श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – चतुर्चत्वारिंशोऽध्यायः
शुक उवाच –
(अनुष्टुप्)
एवं चर्चितसङ्कल्पो भगवान् मधुसूदनः ।
आससादाथ चणूरं मुष्टिकं रोहिणीसुतः ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! चाँडुरले भनेको कुरा स्वीकार गरेर मल्लयुध्दका लागि तयार हुनुभएका भगवान श्रीकृष्ण चाँडुर सित र बलरामजी मुस्टिकसँग युद्ध गर्न लाग्नुभयो ।।१।।
हस्ताभ्यां हस्तयोर्बद्ध्वा पद्भ्यामेव च पादयोः ।
विचकर्षतुरन्योन्यं प्रसह्य विजिगीषया ॥२॥
एउटाले अर्कालाई जित्ने इच्छाले दुबैपक्षले हातले हात समातेर र खुट्टाले खुट्टालाई अड्याएर बलैसँग एउटाले अर्कोलाई आफूतिर तानातान गर्न लागे ।।२।।
अरत्नीष द्वे अरत्नि भ्यां जानुभ्यां चैव जानुनी ।
शिरः शीर्ष्णोरसोरस्तावन्योन्यमभिजघ्नतुः ॥३॥
त्यसपछि ती दुबैले हातले हातमा खुट्टाले खुट्टामा टाउकाले टाउकामा छातीले छातीमा परस्पर प्रहार गर्न लागे ।।३।।
परिभ्रामणविक्षेपपरिरम्भावपातनैः ।
उत्सर्पणापसर्पणैश्चान्योन्यं प्रत्यरुन्धताम् ॥४॥
उनीहरू हात समातेर घुमाउने, धकेल्ने, उठाउने, ढलाउने नजिक आउने पछि हट्ने आदि गरेर एकले अर्कालाई प्रहार गर्न लागे ।।४।।
उत्थापनैरुन्नयनैश्चालनैः स्थापनैरपि ।
परस्परं जिगीषन्तावपचक्रतुरात्मनः ॥५॥
दुवै पक्ष आफुले जित्नका लागि कहिले हात समातेर माथि उठाउँने, कहिले उचाल्ने, कहिले पक्रेर समात्ने गरेर एकले अर्कालाई पीडा दिन लागे ।।५।।
तद्बपलाबलवद्युद्धं समेताः सर्वयोषितः ।
ऊचुः परस्परं राजन् सानुकम्पा वरूथशः ॥६॥
हे राजन ! यो मल्लयुद्ध हेर्न भनी जम्मा भएका सम्पूर्ण नारीहरु पहलमानसँग साना साना निर्वल बिच युध्द भएको देख्दा दयाले बिभिन्न समूहमा जम्मा भएर एक आपसमा भन्न लागे ।।६।।
महानयं बताधर्म एषां राजसभासदाम् ।
ये बलाबलवद्युद्धं राज्ञोऽन्विच्छन्ति पश्यतः ॥७॥
राजाnकंशका यी सभासद्हरू बडो अधर्मी भएर अन्याय गर्दैछन्, राजाको सामुन्नेमा नै यिनीहरुले बलिया र निर्दा बिचको युद्धलाई अनुमोदन गर्दैछन् ।।७।।
क्व वज्रसारसर्वाङ्गौ मल्लौ शैलेन्द्रसन्निभौ ।
क्व चातिसुकुमाराङ्गौ किशोरौ नाप्तयौवनौ ॥८॥
हेर, कहाँ वज्र समान शरीर भएका पहाड जस्ता पहलमानहरू र कहाँ भर्खरका किशोरै अवस्थामा रहेका युबकहरु ।।८।।
धर्मव्यतिक्रमो ह्यस्य समाजस्य ध्रुवं भवेत् ।
यत्राधर्मः समुत्तिष्ठेन्न स्थेयं तत्र कर्हिचित् ॥९॥
यहाँ यस सभामा अधर्म हुन लागेको छ, जहाँ अधर्म हुन्छ त्यहाँ कहिले पनि बस्न हुँदैन ।।९।।
न सभां प्रविशेत् प्राज्ञः सभ्यदोषाननुस्मरन् ।
