श्रीमद्भागवत महापुराण
दशमस्कन्धः – अष्टषष्टितमोऽध्यायः
श्रीशुक उवाच–
(अनुष्टुप्)
दुर्योधनसुतां राजन् लक्ष्मणां समितिंजयः ।
स्वयंवरस्थामहरत् सांबो जाम्बवतीसुतः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे राजा परीक्षित ! जाम्बवतीका छोरा वीर योध्दा थिए । उनले दुर्योधनकी छोरी लक्ष्मणालाई अपहरण गरे ।।१।।
कौरवाः कुपिता ऊचुः दुर्विनीतोऽयमर्भकः ।
कदर्थीकृत्य नः कन्यामकामामहरद् बलात् ॥ २ ॥
उसको यस्तो कार्यले कौरवहरू रिसाउदै भन्न थाले, यो उदण्डबालकले हामीलाई अपमानित गरेर उसलाई मन नपाराउने हाम्री कन्यालाई बलजफत अपहरण गरेर लग्यो ।।२।।
बध्नीतेमं दुर्विनीतं किं करिष्यन्ति वृष्णयः ।
येऽस्मत्प्रसादोपचितां दत्तां नो भुञ्जते महीम् ॥ ३ ॥
त्यसैले यो दुष्ट बालक साम्बलाई समातेर बाँध । यदुवंशीहरू रिसाए पनि तिनीहरूले हामीलाई के हानि गर्न सक्छन् र ? हाम्रो कृपाले हामीले दिएको धन र अन्नले भरिएको पृथ्वीलाई यिनीहरुले भोग गरिरहेका छन् ।।३।।
निगृहीतं सुतं श्रुत्वा यद्येष्यन्तीह वृष्णयः ।
भग्नदर्पाः शमं यान्ति प्राणा इव सुसंयताः ॥ ४ ॥
यदि तिनीहरू आफ्नो छोरा पक्राउ परेको खबर सुनेपछि यहाँ आए भने हामी तिनीहरूको सबै घमण्ड चकनाचूर पार्नेछौं र प्राणायाम आदिद्वारा मन शान्त भएझैं तिनीहरूको घमण्ड नष्ट भएर शान्त हुनेछन् ।।४।।
इति कर्णः शलो भूरिः यज्ञकेतुः सुयोधनः ।
साम्बमारेभिरे बद्धुं कुरुवृद्धानुमोदिताः ॥ ५ ॥
यो सोचेर कुरुवंशका बुढापाकाको अनुमति लिएर कर्ण, शल, भूरिश्रवा, यज्ञ, केतु र दुर्योधनले साम्बलाई बन्दी बनाउने तयारी गरे ।।५।।
दृष्ट्वालनुधावतः साम्बो धार्तराष्ट्रान् महारथः ।
प्रगृह्य रुचिरं चापं तस्थौ सिंह इवैकलः ॥ ६ ॥
धृतराष्ट्रका छोराहरू आफुलाई समाउन आफ्नो पछाडी दौडिरहेका देखेर साम्बले हातमा एउटा सुन्दर धनुष लिए र उनीहरुसंग प्रतिकार गर्न सिंह जस्तै एक्लै तयार भए ।।६।।
तं ते जिघृक्षवः क्रुद्धास्तिष्ठ तिष्ठेति भाषिणः ।
आसाद्य धन्विनो बाणैः कर्णाग्रण्यः समाकिरन् ॥ ७ ॥
साम्बलाई बन्दि बनाउन खोज्ने कौरव पक्षले पर्खी पर्खी भनेर कराइरहेका थिए । उनीहरुले हातमा धनु लिएका उनीहरुले साम्वको नजिक पुगेर बाण बर्षा गर्न थाले ।।७।।
सोऽपविद्धः कुरुश्रेष्ठ कुरुभिर्यदुनन्दनः ।
नामृष्यत् तदचिन्त्यार्भः सिंह क्षुद्रमृगैरिव ॥ ८ ॥
हे परिक्षित । श्रीकृष्णका छोरा साम्ब कल्पना भन्दा बाहिरका सर्वशक्तिमान थिए । जसरी साना पशुहरुले तिरस्कार गर्दा सिंहले सहन सक्दैन त्यसरी नै उनले कौरबहरुले आफुलाई गरेको प्रहारलाई सहन सकेनन् ।।८।।
