#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - चतुर्विंशोऽध्यायः

श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - चतुर्विंशोऽध्यायः



श्रीराजोवाच - 
भगवन् श्रोतुमिच्छामि हरेरद्भुततकर्मणः । 
अवतारकथामाद्यां मायामत्स्यविडम्बनम् ॥ १ ॥ 

राजा परीक्षितले सोधे–
भगवानका लीला अवतारहरु लिएर कर्महरु गर्नुहुन्छ । वहाँले एक पटक आफ्ने योगमायाले मत्स्यावतार धारण गरेर बडो सुन्दर लीला गर्नु भएको थियो । म वहाँको त्यहि आदि अवतारको कथा सुन्न चहान्छु ।।१।।

यदर्थमदधाद् रूपं मात्स्यं लोकजुगुप्सितम् । 
तमःप्रकृतिदुर्मर्षं कर्मग्रस्त इवेश्वरः ॥ २ ॥ 

भगवन् ! भगवान् सर्वशक्तिमान हुनुहुन्छ । फेरी वहाँले कर्म बन्धनमा बाँधिएको जीव जस्तो भएर यो मत्स्य रुप किन धारण गर्नु भयो ? तमोगुण र असह्य परतन्त्रताले युक्त भएको यो मत्स्ययोनि एक त लोकमा निन्दित पनि छ ।। २ ।।

एतन्नो भगवन्सर्वं यथावद्वक्तुमर्हसि । 
उत्तमश्लोकचरितं सर्वलोकसुखावहम् ॥ ३ ॥ 

भगवान्को पवित्र कीर्तनीय चरित्रको श्रवण सबै प्राणीहरुलाई सुख मिल्दछ । अब कृपा गरेर  कृपा गरेर वहाँको त्यो सबै लीला हामीलाई पूर्णरुपले बताउनु होस ।।३।।

श्रीसूत उवाच - 
इत्युक्तो विष्णुरातेन भगवान् बान्बादरायणिः । 
उवाच चरितं विष्णोः मत्स्यरूपेण यत्कृतम् ॥ ४ ॥ 

सूतजी भन्नुहुन्छ–
र्शानकादि ऋषिहरु हो ! जब राजा परीक्षितले भगवान् शुकदेवजीसंग यस्तो प्रश्न गरे, तब वहाँले भगवान्ले धारण गर्नु भएको मत्स्यावतारणको लीलाको बारेमा वर्णन गर्नु भयो ।।४।।

श्रीशुक उवाच - 
गोविप्रसुरसाधूनां छन्दसामपि चेश्वरः । 
रक्षां इच्छन् तनु धत्ते धर्मस्यार्थस्य चैव हि ॥ ५ ॥ 

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! भगवान् सबैका एकमात्र प्रभु हुनुहुन्छ । तापनि वहाँ गाई, ब्राम्हण, देवता, साधु, वेद, धर्म र अर्थको रक्षाका लागि शरीर धारण गर्ने गर्नुहुन्छ ।।५।।

उच्चावचेषु भूतेषु चरन् वायुरिवेश्वरः । 
नोच्चावचत्वं भजते निर्गुणत्वाद्धियो गुणैः ॥ ६ ॥ 

वहाँ सर्वशक्तिमान प्रभु वायुले झैं साना ठुला सबै प्राणीहरुमा अन्तर्यामी रुपले लीला गर्नु हुन्छ । तर ती प्राणीहरुको बुद्धिगत गुणले वहाँ सानु ठुलो हुनुहुदैन । किनकि वहाँ त समस्त प्रकृति गुणले रहित निर्गुण हुनुहुन्छ ।।६।।

आसीद् अतीतकल्पान्ते ब्राह्मो नैमित्तिको लयः । 
समुद्रोपप्लुतास्तत्र लोका भूरादयो नृप ॥ ७ ॥ 

परीक्षित ! पहिलो कल्पमा ब्रह्माजी सुत्नु भएका बखतमा ब्राह्म नामको नैमित्तिक प्रलय भएको थियो । त्यस समय भूर्लोक आदि सबैलोक समुद्रमा डुबेका थिए ।।७।।

कालेनागतनिद्रस्य धातुः शिशयिषोर्बली । 
मुखतो निःसृतान् वेदान् हयग्रीवोऽन्तिकेऽहरत् ॥ ८ ॥ 

