/* पुराना सबै बटनहरू र फुटरका अनावश्यक लिङ्कहरू हटाउन */ #blog-pager, .blog-pager, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3, .newer-posts, .older-posts { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } /* पुराना सबै केरमेर र मेनुलाई पूर्ण रूपमा लुकाउन */ .PageList, .Tabs, .tabs-inner, .widget.PageList, [id^='PageList'] { display: none !important; visibility: hidden !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; overflow: hidden !important; } -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

दशमः स्कंधः – चत्वारिंशोऽध्यायः

 श्रीमद्‌भागवत महापुराण
दशमः स्कंधः – चत्वारिंशोऽध्यायः



अक्रूर उवाच –
(मिश्र)
नतोऽस्म्यहं त्वाखिलहेतुहेतुं
     नारायणं पूरुषमाद्यमव्ययम् ।
यन्नाभिजातादरविन्दकोषाद्
     ब्रह्माऽऽविरासीद् यत एष लोकः ॥१॥

अक्रुरले भने– हे नारायण ! हजुर प्रकृति आदि सम्पूर्ण प्रपञ्चका कारण हुनुहुन्छ । अविनाशी पुरुषोत्तम नारायण पनि हजुर नै हुनुहुन्छ । यस चराचर जगतको सृष्टि गर्ने ब्रह्माजी हजुरको नाभिबाट उत्पन्न भएको कमलबाट प्रकट हुनुभएको हो । यस्ता आदि पुरुष हजुरलाई म नमस्कार गर्दछु ।।१।।

भूस्तोयमग्निः पवनं खमादि–
     र्महानजादिर्मन इन्द्रियाणि ।
सर्वेन्द्रियार्था विबुधाश्च सर्वे
     ये हेतवस्ते जगतोऽङ्‌गभूताः ॥२॥

पृथ्वी, जल, अग्नि, वायु, आकाश, अहङ्कार, महतत्व, मूलप्रकृति, पुरुष, मन, र सम्पूर्ण इन्द्रियहरूको विषय तथा यिनका अधिष्ठाता देवता यी जति पनि जगतका कारण छन् ती सबै हजुर कै अङ्गबाट उत्पन्न भएका हुन ।।२।।

नैते स्वरूपं विदुरात्मनस्ते
     ह्यजादयोऽनात्मतया गृहीताः ।
अजोऽनुबद्धः स गुणैरजाया
     गुणात् परं वेद न ते स्वरूपम् ॥३॥

आत्मादेखि भिन्न रूपले जानिने प्रकृति आदिले हजुरको स्वरूपलाई जान सकिँदैन ब्रह्माजी पनि हजुरकै स्वरूप भएर पनि प्रकृतिको गुणबाट ढाकिनुभएको छ त्यसकारण उहाँले पनि हजुरको स्वरूपलाई जान्न सक्नुहुन्न ।।३।।

(अनुष्टुप्)
त्वां योगिनो यजन्त्यद्धा महापुरुषमीश्वरम् ।
साध्यात्मं साधिभूतं च साधिदैवं च साधवः ॥४॥

चित्त शुद्ध भएकायोगी साधुहरू आफ्नै अन्तःकरणमा रहने अन्तर्यामीको रुपमा समस्त पदार्थमा व्याप्त हुने परमात्माको रुपमा र सूर्य, चन्द्र, अग्नि देवतामा रहने इष्टदेवताको रूपमा हजुरको पूजा गर्दछन् ।।४।। 

त्रय्या च विद्यया केचित् त्वां वै वैतानिका द्विजाः ।
यजन्ते विततैर्यज्ञैर्नानारूपामराख्यया ॥५॥

केही कर्मकाण्डी ब्राह्मणहरू कर्मको मार्गको उपदेश गर्ने वेद प्रतिपादित यज्ञद्वारा विभिन्न देवताहरूको नामले हजुरकै उपासना गर्दछन् ।।५।। 

एके त्वाखिलकर्माणि सन्न्यस्योपशमं गताः ।
ज्ञानिनो ज्ञानयज्ञेन यजन्ति ज्ञानविग्रहम् ॥६॥

यसैगरी अरु ज्ञानीहरू पनि आफ्ना समस्त कर्मको त्याग गरेर वैराग्यद्वारा ज्ञानयोग्य अर्थात् समाधिद्वारा ज्ञान स्वरूप हजुरकै ध्यान गर्दछन् ।।६।। 

अन्ये च संस्कृतात्मानो विधिनाभिहितेन ते ।
यजन्ति त्वन्मयास्त्वां वै बहुमूर्त्येकमूर्तिकम् ॥७॥

