श्रीमद्भागवत महापुराण
दशमस्कन्धः – षडशीतितमोऽध्यायः
राजोवाच–
(अनुष्टुप्)
ब्रह्मन् वेदितुमिच्छामः स्वसारं रामकृष्णयोः ।
यथोपयेमे विजयो या ममासीत् पितामही ॥ १ ॥
राजा परीक्षितले सोधे– हे ब्रह्मज्ञानी भगवान ! मेरा पितामह अर्जुनले बलराम र श्रीकृष्णकी बहिनी सुभद्रासँग कसरी विवाह गर्नुभयो मलाई यस प्रसंग बारे जान्ने इच्छा छ ।।१।।
श्रीशुक उवाच–
अर्जुनस्तीर्थयात्रायां पर्यटन्नवनीं प्रभुः ।
गतः प्रभासमशृणोन्मातुलेयीं स आत्मनः ॥ २ ॥
दुर्योधनाय रामस्तां दास्यतीति न चापरे ।
तल्लिप्सुः स यतिर्भूत्वा त्रिदण्डी द्वारकामगात् ॥ ३ ॥
श्रीशुकदेवले भन्नुभयो हे महाराज परीक्षित ! एकपटक वीर अर्जुन तीर्थयात्राका समयमा पृथ्वीको भ्रमण गर्दै प्रभास क्षेत्रमा पुगेका बखतमा उनले बलरामले आफ्नी मामाकी छोरी सुभद्रालाई दुर्योधनसँग विवाह गराउन चाहेको तर बसुदेव र श्रीकृष्णको यसमा सहमत नभएको भन्ने सुने । त्यसपछि अर्जुन सुभद्रालाई पाउने इच्छाले त्रीदण्डी वैष्णव रुप धारण गरेर द्वारकामा गए ।।२–३।।
तत्र वै वार्षिकान् मासानवात्सीत् स्वार्थसाधकः ।
पौरैः सभाजितोऽभीक्ष्णं रामेणाजानता च सः ॥ ४ ॥
उनी आफ्नो इच्छा पूरा गर्न चार महिनासम्म द्वारकामा बसे । बलराम सहित द्वारका बासीहरुले उनी अर्जुन भन्ने थाहा पाएनन् त्यसैले उनीहरूले उनको धेरै सेवा गरे ।।४।।
एकदा गृहमानीय आतिथ्येन निमंत्र्य तम् ।
श्रद्धयोपहृतं भैक्ष्यं बलेन बुभुजे किल ॥ ५ ॥
एकदिन बलरामले त्रिदण्डधारी अर्जुनलाई आफ्नो घरमा लगेर धेरै श्रद्धापूर्वक भोजन गरउनु भयो ।।५।।
सोऽपश्यत्तत्र महतीं कन्यां वीरमनोहराम् ।
प्रीत्युत्फुल्लेक्षणस्तस्यां भावक्षुब्धं मनो दधे ॥ ६ ॥
अर्जुनले खाना खान लागेको बखतमा सुभद्रालाई देखे । ती सुभद्रा विवाह गर्ने बेला भएकी एक परम सुन्दरी नारी थिइन् । उनको सौन्दर्यता देखेर अर्जुनको आँखा उनीतिर पुग्यो । उनले सुभद्रालाई विवाह गर्ने निश्चय गरे ।।६।।
सापि तं चकमे वीक्ष्य नारीणां हृदयङ्गमम् ।
हसन्ती व्रीडितापाङ्गी तन्न्यस्तहृदयेक्षणा ॥ ७ ॥
हे राजन परिक्षित ! तपाईका पितामह अर्जुन शारीरिक हिसाबले धेरै राम्रा थिए । सुभद्राले पनि अर्जुनलाई लजालु कर्के नजर लगाएर मुस्कुराउदै हेरिन् । र मनमनै उनलाई आफ्नो पति बनाउने निश्चय गरिन् ।।७।।
तां परं समनुध्यायन्नन्तरं प्रेप्सुरर्जुनः ।
न लेभे शं भ्रमच्चित्तः कामेनातिबलीयसा ॥ ८ ॥