प्रलय नजिक आएकोले वहाँलाई निद्रा लागेर सुतेका बखतमा सबै वेद वहाँको मुखबाट निक्लियो । सो वेदलाई वहाँको नजिकै रहेको हयग्रीव दैत्यले आफ्ने योगबलले हरेर लग्यो ।।८।।

ज्ञात्वा तद् दानवेन्द्रस्य हयग्रीवस्य चेष्टितम् । 
दधार शफरीरूपं भगवान् हरिरीश्वरः ॥ ९ ॥ 

भगवान्ले उसको यो चेष्टालाई थाहा पाएर वेदको उद्धार गर्नको लागि मत्स्यावतार लिनुभयो ।।९।।

तत्र राजऋषिः कश्चित् नाम्ना सत्यव्रतो महान् । 
नारायणपरोऽतप्यत् तपः स सलिलाशनः ॥ १० ॥ 

परीक्षित ! त्यस बखत सत्यव्रत नामका भगवत्परायण राजर्षि थिए उनी केवल जल मात्र पिएर तपस्या गरिरहेका थिए ।।१०।।

योऽसौ अस्मिन् महाकल्पे तनयः स विवस्वतः । 
श्राद्धदेव इति ख्यातो मनुत्वे हरिणार्पितः ॥ ११ ॥ 

उनै सत्यव्रत वर्तमान कल्पमा विवश्वान (सूर्यका छोरा) श्राद्धदेव नामले प्रसिद्ध भए र उनलाई भगवान्ले सातौ मनुको रुपमा वैवश्वत मनु बनाउनु भयो ।।११।।

एकदा कृतमालायां कुर्वतो जलतर्पणम् । 
तस्याञ्जलि उदके काचित् शफर्येकाभ्यपद्यत ॥ १२ ॥ 

एकदिन ति राजा कृतमाला नदीमा जलले तर्पण गरिरहेका थिए । त्यसै समय उनको अञ्जलीको जलमा एउटा साने माछो आयो ।।१२।।

सत्यव्रतोऽञ्जलिगतां सह तोयेन भारत । 
उत्ससर्ज नदीतोये शफरीं द्रविडेश्वरः ॥ १३ ॥ 

परीक्षित ! द्रविड देशका राजा सत्यव्रतले आफ्ने हातमा आएको माछोलाई पानीसंगै नदीमा हालिदए ।।१३।।

तं आह सातिकरुणं महाकारुणिकं नृपम् । 
यादोभ्यो ज्ञातिघातिभ्यो दीनां मां दीनवत्सल । 
कथं विसृजसे राजन् भीतामस्मिन् सरिज्जले ॥ १४ ॥ 

त्यस माछोले बडो करुणाले ती दयालु राजा सत्यव्रतसंग भन्यो, राजन ! तपाई धेरै दीनदयालु हुनुहुन्छ । जल जन्तुले आफ्ना जाती पनि खाइदिन्छन भन्ने कुरा तपाई जान्नुहुन्छ । म उनीहरुको डरले अत्यन्त व्याकुल भएको छु । तपाईले मलाई फेरी यहि नदीको जलमा किन छोडिरहनु भएको हो ? ।।१४।।

तमात्मनोऽनुग्रहार्थं प्रीत्या मत्स्यवपुर्धरम् । 
अजानन् रक्षणार्थाय शफर्याः स मनो दधे ॥ १५ ॥ 

भगवान स्वयं आफ्नो उद्धारका लागि आउनु भएको छ भन्ने कुराको पत्तो पाएनन् तैपनि उनले  त्यस माछोको रक्षा गर्ने मनले संकल्प गरे ।।१५।।

तस्या दीनतरं वाक्यं आश्रुत्य स महीपतिः । 
कलशाप्सु निधायैनां दयालुर्निन्य आश्रमम् ॥ १६ ॥ 

राजा सत्यव्रतले त्यस माछोको दया लाग्दो वचन सुनेर उसलाई आफ्नो कमण्डलुको जलमा राखेर आफ्नो आश्रममा लिएर अए ।।१६।।

सा तु तत्रैकरात्रेण वर्धमाना कमण्डलौ । 
अलब्ध्वाऽऽत्मावकाशं वा इदमाह महीपतिम् ॥ १७ ॥ 

आश्रममा ल्याए पछि एकै रातमा त्यो माछो यति बढ्यो कि त्यस कमण्डलुमा नै नअटाउने भयो । त्यस समय माछोले राजालाई भन्यो– ।।१७।।

नाहं कमण्डलौ अवस्मिन् कृच्छ्रं वस्तुमिहोत्सहे । 
कल्पयौकः सुविपुलं यत्राहं निवसे सुखम् ॥ १८ ॥ 

अब त म यस कमण्डलुमा कष्ट गरेर बस्न सक्तिन, अब सुख संग रहनका लागि अरु कुनै ठुलो ठाँउको व्यवस्था गरिदिनुहोस ॥ १८ ॥  

स एनां तत आदाय न्यधादौदञ्चनोदके । 
तत्र क्षिप्ता मुहूर्तेन हस्तत्रयमवर्धत ॥ १९ ॥ 

राजा सत्यव्रतले माछोलाइ्र्र कमण्डलुबाट निकालेर पानि भएको ठुलो भाँडोमा रादिदिए । तर त्यहाँ राख्दा पनि त्यो माछो दुई घडिमा नै तीन हात बढ्यो ।।१९।।

न मे एतद् अलं राजन् सुखं वस्तुमुदञ्चनम् । 
पृथु देहि पदं मह्यं यत्त्वाहं शरणं गता ॥ २० ॥ 

फेरी माछोले सत्यव्रतलाई भन्यो– अब म यो भाँडोमा पनि सुखपूर्वक बस्न सक्तिन । म तिम्रो शरणमा परेको छु, अब मलाई बस्नको लागि कुनै ठुलो ठाँउको व्यवस्था गर ।।२०।।

तत आदाय सा राज्ञा क्षिप्ता राजन् सरोवरे । 
तद् आवृत्यात्मना सोऽयं महामीनोऽन्ववर्धत ॥ २१ ॥ 

परीक्षित ! राजा सत्यव्रतले त्यस माछोलाई तत्यो भाँडोबाट उठाएर तलाउमा लगेर छाडिदिए । तर त्यो थोरै बेरमै यति ठुलो भयो कि उसले महामत्स्यको आकार ग्रहण गरेर पुरै सरोवरलाई ढाकि हाल्यो ।।२१।।

नैतन्मे स्वस्तये राजन् उदकं सलिलौकसः । 
निधेहि रक्षायोगेन ह्रदे मामविदासिनि ॥ २२ ॥ 

फेरी त्यो मत्स्यले भन्यो– राजन ! म जलचर प्राणी हुँ । यो सरोवरको जल पनि मलाई सुख पूर्वक रहन पर्याप्त छैन । त्यसैले तपाईले मलाई कुनै अगाध समुद्रमा लगेर राखि दिनुहोस ।।२२।।

इत्युक्तः सोऽनयन्मत्स्यं तत्र तत्राविदासिनि । 
जलाशयेऽसम्मितं तं समुद्रे प्राक्षिपज्झषम् ॥ २३ ॥ 

मत्स्यभगवान्ले यसो भने पछि उनले उहाँलाई कुनै अगाध समुद्रमा लिएर गए तर जति ठुलो समुद्र थियो त्यति नै ठुलो हुनुभयो । अन्त्यमा उनले त्यो लीला मत्स्यलाई समुद्रमा छाडिदिए ।।२३।।

क्षिप्यमाणस्तमाहेदं इह मां मकरादयः । 
अदन्त्यतिबला वीर मां नेहोत्स्रष्टुमर्हसि ॥ २४ ॥ 

समुद्रमा हाल्ने बेलामा उसले राजालाई भन्यो– वीर ! समुद्रमा ठुला ठुला बली मगर हुन्छन, तीनीहरुले मलाई खाइदिन्छन त्यसैले तपाई मलाई समुद्रको जलमा नछाड्नु होस ।।२४।।

एवं विमोहितस्तेन वदता वल्गुभारतीम् । 
तमाह को भवान् अस्मान् मत्स्यरूपेण मोहयन् ॥ २५ ॥ 

माछोको यस्तो मिठो बोली सुनेर राजा सत्यव्रत मोहमुग्ध भए । अनि उनले भने– यो मत्स्यको रुप धारण गरेर मलाई मोहित गर्ने तपाई को हुनुहुन्छ ? ।।२५।।

नैवं वीर्यो जलचरो दृष्टोऽस्माभिः श्रुतोऽपि वा । 
यो भवान् योजनशतं अह्नाभिव्यानशे सरः ॥ २६ ॥ 

तपाईले एकै दिनमा चार सय कोसको फैलिएको समुद्रलाईनै ढाकिदिनु भयो । आज सम्म यस्तो शक्ति भएको जलजन्तु न पहिले पहिला देखेको थिएं न सुनेकै नै थिएं ।।२६।।

