/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

तृतीय स्कंधः - चतुर्दशोऽध्यायः

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः– चतुर्दशोऽध्यायः


 

(दिति र कश्यपको प्रसङ्ग)
 
श्रीशुक उवाच
निशम्य कौषारविणोपवर्णितां
    हरेः कथां कारणसूकरात्मनः ।
पुनः स पप्रच्छ तमुद्यताञ्जलिः
    न च अतितृप्तो विदुरो धृतव्रतः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजीले भन्नुभयोहे राजन्! प्रयोजनवश वराह रूप धारण गर्नुभएका श्रीहरिको कथा मैत्रेयजीको मुखबाट सुनेर पनि व्रतधारी विदुरजीलाई पूर्ण तृप्ति भएन; अतः उहाँले पुनः हात जोडेर बिन्ती गर्नुभयो ।।१।।
 
विदुर उवाच
तेनैव तु मुनिश्रेष्ठ हरिणा यज्ञमूर्तिना ।
आदिदैत्यो हिरण्याक्षो हत इत्यनुशुश्रुम ॥ २ ॥
नेपाली भावानुवादः विदुरजीले भन्नुभयोहे मुनिश्रेष्ठ! यज्ञमूर्ति भगवान् श्रीहरिले नै आदिदैत्य हिरण्याक्षलाई मार्नुभयो भन्ने कुरा मैले सुनेको छु ।।२।।
 
तस्य च उद्धरतः क्षौणीं स्वदंष्ट्राग्रेण लीलया ।
दैत्यराजस्य च ब्रह्मन् कस्माद् हेतोः अभून्मृधः ॥ ३ ॥
नेपाली भावानुवादः हे ब्रह्मन्! जुन समयमा भगवान्‌ले लीलापूर्वक आफ्नो दाह्राको टुप्पोमा पृथ्वीलाई उचालेर जलबाट निकाल्नुभएको थियो, त्यस समयमा दैत्यराज हिरण्याक्षसँग उहाँको युद्ध के कारणले भयो? ।।३।।
 
मैत्रेय उवाच
साधु वीर त्वया पृष्टं अवतारकथां हरेः ।
यत्त्वं पृच्छसि मर्त्यानां मृत्युपाशविशातनीम् ॥ ४ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे वीर विदुर! तिमीले धेरै उत्तम प्रश्न सोध्यौ; किनकि तिमीले श्रीहरिको अवतार-कथाका बारेमा जिज्ञासा राख्यौ, जुन मनुुष्यको मृत्युपासोलाई काट्ने साधन हो ।।४।।
 
ययोत्तानपदः पुत्रो मुनिना गीतयार्भकः ।
मृत्योः कृत्वैव मूर्ध्न्यङ्घ्रिं आरुरोह हरेः पदम् ॥ ५ ॥
नेपाली भावानुवादः हेर, राजा उत्तानपादका पुत्र ध्रुवले बालककालमै मुनि नारदबाट सुनेको हरिकथाको प्रभावले मृत्युलाई शिरमाथि टेकेर (मृत्युमाथि विजय पाएर) भगवान्‌को परम पद प्राप्त गरेका थिए ।।५।।
 
अथात्रापीतिहासोऽयं श्रुतो मे वर्णितः पुरा ।
ब्रह्मणा देवदेवेन देवानां अनुपृच्छताम् ॥ ६ ॥
नेपाली भावानुवादः प्राचीन कालमा वराह भगवान् र हिरण्याक्षको युद्धका विषयमा देवताहरूले प्रश्न गर्दा देवदेव ब्रह्माजीले सुनाउनुभएको यो इतिहास मैले परम्परागत रूपमा सुनेको हुँ ।।६।।
 
दितिर्दाक्षायणी क्षत्तः मारीचं कश्यपं पतिम् ।
अपत्यकामा चकमे सन्ध्यायां हृच्छयार्दिता ॥ ७ ॥
नेपाली भावानुवादः हे विदुर! एक पटक दक्षपुत्री दिति सन्तान प्राप्तिको इच्छाले कामातुर भई सन्ध्याकालमा आफ्ना पति मरीचिनन्दन कश्यपजीकहाँ गइन् ।।७।।
 
इष्ट्वाग्निजिह्वं पयसा पुरुषं यजुषां पतिम् ।
निम्लोचत्यर्क आसीनं अग्न्यगारे समाहितम् ॥ ८ ॥
नेपाली भावानुवादः त्यस समय कश्यपजी सूर्यास्तको समयमा अग्निशालामा एकाग्र भई खीरको आहुतिद्वारा यज्ञपति भगवान्‌को आराधना गरेर बसिरहनुभएको थियो ।।८।।
 
दितिरुवाच
एष मां त्वत्कृते विद्वन् काम आत्तशरासनः ।
दुनोति दीनां विक्रम्य रम्भामिव मतङ्गजः ॥ ९ ॥
नेपाली भावानुवादः दितिले भनिन्हे विद्वान्! मतवाला हात्तीले केराको झ्याङलाई उखेले झैँ धनुर्धारी कामदेवले म दीन नारीलाई हजुरको संसर्गका लागि पीडा दिइरहेको छ ।।९।।
 
तद्भवान् दह्यमानायां सपत्नीनां समृद्धिभिः ।
प्रजावतीनां भद्रं ते मय्यायुङ्क्तामनुग्रहम् ॥ १० ॥
नेपाली भावानुवादः मेरा सौताहरू सन्तानका कारण सुखी र समृद्ध भएको देख्दा म डाहले जलिरहेकी छु; अतः मलाई पुत्र प्रदान गरी हजुरले अनुग्रह गर्नुहोस्, हजुरको कल्याण होस् ।।१०।।
 
भर्तर्याप्तोरुमानानां लोकानाविशते यशः ।
पतिर्भवद्विधो यासां प्रजया ननु जायते ॥ ११ ॥ नेपाली भावानुवादः जसको गर्भबाट हजुर जस्तो पति नै पुत्रका रूपमा जन्मन्छन्, ती नारी नै वास्तवमा सम्मानित हुन्छिन् र उनको सुयश संसारभर फैलिन्छ ।।११।।
 
पुरा पिता नो भगवान् दक्षो दुहितृवत्सलः ।
कं वृणीत वरं वत्सा इत्यपृच्छत नः पृथक् ॥ १२ ॥
नेपाली भावानुवादः हाम्रा पिता भगवान् दक्ष छोरीहरूप्रति निकै स्नेही हुनुहुन्थ्यो। एक पटक उहाँले हामी सबैलाई छुट्टाछुट्टै बोलाएर "कसलाई पति बनाउन चाहन्छौ?" भनी सोध्नुभयो ।।१२।।
 
स विदित्वात्मजानां नो भावं सन्तानभावनः ।
त्रयोदशाददात्तासां यास्ते शीलमनुव्रताः ॥ १३ ॥
नेपाली भावानुवादः हाम्रा पिताले छोरीहरूको मनोभाव बुझेर हजुरको गुण र स्वभावका कारण हामी १३ जना दिदीबहिनीलाई हजुरसँगै विवाह गरिदिनुभयो ।।१३।।
 
अथ मे कुरु कल्याण कामं कञ्जविलोचन ।
आर्तोपसर्पणं भूमन् अमोघं हि महीयसि ॥ १४ ॥
नेपाली भावानुवादः अतः हे मङ्गलमूर्ते! हे कमलनयन! मेरो इच्छा पूर्ण गरिदिनुहोस्। हे भूमन्! हजुर जस्ता महापुरुषका शरणमा आएका दुःखीहरूको मनोरथ कहिल्यै निष्फल हुँदैन ।।१४।।
 
इति तां वीर मारीचः कृपणां बहुभाषिणीम् ।
प्रत्याहानुनयन् वाचा प्रवृद्धानङ्गकश्मलाम् ॥ १५ ॥
नेपाली भावानुवादः हे वीर! कामवेगले अत्यन्त व्याकुल भई दीन वचन बोलिरहेकी दितिलाई कश्यपजीले मधुर वाणीमा सम्झाउँदै भन्नुभयो ।।१५।।
 
एष तेऽहं विधास्यामि प्रियं भीरु यदिच्छसि ।
तस्याः कामं न कः कुर्यात् सिद्धिस्त्रैवर्गिकी यतः ॥ १६ ॥
नेपाली भावानुवादः हे भीरु! तिमी जे चाहन्छौ, म तिम्रो त्यो इच्छा अवश्य पूरा गर्नेछु; किनकि पत्नीबाट नै धर्म, अर्थ र कामयी तीनै पुरुषार्थको सिद्धि हुन्छ। यस्ती पत्नीको कामना कुन पुरुषले पूरा गर्दैन? ।।१६।।
 
सर्वाश्रमानुपादाय स्वाश्रमेण कलत्रवान् ।
व्यसनार्णवमत्येति जलयानैर्यथार्णवम् ॥ १७ ॥
नेपाली भावानुवादः जसरी जहाज चढेर मानिसले समुद्र पार गर्छ, त्यसै गरी गृहस्थीले अन्य आश्रमहरूलाई आश्रय दिँदै आफ्नो आश्रमको सहायताले दुःखको सागर सजिलै पार गर्छ ।।१७।।
 
यामाहुरात्मनो ह्यर्धं श्रेयस्कामस्य मानिनि ।
यस्यां स्वधुरमध्यस्य पुमांश्चरति विज्वरः ॥ १८ ॥
नेपाली भावानुवादः हे मानिनी! श्रेय चाहने पुरुषका लागि पत्नीलाई आधा अङ्ग भनिएको छ। उनीमाथि नै घरव्यवहारको भार सुम्पेर पुरुष ढुक्क भई हिँड्न सक्छ ।।१८।।
 
यामाश्रित्येन्द्रियारातीन् दुर्जयानितराश्रमैः । वयं जयेम हेलाभिः दस्यून् दुर्गपतिर्यथा ॥ १९ ॥ नेपाली भावानुवादः अन्य आश्रमहरूका लागि अजेय मानिने इन्द्रियरूपी शत्रुहरूलाई हामी गृहस्थहरूले पत्नीको आश्रय लिएर त्यसरी नै सजिलै जित्छौँ, जसरी किल्लाको मालिकले लुटेराहरूलाई पराजित गर्छ ।।१९।।
 
न वयं प्रभवस्तां त्वां अनुकर्तुं गृहेश्वरि ।
अप्यायुषा वा कार्त्स्न्येन ये चान्ये गुणगृध्नवः ॥ २० ॥
नेपाली भावानुवादः हे गृहेश्वरी! तिम्रो यो उपकारको बदला म वा अन्य गुणग्राही पुरुषले आफ्नो सम्पूर्ण आयु लगाएर वा जन्मान्तरसम्म पनि चुकाउन सक्दैनौँ ।।२०।।
 
अथापि काममेतं ते प्रजात्यै करवाण्यलम् ।
यथा मां नातिरोचन्ति मुहूर्तं प्रतिपालय ॥ २१ ॥
नेपाली भावानुवादः तैपनि सन्तान प्राप्तिको तिम्रो यो इच्छा म अवश्य पूरा गर्दछु; तर तिमी एक मुहूर्त पर्ख, जसबाट मानिसले मेरो निन्दा गर्ने अवसर नपाऊन् ।।२१।।
 
एषा घोरतमा वेला घोराणां घोरदर्शना ।
चरन्ति यस्यां भूतानि भूतेशानुचराणि ह ॥ २२ ॥
नेपाली भावानुवादः यो समय अत्यन्त भयानक छ। यस समयमा भगवान् भूतनाथका गण र अन्य डरलाग्दा भूत-प्रेतहरू विचरण गरिरहेका हुन्छन् ।।२२।।
 
एतस्यां साध्वि सन्ध्यायां भगवान् भूतभावनः ।
परीतो भूतपर्षद्भिः वृषेणाटति भूतराट् ॥ २३ ॥
नेपाली भावानुवादः हे साध्वी! यस सन्ध्याकालमा भूतभावन भूतपति भगवान् शङ्कर आफ्ना गणहरूका साथ साँढेमा चढेर डुलिरहनुहुन्छ ।।२३।।
 