त्यसपछिका दिनमा अर्जुनले सुभद्रालाई पाउनका लागि उपायको खोजि गर्दै निरन्तर त्यसको अवसर खोज्न थाले । सुभद्राको बारेका चिन्तन गर्दा गर्दै उनको मन अशान्त भएको थियो ।।८।।
महत्यां देवयात्रायां रथस्थां दुर्गनिर्गताम् ।
जहारानुमतः पित्रोः कृष्णस्य च महारथः ॥ ९ ॥
एक दिन तीर्थ यात्रा गर्ने मनसायले सुभद्रा रथमा चढेर बाहिर निस्केको बखतमा अर्जुनले वसुदेव कृष्णको अनुमति लिएर रथबाटै सुभद्रालाई हरण गरे ।।९।
रथस्थो धनुरादाय शूरांश्चारुन्धतो भटान् ।
विद्राव्य क्रोशतां स्वानां स्वभागं मृगराडिव ॥ १० ॥
यसरी सुभद्राको सहयोगका लागि आएका आफन्त रोइकराई गरि चिच्याउँदै गरेका बखतमा अर्जुनले जसरी सिंहले आफ्नो भाग हरण गरी लिएर जान्छ त्यसरी नै सुभद्रालाई हरण गरेर लागे ।।१०।।
तच्छ्रुत्वा क्षुभितो रामः पर्वणीव महार्णवः ।
गृहीतपादः कृष्णेन सुहृद्भिश्चान्वशाम्यत ॥ ११ ॥
अर्जुनले सुभद्रालाई हरण गरेको समाचार सुनेर बलराम पुर्णिमाको समुद्र क्षुब्ध भएझैं धेरै रिसाउनु भयो । पछि कृष्ण लगायत आफन्तहरूले धेरै सम्झाएपछि शान्त हुनुभयो ।।११।।
प्राहिणोत् पारिबर्हाणि वरवध्वोर्मुदा बलः ।
महाधनोपस्करेभरथाश्वनरयोषितः ॥ १२ ॥
त्यसपछि बलरामजी खुसी भएर वर र वधुलाई हात्ती घोडा रथ सहित दाइजोको रूपमा धेरै सम्पत्ति समेत उपहार दिनुभयो ।।१२।।
श्रीशुक उवाच–
कृष्णस्यासीद् द्विजश्रेष्ठः श्रुतदेव इति श्रुतः ।
कृष्णैकभक्त्या पूर्णार्थः शान्तः कविरलम्पटः ॥ १३ ॥
श्रीशुकदेले भन्नुभयो– हे राजा परीक्षित मिथिला नगरीमा श्रुतदेव नाम गरेका एक गृहस्थ ब्राह्मण थिए । उनी भगवान श्रीकृष्णका भक्त थिए । भगवत भक्तिका कारण उनी परम शान्त र विरक्त थिए ।।१३।।
स उवास विदेहेषु मिथिलायां गृहाश्रमी ।
अनीहयाऽऽगताहार्यनिर्वर्तितनिजक्रियः ॥ १४ ॥
ब्रह्मण श्रुतदेवले घरमा रहेर पनि आफ्नो जिविकोपार्जनका लागि कुनै उद्योग गरेका थिएनन् । उनी जे मिल्दछ त्यही खाएर मिथिला नगरीमा बस्दथे ।।१४।।
यात्रामात्रं त्वहरहर्दैवादुपनमत्युत ।
नाधिकं तावता तुष्टः क्रियश्चक्रे यथोचिताः ॥ १५ ॥
प्रारब्धले नै उनलाई जीवन निर्वाहका लागि खाने सामग्री हरु मिल्दथ्यो । जे मिल्दछ अनि त्यसैमा सन्तुष्ट भएर आफ्नो वर्णसश्रम धर्मको पालन गर्दथे ।।१५।।
तथा तद्राष्ट्रपालोऽङ्ग बहुलाश्व इति श्रुतः ।
मैथिलो निरहम्मान उभावप्यच्युतप्रियौ ॥ १६ ॥
हे राजन त्यस त्यस नगरका बहुलाश्व नामका राजा पनि ब्राह्मण समान भक्त थिए । उनीमा कुनै अहंकार थिएन । ती राजा बहुलाश्व र ब्राह्मण श्रुतदेव दुवैजना श्रीकृष्णका भक्त थिए ।।१६।।
