#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

प्रथमः स्कंधः - तृतीयोऽध्यायः


श्रीमद्भागवत महापुराण
प्रथमः स्कंधः - तृतीयोऽध्यायः



सूत उवाच
(अनुष्टुप्)
जगृहे पौरुषं रूपं भगवान् महदादिभिः
संभूतं षोडशकलं आदौ लोकसिसृक्षया ॥।
सूतजीले भन्ँनुयो– 
सृष्टिको आदिमा भगवान्ले लोकको निर्माण गर्ने इच्छा गर्नुभयो महतत्व आदि पुरुषरूप धारण गर्नु भयो जसमा दस इन्द्रिय एक मन पाँच महाभूतको सोह्र कला थियो ।।१।।

यस्याम्भसि शयानस्य योगनिद्रां वितन्वतः
नाभिह्रदाम्बुजादासीद् ब्रह्मा विश्वसृजां पतिः
वहां जलमा सयन गर्नु भएको थियो त्यस वेलामा वहांको नाभिसरोवर बाट एउटा कमल प्रकट भयो त्यो कमलमा प्रजापतिका अधिपति ब्रम्हा प्रकट हुनुभयो ।।२।।

यस्यावयवसंस्थानैः कल्पितो लोकविस्तरः
तद् वै भगवतो रूपं विशुद्धं सत्त्वमूर्जितम् ॥।
भगवान्ले त्यो विराट अङ्गमा सबै लोकको कल्पना गर्नुभयो त्यो भगवान्को विशुध्द सत्वमय रूप थियो ।।३।।

इन्द्रवंशा
पश्यन्त्यदो रूपमदभ्रचक्षुषा
    सहस्रपादोरुभुजाननाद्भुतम्
सहस्रमूर्धश्रवणाक्षिनासिकं
    सहस्रमौल्यम्बरकुण्डलोल्लसत्
योगी महात्माहरू आफ्ना दिव्य दृष्टिले त्यो रूपको दर्शन गर्दछन् भगवान्को त्यो रूपमा हजार हात, हजार खुट्टा मुख ले गर्दा अन्त्यन्त विलक्षणको थियो जस्मा हजार सिर, हजार कान, हजार आँखा, हजार नाक थिए हजार मुकुट भएका कपडा कुण्डल आदि गहनाहरूले शोभायमान थियो ।।४।।

(अनुष्टुप्)
एतन्नानावताराणां निधानं बीजमव्ययम्
यस्यांशांशेन सृज्यन्ते देवतिर्यङ्नरादयः
भगवान्को त्यहि रूपलाई नारायण भनिन्छ यो रूप नै अक्षय रूप हो यहि रूपबाट अवतारहरू हुन्छन् यसरूपको सानो अंशबाट देवता, पशुपक्षी मानिस आदि योनिको सृष्टि हुन्छ ।।५।।

एव प्रथमं देवः कौमारं सर्गमाश्रितः
चचार दुश्चरं ब्रह्मा ब्रह्मचर्यमखण्डितम्
उनै प्रभुले सबभन्दा पहिला कौमार सर्गमा सनक, सनन्दन, सनातन सनतकुमार आदि गरीएका चार वटुक ब्राम्हणको रूपमा अवतार लिनुभयो अखण्ड ब्रम्हचर्यको पालना गर्नुभयो ।।६।।

द्वितीयं तु भवायास्य रसातलगतां महीम्
उद्धरिष्यनुपादत्त यज्ञेशः सौकरं वपुः ॥
दाश्रोपटक संसारको कल्याणका लागि संपूर्ण यज्ञका स्वामी उनै भगवान्ले वराहको रूप धारणा गरेर रसातलामा डुबेकी पृथ्वीको उध्दार गर्नु भयो ।।७।।

तृतीयं ऋषिसर्गं वै देवर्षित्वमुपेत्य सः
तन्त्रं सात्वतमाचष्ट नैष्कर्म्यं कर्मणां यतः
देवर्षि नारदको रूपमा तेश्रो अवतार धारण गर्नुभयो जसले सास्वततन्त्र (नारद पञ्चरात्र) को उपदेश दिनुभयो जसमा कर्म वन्धनको मुक्तिको उपायका बारेमा वर्णन गरीएको ।।८।।

तुर्ये धर्मकलासर्गे नरनारायणौ ऋषी
भूत्वाऽऽत्मोपशमोपेतमकरोद् दुश्चरं तपः  
धर्मपत्नी मुर्तीको गर्भबाट वहांले नरनारायणको रूपमा चौथो अवतार लिनु भयो त्यस अवतारमा इन्द्रिय संयम गरेर कठिन तपस्या गर्नुभयो ।।९।।

