#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः–प्रथमोध्याऽयः


श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः–प्रथमोध्याऽयः


मैत्रेय उवाच–
(अनुष्टुप्)
मनोस्तु शतरूपायां तिस्रः कन्याश्च जज्ञिरे ।
आकूतिर्देवहूतिश्च प्रसूतिरिति विश्रुताः ॥ १ ॥

मैत्रेयजीले भने–
विदुरजी ! सतरुपा महारानीबाट प्रियब्रत र उत्तानपाद नाम गरेका दुई छोराहरू भए । त्यस्तै आकुति, देवहुति र प्रसुति नाम गरेका तीन छोरी भए ।।१।।

आकूतिं रुचये प्रादाद् अपि भ्रातृमतीं नृपः ।
पुत्रिकाधर्ममाश्रित्य शतरूपानुमोदितः ॥ २ ॥

आकुतिले पुत्रिका धर्म अनुसार महारानी सतरुपाको आज्ञा लिएर रुचि प्रजापति संग विवाह गरिन् ।।२।।

प्रजापतिः स भगवान् रुचिस्तस्यां अजीजनत् ।
मिथुनं ब्रह्मवर्चस्वी परमेण समाधिना ॥ ३ ॥

भगवान्को अनन्य चिन्तनका कारण प्रजापति रुचि ब्रम्हतेजले सम्पन्न थिए ।उनले आकुतिको गर्भबाट एक स्त्री र पुरुष पैदा गरे ।।३।।

यस्तयोः पुरुषः साक्षात् विष्णुर्यज्ञस्वरूपधृक् ।
या स्त्री सा दक्षिणा भूतेभूतेरंशभूतानपायिनी ॥ ४ ॥

ती मध्दे जुन पुरुष थिए उनी साक्षात यज्ञस्वरुप धारी विष्णु भगवान थिए भने जुनी स्त्री थिइन उनी स्वयं भगवान संग कहिल्यै विछोड नहुने लक्ष्मीको रुप दक्षिणा थिइन् ।।४।।

आनिन्ये स्वगृहं पुत्र्याः पुत्रं विततरोचिषम् ।
स्वायम्भुवो मुदा युक्तो रुचिर्जग्राह दक्षिणाम् ॥ ५ ॥

आकुतिका छोरा परमतेजस्वी थिए । उनलार्ई मनु महाराजले  आफ्नो घरमा लिएर आए भने छोरी दक्षिणालार्ई रुचि प्रजापतिले आफ्नै घरमा राखे ।।५।।

तां कामयानां भगवान् उवाह यजुषां पतिः ।
तुष्टायां तोषमापन्नोऽ जनयद् द्वादशात्मजान् ॥ ॥ ६ ॥

दक्षिणाको विवाह भगवान यज्ञपुरुष संग भयो उनि पनि खुसि भइन । भगवानले पनि खुसि भएर उनिबाट बाह्र छोरा उत्पन्न गर्नुभयो ।।६।।

तोषः प्रतोषः सन्तोषो भद्रः शान्तिरिडस्पतिः ।
इध्मः कविर्विभुः स्वह्नः सुदेवो रोचनो द्विषट् ॥ ७ ॥

जसको नाम तोष, प्रतोष, सन्तोष, भद्र, शान्ति, इडस्पति, इध्म, कवि, विभु, स्वन्ह,सुदेव र रोचन हुन ॥ ७ ॥

तुषिता नाम ते देवा आसन् स्वायम्भुवान्तरे ।
मरीचिमिश्रा ऋषयो यज्ञः सुरगणेश्वरः ॥ ८ ॥

प्रियव्रतोत्तानपादौ मनुपुत्रौ महौजसौ ।
तत्पुत्रपौत्रनप्तॄणां अनुवृत्तं तदन्तरम् ॥ ९ ॥

यिनीहरूनै स्वयम्भुव मन्वन्तका पालाका तुषित नाम गरेका देवताहरू हुन । त्यस समयमा मरिचि आदि गरिएका सप्तऋषिहरू थिए । भगवान यज्ञ नै देवताहरूका इश्वर इन्द्र हुनुहुन्थ्यो । मनुका प्रियब्रत र उत्तानपाद नाम गरेका महातेजस्वी छोराहरू थिए । त्यस मन्वन्तर यी दुवैका सन्ताहरूले भरिएका थिए ।।८,९।।