तयोः प्रसन्नो भगवान् दारुकेणाहृतं रथम् ।
आरुह्य साकं मुनिभिर्विदेहान् प्रययौ प्रभुः ॥ १७ ॥
एकपटक भगवान श्री कृष्ण ती दुवैसँग खुसी भएर आफ्नो दारुक सारथीलाई बोलाएर उनीहरूलाई रथमा चढाएर द्वारकाबाट विधिहेनगरमा लिएर जानुभयो ।।१७।।
नारदो वामदेवोऽत्रिः कृष्णो रामोऽसितोऽरुणिः ।
अहं बृहस्पतिः कण्वो मैत्रेयश्च्यवनादयः ॥ १८ ॥
भगवानको साथमा देवर्षि नारद, वामदेव, अत्री, वेदव्यास, परशुराम, असीत,अरुणी, बृहस्पति, कण्ड, मैत्री, चवन आदि ऋषिहरु प्नि थिए र म शुकदेव सँगै थियांै। १८
तत्र तत्र तमायान्तं पौरा जानपदा नृप ।
उपतस्थुः सार्घ्यहस्ता ग्रहैः सूर्यमिवोदितम् ॥ १९ ॥
भगवान जुन जुन ठाउँमा पुग्नुहुन्थ्यो त्यहाँ त्यहाँका मानिसहरु हातमा पूजा सामग्री लिएर भगवानको पूजाका लागि भेला हुन्थे । उनीहरूलाई भगवान देख्दा सूर्यनारायण उदय भएको जस्तो लाग्थ्यो ।।१९।।
(वसंततिलका)
आनर्तधन्वकुरुजाङ्गलकङ्कमत्स्य(
पाञ्चालकुन्तिमधुकेकयकोसलार्णाः ।
अन्ये च तन्मुखसरोजमुदारहास(
स्निग्धेक्षणं नृप पपुर्दृशिभिर्नृनार्यः ॥ २० ॥
त्यस यात्रामा आनर्त, धन्व, कुरारुजाङ्गल, कङ्क, मत्स्य, पान्चाल, कुन्ती, मधु, केकय, कोशल, अर्ण आदि देशका नारीहरू पुरुषहरुले भगवानको हसिलो अनुहारको दर्शन गरे ।।२०।।
तेभ्यः स्ववीक्षणविनष्टतमिस्रदृग्भ्यः
क्षेमं त्रिलोकगुरुरर्थदृशं च यच्छन् ।
शृणवन् दिगन्तधवलं स्वयशोऽशुभघ्नं
गीतं सुरैर्नृभिरगाच्छनकैर्विदेहान् ॥ २१ ॥
भगवान् श्रीकृष्णको दर्शन गर्न पाउँदा उनीहरूको सबै अज्ञान नष्टभयो । जसले श्रीकृष्णको दर्शन गरे उनीहरुलाई भगवानले तत्वज्ञानको प्रदान गर्दै हिड्नुहुन्थ्यो । जुन ज्ञानले सबै दिशालाई उज्यालो पारेर अशुभ कुरालाई नाश गरिदिन्थ्यो । यसरी यसरी कीर्ति गाथा सुन्दै सुनाउदै बिस्तारै बिस्तारै भगवान् विदेहनगरमा पुग्नुभयो ।।२१।।
(अनुष्टुप्)
तेऽच्युतं प्राप्तमाकर्ण्य पौरा जानपदा नृप ।
अभीयुर्मुदितास्तस्मै गृहीतार्हणपाणयः ॥ २२ ॥
हे महाराज परीक्षित ! श्रीकृष्ण आउनु भएको खबर सुनेर त्यहाँका मानिसहरू धेरै खुसीभएर हातमा पूजा सामग्रीहरू ल्याएर उहाँको स्वागत गरे ।।२२।।
दृष्ट्वाभ त उत्तमश्लोकं प्रीत्युत्फुल्लाननाशयाः ।
कैर्धृताञ्जलिभिर्नेमुः श्रुतपूर्वांस्तथा मुनीन् ॥ २३ ॥
भगवानको दर्शन गर्न पाउँदा उनीहरूको मन धेरै खुसीभयो । उनीहरुले भगवान र उहाँसँगै आउनुभएको ऋषिहरूको केवल नाम मात्र सुनिएका थिए तर आज प्रत्यक्ष दर्शन गर्न पाउँदा आफ्नो शिर झुकाएर उहाँहरुलाई प्रणाम गरे ।।२३।।