नूनं त्वं भगवान् साक्षात् हरिर्नारायणोऽव्ययः । 
अनुग्रहाय भूतानां धत्से रूपं जलौकसाम् ॥ २७ ॥ 

अवस्य पनि तपाई साक्षत सर्वशक्तिमान सर्वान्तर्यामी अविनाशी श्रीहरि हुनुहुन्छ । जीवलाई अनुग्रह गर्नका लागि तपाईले यो जलचरको रुप धारण गर्नु भएको हो ।।२७।।

नमस्ते पुरुषश्रेष्ठ स्थित्युत्पत्त्यप्ययेश्वर । 
भक्तानां नः प्रपन्नानां मुख्यो ह्यात्मगतिर्विभो ॥ २८ ॥ 

हे पुरुषोत्तम ! तपाई जगतको उत्पत्ति, स्थिति र प्रलय गर्नुहुन्छ । तपाई सबैका स्वामी हुनुहुन्छ । म तपाईलाई नमस्कार गर्दछु । प्रभो ! हामी शरणागत भक्तका आत्मा र आश्रय तपाईनै हुनुहुन्छ ।।२८।।

सर्वे लीलावतारास्ते भूतानां भूतिहेतवः । 
ज्ञातुमिच्छाम्यदो रूपं यदर्थं भवता धृतम् ॥ २९ ॥ 

तपाईका सबै लीला अवतारहरु प्राणीहरुको रक्षाका लागि नै हुन्छ । तपाईले अहिले यो रुप कुन उद्देश्यले लिनु भएको हो ? म जान्न चाहान्चु । ।।२९।।

न तेऽरविन्दाक्ष पदोपसर्पणं 
     मृषा भवेत्सर्वसुहृत् प्रियात्मनः । 
यथेतरेषां पृथगात्मनां सतां 
     अदीदृशो यद्वपुरद्भुवतं हि नः ॥ ३० ॥ 

हे कमलनयन प्रभो ! जसरी देहादि अनात्मपदार्थमा आफ्नोपनको अभिमान गर्ने संसारी पुरुषको आश्रय व्यर्थ हुन्छ, त्यसरी नै तपाईको चरणको शरण त व्यर्थ हुन सक्तैन, किनकि तपाई परम प्रियतम र आत्मा हुनुहुन्छ । तपाईले यस समय जुन रुप धारण गरेर हामीलाई दर्शन दिनु भएको छ, यो बडो विचित्रको छ ।।३०।। 

श्रीशुक उवाच - 
इति ब्रुवाणं नृपतिं जगत्पतिः 
     सत्यव्रतं मत्स्यवपुर्युगक्षये । 
विहर्तुकामः प्रलयार्णवेऽब्रवीत् 
     चिकीर्षुः एकान्तजनप्रियः प्रियम् ॥ ३१ ॥ 

परीक्षित ! आफ्ना अनन्य प्रेमी भक्तहरुलाई अत्यन्त प्रेम गर्नु हुने जब जगत्पति मत्स्यभगवान्ले आफ्ना प्यारा भक्त सत्यव्रतको यो प्रार्थना सुन्नुभएपछि उनको हित गर्नाको लागि, साथै युगको अन्त्यमा प्रलयकालीन समुद्रमा विहार गर्ने इच्छाले प्रकट भएर उनीसंग भन्नुभयो ।।३१।।

श्रीभगवानुवाच - 
(अनुष्टुप्) 
सप्तमे ह्यद्यतनाद् ऊर्ध्वं अहन्येतदरिन्दम । 
निमंक्ष्यत्यप्ययाम्भोधौ त्रैलोक्यं भूर्भुवादिकम् ॥ ३२ ॥ 

भगवान्ले भन्नुभयो–
सत्यव्रत ! आजको सातौं दिनमा भूर्लोक आदि तीनैलोक समुद्रमा डुब्नेछ ।।३२।।

त्रिलोक्यां लीयमानायां संवर्ताम्भसि वै तदा । 
उपस्थास्यति नौः काचिद् विशाला त्वां मयेरिता ॥ ३३ ॥ 

जब तीनैलोक प्रलयकालको समुद्रमा डुब्न लाग्दछ तेतिखेर मेरो प्रेरणाले तिम्रो नजिक एउठा ठुलो डुंगा आउने छ ।।३३।। 