देवहूतिमदातात कर्दमायात्मजां मनुः ।
तत्संबन्धि श्रुतप्रायं भवता गदतो मम ॥ १० ॥

विदुरजी । त्यसैगरि मनुले अर्की छोरी देवहुतिको कर्दमसंग विवाह गरिदिएका थिए उनको बारेमा पहिलेनै मैले सुनाइहाले ।। १० ।।

दक्षाय ब्रह्मपुत्राय प्रसूतिं भगवान्मनुः ।
प्रायच्छद्यत्कृतः सर्गः त्रिलोक्यां विततो महान् ॥ ११ ॥

मुनिले आफ्नी तेश्री कन्या प्रसुतिको विबाह ब्रह्माजीका छोरा दक्षप्रजापतिका साथ गरिदिए । उनको वंश तिनैलोकमा फैलिएको छ ।।१२।१

याः कर्दमसुताः प्रोक्ता नव ब्रह्मर्षिपत्नयः ।
तासां प्रसूतिप्रसवं प्रोच्यमानं निबोध मे ॥ १२ ॥

मैले कर्दमजीका नौ कन्याहरूको बारेमा पनि पहलेनै बताइसके । उनीहरूर्ला ब्रम्हर्षिहरूले विवाह गरेका थिए । अब उनिहरूका वंशका वारेमा सुन ।।१२।।

पत्नी मरीचेस्तु कला सुषुवे कर्दमात्मजा ।
कश्यपं पूर्णिमानं च ययोः आपूरितं जगत् ॥ १३ ॥

मरिचि ऋषिकी पत्नी कला बाट कस्यप र पूर्णिमा नामका दुई छोरा भए जसका सन्तानबाट यो पुरै जगत भरिएको छ ।।१३।।

पूर्णिमासूत विरजं विश्वगं च परन्तप ।
देवकुल्यां हरेः पाद शौचाद्याभूत्सरिद्दिवः ॥ १४ ॥

पुर्णिमाका तर्फबाट विरज र विश्वग नामका दुई छोरा भए र देवकुल्या नाम गरेकी छोरी पनि भइन् । उनीनै पछिल्लो जन्ममा धोवनबाट देव नदी गंगाको रुपमा प्रकट भइन ।।१४।।

अत्रेः पत्न्यनसूया त्रीन् जज्ञे सुयशसः सुतान् ।
दत्तं दुर्वाससं सोमं आत्मेशब्रह्मसम्भवान् ॥ १५ ॥

अत्रिकी पत्नी अनुशुयाबाट दतात्रेय दुर्वासा र चन्द्रमा नामका तीन छोरा भए । उनीहरू परम यशस्वी थए । उनीहरू विष्णु, शंकर र ब्रम्माको अंशबाट उत्पन्न भएका थिए ।।१५।।


विदुर उवाच–
अत्रेर्गृहे सुरश्रेष्ठाः स्थित्युत्पत्त्यन्तहेतवः ।
किञ्चित् चिकीर्षवो जाता एतदाख्याहि मे गुरो ॥ १६ ॥

विदुरजीले सोधे–
गुरुदेव ! जगतको उत्पत्ति स्थिति र लय गर्ने यी सर्वदेवले अत्रिमुनिकोमा कुन इच्छाले अवतार लिए ? ।।१६।।

मैत्रेय उवाच–
ब्रह्मणा चोदितः सृष्टौ अत्रिर्ब्रह्मविदां वरः ।
सह पत्न्या ययावृक्षं कुलाद्रिं तपसि स्थितः ॥ १७ ॥

मैत्रेयजीले भने–
अत्रिलार्ई ब्रम्हाजीले सृष्टिको रचना गर्ने अनुमति दिनु भएपछि उनी आफ्नी पत्नीका साथ ऋक्ष नाम गरको पर्वतमा तपस्या गने भनि गए ।।१७।।