स्वानुग्रहाय सम्प्राप्तं मन्वानौ तं जगद्गुरुम् ।
मैथिलः श्रुतदेवश्च पादयोः पेततुः प्रभोः ॥ २४ ॥
मिथिलाका राजा बहुलाश्व र श्रुतदेवले जगदगुरु भगवान श्रीकृष्णले आफूमाथि कृपा गर्नुभएको ठानी उहाँको चरणमा प्रणाम गरे ।।२४।।
न्यमन्त्रयेतां दाशार्हमातिथ्येन सह द्विजैः ।
मैथिलः श्रुतदेवश्च युगपत् संहताञ्जली ॥ २५ ॥
बहुलास्व र श्रुतदेव दुवैले हात जोडेर भगवान श्रीकृष्णलाई मुनिहरुका साथमा आतित्य ग्रहण गर्नको लागि एकैपटक निमन्त्रणा गरे ।।२५।।
भगवान् तदभिप्रेत्य द्वयोः प्रियचिकीर्षया ।
उभयोराविशद् गेहमुभाभ्यां तदलक्षितः ॥ २६ ॥
भगवान श्रीकृष्ण ती दुवैको इच्छालाई पूरा गर्न उनीहरुले थाहा नपाउने गरी पालै पालो दुवैको घरमा जानुभयो । यसरी जाँदा दुवैलाई श्रीकृष्ण आफ्नो घर बाहेक अन्त जानुभएको छैन जस्तो लाग्थ्यो ।।२६।।
श्रोतुमप्यसतां दूरान् जनकः स्वगृहागतान् ।
आनीतेष्वासनाग्र्येषुसुखासीनान् महामनाः ॥ २७ ॥
प्रवृद्धभक्त्या उद्धर्षहृदयास्राविलेक्षणः ।
नत्वा तदङ्घ्रीन् प्रक्षाल्य तदपो लोकपावनीः ॥ २८ ॥
सकुटुम्बो वहन् मूर्ध्ना पूजयां चक्र ईश्वरान् ।
गन्धमाल्याम्बराकल्पधूपदीपार्घ्यगोवृषैः ॥ २९ ॥
राजा बहुलास्व धेरै उदार मनका थिए । जुन भगवानको नाम दुष्ट व्यक्तिले सुन्न पनि सक्दैन त्यस्ता भगवान र मुनिहरूलाई आज आफ्नो घरमा पाल्नु भएकोमा उनले राम्रा राम्रा आसन मगाएर भगवान र मुनिहरूलाई आसनमा बसाए । त्यसबेला भक्तिका कारण बहुलाश्वको हृदय उम्लिएको थियो । आँखाबाट आँसु बग्न थालेको थियो । उनले आफ्नो पूजनीय अतिथिको चरणमा नमस्कार गरेर पाउ पखाले र त्यस जलले आफ्नो शिरमा धारण गरे । जुन जलले लोकलाई नै पवित्र गर्दछ त्यसपछि भगवान सहित मुनिहरुलाई चन्दन माला धुपदीप वस्त्र आभूषण आदि उपहार चढाएर पूजा गरे ।।२७–२९।।
वाचा मधुरया प्रीणन्निदमाहान्नतर्पितान् ।
पादावङ्कगतौ विष्णोः संस्पृशञ्छनकैर्मुदा ॥ ३० ॥
सबैजनाले भोजन गरिसकेपछि राजा बहुलाश्वले श्रीकृष्णको चरण आफ्नो काखमा राखेर पाउ मिच्न थाले । अनि मधुर वाणीले बिस्तारै भगवानको स्तुति गर्न लागे ।।३०।।
बहुलाश्व उवाच–
भवान्हि सर्वभूतानामात्मा साक्षी स्वदृग् विभो ।
अथ नस्त्वत्पदाम्भोजं स्मरतां दर्शनं गतः ॥ ३१ ॥
