श्रीमद्भागवत महापुराण
सप्तमः स्कंधः - पञ्चदशोऽध्यायः
नारद उवाच –
(अनुष्टुप्)
कर्मनिष्ठा द्विजाः केचित् तपोनिष्ठा नृपापरे ।
स्वाध्यायेऽन्ये प्रवचने ये केचित् ज्ञानयोगयोः ॥ १ ॥
नारदले भन्नुभयो–
युधिष्ठिर ! कुनै बा्रम्हणको निष्ठा कर्ममा लागेका हुन्छन भने कोहि तपस्यामा, कोहि वेद अध्ययनमा, कोहि ज्ञान प्राप्तिमा लागेका हुन्छन भने कोहि योगमा ।।१।।
ज्ञाननिष्ठाय देयानि कव्यान्यानन्त्यमिच्छता ।
दैवे च तदभावे स्याद् इतरेभ्यो यथार्हतः ॥ २ ॥
आफ्नो कर्मबाट अक्षय फल पाउनका लागि गृहस्थले यज्ञनिष्ठ ब्राम्हणलाई नै हव्य र कव्य दान गनु पर्दछ । यदि त्यस्तो ब्रह्मनिष्ठ ब्राम्हण पाउन सकिएन अरु कुनै योग्य ब्राम्हणलाई भएपनि दान दिनु पर्दछ ।।२।।
द्वौ दैवे पितृकार्ये त्रीन् एकैकमुभयत्र वा ।
भोजयेत् सुसमृद्धोऽपि श्राद्धे कुर्यान्न विस्तरम् ॥ ३ ॥
देवकार्यमा दुई जना र पितृकार्यमा तीन जना अथावा दुवै कार्यमा एक जना भएपनि ब्राह्मणलाई भोजन गराउनु पर्दछ । धेरै धनि भए पनि श्राद्ध कर्ममा धेरै ब्राम्हणलाई भोजन गराउनु हुदैन ।।३।।
देशकालोचितश्रद्धा द्रव्यपात्रार्हणानि च ।
सम्यग्भवन्ति नैतानि विस्तरात् स्वजनार्पणात् ॥ ४ ॥
किनकि श्राद्ध कर्ममा धेरै नाता गोतालाई बोलाएर फजुल गर्दा देश काल अनुसारको श्रद्धापूर्वक सामान जुटाउन सकिदैन र पात्र पूजनादि पनि राम्रो संग हुन पाउँदैन ।।४।।
देशे काले च सम्प्राप्ते मुन्यन्नं हरिदैवतम् ।
श्रद्धया विधिवत् पात्रे न्यस्तं कामधुगक्षयम् ॥ ५ ॥
देश र कालमा पाउन सकेमा ऋषि मुनिहरुलार्ई भोजन गराउन उचित हुन्छ । भोजन गराउदा तयार गरिएका सुद्ध हविस्यान्न पहिला भगवान्लार्ई भोग लगाएर श्रद्धाले विधि पुर्वक सत्पात्रलार्ई दिनु पर्दछ । त्यसको फल अक्षय हुनुका साथै सबै कामनालार्ई पूर्ण गर्ने हुन्छ ।।५।।
देवर्षिपितृभूतेभ्य आत्मने स्वजनाय च ।
अन्नं संविभजन्पश्येत् सर्वं तत् पुरुषात्मकम् ॥ ६ ॥
देवता, ऋषि, पितृ, सहित अरु प्राणी र आफुलार्ई पनि अन्नको विभाजन गर्ने भगवान् परमेश्वर नै हुन भन्ने बुझ्नु पर्दछ ।।६।।
न दद्याद् आमिषं श्राद्धे न चाद्याद् धर्मतत्त्ववित् ।
मुन्यन्नैः स्यात्परा प्रीतिः यथा न पशुहिंसया ॥ ७ ॥
धर्मको मर्म जान्ने पुरुषले श्राद्धमा मासुको संसर्ग गर्नुं हुदैन र आफुले पनि खान हुदैन । किनकि पितृ र ऋषिमुनिहरु योग्य हविष्यान्नबाट जसरी तृप्त हुन्छन् त्यसरी नै पशु हिंसाबाट हुदैनन ।।७।।
नैतादृशः परो धर्मो नृणां सद्धर्ममिच्छताम् ।
न्यासो दण्डस्य भूतेषु मनोवाक् कायजस्य यः ॥ ८ ॥
जसले सद्धर्मपालनको इच्छा राख्दछ उसले कुनै पनि प्राणीलाई मन, वचन र शरीरले कुनै प्रकारको कष्ट नदेवोस उसका लागि यो भन्दा ठुलो अरु कुनै धर्म छैन ।।८।।
एके कर्ममयान् यज्ञान् ज्ञानिनो यज्ञवित्तमाः ।
आत्मसंयमनेऽनीहा जुह्वति ज्ञानदीपिते ॥ ९ ॥
यसैले कोहि यज्ञतत्व जान्ने ज्ञानी ज्ञानद्वारा प्रज्वलित आत्मसंयमित अग्निमा यस कर्मंमय यज्ञलार्ई हवन गरिदिन्छन र वाहिरी कर्मबाट निवृत्त हुन्छन ।।९।।
द्रव्ययज्ञैर्यक्ष्यमाणं दृष्ट्वा भूतानि बिभ्यति ।
एष माकरुणो हन्याद् अतज्ज्ञो हि असुतृब् ध्रुवम् ॥ १० ॥
जब कोहि यदि पशु आदि द्रव्यले यज्ञ गर्न लाग्यो भने, सबै प्राणीहरु यो आफ्नो प्राणलार्ई पोषण गर्ने निर्दयी मुर्ख अवस्य मलार्ई मार्दछ भनेर डराउदछन ।।१०।।
तस्माद् दैवोपपन्नेन मुन्यन्नेनापि धर्मवित् ।
सन्तुष्टोऽहरहः कुर्यात् नित्यनैमित्तिकीः क्रियाः ॥ ११ ॥
