श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः–तृतीयोऽध्यायः
मैत्रेय उवाच–
(अनुष्टुप्)
सदा विद्विषतोरेवं कालो वै ध्रियमाणयोः ।
जामातुः श्वशुरस्यापि सुमहानतिचक्रमे ॥ १ ॥
मैत्रेयजीले भने–
विदुरजी ! यसरी ती दुई ज्वाई ससुरामा वर्षौसम्म विरोध भएर वित्यो
।।१।।
यदाभिषिक्तो दक्षस्तु ब्रह्मणा परमेष्ठिना ।
प्रजापतीनां सर्वेषां आधिपत्ये स्मयोऽभवत् ॥ २ ॥
त्यसै समयमा ब्रम्हाजीले दक्षलाई सबै प्रजापतिको अधिपति बनाउनु भयो जसले गर्दा दक्षमा गर्व
बढेको थियो ।। २ ।।
इष्ट्वा स वाजपेयेन ब्रह्मिष्ठानभिभूय च ।
बृहस्पतिसवं नाम समारेभे क्रतूत्तमम् ॥ ३ ॥
उनले पहिले वाजपेय यज्ञ गर्दा भगवान् शंकर तथा ब्रम्हष्ठिहरूलाई
यज्ञभाग नदिएर उल्टै हेला गरेका थिए । बृहस्पति सव नामको महायज्ञ गर्न थाले ।। ३
।।
तस्मिन् ब्रह्मर्षयः सर्वे देवर्षिपितृदेवताः ।
आसन् कृतस्वस्त्ययनातत्पन्यश्च सभर्तृकाः ॥ ४ ॥
यज्ञमा त्यस ब्रम्हषि, देवर्षि,
पितृदेवताहरूका पत्नी सहित भएर त्यो मांगलिक
कार्य सम्पन्न गरे । दक्षले सबैलाई उचित स्वागत सत्कार गरे ।। ४ ।।
तदुपश्रुत्य नभसि खेचराणां प्रजल्पताम् ।
सती दाक्षायणी देवी पितृयज्ञमहोत्सवम् ॥ ५ ॥
त्यहि समयमा आकास मार्ग भएर जाने आउने देवताहरू त्यस यज्ञको बारेमा
बखान गर्दै थिए । उनीहरूको मुखबाट सतीले आफ्ना पिताको यज्ञको बारेमा सुनिन ।। ५।।
व्रजन्तीः सर्वतो दिग्भ्य उपदेववरस्त्रियः ।
विमानयानाः सप्रेष्ठा निष्ककण्ठीः सुवाससः ॥ ६ ॥
दृष्ट्वा स्वनिलयाभ्याशे लोलाक्षीर्मृष्टकुण्डलाः ।
पतिं भूतपतिं देवं औत्सुक्यादभ्यभाषत ॥ ७ ॥
उनले आफ्नो निवासस्थान कैलाश नजिक भएर गन्दर्भ, यक्षहरू आफ्ना स्त्री सहित कुण्डल हार आदि गहनाहरू पहिएर पिताका
यज्ञतिर जादै गरेको देखिन् । यसले गर्दा उनलाई धेरै उत्सुकता जाग्यो र आफ्ना पति
भूतनाथ संग भनिन् ॥ ७ ॥
सत्युवाच–
(इंद्रवज्रा)
प्रजापतेस्ते श्वशुरस्य साम्प्रतं
निर्यापितो यज्ञमहोत्सवः
किल ।
वयं च तत्राभिसराम वाम ते
यद्यर्थितामी विबुधा
व्रजन्ति हि ॥ ८ ॥
सतीले भनिन्–
वामदेव ! यसबखत हजुरका ससुरा दक्षप्रजापतिको घरमा ठुलो यज्ञ हुदैछ ।
हेर्नुहोस यी सबै देवताहरू त्यहि जान लागेका हुन् यदि तपाईको इच्छा छ भने हामी पनि
जाऔं ।।८।।