राजा बहुलाश्वले भने– हे भगवान ! हजुर सबै प्राणीका आत्मा साक्षी तथा स्वयंप्रकाश हुनुहुन्छ । आज हजुरले हामीलाई दर्शन दिएर कृतार्थ गर्नुभएको छ हामी हजुरलाई सधैं नमस्कार गर्दछौं ।।३१।।
स्ववचस्तदृतं कर्तुमस्मद्दृग्गोचरो भवान् ।
यदात्थैकान्तभक्तान् मे नानन्तः श्रीरजः प्रियः ॥ ३२ ॥
हे भगवान् ! हजुरले मेरा भक्तहरु बलराम, ब्रह्मा र लक्ष्मी भन्दा पनि प्रिय हुन्छन् भनि बताउनुभएको थियो । त्यही वचन सत्य गराउनको लागि आज हामीलाई दर्शन दिनुभयो ।।३२।।
को नु त्वच्चरणाम्भोजमेवंविद् विसृजेत् पुमान् ।
निष्किञ्चनानां शान्तानां मुनीनां यस्त्वमात्मदः ॥ ३३ ॥
हजुरको कृपालाई जानेर पनि हजुरको चरणलाई त्याग्न कसले सक्ला र जसले सबै वस्तुलाई त्यागिसकेका हुन्छन् त्यस्ता मुनिहरूलाई हजुर आफ्नो स्वरुप समेत प्रदान गर्नुहुन्छ ।।३३।।
योऽवतीर्य यदोर्वंशे नृणां संसरतामिह ।
यशो वितेने तच्छान्त्यै त्रैलोक्यवृजिनापहम् ॥ ३४ ॥
हजुरले संसार चक्रमा फसेका संसारका प्राणीहरुको मानिसको उध्दार गर्नका लागि यदुकुलमा जन्म लिएर आफ्नो कृतिको विस्तार गर्नुभएको हो । जसले तिनैलोकको तापलाई शान्त गराउँदछ ।।३४।।
नमस्तुभ्यं भगवते कृष्णायाकुण्ठमेधसे ।
नारायणाय ऋषये सुशान्तं तप ईयुषे ॥ ३५ ॥
हे प्रभु ! हजुर अनन्त ऐश्वर्य र माधुर्यका निधि हुनुहुन्छ । हजुर सबैको चित्तलाई आफूतिर आकर्षित गराउनु हुने सचिदानन्द स्वरूप हुनुहुन्छ हजुरको ज्ञान अनन्त छ हजुर शान्ति विस्तारका लागि नारायणको रुपमा तपस्या गरिरहनु भएको छ, म हजुरलाई नमस्कार गर्दछु ।।३५।।
दिनानि कतिचिद् भूमन् गृहान् नो निवस द्विजैः ।
समेतः पादरजसा पुनीहीदं निमेः कुलम् ॥ ३६ ॥
हे सर्वव्यापक भगवान् ! हजुर मुनिहरूका साथमा केही दिन हाम्रो निवासमा रहनुहोस् । जसले गर्दा हजुरको चरणकमलको धुलोले यो निमिको वंश पवित्र हुन्छ ।।३६।।
इत्युपामन्त्रितो राज्ञा भगवान् लोकभावनः ।
उवास कुर्वन् कल्याणं मिथिलानरयोषिताम् ॥ ३७ ॥
हे महाराज परीक्षित ! सबका जीवनदाता भगवान श्रीकृष्ण राजा बहुलाश्वको प्रार्थनालाई स्वीकार गरेर मिथिला नगरका नारीहरूको कल्याणका लागि केही दिन त्यहाँ रहनुभयो ।३७।।
श्रुतदेवोऽच्युतं प्राप्तं स्वगृहाञ्जनको यथा ।
नत्वा मुनीन् सुसंहृष्टो धुन्वन् वासो ननर्त ह ॥ ३८ ॥
हे राजा परीक्षित ! जसरी श्रीकृष्ण मुनिहरूका साथमा त्यहाँ रहनुहुँदा राजा बहुलास्व आनन्दित भएका थिए त्यसरी नै भगवान मुनिहरुका साथमा आफ्नो घरमा आउनुभएको देखेर श्रुतदेव ब्राह्मण पनि आनन्दले विभोर भएर नाच्न थाले ।।३८।।