पञ्चमः कपिलो नाम सिद्धेशः कालविप्लुतम्
प्रोवाचासुरये सांख्यं तत्त्वग्रामविनिर्णयम् १०
पाँचौ अवतारमा सिध्द स्वामी कपिलदेवका रूपमा प्रकट हुनुभयो जसले लुप्त भएको शांख्यशास्त्रको बारेमा आसुरी नाम गरेको ब्राम्हणलाई उपदेश दिनु भयो ।।१०।।

षष्ठे अत्रेरपत्यत्वं वृतः प्राप्तोऽनसूयया
आन्वीक्षिकीमलर्काय प्रह्लादादिभ्य ऊचिवान् ११
अनसूयाको बर पूर्ण गराउन छैटौ अवतारमा अत्रिका सन्तानका रूपमा दतात्रेय हुनुभयो वहांले अलर्क प्रल्हादलाई ब्रम्हज्ञानको उपदेश दिनुभयो ।।११।।

ततः सप्तम आकूत्यां रुचेर्यज्ञोऽभ्यजायत
स यामाद्यैः सुरगणैरपात्स्वायंभुवान्तरम् ॥॥ १२
सातौ पटक रुचि प्रजापतिकी पत्नी आकुतीबाट यज्ञ भगवान्को रूपमा अवतार लिनुभयो आफ्ना छोरा यमादि देवताहरूको साथमा स्वायम्भुव मनुको पालामा इन्द्रको पदमा रहेर जगतको रक्षा गर्नुभयो ।।१२।।

अष्टमे मेरुदेव्यां तु नाभेर्जात उरुक्रमः
दर्शयन्वर्त्म धीराणां सर्वाश्रम नमस्कृतम् १३
नाभि राजाकी पत्नी मेरुदेवीबाट ऋषभदेव नाम लिएर आठौ अवतार लिनुभयो यस अवतारमा वहांले सबै आश्रमीहरूको कल्याणका लागि परमहंस मार्गको बारेमा बताउनु भयो ।।१३।।

ऋषिभिर्याचितो भेजे नवमं पार्थिवं वपुः
दुग्धेमामोषधीर्विप्राः तेनायं उशत्तमः १४
ऋषिहरूको प्रार्थनाका कारण नवौं अवतारमा पृथुरूप लिएर अवतिर्ण हुनुभयो यस अवतारमा वहांले पृथ्वीबाट सबै औषधिहरूको दोहन गर्नु भयो, त्यसैले यो अवतार सबैका लागि कल्याणकारी भयो ।।१४।।

रूपं जगृहे मात्स्यं चाक्षुषोदधिसंप्लवे
नाव्यारोप्य महीमय्यामपाद्‌वैवस्वतं मनुम् ॥ १५
चाक्षुष मन्वन्तरको पालामा जव तीनैलोक जलमा डुव्नगयो तव वहांले दशौं अवतारको रूपमा मत्स्यावतार धारण गर्नुभयो पृथ्वीरूप डुगामा बसेर पछिल्ला मन्वन्तरका अधिपति वैवश्वत मनुको रक्षा गर्नुभयो ।।१५।।

सुरासुराणां उदधिं मथ्नतां मन्दराचलम्
दध्रे कमठरूपेण पृष्ठ एकादशे विभुः १६
देवता दैत्यहरू मिलेर समुद्र मन्थन गर्न लागेका समयमा एघारौं अवतारमा कक्षपरूप धारण गरेर मन्दराचललाई आफ्नो पिठयुंमा राख्नुभयो ।।१६।।

धान्वन्तरं द्वादशमं त्रयोदशममेव
अपाययत्सुरानन्यान्मोहिन्या मोहयन् स्त्रिया ॥१७
बाह्रौ अवतारमा धन्वन्तरिका रूपमा समुद्रबाट अमृत लिएर प्रकट हुनुभयो अनि तेह्रौ अवतारमा मोहनीरूप धारण गरेर दैत्यलाई मोहित पार्दै देवताहरूलाई अमृत पिलाउनु भयो ।।१७।।

चतुर्दशं नारसिंहं बिभ्रद् दैत्येन्द्रमूर्जितम्
ददार करजैर्वक्ष्यस्येरकां कटकृद्यथा   १८
चौधौं अवतारमा नृसिंहरूप धारण गर्नु भयो आफ्ना नंग्राले अत्यन्त बलवान हिरण्यकसिपुको छाती च्यात्नुभयो ।।१८।।