श्मशानचक्रानिलधूलिधूम्र
    विकीर्णविद्योतजटाकलापः ।
भस्मावगुण्ठामलरुक्मदेहो
    देवस्त्रिभिः पश्यति देवरस्ते ॥ २४ ॥
नेपाली भावानुवादः श्मशानको हावाले उडाएको खरानीले गर्दा जसको जटा धुलाम्य भई चम्किरहेको छ र सुन जस्तै गोरो शरीरमा भष्म दलिएको छ, तिम्रा ती देवर महादेव आफ्ना तीन नेत्रले सबै कुरा देखिरहनुहुन्छ ।।२४।।
 
न यस्य लोके स्वजनः परो वा
    नात्यादृतो नोत कश्चिद्विगर्ह्यः ।
वयं व्रतैर्यत् चरणापविद्धां
    आशास्महेऽजां बत भुक्तभोगाम् ॥ २५ ॥
नेपाली भावानुवादः संसारमा उहाँका लागि कोही आफ्नो वा पराई छैन, न कोही धेरै आदरणीय वा निन्दित नै छ। हामी व्रतहरूको पालना गरेर जुन मायाबाट मुक्त हुन चाहन्छौँ, उहाँले त त्यसलाई लात मारिसक्नुभएको छ ।।२५।।
 
यस्यानवद्याचरितं मनीषिणो
    गृणन्त्यविद्यापटलं बिभित्सवः ।
निरस्तसाम्यातिशयोऽपि यत्स्वयं
    पिशाचचर्यामचरद्गतिः सताम् ॥ २६ ॥
नेपाली भावानुवादः अविद्याको पर्दा हटाउन चाहने ज्ञानीहरू उहाँको निर्मल चरित्रको गान गर्दछन्। उहाँ समान वा उहाँभन्दा ठूलो कोही छैन। तैपनि सज्जनहरूको गति हुनुभएका उहाँ स्वयं पिशाच झैँ आचरण गर्नुहुन्छ ।।२६।।
 
हसन्ति यस्याचरितं हि दुर्भगाः
    स्वात्मन् रतस्याविदुषः समीहितम् ।
यैर्वस्त्रमाल्याभरणानुलेपनैः
    श्वभोजनं स्वात्मतयोपलालितम् ॥ २७ ॥
 नेपाली भावानुवादः यो शरीर कुकुरको आहारा हो, तर जसले यसलाई आत्मा ठानेर वस्त्र र गहनाले सजाउँछन्, तिनै अभागीहरू आत्माराम भगवान् शङ्करको आचरण देखेर हाँस्छन् ।।२७।।
 
ब्रह्मादयो यत्कृतसेतुपाला
    यत्कारणं विश्वमिदं च माया ।
आज्ञाकरी यस्य पिशाचचर्या
    अहो विभूम्नश्चरितं विडम्बनम् ॥ २८ ॥
नेपाली भावानुवादः ब्रह्मा आदि लोकपालहरू उहाँकै मर्यादाको पालना गर्छन्। उहाँ नै विश्वको कारण हुनुहुन्छ र माया उहाँकै आज्ञाकारी छिन्। अहो! विभु परमात्माको यो पिशाच जस्तो आचरण केवल लीला मात्र हो ।।२८।।
 
मैत्रेय उवाच
सैवं संविदिते भर्त्रा मन्मथोन् मथितेन्द्रिया ।
जग्राह वासो ब्रह्मर्षेः वृषलीव गतत्रपा ॥ २९ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोपतिले यसरी सम्झाउँदा पनि कामवश इन्द्रियहरू व्याकुल भएकी दितिले लाज पचाएर वेश्याले झैँ ब्रह्मर्षि कश्यपजीको लुगा समातिन् ।।२९।।
 
स विदित्वाथ भार्यायाः तं निर्बन्धं विकर्मणि ।
नत्वा दिष्टाय रहसि तयाथोपविवेश हि ॥ ३० ॥
नेपाली भावानुवादः कश्यपजीले आफ्नो पत्नीको त्यस निन्दित कर्मप्रतिको हठ बुझेर दैवलाई नमस्कार गर्नुभयो र एकान्तमा उनीसँग समागम गर्नुभयो ।।३०।।
 
अथोपस्पृश्य सलिलं प्राणानायम्य वाग्यतः ।
ध्यायन् जजाप विरजं ब्रह्म ज्योतिः सनातनम् ॥ ३१ ॥
 नेपाली भावानुवादः त्यसपछि उहाँले जलमा स्नान गरी, प्राणवायुलाई संयममा राखेर मौन भई विशुद्ध ज्योतिर्मय सनातन ब्रह्मको ध्यान र जप गर्न थाल्नुभयो ।।३१।।
 
दितिस्तु व्रीडिता तेन कर्मावद्येन भारत ।
उपसङ्गम्य विप्रर्षिं अधोमुख्यभ्यभाषत ॥ ३२ ॥
नेपाली भावानुवादः हे भारत! दितिलाई पनि आफ्नो त्यस निन्दित कर्मप्रति पछि लाज लाग्यो। उनी कश्यपजीको नजिक गइन् र टाउको निहुराएर बिन्ती गर्न थालिन् ।।३२।।
 
दितिरुवाच
न मे गर्भमिमं ब्रह्मन् भूतानां ऋषभोऽवधीत् ।
रुद्रः पतिर्हि भूतानां यस्याकरवमंहसम् ॥ ३३ ॥
नेपाली भावानुवादः दितिले भनिन्हे ब्रह्मन्! मैले भगवान् रुद्रको अपराध गरेकी छु, तर ती भूतनाथले मेरो यो गर्भलाई नष्ट नगरिदिऊन् ।।३३।।
 
नमो रुद्राय महते देवायोग्राय मीढुषे ।
शिवाय न्यस्तदण्डाय धृतदण्डाय मन्यवे ॥ ३४ ॥
नेपाली भावानुवादः उग्र तर वरदायक भगवान् रुद्रलाई मेरो नमस्कार छ। उहाँ सज्जनका लागि शिव (कल्याणकारी) र दुर्जनका लागि दण्डधारी हुनुहुन्छ ।।३४।।
 
स नः प्रसीदतां भामो भगवानुर्वनुग्रहः ।
व्याधस्याप्यनुकम्प्यानां स्त्रीणां देवः सतीपतिः ॥ ३५ ॥
नेपाली भावानुवादः उहाँका लागि स्त्रीहरू सधैँ दयाका पात्र हुन्। सतीका पति र परम कृपालु उहाँ मप्रति प्रसन्न हुनुहोस् ।।३५।।
 
मैत्रेय उवाच
स्वसर्गस्याशिषं लोक्यां आशासानां प्रवेपतीम् ।
निवृत्तसन्ध्यानियमो भार्यामाह प्रजापतिः ॥ ३६ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे विदुर! सन्ध्यावन्दनाबाट निवृत्त भएपछि प्रजापति कश्यपले आफ्ना सन्तानको कल्याणका लागि थरथर काम्दै प्रार्थना गरिरहेकी दितिलाई यसो भन्नुभयो ।।३६।।
 
कश्यप उवाच
अप्रायत्यादात्मनस्ते दोषान्मौहूर्तिकादुत ।
मन्निदेशातिचारेण देवानां चातिहेलनात् ॥ ३७ ॥
नेपाली भावानुवादः कश्यपजीले भन्नुभयोतिम्रो मन कामवासनाले अशुद्ध थियो, समय पनि अशुभ थियो, तिमीले मेरो आज्ञा मानिनौ र देवताहरूको पनि अवहेलना गर्यौ ।।३७।।
भविष्यतस्तवाभद्रौ अभद्रे जाठराधमौ । लोकान्सपालांस्त्रींश्चण्डि मुहुराक्रन्दयिष्यतः ॥ ३८ ॥ नेपाली भावानुवादः हे चण्डी! तिम्रो कोखबाट दुई अत्यन्त अमङ्गलकारी र अधर्मी पुत्र जन्मिनेछन्, जसले पटक-पटक तीनै लोक र लोकपालहरूलाई पीडा दिनेछन् ।।३८।।
प्राणिनां हन्यमानानां दीनानां अकृतागसाम् । स्त्रीणां निगृह्यमाणानां कोपितेषु महात्मसु ॥ ३९ ॥ नेपाली भावानुवादः जब उनीहरूले निर्दोष प्राणीहरूलाई मार्नेछन्, स्त्रीहरूमाथि अत्याचार गर्नेछन् र महात्माहरूलाई दुःख दिनेछन् ।।३९।।
तदा विश्वेश्वरः क्रुद्धो भगवान् लोकभावनः । हनिष्यत्यवतीर्यासौ यथाद्रीन् शतपर्वधृक् ॥ ४० ॥ नेपाली भावानुवादः तब लोकपालक भगवान् विष्णुले अवतार लिएर उनीहरूको त्यसरी नै संहार गर्नुहुनेछ, जसरी इन्द्रले पहाडहरूलाई दमन गर्छन् ।।४०।।