तस्मिन् भगिन्यो मम भर्तृभिः स्वकैः
ध्रुवं गमिष्यन्ति
सुहृद्दिदृक्षवः ।
अहं च तस्मिन् भवताभिकामये
सहोपनीतं
परिबर्हमर्हितुम् ॥ ९ ॥
आफ्ना आत्मीयजनहरू, बहिनीहरू पनि
पतिका साथ त्यहाँ आउनेछन । सानीआमा तथा आफ्नी स्नेहमयी आमालाई भेट्ने धेरै दिन
देखिको इच्छा छ । मलाई पनि हजुरका साथ त्यहाँ गएर बाबा आमाले दिएको गहनाहरू उपहारहरू
लिने इच्छा छ ।।९।।
तत्र स्वसॄर्मे ननु भर्तृसम्मिता
मातृष्वसॄः क्लिन्नधियं
च मातरम् ।
द्रक्ष्ये चिरोत्कण्ठमना महर्षिभिः
उन्नीयमानं च
मृडाध्वरध्वजम् ॥ १० ॥
त्वय्येतदाश्चर्यमजात्ममायया
विनिर्मितं भाति
गुणत्रयात्मकम् ।
तथाप्यहं योषिदतत्त्वविच्च ते
दीना दिदृक्षे भव मे
भवक्षितिम् ॥ ११ ॥
प्रभु ! यस जगतको उत्पत्तिको कारण तपाई नै हुनुुहुन्छ । तपाईको
मायाले रचिएको यो परम आश्चर्यमय त्रिगुणात्मक जगत तपाईमा प्रकाशमान भैरहेको छ । म
स्त्रीजाति भएकीले तपाईको तत्वको बारेमा जान्दिन । म दुःखी पनि छु त्यसैले मलाई
अहिले आफ्नो जन्मभूमी हेर्ने पनि ठुलो इच्छा छ ।।११।।
पश्य प्रयान्तीरभवान्ययोषितो
ऽप्यलङ्कृताः कान्तसखा
वरूथशः ।
यासां व्रजद्भिः शितिकण्ठ मण्डितं
नभो विमानैः कलहंसपाण्डुभिः ॥ १२ ॥
हेर्नुहोस ! दक्षसंग सम्बन्ध नभएको कति स्त्रीहरू पनि आफ्ना पतिका
साथ सजिएर त्यहाँ गएकाछन् । त्यहाँ जानलागेका देवाङ्गनाहरूको राजहंस जस्तो विमानले
आकास मण्डल कति सुशोभित भएकोछ ।।१२।।
कथं सुतायाः पितृगेहकौतुकं
निशम्य देहः सुरवर्य
नेङ्गते ।
अनाहुता अप्यभियन्ति सौहृदं
भर्तुर्गुरोर्देहकृतश्च
केतनम् ॥ १३ ॥
सुरश्रेष्ठ ! आफ्ना पिताको यज्ञको बारेमा थाहा पाएर उसैकि छोरीको
शरीर त्यहाँ जानको लागि किन छटपटाउदैन र । पति गुरु आमाबाबु आदि ले नबोलाए पनि
त्यहाँ जान सक्छन ।।१३।।
तन्मे प्रसीदेदममर्त्य वाञ्छितं
कर्तुं भवान्कारुणिको
बतार्हति ।
त्वयात्मनोऽर्धेऽहमदभ्रचक्षुषा
निरूपिता मानुगृहाण
याचितः ॥ १४ ॥
त्यसैले तपाई मसंग खुसि हुनुहोस् । मेरो इच्छालाई पूरा गरिदिनुहोस् ।
तपाई करुणामय हुनुहुन्छ, परम ज्ञानी
हुनु्हुन्छ त्यसैले मलाई आफ्नो आधा अंगको ठाँउ दिनुभएको छ । त्यसैले अब मेरो यो
याचनालाई ध्यान दिएर मेरो अनुरोधलाई स्विकार गर्नुहोस् ।।१४।।
ऋषिरुवाच–
एवं गिरित्रः प्रिययाभिभाषितः