तस्मिन् प्रसूनस्तबकपलाशाशोककानने ।
वार्भिः स्रवद्भिरुद्घुष्टे निर्विन्ध्यायाः समन्ततः ॥ १८ ॥

त्यहाँ पलाश, अशोक, आदि वृक्षले भरिएको ठुलो वन थियो । फूलका गुच्छाले सबै रुखलार्ई बेरेका थिए । त्यहा निर्विध्या नदीमा बगेको पानीको कलकल शव्दले गुञ्जायमान थियो ।।१८।।

प्राणायामेन संयम्य मनो वर्षशतं मुनिः ।
अतिष्ठत् एकपादेन निर्द्वन्द्वोऽनिलभोजनः ॥ १९ ॥

उनले त्यस वनमा गएर प्रणायाम द्वारा चित्तलार्ई आफ्नो वशमा राखेर सय वर्षसम्म जाडो गर्मिको पनि मतलव नगरिकन केवल वायु मात्र खाएर एक खुट्टाले खडा भएर उभिरहे ।।१९।। 
                                                          
शरणं तं प्रपद्येऽहं य एव जगदीश्वरः ।                                                                    
प्रजां आत्मसमां मह्यं प्रयच्छत्विति चिन्तयन् ॥ २० ॥

उनी मनमनै जो सम्पूर्ण जगतको इश्वर हुनुहुन्छ म उहाँकै प्रार्थना गर्दछु कि मलार्ई उनै बराबरकोेको सन्तान प्रदान गरुन, म वहाँकै शरणमा पर्दछु ।।२०।।

तप्यमानं त्रिभुवनं प्राणायामैधसाग्निना ।
निर्गतेन मुनेर्मूर्ध्नः समीक्ष्य प्रभवस्त्रयः ॥ २१ ॥
                                          
अत्रिमुनिको प्रणायामरुपी तेज ले तीनैलोकलार्ई डढाउन लागेको देखेर ब्रम्हा, विष्णु र महादेव तीनै जना उनको आश्रममा गए ।।२१।। 

अप्सरोमुनिगन्धर्व सिद्धविद्याधरोरगैः ।
वितायमानयशसः तदाश्रमपदं ययुः ॥ २२ ॥                                                    
                                                                  
त्यस समयमा अप्सरा, मुनिहरू, गन्धर्व सिध्द, विद्याधर नागहरू उनको कीर्तिको गान गरिरहेका थिए ।।२२।।

तत्प्रादुर्भावसंयोग विद्योतितमना मुनिः ।
उत्तिष्ठन्नेकपादेन ददर्श विबुधर्षभान् ॥ २३ ॥

प्रणम्य दण्डवद्भूमौ उपतस्थेऽर्हणाञ्जलिः ।
वृषहंससुपर्णस्थान् स्वैः स्वैश्चिह्नैश्च चिह्नितान् ॥ २४ ॥

तीनैजना यसरी एकैपटक उपस्थित हुनाले अत्री मुनिको अन्तःकरण प्रकाशित भयो उनले एउटा खुट्टाले मात्र टेकेर उभिरहेका मुनिले वहाँहरूलार्ई देखे अनि लठ्ठी झैं पृथ्वीमा लम्पसार परेर पुष्पादिले पूजा गरे । वहाँहरू आफ्नो वाहन, हाँस गरुड र साँढेमा बस्नु भएको थियो । त्यसैगरि हातमा कमण्डल, चक्र र त्रिशुल चिन्हले विभुषित हुनुहुन्थ्यो ।।२३,२४।।

कृपावलोकेन हसद् वदनेनोपलम्भितान् ।
तद् रोचिषा प्रतिहते निमील्य मुनिरक्षिणी ॥ २५ ॥

वहाँहरूको आँखाबाट कृपाको वर्षा भइरहेको थियो । मुख हसिलो थियो जसले एक किसिमको आनन्द भइरहेको थियो । उहाँहरूको तेजले गर्दा ती मुनिको आँखा नै तिरमिराई रहेकोथियो ।।२५।।

चेतस्तत्प्रवणं युञ्जन् नस्तावीत्संहताञ्जलिः ।
श्लक्ष्णया सूक्तया वाचा सर्वलोकगरीयसः ॥ २६ ॥

मुनिले आफ्नो चित्त वहाँहरूमा लगाएर सुन्दर भावपूर्ण वचनले उनीहरूको स्तुति गर्न लागे ।।२६।।

अत्रिरुवाच–
(वसंततिलका)
विश्वोद्भवस्थितिलयेषु विभज्यमानैः
     मायागुणैरनुयुगं विगृहीतदेहाः ।
ते ब्रह्मविष्णुगिरिशाः प्रणतोऽस्म्यहं वः
     तेभ्यः क एव भवतां मे इहोपहूतः ॥ २७ ॥

अत्रिले भने–
भगवन् ! प्रत्तेक कल्पको आरम्भमा जगतको उत्पत्ति, स्थिति र संहारका लागि जुन मायाको सत्वादि तीन गुण लाई विभाग गरेर भिन्न भिन्न शरिर धारणा गर्नुहुन्छ ती ब्रम्हा, विष्णु र महेश्वर हजुर नै हुनुहुन्छ म हजुरलार्ई नमस्कार गर्दछु । मैले जसलार्ई बोलाएको थिए वहाँ हजुर नै हुनुहुन्छ ।।२७।।

एको मयेह भगवान् विविधप्रधानैः
     चित्तीकृतः प्रजननाय कथं नु यूयम् ।
अत्रागतास्तनुभृतां मनसोऽपि दूराद्
     ब्रूत प्रसीदत महानिह विस्मयो मे ॥ २८ ॥

मैले त सन्तान प्राप्तिका लागि एउटै देवको स्मरण गरेको थिए फेरि कुन कृपाले गर्दा हजुर तीनैजना पाल्नु् भएको हो । हजुरहरू देहधारीको जस्तो मनको गतिमा हुनुहुन्न त्यसैले मलार्ई आश्चर्य लागिरहेको छ । कृपा गरेर मलार्ई यो रहस्यको बारेमा बताउनुहोस ।।२८।।

मैत्रेय उवाच–
(अनुष्टुप्)
इति तस्य वचः श्रुत्वा त्रयस्ते विबुधर्षभाः ।
प्रत्याहुः श्लक्ष्णया वाचा प्रहस्य तं ऋषिं प्रभो ॥ २९ ॥

मैत्रेयजी भन्दछन–
विदुरजी ! अत्रि मुनको कुरा सुनेर तीनै देव हाँस्दै मधुर वाणीमा भन्नलागे ।

देवा ऊचुः–
यथा कृतस्ते सङ्कल्पो भाव्यं तेनैव नान्यथा ।
सत्सङ्कल्पस्य ते ब्रह्मन् यद्वै ध्यायति ते वयम् ॥ ३० ॥

देवताहरूले भने–
ब्रम्हन ! तिमी सत्य संकल्प हौ त्यसैले तिमीले जस्तो संकल्प गर्यौ त्यस्तै हुने हो त्यो भन्दा फरक त कसरी हुनसक्छ र ? तिमी जुन भगवन्को ध्यान गर्दथ्यौ त्यो हामी तीनैजना हौं ।।३० ।।


अथास्मद् अंशभूतास्ते आत्मजा लोकविश्रुताः ।
भवितारोऽङ्ग भद्रं ते विस्रप्स्यन्ति च ते यशः ॥ ३१ ॥

प्रिय महर्षि ! तिम्रो कल्याण होस, यहाँ तिमिकोमा हाम्रो अंशले तीन छोरा उत्पन्न हुन्छन, जसले तिम्रो सुन्दर यसको बारेमा वर्णन गर्दछन ।।३१।।

एवं कामवरं दत्त्वा प्रतिजग्मुः सुरेश्वराः ।
सभाजितास्तयोः सम्यग् दम्पत्योर्मिषतोस्ततः ॥ ३२ ॥

यसरी उनीहरूले यस्तो वर दिएपछि ती दुवै पति–पत्नी बाट पूजित भएर तीनै जना आ–आफ्नो लोकतिर लागे ।।३२।।