त्वं तावदोषधीः सर्वा बीजानि उच्चावचानि च । 
सप्तर्षिभिः परिवृतः सर्वसत्त्वोपबृंहितः ॥ ३४ ॥ 

त्यस समयमा तिमी सबै प्राणीको सूक्ष्मशरीरलाई लिएर सप्तऋषिहरुका साथ त्यस डुंगामा चढ्नु र सबै धान्य तथा साना ठुला वीजहरुलाई साथैमा राख्नु ।।३४।।

आरुह्य बृहतीं नावं विचरिष्यस्यविक्लवः । 
एकार्णवे निरालोके ऋषीणामेव वर्चसा ॥ ३५ ॥ 

त्यस समयमा सबैतिर घोर अन्धकारको प्रलयसागर हुनेछ  । प्रकाश हुदैन । केवल ऋषिहरुको दिव्य ज्योतिको सहारा हुनेछ आफुलाई कुनै कष्ट नलिइकन तिमी त्यस डुंगामा चढेर विचरण गर्नु ।।३५।।

दोधूयमानां तां नावं समीरेण बलीयसा । 
उपस्थितस्य मे शृंगे निबध्नीहि महाहिना ॥ ३६ ॥ 

प्रचण्ड आँधि चल्नाले डुंगा हल्लिन लाग्नेछ, त्यतिबेला म यसैरुपमा त्यहाँ आउने छु । तिमीहरुले वसुकि नागद्वारा त्यस डुंगालाई मेरो सिंगमा बाधिदिनु ।।३६।।

अहं त्वां ऋषिभिः साकं सहनावमुदन्वति । 
विकर्षन् विचरिष्यामि यावद्ब्रानह्मी निशा प्रभो ॥ ३७ ॥ 

सत्यब्रत त्यसपछि जबसम्म ब्रह्माजीको रात्रीको समाप्ति नहुन्जेल सम्म ऋषिहरुका साथ तिमीलाई त्यस डुंगामा बसाएर समुद्रको विचरण गराउँदछु ।।३७।।

मदीयं महिमानं च परं ब्रह्मेति शब्दितम् । 
वेत्स्यसि अनुगृहीतं मे संप्रश्नैर्विवृतं हृदि ॥ ३८ ॥ 

त्यस समयमा जब तिमी प्रश्न गर्नेछौ र म तिमीलाई उपदेश दिनेछु । मेरो अनुग्रहले परब्रह्म परमेश्वरको महिमाको बारेमा तिमीलाई ज्ञान हुनेछ तिमीले उनलाई राम्ररी जान्नेछौ ।।३८।।

इत्थमादिश्य राजानं हरिरन्तरधीयत । 
सोऽन्ववैक्षत तं कालं यं हृषीकेश आदिशत् ॥ ३९ ॥ 

राजा सत्यव्रतलाई यस्तो आदेश दिएर भगवान् त्यहाँबाट अन्तर्धान हुनभयो । त्यसपछि राजा भगवान्ले दिनुभएको त्यही समयको प्रतिक्षा गर्नलागे,।।३९।।

आस्तीर्य दर्भान् प्राक्कूलान् राजर्षिः प्रागुदंमुखः । 
निषसाद हरेः पादौ चिन्तयन् मत्स्यरूपिणः ॥ ४० ॥ 

राजा सत्यब्रत कुशको अगाडि पटिको भाग टुप्पोलाई पूर्व पारेर त्यसै कुसमा पूर्व मुख बसेर मत्स्यरुप भगवान्को चिन्तन गर्न लागे ।।४०।।

ततः समुद्र उद्वेलः सर्वतः प्लावयन् महीम् । 
वर्धमानो महामेघैः वर्षद्भिः समदृश्यत ॥ ४१ ॥ 

यसरी बस्दा बस्दै भगवान्ले बताउनु त्यो समय पनि आयो त्यतिकैमा राजाले हेर्दा हेर्दै समुद्र आफ्नो मर्यादा बढ्न थाल्यो । प्रलयकालको भयंकर मेघ वर्षा हुन लाग्यो । हेर्दा हेर्दै नै सबै पृथ्वी डुब्न लाग्यो ।।४१।।

ध्यायन् भगवदादेशं ददृशे नावमागताम् । 
तामारुरोह विप्रेन्द्रैः आदायौषधिवीरुधः ॥ ४२ ॥ 