पञ्चदशं वामनकं कृत्वागादध्वरं बलेः
पदत्रयं याचमानः प्रत्यादित्सुस्त्रिविष्टपम् १९
पन्द्रौ अवतारमा वामनरूप धारण गरेर दैत्यराज वलिको यज्ञमा जानुभयो तीन पाउ जमिन माग्नुभयो ।।१९।।

अवतारे षोडशमे पश्यन् ब्रह्मद्रुहो नृपान्
त्रिःसप्तकृत्वः कुपितो निःक्षत्रामकरोन्महीम्  २०
सोह्रौं अवतारमा प्रशुराम हुनुभयो त्यस वेला वहांले राजाहरूले ब्राम्हणहरूको द्रोह गरेको देख्नुभयो एक्काईस पटक सम्म क्षत्रियहरूको नाश गर्नुभयो ।।२०।।

ततः सप्तदशे जातः सत्यवत्यां पराशरात्
चक्रे वेदतरोः शाखा दृष्ट्वा पुंसोऽल्पमेधसः २१
सत्रौं अवतारमा परासरद्वारा सत्यवतिको गर्भबाट व्यासरूपले अवतिर्ण हुनुभयो त्यस वेलावहांले मानिसहरूको स्मरण शक्तिकालाई विचार गरेर वेदरूप वृक्ष को विभिन्न शाखाहरू वनाउनुभयो ।।२१।।

नरदेवत्वमापन्नः सुरकार्यचिकीर्षया
समुद्रनिग्रहादीनि चक्रे वीर्याण्यतः परम् २२
अठारौं अवतारमा देवताहरूको कार्य सिध्दगर्ने इच्छाले रामावतार लिनुभयो सेतुवन्धन, रावणवध आदि धेरै लीला गर्नुभयो ।।२२।।

एकोनविंशे विंशतिमे वृष्णिषु प्राप्य जन्मनी
रामकृष्णाविति भुवो भगवानहरद्‌भरम् ॥ २३
उण्डाइसौं विसौं अवतारमा यदुवंशमा वलराम श्रीकृष्ण नामले अवतिर्ण हुनुभयो पृथ्वीको भार हर्नु भयो ।।२३।।

ततः कलौ संप्रवृत्ते सम्मोहाय सुरद्विषाम्
बुद्धो नाम्नांजनसुतः कीकटेषु भविष्यति २४
त्यसपछि कलियुगको आगमन पछि देवताको द्वेश गर्ने दैत्यहरूलाई मोहित गराउन अजनको छोराको रूपमा बुध्दावतार हुनेछ ।।२४।।

अथासौ युगसंध्यायां दस्युप्रायेषु राजसु
जनिता विष्णुयशसो नाम्ना कल्किर्जगत्पतिः २५
त्यसपछि कलियुगको अन्त्य समयमा राजाहरू लुटेरा हुनेछन्, त्यस वेला लोकको रक्षा गर्न यश नाम गरेका ब्राम्हणको घरमा भगवान् विष्णुले कल्कि अवतार लिएर अवतिर्ण हुनु हुनेछ ।।२५।।

अवतारा ह्यसङ्ख्येया हरेः सत्त्वनिधेर्द्विजाः
यथाविदासिनः कुल्याः सरसः स्युः सहस्रशः २६
हे शौनकादि ऋषिहरू! जसरी ठुलो सरोबरबाट हजारौ खोलाहरू निस्कन्छन् त्यसरी नै भगवान् श्रीहरिको असंख्य अवतारहरू हुन्छन् ।।२६।।

ऋषयो मनवो देवा मनुपुत्रा महौजसः
कलाः सर्वे हरेरेव सप्रजापतयः तथा २७
ऋषि, मनु, देवता, प्रजापति, मनुका छोराहरू जति पनि शक्तिशालिहरू छन् ति सबै भगवान्का अंश हुन् ।।२७।।

एते चांशकलाः पुंसः कृष्णस्तु भगवान् स्वयम्
इन्द्रारिव्याकुलं लोकं मृडयन्ति युगे युगे २८
अरु जति अवतारहरू छन् ति सबै भगवान्को अंशावतार कलावतार हुन तर भगवान् श्रीकृष्ण ता स्वयं भगवान् हुनुहुन्छ जव दैत्यहरूको अत्याचार बढ्दछ तव युगयुगमा भगवान् बिभिन्न अवतार धारण गरेर आउँनु हुन्छ ।।२८।।

जन्म गुह्यं भगवतो एतत्प्रयतो नरः
सायं प्रातर्गृणन् भक्त्या दुःखग्रामाद् विमुच्यते २९
भगवान्को दीब्य जन्मको यो कथा अत्यन्त गोपनिय रहस्यमय जो मानिस एकाग्र चित्तले नियम पूर्वक विहांन वेलुका यसको पाठ गर्दछ भने उसको सबै दुःख नाश हुन्छ ।।२९।।