यसैले धर्मज्ञ मानिसले प्रारब्धद्वारा प्राप्त भएको र मुनिहरुका लागि योग्य हविष्यान्नले नै आफ्नो नित्य र नैमित्तिक कर्म गरेर त्यसैबाट सधैं सन्तुष्ट रहोस ।।११।।
विधर्मः परधर्मश्च आभास उपमा छलः ।
अधर्मशाखाः पञ्चेमा धर्मज्ञोऽधर्मवत् त्यजेत् ॥ १२ ॥
विधर्म, परधर्म, आभास, उपधर्म, र छल आदि गरिएका अधर्मका पाँच शाखालाई । धर्मज्ञ पुरुषले अधर्म समान यसलार्ई त्यागिदिन्छन ।।१२ ।।
धर्मबाधो विधर्मः स्यात् परधर्मोऽन्यचोदितः ।
उपधर्मस्तु पाखण्डो दम्भो वा शब्दभिच्छलः ॥ १३ ॥
जुन कार्य धर्मबुद्धिले गर्दा आफ्नो धर्मलार्ई बाधा पर्दछ भने त्यो बिधर्म हो । कुनै अरुद्वारा अरु लार्ई दिएको उपदेश परधर्म हो । पाखण्ड या दम्धको नाम उपधर्म अथवा उपमा हो । शास्त्र वचनलार्ई अर्कै अर्थ लगाउनु छल हो ।।१३।।
यस्त्विच्छया कृतः पुम्भिः आभासो ह्याश्रमात् पृथक् ।
स्वभावविहितो धर्मः कस्य नेष्टः प्रशान्तये ॥ १४ ॥
मानिसले आफ्नो आश्रमको विपरित स्वेच्छाले मानेको धर्म आभास हो । आफ्नो आफ्नो स्वभावअनुसार जुन वर्णामोचित धर्म छ त्यसले कसलार्ई शान्ति दिदैन र ? ।।१४।।
धर्मार्थमपि नेहेत यात्रार्थं वाधनो धनम् ।
अनीहानीहमानस्य महाहेरिव वृत्तिदा ॥ १५ ॥
धर्मात्मा पुरुष निर्धन भएर पनि धर्मका लागि अथवा शरीर निर्वाहको लागि धन कमाउने उपाय नगरोस । किनकि जसरी कुनै चेष्टा नगरीकन पनि अजिंगरको जीविका चल्दछ । त्यसरी नै निवृत्तपरायण पुरुष पनि निवृत्ति भएर उसको जीविका निर्वाह गर्दछ ।।१५।।
सन्तुष्टस्य निरीहस्य स्वात्मारामस्य यत् सुखम् ।
कुतस्तत् कामलोभेन धावतोऽर्थेहया दिशः ॥ १६ ॥
आफ्नो आत्मामा रमाउने सन्तोषि मानिस लाई जति सुख मिल्दछ तर त्यो सुख धनका लागि यता उता दौडनेका लागि कसरी मिल्न सक्छ ? ।।१६।।
सदा सन्तुष्टमनसः सर्वाः शिवमया दिशः ।
शर्कराकण्टकादिभ्यो यथोपानत्पदः शिवम् ॥ १७ ॥
जसरी खुृट्टामा जुत्ता लगाएर हिंड्नेका लागि काँडा र मसिना ढुंगाको डर हुदैन त्यसरी नै जसको मनमा सन्तोष हुन्छ उसलार्ई सधैं सबैतिर सुखै सुख हुन्छ । दुःख भन्ने हुदै हुदैन ।।१७।।
सन्तुष्टः केन वा राजन् न वर्तेतापि वारिणा ।
औपस्थ्यजैह्व्यकार्पण्याद् गृहपालायते जनः ॥ १८ ॥
राजन ! मानिसले जल मात्र पिएर आफ्नो जीवन निर्वाह किन नगरेका होलान ? । तर पनि रसेन्द्रिय र जनेन्द्रियको वशमा विचरो मानिस त्यो ता घरको रक्षक कुकुर समान हुन्छ ।।१८।।
असन्तुष्टस्य विप्रस्य तेजो विद्या तपो यशः ।
स्रवन्ति इन्द्रियलौल्येन ज्ञानं चैवावकीर्यते ॥ १९ ॥
जुन ब्राम्हण सन्तोषि हुदैन, इद्रियको लोलुपताका कारण उसको तेज, विद्या, तपस्या र यश क्षीण हुन्छन । उसको विवेक पनि हराएर जान्छ ।।१९।।
कामस्यान्तं हि क्षुत्तृड्भ्यां क्रोधस्यैतत्फलोदयात् ।
जनो याति न लोभस्य जित्वा भुक्त्वा दिशो भुवः ॥ २० ॥
भोक र प्यास हराएपछि खाने पिउने कामना पनि हराउछ । क्रोध पनि आफ्नो काम पुरा गरेर शान्त हुन्छ । तर पनि मानिसले सबै दिशाहरुलार्ई जीतेर भोग गरे पनि उसलार्ई लोभले कहिल्यै छोड्दैन ।। २०।।
पण्डिता बहवो राजन् बहुज्ञाः संशयच्छिदः ।
सदसस्पतयोऽप्येके असन्तोषात् पतन्त्यधः ॥ २१ ॥
अनेक विषयको ज्ञान भएका जसले अरुको मनको शंकालाई समाधान गर्न सक्ने विद्वतसभाको सभापति, ठुला ठुला विद्वान पनि असन्तोषले गर्दा पतन हुन्छन ।।२१।।
असङ्कल्पात् जयेत् कामं क्रोधं कामविवर्जनात् ।
अर्थानर्थेक्षया लोभं भयं तत्त्वावमर्शनात् ॥ २२ ॥
महाराज ! संकल्पलाई त्यागेर कामनाहरुलाई, कामनाहरुको त्यागले क्रोधलार्ई त्याग्नु पर्दछ । यी सबैलाई अनर्थ सम्झेर लोभलाई त्यागिदिनु पर्दछ र तत्वको विचारले भयलार्ई त्याग्नु पर्दछ ।।२२।।