त्यसै समयमा एउट डुंगा पनि त्यहाँ आयो राजाले भगवान्ले दिनु भएको वचनलाई सम्झेर उनी धान्य तथा अरु वीज लिएर सप्तऋषिका साथ त्यस ढुंगामा चढे ।।४२।।

तं ऊचुर्मुनयः प्रीता राजन् ध्यायस्व केशवम् । 
स वै नः संक्स्द् अस्माद् अविता शं विधास्यति ॥ ४३ ॥ 

सप्तऋषिहरुले बडो प्रेमले राजा सत्यव्रतलाई भने– राजन अब तिमी भगवान्को ध्यान गर । उनैले हामीलाई यस संकटबाट बचाउँनेछन, उनैले हाम्रो कल्याण गर्ने छन ।।४३।।

सोऽनुध्यातस्ततो राज्ञा प्रादुरासीन् महार्णवे । 
एकशृंगधरो मत्स्यो हैमो नियुतयोजनः ॥ ४४ ॥ 

सप्तर्षिहरुको आज्ञाले राजाले भगवान्को ध्यान गर्न लागे । त्यसै समयमा त्यस महान समुद्रमा मत्स्यको रुपमा भगवान् प्रकट हुनुभयो । वहाँको सुन समान तेजिलो शरीर थियो, वहाँको शरीरको चार लाख कोस सम्म फैलिएको थियो त्यसैगरि शरीरमा एउटा ठुलो सिंग थियो ।।४४।।

निबध्य नावं तत् श्रृंगे यथोक्तो हरिणा पुरा । 
वरत्रेणाहिना तुष्टः तुष्टाव मधुसूदनम् ॥ ४५ ॥ 

भगवान्ले पहिला बताउनु भए जस्तै गरि वासुकि नागद्वार त्यो डुंगालाई मत्स्यरुप भगवान्को सिंगमा बाँधिदिए त्यसपछि सत्यव्रत व्रत राजा प्रसन्न भएर भगवान्को स्तुति गरे ।।४५।।

श्रीराजोवाच - 
अनाद्यविद्योपहतात्मसंविदः 
     तन्मूलसंसारपरिश्रमातुराः । 
यदृच्छयेहोपसृता यमाप्नुयुः 
     विमुक्तिदो नः परमो गुरुर्भवान् ॥ ४६ ॥ 

राजा सत्यव्रतले भने–
प्रभो ! संसारका  जीवहरुको आत्मज्ञान अनादि अविद्याले ढाकिएका कारण उनीहरु संसारको अनेकौं दुःखले पीडित भएका हुन्छन । अनि मात्र तपाईको चरणको दर्शन प्राप्त गर्दछन । त्यसैले सबै प्राणीलाई वास्तविक मुक्ति दिने परम गुरु तपाई नै हुनुहुन्छ ।।४६।।

जनोऽबुधोऽयं निजकर्मबन्धनः 
     सुखेच्छया कर्म समीहतेऽसुखम् । 
यत्सेवया तां विधुनोत्यसन्मतिं 
     ग्रन्थिं स भिन्द्याद् हृदयं स नो गुरुः ॥ ४७ ॥ 

यी अज्ञानी जीवलाई तपाईले कर्मबन्धनमा बाँधिदिनु भएकाले । उनीहरु पाउने इच्छाले अनेकौ  दुःखरुपी कर्ममा लाग्दछन । पछि तपाईकै सेवामा लाग्नाले उनीहरुको सबै अज्ञान नाश हुन्छ यस्ता तपाई परम गुरुले मेरो हृदयको बन्धन काटि दिनोस ।।४७।। 

यत्सेवयाग्नेरिव रुद्ररोदनं 
     पुमान् विजह्यान् मलमात्मनस्तमः । 
भजेत वर्णं निजमेष सोऽव्ययो 
     भूयात् स ईशः परमो गुरोर्गुरुः ॥ ४८ ॥ 

जसरी सुन चाँदीलाई अग्निमा तताउँदा उसको विकार (मल) हटेर जान्छ, उसको वास्तविक स्वरुप देखिन्छ, त्यसरु नै तपाईको सेबा गर्ने जीवको पनि तपाईको दर्शनको प्रभावले उसको अन्तःकरणको अज्ञानरुपी मल हटेर जान्छ । यस्ता सर्वशक्तिमान अविनाशी प्रभु सबैका गुरु हुनुहुन्छ र मेरो पनि गुरु हो ।।४८।।