सोमोऽभूद्ब्रह्मणोंऽशेन दत्तो विष्णोस्तु योगवित् ।
दुर्वासाः शंकरस्यांशो निबोधाङ्गिरसः प्रजाः ॥ ३३ ॥

ब्रम्हाजीको अंशबाट चन्द्रमा विष्णुको अंशबाट योगेत्ता दतात्रेय र महादेवको अंशबाट दुर्वासा ऋषि अत्रिको छोरा रुपमा प्रकट भए । अव अंगिरा ऋषिको सन्तानको बारेमा सुन ॥ ३३ ॥

श्रद्धा त्वङ्गिरसः पत्नी चतस्रोऽसूत कन्यकाः ।
सिनीवाली कुहू राका चतुर्थ्यनुमतिस्तथा ॥ ३४ ॥

अंगिराकी पत्नी श्रध्दाले सिनिलाली, कुहु, राका र अनुमति नामकी चार कन्यालार्ई जन्म दिइन् ।।३४।।

तत्पुत्रावपरावास्तां ख्यातौ स्वारोचिषेऽन्तरे ।
उतथ्यो भगवान् साक्षात् ब्रह्मिष्ठश्च बृहस्पतिः ॥ ३५ ॥

यी बाहेक उनीबाट भगवान् उतथ्य र ब्रम्हनिष्ट बृहस्पति नाम गरेका दुई छोरा पनि भए । जो स्वारोचिष मन्वन्तरमा विख्यात थिए ।।३५।।

पुलस्त्योऽजनयत्पत्न्यां अगस्त्यं च हविर्भुवि ।
सोऽन्यजन्मनि दह्राग्निः विश्रवाश्च महातपाः ॥ ३६ ॥

पुलस्त्यी पत्नी हविर्भूबाट महर्षि अगस्त्य र महा तपस्वि विश्रवा नामका दुई छोरा भए । जसमा अगस्त्यजी अर्को जन्ममा जठराग्नि भए ।।२६।।

तस्य यक्षपतिर्देवः कुबेरस्त्विडविडासुतः ।
रावणः कुम्भकर्णश्च तथान्यस्यां विभीषणः ॥ ३७ ॥

विश्रवा मुनिकी पत्नी इड्विडाको गर्भबाट यक्षराज कुवेरको जन्म भयो र उनकी अर्की पत्नी केशिनी बाट रावण, कुम्भकर्ण र विभिषण भए ।।३७।।

पुलहस्य गतिर्भार्या त्रीनसूत सती सुतान् ।
कर्मश्रेष्ठं वरीयांसं सहिष्णुं च महामते ॥ ३८ ॥

महामते! महर्षि पुलहकी स्त्री परमसाध्वी गतिबाट तीनछोरा उत्पन्न भए ।।३८।।

क्रतोरपि क्रिया भार्या वालखिल्यानसूयत ।
ऋषीन्षष्टिसहस्राणि ज्वलतो ब्रह्मतेजसा ॥ ३९ ॥

यसप्रकार ऋतुकी पत्नी कृयाबाट ब्रम्हतेज वालखिल्यादि साठीहजार ऋषिहरूको जन्म भयो ।।३९।।

ऊर्जायां जज्ञिरे पुत्रा वसिष्ठस्य परंतप ।
चित्रकेतुप्रधानास्ते सप्त ब्रह्मर्षयोऽमलाः ॥ ४० ॥

सत्रुनाशक विदुरजी ! वसिष्ठ ऋषिकी पत्नी उर्जा (अरुन्धती) बाट चित्रकेतु आधि विशुध्दचित्त वम्हर्षिहरूको जन्मभयो ।।४०।।

चित्रकेतुः सुरोचिश्च विरजा मित्र एव च ।
उल्बणो वसुभृद्यानो द्युमान् शक्त्यादयोऽपरे ॥ ४१ ॥

उनीहरू क्रमशः चित्रकेतु, सुरोचि, मित्र, उल्वण, वसुभृद्यान र द्युमान हुन् । त्यसैगरी अर्की पत्नी शक्तिबट अरु पनि छोरा भए ।।४१।।

चित्तिस्त्वथर्वणः पत्नी लेभे पुत्रं धृतव्रतम् ।
दध्यञ्चमश्वशिरसं भृगोर्वंशं निबोध मे ॥ ४२ ॥

