/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

सप्तमः स्कंधः - पञ्चदशोऽध्यायः

श्रीमद्भागवत महापुराण

सप्तमः स्कंधः - पञ्चदशोऽध्यायः

नारद उवाच  
कर्मनिष्ठा द्विजाः केचित् तपोनिष्ठा नृपापरे ।
स्वाध्यायेऽन्ये प्रवचने ये केचित् ज्ञानयोगयोः ॥ १ ॥
नेपाली भावानुवादः हे राजा युधिष्ठिर ! कुनै ब्राह्मण कर्मनिष्ठामा लागेका हुन्छन् भने कोही तपस्यामा, कोही स्वाध्याय (वेदाध्ययन) मा, कोही प्रवचनमा र कोही ज्ञानयोगमा निष्ठा राख्ने खालका हुन्छन् ।। १ ।।
 
ज्ञाननिष्ठाय देयानि कव्यान्यानन्त्यमिच्छता ।
दैवे च तदभावे स्याद् इतरेभ्यो यथार्हततः ॥ २ ॥
नेपाली भावानुवादः आफ्नो कर्मबाट अक्षय फल प्राप्त गर्ने इच्छा राख्ने गृहस्थले विशेषगरी ज्ञाननिष्ठ ब्राह्मणलाई नै हव्य र कव्य दान दिनुपर्दछ । यदि त्यस्ता ब्रह्मनिष्ठ ब्राह्मण पाउन सकिएन भने अन्य योग्य ब्राह्मणलाई योग्यताअनुसार दान दिनु पर्दछ ।। २ ।।
 
द्वौ दैवे पितृकार्ये त्रीन् एकैकमुभयत्र वा ।
भोजयेत् सुसमृद्धोऽपि श्राद्धे कुर्यान्न विस्तरम् ॥ ३ ॥
नेपाली भावानुवादः देवकार्यमा दुई जना र पितृकार्यमा तीन जना अथवा दुवै कार्यमा एक-एक जना ब्राह्मणलाई भोजन गराउनु पर्दछ । धनी भए तापनि श्राद्ध कर्ममा धेरै ब्राह्मणलाई आमन्त्रण गरी विस्तार गर्नु हुँदैन ।। ३ ।।
 
देशकालोचितश्रद्धा द्रव्यपात्रार्हणानि च ।
सम्यग्भवन्ति नैतानि विस्तरात् स्वजनार्पणात् ॥ ४ ॥
नेपाली भावानुवादः किनभने श्राद्ध कर्ममा धेरै नातागोतालाई बोलाएर विस्तार गर्दा देश र कालअनुसारको श्रद्धापूर्वक सामग्री जुटाउन सकिँदैन र पात्रको यथोचित पूजन आदि पनि राम्ररी हुन पाउँदैन ।। ४ ।।
 
देशे काले च सम्प्राप्ते मुन्यन्नं हरिदैवतम् ।
श्रद्धया विधिवत् पात्रे न्यस्तं कामधुगक्षयम् ॥ ५ ॥
नेपाली भावानुवादः उचित देश र कालमा प्राप्त भएको, भगवान्‌लाई अर्पण गरिएको पवित्र हविष्यान्न (मुन्यन्न) श्रद्धापूर्वक विधिपूर्वक सत्पात्रलाई दान दिँदा त्यसले अक्षय फल दिन्छ र सबै कामना पूर्ण गर्दछ ।। ५ ।।
 
देवर्षिपितृभूतेभ्य आत्मने स्वजनाय च ।
अन्नं संविभजन्पश्येत् सर्वं तत् पुरुषात्मकम् ॥ ६ ॥
नेपाली भावानुवादः देवता, ऋषि, पितृ, प्राणीहरू, आफन्त र आफ्नो निम्ति अन्नको विभाजन गर्दा ती सबैलाई भगवान् परमेश्वरकै स्वरूप सम्झनु पर्दछ ।। ६ ।।
 
न दद्याद् आमिषं श्राद्धे न चाद्याद् धर्मतत्त्ववित् ।
मुन्यन्नैः स्यात्परा प्रीतिः यथा न पशुहिंसया ॥ ७ ॥
नेपाली भावानुवादः धर्मको मर्म जान्ने पुरुषले श्राद्धमा मांस (मासु) अर्पण गर्नु हुँदैन र आफूले पनि खानु हुँदैन । किनकि पितृ र ऋषिमुनिहरू पवित्र हविष्यान्नबाट जति तृप्त हुन्छन्, पशु हिंसाबाट हुँदैनन् ।। ७ ।।
 
नैतादृशः परो धर्मो नृणां सद्धर्ममिच्छताम् ।
न्यासो दण्डस्य भूतेषु मनोवाक् कायजस्य यः ॥ ८ ॥
नेपाली भावानुवादः सद्धर्म पालनको इच्छा राख्ने मानिसका लागि प्राणीहरूलाई मन, वचन र शरीरले कष्ट नदिनु (अहिंसा) भन्दा ठुलो अरू कुनै धर्म छैन ।। ८ ।।
 
एके कर्ममयान् यज्ञान् ज्ञानिनो यज्ञवित्तमाः ।
आत्मसंयमनेऽनीहा जुह्वति ज्ञानदीपिते ॥ ९ ॥
नेपाली भावानुवादः यज्ञतत्त्व जान्ने कतिपय ज्ञानीहरू बाह्य कर्मकाण्डको साटो ज्ञानद्वारा प्रज्वलित आत्मसंयमरूपी अग्निमा आफ्ना सम्पूर्ण कर्ममय यज्ञलाई हवन गरिदिन्छन् ।। ९ ।।
 
द्रव्ययज्ञैर्यक्ष्यमाणं दृष्ट्वा भूतानि बिभ्यति ।
एष माकरुणो हन्याद् अतज्ज्ञो हि असुतृब् ध्रुवम् ॥ १० ॥
नेपाली भावानुवादः जब कोही व्यक्ति पशु आदि द्रव्यले यज्ञ गर्न लाग्छ, तब ती प्राणीहरू डराउँछन् र सोच्छन्— “यो निर्दयी र मुर्ख व्यक्तिले आफ्नो तृप्तिका लागि मलाई अवश्य मार्नेछ।। १० ।।
 