जसको चित्त शुद्ध भइसकेको छ । मन हजुरमैतन्मय भएको हुन्छ, त्यस्ता अनेक वैष्णवहरु हजुरद्वारा बताइएको पञ्चरात्र विधिले एकाग्र मन र तनमय भई हजुरलाई वासुदेव शंकर्षण आदि अनेक रूप सम्झेर अथवा नारायण नामक एउटै रूपमा हजुरकै पूजा गर्दछन् ।।७।। 

त्वामेवान्ये शिवोक्तेन मार्गेण शिवरूपिणम् ।
बह्वाचार्यविभेदेन भगवन् समुपासते ॥८॥

हे भगवान कोही उपासक शिवजीद्वारा बताइएको मार्ग र अन्य आचार्यहरुद्वारा शैव पशुपति आदि अनेक भेदले शिवस्वरूप हजुरकै उपासना गर्दछन् ।।८।। 

सर्व एव यजन्ति त्वां सर्वदेवमयेश्वरम् ।
येऽप्यन्यदेवताभक्ता यद्यप्यन्यधियः प्रभो ॥९॥

अरु जो देवताहरूका बेग्लाबेग्लै भक्त छन् उनीहरू अन्य देवताको उपासना गर्दछन् तापनि ती सबै भक्तहरु पनि हजुरकै आराधना गर्दछन् किनकि हजुर सम्पूर्ण देवताहरुको रुप हुनुहुन्छ ।।९।।

यथाद्रिप्रभवा नद्यः पर्जन्यापूरिताः प्रभो ।
विशन्ति सर्वतः सिन्धुं तद्वत्त्वां गतयोऽन्ततः ॥१०॥

जसरी पर्वतबाट निस्केका विभिन्न नदीहरू वर्षाको जलले भरिएर चारैतिरबाट आएर अन्तमा समुद्रमा प्रवेश गर्दछन् । त्यसैगरी उपासनाका मार्गहरू अन्तमा हजुरमै आएर मिल्दछन ।।१०।। 

सत्त्वं रजस्तम इति भवतः प्रकृतेर्गुणाः ।
तेषु हि प्राकृताः प्रोता आब्रह्मस्थावरादयः ॥११॥

सत्य, रज र तम यी हजुरकै मायाका गुण हुन्, यिनै मायाको गुणमा मायाबाट उत्पन्न भएका ब्रह्मादेखि लिएर स्थावर सम्मका सम्पूर्ण चराचर जीवहरू ओतप्रोत छन् ।।११।। 

 (मिश्र)
तुभ्यं नमस्तेऽस्त्वविषक्तदृष्टये
     सर्वात्मने सर्वधियां च साक्षिणे ।
गुणप्रवाहोऽयमविद्यया कृतः
     प्रवर्तते देवनृतिर्यगात्मसु ॥१२॥

तर सर्वस्वरूप र अन्तर्यामी अर्थात् सबैको बुद्धिको साक्षीरुप भएका हजुरलाई नमस्कार छ । प्रकृति गुणको प्रभावले चरलिहने सृष्टि अविद्याका कारण चलि नै रहन्छ र देवता मनुष्य पशुपक्षी आदि समस्त योनिमा व्याप्त भइरहन्छ ।।१२।।

अग्निर्मुखं तेऽवनिरङ्‌घ्रिरीक्षणं
     सूर्यो नभो नाभिरथो दिशः श्रुतिः ।
द्यौः कं सुरेन्द्रास्तव बाहवोऽर्णवाः
     कुक्षिर्मरुत् प्राणबलं प्रकल्पितम् ॥१३॥

हे प्रभु ! अग्नि हजुरको मुख हो, पृथ्वी पाउ हो, सूर्य आँखा हुन् र आकाश नाभि हो यसैगरी दिशाहरु कान हुन् स्वर्गलोक हजुरको शिर हो । इन्द्रादि देवताहरु बाहुली हुन् समुद्र कोख हो र वायु हजुरका प्राण तथा बल हुन् । उपासकद्वारा यस्तो कल्पना गरिएको हो ।।१३।। 

रोमाणि वृक्षौषधयः शिरोरुहा
     मेघाः परस्यास्थिनखानि तेऽद्रयः ।
निमेषणं रात्र्यहनी प्रजापति(
     मेढ्रस्तु वृष्टिस्तव वीर्यमिष्यते ॥१४॥

वृक्ष र औषधिहरू हजुरका रौँ हुन् । बादलहरू शिरका केस हुन् । पहाड र पर्वत हजुरका हाड र नङ हुन् । रातदिन आँखा झिम्क्याउँनु र उगार्नु हो । प्रजापति लिङ्ग हुन् तथा वर्षा हजुरको वीर्य हो भनि बताइएको छ ।।१४।। 

