श्रीमद्भागवत महापुराण
दशमस्कन्धः – एकोनाशीतितमोऽध्यायः
श्रीशुक उवाच–
अनुष्टुप्)
ततः पर्वण्युपावृत्ते प्रचण्डः पांशुवर्षणः ।
भीमो वायुरभूद् राजन् पूयगन्धस्तु सर्वशः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे महाराज परीक्षित ! जब पर्वको दिन आएपछि भयानक आँधी हावाहुरी र दुर्गन्धहरु चल्न थाल्यो ।।१।।।
ततोऽमेध्यमयं वर्षं बल्वलेन विनिर्मितम् ।
अभवद् यज्ञशालायां सोऽन्वदृश्यत शूलधृक् ॥ २ ॥
यसपछि त्यो बलवल नामक राक्षसले ऋषिहरुको यज्ञशालामा पिसाब र दिसा जस्ता अपवित्र वस्तुहरू वर्षायो । त्यसपछि, उ आफैं हातमा त्रिशूल लिएर प्रकट देखापर्यो ।।२ ।।
तं विलोक्य बृहत्कायं भिन्नाञ्जनचयोपमम् ।
तप्तताम्रशिखाश्मश्रुं दंष्ट्रोग्रभ्रुकुटीमुखम् ॥ ३ ॥
सस्मार मूसलं रामः परसैन्यविदारणम् ।
हलं च दैत्यदमनं ते तूर्णमुपतस्थतुः ॥ ४ ॥
त्यो दैत्यको ठुलो शरीर थियो । गाजल जस्तो कालो अनुहार भएको, कपाल, दाह्री र जुँगा तताएको तामा फलाम जस्तै रातो थियो । यसैगरी ठुला–ठुला दाह्रा र टेढा आँखीभौंको कारण उसको अनुहार धेरै डरलाग्दो देखिन्थ्यो । यो देखेर भगवान बलरामलाई शत्रु सेनालाई नष्ट पार्ने मुसल र दैत्यलाई दमन गर्ने हलोको सम्झना भयो । वहाँले सम्झने बित्तिकै दुवै हतियारहरू तुरुन्तै त्यहाँ आइपुगे ।।३–४।।
तमाकृष्य हलाग्रेण बल्वलं गगनेचरम् ।
मूसलेनाहनत् क्रुद्धो मूर्ध्नि ब्रह्मद्रुहं बलः ॥ ५ ॥
भगवान बलरामले आकाशमा घुमिरहेको राक्षस बलवललाई देखेर रिसाउँदै वहाँले आफ्नो हलोको टुप्पोले तानेर टाउकोमा मुसाले प्रहार गर्नुभयो ।।५।।
सोऽपतद् भुवि निर्भिन्न ललाटोऽसृक् समुत्सृजन् ।
मुञ्चन् आर्तस्वरं शैलो यथा वज्रहतोऽरुणः ॥ ६ ॥
मुसलको प्रहारले गर्दा त्यस दैत्यकोे निधार फुट्यो जसका कारण रगट बगाउँदै ठुलो स्वरमा कराएर भुइँमा लड्यो । उ यसरी ढलेको थियो कि जसरी इन्द्रको वज्र प्रहारले गेरु आदिले रातो भएको पहाड भुईमा ढलेको थियो ।।६।।
संस्तुत्य मुनयो रामं प्रयुज्यावितथाशिषः ।
अभ्यषिञ्चन् महाभागा वृत्रघ्नं विबुधा यथा ॥ ७ ॥
बलवलको मृत्युपछि नैमिषारण्यमा बस्ने भाग्यशाली ऋषिहरूले भगवान बलरामको प्रार्थना गरे र देवताहरूले इन्द्रलाई अभिषेक गरे जस्तै गरी उहाँलाई अभिषेक गरे ।।७।।
वैजयन्तीं ददुर्मालां श्रीधामाम्लानपङ्कजाम् ।
रामाय वाससी दिव्ये दिव्यान्याभरणानि च ॥ ८ ॥
अथ तैरभ्यनुज्ञातः कौशिकीमेत्य ब्राह्मणैः ।
स्नात्वा सरोवरमगाद् यतः सरयूरास्रवत् ॥ ९ ॥
यसपछि, ऋषिहरूले बलरामजीलाई दिव्य वस्त्र र दिव्य आभूषण दिए र उनलाई कहिले पनि नओइलाउने लक्ष्मीको निवास्स्थान भएको ताजा कमल फूलको वैजयन्ति माला पनि दिए । त्यसपछि, नैमिषारण्यका ऋषिहरूबाट बिदा लिएर, उनीहरूको आदेश अनुसार, बलरामजी ब्राह्मणहरूको साथमा कौशिकी नदीको किनारमा आउँनुभयो । त्यहाँ स्नान गरेपछि सरयू नदीको उद्गमस्थलमा पुग्नुभयो ।।९।।