एतद् रूपं भगवतो ह्यरूपस्य चिदात्मनः
मायागुणैर्विरचितं महदादिभिरात्मनि ३०
रूप रहित, प्राकृत स्वरूप रहित, चिन्मय भगवान्का यो स्थूल जगदाकार रूप हो, उनैको महत्वादि गुणका कारण भगवान् कल्पित हुनुहुन्छ

यथा नभसि मेघौघो रेणुर्वा पार्थिवोऽनिले
एवं द्रष्टरि दृश्यत्वमारोपितमबुद्धिभिः ॥ ३१
जसरी वादलको आश्रय बायु हो पृथ्वीको विकार खैरोपन धुलोमा हुन्छ तर अल्प बुध्दि भएकाहरू बादललाई आकाशमा खैरोपनालाई बायु मानि भ्रम संझन्छन् त्यसैगरी अविवेकि पुरुषहरू आत्मामा स्थुल दृष्यरूप जगतलाई मान्दछन् ।।३१।।

अतः परं यदव्यक्तमव्यूढगुणव्यूहितम् । 
अदृष्टाश्रुतवस्तुत्वात् जीवो यत् पुनर्भवः ३२
यो स्थुलरूप भन्दा पर भगवान्को अव्यक्तरूप जुन स्थुलको जस्तो आकार अथवा गुणवाला देख्न सुन्न नै सकिन्छ, त्यो नै सूक्ष्म शरीर हो आत्माको प्रवेश हुदा त्यसलाई जीव भनिन्छ त्यसैको नै वारम्वार जन्महुन्छ ।।३२।।

यत्रेमे सदसद् रूपे प्रतिषिद्धे स्वसंविदा
अविद्ययाऽऽत्मनि कृते इति तद्ब्रह्मदर्शनम् ३३
माथि भनिएका सूक्ष्म स्थूल शरीर अविद्याको कारण नै आत्मा आरोपित भएका हुन जुन अवस्थामा आत्मस्वरूप ज्ञानले यो भ्रम हटेर जान्छ त्यसै समय ब्रम्हसित साक्षात्कार हुन्छ ।।३३।।

यद्येषोपरता देवी माया वैशारदी मतिः
संपन्न एवेति विदुर्महिम्नि स्वे महीयते  ३४
तत्वज्ञानीहरू यो जान्दछन् कि जुन समय यो बुध्दिरूपा परमेश्वर मायामा निवृत भएर जान्छ त्यसै समयमा जीवलाई परमानन्द प्राप्ति हुन्छ आफ्नो स्वरूपको बारेमा बोध हुन्छ ।।३४।।

एवं जन्मानि कर्माणि ह्यकर्तुरजनस्य
वर्णयन्ति स्म कवयो वेदगुह्यानि हृत्पतेः ३५
वास्तवमा जसको जन्म हुदैन कर्म पनि हुदैन उनै भगवान्को अप्राकृतिक (गुश्ह्य) जन्म कर्मको बारेमा  तत्वज्ञानीहरू यसप्रकार वर्णनगर्दछन् किनकि उनको जन्म कर्म वेदमा अन्यन्त रहस्यमय गोप्य ।।३५।।

उपेन्द्रवज्रा
वा इदं विश्वममोघलीलः
    सृजत्यवत्यत्ति सज्जतेऽस्मिन्
भूतेषु चान्तर्हित आत्मतंत्रः
    षाड्वर्गिकं जिघ्रति षड्गुणेशः ३६
भगवान्को लीला अमोघ उनले लीलाबाट नै यस संसारको सृष्टि, स्थिति संहार गर्दछन् किनकि यसमा आशक्ति हुदैन प्राणीहरूको अन्तःकरणमा रहेर पाँच ज्ञानेन्द्रिय मनको नियन्ताको रूपमा ती विषयको ग्रहण पनि गर्दछन् तर फेरी ती विषयबाट अलग रहन्छन किनकि उनी स्वतन्त्र भएकाले कुनै विषयमा लिप्त हुदैनन ।।३६।।

चास्य कश्चिन्निपुणेन धातुः
    अवैति जन्तुः कुमनीष ऊतीः
नामानि रूपाणि मनोवचोभिः
    सन्तन्वतो नटचर्यामिवाज्ञः ३७
जसरी अन्जान मानिस जादुगर अथवा नाटकको कृयाकलाप बारे बुझ्दैनन त्यसैगरी आफ्नो सकल्प वेदका वचन द्वारा भगवान्बाट प्रकट भएका नाना किसिमका नामरूप वहांका लीलाहरूलाई कुवुध्दिमा फसेका जीवहरूले धेरै तर्क युक्तिबाट पनि जान्न सक्तैनन ।।३७।।