त्वय्यव्ययात्मन् पुरुषे प्रकल्पिता
     लोकाः सपाला बहुजीवसङ्‌कुलाः ।
यथा जले सञ्जिहते जलौकसो–
     ऽप्युदुम्बरे वा मशका मनोमये ॥१५॥

हे अविनाशी भगवान जसरी जलमा अनेक जलचर जीव र डुम्रीको फलमा सानासाना अनेक किरा उत्पन्न हुन्छन् र बस्ने गर्छन् त्यसैगरी विशुद्ध अन्तकरणको वृद्धिद्वारा जान्न सकिने हजुरमा अनेक प्रकारका जीव जन्तु र लोकपालको कल्पना गरिएको छ ।।१५।। 

(अनुष्टुप्)
यानि यानीह रूपाणि क्रीडनार्थं बिभर्षि हि ।
तैरामृष्टशुचो लोका मुदा गायन्ति ते यशः ॥१६॥

हजुर कृडाका लागि मत्स्यादी जुन जुन रूप धारण गर्नुहुन्छ ती रूपको चिन्तनले मनुष्यको सबै शोक मोहलाई नाश गरिदिन्छ मानिसहरु हर्षपूर्वक हजुरको निर्मल कृतिको गान गर्दछन् ।।१६।।

नमः कारणमत्स्याय प्रलयाब्धिचराय च ।
हयशीर्ष्णे नमस्तुभ्यं मधुकैटभमृत्यवे ॥१७॥

सत्यव्रतको उद्धारको निम्ति पृथ्वीमा हजुर मत्स्यादी रूप लिएर प्रलयकालीन जलमा विहार गर्नुहुन्छ म त्यस मत्स्यरुपलाई नमस्कार गर्दछु । मधुकैटभ नाम गरेका दानवहरुलाई मार्नको लागि हायग्रिम अवतार लिनुहुने हजुरलाई म नमस्कार गर्दछु ।।१७।।

अकूपाराय बृहते नमो मन्दरधारिणे ।
क्षित्युद्धारविहाराय नमः सूकरमूर्तये ॥१८॥

हजुरले कक्षप रूप धारण गरी मन्दराचललाई धारण गर्नुभएको थियो । हजुरको यस महाकक्षप रूपलाई नमस्कार छ । बराह रूप धारण गरी पृथ्वीको उद्धार गर्ने यस्ता वराह रुप हजुरलाई नमस्कार छ ।।१८।। 

नमस्तेऽद्भुातसिंहाय साधुलोकभयापह ।
वामनाय नमस्तुभ्यं क्रान्तत्रिभुवनाय च ॥१९॥

प्रल्लाद जस्ता साधु सज्जनको भयलाई हटाउँन अद्भुत नृसिंह रूप धारण गर्नुभएको थियो म त्यस रुपलाई नमस्कार गर्दछु । वामन रूप अवतार लिई तीन पाइलाले त्रिभुवन नाप्ने हजुरलाई नमस्कार छ ।।१९।।

नमो भृगूणां पतये दृप्तक्षत्रवनच्छिदे ।
नमस्ते रघुवर्याय रावणान्तकराय च ॥२०॥

धर्मको उल्लङ्घन गर्ने घमण्डी क्षेत्रीरुपी वनलाई ध्वस्त पार्नको निम्ति परशुरामको रूप धारण गर्ने हजुरलाई नमस्कार गर्दछु । रावणलाई नाश गर्नको निम्ति रघुवंशमा भगवान रामको रूपले अवतार लिनुहुने हजुरलाई नमस्कार छ ।।२०।। 

नमस्ते वासुदेवाय नमः सङ्‌कर्षणाय च ।
प्रद्युम्नायानिरुद्धाय सात्वतां पतये नमः ॥२१॥

वासुदेव, शंकर्षण, प्रद्युम्न र अनिरुद्ध रुप हजुरलाई बारम्बार नमस्कार छ त्यसैगरी यदुपति हजुरलाई नमस्कार छ ।।२१।।

नमो बुद्धाय शुद्धाय दैत्यदानवमोहिने ।
म्लेच्छप्रायक्षत्रहन्त्रे नमस्ते कल्किरूपिणे ॥२२॥

दुष्ट दैत्य र दानवहरूलाई मोहित गर्नाको निमित्त शुद्ध अहिंसा मार्गका प्रवर्तक बुद्ध रूप हजुरलाई नमस्कार छ । म्लेक्षहरूको जस्तो आचरण गर्ने क्षेत्रीहरूको नाश गर्नको निम्ति कल्की अवतार लिनुहुने हजुरलाई नमस्कार गर्दछु ।।२२।। 