अथर्वां मुनिकी पत्नी चित्तिले दधिचि नामका तपोनिष्ठ छोरा पैदा गरिन जसको अर्काे नाम अश्वशिरा हो । अव भृगुवंशको वर्णन सुन ।।४२।।

भृगुः ख्यात्यां महाभागः पत्न्यां पुत्रानजीजनत् ।
धातारं च विधातारं श्रियं च भगवत्पराम् ॥ ४३ ॥

महाभाग भृगुले आफ्नी पत्नी ख्यातिबाट धाता र विधाता नामका दुई छोरा र श्री नामकी भगवत्परायण छोरी उत्पन्न गरे ।।४३।।

आयतिं नियतिं चैव सुते मेरुस्तयोरदात् ।
ताभ्यां तयोरभवतां मृकण्डः प्राण एव च ॥ ४४ ॥

मेरु ऋषिले आफ्नी आयति र नियति नामकी छोरीहरूको विवाह धाता र विधाता संग गरिदिएका थिए । उनीहरूबाट मृकण्ड र प्राण नाम गरेका दुई छोरा भए ।।४४।।

मार्कण्डेयो मृकण्डस्य प्राणाद्वेदशिरा मुनिः ।
कविश्च भार्गवो यस्य भगवानुशना सुतः ॥ ४५ ॥

उनीहरू मध्दे मृकण्डबाट मार्कण्डेय र प्राणबाट वेदशिरा मुनिको जन्मभयो । भृगुकी कवि नाम गरेकी एउटी कन्या थिइन जसबाट भगवान् उसना (शुक्राचार्य) भए ।।४५।।

ते एते मुनयः क्षत्तः लोकान् सर्गैरभावयन् ।
एष कर्दमदौहित्र सन्तानः कथितस्तव ।
श्रृण्वतः श्रद्दधानस्य सद्यः पापहरः परः ॥ ४६ ॥

विदुरजी ! यी सबै मुनिश्वरहरूले सन्तान उत्पन्न गरे र सृष्टिको विस्तार गरे । यसप्रकार कर्दम ऋषिका दौहित्र सन्तानका बारेमा तिमीलार्ई बताएं । जो मानिस यसलार्ई श्रध्दापूर्वक सुन्दछ भने उसका सबै पाप नष्ट हुन्छ ।।४६।।

प्रसूतिं मानवीं दक्ष उपयेमे ह्यजात्मजः ।
तस्यां ससर्ज दुहितॄः षोडशामललोचनाः ॥ ४७ ॥

ब्रम्हाजीका छोरा दक्ष प्रजापतिले मनुकी छोरी प्रसुति संग विबाहा गरे । उनीबाट राम्रा आँखा भएकी सोह् वटि कन्या उत्पन्न भए ।।४७।।

त्रयोदशादाद्धर्माय तथैकामग्नये विभुः ।
पितृभ्य एकां युक्तेभ्यो भवायैकां भवच्छिदे ॥ ४८ ॥

दक्षले तेह्वटीलार्ई धर्मसंग एउटी पितृगणसंग र एउटी संसारलार्ई संहार गर्ने शंकर संग विवाह गरिदिए ।।४८।।

श्रद्धा मैत्री दया शान्तिः तुष्टिः पुष्टिः क्रियोन्नतिः ।
बुद्धिर्मेधा तितिक्षा ह्रीः मूर्तिर्धर्मस्य पत्नयः ॥ ४९ ॥

श्रध्दा, मैत्री, दया, शान्ति, तुष्टि, पुष्टि, क्रिया, उन्नति, बुध्दि, मेधा, तितिक्षा, ह्री र मुर्ति यी धर्मकी पत्नीहरू हुन ।।४९।।

श्रद्धासूत शुभं मैत्री प्रसादं अभयं दया ।
शान्तिः सुखं मुदं तुष्टिः स्मयं पुष्टिः असूयत ॥ ५० ॥

जसमा श्रध्दाले शुभ, मैत्रीले प्रसाद, दयाले अभय, शान्तिले सुख, तुष्टिले मोद र पुष्टिले अहंकारलार्ई जन्म दिए ।।५०।।