वेद धातुः पदवीं परस्य
    दुरन्तवीर्यस्य रथाङ्गपाणेः
योऽमायया सन्ततयानुवृत्त्या
    भजेत तत्पादसरोजगन्धम् ३८
चक्रपाणी भगवान्को शक्ति पराक्रम अनन्त  वहाँको बारेमा कसैले पनि थाहा पाउन सक्तैन वहाँ सारा जगतको निर्माता भएर पनि जगत भन्दा पर हुनुहुन्छ  वहाँको स्वरूप तथा लीलाहरूको बारेमा जसले सदा सर्वदा निष्कपट भावले वहाँको चरणकमलको सेवा गर्दछन् चिन्तन गर्दछन्, उनैले मात्र जान्दछन्।।३८।।

अथेह धन्या भगवन्त इत्थं
    यद्वासुदेवेऽखिललोकनाथे
कुर्वन्ति सर्वात्मकमात्मभावं
     यत्र भूयः परिवर्त उग्रः ३९
हे शौनकादि ऋषिहरू ! तपाईहरू धेरै भाग्यमानी हुनुहुन्छ धन्य हुनुहुन्छ किनकि यस जीवनमा आईपर्ने सबै विघ्नबाधाहरू लाई हटाउने सबैलोकका स्वामी भगवान् श्रीकृष्ण प्रति अनन्य पे्रम गर्नुहुन्छ जसका कारण जन्म मरणरूप यो ससारमा आइरहनु पर्दैन ।।३९।।

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम्
उत्तमश्लोकचरितं चकार भगवान् ऋषिः ४०
भगवान् वेदव्यासले यो वेद समान भगवान्का चरित्रहरूले भरिएको भागवत नामको पुराण वनाउनु भएको ।।४०।।

(अनुष्टुप्)
निःश्रेयसाय लोकस्य धन्यं स्वस्त्ययनं महत्
तदिदं ग्राहयामास सुतं आत्मवतां वरम् ४१
वहांले यो कल्याणकारी महान पुराण लोकको परम कल्याणका लगि आफ्ना आत्मज्ञानी शिरोमणी छोरालाई सुनाउनु भयो।।४१।।

सर्ववेदेतिहासानां सारं सारं समुद्धृतम्
तु संश्रावयामास महाराजं परीक्षितम् ४२
यसमा सबै वेद इतिहासको सारलाई संग्रह गरीएको सुकदेवजीले राजा परीक्षितलाई यो भागवत सुनाउनु भयो ।।४२।।

प्रायोपविष्टं गङ्गायां परीतं परमर्षिभिः
कृष्णे स्वधामोपगते धर्मज्ञानादिभिः सह ४३
जुन समयमा राजा परीक्षित अनसन ब्रत लिएर गङ्गाकिनारमा बसेका थिए त्यहि समयमा सुकदेवजीले यो भागवत सुनाउनु भएको हो धर्म ज्ञान आदिका साथमा भगवान् श्रीकृष्ण जव आफ्नो स्वधाम जानुभयो त्यसैबेला देखि कलियुगका मानिसहरू अज्ञानरूप अन्धकारले घेरिएकाछन् ।।४३।।

कलौ नष्टदृशामेष पुराणार्कोऽधुनोदितः
तत्र कीर्तयतो विप्रा विप्रर्षेर्भूरितेजसः ४४
हे शौनकादि ऋषिहरू ! यस कलियुगमा अज्ञानरूप अन्धकारबाट अन्धो भएको मानिसहरूलाई  लागि यो पुराणरूप सूर्य प्रकट भएको

अहं चाध्यगमं तत्र निविष्टस्तदनुग्रहात् । 
सोऽहं वः श्रावयिष्यामि यथाधीतं यथामति ४५
जव महा तेजस्वी सुकदेवजी महाराज यस पुराणको कथा भन्दै हुनुहुन्थ्यो त्यस वेला पनि त्यहाँ बसेको थिए त्यहाँ नै मैले वहांको कृपाले यस पुराणको अध्ययन गरेको थिए मैले  जे जस्तो अध्ययन गरे बुध्दिले जे जति लिन सके त्यति नै अनुसार तपाईहरूलाई बताउछु ।।४४।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
प्रथमस्कन्धे नैमिषीयोपाख्याने तृतीयोऽध्यायः