न यत्प्रसादायुतभागलेशं 
     अन्ये च देवा गुरवो जनाः स्वयम् । 
कर्तुं समेताः प्रभवन्ति पुंसः 
     तं ईश्वरं त्वां शरणं प्रपद्ये ॥ ४९ ॥ 

संसारमा जति पनि देवता गुरु एवं अरु पनि प्राणीहरु छन, ती सबैले स्वतन्त्ररुपले एकैसाथ मिलेर कृपा गरे भनेपनि तपाईको कृपाको दस हजार खण्डको एक खण्ड बराबर पनि गर्न सक्तैनन । प्रभो ! तपाई नै सर्वशक्तिमान हुनुहुन्छ म तपाईको शरण ग्रहण गर्दछु ।।४९।।

अचक्षुरन्धस्य यथाग्रणीः कृतः 
     तथा जनस्याविदुषोऽबुधो गुरुः । 
त्वं अर्कदृक् सर्वदृशां समीक्षणो 
     वृतो गुरुर्नः स्वगतिं बुभुत्सताम् ॥ ५० ॥ 

जसरी कुनै अन्धाले अन्धोलाई नै बाटो देखाउने साहार बनाउदा गन्तव्यको ठेगान पाउँदैन  त्यसरी अज्ञानी जीव अज्ञानीलाई नै आफ्नो गुरु बनाएर अनेकौं कष्ट भोग्दछन । तपाई सूर्य समान स्वयंप्रकाश र समस्त इन्द्रियका प्रेरक हुनुहुन्छ । हामी आत्मतत्वका जिज्ञासु तपाईलाई नै गुरुको रुपमा वरण गर्दछौं ।।५०।।

जनो जनस्यादिशतेऽसतीं गतिं 
     यया प्रपद्येत दुरत्ययं तमः । 
त्वं त्वव्ययं ज्ञानममोघमञ्जसा 
     प्रपद्यते येन जनो निजं पदम् ॥ ५१ ॥ 

एउटा अज्ञानीले अर्को अज्ञानीलाई दिने उपदेश ता अज्ञान नै दिन्छ । जसको पछि लाग्दा संसाररुप घोर अन्धकार प्राप्ति हुन्छ । तर तपाई ता अविनाशी एवं अमोघ ज्ञानको उपदेश गर्नुहुन्छ, जसले मानिसलाई अनायास नै आफ्नो वास्तविक स्वरुपलाई सजिलैसंग प्राप्त गर्दछ ।।५१।।

त्वं सर्वलोकस्य सुहृत् प्रियेश्वरो 
     ह्यात्मा गुरुर्ज्ञानमभीष्टसिद्धिः । 
तथापि लोको न भवन्तमन्धधीः 
     जानाति सन्तं हृदि बद्धकामः ॥ ५२ ॥ 

तपाई सबै लोकको सुहृद प्रियतम, ईश्वर र आत्मा हुनुहुन्छ । गुरु, र गुरुद्वारा प्राप्त हुने ज्ञान र इच्छा अनुसार प्राप्त हुने सिद्धि पनि तपाईकै स्वरप हो । यसो हुँदा पनि अनेक कर्म  बन्धना अल्झिएर मानिस अन्धो बनेका छन । आफ्नो हुदयमा नै तपाई विराजमान हुनु भएको छ भन्ने कुराको उनीहरुलाई कुनै ज्ञान हुदै ।।५२।।

तं त्वामहं देववरं वरेण्यं 
     प्रपद्य ईशं प्रतिबोधनाय । 
छिन्ध्यर्थदीपैर्भगवन् वचोभिः 
     ग्रन्थीन् हृदय्यान् विवृणु स्वमोकः ॥ ५३ ॥ 

तपाई देवताको पनि आराध्यदेव परम पूजनीय परमेश्वर हुनुहुन्छ । म तपाई संग ज्ञान प्राप्तिका लागि तपाईको शरणमा आएको छु । तपाईले आफ्नो परमार्थस्वरुप वाणीद्वारा मेरो हृदयको ग्रन्थीलाई काटिदिनु होस र आफ्नो स्वरुपलाई प्रकाशित गरी दिनुहोस ।।५३।।

श्रीशुक उवाच - 
(अनुष्टुप्) 
इत्युक्तवन्तं नृपतिं भगवान् आदिपूरुषः । 
मत्स्यरूपी महाम्भोधौ विहरन् तत्त्वमब्रवीत् ॥ ५४ ॥ 