दितिरुवाच
वधं भगवता साक्षान् सुनाभोदारबाहुना । आशासे पुत्रयोर्मह्यं मा क्रुद्धाद्ब्राह्मणाद् विभो ॥ ४१ ॥ नेपाली भावानुवादः दितिले भनिन्हे प्रभो! मेरा छोराहरूको मृत्यु साक्षात् सुदर्शन चक्रधारी भगवान्‌को हातबाटै होस्, तर ब्राह्मणको सरापबाट नहोस् ।।४१।।
 
न ब्रह्मदण्डदग्धस्य न भूतभयदस्य च । नारकाश्चानुगृह्णन्ति यां यां योनिमसौ गतः ॥ ४२ ॥ नेपाली भावानुवादः ब्राह्मणको श्रापले डढेको र प्राणीलाई दुःख दिने जीव जुन योनिमा गए पनि उसलाई नरकका जीवले समेत दया गर्दैनन् ।।४२।।
 
कश्यप उवाच
कृतशोकानुतापेन सद्यः प्रत्यवमर्शनात् ।
भगवत्युरुमानाच्च भवे मय्यपि चादरात् ॥ ४३ ॥
नेपाली भावानुवादः कश्यपजीले भन्नुभयोतिमीले आफ्नो गल्तीमा पश्चात्ताप गर्यौ, तिमीमा उचित विचार पनि पलायो र तिमीले भगवान् विष्णु, शिव र मप्रति पनि श्रद्धा प्रकट गर्यौ ।।४३।।
 
पुत्रस्यैव च पुत्राणां भवितैकः सतां मतः ।
गास्यन्ति यद्यशः शुद्धं भगवद्यशसा समम् ॥ ४४ ॥
नेपाली भावानुवादः त्यसैले तिम्रो एक छोराको सन्तान (नाति) यस्तो हुनेछ, जसलाई सज्जनहरूले सम्मान गर्नेछन् र उसको पवित्र यश भगवान्‌को यश सरह गाइनेछ ।।४४।।
 
योगैर्हेमेव दुर्वर्णं भावयिष्यन्ति साधवः ।
निर्वैरादिभिरात्मानं यच्छीलमनुवर्तितुम् ॥ ४५ ॥
नेपाली भावानुवादः जसरी खोटो सुनलाई तताएर शुद्ध पारिन्छ, त्यसै गरी साधुहरूले उसको स्वभावको अनुकरण गर्नका लागि आफ्नो अन्तःकरणलाई शुद्ध पार्नेछन् ।।४५।।
 
यत्प्रसादादिदं विश्वं प्रसीदति यदात्मकम् ।
स स्वदृग्भगवान् यस्य तोष्यतेऽनन्यया दृशा ॥ ४६ ॥
नेपाली भावानुवादः जसको कृपाले सारा संसार प्रसन्न हुन्छ, ती स्वयंप्रकाश भगवान् विष्णु उसको अनन्य भक्तिबाट सन्तुष्ट हुनुहुनेछ ।।४६।।
 