तस्माद् दैवोपपन्नेन मुन्यन्नेनापि धर्मवित् ।
सन्तुष्टोऽहरहः कुर्यात् नित्यनैमित्तिकीः क्रियाः ॥ ११ ॥
नेपाली भावानुवादः त्यसैले धर्मज्ञ मानिसले प्रारब्धद्वारा प्राप्त भएको र मुनिहरूका लागि योग्य हविष्यान्नले नै आफ्नो नित्य र नैमित्तिक कर्म सम्पन्न गरी सधैँ सन्तुष्ट रहनु पर्दछ ।। ११ ।।
 
विधर्मः परधर्मश्च आभास उपमा छलः ।
अधर्मशाखाः पञ्चेमा धर्मज्ञोऽधर्मवत् त्यजेत् ॥ १२ ॥
नेपाली भावानुवादः विधर्म, परधर्म, धर्माभास, उपधर्म (उपमा) र छलयी अधर्मका पाँच शाखाहरू हुन् । धर्मज्ञ पुरुषले यिनलाई अधर्म सरह ठानेर त्यागिदिनु पर्दछ ।। १२ ।।
 
धर्मबाधो विधर्मः स्यात् परधर्मोऽन्यचोदितः ।
उपधर्मस्तु पाखण्डो दम्भो वा शब्दभिच्छलः ॥ १३ ॥
नेपाली भावानुवादः आफ्नो धर्म पालना गर्दा बाधा पर्ने कार्य 'विधर्म' हो, अरूका लागि बताइएको धर्म 'परधर्म' हो, पाखण्ड वा दम्भ 'उपधर्म' हो र शास्त्रका शब्दलाई बङ्ग्याएर अर्थ लगाउनु 'छल' हो ।। १३ ।।
 
यस्त्विच्छया कृतः पुम्भिः आभासो ह्याश्रमात् पृथक् ।
स्वभावविहितो धर्मः कस्य नेष्टः प्रशान्तये ॥ १४ ॥
नेपाली भावानुवादः आफ्नो आश्रमको मर्यादा विपरीत स्वेच्छाले गरिने धर्म 'आभास' हो । आफ्नो स्वभावअनुसार शास्त्रले विधान गरेको धर्मले कसलाई शान्ति दिँदैन र? (अर्थात् सबैलाई दिन्छ) ।। १४ ।।
 
धर्मार्थमपि नेहेत यात्रार्थं वाधनो धनम् ।
अनीहानीहमानस्य महाहेरिव वृत्तिदा ॥ १५ ॥
नेपाली भावानुवादः धर्मात्मा पुरुषले धर्म वा शरीर निर्वाहका लागि धेरै धन कमाउने प्रयत्न नगरोस् । जसरी अजिङ्गरले चेष्टा नगरी पनि जीविका प्राप्त गर्दछ, त्यसरी नै निष्काम पुरुषको जीविका पनि ईश्वरको विधानले चल्दछ ।। १५ ।।
 
सन्तुष्टस्य निरीहस्य स्वात्मारामस्य यत् सुखम् ।
कुतस्तत् कामलोभेन धावतोऽर्थेहया दिशः ॥ १६ ॥
नेपाली भावानुवादः सन्तुष्ट, इच्छारहित र आत्मज्ञानीलाई जति सुख मिल्छ, धनका लागि भौँतारिने लोभी मानिसलाई त्यो सुख कहाँ मिल्न सक्छ र? ।। १६ ।।
 
सदा सन्तुष्टमनसः सर्वाः शिवमया दिशः ।
शर्कराकण्टकादिभ्यो यथोपानत्पदः शिवम् ॥ १७ ॥
नेपाली भावानुवादः जसरी जुत्ता लगाउनेका लागि काँडा र ढुङ्गाले दुःख दिँदैनन्, त्यसरी नै सन्तुष्ट चित्त भएका व्यक्तिका लागि सबै दिशाहरू सुखमय हुन्छन् ।। १७ ।।
 
सन्तुष्टः केन वा राजन् न वर्तेतापि वारिणा ।
औपस्थ्यजैह्व्यकार्पण्याद् गृहपालायते जनः ॥ १८ ॥
नेपाली भावानुवादः हे राजन् ! सन्तोषी व्यक्तिले पानी मात्र पिएर पनि जीवन निर्वाह गर्न सक्छ । तर जिब्रो र जननेन्द्रियको वशमा परेको मानिस घरको रक्षा गर्ने कुकुर जस्तै पराधीन बन्न पुग्छ ।। १८ ।।
 
असन्तुष्टस्य विप्रस्य तेजो विद्या तपो यशः ।
स्रवन्ति इन्द्रियलौल्येन ज्ञानं चैवावकीर्यते ॥ १९ ॥
नेपाली भावानुवादः जुन ब्राह्मण असन्तोषी हुन्छ, इन्द्रियको लोलुपताका कारण उसको तेज, विद्या, तप र यश क्षीण हुन्छन् र उसको विवेक पनि नष्ट हुन्छ ।। १९ ।।
 
कामस्यान्तं हि क्षुत्तृड्भ्यां क्रोधस्यैतत्फलोदयात् ।
जनो याति न लोभस्य जित्वा भुक्त्वा दिशो भुवः ॥ २० ॥
नेपाली भावानुवादः भोजन र पानीले भोक-प्यास मेटिए झैँ काम-वासना र क्रोध केही समयका लागि शान्त हुन सक्छन्, तर संसार नै जितेर भोग गरे पनि लोभको अन्त्य कहिल्यै हुँदैन ।। २० ।।
 