तृणपीठबृसीष्वेतानानीतेषूपवेश्य सः ।
स्वागतेनाभिनन्द्याङ्घ्रीन् सभार्योऽवनिजे मुदा ॥ ३९ ॥
श्रोतादेवले कुशासन गुन्द्री पिरका ओछ्याएर भगवान सहित मुनिहरुलाई आसनमा बसालेर स्वागत भाषण आदिले अभिनन्दन गरे । त्यसपछि आफ्नो पत्नीको साथमा रहेर सबैको भगवान् सहित सबै मुनिहरुको पाउ धोइदिए ।।३९।।
तदम्भसा महाभाग आत्मानं सगृहान्वयम् ।
स्नापयाञ्चक्र उद्धर्षो लब्धसर्वमनोरथः ॥ ४० ॥
ब्राह्मण श्रुतदेवले भगवान्को चरणको जल आफ्नो शिरमा र अरु बान्धवहरुलाई पनि छर्किदिए । त्यसबेला उनले आफ्नो सबै मनोरथ पूर्ण भएको सम्झेर हर्षले गदगद भए ।।४०।।
(मिश्र)
फलार्हणोशीरशिवामृताम्बुभि(
र्मृदा सुरभ्या तुलसीकुशाम्बुजैः ।
आराधयामास यथोपपन्नया
सपर्यया सत्त्वविवर्धनान्धसा ॥ ४१ ॥
त्यसपछि उनले फलफुल, चन्दन, निर्मल जल, तुलसी कमल आदि पूजा सामग्री र अन्य अन्नले सबै अभ्यागतको पूजा गरे ।।४१।।
स तर्कयामास कुतो ममान्वभूद्
गृहान्धकूपे पतितस्य सङ्गमः ।
यः सर्वतीर्थास्पदपादरेणुभिः
कृष्णेन चास्यात्मनिकेतभूसुरैः ॥ ४२ ॥
त्यस समयमा श्रुतदेवले विचार गरेकी म त घर गृहस्थीमा डुबेको थिएँ । आज अनायसै भगवान र मुनीहरूको दर्शन कसरी मिल्यो ? जसको चरणको धुलोले सबैलाई तीर्थ बनाइदिन्छ ।।४२।।
(अनुष्टुप्)
सूपविष्टान् कृतातिथ्यान् श्रुतदेव उपस्थितः ।
सभार्यस्वजनापत्य उवाचाङ्घ्र्यभिमर्शनः ॥ ४३ ॥
यसरी सबैजना अतिथिलाई सत्कार गरेर बसेका बखतमा श्रुतदेव आफ्ना स्त्री पुत्र आदिलाई साथमा लिएर भगवानकोे चरण स्पर्श र सेवा गर्दै उनले भने ।।४३।।
श्रुतदेव उवाच–
नाद्य नो दर्शनं प्राप्तः परं परमपूरुषः ।
यर्हीदं शक्तिभिः सृष्ट्वा प्रविष्टो ह्यात्मसत्तया ॥ ४४ ॥
श्रुतादेवले भने– हे प्रभु ! हजुर व्यक्त अव्यक्त प्रकृति र जीवदेखि परका पुरुषोत्तम हुनुहुन्छ । हजुर आफ्नो शक्तिद्वारा जगतको रचना गरेर आत्मसत्ताको रुपमा यसमा प्रवेश गर्नुहुन्छ ।।४५।।
यथा शयानः पुरुषो मनसैवात्ममायया ।
सृष्वाान लोकं परं स्वाप्नमनुविश्यावभासते ॥ ४५ ॥
जसरी सुतेको व्यक्तिले सुतेको अवस्थामा मनमनै जगतको सृष्टि गर्दछ र जसमा आफै उपस्थित भएर अनेकौं रूपले अनेक काम कर्महरु गर्दछ त्यसरी नै हजुरले पनि आफ्नो मायाले जगतको रचना गरेर यसमा प्रवेश गरेर अनेकौं लिलाहरु गर्नुहुन्छ ।।४५।।
शृणतां गदतां शश्वदर्चतां त्वाभिवन्दताम् ।
नृणां संवदतामन्तर्हृदि भास्यमलात्मनाम् ॥ ४६ ॥