योगं क्रियोन्नतिर्दर्पं अर्थं बुद्धिरसूयत ।
मेधा स्मृतिं तितिक्षा तु क्षेमं ह्रीः प्रश्रयं सुतम् ॥ ५१ ॥

क्रियाले योग, उन्नतिले दर्प, बुध्दिले अर्थ, मेधाले स्मृति, तितिक्षाले क्षेम र ह्री –लज्जा) ले प्रश्रया (विनय) नामका छोराहरू पैदा गरे ।।५१।।

मूर्तिः सर्वगुणोत्पत्तिः नरनारायणौ ऋषी ॥५२॥
ययोर्जन्मन्यदो विश्वं अभ्यनन्दत् सुनिर्वृतम् ।
मनांसि ककुभो वाताः प्रसेदुः सरितोऽद्रयः ॥ ५३ ॥

सबै गुणका खानी भएकी मुर्तिदेवीले नरनारायण ऋषिलार्ई जन्म दिइन । जसको जन्मबाट सबै विश्वले आनन्द माने, जससमयमा मानिस, दिशाहरू, वायु, नदी र पर्वत आदि सबैमा हर्ष भयो ।।५३।।

दिव्यवाद्यन्त तूर्याणि पेतुः कुसुमवृष्टयः ।
मुनयस्तुष्टुवुस्तुष्टा जगुर्गन्धर्वकिन्नराः ॥ ५४ ॥

आकासमा मंगल धुनहरू बज्न लागे, देवताहरू फूल वर्षाउन लागे, अप्सराहरू नाच्न लागे, गन्धर्व र किन्नरहरू गाउँन लागे ।।५४।।

नृत्यन्ति स्म स्त्रियो देव्य आसीत् परममङ्गलम् ।
देवा ब्रह्मादयः सर्वे उपतस्थुरभिष्टवैः ॥ ५५ ॥

अप्सराहरू नाच्न लागे, यसप्रकार धेरै आनन्द र मंगलकार्यहरू भए अनि ब्रम्हादि सबै देवताहरू विभिन्न स्तोत्रले भगवान्को स्तुति गर्नलागे ।।५५।।

देवा ऊचुः–
(वसंततिलका)
यो मायया विरचितं निजयात्मनीदं
     खे रूपभेदमिव तत्प्रतिचक्षणाय ।
एतेन धर्मसदने ऋषिमूर्तिनाद्य
     प्रादुश्चकार पुरुषाय नमः परस्मै ॥ ५६ ॥

देवताहरूले भने–
जसरी आकासमा विभिन्न प्रकारको रुपहरू देखिन्छ त्यसैप्रकार जसले. आफ्नो मायाद्वारा आफ्नो स्वरुप भित्र यस संसारको रचना गर्नुभयो र यसको स्वरुपलार्ई प्रकाशित गर्न ऋषि विग्रहका साथ तपाई धर्मको घरमा प्रकट हुनुभएको छ । तपाई परम पुरुषलार्ई हामी नमस्कार गर्दछौं ।।५६।।

सोऽयं स्थितिव्यतिकरोपशमाय सृष्टान्
     सत्त्वेन नः सुरगणान् अनुमेयतत्त्वः ।
दृश्याददभ्रकरुणेन विलोकनेन
     यच्छ्रीनिकेतममलं क्षिपतारविन्दम् ॥ ५७ ॥

जसको तत्वको बारेमा धर्मसास्त्रलार्ई आधार लिएर हामी अनुमान मात्र गर्न सक्दछौं तर प्रत्यक्षरुपबाट जान्न सक्र्दैनौं, उनै भगवान्ले देवताहरूको मर्यादामा कुनैपनि फरक नहोस भनेर सत्वगुण उत्पन्न गरेका हुन । अव वहाँले आफ्नो करुणामय नेत्रले सबै शोभा र सौन्दर्यलार्ई समेत माथ गरेको छ । ती करुणमय नेत्रले हामीहरूलाई देखुन ।।५७।।