स वै महाभागवतो महात्मा
    महानुभावो महतां महिष्ठः ।
प्रवृद्धभक्त्या ह्यनुभाविताशये
    निवेश्य वैकुण्ठमिमं विहास्यति ॥ ४७ ॥
नेपाली भावानुवादः हे दिति! तिम्रो त्यो नाति ठूलो भगवद्भक्त, उदार, प्रभावशाली र महापुरुषहरूका लागि पनि पूज्य हुनेछ र अन्त्यमा भगवान्‌लाई हृदयमा धारण गरेर देह त्याग गर्नेछ ।।४७।।
 
अलम्पटः शीलधरो गुणाकरो
    हृष्टः परर्ध्या व्यथितो दुःखितेषु ।
अभूतशत्रुर्जगतः शोकहर्ता
    नैदाघिकं तापमिवोडुराजः ॥ ४८ ॥
नेपाली भावानुवादः उ विषयवासनाबाट टाढा, शीलवान् र गुणको खानी हुनेछ। उ अरूको सुखमा सुखी र दुःखमा दुःखी हुनेछ। उसले चन्द्रमाले गर्मीको ताप हरे झैँ संसारको शोकलाई शान्त पार्नेछ ।।४८।।
 
अन्तर्बहिश्चामलमब्जनेत्रं
    स्वपूरुषेच्छानुगृहीतरूपम् ।
पौत्रस्तव श्रीललनाललामं
    द्रष्टा स्फुरत्कुण्डलमण्डिताननम् ॥ ४९ ॥
नेपाली भावानुवादः तिम्रो नातिले ती कमलनयन श्रीहरिको प्रत्यक्ष दर्शन गर्नेछ, जो सर्वत्र विराजमान हुनुहुन्छ र आफ्ना भक्तका लागि दिव्य रूप धारण गर्नुहुन्छ ।।४९।।
 
मैत्रेय उवाच
श्रुत्वा भागवतं पौत्रं अमोदत दितिर्भृशम् ।
पुत्रयोश्च वधं कृष्णाद् विदित्वाऽऽसीन् महामनाः ॥ ५० ॥ नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोहे विदुर! आफ्नो नाति भगवान्‌को परम भक्त हुने कुरा सुनेर दिति धेरै प्रसन्न भइन्। आफ्ना छोराहरूको मृत्यु पनि भगवान्‌कै हातबाट हुने थाहा पाएर उनी ढुक्क भइन् ।।५०।।