अनुस्रोतेन सरयूं प्रयागमुपगम्य सः ।
स्नात्वा सन्तर्प्य देवादीन् जगाम पुलहाश्रमम् ॥ १० ॥
त्यहाँबाट वहाँ सरयू नदीको किनारमा हुँदै त्यसलाई पार गरेर प्रायगमा पुग्नुभयो र स्नान गरेर देवता, ऋषि र पितृहरूलाई तर्पणादि गरेर त्यहाँबाट पुलहाश्रममा जानुभयो ।।१०।।
गोमतीं गण्डकीं स्नात्वा विपाशां शोण आप्लुतः ।
गयां गत्वा पितॄनिष्ट्वा गङ्गासागरसङ्गमे ॥ ११ ॥
उपस्पृश्य महेन्द्राद्रौ रामं दृष्ट्वापभिवाद्य च ।
सप्तगोदावरीं वेणां पंपां भीमरथीं ततः ॥ १२ ॥
स्कन्दं दृष्ट्वाा ययौ रामः श्रीशैलं गिरिशालयम् ।
द्रविडेषु महापुण्यं दृष्ट्वायद्रिं वेङ्कटं प्रभुः ॥ १३ ॥
कामकोष्णीं पुरीं काञ्चीं कावेरीं च सरिद्वराम् ।
श्रीरङ्गाख्यं महापुण्यं यत्र सन्निहितो हरिः ॥ १४ ॥
ऋषभाद्रिं हरेः क्षेत्रं दक्षिणां मथुरां तथा ।
सामुद्रं सेतुमगमन्महापातकनाशनम् ॥ १५ ॥
त्यहाँबाट बलरामजी गोमती, गण्डकी र विपाशा नदीमा स्नान स्नान गर्नुभयो र फेरी उहाँ शोण नदिमा स्नान गरी गयामा जानुभयो । गयामा पुगेर पितृहरुलाई तर्पण गरेर गंगासागरको संगममा पुग्नुभयो त्यहाँ पुगेर स्नान आचमन आदि कर्म गरेर महेन्द्र पर्वतमा पुगेर त्यहाँ परशुरामलाई दर्शन अभिवादन गर्नुभयो । त्यहाँबाट सप्तगोदावरी, वीणा, पम्पा र भिमरथीमा स्नान गरेपछि कार्तिकेयको दर्शन गर्नुभयो । त्यहाँबाट महादेवजीको निवासस्थान श्रीशैल पर्वतमा पुग्नुभयो । यसपछि भगवान बलरामले द्रविड देशको सबैभन्दा पवित्र स्थान वेंकटाचलको दर्शन गर्नुभयो र त्यहाँबाट कामाक्षी पिठ, शिवकाची, विष्णुकाची हुँदै कावेरी नदीमा स्नान गरेर पुण्यमय श्रीरंगक्षेत्र पुग्नुभयो र विष्णु भगवानको दर्शन गरेर वहाँ भगवान विष्णुको क्षेत्र, ऋषभ पर्वत, दक्षिणमा मथुरा र सबै पापहरू नष्ट गर्ने सेतुबन्धको यात्रा गर्नुभयो ।।११–१५।।
तत्रायुतमदाद् धेनूर्ब्राह्मणेभ्यो हलायुधः ।
कृतमालां ताम्रपर्णीं मलयं च कुलाचलम् ॥ १६ ॥
तत्रागस्त्यं समासीनं नमस्कृत्याभिवाद्य च ।
योजितस्तेन चाशीर्भिरनुज्ञातो गतोऽर्णवम् ।
दक्षिणं तत्र कन्याख्यां दुर्गां देवीं ददर्श सः ॥ १७ ॥
हलोलाई आफ्नो हतियार बनाउँनु भएका बलरामजीले सेतु बन्धनमा पुगेर ब्राह्मणहरूलाई दश हजार गाई दान गर्नुभयो । त्यसपछि त्यहाँबाट कृतमाला र ताम्रपर्णी नदीमा स्नान गरेर वहाँ मलय पर्वतमा जानुभयो । यो पर्वत सात कुलपर्वत मध्ये एक हो । उहाँले त्यहाँ पुगेर अगस्त्यमुनिलाई नमस्कार र अभिवादन गर्नुभयो । मुनि अगस्त्यबाट आशीर्वाद र अनुमति प्राप्त गरेपछि, बलरामले दक्षिण महासागरको यात्रा गरेर त्यहाँ कन्याकुमारीको रूपमा रहेकी दुर्गादेवीको दर्शन गर्नुभयो ।।१७–१६।।
ततः फाल्गुनमासाद्य पञ्चाप्सरसमुत्तमम् ।