प्रत्यभ्यधत्त प्रहसन्
सुहृत्प्रियः ।
संस्मारितो मर्मभिदः कुवागिषून्
यानाह को विश्वसृजां
समक्षतः ॥ १५ ॥
मैत्रेय ऋषिले भने–
आफ्नी प्यारी सतीले यस्तो
विन्ति गरेपछि आत्मीयलाई प्रेम गर्ने भगवान शंकरलाई दक्षप्रजापतिको त्यो मर्मभेदि
वाणरुपी दुर्वचनको संझनाभयो । अनि शंकरले हास्दै भन्नुभयो ।।१५।।
श्रीभगवानुवाच–
त्वयोदितं शोभनमेव शोभने
अनाहुता अप्यभियन्ति
बन्धुषु ।
ते यद्यनुत्पादितदोषदृष्टयो
बलीयसान् आत्म्यमदेन
मन्युना ॥ १६ ॥
भगवान शंकरले भन्नुभयो–
सुन्दरी तिमीले भनेको कुरा ठिकै हो आफ्नो वन्धुजन कहाँ नबोलाउदा पनि
जान सकिन्छ तर उस्को दृष्टि कुनैपनि देहाभिमानले उत्पन्न भएको द्वेष र रिसले युक्त
भएको नहोस ।।१६।।
विद्यातपोवित्तवपुर्वयःकुलैः
सतां गुणैः
षड्भिरसत्तमेतरैः ।
स्मृतौ हतायां भृतमानदुर्दृशः
स्तब्धा न पश्यन्ति हि
धाम भूयसाम् ॥ १७ ॥
विद्या, तप, धन, स्वस्थ शरीर, युवावस्था र उच्चकूल यी ६ चिज सत्पुरुषको गुण हो तर अभिमान बढ्नाले
दृष्टिदेष हुन्छ र विवेक शक्ति नष्ट हुन्छ । यहीकारण उसमा महापुरुषको प्रभाव देख्न
सकिर्दैन ।।१७।।
नैतादृशानां स्वजनव्यपेक्षया
गृहान्
प्रतीयादनवस्थितात्मनाम् ।
येऽभ्यागतान् वक्रधियाभिचक्षते
आरोपितभ्रूभिरमर्षणाक्षिभिः ॥ १८ ॥
जसले आफुकहाँ ब्यक्तिलाई कुटिल बुध्दिले हेर्दछ यस्ता अब्यवस्थित
चित्त भएका मानिसकोमा त्यहाँ यो हाम्रो वान्धव हो भनेर कहिले पनि जान हुदैन ।।१८।।
तथारिभिर्न व्यथते शिलीमुखैः
शेतेऽर्दिताङ्गो हृदयेन
दूयता ।
स्वानां यथा वक्रधियां दुरुक्तिभिः
दिवानिशं तप्यति
मर्मताडितः ॥ १९ ॥
देवी ! सत्रुको बाड विझ्नाले पनि त्यस्तो ब्यथा हुदैन, जुन आफन्तको कुटिल वचनले हुन्छ किनकि वाणले शरीर छिन्नभिन्न हुँदापनि
जिनतिन निद्रा आउँछ तर कुवाक्यका कारण हृदय छेडिदा हुने हृदयको पीडाले मानिसको दिनरातको निद्रा हराउदछ
।।१९।।
व्यक्तं त्वमुत्कृष्टगतेः प्रजापतेः
प्रियात्मजानामसि सुभ्रु
मे मता ।
तथापि मानं न पितुः प्रपत्स्यसे
मदाश्रयात्कः परितप्यते
यतः ॥ २० ॥
सुन्दरी तिमी परमोन्नति प्राप्त गरेका दक्षप्रजापतिकी कन्याहरू मध्दे
अत्यन्त प्यारी हौ भन्नेकुरा जान्दछु । तैपनि ममा आश्रित भएकी कारण तिमीले आफ्ना
पिताबाट मान पदवी पाउदिनौ किनकि उनी मसंग धेरै द्वेष राख्दछन् ।।२०।।