अब्रुवन् विब्रुवन्नज्ञो नरः किल्बिषमश्नुते ॥१०॥
सभासद्हरूको अवगुण थाहा पाएका बुद्धिमानहरु कुनै पनि सभामा जानै हुन्न किनकि त्यहाँ गएपछि दोष गुण नदेख्ने र देखेर पनि चुपलाग्ने त पापको भागी हुन्छ ।।१०।।
वल्गतः शत्रुमभितः कृष्णस्य वदनाम्बुजम् ।
वीक्ष्यतां श्रमवार्युप्तं पद्मकोशमिवाम्बुभिः ॥११॥
हेर हेर शत्रुको वरिपरि घुमिरहनु भएका कृष्णजीको मुख पसिनाले भिजेर कमलको कोपिला जस्तो भएको छ ।।११।।
किं न पश्यत रामस्य मुखमाताम्रलोचनम् ।
मुष्टिकं प्रति सामर्षं हाससंरम्भशोभितम् ॥१२॥
अर्कीले भनी मुस्टिकप्रति रिसले झोकिनु भएका बलरामको आँखा राता भएको छ तापनि वहाँको रिस र हाँसो मिसिदा पनि मुख सुशोभित देखिन्छ त्यतापटि चाँही किन ध्यान दिदैनौं ।।१२।।
(वसंततिलका)
पुण्या बत व्रजभुवो यदयं नृलिङ्ग–
गूढः पुराणपुरुषो वनचित्रमाल्यः ।
गाः पालयन् सहबलः क्वणयंश्च वेणुं
विक्रीडयाञ्चति गिरित्ररमार्चिताङ्घ्रिः ॥१३॥
खुसीको कुरा के हो भने व्रजभूमिका प्रत्येक भाग पवित्र र धन्य छन् किनकि आफ्नो रुपलाई लुकाएर मनुष्यको रूप लिनुभएका भगवान महादेव र लक्ष्मीद्वारा पूजित स्वयं नारायण नै श्रीकृष्णको रुपमा हुनुहुन्छ । वहाँ बलराम सहित भएर विचित्र मनमाला पहिरिएर बाँसुरी बजाउँदै तथा गाई चराउँदै र खेल्दै आनन्दसँग डुल्नुहुन्छ ।।१३।।
गोप्यस्तपः किमचरन् यदमुष्य रूपं
लावण्यसारमसमोर्ध्वमनन्यसिद्धम् ।
दृग्भिः पिबन्त्यनुसवाभिनवं दुराप–
मेकान्तधाम यशसः श्रीय ऐश्वरस्य ॥१४॥
व्रजका यी गोपिनीहरूले त्यस्तो कुन तपस्या गरेका रहेछन् जसका कारण यिनीहरु आफ्ना आँखाद्वारा क्षण क्षणमा नयाँ लाग्ने भगवानको दुर्लभ रुपमाधुरीको रस पान गरिरहेका छन ।।१४।।
या दोहनेऽवहनने मथनोपलेप–
प्रेङ्खेङ्खनार्भरुदितोक्षणमार्जनादौ ।
गायन्ति चैनमनुरक्तधियोऽश्रुकण्ठ्यो
धन्या व्रजस्त्रिय उरुक्रमचित्तयानाः ॥१५॥
भित्रै देखि भगवान्मा चित्त लगाएका व्रजका गोपनीयहरू धन्य छन् । यिनीहरू गाई दुहुदा, धानकुट्दा, दहीमथ्दा, घर लिप्दा, बालकलाई झोलुङ्गोमा हल्लाउँदा रोएका बालकलाई फुल्याउँदा, तथा घर बढार्दा आदिकाम गर्दा समेत उनीहरु भगवान् लाई सम्झने र आनन्दका आँसुले गला अवरुध्द हुँदापनि गदगद भएर भगवान्को गुण कीर्तन गरिरहन्छन् ।।१५।।
प्रातर्व्रजाद् व्रजत आविशतश्च सायं
गोभिः समं क्वणयतोऽस्य निशम्य वेणुम् ।
निर्गम्य तूर्णमबलाः पथि भूरिपुण्याः
पश्यन्ति सस्मितमुखं सदयावलोकम् ॥१६॥
भगवान् श्रीकृष्ण बिहान उठेर बाँसुरी बजाएर गाई चराउँना जाँदा र बेलुका फर्कदा वहाँको बजाएको बाँसुरीको मधुर स्वर सुनेर ती पुण्यशाली गोपिनीहरू घरको सबै कामका छोडेर बाटोमा आएर वहाँको मुस्कानयुक्त अनुहार एवंकृपालु पूर्ण हेराइको दर्शन गर्दछन् ।।१६।।