भगवञ्जीवलोकोऽयं मोहितस्तव मायया ।
अहंममेत्यसद्ग्रा हो भ्राम्यते कर्मवर्त्मसु ॥२३॥

हे प्रभु यी सबै जीव हजुरको मायाले मोहित भएकाले म र मेरो भन्ने अहंतामा फसेर कर्ममार्गमा भौतारीरहेका छन  ।।२३।। 

अहं चात्मात्मजागारदारार्थस्वजनादिषु ।
भ्रमामि स्वप्नकल्पेषु मूढः सत्यधिया विभो ॥२४॥

यसैगरी हे प्रभु म मुर्ख पनि सपनामा देखिने जस्ता शरीर, पुत्र, घर, स्वास्नी, धन, र स्वजन इत्यादि वस्तुलाई सत्य सम्झेर घुमिरहेको छु ।।२४।। 

अनित्यानात्मदुःखेषु विपर्ययमतिर्ह्यहम् ।
द्वन्द्वारामस्तमोविष्टो न जाने त्वाऽऽत्मनः प्रियम् ॥२५॥

अनित्य वस्तुलाई नित्य, अनात्मा लाई आत्मा र दुःखलाई सुख सम्झेर म अज्ञानमा छु । त्यसैले आफ्नो प्रिय हजुरलाई जान्दिन ।।२५।। 

यथाबुधो जलं हित्वा प्रतिच्छन्नं तदुद्भ्वैः ।
अभ्येति मृगतृष्णां वै तद्वत्त्वाहं पराङ्‌मुखः ॥२६॥

जसरी कुनै अज्ञानी पुरुष जलबाट उत्पन्न भएका झारपात आदिले ढाकिएको जललाई नचिनेर त्याग्दछ जल नै नभएको मरिचिकाको पछि लाग्दछ त्यसैगरी म पनि आफ्नै मायाले ढाकिनु भएका हजुरलाई त्यागेर विषयमा सुखको आशाले भड्किरहेको छु ।।२६।।

नोत्सहेऽहं कृपणधीः कामकर्महतं मनः ।
रोद्धुं प्रमाथिभिश्चाक्षैर्ह्रियमाणमितस्ततः ॥२७॥

मेरो मनमा अनेक वस्तुको कामना र कर्म सताइएको छ । यसलाई नियन्त्रण गर्ने इन्द्रियले विषयलाई आफुतिर खिचेका कारण मनलाई नियन्त्रण गर्न गाह्रो परेको छ ।।२७।। 

 (वसंततिलका)
सोऽहं तवाङ्‌घ्र्युपगतोऽस्म्यसतां दुरापं
     तच्चाप्यहं भवदनुग्रह ईश मन्ये ।
पुंसो भवेद् यर्हि संसरणापवर्ग–
     त्वय्यब्जनाभ सदुपासनया मतिः स्यात् ॥२८॥

हे भगवान ! मेरो मन इन्द्रियहरुको वशमा भएपनि म विषयमा मन खिचिएको सज्जन पुरुषले पनि प्राप्त गर्न असम्भव भएको हजुरको चरणकमलको शरण प्राप्त गरेकोछु । सांसारिक विषयमा फसेकाहरुका लागि हजुरको चरणको सेवा बटै मुक्ति प्राप्त गर्दछ । हे पद्मनाभ शास्त्र र गुरुहरूको उपसनाबाट मानिसको मन बुद्धि हजुरमा स्थिर हुन्छ ।।२८।। 

 (अनुष्टुप्)
नमो विज्ञानमात्राय सर्वप्रत्ययहेतवे ।
पुरुषेशप्रधानाय ब्रह्मणेऽनन्तशक्तये ॥२९॥

विज्ञान स्वरूप सम्पूर्ण ज्ञानका कारण र अधिष्ठान हजुर नै हुनुहुन्छ । यस्ता प्रकृति स्वरूप हुनुभएका अनन्त शक्तिका स्वामी हजुरलाई म नमस्कार गर्दछु ।।२९।। 

नमस्ते वासुदेवाय सर्वभूतक्षयाय च ।
हृषीकेश नमस्तुभ्यं प्रपन्नं पाहि मां प्रभो ॥३०॥

हे प्रभु ! हजुर नै इन्द्रियका अधिष्ठाता वासुदेव, समस्त प्राणीका आश्रय संकर्षण हुनुहुन्छ । म हजुरको शरणमा आएको छु, त्यसैले म हजुरालई नमस्कार गर्दछु ।।३०।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे अक्रूरस्तुतिर्नाम चत्वारिंशोऽध्यायः ॥४०॥




ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment