श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – पञ्चाशत्तमोऽध्यायः
श्रीशुक उवाच
अस्तिः प्राप्तिश्च कंसस्य महिष्यौ भरतर्षभ
मृते भर्तरि दुःखार्ते ईयतुः स्म पितुर्गृहान् ।।१।।
श्री शुकदेवजी भन्नुहुन्छ– हे भारतवंशी परीक्षित ! कंसका अस्ति र प्राप्ति नाम गरेका दुई रानीहरू थिए । आफ्नो पनिको मृत्यु पश्चात उनीहरु दुःखी हुँदै आफ्ना बाबुको घरमा गए ।।१।।
पित्रे मगधराजाय जरासन्धाय दुःखिते
वेदयाञ्चक्रतुः सर्वमात्मवैधव्यकारणम् ।।२।।
ती दुवै रानी का पिता मगधराज जरासन्ध थिए । उनीहरुले धेरै दुःखी भएर आफ्ना पितालाई आफू विधवा हुनुको कारण बताए ।।२।।
स तदप्रियमाकर्ण्य शोकामर्षयुतो नृप
अयादवीं महीं कर्तुं चक्रे परममुद्यमम् ।।३।।
हे राजन् परीक्षित ! यो अप्रिय खबर सुनेर जरासन्ध धेरै दुःखी भयो र श्रीकृष्ण माथि क्रोधित हुँदै पृथ्वीमा एउटा पनि यदुवंशीलाई बाँकी नराख्ने निर्णय गरेर उसले युद्धको लागि ठूलो तयारी गर्नलाग्यो ।।३ ।।
अक्षौहिणीभिर्विंशत्या तिसृभिश्चापि संवृतः
यदुराजधानीं मथुरां न्यरुणत्सर्वतो दिशम् ४
जसरासन्धले आफ्ना तेईस अक्षौहिणी सेना लिएर यदुवंशीहरूको राजधानी मथुरालाई चारैतिरबाट घेरा हाल्यो ।।४।।
निरीक्ष्य तद्बलं कृष्ण उद्वेलमिव सागरम्
स्वपुरं तेन संरुद्धं स्वजनं च भयाकुलम् ।।५।।
जरासन्धले आफ्नो राजधानीलाई चारैतिरबाट घेरेका थियो जसका कारण श्रीकृष्णले आफ्ना आफन्त र मथुरावारीहरु धेरै डराएको देख्नुभयो ।।५।।
चिन्तयामास भगवान्हरिः कारणमानुषः
तद्देशकालानुगुणं स्वावतारप्रयोजनम् ।।६।।
पृथ्वीको भार हरण गर्नका लागि मानव रूप धारण गर्नुभएका श्रीकृष्णले त्यतिबेला आफ्नो अवतारको प्रयोजनका बारेमा सोच्ना थाल्नुभयो ।।६।।
हनिष्यामि बलं ह्येतद्भुवि भारं समाहितम्
मागधेन समानीतं वश्यानां सर्वभूभुजाम् ।।७।।
अक्षौहिणीभिः सङ्ख्यातं भटाश्वरथकुञ्जरैः
मागधस्तु न हन्तव्यो भूयः कर्ता बलोद्यमम् ।।८।।
मगध राजाका बशमा रहेका राजाहरु पृथ्वीका भार हुन् भन्ने सोचेर श्रीकृष्णले जरासन्धका साथमा आएका तेईस हजार अक्षैहिणी सेनालाई आफैंले मार्ने बिचार गर्नुभयो । तर मगध राजा जरासन्धलाई अहिले नै मार्नु उचित ठान्नु भएन । किनभने उसका पछाडि धेरै अरु दुष्ट राजाहरु रहेकाले यदि ऊ जीवित रह्यो भने उसले फेरि पछि युध्द गर्नका लागि अरु दुष्ट राजाहरुलाई जम्मा गर्नेछ, त्यतिबेलो उनीहरुको बिनाश गर्न सजिलो हुनेछ भन्ने बिचार गर्नुभयो ।।७–८।।
एतदर्थोऽवतारोऽयं भूभारहरणाय मे ।
संरक्षणाय साधूनां कृतोऽन्येषां वधाय च ।।९।।
मेरो अवतारको उद्देश्य पृथ्वीको भार हरण गर्नु, साधु–सन्तहरुको रक्षा गर्नु र दुष्टहरूको नाश गर्नका लागि नै हो ।।९।।
अन्योऽपि धर्मरक्षायै देहः संभ्रियते मया
विरामायाप्यधर्मस्य काले प्रभवतः क्वचित् ।।१०।।
समय–समयमा, धर्मको रक्षा गर्न र बढ्दो अधर्मलाई रोक्नको लागि, म धेरै अन्य अवतारहरु धारण गर्दछु ।।१०।।
एवं ध्यायति गोविन्द आकाशात्सूर्यवर्चसौ
रथावुपस्थितौ सद्यः ससूतौ सपरिच्छदौ ।।११।।
भगवान श्रीकृष्ण यसरी सोचिरहनु भएको बेला, सूर्य जस्तै चम्किरहेका कवच ध्वजाले सजिएको दुई रथहरू आकाशबाट त्यहाँ आइपुगे । ती रथमा युद्धका सबै उपकरणहरूले सुसज्जित थिए र सो रथ दुई जना सारथीहरूले चलाइएको थियो ।।११।।
आयुधानि च दिव्यानि पुराणानि यदृच्छया
दृष्ट्वा तानि हृषीकेशः सङ्कर्षणमथाब्रवीत् ।।१२।।
त्यही समयमा, भगवानका दिव्य र अलौकिक हतियारहरू पनि त्यहाँ आफैं देखा परे । यो देखेर भगवान श्रीकृष्णले आफ्नोे भाइ बलरामलाई भन्नुभयो ।।१२।।
पश्यार्य व्यसनं प्राप्तं यदूनां त्वावतां प्रभो
एष ते रथ आयातो दयितान्यायुधानि च ।।१३।।
हे पूज्य दाजु ! तपाईं धेरै समर्थवान हुनुहुन्छ । यस समयमा यदुवंशीहरुले ठूलो संकटको सामना गर्नुपरेको छ । अहिले हजुरको रथ मुसल आदि पनि यहाँ खडा भएका छन् त्यसैले अब हजुरले उनीहरूको रक्षा गर्नुहोस् ।।१३।।
यानमास्थाय जह्येतद् व्यसनात् स्वान् समुध्दर ।
एतदर्थं हि नौ जन्म साधूनामीश शर्मकृत् ।।१४।।
अब तपाईँ यस रथमा बसेर शत्रुका सेनाहरुलाई मारेर आफन्तहरूलाई यो कष्टबाट बचाउँनु होस् । हे प्रभु ! हजुरले सन्तहरूको रक्षाका र कल्याणका लागि नै यस्तो अवतार धारण गर्नु भएको हो ।।१४।।
त्रयोविंशत्यनीकाख्यं भूमेर्भारमपाकुरु ।
एवं सम्मन्त्र्१ य दाशार्हौ दंशितौ रथिनौ पुरात् ।।१५।।
निर्जग्मतुः स्वायुधाढ्यौ बलेनाल्पीयसा वृतौ ।
शङ्खं दध्मौ विनिर्गत्य हरिर्दारुकसारथिः ।।१६।।
त्यसैले हे दाजु ! अब तपाईंले शत्रुका तेइस अक्षौहिणी शत्रुको नाश गरेर पृथ्वीको भार कम गर्नुहोस् । यसरी भगवान श्रीकृष्ण र बलरामजीले यस्तो सल्लाह गरेर दुवै जना दाजुभाइ दारुकलाई सारथी बनाएर रथमा चढेर नगरबाट बाहिर आउनुभयो अनि श्रीकृष्णले आफ्नो शङ्ख बजाउनुभयो ।।१५–१६।।
ततोऽभूत् परसैन्यानां हृदि वित्रासवेपथुः ।
तावाह मागधो वीक्ष्य हे कृष्ण पुरुषाधम ॥ १७ ॥
न त्वया योद्धुमिच्छामि बालेनैकेन लज्जया ।
गुप्तेन हि त्वया मन्द न योत्स्ये याहि बन्धुहन् ॥ १८ ॥
यसरी भगवानले शङ्ख बजाएपछि शत्रुका सेनाहरूको हृदय डरले काम्न थाल्यो । श्रीकृष्ण र बलराम लाई देखेर मगधराज जरासन्धले श्रीकृष्णलाई भन्यो– हे दुष्ट कृष्ण ! तँ त अझ नै बालक नै छस् त्यसैले तँ सँग युध्द गर्न मलाई धेरै लाज लाग्छ । हे मुर्ख ! त मेरो आफन्तको हत्यारा भएपनि म तँ सँग लड्दिन । त्यसैले तँ अब यहाँबाट भागिहाल् जा ।।१७–१८।।
तव राम यदि श्रद्धा युध्यस्व धैर्यमुद्वह ।
हित्वा वा मच्छरैश्छिन्नं देहं स्वर्याहि मां जहि ॥ १९ ॥
हे बलराम ! यदि तलाई म सँग युद्ध गर्ने इच्छा छ भने धैर्य गरेर आइजो, मसँग लड्दा मेरो बाणले तेरो शरीर छिन्नभिन्न भएर स्वर्ग जान पाउने छस् । होइन यदि तेरो बलले सक्छस् भने मलाई नै मार ।।१९।।
श्रीभगवानुवाच–
न वै शूरा विकत्थन्ते दर्शयन्त्येव पौरुषम् ।
न गृह्णीमो वचो राजन्नतुरस्य मुमूर्षतः ॥ २० ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे जरासन्ध ! वीर पुरुषले कहिले पनि यस्तो आफ्नो प्रशंसा र घमण्ड गर्दैनन् । उनीहरूले त केवल आफ्नो शक्ति र पुरुषार्थ देखाउँछन् । अब छिट्टै तेरो मर्ने बेला आएकोले हामीलाई तिम्रो कुरा सुन्नु आवस्यक छैन ।।२०।।
श्रशुक उवाच–
(मिश्र)
जरासुतस्तावभिसृत्य माधवौ
महाबलौघेन बलीयसाऽऽवृणोत् ।
ससैन्ययानध्वजवाजिसारथी
सूर्यानलौ वायुरिवाभ्ररेणुभिः ॥२१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! त्यसपछि जसरी बादलले सूर्यलाई र आगोलाई धुवाँले ढाक्छ, त्यसैगरी मगधराज जरासन्ध भगवान कृष्ण र बलरामको अगाडि आएर आफ्नो विशाल शक्तिशाली सेनाले उनीहरूलाई चारैतिरबाट घेरा हाल्यो । यतिसम्म कि उसका सेना, रथ, झण्डा, घोडाहरुको भिडले श्रीकृष्ण र बलरामलाई पनि नदेखिने गरी घेरा हाल्यो ।।२१।।
सुपर्णतालध्वजचिह्नितौ रथा–
वलक्षयन्त्यो हरिरामयोर्मृधे ।
स्त्रियः पुराट्टालकहर्म्यगोपुरं
समाश्रिताः संमुमुहुः शुचार्दितः ॥२२॥
यसरी गरुड चिन्ह र तालको प्रतिक चिन्ह भएका श्रीकृष्ण बलरामको रथलाई पनि नदेखे पछि त्यहाँ नगरको दरबार, अटाली र ढोकाहरूबाट युद्धको तमाशा हेरिरहेका स्त्रीहरु शोकले व्याकुल भएर बेहोस भई ढले ।।२२।।
हरिः परानीकपयोमुचां मुहुः
शिलीमुखात्युल्बणवर्षपीडितम् ।
स्वसैन्यमालोक्य सुरासुरार्चितं
व्यस्फूर्जयच्छार्ङ्गशरासनोत्तमम् ॥ २३ ॥
भगवान कृष्णले शत्रु सेनाका वीरहरूले आफ्नो सेनामाथि बादलले वर्षा गराए जसरी बाणको वर्षा गरेर पीडा पुर्याएको देखेर वहाँले आफ्नो शार्ङ् नामको धनुषको टंकार गर्नुभयो जुन धनुषलाई देवता र दानवहरू दुवैले सम्मान गर्दथे ।।२३।।
गृह्णन् निशङ्गादथ सन्दधच्छरान्
विकृष्य मुञ्चञ्छितबाणपूगान् ।
निघ्नन् रथान् कुञ्जरवाजिपत्तीन्
निरन्तरं यद्वदलातचक्रम् ॥ २४ ॥
त्यसपछि भगवान श्रीकृषणले आफ्नो ठोक्राबाट बाण झिकेर धनुमा चढाउँदै छोड्नुभयो । ती तिखा धनुका बाणले लागेर सत्रुका रथ, घोडा हात्ती सहित पैदल सेनाहरुको पनि नाश गर्नुभयो । त्यतिबेला भगवान्ले छोडेका बाँणहरु आगोको चक्र जस्तो देखिन्थे ।।२४।।