विष्णुः सन्निहितो यत्र स्नात्वास्पर्शद् गवायुतम् ॥ १८ ॥
यसपछि उहाँ फाल्गुन तीर्थमा पुगेर उत्तम पञ्चाप्सरस तीर्थमा स्नान गरेर त्यहाँ विष्णु भगवानको दर्शन गर्नुभयो त्यो तीर्थयात्रामा व्यक्ति सधैं भगवान विष्णुको नित्य निवास हुन्छ । त्यहाँ बलरामले दश हजार गाई दान पनि गर्नुभयो ।।१८।।
ततोऽभिव्रज्य भगवान् केरलांस्तु त्रिगर्तकान् ।
गोकर्णाख्यं शिवक्षेत्रं सान्निध्यं यत्र धूर्जटेः ॥ १९ ॥
अब भगवान बलराम त्यहाँबाट केरला र त्रिगर्त देश हुँदै गोकर्णतीर्थमा पुग्नुभयो जहाँ भगवान शंकरको नित्य निवास हुन्छ ।।१९।।
आर्यां द्वैपायनीं दृष्ट्वार शूर्पारकमगाद् बलः ।
तापीं पयोष्णीं निर्विन्ध्यांमुपस्पृश्याथ दण्डकम् ॥ २० ॥
त्यहाँबाट उहाँ पानीले घेरिएको टापुमा निवास गर्ने आर्यादेवीको दर्शन गरेर फेरी शूर्पारक क्षेत्रको यात्रा गर्नुभयो । त्यसपछि उहाँ तापी, पयोष्णी र निर्विन्ध्या नदीहरूमा स्नान गरे र दंडकारण्य क्षेत्रमा आइपुग्नुभयो ।।२०।।
प्रविश्य रेवामगमद् यत्र माहिष्मती पुरी ।
मनुतीर्थमुपस्पृश्य प्रभासं पुनरागमत् ॥ २१ ॥
त्यहाँबाट वहाँ महिष्मती नगरको नर्मदा नदीको किनारमा जानुभयो । त्यहाँ मनु तीर्थमा स्नान गरे र त्यसपछि फेरी प्रभासक्षेत्रमा फर्किनुभयो ।।२१।।
श्रुत्वा द्विजैः कथ्यमानं कुरुपाण्डवसंयुगे ।
सर्वराजन्यनिधनं भारं मेने हृतं भुवः ॥ २२ ॥
त्यहाँ बलरामले ब्राह्मणहरूबाट कौरव र पाण्डवहरू बीचको युद्धमा धेरैजसो मारिएको खवर सुन्नुभयो । यो खबर सुनेर वहाँले पृथ्वीको भार नष्ट भएको जस्तो महसुस गर्नुभयो ।।२२।।
स भीमदुर्योधनयोर्गदाभ्यां युध्यतोर्मृधे ।
वारयिष्यन् विनशनं जगाम यदुनन्दनः ॥ २३ ॥
भीमसेन र दुर्योधन युद्धभूमिमा परस्परमा गदायुध्द गरिरहेका भन्ने थाहा पाएर बलरामजी उनीहरूलाई रोक्न कुरुक्षेत्रमा आइपुग्नुभयो ।।२३।।
युधिष्ठिरस्तु तं दृष्ट्वा यमौ कृष्णार्जुनावपि ।
अभिवाद्याभवंस्तूष्णीं किं विवक्षुरिहागतः ॥ २४ ॥
बलरामजी आउँनु भएको देखेर महाराज युधिष्ठिर, नकुल, सहदेव, भगवान श्रीकृष्ण र अर्जुनले उहाँलाई प्रणाम गर्नुभयो । त्यसपछि बलरामजी यहाँ के कारणले आउनुभएको हो भन्ने सोचेर सबैजना चुपो लाग्नुभयो ।।२४।।
गदापाणी उभौ दृष्ट्वास संरब्धौ विजयैषिणौ ।
मण्डलानि विचित्राणि चरन्ताविदमब्रवीत् ॥ २५ ॥
त्यसबेला भीमसेन र दुर्योधन दुवै हातमा गदा लिएर क्रुध्द भएर अनेक दाउपेच गरी उध्द गर्न लागेको देखेर बलरामले उनीहरुलाई भन्नुभयो– ।।२५।।
युवां तुल्यबलौ वीरौ हे राजन् हे वृकोदर ।
एकं प्राणाधिकं मन्ये उतैकं शिक्षयाधिकम् ॥ २६ ॥
तस्मादेकतरस्येह युवयोः समवीर्ययोः ।
न लक्ष्यते जयोऽन्यो वा विरमत्वफलो रणः ॥ २७ ॥