पापच्यमानेन हृदाऽऽतुरेन्द्रियः
समृद्धिभिः
पूरुषबुद्धिसाक्षिणाम् ।
अकल्प एषामधिरोढुमञ्जसा
परं पदं द्वेष्टि
यथासुरा हरिम् ॥ २१ ॥
अहंकार सुन्य महापुरुषको सम्बृध्दिलाई देखेर जसको हृदयमा सन्ताप र
इन्द्रियमा ब्यथा हुन्छ त्यो ब्यक्ति उस्को पदको सुगमतालाई प्राप्त गर्न सक्तैन ।
अनि दैत्यगणहरू जसरी भगवान श्रीहरिमा द्ेवष राख्दछन् त्यसरी उनीहरू संग सत्रुत
राख्दछन ।।२१।।
प्रत्युद्गमप्रश्रयणाभिवादनं
विधीयते साधु मिथः
सुमध्यमे ।
प्राज्ञैः परस्मै पुरुषाय चेतसा
गुहाशयायैव न देहमानिने
॥ २२ ॥
सुमध्यमा ! तिमी भन्न सक्दछ्यौ कि प्रजापतिहरूको यज्ञमा उनको आदर किन
नगरेको, उनको सन्मुख जानु नम्रता देखाउनु,
प्रणाम गर्नु आदि कामहरू जुन लोक ब्यबहारमा एक
आर्कोमा गरिन्छ । तत्वज्ञानीहरू धेरै राम्रो संग गर्दछन । वहाँ अन्तर्यामी रुपले
सबैको अन्तःकरणमा स्थित परमपुरुष वासुदेवलाई नै प्रणाम गर्दछन् देहाभिमानीलाई
गर्दनैन् ।।२२।।
सत्त्वं विशुद्धं वसुदेवशब्दितं
यदीयते तत्र पुमानपावृतः
।
सत्त्वे च तस्मिन् भगवान् वासुदेवो
ह्यधोक्षजो मे नमसा विधीयते ॥ २३ ॥
विसुध्द अन्तःकरणको नाम नै वासुदेव हो । किनकि त्यहिँ बाटै भगवान
वासुदेवको प्रत्यक्ष अनुभव हुन्छ । उनै सुध्द चित्तमा स्थित इन्द्रियातीत भगवान्
वासुदेवलाई नै म नमस्कार गर्दछु ।।२३।।
तत्ते निरीक्ष्यो न पितापि देहकृद्
दक्षो मम द्विट्
तदनुव्रताश्च ये ।
यो विश्वसृग्यज्ञगतं वरोरु मां
अनागसं
दुर्वचसाकरोत्तिरः ॥ २४ ॥
त्यसैले प्रजापतिको यज्ञमा म बाट कुनै अपराध नहुदापनि कटुवाक्यले
तिरस्कार गरेका थए । यद्यपि उनै दक्ष तिम्रो शरीरलाई उत्पन्न गराउने पिता हुन
तापनि मेरो सत्रु भएका कारण तिमीले उसलाई अथवा उसका अनुन्यायीहरूलाई हेर्न पनि
उचित हुदैन ॥ २४ ॥
यदि व्रजिष्यस्यतिहाय मद्वचो
भद्रं भवत्या न ततो
भविष्यति ।
सम्भावितस्य स्वजनात्पराभवो
यदा स सद्यो मरणाय
कल्पते ॥ २५ ॥
यदि मेरो कुरालाई नमानेर त्यहाँ गयौभने तिम्रो भलो हुनेछैन । किनकि कुनै प्रतिष्ठित
ब्यक्ति आफ्नो आत्मजनबाट अपमान हुन्छ भने तत्काल उसको मृत्युको कारण बन्दछ ।।२५
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे उमारुद्रसंवादे तृतीयोऽध्यायः ॥ ३ ॥