(अनुष्टुप्)
एवं प्रभाषमाणासु स्त्रीषु योगेश्वरो हरिः ।
शत्रुं हन्तुं मनश्चक्रे भगवान् भरतर्षभ ॥१७॥
हे महाराज परीक्षित ! जुन समयमा सहरवासी आइमाईहरू यस प्रकारको कुरा गरिरहेका थिए त्यसै बेलामा योगेश्वर भगवान श्रीकृष्णले शत्रुलाई मार्ने बिचार गर्नुभयो ।।१७।।
सभयाः स्त्रीगिरः श्रुत्वा पुत्रस्नेहशुचाऽऽतुरौ ।
पितरावन्वतप्येतां पुत्रयोरबुधौ बलम् ॥१८॥
आइमाईहरूका यस्ता डरलाग्दा कुरा सुनेर आफ्ना छोराहरूको बल र सामथ्र्य थाहा नपाएका देवकी वसुदेव पुत्र स्नेहले गर्दा बिह्वल भई अत्यन्त चिन्ता गर्न लागे । ।।१८।।
तैस्तैर्नियुद्धविधिभिर्विविधैरच्युतेतरौ ।
युयुधाते यथान्योन्यं तथैव बलमुष्टिकौ ॥१९॥
कृष्ण भगवान र उहाँको प्रतिद्वन्दी चाँडुर दुवैजना आफैं जित्ने हिसावले बल प्रयोग गरेर आपसमा लडिरहेका थिए । यसैगरी बलराम र मुस्टिक पनि त्यसैगरी युध्द गरिहरहेका थिए ।।१९।।
भगवद्गोत्रनिष्पातैर्वज्रनिष्पेषनिष्ठुरैः ।
चाणूरो भज्यमानाङ्गो मुहुर्ग्लानिमवाप ह ॥२०॥
भगवानको बज्रभन्दा सारो मुक्किको प्रहारले चाँडुरका अंग शिथिल भएकाले ठूलो कष्ट पायो ।।२०।।
स श्येनवेग उत्पत्य मुष्टीकृत्य करावुभौ ।
भगवन्तं वासुदेवं क्रुद्धो वक्षस्यबाधत ॥२१॥
त्यससपछि चाँडुरले अत्यन्त रिसाएर दुवैहातले मुठ्ठी बनाएर वासुदेव भगवानको छातीमा हिर्कायो ।।२१।।
नाचलत्तत्प्रहारेण मालाहत इव द्विपः ।
बाह्वोर्निगृह्य चाणूरं बहुशो भ्रामयन् हरिः ॥२२॥
भूपृष्ठे पोथयामास तरसा क्षीणजीवितम् ।
विस्रस्ताकल्पकेशस्रगिन्द्रध्वज इवापतत् ॥२३॥
तर जसरी फूलको मालाले हिर्काउँदा त्यसको प्रहारले हात्ती विचलित हुँदैन त्यसैगरी भगवान पनि उसको प्रहारले अलिकता पनि विचलित हुनुभएन । त्यसपछि भगवानले चाँडुरका दुवै हात समाती आकाशमा घुमाएर पृथ्वीमा पछार्नु भयो घुमाउँदैमा उसको प्राण गैसकेको थियो । त्यसैले उसको र भेषभुषा कपाल माला इत्यादि अस्तव्यस्त भएकोले इन्द्रको ध्वजाको लिंगो पछारिए झैँ पृथ्वी पछारिन पुग्यो ।।२२–२३।।
तथैव मुष्टिकः पूर्वं स्वमुष्ट्याभिहतेन वै ।
बलभद्रेण बलिना तलेनाभिहतो भृशम् ॥२४॥
यसैगरी मुस्टिकले पनि बलरामलाई एक मुड्की हिर्कायो । बलरामले पनि उसलाई बडो जोडले मुड्की प्रहार गर्नुभयो ।।२४।।
प्रवेपितः स रुधिरमुद्वमन् मुखतोऽर्दितः ।
व्यसुः पपातोर्व्युपस्थे वाताहत इवाङ्घ्रिपः ॥२५॥
यसरी प्रहार गर्दा उसको शरीर काम्न थाल्यो र आँधी बिहेरीले रुख ढालेझै अत्यन्त व्यथित भई मुखबाट रगत छाद्दै जमिनमा ढल्यो ।।२५।।