विस्फूर्ज्य रुचिरं चापं सर्वान् विव्याध सायकैः ।
कर्णादीन् षड्रथान् वीरांस्तावद्भिर्युगपत् पृथक् ॥ ९ ॥
वीर साम्बले आफ्नो सुन्दर धनुष घुमाएर छ वटा फरक–फरक रथमा आएका कर्ण सहित छ जना वीरहरूलाई एकैसाथ छ –छ वटा बाण प्रहार गरेर सबैलाई घाइते बनाइदिए ।।९।।
चतुर्भिश्चतुरो वाहानेकैकेन च सारथीन् ।
रथिनश्च महेष्वासांस्तस्य तत्तेऽभ्यपूजयन् ॥ १० ॥
ती साम्बले चारवाटा वाणले चारै वटा घोडामा, एउटा बाणले ती ठूला धनुर्धर सारथीहरूमाथि अर्को एउटा बाणले ती धनुर्धारी वीर योध्दालाई प्रहार गरे । उनको यस्तो पराक्रम देखेर विपक्षी योद्धा कर्णहरूले पनि ठुलो प्रशंसा गर्न थाले ।।१०।।
तं तु ते विरथं चक्रुश्चत्वारश्चतुरो हयान् ।
एकस्तु सारथिं जघ्ने चिच्छेदान्यः शरासनम् ॥ ११ ॥
त्यसपछि ती कर्ण आदि छ जना वीरहरूले मिलेर साम्बलाई रथविहीन बनाए । चार जना वीरहरूले एक–एक बाणले उनका चार घोडाहरूलाई मारे, एकले सारथीलाई मारे र अर्कोले साम्बको धनुषलाई काटिदिए ।।११।।
तं बद्ध्वा विरथीकृत्य कृच्छ्रेण कुरवो युधि ।
कुमारं स्वस्य कन्यां च स्वपुरं जयिनोऽविशन् ॥ १२ ॥
यसरी कौरवहरुले धेरै कठिनाइका साथ साम्बलाई रथविहीन बनाएर बाँधे र विजयोत्सव मनाउदै आफ्नी छोरी लक्ष्मणालाई लिएर हस्तिनापुर फर्किए ।।१२।।
तच्छ्रुत्वा नारदोक्तेन राजन् सञ्जातमन्यवः ।
कुरून् प्रत्युद्यमं चक्रुरुग्रसेनप्रचोदिताः ॥ १३ ॥
हे महाराज परीक्षित ! नारदजीबाट यो खबर सुनेपछि यदुवंशीहरू धेरै क्रुध्द भए । उनीहरुले राजा उग्रसेनको अनुमति लिएर कौरवहरूमाथि प्रत्याक्रमण गर्ने तयारी गर्न थाले ।।१३।।
सान्त्वयित्वा तु तान् रामः सन्नद्धान् वृष्णिपुङ्गवान् ।
नैच्छत् कुरूणां वृष्णीनां कलिं कलिमलापहः ॥ १४ ॥
जगाम हास्तिनपुरं रथेनादित्यवर्चसा ।
ब्राह्मणैः कुलवृद्धैश्च वृतश्चन्द्र इव ग्रहैः ॥ १५ ॥
कलियुगका सबै पाप र पीडाहरूलाई नाश गर्ने बलराम हुनुहुन्छ । उनले कुरुवंशी र यदुवंशीहरू बीचको लडाईलाई उचित ठानेनन् । वहाँले यदुवंशीहरूले आफ्नो तयारी पूरा गरिसके तापनि उनीहरूलाई सम्झाउनु भयो र कुलका मान्यजनको साथमा सूर्य जस्तै तेजिलो रथमा चढेर आफैं हस्तिनापुरमा जानुभयो ।।१४–१५।।
गत्वा गजाह्वयं रामो बाह्योपवनमास्थितः ।
उद्धवं प्रेषयामास धृतराष्ट्रं बुभुत्सया ॥ १६ ॥
हस्तिनापुर पुगेपछि, बलराम शहर बाहिरको बगैंचामा बस्नुभयो अनि कौरवहरू के गर्न चाहन्छन् भनेर बुझ्नको लागि उद्धवलाई धृतराष्ट्रकहाँ पठाउनुभयो ।।१६।।