(अनुष्टुप्)
एवं सुरगणैस्तात भगवन्तावभिष्टुतौ ।
लब्धावलोकैर्ययतुः अर्चितौ गन्धमादनम् ॥ ५८ ॥

भगवान्को यस्तो साक्षात दर्शन पाएर देवताहरूले यसप्रकार स्तुति गरेपछि भगवान् नर नारायण दुवै गन्धमादन पर्वत तिर लाग्नुभयो ।।५८।।

तौ इमौ वै भगवतो हरेरंशाविहागतौ ।
भारव्ययाय च भुवः कृष्णौ यदुकुरूद्वहौ ॥ ५९ ॥

भगवान् श्रीहरिको अंश पाएका नर नारायण अहिले पृथ्वीको भार उतार गर्नको लागि यदुकुलभूषण श्रीकृष्ण र कुरुकूल अर्जुनका रुपमा अवतिर्ण भएका हुन ।।५९।।

स्वाहाभिमानिनश्चाग्नेः आत्मजान् त्रीन् अजीजनत् ।
पावकं पवमानं च शुचिं च हुतभोजनम् ॥ ६० ॥

अग्निदेवकी पत्नी स्वाहाले पावक, पावमान र शुचि नामका तीन छोराहरू प्राप्त गरिन । यी तीनैले हवन गरेको पदार्थलार्ई भक्षण गर्दछन् ।।६०।।

तेभ्योऽग्नयः समभवन् चत्वारिंशच्च पञ्च च ।
ते एवैकोनपञ्चाशत् साकं पितृपितामहैः । ॥ ६१ ॥

यी तीनैले पैतालिस प्रकारका अग्निलार्ई उत्पन्न गरे । यी नै आफ्ना पिता, पितामह र प्रपितामह सहित उनान्चास अग्नि भनि कहलार्ईए ।।६१।।

वैतानिके कर्मणि यत् नामभिर्ब्रह्मवादिभिः ।
आग्नेय्य इष्टयो यज्ञे निरूप्यन्तेऽग्नयस्तु ते । ॥ ६२ ॥

वेदज्ञ व्राम्हण वैदिक कर्ममा जुन उनानचास अग्निको नाममा हवन गर्दछन ती त्यहि नै अग्निको नाम हो ।।

अग्निष्वात्ता बर्हिषदः सौम्याः पितर आज्यपाः ।
साग्नयोऽनग्नयस्तेषां पत्नी दाक्षायणी स्वधा । ॥ ६३ ॥

अग्निख्वात, बर्हिषद सोमप, आज्यप, यी पितृ हुन । यी सबै साग्निक पनि हुन र निरग्निक पनि हुन् । यी सबै पितृहरूकी पत्नी दक्षकुमारी स्वधा हुन ।।६३।।

तेभ्यो दधार कन्ये द्वे वयुनां धारिणीं स्वधा ।
उभे ते ब्रह्मवादिन्यौ ज्ञानविज्ञानपारगे । ॥ ६४ ॥

यी पितृहरू मध्दे स्वधाको धारीणी र वायुना नामकी दुई कन्या पनि भइन् ती दुवै ज्ञान विज्ञानमा पारंगत र ब्रम्हज्ञानको उपदेश गर्दथिए ।।६४।।

भवस्य पत्नी तु सती भवं देवमनुव्रता ।
आत्मनः सदृशं पुत्रं न लेभे गुणशीलतः । ॥ ६५ ॥

महादेवकी पत्नी सती भइन उनी सबै प्रकारले पतिदेवको सेवामा लाग्दथिन् तर उनीबाट आफ्नो गुण र स्वभाव अनुसारको छोरो भएन ।।६५।।

पितर्यप्रतिरूपे स्वे भवायानागसे रुषा ।
अप्रौढैवात्मनात्मानं अजहाद् योगसंयुता । ॥ ६६ ॥

सतीका पिता दक्षको विनाकारण शिवसंग मनोमालिन्य बढ्न गयो त्यसैले सतिले योवन अवस्थामा नै योगद्वारा क्रोधवश आफ्नो शरीरलार्ई त्यागिन ।।६६।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे विदुरमैत्रेयसंवादे प्रथमोऽध्यायः ॥ १ ॥