शुकदेवजी भन्नुहुन्छ– 
परीक्षित ! राजा सत्यव्रतले यस प्रकार प्रार्थना गरेपछि समुद्रमा विहार गरिरहेका ती राजालाई मत्स्यरुप पुरुषोत्तम भगवानले आत्मतत्वको उपदेश दिनुभयो ।।५४।।

पुराणसंहितां दिव्यां सांख्ययोगक्रियावतीम् । 
सत्यव्रतस्य राजर्षेः आत्मगुह्यमशेषतः ॥ ५५ ॥ 

भगवान्ले राजर्षि सत्यव्रतलाई आफ्नो स्वरुपको सम्पूर्ण रहस्यको वर्णन गर्दै ज्ञान, भक्ति र कर्मयोगले परिपूर्ण दिव्य पुराणको उपदश दिनुभयो, जसको नाम मत्स्य पुराण हो ।।५५।।

अश्रौषीद् ऋषिभिः साकं आत्मतत्त्वं असंशयम् । 
नाव्यासीनो भगवता प्रोक्तं ब्रह्म सनातनम् ॥ ५६ ॥ 

सत्यव्रतले ऋषिहरुको डुंगामा बसेर नै भगवान्ले उपदेश दिनु भएको ब्रह्मस्वरुप आत्मज्ञानलाई कुनै प्रकारको सन्देह नराखिकन ग्रहण गरे ।।५६।।

अतीतप्रलयापाय उत्थिताय स वेधसे । 
हत्वासुरं हयग्रीवं वेदान्प्रत्याहरद्धरिः ॥ ५७ ॥ 

त्यसैक्रममा अघिल्लो समयको प्रलयको अन्त भयो र ब्रह्माजीको निद्रा बाट ब्युझनु भयो ।  त्यसपछि भगवान्ले हयग्रीव असुरलाई मारेर उ संग वेद खोसेर ब्रह्माजीलाई दिनु भयो ।।५७।।

स तु सत्यव्रतो राजा ज्ञानविज्ञानसंयुतः । 
विष्णोः प्रसादात् कल्पेऽस्मिन् आसीत् वैवस्वतो मनुः ॥ ५८ ॥ 

भगवान्को कृपाले राजा सत्यव्रत ज्ञान र विज्ञानले युक्त भएर यस कल्पमा वैवस्वत मनु भए ।।५८।।

सत्यव्रतस्य राजर्षेः मायामत्स्यस्य शार्ङ्गिणः । 
संवादं महदाख्यानं श्रुत्वा मुच्येत किल्बिषात् ॥ ५९ ॥ 

जसले आफ्नो योगमायाले मत्स्यरुप धारण गर्नु भएका भगवान् विष्णु र राजर्षि सत्यव्रतको संवादको बारेको यो श्रेष्ठ कथा सुन्दछ भने उसले सबै प्रकारको पापबाट बाट मुक्ति पाउने छ ।।५९।।

अवतारं हरेर्योऽयं कीर्तयेद् अन्वहं नरः । 
संकल्पास्तस्य सिध्यन्ति स याति परमां गतिम् ॥ ६० ॥ 

भगवान्को यस अवतारको बारेमा जसले नित्य श्रवण गर्दछ, गान गर्दछ, भने उसको कामनाहरु पूर्ण हुनेछन र उसले परमगति प्राप्त गर्दछ ।।६०।।

प्रलयपयसि धातुः सुप्तशक्तेर्मुखेभ्यः 
     श्रुतिगणमपनीतं प्रत्युपादत्त हत्वा । 
दितिजमकथयद् यो ब्रह्म सत्यव्रतानां 
     तमहमखिलहेतुं जिह्ममीनं नतोऽस्मि ॥ ६१ ॥ 

प्रलयकालिन समुद्रमा ब्रह्मा सयन गरिरहनु भएको बखतमा उहाँको सृष्टिशक्ति लुप्त भैसकेको थियो, त्यसैबखत बखत हयग्रीवले वेदलाई चोरेर लगेको थियो भगवान्ले उसलाई मारेर त्यो श्रतिहरु ब्रहजीलाई फर्काउनु भयो । त्यसैगरी सप्तर्षि तथा सत्यव्रतलाई ब्रह्मतत्वको बारेमा उपदेश दिनु भयो । वहाँ समस्त जगतको परम कारण मत्स्यरुप भगवान्लाई म नमस्कार गर्दछु ।।६१।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे मत्यावतारचरितानुवर्णनं चतुर्विंशोऽध्यायः ॥ २४ ॥