सोऽभिवन्द्याम्बिकापुत्रं भीष्मं द्रोणं च बाह्लिकम् ।
दुर्योधनं च विधिवद् राममागतमब्रवीत् ॥ १७ ॥
उद्धवले कौरव सभामा पुगेर त्यहाँ भएका धृतराष्ट्र, भीष्मपितामह, द्रोणाचार्य, बन्हिक र दुर्योधनलाई उचित तरिकाले प्रार्थना गरे अनि बलरामजी आउनुभएको कुरा सुनाए ।।१७।।
तेऽतिप्रीतास्तमाकर्ण्य प्राप्तं रामं सुहृत्तमम् ।
तमर्चयित्वाभिययुः सर्वे मङ्गलपाणयः ॥ १८ ॥
आफ्ना परम शुभचिन्तक र प्रिय बलरामको आगमनको खबर सुनेपछि कौरवहरू धेरै खुरी भए । उद्धवजीलाई उचित स्वागत गरेपछि, उनीहरु हातमा मांगलिक सामग्री लिएर बलरामजीलाई स्वागत गर्न आए ।।१८।।
तं सङ्गम्य यथान्यायं गामर्घ्यं च न्यवेदयन् ।
तेषां ये तत्प्रभावज्ञाः प्रणेमुः शिरसा बलम् ॥ १९ ॥
त्यसपछि सबैले आ–आफ्नो मर्यादा र सम्बन्ध अनुसार बलरामलाई भेट गरे र उहाँको सम्मानका लागि उनीहरूले गाई, अर्घ्य आदि पूजा अर्पण गरे । तिनीहरूमध्ये जसले भगवान बलरामको प्रभावलाई जान्दथे उनीहरूले आफ्नो शिर झुकाए प्रणाम गरे ।।१९।।
बन्धून् कुशलिनः श्रुत्वा पृष्ट्वाा शिवमनामयम् ।
परस्परमथो रामो बभाषेऽविक्लवं वचः ॥ २० ॥
त्यसपछि उनीहरूले एकअर्काको कुशल मंगलको बारेमा सोधपुछ गरेपछि बलरामले धैर्य भएर यस्तो कुरा गर्नुभयो ।।२०।।
उग्रसेनः क्षितीशेशो यद् व आज्ञापयत् प्रभुः ।
तदव्यग्रधियः श्रुत्वा कुरुध्वं माविलम्बितम् ॥ २१ ॥
सर्वशक्तिमान राजा महाराज उग्रसेनले तिमीहरुलाई जुन आज्ञा दिनुभएको छ त्यसलाई सबैले मनलगाएर ध्यानपूर्वक सुन र तुरुन्तै पालना गर ।।२१।।
यद् यूयं बहवस्त्वेकं जित्वाधर्मेण धार्मिकम् ।
अबध्नीताथ तन्मृष्ये बन्धूनामैक्यकाम्यया ॥ २२ ॥
उग्रसेनजीले भन्नुभएको छ कि तिमीहरूले मिलेर अधर्मपूर्वक साम्बलाई जितेर बन्दी बनाएर अनुचित कर्म गरेका छौं । हामी आफन्तमा कुनै मतभेद नहोस् र एकता कायम रहोस् भन्नका लागि मैले सबै कुरालाई सहन गरेको छु । त्यसैले साम्बलाई मुक्त गरेर नव बधु सहित उसलाई छिठै हाँमीकहाँ पठाइदेओ ।।२२।।
वीर्यशौर्यबलोन्नद्धमात्मशक्तिसमं वचः ।
कुरवो बलदेवस्य निशम्योचुः प्रकोपिताः ॥ २३ ॥
वीरता, बहादुरी र शक्तिले भरिपूर्ण भएका कौरवहरुले आफुसमान शक्ति भएका बलरामको कुरा सुनेर धेरै रिसाए अनि भन्नलागे ।।२३।।
अहो महच्चित्रमिदं कालगत्या दुरत्यया ।
आरुरुक्षत्युपानद् वै शिरो मुकुटसेवितम् ॥ २४ ॥
ओहो, यो त ठूलो आश्चर्यको कुरा हो । साँच्चै समयको चाललाई कसैले पनि बुझ्न र टार्न सक्दैन । त्यसैले आज खुट्टाको जुत्ता पनि मुकुटको रुपमा शिरमा चढ्न खोज्दैछ ।।२४।।
एते यौनेन संबद्धाः सहशय्यासनाशनाः ।
वृष्णयस्तुल्यतां नीता अस्मद्दत्तनृपासनाः ॥ २५ ॥
यी यदुवंशीहरूसँग वैवाहिक सम्बन्धले गर्दा हामीसँगै सुत्न, बस्न, उठ्न र खान थालेका छन् । हामीले यिनीहरुलाई राजसिंहासन दिएर हामी बराबर बनायौं ।।२५।।
चामरव्यजने शङ्खमातपत्रं च पाण्डुरम् ।
किरीटमासनं शय्यां भुञ्जन्त्यस्मदुपेक्षया ॥ २६ ॥
यिनीहरुले जुन चामर, पंखा, शंख, सेतो छाता, मुकुट, राज सिंहासन र शाही ओछ्यान प्रयोग गर्न पाएका छन् त्यो सबै हामीले वास्ता नगरिदिएकोले हो ।।२६।।
(इंद्रवंशा)
अलं यदूनां नरदेवलाञ्छनै(
र्दातुः प्रतीपैः फणिनामिवामृतम् ।
येऽस्मत्प्रसादोपचिता हि यादवा
आज्ञापयन्त्यद्य गतत्रपा बत ॥ २७ ॥
यो यति भयो, जसरी सर्पलाई दूध खुवाउदा उसलाई दूध खुवाउने ब्याक्तिलाई नै टोक्न खोज्दछ त्यसरी नै यी यदुवंशीहरूले हामीले दिएको राजचिन्ह लिएर हाम्रो विरुद्धमा खनिरहेका छन् । हाम्रै कृपाले गर्दा नै यिनीहरू सम्पन्न भएका हुन् तर अब निर्लज्जतापूर्वक हामीलाई नै आदेश दिन थालेका छन् ।।२७।।
(अनुष्टुप्)
कथमिन्द्रोऽपि कुरुभिर्भीष्मद्रोणार्जुनादिभिः ।
अदत्तमवरुन्धीत सिंहग्रस्तमिवोरणः ॥ २८ ॥
जसरी भेडाले कहिल्यै सिंहको भाग खोस्न सक्दैन, त्यसरी नै यदि भीष्म, द्रोण, अर्जुन आदि जस्ता कुरुवंशीहरूले नदिएको कुनै वस्तु इन्द्रले पनि कसरी उपभोग गर्न सक्लान् र ? ।।२८।।.
शुक उवाच (
जन्मबन्धुश्रीयोन्नद्धमदास्ते भरतर्षभ ।
आश्राव्य रामं दुर्वाच्यमसभ्याः पुरमाविशन् ॥ २९ ॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! कुरु वंशको आफ्नो कुलीनता, भीष्म आदि बान्धवको शक्ति र आफ्नो सम्पत्तिको घमण्डले उन्मत्त भएका थिए । त्यसैले उनीहरुले सामान्य शिष्टाचारको पनि पालना नगरी दुर्वचन बोलेर हस्तिनापुर फर्केे ।।२९।।
दृष्ट्वास कुरूनां दौःशील्यं श्रुत्वावाच्यानि चाच्युतः ।
अवोचत् कोपसंरब्धो दुष्प्रेक्ष्यः प्रहसन् मुहुः ॥ ३० ॥
बलरामजी ती कौरवहरूको दुष्टता र उदण्डता देखेर र उनीहरूको कठोर शब्दहरू सुनेर धेरै रिसाउनु भएका कारण वहाँको अनुहार हेर्न पनि नसकिने भएको थियो । त्यसबेला वहाँले ठूलो स्वरले बारम्बार हाँस्दै भन्नुभयो ।।३०।।
नूनं नानामदोन्नद्धाः शान्तिं नेच्छन्त्यसाधवः ।
तेषां हि प्रशमो दण्डः पशूनां लगुडो यथा ॥ ३१ ॥