आन्वीक्षिक्या शोकमोहौ दम्भं महदुपासया ।
योगान्तरायान् मौनेन हिंसां कायाद्यनीहया ॥ २३ ॥
अध्यात्मविद्याले शोक र मोह, सन्त पुरुषको सेवाले दम्भलाई मौन भएर योगको बाधाहरु र शरीर प्राण आदिलार्ई निचेष्ट गरेर हिंसालार्ई जित्नु पर्दछ ।।२३।।
कृपया भूतजं दुःखं दैवं जह्यात् समाधिना ।
आत्मजं योगवीर्येण निद्रां सत्त्वनिषेवया ॥ २४ ॥
आधिभौतिक दुःखलार्ई दयाले, आधिदैविक वेदनालार्ई समाधिले, आध्यात्मिक दुःखलार्ई योगबलले र निद्रालार्ई सत्विक भोजनले जित्नु पर्दछ ।।२४।।
रजस्तमश्च सत्त्वेन सत्त्वं चोपशमेन च ।
एतत्सर्वं गुरौ भक्त्या पुरुषो ह्यञ्जसा जयेत् ॥ २५ ॥
सत्वगुणद्वारा रजोगुण र तमोगुणलाई र सत्वगुणलाई उपरतिद्वारा विजय प्राप्त गर्नु पर्दछ । गुरुदेवको भक्तिले साधक यी सबै दोषमाथि सजिलै संग विजय प्राप्त गर्न सक्दछन ।।२५।।
यस्य साक्षाद्भगवति ज्ञानदीपप्रदे गुरौ ।
मर्त्यासद्धीः श्रुतं तस्य सर्वं कुञ्जरशौचवत् ॥ २६ ॥
हृदयमा ज्ञानको बत्ती बालिदिने गुरुदेव साक्षात् भगवान नै हुन । जो दुर्वुद्धि वहाँलाई साधारण मानिस सम्झन्छ उसले पढेका सुनेका सबै शास्त्र हात्तीको स्नान जस्तै ब्यर्थ हुन्छ ।।२६।।
एष वै भगवान् साक्षात् प्रधानपुरुषेश्वरः ।
योगेश्वरैर्विमृग्याङ्घ्रिः लोको यं मन्यते नरम् ॥ २७ ॥
ठुला ठुला योगेश्वरहरु जसको चरणकमलको अनुसन्धान गरीरहन्छन । प्रकृति र पुरुषका अधिश्वर वहाँ भगवान् नै स्वयं गुरुदेवको रूपमा प्रकट हुनुहुन्छ । जसलार्ई भ्रममा परेकाले साधारण मानिस सरह सम्झन्छन ।।२७।।
षड्वर्गसंयमैकान्ताः सर्वा नियमचोदनाः ।
तदन्ता यदि नो योगान् आवहेयुः श्रमावहाः ॥ २८ ॥
शास्त्रमा जति पनि नियम सम्बन्धि आदेशहरु छन, त्यसको एकमात्र तात्पर्य काम, क्रोध, लोभ, मोह, मद र मत्सर्य आदि गरिएका सत्रु माथि विजय प्राप्त गरेर इन्द्रियलार्ई आफ्नो वशमा राख्नु हो । यस्तो नियमद्वारा ध्यान चिन्तन गरेर पनि भगवान् प्राप्त भएन भने त्यो केवल श्रम नै हो भन्ने जान्नु पर्दछ ।।२८।।
यथा वार्तादयो ह्यर्था योगस्यार्थं न बिभ्रति ।
अनर्थाय भवेयुः स्म पूर्तमिष्टं तथासतः ॥ २९ ॥
जसरी खेती, व्यापारको फल, योग साधनाको फलले पनि भगवत्प्राप्ति या मुक्ति दिन सकेन भने त्यो बाहिरि विषयमा लागेको पुरुषको श्रौत साधन कर्म पनि कल्याणकारी हुदैन । जसको फल पनि बन्धनमा पार्ने हुन्छ ।।२९।।
यश्चित्तविजये यत्तः स्यात् निसंगोऽपरिग्रहः ।
एको विविक्तशरणो भिक्षुर्भैक्ष्यमिताशनः ॥ ३० ॥
आफ्नो मनलाई विजय गर्न चाहाने पुरुषले आफ्ना सबै आशक्तिलार्ई त्यागेर सन्यास ग्रहण गर्नु पर्दछ । एकान्तमा रहेर शरीर निर्वाह गर्ने र चाँहिने जतिमात्र भिक्षा वृत्ति गरेर भोजन गर्नु पर्दछ ।।३०।।
देशे शुचौ समे राजन् संस्थाप्यासनमात्मनः ।
स्थिरं सुखं समं तस्मिन् आसीतर्ज्वङ्ग ओमिति ॥ ३१ ॥
युधिष्ठिर ! पवित्र र सम्म स्थानमा आसन जमाएर शरीरलाई सिधा र स्थिर राखेर ओंकारको जप गर्नु पर्दछ ।।३१।।
प्राणापानौ सन्निरुन्ध्यात् पूरकुम्भकरेचकैः ।
यावन् मनस्त्यजेत् कामान् स्वनासाग्रनिरीक्षणः ॥ ३२ ॥
जबसम्म मन संकल्प विकल्पलार्ई छोड्दैन तवसम्म नाकको चुच्चोमा आँखा लगाएर पूरक कुम्भक र रेचकद्वारा प्राण र अपानको गति लार्ई रोक्नु पर्दछ ।।३२।।
यतो यतो निःसरति मनः कामहतं भ्रमत् ।
ततस्तत उपाहृत्य हृदि रुन्ध्याच्छनैर्बुधः ॥ ३३ ॥
कामको वशमा परेर जताततै दगुर्ने मनलाई जहाँ गए पनि त्यसलार्ई विद्वान पुरुषले फर्काएर हृदयमा रोक्नु पर्दछ ।।३३।।