ततः कूटमनुप्राप्तं रामः प्रहरतां वरः ।
अवधील्लीलया राजन् सावज्ञं वाममुष्टिना ॥२६॥
हे राजन ! यसपछि योद्धा मध्येका श्रेष्ठ बलरामले आफ्नो अगाडि आएको कुट नामको पहलमानलाई खेलवाड गरेजस्तो गरी देव्रे हातले प्रहार गरेर ख्यालख्याल मैं मारिदिनुभयो ।।२६।।
तर्ह्येव हि शलः कृष्णपदापहतशीर्षकः ।
द्विधा विदीर्णस्तोशलक उभावपि निपेततुः ॥२७॥
यही बेला श्रीकृष्ण भगवानले आफ्नो पाउको प्रहारले सलको टाउको छुट्टिन गयो र तोशल लाई पनि सिन्का चिरे झैँ चिरेर दुई टुक्रा पारिदिनुभयो ।।२७।।
चाणूरे मुष्टिके कूटे शले तोशलके हते ।
शेषाः प्रदुद्रुवुर्मल्लाः सर्वे प्राणपरीप्सवः ॥२८॥
यसरी चाँडुर, मुस्टिक, कुट, शल र तोशल आदि मारिएपछि बाँकी बचेका अरु सबै पलमानहरु प्राण बचाउन त्यहाँबाट भागे ।।२८।।
गोपान् वयस्यानाकृष्य तैः संसृज्य विजह्रतुः ।
वाद्यमानेषु तूर्येषु वल्गन्तौ रुतनूपुरौ ॥२९॥
अब श्रीकृष्ण र बलराम बालहरूलाई मञ्चमा तानेर भेरी मृदंग आदि बाजाको तालमा आफ्नो पाउँको पाउजु छमछम गदै नाचेर मल्लकृडामा रमाउँन लाग्नुभयो ।।२९।।
जनाः प्रजहृषुः सर्वे कर्मणा रामकृष्णयोः ।
ऋते कंसं विप्रमुख्याः साधवः साधु साध्विति ॥३०॥
कृष्ण भगवान र बलरामको त्यो आश्चर्य लाग्दो पराक्रम देखेर कंश बाहेक अरु साधु सज्जन तथा सज्जनहरु अत्यन्त प्रसन्न भई राम्रो राम्रो भनेर प्रशंसा गर्न लागे ।।३०।।
हतेषु मल्लवर्येषु विद्रुतेषु च भोजराट् ।
न्यवारयत् स्वतूर्याणि वाक्यं चेदमुवाच ह ॥३१॥
आफ्ना मुख्य मुख्य पहलमान मध्दे कोही मारिएका र कोही ज्यान बचाउँन भागेपछि कंसले भेरी बजाउन बन्द गराएर यस्तो आदेश दियो ।।३१।।
निःसारयत दुर्वृत्तौ वसुदेवात्मजौ पुरात् ।
धनं हरत गोपानां नन्दं बध्नीत दुर्मतिम् ॥३२॥
वसुदेवका यी दुष्ट छोराहरूलाई सहर बाहिर निकाली हाल र गोपहरूको सबै धन अपहरण गरेर कुबुध्दि भएको बसुदेव र देबकीलाई कैद गर ।।३२।।
वसुदेवस्तु दुर्मेधा हन्यतामाश्वसत्तमः ।
उग्रसेनः पिता चापि सानुगः परपक्षगः ॥३३॥
त्यो दुष्ट बुध्दि भएको वसुदेवलाई मारिहाल । यि मेरा पिता उग्रसेन पनि मेरा सत्रुहरुसंग मिलेका छन् त्यसैले उनलाई पनि उनलाई पनि मार ।।३३।।
एवं विकत्थमाने वै कंसे प्रकुपितोऽव्ययः ।
लघिम्नोत्पत्य तरसा मञ्चमुत्तुङ्गमारुहत् ॥३४॥
कंसले यसप्रकार आज्ञा दिइरहेको बेलामा कृष्ण भगवान रिसाउर उफ्रदै कंस बसेको अग्लो मञ्चमा चढ्नुभयो ।।३४।।
तमाविशन्तमालोक्य मृत्युमात्मन आसनात् ।
मनस्वी सहसोत्थाय जगृहे सोऽसिचर्मणी ॥३५॥