जसरी पशुहरुलाई नियन्त्रणमा राख्न लठ्ठीको आवस्यकता पर्दछ त्यसरी नै घमण्डले उन्मत्त भएको दुष्ट जो शान्ति चहाँदैनन् उनीहरुलाई वशमा राख्न त दण्ड नै चाहिन्छ ।।३१।।
अहो यदून् सुसंरब्धान् कृष्णं च कुपितं शनैः ।
सान्त्वयित्वाहमेतेषां शममिच्छन्निहागतः ॥ ३२ ॥
हेर त अहो खेदको कुरा त यो छ कि म यिनीहरुको भलोका लागि युध्दका लागि तयार भएका यादव र रिसाएका कृष्णलाई समेत मनाएर यहाँ हस्तिनापुर आएको हुँ ।।३२।।
त इमे मन्दमतयः कलहाभिरताः खलाः ।
तं मामवज्ञाय मुहुर्दुर्भाषान् मानिनोऽब्रुवन् ॥ ३३ ॥
तैपनि यी मूर्ख कौरबहरूसधैं झगडा मात्र मन पराउछन् । यी दुष्ट अहंकारीहरुले मलाई नै अबहेलना गरेर बारम्बार दुर्वचनहरु बेले ।।३३
नोग्रसेनः किल विभुर्भोजवृष्ण्यन्धकेश्वरः ।
शक्रादयो लोकपाला यस्यादेशानुवर्तिनः ॥ ३४ ॥
इन्द्रादि लोकपालहरु पनि जसको आदेशको पालना गर्दछन् त्यस्ता उग्रसेन केवल राजाहरूका राजा होइनन्, उनी त उहाँ भोज, वृष्णी र अन्धकवंशी यादवहरूका मालिक पनि हुन् ।।३४।।
सुधर्माऽऽक्रम्यते येन पारिजातोऽमराङ्घ्रिपः ।
आनीय भुज्यते सोऽसौ न किलाध्यासनार्हणः ॥ ३५ ॥
जो देव सभामा आक्रमण गरेर नियन्त्रणमा लिनुभयो अनि त्यहाँको देववृक्ष पारिजातलाई पृथ्वीमा ल्याएर भोग गर्नुभयो त्यस्ता भगवान श्रीकृष्ण पनि राजाको सिंहासनको अधिकारी हुनुभएन ।।३५।।
यस्य पादयुगं साक्षात् श्रीरुपास्तेऽखिलेश्वरी ।
स नार्हति किल श्रीशो नरदेवपरिच्छदान् ॥ ३६ ॥
सम्पूर्ण संसारकी मालिक्नी देवी लक्ष्मी, जसको चरण कमलको उपासना गर्दछिन् त्यस्ता लक्ष्मीका पति भगवान श्रीकृष्णले छत्र चामर आदि राजचिन्ह कसरी धारण गर्न सक्नु होला ? ।।३६।।
(वसंततिलका)
यस्याङ्घ्रिपङ्कजरजोऽखिललोकपालै(
र्मौल्युत्तमैर्धृतमुपासिततीर्थतीर्थम् ।
ब्रह्मा भवोऽहमपि यस्य कलाः कलायाः
श्रीश्चोद्वहेम चिरमस्य नृपासनं क्व ॥ ३७ ॥
जसको चरणकमलको धूलोले सन्त महात्माहरुले सेवा गर्ने तीर्थलाई पवित्र बनाउछ । जसको चरणको धुलोलाई लोकपालहरु आफ्नो मुकुटमा धारण गर्दछन् । जसको चरणकमलको धूलो वहाँको अंशावतार ब्रह्मा, शंकर, म र लक्ष्मीजीले समेत धारण गर्दछौं त्यस्ता भगवान्का निम्ति राजसिंहासन त तुच्छ कुरा नै हो ।।३७।।।
(अनुष्टुप्)
भुञ्जते कुरुभिर्दत्तं भूखण्डं वृष्णयः किल ।
उपानहः किल वयं स्वयं तु कुरवः शिरः ॥ ३८ ॥
आहा कति राम्रो कुरा, यादवहरु त कौरवहरूले दिएको राज्यको उपभोग गर्दछन् रे ! त्यसैले हामी त जुत्ता रे यी कुरुवंशीहरू आफुचाँही शिर हुन रे ।।३८।।
अहो ऐश्वर्यमत्तानां मत्तानामिव मानिनाम् ।
असंबद्धा गिरो रुक्षाः कः सहेतानुशासीता ॥ ३९ ॥
यी धनले पागल भएका अहंकारी कौरवको असम्बन्धित रुखो भनाइलाई कुन शासकले सहन सक्ला र ? ।।३९।।
अद्य निष्कौरवं पृथ्वीं करिष्यामीत्यमर्षितः ।
गृहीत्वा हलमुत्तस्थौ दहन्निव जगत्त्रयम् ॥ ४० ॥
आज म सम्पूर्ण पृथ्वीलाई कौरवहरूबाट मुक्त गर्नेछु । यसो भन्दै बलराम अत्यन्त रिसाउनुभयो र वहाँ लोकलाई नै डढाउला जस्तो गरेर हातमा हलो लिएर उठ्नुभयो ।।४०।।
लाङ्गलाग्रेण नगरं उद्विदार्य गजाह्वयम् ।
विचकर्ष स गङ्गायां प्रहरिष्यन्नमर्षितः ॥ ४१ ॥
अत्यन्तै रिसाउनु भएका बलरामजी आफ्नो हलोको टुप्पोले प्रहार गरेर पानीमा डुवाइ दिनका लागि हस्तिनापुरलाई गंगा नदीतिर तान्न थाल्नुभयो ।।४१।।
जलयानमिवाघूर्णं गङ्गायां नगरं पतत् ।
आकृष्यमाणमालोक्य कौरवाः जातसंभ्रमाः ॥ ४२ ॥
पानीमा रहेको डुंगा तान्दा हल्लिए झैं बलरामजीले हलोको टुप्पोले तान्नुभएकाले हस्तिनापुर सहर हल्लिएर गंगामा खस्दै गरेको देखेर कौरवहरु डराएर हडबडाउन थाले ।।४२।।
तमेव शरणं जग्मुः सकुटुम्बा जिजीविषवः ।
सलक्ष्मणं पुरस्कृत्य साम्बं प्राञ्जलयः प्रभुम् ॥ ४३ ॥
त्यसपछि ती कौरवहरु बान्धवहरुले बाँच्नको लागि लक्ष्मणा र साम्बलाई अगाडि ल्याएर हात जोडेर सर्वशक्तिमान भगवान बलरामको शरणमा गए ।।४३।।
राम रामाखिलाधार प्रभावं न विदाम ते ।
मूढानां नः कुबुद्धीनां क्षन्तुमर्हस्यतिक्रमम् ॥ ४४ ॥
अनि भन्न थाले– हे राम ! हे राम ! हजुर सम्पूर्ण ब्रह्माण्डको आधार हुनुहुन्छ, हामीले हजुरको प्रभावका बारेमा थाहा पाउन सकेनौं । हामी मूर्ख हौं त्यसैले कृपया हाम्रो अपराध क्षमा गर्नुहोस् ।।४४।।
स्थित्युत्पत्त्यप्ययानां त्वमेको हेतुर्निराश्रयः ।
लोकान् क्रीडनकानीश क्रीडतस्ते वदन्ति हि ॥ ४५ ॥
हजुर जगतको सृष्टि, स्थिति र विनाशका एकमात्र कारण हुनुहुन्छ । हे सर्वशक्तिमान् प्रभु ! त्यसैले विद्वानहरु यो सम्पूर्ण जगत हजुरको कृडा सामग्री हो भनेर भन्दछन् ।।४५।।
(मिश्र)
त्वमेव मूर्ध्नीदमनन्त लीलया
भूमण्डलं बिभर्षि सहस्रमूर्धन् ।
अन्ते च यः स्वात्मनि रुद्धविश्वः
शेषेऽद्वितीयः परिशिष्यमाणः ॥ ४६ ॥
हे हजार शिर भएका सर्वव्यापक प्रभु ! हजुरले यो साह्रा भुमण्डललाई ख्याल ख्याल मै आफ्नो शिरमा धारण गर्नहुन्छ र प्रलयकालमा यी सबैलाई आफुमा लीन गरेर आफु एकमात्र बाँकी रहेर सयन गर्नुहुन्छ ।।४६।।
(अनुष्टुप्)
कोपस्तेऽखिलशिक्षार्थं न द्वेषान्न च मत्सरात् ।
बिभ्रतो भगवन् सत्त्वं स्थितिपालनतत्परः ॥ ४७ ॥
हे प्रभु ! यो जगतको स्थिति र पालन गर्नको लागि नै यो सत्वगुणीे शरीर धारण गर्नुभएको छ । त्यसैगरी हजुरको यो क्रोध पनि सबै प्राणीहरूलाई शिक्षा दिनको लागि हो । कुनै सत्रुता अथवा कुटिलताको कारणले होइन ।।४७।।
नमस्ते सर्वभूतात्मन् सर्वशक्तिधराव्यय ।
विश्वकर्मन् नमस्तेऽस्तु त्वां वयं शरणं गताः ॥ ४८ ॥
हे सबै प्राणीहरूका आत्मा ! हे सबै शक्तिहरू धारण गर्ने अमर ईश्वर ! हामी हजुरलाई नमस्कार गर्दर्छौं । सम्पूर्ण संसारको सृष्टिकर्ता, भगवान ! हामी हजुरलाई बारम्बार नमस्कार गर्दछौ । हाम्रो रक्षा गर्नुहोस्। ।।४८।।
श्रीशुक उवाच–
एवं प्रपन्नैः संविग्नैः वेपमानायनैर्बलः ।
प्रसादितः सुप्रसन्नो मा भैष्टेत्यभयं ददौ ॥ ४९ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! कौरवहरूको शहर हल्लिएर घरहरु ढल्न लागेको थियो । त्यसैले उनीहरु आत्तिएर बलरामको शरणमा आए वहाँको स्तुति गरेपछि बलरामले तिमीहरु नडराओ भनेर अभय दान दिनुभयो ।।४९।।
दुर्योधनः पारिबर्हं कुञ्जरान् षष्टिहायनान् ।
ददौ च द्वादशशतान्ययुतानि तुरङ्गमान् ॥ ५० ॥
रथानां षट्सहस्राणि रौक्माणां सूर्यवर्चसाम् ।
दासीनां निष्ककण्ठीनां सहस्रं दुहितृवत्सलः ॥ ५१ ॥
आफ्नी छोरी लक्ष्मणालाई धेरै माया गर्ने दुर्योधनले दाइजोको रूपमा उसले साठी वर्षका बाह्र सय हात्ती, दश हजार घोडा, सूर्य जस्तै चम्कने सुनले बनेका छ हजार रथ र सुनको हार लगाएका एक हजार दासीहरू दाइजोको रुपमा दिए ।।५०–५१।।
प्रतिगृह्य तु तत्सर्वं भगवान् सात्वतर्षभः ।
ससुतः सस्नुषः प्रायात् सुहृद्भिरभिनन्दितः ॥ ५२ ॥
यदु वंशका प्रमुख भगवान बलरामले यो सबै दाइजो का सामग्री स्वीकार गरेर नवविवाहित बुहारी लक्ष्मणा र छोरो साम्बलाई सँगै लिएर द्वारकाको यात्रा गर्नुभयो ।।५२।।
(मिश्र)
ततः प्रविष्टः स्वपुरं हलायुधः
समेत्य बन्धूननुरक्तचेतसः ।
शशंस सर्वं यदुपुङ्गवानां
मध्ये सभायां कुरुषु स्वचेष्टितम् ॥ ५३ ॥
अब बलराम द्वारकापुरी पुग्नुभयो अनि उत्सुक भएका आफ्ना बन्धुहरुसंग भेटघाट गरेर राजसभामा जानुभयो त्यहाँ वहाँले कौरवहरुसंग भएको वृत्तान्त सबै बताउनुभयो ।।५३।।
(अनुष्टुप्)
अद्यापि च पुरं ह्येतत् सूचयद् रामविक्रमम् ।
समुन्नतं दक्षिणतो गङ्गायामनुदृश्यते ॥ ५४ ॥
आज पनि हस्तिनापुर दक्षिणतिर भाग परेको जस्तो केही उठेर गंगातिर ढल्केको देखिन्छ ।।५४।।
इति श्रीमद्भाागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
हस्तिनपुरकर्षणरूपसंकर्षणविजयो नाम अष्टषष्टितमोऽध्यायः ॥ ६८ ॥