एवं अभ्यस्यतश्चित्तं कालेनाल्पीयसा यतेः ।
अनिशं तस्य निर्वाणं याति अनिन्धन वह्निवत् ॥ ३४ ॥
साधकले निरन्तर यस प्रकार अभ्यास गरे पछि दाउरा सकिएपछि आगो विस्तारै निभ्दै गए जसरी उसको चित्त पनि विस्तारै शान्त हुदै जान्छ ।।३४।।
कामादिभिः अनाविद्धं प्रशान्ताखिलवृत्ति यत् ।
चित्तं ब्रह्मसुखस्पृष्टं नैवोत्तिष्ठेत कर्हिचित् ॥ ३५ ॥
यस प्रकार जब काम वासनाहरुले सताउन छोड्दछ र सबै वृत्तिहरु शान्त हुन्छ अनि मात्र त्यस्ता साधु महात्माको चित्त ब्रह्मानन्दमा मग्न हुन्छ । फेरी उसले त्यसलाई कहिले पनि छाड्दैन ।।३५।।
यः प्रव्रज्य गृहात्पूर्वं त्रिवर्गावपनात् पुनः ।
यदि सेवेत तान्भिक्षुः स वै वान्ताश्यपत्रपः ॥ ३६ ॥
जसले धर्म, अर्थ, कामको मूल कारण गृहास्थमलाई त्यागि सकेपछि फेरी फर्केर त्यसैमा लाग्दछ भने त्यो उकलेको खाने कुकुर नै हो ।।३६।।
यैः स्वदेहः स्मृतोऽनात्मा मर्त्यो विट्कृमिभस्मवत् ।
ते एनं आत्मसात् कृत्वा श्लाघयन्ति ह्यसत्तमाः ॥ ३७ ॥
उसले पहिला आफ्नो शरीरलाई मरणग्रस्त, विष्ठा, कीरा खरानी सम्झेको थियो । त्यो मुढ फेरी त्यसैलाई आत्मा मानेर उसैको प्रशंसा गर्न लाग्दछ ।।३७।।
गृहस्थस्य क्रियात्यागो व्रतत्यागो वटोरपि ।
तपस्विनो ग्रामसेवा भिक्षोरिन्द्रियलोलता ॥ ३८ ॥
आश्रमापसदा ह्येते खल्वाश्रमविडम्बकाः ।
देवमायाविमूढान् तान् उपेक्षेतानुकम्पया ॥ ३९ ॥
कर्मत्यागि गृहस्थ, ब्रतत्यागी ब्रह्मचारी, गाँउमा रहने तपस्वी, र इन्द्रियको वशमा रहने सन्यासी यी चारै आश्रमका कलंक हुन । र व्यर्थमा आश्रमको ढोग रच्दछन् । भगवान्को मायाले विमोहित ति मुढहरुलाई उपेक्षा गर्नु पर्दछ ।।३८।३९।।
आत्मानं चेद् विजानीयात् परं ज्ञानधुताशयः ।
किमिच्छन्कस्य वा हेतोः देहं पुष्णाति लम्पटः ॥ ४० ॥
आत्मज्ञानले जसको सबै वाशना निर्मुल भएको हुन्छ र जसले आफ्नो आत्मालार्ई परब्रह्मस्वरूप भनेर जान्दछ, उसले कुनै विषय र इच्छा तृप्तिका लागि इन्द्रियको वशमा पर्दैन ।।४०।।
(इंद्रवज्रा)
आहुः शरीरं रथमिन्द्रियाणि
हयानभीषून् मन इन्द्रियेशम् ।
वर्त्मानि मात्रा धिषणां च सूतं
सत्त्वं बृहद्बन्धुरमीशसृष्टम् ॥ ४१ ॥
अक्षं दशप्राणमधर्मधर्मौ
चक्रेऽभिमानं रथिनं च जीवम् ।
धनुर्हि तस्य प्रणवं पठन्ति
शरं तु जीवं परमेव लक्ष्यम् ॥ ४२ ॥
आत्मज्ञानीहरुले यो शरीरलाइ रथ हो, इन्द्रियलाई घोडा, इन्द्रियको स्वामी मन लगाम हो भनि भनेका छन । त्यसैगरि शव्दादि विषय मार्ग हो । बुद्धि सारथि हो, चित्त भगवान्द्वारा निर्मित डोरी हो, दस प्राण रथको धुरी हो । धर्म र अधर्म यी दुई पांग्रा हुन र यीनका अभिमानी जीव रथी हो भनि भनिएको छ । ॐकार त्यस रथीको धनु हो, सुद्ध जीवात्मा वाण र परमात्मा लक्ष हो । साधकले ॐकारको जप गरेर अन्तरात्मालार्ई परमात्मामा लीन गराउनु पर्दछ ।) ।।४१।।४२।।
रागो द्वेषश्च लोभश्च शोकमोहौ भयं मदः ।
मानोऽवमानोऽसूया च माया हिंसा च मत्सरः ॥ ४३ ॥
रजः प्रमादः क्षुन्निद्रा शत्रवस्त्वेवमादयः ।
रजस्तमःप्रकृतयः सत्त्वप्रकृतयः क्वचित् ॥ ४४ ॥
राग, द्वेष, लोभ, मोह, भय, मद्, मान, अपमान, अरुको गुण देष नदेख्नु, छल, हिंसा, अरुको उन्नतीमा नजल्नु, तृष्णा, प्रमाद, भोक, र निद्रा यस्तै यी सबै जीबको सत्रु हुन् । यसमा रजोगुणी र तमोगुणीमा यसको वृत्ति धेरै हुन्छ भने कतै सत्वगुणको प्रधानता हुन्छ ।।४३।।४४।।
(वसंततिलका)
यावन्नृकायरथमात्मवशोपकल्पं
धत्ते गरिष्ठचरणार्चनया निशातम् ।
ज्ञानासिमच्युतबलो दधदस्तशत्रुः
स्वानन्दतुष्ट उपशान्त इदं विजह्यात् ॥ ४५ ॥
जबसम्म यो मनुष्य शरीररूपी रथ आफ्नो वशमा हुन्छ र यसका इन्द्रिय मन आदि सबै साधन ठिक अवस्थामा हुन्छ तवसम्म गुरुदेवको चरणकमलको सेवा पूजाले तिखारिएको ज्ञान रूपी तीखो तरवारले भगवान्को आश्रय लिएर यी सत्रुलार्ई नाश गरेर आफ्नो स्वराज्य सिंहासनमा विराजमान होवोस र अत्यन्त शान्त भएर यस शरीरलार्ई पनि त्यागि देवोस ।।४५।।
नोचेत् प्रमत्तमसदिन्द्रियवाजिसूता
नीत्वोत्पथं विषयदस्युषु निक्षिपन्ति ।
ते दस्यवः सहयसूतममुं तमोऽन्धे
संसारकूप उरुमृत्युभये क्षिपन्ति ॥ ४६ ॥
थोरै असावधानी भयो भने पनि यो इन्द्रियरूप सारथिले रथको स्वामी जीवलार्ई उल्टो बाटो लगेर विषयरूपी लुटेराको हातमा हालिदिन्छ । ती डाकूले सारथी र घोडा सहित यस जीवलार्ई मृत्युको अत्यन्त भयावह घोर अन्धकारमय संसारको कुवामा खसालिदिन्छ ।।४६।।
(अनुष्टुप्)
प्रवृत्तं च निवृत्तं च द्विविधं कर्म वैदिकम् ।
आवर्तते प्रवृत्तेन निवृत्तेनाश्नुतेऽमृतम् ॥ ४७ ॥
वैदिक कर्म दुइ प्रकारका छन् । एउटा वृत्तिद्वारा उसलार्ई जुन विषयतिर लिएर जान्छ, त्यो प्रवृत्तिपरक हो । अर्को वृत्तिहरुलाई अनेक विषयबाट फर्काएर शान्त एवं आत्मसाक्षात्कारको योग्य बनाइदिन्छ त्यो निवृत्तिपरक हो । प्रवृत्तिपरक कर्ममार्गले बारम्बार जन्म मृत्यु प्राप्ति हुन्छ भने निवृत्तिपरकले ज्ञानमार्गद्वारा भगवान् प्राप्त हुन्छ ।।४७।।
हिंस्रं द्रव्यमयं काम्यं अग्निहोत्राद्यशान्तिदम् ।
दर्शश्च पूर्णमासश्च चातुर्मास्यं पशुः सुतः ॥ ४८ ॥
एतदिष्टं प्रवृत्ताख्यं हुतं प्रहुतमेव च ।
पूर्तं सुरालयाराम कूपाजीव्यादिलक्षणम् ॥ ४९ ॥
शोमयागादि हिंसामय कर्म, अग्निहोत्र, दर्श, पूर्णमास, चातुर्मास्य, पशुयाग, सोमयाग, वैश्वदेव, बलिहरण आदि द्रव्यमय कर्मलार्ई इष्ट भनिन्छ र देवालय, वगैचा, इनार आदि बनाउनु र तलाउ बनाउनु पूर्तकर्म हो । यो सबै प्रवृतिपरक कर्म हो यो सकाम भावले गरियो भने अशान्तिको कारण बन्दछ ।।४८।४९।।
द्रव्यसूक्ष्मविपाकश्च धूमो रात्रिरपक्षयः ।
अयनं दक्षिणं सोमो दर्श ओषधिवीरुधः ॥ ५० ॥
अन्नं रेत इति क्ष्मेश पितृयानं पुनर्भवः ।
एकैकश्येनानुपूर्वं भूत्वा भूत्वेह जायते ॥ ५१ ॥
प्रवृत्ति परायण पुरुष मरेपछि चरु पुरोडाशादि यज्ञसम्बन्धी द्रव्यका सूक्ष्म भागले बनेको शरीर धारण गरेर धूमाभिमानी देवता भएका ठाँउमा जान्छ र फेरी क्रमशः रात्री, कृष्णपक्ष र दक्षिणयनका अभिमानी देवताहरु संग मिलेर चन्द्रलोक पुग्दछ । त्यहाँबाट भोग समाप्त भएपछि औसीको चन्द्रमाको समान क्षीण भए वृष्टिद्वारा क्रमशः औषधी, लता, अन्न र वीर्यको रूपमा परिणत भएर पितृयान मार्गद्वारा फेरी संसारमा जन्म लिन्छ ।।५०।।५१।।
निषेकादिश्मशानान्तैः संस्कारैः संस्कृतो द्विजः ।
इन्द्रियेषु क्रियायज्ञान् ज्ञानदीपेषु जुह्वति ॥ ५२ ॥
युधिष्ठिर ! जसको गर्भाधान देखि अन्त्येष्टि सम्मका संस्कारहरु भएको हुन्छ उसलार्ई द्विज भनिन्छ । (यसमा कोहि पहिला भनिए जस्तो प्रवृत्तिमार्गको अनुष्ठान गर्दछन र कोहि अब वर्णन गरिने निवृत्तिमार्गको) गराउने इन्द्रियमा लीन गरिदिन्छ ।।५२।।
इन्द्रियाणि मनस्यूर्मौ वाचि वैकारिकं मनः ।
वाचं वर्णसमाम्नाये तमोंकारे स्वरे न्यसेत् ।
ओंकारं बिन्दौ नादे तं तं तु प्राणे महत्यमुम् ॥ ५३ ॥
इन्द्रियलार्ई दर्शनादि संकल्परूप मनमा, वैकारिक मनलार्ई वाक्यमा र वाक्यलार्ई वर्णसमुदायमा, वर्णसमुदायलार्ई अ, उ, म यी तीन स्वरको रूपमा रहने ॐकारमा, ॐकारलार्ई विन्दुमा, विन्दुलार्ई नादमा, नादलार्ई प्राणमा तथा प्राणलार्ई ब्रह्ममा लगेर लीन गरिदिन्छ ।।५३।।
अग्निः सूर्यो दिवा प्राह्णः शुक्लो राकोत्तरं स्वराट् ।
विश्वोऽथ तैजसः प्राज्ञः तुर्य आत्मा समन्वयात् ॥ ५४ ॥
यसरी यस निवृत्ति मार्गमा रहने निष्ठ ज्ञानी क्रमशः अग्नि, सूर्य, दिन, साँझ, शुक्लपक्ष, पूर्णिमा र उत्तरायणको अभिमानि देवता भएको ठाँउमा गएर ब्रह्मलोकमा पुग्दछ । र त्यहाँको भोग समाप्त भएपछि स्थूलोपाधिक विश्व, आफ्नो स्थूल उपाधि सूक्ष्म उपाधिको कारणमा लय गरेर कारणोपाधि रूपमा स्थित हुन्छ र फेरी सबैको साक्षीरूपले सबैतिर अनुगत हुनाका कारण साक्षीकै स्वरूपमा कारणोपाधिक लय गरेर तुरीय अवस्थामा पुगेर स्थिर हुन्छ । यस्तो अवस्थाको आत्मालार्ई मोक्षपद भनिन्छ ।।५४।।
देवयानं इदं प्राहुः भूत्वा भूत्वानुपूर्वशः ।
आत्मयाज्युपशान्तात्मा ह्यात्मस्थो न निवर्तते ॥ ५५ ॥
यसलार्ई देवयान मार्ग भनिन्छ । यस मार्गबाट जाने आत्मोपासक संसारबाट निवृत्त भएर क्रमशः एक बाट अर्को देवताको नजिक हुदै ब्रह्मलोक पुगेर आफ्नो स्वरूपमा स्थित हुन्छ । यस्तो अवस्थामा पुगेका पुरुषले फेरी जन्ममृत्युको चक्करमा पर्नु पर्दैन ।।५५।।
ये एते पितृदेवानां अयने वेदनिर्मिते ।
शास्त्रेण चक्षुषा वेद जनस्थोऽपि न मुह्यति ॥ ५६ ॥
जुन भनिएका पितृयान एवं देवयान दुवै वेदोक्त मार्ग हुन । शास्त्रिय दृष्टिले जसले यस्तो तत्वलाई जान्दछ त्यो शरीमा धारण गर्दा पनि कुनै मोहित हुदैन ।।५६।।
आदौ अन्ते जनानां सद् बहिरन्तः परावरम् ।
ज्ञानं ज्ञेयं वचो वाच्यं तमो ज्योतिस्त्वयं स्वयम् ॥ ५७ ॥
शरीर हुदा पनि पहिला कारणरूपले र त्यसको अन्त हुँदा पनि अवधिरूपले जुन स्वयं विद्यामान रहन्छ, जुन भोगरूपले बाहिर र भोक्तारूपले भित्र रहन्छ तथा ठुलो बडो, जान्नु र जानिने विषय, वाणी र वाणीको विषय, अन्धकार र प्रकाश आदि वस्तुको रूपमा जे जति पहिला उपलब्ध हुन्छ त्यो सबै स्वयं यो तत्व नै हो । यसले मोह र उसको स्पर्श गर्न सक्तैन ।। ५७ ।।
आबाधितोऽपि ह्याभासो यथा वस्तुतया स्मृतः ।
दुर्घटत्वाद् ऐन्द्रियकं तद्वदर्थविकल्पितम् ॥ ५८ ॥
ऐना आदिमा देखिने प्रतिविम्व विचार र युक्तिले वाधित छ । तर त्यसको कुनै अस्तित्व हुदैन तापनि वस्तुको रूपमा त्यो देखिन्छ । त्यसरी नै इन्द्रियद्वारा देखिने भएको वस्तुको कुनै वास्तविकता नहुदा पनि त्यो सत्य जस्तो सत्य देखिन जान्छ ।।५८।।
क्षित्यादीनामिहार्थानां छाया न कतमापि हि ।
न सङ्घातो विकारोऽपि न पृथङ् नान्वितो मृषा ॥ ५९ ॥
पृथ्वी आदि पंचभूतबाट यस शरीरको निर्माण भएको होइन । वस्तविक दृष्टिले हेर्ने हो भने न त यो त्यो पंचभूतको संघात हो । न विकार या परिणाम हो । किनकि यो आफ्नो अवयवबाट न त फरक छ न त अनुगत छ । त्यसैले यो मिथ्या हो ।।५९।।
धातवोऽवयवित्वाच्च तन्मात्रावयवैर्विना ।
न स्युर्ह्यसत्यवय विन्यसन् अवयवोऽन्ततः ॥ ६० ॥
यस प्रकार शरीरको कारणभूत पनि अवयवी हुने हुदा आफ्नो अवयवहरु बाट फरक छैन, अवयवरूप नै हो । जब धेरै खोज्दा पनि अवयवको अतिरिक्त अवयवीको अस्तित्व मिल्दैन त्यो असत् नै सिद्धि हुन्छ । तब आफैंमा यो अवयव पनि असत्य हो भन्ने सिद्धि हुन्छ ।।६०।।
स्यात् सादृश्यभ्रमस्तावद् विकल्पे सति वस्तुनः ।
जाग्रत्स्वापौ यथा स्वप्ने तथा विधिनिषेधता ॥ ६१ ॥
जब सम्म अज्ञानका कारण एउटै परमतत्वमा अनेक वस्तुको भेद हुन्छ तवसम्म पहिला जुन वस्तु थियो अहिलो पनि त्यहि नै रहेको हो भन्ने यस्तो म्रभ भइरहन्छ । किनकि सपनामा पनि जुन प्रकार जाग्रत स्वप्न आदि अवस्थाको अलग अलग अनुभव हुन्छ , त्यसमा पनि विधि निषेधको शास्त्र रहन्छ । त्यसरी नै जवसम्म यो मोह रहन्छ, तब सम्म यो विधि निषेध शास्त्र पनि रहन्छ ।।६१।।