निर्भिन्नकुम्भाः करिणो निपेतु–
रनेकशोऽश्वाः शरवृक्णकन्धराः ।
रथा हताश्वध्वजसूतनायकाः
पदायतश्छिन्नभुजोरुकन्धराः ॥२५॥
यसरी भगवान्ले चलाएको बाणले गर्दा धेरै हात्तीहरूको टाउको फुटेका कारण जमिनमा ढलेर मर्न थाले, धेरै घोडाहरूको टाउको काटिएर शरीरबाट अलग हुनपुगे । यसैगरी घोडा, सारथी र युध्दमा सामेल भएका पैदल सेनाहरु हात, तिघ्रा, टाउको र शरीरका अन्य भागहरू काटिएर युध्दमैदानमा ढले ।।२५।।
सञ्छिद्यमानद्विपदेभवाजिना–
मङ्गप्रसूताः शतशोऽसृगापगाः ।
भुजाहयः पूरुषशीर्षकच्छपा
हतद्विपद्वीपहयग्रहाकुलाः ॥२६॥
करोरुमीना नरकेशशैवला
धनुस्तरङ्गायुधगुल्मसङ्कुलाः ।
अच्छूरिकावर्तभयानका महा–
मणिप्रवेकाभरणाश्मशर्कराः ॥२७॥
प्रवर्तिता भीरुभयावहा मृधे
मनस्विनां हर्षकरीः परस्परम् ।
विनिघ्नतारीन् मुषलेन दुर्मदान्
सङ्कर्षणेनापरीमेयतेजसा ॥२८॥
त्यस युद्धमा अत्यन्तै प्रख्यात भगवान बलरामले आफ्नो मुसलको प्रहारले धेरै पैदल शत्रुहरूलाई मार्नुभयो जसलेगर्दा तिनीहरूको शरीरको भागबाट सयौं रगतका प्रवाह निस्किएर रक्तनदी जस्तो भएर बग्न थाले । कतै मानिसहरूको हत्या भइरहेको छ भने कतै हात्ती र घोडाहरू संघर्ष गरिरहेका छन् । ती नदीमा काटिएर खसेका मानिसहरूका हातहरू सर्पहरू जस्तै देखिन्थे र टाउकोहरू कछुवा जस्तै देखिन्थे । मरेका हात्तीहरू लड्दा ठुला टापु जस्तै देखिन्थे र घोडाहरू गोही जस्तै देखिन्थे । त्यहाँ काटिएका तिघ्रा माछा जस्तै, मानिसको रौं र दाह्री नदीका लेउ जस्ता देखिन्थे । धनुष छाल जस्तै देखिन्थे भने त्यहाँ बगेका हतियारहरू लहरा र पराल जस्तै देखिन्थे । अन्य ढालहरु भुमरीमा परेका आभुषणहरु ढुंगा जस्ता देखिन्थे भने बहुमूल्य रत्नहरू ढुङ्गा जस्तै बगिरहेका थिए । ती नदीहरू देखेर जसरसन्धका कायर सेनाहरू डराएका थिए भने वीरहरुको उत्साह आपसमा बढ्दै गयो । २६–२८।।
बलं तदङ्गार्णवदुर्गभैरवं
दुरन्तपारं मगधेन्द्रपालितम् ।
क्षयं प्रणीतं वसुदेवपुत्रयो–
विक्रीडितं तज्जगदीशयोः परम् ॥२९॥
हे राजन परीक्षित ! जरासन्धको त्यो सेना समुद्र जस्तै अथाह थियो, तर भगवान श्रीकृष्ण र बलरामजीले छोटो समयमै त्यस अपार सेनालाई नष्ट गरिदिनुभयो । उहाँ भगवान् सम्पूर्ण ब्रह्माण्डको मालिक हुनुहुन्छ । त्यसैले वहाँहरुको लागि यो कार्य सामान्य खेल जस्तै थियो । ।।२९।।
स्थित्युद्भवान्तं भुवनत्रयस्य यः
समीहितेऽनन्तगुणः स्वलीलया ।
न तस्य चित्रं परपक्षनिग्रह–
स्तथापि मर्त्यानुविधस्य वर्ण्यते ॥ ३० ॥
परमेश्वरका गुणहरू अनन्त छन् । उहाँ भगवान् ले केवल खेलखेल मै तीनै लोकको सृष्टि गर्नुहुन्छ, पालनपोषण गर्नुहुन्छ र नष्ट गर्नुहुन्छ । यस्ता परमशक्तिमान भगवानले शत्रु सेनालाई छोटो समयमा नै नष्ट गर्नु कुनै ठूलो आश्चर्यको कुरा होइन । तापनि जब उहाँले मानव रूप धारण गर्नुहुन्छ र मानव जस्तै व्यवहारको अनुकरण गर्नुहुन्छ, तब त्यस्ता कर्महरुको वर्णन गरिन्छ ।।३०।।
(अनुष्टुप्)
जग्राह विरथं रामो जरासन्धं महाबलम् ।
हतानीकावशिष्टासुं सिंहः सिंहमिवौजसा ॥३१॥
यसरी युध्दमा जरासन्धको सम्पूर्ण सेना मारियो । रथ पनि भाँचियो । शरीरमा केवल प्राण मात्र बाँकी रह्यो । त्यसपछि भगवान बलरामजीले जसरी एउटा सिंहले अर्को सिंहलाई समात्छ त्यसैगरी बलपूर्वक त्यस जरासन्धलाई समात्नुभयो ।।३१।।
बध्यमानं हतारातिं पाशैर्वारुणमानुषैः ।
वारयामास गोविन्दस्तेन कार्यचिकीर्षया ॥३२॥
जरासन्धले पहिले आफ्ना धेरै प्रतिद्वन्द्वी राजाहरूलाई मारेको थियो, अब बलरामले उसलाई वरुणको पाश र मानव पाशले बाँधिरहनु भएको थियो । यता भगवान श्रीकृष्णले जरासन्ध बन्धन मुक्त भयोे भने, उसले धेरै सेना जम्मा गर्नेछ र हामी सजिलै पृथ्वीको भार हरण गर्न सजिलो हुन्छ भन्ने सोचेर भगवान कृष्णले उसलाई बन्धनबाट फुत्कनको लागि रोक्नुभयो ।।३२।।
सा मुक्तो लोकनाथाभ्यां व्रीडितो वीरसम्मतः ।
तपसे कृतसङ्कल्पो वारितः पथि राजभिः ॥३३॥
वाक्यैः पवित्रार्थपदैर्नयनैः प्राकृतैरपि ।
स्वकर्मबन्धप्राप्तोऽयं यदुभिस्ते पराभवः ॥३४॥
ठुला ठुला शूरवीरहरूले जरासन्धलाई सम्मान गर्थे । तर आज श्रीकृष्ण र बलरामको हातबाट बँचेर मुक्त हुनुपर्दा उसले धेरै लज्जित हुनुपरेकोले अब तपस्या गछु भनेर त्यहाँबाट हिड्यो । तर बाटोमा उसका साथी राजाहरूले मनाउन खोजे सम्झाउँदै भने– हे मगदराज यदुवंशीमा कुनै त्यस्तो शक्ति छैन, यो युध्दमा तपाईको हार प्रारब्धवश हुन गएको हो त्यसैले तपाईले तपस्या गर्न जानु हुँदैन भनेर बाटैबाट रोके ।।३३–३४।।
हतेषु सर्वानीकेषु नृपो बार्हद्रथस्तदा ।
उपेक्षितो भगवता मगधान् दुर्मना ययौ ॥३५॥
हे राजन परीक्षित ! त्यसबेला मगधराज जरासन्धको सम्पूर्ण सेनाको मृत्यु भइसकेको थियो । भगवानद्वारा घृणाका साथ उपेक्षित भएका कारण धेरै दुःखी भएर आफ्नो देश मगधमा फर्कियो ।।३५।।
मुकुन्दोऽप्यक्षतबलो निस्तीर्णारिबलार्णवः ।
विकीर्यमाणः कुसुमैस्त्रीदशैरनुमोदितः ॥३६॥
यसरी जरासन्धको समुद्ररुप अथाह सेनालाई सजिलै संग पराजित गरेर भगवान मुकुन्द देवताहरूले गरेको पुष्पवृष्टिबाट सम्मानित भएर आफ्नो नगरतिर लाग्नुभयो ।।३६।।
माथुरैः उपसङ्गम्य विज्वरैर्मुदितात्मभिः ।
उपगीयमानविजयः सूतमागधवन्दिभिः ॥३७॥
जरासन्धको सेनामागि भएको विजयमा मथुराका जनता धेरै आनन्दित र भयरहित भएका थिए । यसै बखतमा भगवान श्रीकृष्ण आएर उनीहरूसँग भेटघाट गर्नुभयो, त्यस समयमा सुत, मगध र वन्दीजनहरु धेरै खुसी भएर भगवानको विजयको गीत गाइरहेका थिए ।।३७।।
शङ्खदुन्दुभयो नेदुर्भेरीतूर्याण्यनेकशः ।
वीणावेणुमृदङ्गानि पुरं प्रविशति प्रभौ ॥३८॥
भगवान श्रीकृष्ण आफ्नो शहरमा प्रवेश गर्नुहुँदा त्यहाँ शंख, ढोल, बाँसुरी, तुरही, वीणा र मृदंग जस्ता वाद्ययन्त्रहरू बज्न थाले ।।३८।।
सिक्तमार्गां हृष्टजनां पताकाभिरलङ्कृताम् ।
निर्घुष्टां ब्रह्मघोषेण कौतुकाबद्धतोरणाम् ॥३९॥
निचीयमानो नारीभिर्माल्यदध्यक्षताङ्कुरैः ।
निरीक्ष्यमाणः सस्नेहं प्रीत्युत्कलितलोचनैः ॥४०॥
मथुराको हरेक सडक र गल्लीमा सुगन्धित जल छर्किएका थिए । पुरबासीहरु हास्दै खेल्दै गरेर रमाइरहेका थिए । शहरमा सबैतिर साना ठूला विजयका तोरणहरु र झण्डाले सजाइएका थिए । बाटोमा दही अक्षता बर्साइएर स्वागत गरिएको थिए भने ब्राह्मणहरूको वेद पाठ गुन्जिरहेको थियो । यसरी भगवान प्रेमले भरिएको आँखाले स्नेहपूर्वक हेर्दै मथुरामा प्रवेश गर्नुभयो ।।३९–४०।।
आयोधनगतं वित्तमनन्तं वीरभूषणम् ।
यदुराजाय तत् सर्वमाहृतं प्रादिशत्प्रभुः ॥ ४१ ॥
युद्धभूमिबाट ल्याइएका जुन धन र आभूषण थियो, ती सबै भगवान श्रीकृष्णले यदुवंशीहरूका राजा उग्रसेनलाई दिनुभयो ।।४१।।
एवं सप्तदशकृत्वस्तावत्यक्षौहिणीबलः ।
युयुधे मागधो राजा यदुभिः कृष्णपालितैः ॥४२॥
हे राजन परीक्षित ! यसरी मगधराज जरासन्धले तेईस अक्षौहिणीहरूको सेना जम्मा गरेर सत्र पटकसम्म भगवान कृष्णद्वारा संरक्षित यदुवंशीहरू विरुद्ध युद्ध गर्यो ।।४२।।
अक्षिण्वंस्तद्बलं सर्वं वृष्णयः कृष्णतेजसा ।
हतेषु स्वेष्वनीकेषु त्यक्तोऽयादरिभिर्नृपः ॥४३॥
तर भगवान् श्रीकृष्णको शक्तिले यादवले जरासन्धका सम्पूर्ण सेनालाई नष्ट गरे । यसरी आफ्ना सम्पूर्ण सेना नष्ट भएको र यदुवंशीहरूबाट उपेक्षित हुनुपरेका कारण जरासन्ध आफ्नो राजधानी फर्कियो ।।४३।।
अष्टादशमसङ्ग्रामे आगामिनि तदन्तरा ।
नारदप्रेषितो वीरो यवनः प्रत्यदृश्यत ॥४४॥
जब जरासन्धसंग अठारौं चोटि युद्ध सुरु हुन लागेको थियो त्यतिबेला नारदद्वारा पठाइएको वीर कालयवन त्यहाँ मथुरामा देखापर्यो ।।४४।।
रुरोध मथुरामेत्य तिसृभिर्म्लेच्छकोटिभिः ।
नृलोके चाप्रतिद्वन्द्वो वृष्णीञ्छ्रुत्वाऽऽत्मसम्मितान् ॥ ४५ ॥
संसारमा आफ्नो प्रतिद्वन्दि कोहीपनि छेन भन्ने सोचाई राख्ने त्यस कालयवनले नारदको मुखबाट यादबहरु आफु बराबरका छन भन्ने सुनेपछि तीनकरोड सेना ल्याएर मथुरालाई घेराहाल्यो ।।४५।।.
तं दृष्ट्वाचिन्तयत् कृष्णः सङ्कर्षणसहायवान् ।
अहो यदूनां वृजिनं प्राप्तं ह्युभयतो महत् ॥ ४६ ॥
त्यो शक्तिशाली कालयवनले यसरी घेरेको देखेर भगवान् श्रीकृष्ष्णले यवन र जरासन्धका कारण यदुवंशीमाथि संकट आएको कुरा बिचार गर्नुभयो ।।४६।।
यवनोऽयं निरुन्धेऽस्मानद्य तावन्महाबलः ।
मागधोऽप्यद्य वा श्वो वा परश्वो वाऽऽगमिष्यति ॥ ४७ ॥
यो धेरै बल भएको कालयवनले आज हामीलाई घेरिरहेको छ भने भोली वा पर्सि जरासन्ध पनि हामीसंग युध्द गर्न आउने छ ।।४७।।
आवयोर्युध्यतोरस्य यद्यागन्ता जरासुतः ।
बन्धून् वधिष्यत्यथवा नेष्यते स्वपुरं बली ॥ ४८ ॥
यदि हामी दुवै भाइहरू कालयवनसँग लड्न थालेका बखतमा जरासन्ध आइपुग्यो भने उसले या त हाम्रा बन्धुबान्धवलाई मार्नेछ या त समातेर बन्दीबनाएर आफ्नो शहरमा लैजानेछ; किनभने ऊ धेरै बलियो छ ।।४८।।
तस्मादद्य विधास्यामो दुर्गं द्विपददुर्गमम् ।
तत्र ज्ञातीन् समाधाय यवनं घातयामहे ॥ ४९॥
त्यसकारण हे दाजु ! आज हामी यस्तो किल्ला बनाऔं जहाँ हाम्रा बन्धुबान्धब बाहेका अरु कुनै पनि व्यक्ति प्रवेश गर्न नपाओस । हाम्रा आफन्तहरूलाई त्यही किल्लामा राखेर यो यवनका सेनाहरुलाई मारौं ।।४९।।
इति संमंत्र्य भगवान् दुर्गं द्वादशयोजनम् ।
अन्तःसमुद्रे नगरं कृत्स्नाद्भुजतमचीकरत् ॥ ५० ॥
यसरी दाजु बलरामसँग परामर्श गरेपछि, भगवान कृष्णले समुद्र भित्र बाह्र योजन फैलिएको ठुलो र अनौठो नगर निर्माण गर्नुभयो ।।५०।।
दृश्यते यत्र हि त्वाष्ट्रं विज्ञानं शिल्पनैपुणम् ।
रथ्याचत्वरवीथीभिर्यथावास्तु विनिर्मितम् ॥ ५१ ॥
त्यस नगरको प्रत्येक वस्तुमा विश्वकर्माको विज्ञान (वास्तुकला विज्ञान) र शिल्प कौशलको निपुणता स्पष्ट देख्न सकिन्थ्यो । जसमा वास्तुशास्त्र अनुसार प्रमुख सडकहरू, चौकहरू र गल्लीहरूलाई बनाइएको थियो ।।५१।।
सुरद्रुमलतोद्यानविचित्रोपवनान्वितम् ।
हेमशृङ्गैर्दिविस्पृग्भिः स्फटिकाट्टालगोपुरैः ॥ ५२ ॥
त्यो नगर अति सुन्दर बगैंचा र दिव्य रूखहरू र लता लहराहरूले युक्त थियो । वन उपवन थियो त्यसैगरी आकाश नै छोला जस्तो स्वर्ण पर्वतहरु देखिन्थ्यो । जहाँको ढोकाहरू स्पटिक मणिहरुले बनेकाले धेरै सुन्दर देखिन्थे । ५२।।
राजतारकुटैः कोष्ठैर्हेमकुम्भैरलङ्कृतैः ।
रत्नाकूटैर्गृहैर्हेमैर्महामरकतस्थलैः ॥ ५३ ॥
चाँदी र पित्तलले बनेका र सुनका कलशहरुले सजिएका धेरै कोठाहरू थिए । त्यहाँका घरहरू सुनले बनेका थिए । मणिमय सुन्द पर्वतहरु र स्थलहरु मरकत मणिले बनेवको थियो ।।५३।।
वास्तोष्पतीनां च गृहैर्वल्लभीभिश्च निर्मितम् ।
चातुर्वर्ण्यजनाकीर्णं यदुदेवगृहोल्लसत् ॥ ५४ ॥
यसबाहेक त्यस नगरमा वास्तु देवताका सुन्दर मन्दिर थिए जहाँ चारै वर्णका मानिसहरू बसोबास गर्थे । यी सबैको बीचमा यदुवंशी प्रमुख उग्रसेन, वासुदेव, बलराम र भगवान कृष्णका महलहरू चम्किरहेका थिए ।।५४।।
सुधर्मां पारिजातं च महेन्द्रः प्राहिणोद्धरेः ।
यत्र चावस्थितो मर्त्यो मर्त्यधर्मैर्न युज्यते ॥ ५५ ॥
त्यसबेला देवराज इन्द्रले भगवान कृष्णका लागि पारिजात वृक्ष र सुधर्म सभा उपहार पठाका थिए जसले गर्दा त्यो सभा यति दिव्य थियो कि त्यहाँ बसेका मानिसहरूलाई भोक, तिर्खा आदि जस्ता मत्र्यधर्मले छुदैनथ्यो ।।५५।।
श्यामैककर्णान् वरुणो हयाञ्छुक्लान् मनोजवान् ।
अष्टौ निधिपतिः कोशान् लोकपालो निजोदयान् ॥ ५६ ॥
वरुणजीले भगवान् श्रीकृष्णका लागि धेरै सेता घोडाहरू पठाए, जसको कान कालो रंगका थिए । जुन घोडाको गति मन जत्तिकै वेगवान थियो । त्यस्तै कुबेरले आफ्ना आठ निधिहरु पठाए । त्यसैगरी संसारका अन्य लोकपालहरूले पनि आफ्नो धन ऐश्वर्य भगवानलाई पठाए ।।५६।।
यद् यद् भगवता दत्तमाधिपत्यं स्वसिद्धये ।
सर्वं प्रत्यर्पयामासुर्हरौ भूमिगते नृप ॥ ५७ ॥
हे महाराज परीक्षित ! भगवान श्रीकृष्णले सबै लोकपालहरूलाई आफ्नो कर्तव्य पूरा गर्न शक्ति र ऐश्वर्यहरु दिनुभएको थियो ती सबै वहाँले यस पृथ्वीमा अवतरण गर्नु भएपछि फेरी ती वस्तुमा भगवान्को अधिकार रहोस भनेर उनीहरुले आफ्नो सबै शक्ति भगवानको चरणमा अर्पण गरे ।।५७।।
तत्र योगप्रभावेण नीत्वा सर्वजनं हरिः ।
प्रजापालेन रामेण कृष्णः समनुमन्त्रितः ।
निर्जगाम पुरद्वारात् पद्ममाली निरायुधः ॥ ५८ ॥
त्यसपछि भगवान श्रीकृष्णले आफ्नो योगमाया मार्फत मथुराका सबै आफन्तहरूलाई समुद्रमा नवनिर्मित द्वारकामा लिएर जानुभयो भने बाँकी केही प्रजाको रक्षा गर्न बलरामलाई मथुरापुरीमा बस्न अह्राउँनु भयो । त्यसपछि भगवान् श्रीकृष्ण कमलको फूलुको माला लगाएर कुनै हतियार नलिईकन शहरको मुख्य ढोकाबाट बाहिर निस्किनुभयो ॥५८॥
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे दुर्गनिवेशनं नाम पञ्चाशत्तमोऽध्यायः ।।