हे राजा दुर्योधन र हे भीमसेन ! तिमीहरू दुवै वीर छौ । तिमीहरू दुवैमा उत्तिकै शक्ति र पुरुषार्थ छ । मलाई लाग्छ कि भीमसेन धेरै शक्तिशाली छन् र दुर्योधनले गदा चलाउने तालिम बढी लिएका छन् । त्यसैले समान बल र शक्ति भएका तपाईंहरु विच एक आर्कोमा जित वा हार हुँदैन जस्तो लाग्छ । त्यसकारण, बेकारको युद्ध नलड; अब बन्द गर ।।२७।।
न तद्वाक्यं जगृहतुर्बद्धवैरौ नृपार्थवत् ।
अनुस्मरन्तौ अन्योन्यं दुरुक्तं दुष्कृतानि च ॥ २८ ॥
हे महाराज परीक्षित ! बलरामका शब्दहरू दुवैका लागि हितकारी थिए तर उनीहरू बीचको शत्रुता यति गहिरो भइसकेको थियो कि उनीहरूले एक आपस विचको दुर्वचन र दुव्र्यवहारलाई सम्झेर बलरामको कुरालाई मानेनन् ।।२८।।
दिष्टं तदनुमन्वानो रामो द्वारवतीं ययौ ।
उग्रसेनादिभिः प्रीतैर्ज्ञातिभिः समुपागतः ॥ २९ ॥
भगवान बलरामले यो उनीहरुको प्रारब्ध हो भन्ने बिचार गरेर उनीहरुलाई फेरी कुनै आग्रह नगरेर वहाँ द्वारका फर्कनुभयो । द्वारकामा, उग्रसेन जस्ता वृद्धहरू र अन्य आफन्तहरू अगाडि आएर ठूलो प्रेमका साथ वहाँको स्वागत गरे ।।२९।।
तं पुनर्नैमिषं प्राप्तमृषयोऽयाजयन् मुदा ।
क्रत्वङ्गं क्रतुभिः सर्वैः निवृत्ताखिलविग्रहम् ॥ ३० ॥
त्यहाँबाट बलरामजी फेरि नैमिषारण्य क्षेत्रमा जानुभयो । त्यहाँ ऋषिहरूले सबै वैरभावलाई त्यागेर त्यहाँ आउनुभएका बलरामजीद्वारा सबै प्रकारका यज्ञहरूको अनुष्ठान गरे ।।३०।।
तेभ्यो विशुद्धविज्ञानं भगवान् व्यतरद् विभुः ।
येनैवात्मन्यदो विश्वमात्मानं विश्वगं विदुः ॥ ३१ ॥
सर्वशक्तिमान भगवान बलरामले ती ऋषिहरूलाई विशुद्ध तत्वज्ञान प्रदान गर्नुभयो, जसद्वारा उनीहरूले आफू भित्र सम्पूर्ण ब्रह्माण्ड र सम्पूर्ण ब्रह्माण्डमा आफूलाई अनुभव गर्न थाले ।।३१।।
स्वपत्न्यावभृथस्नातो ज्ञातिबन्धुसुहृद्वृतः ।
रेजे स्वज्योत्स्नयेवेन्दुः सुवासाः सुष्ठ्वलङ्कृतः ॥ ३२ ॥
यसपछि बलरामले आफ्नी पत्नी रेवतीसँगै यज्ञोत्तर अवभृथ स्नान गर्नुभयो र सुन्दर वस्त्र र आभूषण धारण गरेर आफ्ना वान्धव र आफन्तहरूका बिचमा प्रकाशले युक्त चन्द्रमाझैं सुशोभित हुनुभयो ।।३२।।
ईदृग्विधान्यसङ्ख्यानि बलस्य बलशालिनः ।
अनन्तस्याप्रमेयस्य मायामर्त्यस्य सन्ति हि ॥ ३३ ॥
निश्चय नै भगवान बलराम स्वयं अनन्त हुनुहुन्छ । उहाँको रूप मन र वाणीभन्दा पर छ । वहाँले केवल लीलाको लागि मायाद्वारा मानव शरीर ग्रहण गर्नुभएको हो । यस्ता शक्तिशाली बलरामका चरित्र अनन्त छन् ।।३३।।
योऽनुस्मरेत रामस्य कर्माण्यद्भुतकर्मणः ।
सायं प्रातरनन्तस्य विष्णोः स दयितो भवेत् ॥ ३४ ॥
जसले बिहान बेलुका यस्तो अनन्त, सर्वव्यापी र अद्भुत कर्म गर्ने भगवान बलरामका चरित्रहरूको स्मरण गर्दछ भने त्यो व्यक्ति भगवान विष्णुको धेरै प्रिय हुन्छ ।।३४।।
इति श्रीमद्भारूगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
तीर्थयात्रानिरूपणं नाम एकनाशीतितमोऽध्यायः ॥ ७९ ॥