भावाद्वैतं क्रियाद्वैतं द्रव्याद्वैतं तथात्मनः ।
वर्तयन् स्वानुभूत्येह त्रीन् स्वप्नान् धुनुते मुनिः ॥ ६२ ॥
विचारवान योगिले आत्माको त्रिविध अद्वैतको (भाव, कृया र द्रव्य) साक्षात्कार गर्दछ उसले भेद रूपमा देखिने जाग्रत, स्वप्न, सुषुप्ति र द्रष्टा तथा दृश्य रूप सपनालाई त्यागिदिन्छ ।।६२।।
कार्यकारणवस्त्वैक्य दर्शनं पटतन्तुवत् ।
अवस्तुत्वाद् अकल्पस्य भावाद्वैतं तदुच्यते ॥ ६३ ॥
जसरी वस्त्र सूतरूप नै हुन्छ, त्यसरी कार्य रूप कारण एउटै हो । वास्तवमा कुनै ता छदैछैन । यस प्रकारमा सबैमा एकता छ भन्ने विचार भावाद्वैत हो ।।६३।।
यद्ब्रह्मणि परे साक्षात्सर्वकर्मसमर्पणम् ।
मनोवाक्तनुभिः पार्थ क्रियाद्वैतं तदुच्यते ॥ ६४ ॥
युधिष्ठिर मन, वाणी र शरीरबाट हुने सबै काम स्वयं परमात्मामा का लागि भएको हो भन्ने यस्तो भावले सबै कर्मलार्ई समर्पित गरिदिनु क्रियाद्वैत हो ।।६४।।
आत्मजायासुतादीनां अन्येषां सर्वदेहिनाम् ।
यत्स्वार्थकामयोरैक्यं द्रव्याद्वैतं तदुच्यते ॥ ६५ ॥
स्त्री पुत्रादि संग सम्बन्धित एवं संसारका अरु सबै प्राणीलार्ई तथा अन्य स्वार्थ र भोग एकै हो भनेर त्यसमा आफ्नो र अरुकोमा भेद नदेख्नु यस्तो प्रकारको विचार द्रव्याद्वैत हो ।।६५।।
यद् यस्य वानिषिद्धं स्याद् येन यत्र यतो नृप ।
स तेनेहेत कर्माणि नरो नान्यैरनापदि ॥ ६६ ॥
युधिष्ठिर ! जसका लागि जुन द्रव्यको जुन समय जसबाट ग्रहण गर्न शास्त्र विरुद्ध हुदैन, ती द्रव्यबाट आपत्तिका समयमा बाहेक आफ्नु सबैकाम सम्पन्न गर्नु पर्दछ । अन्यथा गर्नु हुदैन ।।६६।।
एतैरन्यैश्च वेदोक्तैः वर्तमानः स्वकर्मभिः ।
गृहेऽप्यस्य गतिं यायाद् राजन् तद्भक्तिभाङ्नरः ॥ ६७ ॥
महाराज ! भगवद्भक्त मानिस वेदले भनेको यी कर्म तथा अन्यान्य स्वकर्मको अनुष्ठानले घरमा रहेर पनि श्रीकृष्णको दर्शन प्राप्त गरेर गति पाउन सक्दछ ।।६७।।
(इंद्रवज्रा)
यथा हि यूयं नृपदेव दुस्त्यजाद्
आपद्गणादुत्तरतात्मनः प्रभोः ।
यत्पादपङ्केरुहसेवया भवान्
अहारषीन् निर्जितदिग्गजः क्रतून् ॥ ६८ ॥
राजन् ! आफ्ना स्वामी भगवान् श्रीकृष्णको कृपा र सहायताले जसरी तिमीले ठुला ठुला विपत्तिहरुबाट पार भयौ र उहाँको चरणकमलको सेवाले सबै भूभण्डललार्ई सजिलै जीतेर राजसूयादि ठुला ठुला यज्ञ गर्यौ ।।६८।।
(अनुष्टुप्)
अहं पुराभवं कश्चिद् गंन्धर्व उपबर्हणः ।
नाम्नातीते महाकल्पे गन्धर्वाणां सुसम्मतः ॥ ६९ ॥
यो भन्दा पहिलाको कल्पमा म उपवर्हण नाम गरेको गन्धर्व थियें । सबै गन्धर्वहरुले मलाई ठुलो प्रेम गर्दथे ।।६९।।
रूपपेशलमाधुर्य सौगन्ध्यप्रियदर्शनः ।
स्त्रीणां प्रियतमो नित्यं मत्तस्तु पुरुलम्पटः ॥ ७० ॥
ममा एक किसिमको जुन सुन्दरता, सुकुमारता र मधुरता थियो त्यो अपूर्व थियो । मेरो शरीरबाट निस्कने सुगन्धताका कारण स्त्रीहरु मलार्ई धेरै प्रेम गर्दथे । जसले गर्दा म अत्यन्तै आशक्त र विलासी थिएं ।।७०।।
एकदा देवसत्रे तु गन्धर्वाप्सरसां गणाः ।
उपहूता विश्वसृग्भिः हरिगाथोपगायने ॥ ७१ ॥
एक पटक देवताहरुको यज्ञशालामा भगवान्का गुणगान र लीला कथाहरु भएको थियो । त्यहाँ ठुला ठुला प्रजापतिहरु आएका थिए । भगवान्को लीला गाउनका लागि उनीहरुले गन्धर्भ र अप्सराहरुलार्ई बोलाए ।।७१।।
अहं च गायन् तद्विद्वान् स्त्रीभिः परिवृतो गतः ।
ज्ञात्वा विश्वसृजस्तन्मे हेलनं शेपुरोजसा ।
याहि त्वं शूद्रतामाशु नष्टश्रीः कृतहेलनः ॥ ७२ ॥