इति श्रीमद्भागवते महापुराणे तृतीयस्कन्धे दितिकश्यपसंवादे 
चतुर्दशोऽध्यायः ।।१४।।

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

यस अध्यायमा मैत्रेय मुनिले विदुरजीलाई वराह अवतार र हिरण्याक्षको युद्धको पृष्ठभूमि सुनाउनुभएको छ। विदुरजीले भगवान् वराह र हिरण्याक्षको मुठभेडको कारण जान्न इच्छा गर्नुभयो। मैत्रेयजीले यसलाई 'मृत्युपाशकाट्ने पवित्र कथा भन्नुभएको छ। प्रसङ्ग अनुसारएक पटक सन्ध्याकालमा दक्षपुत्री दिति सन्तानको इच्छाले कामातुर भइन्। उनी आफ्ना पति कश्यपजीकहाँ गइन् र समागमका लागि प्रार्थना गरिन्। त्यस समय कश्यपजी भगवान्‌को ध्यान र अग्निहोत्रमा मग्न हुनुहुन्थ्यो। दितिले आफ्ना सौताहरूका सन्तान देखेर आफू पनि पुत्रवती हुन चाहेको बताइन्। कश्यपजीले दितिलाई मधुर वाणीले सम्झाउनुभयो र पत्नीको महत्त्व वर्णन गर्नुभयो। उहाँले पत्नीलाई 'गृहलक्ष्मीर पुरुषको आधा अङ्गका रूपमा प्रशंसा गर्नुभयो। तरकश्यपजीले त्यो समय सन्ध्याकाल भएको र भगवान् शिवको विचरण गर्ने समय भएकाले पर्खिन भन्नुभयो। सन्ध्याकालमा कामवासनामा लाग्नु शास्त्रविरुद्ध र अमङ्गलकारी हुने उहाँको मत थियो। उहाँले भगवान् शिवको डरलाग्दो तर कल्याणकारी स्वरूपको व्याख्या गर्नुभयो। कश्यपजीका अनुसार शिवजी पिशाच जस्तो देखिए पनि वास्तवमा जगत्‌का गुरु हुनुहुन्छ। दितिले कामवेगका कारण कश्यपजीको अर्ति मानिनन् र उहाँको वस्त्र समातेर हठ गरिन्। कश्यपजीले यसलाई 'दैवको इच्छामानेर दितिको कामना पूरा गरिदिनुभयो। समागमपछि कश्यपजीले पुनः स्नान गरी ब्रह्मको ध्यान गर्नुभयो। दिति पनि आफ्नो निन्दित कार्यप्रति लज्जित भइन् र कश्यपजीसँग क्षमा मागिन्। कश्यपजीले दितिलाई उनको गर्भबाट दुई भयानक दैत्य जन्मिने भविष्यवाणी सुनाउनुभयो। समयको दोषपतिको आज्ञा उल्लङ्घन र देवताको अवहेलनाले गर्दा अमङ्गल हुने उहाँले बताउनुभयो। उनीहरूले तीनै लोकमा हाहाकार मच्चाउने र ऋषि-मुनिहरूलाई दुःख दिने कुरा भयो। तरअधर्म बढेपछि स्वयं भगवान् विष्णुले अवतार लिएर उनीहरूको वध गर्ने कश्यपजीले आश्वासन दिनुभयो। दितिले आफ्ना छोराहरूको मृत्यु भगवान्‌कै हातबाट होस् तर ब्राह्मणको श्रापबाट नहोस् भन्ने इच्छा गरिन्। कश्यपजीले दितिको पश्चात्ताप देखेर उनको नाति (प्रह्लाद) परम भगवद्भक्त हुने वरदान दिनुभयो। त्यो नातिले भगवान्‌को अनन्य भक्ति गर्ने र सारा संसारको शोक हर्ने भविष्यवाणी गरियो। दितिले आफ्नो नाति भक्त हुने र छोराहरू भगवान्‌बाट मारिने कुराले सन्तोष व्यक्त गरिन्। यसरी यो अध्यायले समयको महत्त्वसंयम र ईश्वरको न्यायको बारेमा शिक्षा दिन्छ।

दार्शनिक पक्ष

यो अध्यायले समय (काल) र कर्मको महत्त्वलाई गहिरो रूपमा प्रस्तुत गरेको छ। सन्ध्याकाल जस्तो पवित्र र सन्धिकालमा गरिने निषिद्ध कर्मले कस्तो विनाशकारी परिणाम ल्याउँछ भन्ने यसको मुख्य दर्शन हो। कश्यपजीको अर्तिले 'इन्द्रिय संयमनै सफल गृहस्थ जीवनको आधार हो भन्ने बुझाउँछ। भगवान् शिवको 'पिशाचस्वरूप र 'कल्याणकारीस्वभावको वर्णनले बाह्य रूपभन्दा आन्तरिक तत्व प्रधान हुन्छ भन्ने सन्देश दिन्छ। 'दैववा भाग्य बलवान् हुन्छ भन्ने कुरा कश्यपजीले विवश भएर दितिको इच्छा पूरा गर्नुबाट प्रस्ट हुन्छ। दितिको पश्चात्तापले देखाउँछ कि भूल स्वीकार गर्दा भविष्यका केही अमङ्गलहरूलाई पनि शुभमा बदल्न सकिन्छ। कश्यपजीले भक्त प्रह्लादको आगमनको कुरा गरेर 'भक्तिको शक्तिलाई सर्वोपरि राख्नुभएको छ। यसले के बुझाउँछ भने खराब कुलमा पनि ईश्वरको कृपाले उत्तम सन्तान जन्मन सक्छ। भगवान्‌को हातबाट मारिनु पनि एक प्रकारको मोक्ष वा उद्धार नै हो भन्ने दार्शनिक धारणा यसमा छ। अन्त्यमायो अध्यायले प्रकृतिपुरुष र ईश्वरको लीलालाई सरल ढङ्गले व्याख्या गरेको छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...