पण्डिता बहवो राजन् बहुज्ञाः संशयच्छिदः ।
सदसस्पतयोऽप्येके असन्तोषात् पतन्त्यधः ॥ २१ ॥
नेपाली भावानुवादः हे राजन् ! अनेक विषयका ज्ञाता र शङ्का निवारण गर्न सक्ने ठुला विद्वान् एवं सभापतिहरू पनि असन्तोषका कारण पतन भएका छन् ।। २१ ।।
 
असङ्‌कल्पात् जयेत् कामं क्रोधं कामविवर्जनात् ।
अर्थानर्थेक्षया लोभं भयं तत्त्वावमर्शनात् ॥ २२ ॥
नेपाली भावानुवादः सङ्कल्पलाई त्यागेर कामलाई र काम (इच्छा) को त्यागले क्रोधलाई जित्नु पर्दछ । धनको अनर्थ सम्झेर लोभलाई र तत्त्व विचारद्वारा भयलाई जित्नु पर्दछ ।। २२ ।।
 
आन्वीक्षिक्या शोकमोहौ दम्भं महदुपासया ।
योगान्तरायान् मौनेन हिंसां कायाद्यनीहया ॥ २३ ॥
नेपाली भावानुवादः अध्यात्म विद्याले शोक र मोहलाई, महापुरुषहरूको सेवाले दम्भलाई, मौन रहेर योगका बाधाहरूलाई र शरीरको ममता त्यागेर हिंसालाई जित्नु पर्दछ ।। २३ ।।
 
कृपया भूतजं दुःखं दैवं जह्यात् समाधिना ।
आत्मजं योगवीर्येण निद्रां सत्त्वनिषेवया ॥ २४ ॥
नेपाली भावानुवादः दयाद्वारा आधिभौतिक दुःखलाई, समाधिद्वारा आधिदैविक कष्टलाई, योगबलले आध्यात्मिक दुःखलाई र सात्त्विक भोजन तथा अभ्यासले निद्रालाई जित्नु पर्दछ ।। २४ ।।
 
रजस्तमश्च सत्त्वेन सत्त्वं चोपशमेन च ।
एतत्सर्वं गुरौ भक्त्या पुरुषो ह्यञ्जसा जयेत् ॥ २५ ॥
नेपाली भावानुवादः सत्त्वगुणद्वारा रज र तमलाई तथा शान्ति (उपरति) द्वारा सत्त्वगुणलाई पनि जित्नु पर्दछ । यी सबै दोषहरूमाथि गुरुभक्तिले सजिलै विजय प्राप्त गर्न सकिन्छ ।। २५ ।।
 
यस्य साक्षाद्‍भगवति ज्ञानदीपप्रदे गुरौ ।
मर्त्यासद्धीः श्रुतं तस्य सर्वं कुञ्जरशौचवत् ॥ २६ ॥
नेपाली भावानुवादः ज्ञानको ज्योति दिने गुरु साक्षात् भगवान् हुन् । जसले गुरुलाई सामान्य मानिस सम्झन्छ, उसको सारा शास्त्रीय ज्ञान हात्तीको स्नान (हात्तीले नुहाएर फेरि धूलो छ्यापे जस्तै) व्यर्थ हुन्छ ।। २६ ।।
 
एष वै भगवान् साक्षात् प्रधानपुरुषेश्वरः ।
योगेश्वरैर्विमृग्याङ्‌घ्रिः लोको यं मन्यते नरम् ॥ २७ ॥
नेपाली भावानुवादः ठुला योगेश्वरहरूले खोज्ने भगवान् नै गुरुका रूपमा हुनुहुन्छ । प्रकृति र पुरुषका ईश्वरलाई सामान्य मानिस ठान्नु ठुलो भ्रम हो ।। २७ ।।
 
षड्वर्गसंयमैकान्ताः सर्वा नियमचोदनाः ।
तदन्ता यदि नो योगान् आवहेयुः श्रमावहाः ॥ २८ ॥
नेपाली भावानुवादः शास्त्रका सबै नियमहरूको मुख्य उद्देश्य इन्द्रिय र मनमाथि विजय प्राप्त गर्नु हो । यदि ती नियमले योग वा भगवत् प्राप्ति गराउन सकेनन् भने त्यो केवल शारीरिक श्रम मात्र हुनेछ ।। २८ ।।
 
यथा वार्तादयो ह्यर्था योगस्यार्थं न बिभ्रति ।
अनर्थाय भवेयुः स्म पूर्तमिष्टं तथासतः ॥ २९ ॥
नेपाली भावानुवादः जसरी कृषि र व्यापारले योगको फल दिँदैनन्, त्यसरी नै विषयासक्त व्यक्तिका लागि गरिएका यज्ञ र परोपकारका कामहरू पनि अन्ततः बन्धनकारी नै हुन्छन् ।। २९ ।।
 
यश्चित्तविजये यत्तः स्यात् निसंगोऽपरिग्रहः ।
एको विविक्तशरणो भिक्षुर्भैक्ष्यमिताशनः ॥ ३० ॥
नेपाली भावानुवादः चित्त जित्न चाहने पुरुषले आसक्ति त्यागेर, एक्लै एकान्तमा बसी, ठिक्क मात्रामा भिक्षा खाएर सन्न्यास धर्म पालना गर्नु पर्दछ ।। ३० ।।
 
देशे शुचौ समे राजन् संस्थाप्यासनमात्मनः ।
स्थिरं सुखं समं तस्मिन् आसीतर्ज्वङ्‌ग ओमिति ॥ ३१ ॥
नेपाली भावानुवादः हे युधिष्ठिर ! पवित्र र समतल स्थानमा स्थिर आसन जमाई शरीरलाई सिधा राखेर '' कारको जप गर्दै ध्यान गर्नु पर्दछ ।। ३१ ।।
 
प्राणापानौ सन्निरुन्ध्यात् पूरकुम्भकरेचकैः ।
यावन् मनस्त्यजेत् कामान् स्वनासाग्रनिरीक्षणः ॥ ३२ ॥
नेपाली भावानुवादः जबसम्म मनले कामनाहरू छोड्दैन, तबसम्म नासिकाको अग्रभागमा दृष्टि जमाई प्राणायाम (पूरक, कुम्भक, रेचक) द्वारा प्राणको गति रोक्नु पर्दछ ।। ३२ ।।
 
यतो यतो निःसरति मनः कामहतं भ्रमत् ।
ततस्तत उपाहृत्य हृदि रुन्ध्याच्छनैर्बुधः ॥ ३३ ॥
नेपाली भावानुवादः कामनाका कारण जहाँ-जहाँ मन भौँतारिन्छ, त्यहाँबाट फर्काएर धैर्यपूर्वक त्यसलाई हृदयमा एकाग्र गर्नु पर्दछ ।। ३३ ।।
 
एवं अभ्यस्यतश्चित्तं कालेनाल्पीयसा यतेः ।
अनिशं तस्य निर्वाणं याति अनिन्धन वह्निवत् ॥ ३४ ॥
नेपाली भावानुवादः यस्तो निरन्तर अभ्यासले साधकको चित्त दाउरा सकिएको आगो झैँ बिस्तारै शान्त भएर परब्रह्ममा विलीन हुन्छ ।। ३४ ।।
 
कामादिभिः अनाविद्धं प्रशान्ताखिलवृत्ति यत् ।
चित्तं ब्रह्मसुखस्पृष्टं नैवोत्तिष्ठेत कर्हिचित् ॥ ३५ ॥
नेपाली भावानुवादः जब चित्त वासनामुक्त र पूर्ण शान्त भएर ब्रह्मानन्दमा मग्न हुन्छ, तब त्यो फेरि कहिल्यै सांसारिक विषयतर्फ फर्कँदैन ।। ३५ ।।
 
यः प्रव्रज्य गृहात्पूर्वं त्रिवर्गावपनात् पुनः ।
यदि सेवेत तान्भिक्षुः स वै वान्ताश्यपत्रपः ॥ ३६ ॥
नेपाली भावानुवादः जसले पहिले गृहस्थाश्रम त्यागेर सन्न्यास लियो र फेरि तिनै सांसारिक विषयमा फस्यो भने ऊ वान्ता (उकेलेको) खाने कुकुर जस्तै निर्लज्ज हो ।। ३६ ।।
 
यैः स्वदेहः स्मृतोऽनात्मा मर्त्यो विट्कृमिभस्मवत् ।
ते एनं आत्मसात् कृत्वा श्लाघयन्ति ह्यसत्तमाः ॥ ३७ ॥
नेपाली भावानुवादः जसले पहिले आफ्नो शरीरलाई मरणशील र विष्ठा-कीराको घर ठानेको थियो, फेरि त्यसैलाई आत्मा मानेर प्रशंसा गर्नु मूर्खता हो ।। ३७ ।।
 
गृहस्थस्य क्रियात्यागो व्रतत्यागो वटोरपि ।
तपस्विनो ग्रामसेवा भिक्षोरिन्द्रियलोलता ॥ ३८ ॥
आश्रमापसदा ह्येते खल्वाश्रमविडम्बकाः ।
देवमायाविमूढान् तान् उपेक्षेतानुकम्पया ॥ ३९ ॥
नेपाली भावानुवादः कर्मत्यागी गृहस्थ, व्रतत्यागी ब्रह्मचारी, गाउँमा बस्ने तपस्वी र इन्द्रियलोलुप सन्न्यासीयी चारै आफ्ना आश्रमका कलङ्क हुन् । यस्ता भ्रमित व्यक्तिहरूलाई दयापूर्वक उपेक्षा गर्नु पर्दछ ।। ३८-३९ ।।
 
आत्मानं चेद् विजानीयात् परं ज्ञानधुताशयः ।
किमिच्छन्कस्य वा हेतोः देहं पुष्णाति लम्पटः ॥ ४० ॥
नेपाली भावानुवादः जसले आत्मालाई परब्रह्म स्वरूप चिनेको छ र जसका वासनाहरू नष्ट भइसकेका छन्, उसले किन र कसका लागि देहको पोषणमा आशक्ति राख्ला र? ।। ४० ।।
 
आहुः शरीरं रथमिन्द्रियाणि
हयानभीषून् मन इन्द्रियेशम् ।
वर्त्मानि मात्रा धिषणां च सूतं
सत्त्वं बृहद्‍बन्धुरमीशसृष्टम् ॥ ४१ ॥
अक्षं दशप्राणमधर्मधर्मौ
चक्रेऽभिमानं रथिनं च जीवम् ।
धनुर्हि तस्य प्रणवं पठन्ति
शरं तु जीवं परमेव लक्ष्यम् ॥ ४२ ॥
नेपाली भावानुवादः ज्ञानीहरू शरीरलाई रथ, इन्द्रियलाई घोडा, मनलाई लगाम, विषयलाई मार्ग, बुद्धिलाई सारथि र चित्तलाई डोरी मान्दछन् । १० प्राण रथको धुरी हुन्, धर्म र अधर्म दुई पाङ्ग्रा हुन् र जीव रथी हो । '' कार धनुष हो, जीवात्मा वाण हो र परब्रह्म लक्ष्य हो ।। ४१-४२ ।।
 
रागो द्वेषश्च लोभश्च शोकमोहौ भयं मदः ।
मानोऽवमानोऽसूया च माया हिंसा च मत्सरः ॥ ४३ ॥
रजः प्रमादः क्षुन्निद्रा शत्रवस्त्वेवमादयः ।
रजस्तमःप्रकृतयः सत्त्वप्रकृतयः क्वचित् ॥ ४४ ॥
नेपाली भावानुवादः राग, द्वेष, लोभ, मोह, भय, मद, मान-अपमान, डाह, कपट, हिंसा, ईर्ष्या, तृष्णा, प्रमाद, भोक र निद्रायी सबै जीवका शत्रु हुन् । यी रज र तम गुणबाट उत्पन्न हुन्छन् ।। ४३-४४ ।।
 
यावन्नृकायरथमात्मवशोपकल्पं
धत्ते गरिष्ठचरणार्चनया निशातम् ।
ज्ञानासिमच्युतबलो दधदस्तशत्रुः
स्वानन्दतुष्ट उपशान्त इदं विजह्यात् ॥ ४५ ॥
नेपाली भावानुवादः जबसम्म यो शरीररूपी रथ आफ्नो वशमा छ, तबसम्म गुरुसेवाबाट तिखारिएको ज्ञानरूपी तरवारले यी शत्रुहरूलाई नाश गरी, आत्मानन्दमा सन्तुष्ट भई अन्तमा यो शरीर त्याग गर्नु पर्दछ ।। ४५ ।।
 
नोचेत् प्रमत्तमसदिन्द्रियवाजिसूता
    नीत्वोत्पथं विषयदस्युषु निक्षिपन्ति ।
ते दस्यवः सहयसूतममुं तमोऽन्धे
    संसारकूप उरुमृत्युभये क्षिपन्ति ॥ ४६ ॥
नेपाली भावानुवादः यदि अलिकति मात्र पनि असावधानी भयो भने इन्द्रियरूपी घोडाहरूले जीवलाई कुमार्गमा लगेर विषयरूपी डाँकाहरूको हातमा सुम्पिदिन्छन्, जसले जीवलाई जन्म-मृत्युको घोर अन्धकारमय इनारमा खसाइदिन्छन् ।। ४६ ।।
 
प्रवृत्तं च निवृत्तं च द्विविधं कर्म वैदिकम् ।
आवर्तते प्रवृत्तेन निवृत्तेनाश्नुतेऽमृतम् ॥ ४७ ॥
नेपाली भावानुवादः वैदिक कर्म दुई प्रकारका छन्: प्रवृत्त र निवृत्त । प्रवृत्त कर्मले संसारमा फर्काइरहन्छ (जन्म-मृत्यु) भने निवृत्त कर्मले मोक्ष (अमृत) प्राप्त गराउँछ ।। ४७ ।।
 
हिंस्रं द्रव्यमयं काम्यं अग्निहोत्राद्यशान्तिदम् ।
दर्शश्च पूर्णमासश्च चातुर्मास्यं पशुः सुतः ॥ ४८ ॥
एतदिष्टं प्रवृत्ताख्यं हुतं प्रहुतमेव च ।
पूर्तं सुरालयाराम कूपाजीव्यादिलक्षणम् ॥ ४९ ॥
नेपाली भावानुवादः हिंसायुक्त द्रव्यमय यज्ञ, अग्निहोत्र, दर्श, पूर्णमास आदि 'इष्ट' हुन् र देवालय, बगैँचा, इनार आदि बनाउनु 'पूर्त' कर्म हुन् । यी सबै सकाम भावले गरिने प्रवृत्त कर्म हुन्, जसले अशान्ति निम्त्याउँछन् ।। ४८-४९ ।।
 
द्रव्यसूक्ष्मविपाकश्च धूमो रात्रिरपक्षयः ।
अयनं दक्षिणं सोमो दर्श ओषधिवीरुधः ॥ ५० ॥
अन्नं रेत इति क्ष्मेश पितृयानं पुनर्भवः ।
एकैकश्येनानुपूर्वं भूत्वा भूत्वेह जायते ॥ ५१ ॥
नेपाली भावानुवादः प्रवृत्त कर्म गर्नेहरू मृत्युपछि धूम्र मार्गबाट क्रमशः रात्रि, कृष्णपक्ष, दक्षिणायन हुँदै चन्द्रलोक पुग्छन् र भोग सकिएपछि वृष्टि, औषधि, अन्न र वीर्य हुँदै पुनः संसारमा जन्म लिन्छन् । यसलाई पितृयान मार्ग भनिन्छ ।। ५०-५१ ।।
 
निषेकादिश्मशानान्तैः संस्कारैः संस्कृतो द्विजः ।
इन्द्रियेषु क्रियायज्ञान् ज्ञानदीपेषु जुह्वति ॥ ५२ ॥
नेपाली भावानुवादः गर्भाधानदेखि अन्त्येष्टिसम्मका संस्कार पूरा गरेको द्विजले आफ्ना इन्द्रिय र कर्महरूलाई ज्ञानरूपी अग्निमा हवन (निवृत्त मार्ग) गर्नु पर्दछ ।। ५२ ।।
 
इन्द्रियाणि मनस्यूर्मौ वाचि वैकारिकं मनः ।
वाचं वर्णसमाम्नाये तमोंकारे स्वरे न्यसेत् ।
ओंकारं बिन्दौ नादे तं तं तु प्राणे महत्यमुम् ॥ ५३ ॥
नेपाली भावानुवादः साधकले इन्द्रियलाई मनमा, मनलाई वाणीमा, वाणीलाई ओङ्कारमा र ओङ्कारलाई प्राण हुँदै परमात्मामा लय गराउनु पर्दछ ।। ५३ ।।
 
अग्निः सूर्यो दिवा प्राह्णः शुक्लो राकोत्तरं स्वराट् ।
विश्वोऽथ तैजसः प्राज्ञः तुर्य आत्मा समन्वयात् ॥ ५४ ॥
नेपाली भावानुवादः यो निवृत्त मार्ग (देवयान) बाट जाने ज्ञानीहरू सूर्य, दिन, शुक्लपक्ष हुँदै ब्रह्मलोक पुग्छन् र अन्तमा शुद्ध तुरीय स्वरूप आत्मामा स्थित हुन्छन् ।। ५४ ।।
 
देवयानं इदं प्राहुः भूत्वा भूत्वानुपूर्वशः ।
आत्मयाज्युपशान्तात्मा ह्यात्मस्थो न निवर्तते ॥ ५५ ॥
नेपाली भावानुवादः यसलाई देवयान मार्ग भनिन्छ । यस मार्गबाट जाने आत्मज्ञानी फेरि जन्म-मृत्युको चक्रमा फर्कनु पर्दैन ।। ५५ ।।
 
ये एते पितृदेवानां अयने वेदनिर्मिते ।
शास्त्रेण चक्षुषा वेद जनस्थोऽपि न मुह्यति ॥ ५६ ॥
नेपाली भावानुवादः जसले शास्त्रको दृष्टिले यी पितृयान र देवयान मार्गलाई बुझ्दछ, ऊ संसारमा रहेर पनि कहिल्यै मोहित हुँदैन ।। ५६ ।।
 
आदौ अन्ते जनानां सद् बहिरन्तः परावरम् ।
ज्ञानं ज्ञेयं वचो वाच्यं तमो ज्योतिस्त्वयं स्वयम् ॥ ५७ ॥
नेपाली भावानुवादः सृष्टिको आदि र अन्तमा जे रहन्छ, जे भित्र र बाहिर छ, त्यो परमात्मा नै हो । ज्ञान-ज्ञेय, अन्धकार-प्रकाश सबै उसैका स्वरूप हुन् ।। ५७ ।।
 
आबाधितोऽपि ह्याभासो यथा वस्तुतया स्मृतः ।
दुर्घटत्वाद् ऐन्द्रियकं तद्वदर्थविकल्पितम् ॥ ५८ ॥
नेपाली भावानुवादः जसरी ऐनामा देखिने प्रतिबिम्ब झुठो भए पनि सत्य जस्तो देखिन्छ, त्यसरी नै यो संसार पनि वास्तविक नभए तापनि इन्द्रियका कारण सत्य जस्तो प्रतीत हुन्छ ।। ५८ ।।
 
क्षित्यादीनामिहार्थानां छाया न कतमापि हि ।
न सङ्‌घातो विकारोऽपि न पृथङ्‌ नान्वितो मृषा ॥ ५९ ॥
नेपाली भावानुवादः यो शरीर पृथ्वी आदि पञ्चभूतको सङ्घात वा विकार मात्र होइन, बरु आत्मतत्त्व भन्दा भिन्न यसको कुनै स्वतन्त्र अस्तित्व छैन, त्यसैले यो मिथ्या हो ।। ५९ ।।
 
धातवोऽवयवित्वाच्च तन्मात्रावयवैर्विना ।
न स्युर्ह्यसत्यवय विन्यसन् अवयवोऽन्ततः ॥ ६० ॥
नेपाली भावानुवादः जसरी अवयवबिना अवयवी (पूर्ण वस्तु) को अस्तित्व हुँदैन, त्यसरी नै सूक्ष्म तन्मात्राहरूको अभावमा स्थूल शरीरको पनि कुनै सत्यता रहँदैन ।। ६० ।।
 
स्यात् सादृश्यभ्रमस्तावद् विकल्पे सति वस्तुनः ।
जाग्रत्स्वापौ यथा स्वप्ने तथा विधिनिषेधता ॥ ६१ ॥
नेपाली भावानुवादः जबसम्म अज्ञानका कारण भेद रहन्छ, तबसम्म सपनामा जस्तै सत्यको भ्रम भइरहन्छ र विधिनिषेधका शास्त्रहरू पनि त्यतिन्जेल मात्र रहन्छन् ।। ६१ ।।
 
भावाद्वैतं क्रियाद्वैतं द्रव्याद्वैतं तथात्मनः ।
वर्तयन् स्वानुभूत्येह त्रीन् स्वप्नान् धुनुते मुनिः ॥ ६२ ॥
नेपाली भावानुवादः मुनिले भावाद्वैत, क्रियाद्वैत र द्रव्याद्वैतको अभ्यास गरी जाग्रत, स्वप्न र सुषुप्तियी तीनै अवस्थाका भ्रमलाई हटाउनु पर्दछ ।। ६२ ।।
 
कार्यकारणवस्त्वैक्य दर्शनं पटतन्तुवत् ।
अवस्तुत्वाद् अकल्पस्य भावाद्वैतं तदुच्यते ॥ ६३ ॥
नेपाली भावानुवादः धागो र लुगा जस्तै कार्य र कारणको एकता देख्नु 'भावाद्वैत' हो ।। ६३ ।।
 
यद्‍ब्रह्मणि परे साक्षात्सर्वकर्मसमर्पणम् ।
मनोवाक्तनुभिः पार्थ क्रियाद्वैतं तदुच्यते ॥ ६४ ॥
नेपाली भावानुवादः हे पार्थ ! मन, वचन र शरीरका सबै कर्म ब्रह्ममा अर्पण गर्नु 'क्रियाद्वैत' हो ।। ६४ ।।
 
आत्मजायासुतादीनां अन्येषां सर्वदेहिनाम् ।
यत्स्वार्थकामयोरैक्यं द्रव्याद्वैतं तदुच्यते ॥ ६५ ॥
नेपाली भावानुवादः आफ्नो र अरू सबै प्राणीको स्वार्थ र कामनामा अभेद देख्नु 'द्रव्याद्वैत' हो ।। ६५ ।।
 
यद् यस्य वानिषिद्धं स्याद् येन यत्र यतो नृप ।
स तेनेहेत कर्माणि नरो नान्यैरनापदि ॥ ६६ ॥
नेपाली भावानुवादः आफ्नो अधिकारमा रहेको र शास्त्रले ननिषेधेको वस्तुद्वारा नै मानिसले आफ्नो कर्म गर्नु पर्दछ ।। ६६ ।।
 
एतैरन्यैश्च वेदोक्तैः वर्तमानः स्वकर्मभिः ।
गृहेऽप्यस्य गतिं यायाद् राजन् तद्‍भक्तिभाङ्‌नरः ॥ ६७ ॥
नेपाली भावानुवादः यस्ता वैदिक कर्महरू पालना गर्ने र भगवद्भक्त व्यक्ति गृहस्थ भएर पनि परम गति प्राप्त गर्न सफल हुन्छ ।। ६७ ।।
 
यथा हि यूयं नृपदेव दुस्त्यजाद्
    आपद्‍गणादुत्तरतात्मनः प्रभोः ।
यत्पादपङ्‌केरुहसेवया भवान्
    अहारषीन् निर्जितदिग्गजः क्रतून् ॥ ६८ ॥
नेपाली भावानुवादः हे राजन् ! जसरी तपाईँहरूले भगवान् श्रीकृष्णको सेवा गरेर ठुला विपत्तिहरू पार गर्नुभयो र दिग्विजय गरी ठुला यज्ञहरू सम्पन्न गर्नुभयो, त्यसै गरी अन्यले पनि गर्न सक्छन् ।। ६८ ।।
 
अहं पुराभवं कश्चिद् गंन्धर्व उपबर्हणः ।
नाम्नातीते महाकल्पे गन्धर्वाणां सुसम्मतः ॥ ६९ ॥
नेपाली भावानुवादः म पूर्वकल्पमा 'उपबर्हण' नामको गन्धर्व थिएँ, जो गन्धर्वहरूका बीच निकै सम्मानित थियो ।। ६९ ।।

रूपपेशलमाधुर्य सौगन्ध्यप्रियदर्शनः । 
स्त्रीणां प्रियतमो नित्यं मत्तस्तु पुरुलम्पटः ॥ ७० ॥
नेपाली भावानुवादः म धेरै सुन्दर र सुगन्धित भएकाले स्त्रीहरूको प्रिय थिएँ, जसका कारण म विलासी र कामुक बनेको थिएँ ।। ७० ।।
 
एकदा देवसत्रे तु गन्धर्वाप्सरसां गणाः ।
उपहूता विश्वसृग्भिः हरिगाथोपगायने ॥ ७१ ॥
नेपाली भावानुवादः एक पटक प्रजापतिहरूको यज्ञमा हरिगुणगान गर्न गन्धर्व र अप्सराहरूलाई बोलाइएको थियो ।। ७१ ।।
 
अहं च गायन् तद्विद्वान् स्त्रीभिः परिवृतो गतः ।
ज्ञात्वा विश्वसृजस्तन्मे हेलनं शेपुरोजसा ।
याहि त्वं शूद्रतामाशु नष्टश्रीः कृतहेलनः ॥ ७२ ॥
नेपाली भावानुवादः त्यहाँ म स्त्रीहरूका साथ विलासी ढङ्गले गीत गाउँदै पुगेँ । मेरो त्यो धृष्टता देखेर ब्रह्माजीले मलाई "श्रीहीन भएर शूद्र योनिमा जन्म लिनु परोस्" भनी श्राप दिनुभयो ।। ७२ ।।
 
तावद् दास्यामहं जज्ञे तत्रापि ब्रह्मवादिनाम् ।
शुश्रूषयानुषङ्‌गेण प्राप्तोऽहं ब्रह्मपुत्रताम् ॥ ७३ ॥
नेपाली भावानुवादः त्यस श्रापले म दासीपुत्र भएँ, तर सन्तहरूको सेवा र सत्सङ्गको प्रभावले यस जन्ममा म ब्रह्माको मानस पुत्र (नारद) हुन सफल भएँ ।। ७३ ।।
 
धर्मस्ते गृहमेधीयो वर्णितः पापनाशनः ।
गृहस्थो येन पदवीं अञ्जसा न्यासिनामियात् ॥ ७४ ॥
नेपाली भावानुवादः मैले तपाईँलाई यो पापनाशक गृहस्थ धर्म बताएको छु, जसको पालनले गृहस्थले पनि सन्न्यासी सरहकै परम पद प्राप्त गर्न सक्छ ।। ७४ ।।
 
यूयं नृलोके बत भूरिभागा
लोकं पुनाना मुनयोऽभियन्ति ।
येषां गृहानावसतीति साक्षाद्
गूढं परं ब्रह्म मनुष्यलिङ्‌गम् ॥ ७५ ॥
नेपाली भावानुवादः तपाईँ पाण्डवहरू अत्यन्त भाग्यमानी हुनुहुन्छ, किनकि तपाईँहरूको घरमा साक्षात् परब्रह्म श्रीकृष्ण मनुष्य रूपमा लुकेर बस्नुभएको छ, जसलाई भेट्न ठुला मुनिहरू पनि आउँछन् ।। ७५ ।।
 
स वा अयं ब्रह्म महद्विमृग्य
    कैवल्यनिर्वाणसुखानुभूतिः ।
प्रियः सुहृद् वः खलु मातुलेय
    आत्मार्हणीयो विधिकृद् गुरुश्च ॥ ७६ ॥
नेपाली भावानुवादः जसलाई महापुरुषहरूले खोज्छन्, ती मुक्तात्माका आनन्द परब्रह्म श्रीकृष्ण नै तपाईँका मामाका छोरा, हितैषी, पूज्य र गुरु हुनुहुन्छ ।। ७६ ।।
 
न यस्य साक्षाद् भवपद्मजादिभी रूपं
    धिया वस्तुतयोपवर्णितम् ।
मौनेन भक्त्योपशमेन पूजितः
    प्रसीदतामेष स सात्वतां पतिः ॥ ७७ ॥
नेपाली भावानुवादः जसको स्वरूप शिव र ब्रह्माले पनि पूर्णतः वर्णन गर्न सक्दैनन्, ती भक्तवत्सल श्रीकृष्ण हामीमाथि प्रसन्न हुनुहोस् ।। ७७ ।।
 
इति देवर्षिणा प्रोक्तं निशम्य भरतर्षभः ।
पूजयामास सुप्रीतः कृष्णं च प्रेमविह्वलः ॥ ७८ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छदेवर्षि नारदको यस्तो वचन सुनेर राजा युधिष्ठिर प्रेमविह्वल भए र उनले नारद तथा श्रीकृष्णको पूजा गरे ।। ७८ ।।
 