आफ्नो मृत्युरूप कृष्ण भगवानलाई आफ्नो सामुन्य आएको देख्दा त्यो बीर कंसले हत्तपत्त आफ्नो आसनबाट उठेर ढाल तरबार समातिहाल्यो ।।३५।।
(मिश्र)
तं खड्गपाणिं विचरन्तमाशु
श्येनं यथा दक्षिणसव्यमम्बरे ।
समग्रहीद् दुर्विषहोग्रतेजा
यथोरगं तार्क्ष्यसुतः प्रसह्य ॥३६॥
हातमा तलवार लिएको लिएर त्यस कंसले प्रहार गर्ने मौका खोज्दै आकाशमा बाझ झैँ घुम्दै भगवानको कहिले दाहिने र कहिले देवरेतिर भएर घुम्न लाग्यो । तर अत्यन्त तीव्र भेगबान श्रीकृष्णले गरुडले सर्पलाई समाते झैँ त्यसलाई च्याप्प समात्नुभयो ।।३६।।
प्रगृह्य केशेषु चलत्किरीटं
निपात्य रङ्गोपरि तुङ्गमञ्चात् ।
तस्योपरिष्टात् स्वत्स्वयमब्जनाभः
पपात विश्वाश्रय आत्मतन्त्रः ॥३७॥
यसरी संसारका एकमात्र आश्रय भएका भगवानले कंशलाई समात्नासाथ उसको मुकुट खस्यो त्यसपछि वहाँले उसलाई कपालमा समातेर मञ्चबाट तल भूइमा खसालिदिनु भयो अनि आफू पनि त्यसैमाथि हामफाल्नुभयो ।।३७।।
तं सम्परेतं विचकर्ष भूमौ
हरिर्यथेभं जगतो विपश्यतः ।
हा हेति शब्दः सुमहांस्तदाभू(
दुदीरितः सर्वजनैर्नरेन्द्र ॥३८॥
हे परीक्षित ! त्यो कंस भूइमा पछारिनासाथ मरिसकेको थियो । त्यसपछि उसको मरेको लासलाई सबैका सामुन्नेमा सिंहले हात्तीलाई घिसारे झैँ पृथ्वीमा घिसार्न लाग्नुभयो । त्यसबेला त्यहाँ बसेका सबैजना ठुलो शव्द निकालेर कराउँनथाले ।।३८।।
स नित्यदोद्विग्नधिया तमीश्वरं
पिबन् वदन् वा विचरन् स्वपञ्छ्वसन् ।
ददर्श चक्रायुधमग्रतो य(
स्तदेव रूपं दुरवापमाप ॥३९॥
डरका कारण कंसले खाँदा, पिउँदा, उठ्दा, बस्दा, हिँड्दा, डुल्दा, सुत्दा, सास फेर्दा समेत हातमा चक्र लिनुभएको कृष्णलाई नै देखिरहन्थ्यो तसर्थ मरेपछि उसले दुर्लभ स्वरूपलाई प्राप्त गर्यो ।।३९।।
(अनुष्टुप्)
तस्यानुजा भ्रातरोऽष्टौ कङ्कन्यग्रोधकादयः ।
अभ्यधावन्नतिक्रुद्धा भ्रातुर्निर्वेशकारिणः ॥४०॥
कंसका कंक–न्यग्रोधक आदि गरिएका आठ भाइ थिए । यिनीहरू पनि आफ्नो दाजुलाई मारेको अत्यन्त क्रुध्द भएर भएर बदला लिन भनि कृष्ण र बलराम भए तिर दगुर्दै आए ।।४०।।
तथातिरभसांस्तांस्तु संयत्तान् रोहिणीसुतः ।
अहन् परिघमुद्यम्य पशूनिव मृगाधिपः ॥४१॥
युद्ध गर्नाकालागि तयार भई बडो बेगसँग दगुर्दै आइराखेका उनीहरूलाई रोहिणीपुत्र बलरामले परिघ उठाएर सामान्य जनावर लाई
झैँ मारिदिनु भयो। ।।४१।।
नेदुर्दुन्दुभयो व्योम्नि ब्रह्मेशाद्या विभूतयः ।
पुष्पैः किरन्तस्तं प्रीताः शशंसुर्ननृतुः स्त्रियः ॥४२॥
त्यस बखतमा आकाशमा दुन्दुबी बाजा बज्न लागे । ब्रह्मा, शंकर आदि देवताहरु बढो आनन्दसँग फूलको वर्षा गर्दै उहाँको स्तुति गर्न लागे र अप्सराहरु नाच्न थाले ।।४२।।