मलार्ई त्यहाँ ठुला ठुला सन्तहरुको भेलामा भगवानको लीला गुणगान हुदैछ भन्ने कुरा थाहा थियो । म स्त्रीहरुका साथ उन्मत्त भएर गीत गाउदै त्यहाँ पुगें । देवताहरुलाई यसले हामीहरुको अनादर गर्यो भन्ने लागेर उनीहरुले आफ्नो तपशक्तिले मलार्ई श्राप दिए कि तैले हाम्रो अवहेलान गरिस त्यसैले तेरो सबै सौन्दर्य सम्पत्ति दष्ट होस र शरीर पनि सूद्र होस भने ।।७२।।
तावद् दास्यामहं जज्ञे तत्रापि ब्रह्मवादिनाम् ।
शुश्रूषयानुषङ्गेघ्गेण प्राप्तोऽहं ब्रह्मपुत्रताम् ॥ ७३ ॥
उनीहरुको श्रापले म दासीको छोरा भएं तर त्यो सूद्र जन्ममा गरेको माहात्माहरुको संगत र उनीहरुको
सेवाको प्रभावले अर्को जन्ममा ब्रह्माजीको छोरा भएं ।७३।।
धर्मस्ते गृहमेधीयो वर्णितः पापनाशनः ।
गृहस्थो येन पदवीं अञ्जसा न्यासिनामियात् ॥ ७४ ॥
सन्तहरुको अवहेलान र सेवा मेरो प्रत्यक्ष अनुभव हो । सन्तको सेवाबाट नै भगवान् प्रसन्न हुन्छन । मैले तिमीलार्ई गृहस्थको पापनाशक धर्मको वारेमा बताएं । यस धर्मको उत्तम आचरण गर्नाले गृहस्थलार्ई पनि अनायास नै सन्यासिलाई मिल्ने परमपद मिल्न सक्दछ ।।७४।।
(इंद्रवज्रा)
यूयं नृलोके बत भूरिभागा
लोकं पुनाना मुनयोऽभियन्ति ।
येषां गृहानावसतीति साक्षाद्
गूढं परं ब्रह्म मनुष्यलिङ्गम् ॥ ७५ ॥
युधिष्ठर यस मनुष्यलोकमा तिमीहरु भाग्यमानी हौ किनकि तिमीहरुको घरमा साक्षात परब्रम्ह परमात्मा मानिसको रूप धारण गरेर गुप्तरूपले निवास गर्नुहुन्छ । यसैले सबै संसार पवित्र गरिदिने ऋषिमुनि वहाँको दर्शन गर्नका लागि बारम्वार सबैतिरबाट तिमीहरुको घरमा आउदछन ।।७५।।
स वा अयं ब्रह्म महद्विमृग्य
कैवल्यनिर्वाणसुखानुभूतिः ।
प्रियः सुहृद् वः खलु मातुलेय
आत्मार्हणीयो विधिकृद् गुरुश्च ॥ ७६ ॥
जसलाई ठुला ठुला महापुरुषहरु निरन्तर खोज्दछन, मायाको लेस नभएका परम शान्त परब्रह्म परमात्मा नै तिम्रो प्रिय हितैसी मामाका छोरा पूज्य आज्ञाकारी, गुरु र स्वयं आत्मा श्रीकृष्ण हुनुहुन्छ ।।७६।।
न यस्य साक्षाद् भवपद्मजादिभी
रूपं धिया वस्तुतयोपवर्णितम् ।
मौनेन भक्त्योपशमेन पूजितः
प्रसीदतामेष स सात्वतां पतिः ॥ ७७ ॥
ब्रह्मा शंकर आदि देवताहरु पनि आफ्नो सबै बुद्धि लगाउदा पनि वहाँको बारेमा यसै हो भनेर वर्णन गर्न सक्तैनन भने हामीले त कसरी सक्छौं र । हामी मौन भक्ति र संयम भएर वहाँको पूजा गर्दछौं कृपया हाम्रो पूजालार्ई स्वीकार गरि प्रसन्न हुनुहोस ।।७७।।
श्रीशुक उवाच -
इति देवर्षिणा प्रोक्तं निशम्य भरतर्षभः ।
पूजयामास सुप्रीतः कृष्णं च प्रेमविह्वलः ॥ ७८ ॥
श्री शुकदेवजी भन्नुहुन्छ–
परीक्षित् ! देवर्षि नारदको यस्तो प्रवचन सुनेर राजा युधिष्ठिरलार्ई वडो आनन्द आयो । त्यसपछि उनले प्रेम विह्वल भएर देवर्षि नारद र भगवान् श्रीकृष्णको पूजा गरे ।।७८।।
कृष्णपार्थौ उपामन्त्र्य पूजितः प्रययौ मुनिः ।
श्रुत्वा कृष्णं परं ब्रह्म पार्थः परमविस्मितः ॥ ७९ ॥
त्यसपछि देवर्षि नारद पनि पूजा सत्कार पाएर भगवान् श्रीकृष्ण र राजा युधिष्ठिर संग विदा लिएर त्यहाँबाट हिडे । भगवान् श्रीकृष्ण नै परव्रह्म हुन भन्ने सुनेर युधिष्ठिरलार्ई धेरै आश्चर्य लाग्यो ।।७९।।
इति दाक्षायिणीनां ते पृथग्वंशा प्रकीर्तिताः ।
देवासुरमनुष्याद्या लोका यत्र चराचराः ॥ ८० ॥
परीक्षित यस प्रकार मैले तिमीलार्ई दक्ष कन्याका वंशको बारेमा भिन्ना भिन्नै वर्णन सुनाएं उनीकै वंशमा देवता असुर, मानिस, आदि र सम्पूर्ण चराचरको सृस्टि भयो ।।८०।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे प्रह्रादानुचरिते युधिष्ठिरनारदसंवादे सदाचारनिर्णयो नाम पञ्चदशोऽध्यायः ॥ १५ ॥