिकरं प्रभुः ।
आत्मानं सप्तधा कृत्वा न्यगृह्णाल्लीलयैव तान् ॥ ४५ ॥
राजा नागनजितबाट यस्तो प्रतिज्ञा सुनेपछि, भगवान कृष्णले आफ्नो कम्मरमा पटुका (उत्तरीय वस्त्र) बाँध्नुभयो र सात रूप धारण गरेर ती साँढेहरूलाई सजिलै तरिकाले आफ्नो वशमा पार्नुभयो ।।४५।। 
बद्ध्वा तान् दामभिः शौरिर्भग्नदर्पान् हतौजसः ।
व्यकर्सल्लीलया बद्धान् बालो दारुमयान् यथा ॥ ४६ ॥
यसरी भगवान् श्रीकृष्णले वशमा लिएपछि ती साँढेहरूको घमण्ड चकनाचुर भयो । त्यसपछि भगवान कृष्णले ती साँढेहरूलाई बालकले खेल्दा काठकोे साँढेलाई ताने झैं डोरीले बाँधेर तान्नुभयो ।।४६।। 
ततः प्रीतः सुतां राजा ददौ कृष्णाय विस्मितः ।
तां प्रत्यगृह्णाद्‌ भगवान् विधिवत् सदृशीं प्रभुः ॥ ४७ ॥
श्रीकृष्णले यसरी साँढेलाई नियन्त्रणमा लिएको देखेर राजा नग्नजित धेरै छक्क परे र उनी खुसी भएर आफ्नी छोरी सत्या श्रीकृष्णलाई अर्पण गरे । भगवान कृष्णले पनि सत्यसँग बिधिपूर्वक विवाह गर्नुभयो ।।४७।। 
राजपत्न्यअश्च दुहितुः कृष्णं लब्ध्वा प्रियं पतिम् ।
लेभिरे परमानन्दं जातश्च परमोत्सवः ॥ ४८ ॥
रानीहरूले छोरी सत्याले भगवान कृष्णलाई आफ्नो पतिको रूपमा प्राप्त गरेकी देखेर उनीहरू धेरै खुसी भए त्यस अवसरमा त्यहाँ सबैतिर ठूलो उत्सव मनाइयो ।।४८।।
शङ्खभेर्यानका नेदुर्गीतवाद्यद्विजाशिषः ।
नरा नार्यः प्रमुदिताः सुवासःस्रगलङ्‌कृताः ॥ ४९ ॥
नगरमा शंख, ढोल र झ्याली दमाहाहरू बज्न थाले । गीत गान बजान नृत्यहरू हुन थाल्यो । ब्राह्मणले आशीर्वाद दिन थाले । नगरका नारी पुरूषहरू सुन्दर लुगा, फूलको माला र गहनामा सजिएर उत्सव मनाउन थाले ।।४९।। 
दशधेनुसहस्राणि पारिबर्हमदाद् विभुः ।
युवतीनां त्रिसाहस्रं निष्कग्रीवसुवाससम् ॥ ५० ॥
नवनागसहस्राणि नागाच्छतगुणान् रथान् ।
रथाच्छतगुणानश्वानश्वाच्छतगुणान् नरान् ॥ ५१ ॥
राजा नग्नजित आफ्नी छोरी सत्याको विवाहमा दश हजार गाईहरू, घाँटीमा हार एवं सुन्दर वस्त्र लगाएका तीन हजार दाशी, नौ हजार हात्ती, नौ लाख रथ, नौ करोड घोडा र नौ अर्ब सेवकहरू पनि दाइजोको रूपमा दिएका थिए ।। ५०–५१।।

दम्पती रथमारोप्य महत्या सेनया वृतौ ।
स्नेहप्रक्लिन्नहृदयो यापयामास कोसलः ॥ ५२ ॥
कोसलका राजा नग्नजितले कोमल स्नेहका कारण आफ्नी छोरी र ज्वाइँलाई ठूलो सेनासहित रथमा चढाएर पठाए ।। ५२