तेषां स्त्रियो महाराज सुहृन्मरणदुःखिताः ।
तत्राभीयुर्विनिघ्नन्त्यः शीर्षाण्यश्रुविलोचनाः ॥४३॥
यसपछि हे राजन ! आफ्ना पृयजनको मृत्यु भएकाले अत्यन्त दुखित भई आँखाबाट आँसु खसाल्दै कंश र उसका भाइका पत्नीहरू दुवै हातले टाउको ठोक्दै त्यहाँ आए ।।४३।।
शयानान् वीरशय्यायां पतीनालिङ्ग्य शोचतीः ।
विलेपुः सुस्वरं नार्यो विसृजन्त्यो मुहुः शुचः ॥४४॥
शोकले बिह्वल भएका ती आइमाईहरू रणभूमिमा लडिराखेका आफ्ना पतिहरुलाई अँगालो हालेर आँसु बगाउँदै ठूलो स्वरले यस प्रकार विलाप गर्न लागे ।।४४।।
हा नाथ प्रिय धर्मज्ञ करुणानाथवत्सल ।
त्वया हतेन निहता वयं ते सगृहप्रजाः ॥४५॥
हे स्वामी ! हे प्यारा ! हे धर्मज्ञ ! हे करुणानिधान ! तपाईँ मारिनाले घर र सन्तान सहित हामीहरु पनि मारियौ ।।४५।।
त्वया विरहिता पत्या पुरीयं पुरुषर्षभ ।
न शोभते वयमिव निवृत्तोत्सवमङ्गला ॥४६॥
हे पुरुष श्रेष्ठ ! हजुर नहुँदा जसरी मथुरापुरीको शोभा छैन, त्यसैगरी हाम्रा लागि पनि सम्पूर्ण मङ्गल उत्सवहरू केही छैनन् ।।४६।।
अनागसां त्वं भूतानां कृतवान् द्रोहमुल्बणम् ।
तेनेमां भो दशां नीतो भूतध्रुक् को लभेत शम् ॥४७॥
हे स्वामी ! हजुरले निरपराधी प्राणीहरूसँग ठूलो द्वेष गर्नुभयो, त्यसैले अहिले हजुरको यो गति भयो । त्यसैले प्राणीहरूसँग द्वेष गर्ने पुरुषले कहिले पनि शान्ति पाउन सक्दैन ।।४७।।
सर्वेषामिह भूतानामेष हि प्रभवाप्ययः ।
गोप्ता च तदवध्यायी न क्वचित् सुखमेधते ॥४८॥
संसारका सबै प्राणीहरू सृष्टि पालन तथा संहार यिनै कृष्णबाट हुन्छ, जसले वहाँको तिरस्कार गर्दछ उसलाई कहिले पनि सुख हुन सक्दैन ।।४८।।
शुक उवाच–
राजयोषित आश्वास्य भगवाँल्लोकभावनः ।
यामाहुर्लौकिकीं संस्थां हतानां समकारयत् ॥४९॥
श्रीशुकदेव जी भन्नुहुन्छ– हे राजन ! यसपछि संसारका पालक कृष्ण भगवानले कंश पत्नीहरूलाई सम्झाई बुझाई शान्त पार्नुभयो लोक चलन अनुसार उनीहरुको क्रिया गर्नु कर्म गराउन लगाउनु भयो ।।४९।।
मातरं पितरं चैव मोचयित्वाथ बन्धनात् ।
कृष्णरामौ ववन्दाते शिरसास्पृश्य पादयोः ॥५०॥
यसपछि श्रीकृष्ण र बलरामले माता पितालाई बन्धनबाट गर्नुभयो र उहाँहरूको चरणमा छोएर दण्डवत प्रणाम गर्नुभयो ।।५०।।
देवकी वसुदेवश्च विज्ञाय जगदीश्वरौ ।
कृतसंवन्दनौ पुत्रौ सस्वजाते न शङ्कितौ ॥५१॥
उहाँहरुले दण्डवत गर्दा पनि हाम्रा यी दुवै छोरा वास्तवमा जगतका मालिक हुन् भन्ने सम्झेर देवकी बसुदेवले वहाँहरुलाई आलिङ्गन गर्नुभएन ।।५१।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे कंसवधो नाम चतुर्चत्वारिंशोऽध्यायः ॥४४॥