जसले नित्य हजुरको प्रतिमामा पूजा गर्ने कथाहरू सुन्ने किर्तन गर्ने गरेर हजुरको लिलाको चर्चा गर्दछ । उसको हृदयमा सधैँ हजुर प्रकट हुनुहुन्छ ।।४६।।
हृदिस्थोऽप्यतिदूरस्थः कर्मविक्षिप्तचेतसाम् ।
आत्मशक्तिभिरग्राह्योऽप्यन्त्युपेतगुणात्मनाम् ॥ ४७ ॥
जसको चित्त वैदिक लौकिक कर्मबासनाले गर्दा विक्षिप्त भएका हुन्छ, तिनीहरूको हृदयमा नै बसेर पनि हजुर टाढा भइदिनुहुन्छ, तर जसले हजुरको गुणगानले आफ्नो अन्तकरणलाई शुद्ध बनाएका हुन्छन् त्यस्ता व्यक्तिको हजुर नजिक रहनुहुन्छ ।।४७।।
(वंशस्था)
नमोऽस्तु तेऽध्यात्मविदां परात्मने
अनात्मने स्वात्मविभक्तमृत्यवे ।
सकारणाकारणलिङ्गमीयुषे
स्वमाययासंवृतरुद्धदृष्टये ॥ ४८ ॥
हे भगवान् ! जसले आत्मतत्वलाई जानेका हुन्छन्, हजुर सदा उनीहरूको नजिकमा स्थिर भएर रहनुहुन्छ जसले शरीरलाई नै आत्मा मानेर बसेका हुन्छन् उनीहरूका लागि हजुर मृत्युरूप हुनुहुन्छ । हजुर महतत्व आदि कार्य द्रव्य र प्रकृतिरूप कारणको नियामक हुनुहुन्छ । हजुरको मायाशक्तिले आफु बाहेक अरु सबैको ज्ञानदृष्टिलाई ढाकिदिनुहुन्छ । म हजुरलाई नमस्कार गर्दछु ।।४८।।
(अनुष्टुप्)
स त्वं शाधि स्वभृत्यान् नः किं देव करवाम हे ।
एतदन्तो नृणां क्लेशो यद्भवानक्षिगोचरः ॥ ४९ ॥
हे स्वयंप्रकास भगवान् ! हामी सबै हजुरका सेवकहरु हौँ । हामी हजुरको के सेवा गरौं ? आज्ञा दिनुहोस् । हजुरको दर्शन हुँदा नै जीवको सबै लेक्स नष्ट हुन्छ ।।४९।।
श्रीशुक उवाच–
तदुक्तमित्युपाकर्ण्य भगवान् प्रणतार्तिहा ।
गृहीत्वा पाणिना पाणिं प्रहसंस्तमुवाच ह ॥ ५० ॥
श्रीशुकदेव भन्नुहुन्छ ! हे परीक्षित शरणागतको भयलाई नाश गर्ने भगवान श्रीकृष्णले श्रुतदेवको प्रार्थना सुनेर मुस्कुराउँदै भन्नुभयो ।।५०।।
श्रीभगवानुवाच–
ब्रह्मंस्तेऽनुग्रहार्थाय सम्प्राप्तान् विद्ध्यमून् मुनीन् ।
सञ्चरन्ति मया लोकान् पुनन्तः पादरेणुभिः ॥ ५१ ॥
भगवान श्रीकृष्णले भन्नुभयो ! हे प्रिय श्रुतदेव ! तिमीलाई अनुग्रह गर्नका लागि यहाँ ठूला ठूला ऋषिहरूको आगमन भएको छ । उनीहरू आफ्नो चरणकमलको धुलोले सबैलाई कल्याण गराउँदै मेरो साथमा भ्रमण गर्दछन् ।।५१।।
देवाः क्षेत्राणि तीर्थानि दर्शनस्पर्शनार्चनैः ।
शनैः पुनन्ति कालेन तदप्यर्हत्तमेक्षया ॥ ५२ ॥
देवताको, पुण्यक्षेत्रहरुको र तीर्थ आदिको दर्शन गर्नाले बिस्तारै बिस्तारै मात्र पवित्र हुन सकिन्छ । तर सन्त पुरुषको दृष्टि पर्यो भने तत्काल पवित्र हुन्छ । त्यो पनि सन्तहरुको दृष्टिले नै प्राप्त हुन्छ ।।५२।।