श्रुत्वैतद् रुरुधुर्भूपा नयन्तं पथि कन्यकाम् ।
भग्नवीर्याः सुदुर्मर्षा यदुभिर्गोवृषैः पुरा ॥ ५३ ॥
हे राजन परिक्षित ! राजा नग्नजितका साँढेहरूले पहिले धेरै राजाहरूको शक्ति र सामथ्र्यलाई शक्तिहीन गराएका थिए । जब ती पराजित भएका राजाहरूले यो खबर सुनेर उनीहरूले भगवान कृष्णको यो विजय सहन सकेनन् । भगवान कृष्ण नाग्नजिति सत्यालाई लिएर घरमा जादैछन् भन्ने थाहापाएर उनीहरूले भगवान् श्रीकृष्णलाई बाटोमैं रोके ।।५३।। 
तानस्यतः शरव्रातान् बन्धुप्रियकृदर्जुनः ।
गाण्डीवी कालयामास सिंहः क्षुद्रमृगानिव ॥ ५४ ॥
अनि तिनीहरूले ठूलो बलका साथ श्रीकृष्ण माथि बाण बर्साएर प्रहार गर्नथाले । त्यस समयमा वीर अर्जुनले आफ्ना मित्र भगवान कृष्णको कल्याणका लागि आफ्नो गाण्डिव धनुष लिएर ती राजाहरूलाई जसरी सिंहले साना पशुहरूलाई भगाउँछ त्यसरी नै भगाए ।।५४।। 
पारिबर्हमुपागृह्य द्वारकामेत्य सत्यया ।
रेमे यदूनामृषभो भगवान् देवकीसुतः ॥ ५५ ॥
त्यसपछि, यदुवंश शिरोमणि देवकीनन्दन भगवान श्रीकृष्ण त्यो दाइजो र सत्या लिएर द्वारिका आउनुभयो र त्यहाँ गृहस्थको रूपमा बस्न थाल्नुभयो ।।५५।। 
श्रुतकीर्तेः सुतां भद्रामुपयेमे पितृष्वसुः ।
कैकेयीं भ्रातृभिर्दत्तां कृष्णः सन्तर्दनादिभिः ॥ ५६ ॥
भगवान कृष्णकी फुपुको श्रुतकीर्तिकी छोरी भद्राको जन्म केकय नाम गरेको देशमा भएको थियो । उनका सन्तर्दन आदि नाम गरेका दाजुहरू थिए । उनीहरूले आफ्नी भद्रालाइ श्रीकृष्णलाई नै दिए । भगवान श्रीकृष्णले पनि भद्रासंग विवाह गर्नुभयो ।।५६।।
सुतां च मद्राधिपतेर्लक्ष्मणां लक्षणैर्युताम् ।
स्वयंवरे जहारैकः स सुपर्णः सुधामिव ॥ ५७ ॥
मद्रराज्यका राजाको लक्ष्मण नामकी छोरी थिइन् । उनी सबै लक्षणले युक्त थिइन उनलाई पनि भगवानले यसरी हरण गर्नु भयो कि जसरी गरुण्डले स्वर्गबाट एक्लै अमृत हरण गरेका थिए ।।५७।।
अन्याश्चैवंविधा भार्याः कृष्णस्यासन् सहस्रशः ।
भौमं हत्वा तन्निरोधादाहृताश्चारुदर्शनाः ॥ ५८ ॥
हे महाराज परीक्षित ! त्यसैगरी भगवान कृष्णका अन्य हजारौं पत्नीहरू थिए जसलाई वहाँले भौमासुरलाई मारेर उसको कारागारबाट मुक्त गरेर ल्याउनुभएको  थियो ।।५८।। 
इति श्रीमद्भामगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
अष्टमहिष्युद्वाहो नाम अष्टपञ्चाशत्तमोऽध्यायः ॥ ५८ ॥