कृष्णपार्थौ उपामन्त्र्य पूजितः प्रययौ मुनिः । श्रु
त्वा कृष्णं परं ब्रह्म पार्थः परमविस्मितः ॥ ७९ ॥
नेपाली भावानुवादः त्यसपछि नारद मुनि बिदा भए । श्रीकृष्ण नै परब्रह्म हुनुहुँदो रहेछ भन्ने थाहा पाएर युधिष्ठिर अचम्मित भए ।। ७९ ।।
 
इति दाक्षायिणीनां ते पृथग्वंशा प्रकीर्तिताः ।
देवासुरमनुष्याद्या लोका यत्र चराचराः ॥ ८० ॥
नेपाली भावानुवादः हे परीक्षित ! यसरी मैले तपाईँलाई दक्षपुत्रीहरूका वंशको वर्णन सुनाएँ, जहाँबाट यो चराचर जगत् उत्पन्न भयो ।। ८० ।।
 
इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां सप्तमस्कन्धे प्रह्रादानुचरिते युधिष्ठिरनारदसंवादे सदाचारनिर्णयो नाम पञ्चदशोऽध्यायः ॥ १५ ॥
🌸 •••••••••• 🌸

यस अध्यायको सारांश :

श्रीमद्भागवत महापुराणको सातौँ स्कन्धको पञ्चदशौँ अध्यायमा देवर्षि नारदले राजा युधिष्ठिरलाई सदाचारगृहस्थ धर्म र मोक्ष मार्गका बारेमा विस्तृत उपदेश दिनुभएको छ । यस अध्यायको सुरुमा ब्राह्मणहरूको विभिन्न निष्ठा र गृहस्थले दान गर्दा ध्यान दिनुपर्ने पात्रहरूको चर्चा गरिएको छ । नारदले श्राद्ध कर्ममा धेरै तामझाम र पशु हिंसा गर्न नहुने कुरामा जोड दिनुभएको छ । साँचो धर्म भनेकै सबै प्राणीप्रति दया राख्नु र कसैलाई पनि मनवचन र शरीरले दुःख नदिनु हो । अध्यायमा 'अधर्मका पाँच शाखा' (विधर्मपरधर्मआभासउपधर्म र छल) को व्याख्या गर्दै तिनबाट टाढा रहन सल्लाह दिइएको छ । सन्तोष नै मानिसको सबैभन्दा ठुलो धन हो र असन्तोषी व्यक्ति जतिसुकै विद्वान् भए पनि पतन हुन्छ भन्ने सन्देश यहाँ छ । इन्द्रियहरूलाई जितेर मात्रै वास्तविक शान्ति सम्भव छ । नारदले शरीरलाई 'रथर इन्द्रियलाई 'घोडाको रूपक प्रयोग गरी जीवन सञ्चालनको कला सिकाउनुभएको छ । यो शरीररूपी रथमा जीव रथी हो भने बुद्धि सारथि हो । यदि सारथि असावधान भयो भने इन्द्रियरूपी घोडाहरूले जीवलाई संसारको इनारमा खसाइदिन्छन् । अध्यायमा 'पितृयानर 'देवयानगरी दुई मार्गको चर्चा गरिएको छ । प्रवृत्त कर्म गर्नेहरू पितृयान मार्गबाट पुनर्जन्मको चक्रमा पर्छन् भने निवृत्त कर्म गर्नेहरू देवयान मार्गबाट मोक्ष प्राप्त गर्छन् । नारदले आफू पूर्वजन्ममा विलासी गन्धर्व भएको र सन्तको अपमान गर्दा शूद्र हुनुपरेको तर सन्त सेवाकै कारण नारद बन्न सफल भएको कथा सुनाउनुभएको छ । यसले सत्सङ्गको महिमालाई पुष्टि गर्दछ । गृहस्थले पनि भक्तिपूर्वक स्वधर्म पालन गरेमा सन्न्यासीले पाउने पद प्राप्त गर्न सक्छ । पाण्डवहरूको घरमा साक्षात् ब्रह्म श्रीकृष्ण बस्नुभएकोमा नारदले उनीहरूको भाग्यको प्रशंसा गर्नुभएको छ । अन्तमाश्रीकृष्ण नै परब्रह्म हुनुहुन्छ भन्ने सत्य प्रकट भएपछि युधिष्ठिर विस्मित र आनन्दित हुन्छन् । यो अध्यायले व्यावहारिक जीवन र आध्यात्मिक लक्ष्यबीचको सन्तुलन सिकाउँछ ।

यस अध्यायको दार्शनिक पक्ष :

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गम्भीर र अद्वैतपरक छ । यहाँ 'अहिंसा परमो धर्मःको दर्शनलाई व्यापक रूपमा प्रस्तुत गरिएको छ । इन्द्रिय र मनको संयम नै योगको वास्तविक आधार हो भन्ने दर्शन यहाँ पाइन्छ । शरीर र आत्माबीचको भिन्नतालाई 'रथको माध्यमबाट स्पष्ट पारिएको छजसले साङ्ख्य दर्शनको झल्को दिन्छ । 'भावाद्वैत', 'क्रियाद्वैतर 'द्रव्याद्वैतको अवधारणाले सबै वस्तुमा एउटै ब्रह्म देख्ने उच्चतम अद्वैत अवस्थाको वर्णन गर्दछ । बाह्य कर्मकाण्ड भन्दा आन्तरिक शुद्धि र ज्ञानको अग्निमा कर्मलाई हवन गर्नु श्रेष्ठ मानिएको छ । संसारलाई ऐनाको प्रतिबिम्ब जस्तै मिथ्या तर व्यवहारमा सत्य देखिने 'मायाको दर्शन यहाँ बुझाइएको छ । गुरुलाई साक्षात् ईश्वर मान्ने दर्शनले आध्यात्मिक यात्रामा समर्पणको महत्त्व दर्शाउँछ । सबै प्राणीमा ईश्वरको वास देख्नु र भेद त्याग गर्नु नै अन्तिम सत्य हो । यसले व्यक्तिलाई भौतिक आसक्तिबाट मुक्त भई आत्मिक स्वतन्त्रता (मोक्ष) तर्फ डोर्‍याउँछ ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...