ब्राह्मणो जन्मना श्रेयान् सर्वेषां प्राणिनामिह ।
तपसा विद्यया तुष्ट्या किमु मत्कलया युतः ॥ ५३ ॥
यस जगतमा जन्मले नै ब्राह्मणहरू सबै प्राणीमा श्रेष्ठ हुन्छन् । त्यसमा पनि उनीहरू तपस्या विद्या सन्तोष र मेरो उपासना र ममा भक्ति लागेको छ भने त भन्नु नै के छ र ? ।।५३।।
न ब्राह्मणान्मे दयितं रूपमेतच्चतुर्भुजम् ।
सर्ववेदमयो विप्रः सर्वदेवमयो ह्यहम् ॥ ५४ ॥
मेरो यो चार हात पनि ब्राह्मणभन्दा बढ्ता प्रिय छैन । किनकि ब्राह्मण सर्व वेदमय हुन् र म सर्वदेवमय हुँ ।।५४।।
दुष्प्रज्ञा अविदित्वैवमवजानन्त्यसूयवः ।
गुरुं मां विप्रमात्मानमर्चादाविज्यदृष्टयः ॥ ५५ ॥
तर दुर्बुद्धि भएका मानिसहरूले यस कुरालाई नजानेर केवल मूर्तिमा नै आफ्नो बुद्धि लगाउँछन् र गुणमा दोष निकालेर मेरो स्वरूप जगतको रुप ब्राह्मणलाई तिरस्कार गर्दछन् ।।५५।।
चराचरमिदं विश्वं भावा ये चास्य हेतवः ।
मद् रूपाणीति चेतस्याधत्ते विप्रो मदीक्षया ॥ ५६ ॥
ब्राह्मणले मेरो स्वरुपको साक्षात्कार गरेर यस चराचर जगतको सबै भाव र यसको कारण भएको प्रकृति सबै आत्मस्वरूप भगवानकै स्वरूप भन्ने निश्चय गर्दछन् ।।५६।।
तस्माद् ब्रह्मऋषीनेतान् ब्रह्मन् मच्छ्रद्धयार्चय ।
एवं चेदर्चितोऽस्म्यद्धा नान्यथा भूरिभूतिभिः ॥ ५७ ॥
हे श्रुतदेव ! त्यसैले तिमीले यी ब्रह्मर्षिहरुलाई मेरै रूप सम्झेर श्रद्धाका साथ यिनको पूजा गर । यदि तिमीले यसो गर्यौ भने अनायास मेरो पूजा गर्यौ होइन भने धेरै बहुमूल्य सामग्रीले एवं ऐश्वर्य मात्र चढाएर पनि मेरो पूजा हुन सक्दैन ।।५७।।
श्रीशुक उवाच–
स इत्थं प्रभुणाऽऽदिष्टः सहकृष्णान् द्विजोत्तमान् ।
आराध्यैकात्मभावेन मैथिलश्चाप सद्गतिम् ॥ ५८ ॥
श्रीशुकदेवले भन्नुभयो– हे परीक्षित ! भगवान श्रीकृष्णको यस्तो आज्ञा पाएर श्रुतदेवले श्रीकृष्ण र ती ब्राह्मणको एकाग्र मनले आराधना गरेर पूजा गरे । जसले गर्दा भगवानको कृपाले उनले भगवत स्वरूप प्राप्त गरे ।।५८।।
एवं स्वभक्तयो राजन् भगवान् भक्तभक्तिमान् ।
उषित्वाऽऽदिश्य सन्मार्गं पुनर्द्वारवतीमगात् ॥ ५९ ॥
हे परीक्षित ! जसरी भक्तले भगवानको भक्ति गर्दछन् । त्यसरी नै भगवानले भक्तको भक्ति गर्नुहुन्छ । उहाँ भगवान् आफ्ना दुवै भक्तलाई खुसी पार्नको लागि केही दिन मिथिलामा बस्नुभयो । त्यसपछि दुवै भक्तलाई सन्मार्गको उपदेश दिएर द्वारकानगरीमा फर्कनुभयो ।।५९।।
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
श्रुतदेवानुग्रहो नाम षडशीतितमोऽध्यायः ॥ ८६ ॥
