#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दसमस्कन्धः – चतुःसप्ततितमोऽध्यायः

 
श्रीमद्‌भागवत महापुराण
दसमस्कन्धः – चतुःसप्ततितमोऽध्यायः



श्रीशुक उवाच–
(अनुष्टुप्)
एवं युधिष्ठिरो राजा जरासन्धवधं विभोः ।
कृष्णस्य चानुभावं तं श्रुत्वा प्रीतस्तमब्रवीत् ॥ १ ॥

श्रीशुकदेवजी भन्नुहुन्छ । हे परीक्षित जरासन्धको वध र सर्वशक्तिमान भगवान श्रीकृष्णको अद्भुत महिमाको बारेमा सुनेर धर्मराज युधिष्ठिर धेरै खुसी भए र भगवानलाई भन्नलागे ।।१।।
युधिष्ठिर उवाच–
ये स्युस्त्रैलोक्यगुरवः सर्वे लोकमहेश्वराः ।
वहन्ति दुर्लभं लब्ध्वा शिरसैवानुशासनम् ॥ २ ॥
धर्मराज युधिष्ठिरले भने– ! तीन लोकका स्वामी ब्रह्मा, शंकर आदि र इन्द्र आदि लोकपालहरू सबै हजुरकोे आज्ञा पाएर त्यसको पालनको लागि श्रद्धाका साथ स्वीकार गर्छन् ।।२।। 
स भवानरविन्दाक्षो दीनानामीशमानिनाम् ।
धत्तेऽनुशासनं भूमंस्तदत्यन्तविडम्बनम् ॥ ३ ॥
हे अनन्त ! हजुर आफैंमा शक्तिशाली भएर पनि हामी अत्यन्त दीनहीन भएर आफैंलाई इश्वर ठान्छौं तापनि हजुर हाम्रो आदेशलाई मान्नुहुन्छ, यो धेरै आश्चर्यको कुरा हो ।।३।। 
न ह्येकस्याद्वितीयस्य ब्रह्मणः परमात्मनः ।
कर्मभिर्वर्धते तेजो ह्रसते च यथा रवेः ॥ ४ ॥
जसरी सूर्य उदाउँदा वा अस्ताउँदा उसको तेज घट्ने बढ्ने हुँदैन त्यसरी नै हजुर नाम रहित अद्वितीय परब्रमस्वरुप परमात्मा भएका कारण हजुरको महिमा घट्ने बढ्ने हुँदैन ।।४।।
न वै तेऽजित भक्तानां ममाहमिति माधव ।
त्वं तवेति च नानाधीः पशूनामिव वैकृता ॥ ५ ॥
हे माधव ! हजुरलाई कसैले पनि पराजित गराउन सक्दैन । यो म हुँ र यो मेरो हो र यो तिमी हौ र यो तिम्रो हो भन्ने भेदबुध्दि हजुरका अनन्य भक्तहरूको मनमा कहिले पनि हुँदैन ।।५।। 
शुक उवाच–
इत्युक्त्वा यज्ञिये काले वव्रे युक्तान् स ऋत्विजः ।
कृष्णानुमोदितः पार्थो ब्राह्मणान् ब्रह्मवादिनः ॥ ६ ॥
श्रीशुकदेवजीले भन्नुभयो– हे परीक्षित ! यसो भन्दै धर्मराज युधिष्ठिरले भगवान कृष्णको अनुमति लिएर यज्ञको लागि उपयुक्त समय आएपछि योग्य ब्राह्मणहरूलाई ऋत्विज आचार्य आदिको रूपमा वरण गरे ।।६।। 
द्वैपायनो भरद्वाजः सुमन्तुर्गोतमोऽसितः ।
वसिष्ठश्च्यवनः कण्वो मैत्रेयः कवषस्त्रितः ॥ ७ ॥
विश्वामित्रो वामदेवः सुमतिर्जैमिनिः क्रतुः ।
पैलः पराशरो गर्गो वैशम्पायन एव च ॥ ८ ॥
अथर्वा कश्यपो धौम्यो रामो भार्गव आसुरिः ।
वीतिहोत्रो मधुच्छन्दा वीरसेनोऽकृतव्रणः ॥ ९ ॥
युधिष्ठिरले यज्ञकालागि वरण गरेका ऋषिहरु  कृष्णद्वैपायन, भारद्वाज, सुमन्तु, गौतम, असित, वसिष्ठ, च्यवन, कण्व, मैत्रेय, कवष, त्रित, विश्वामित्र, वामदेव, सुमती, जैमिनी, क्रतु, पैल, पराशर, गर्ग, वैशम्पायन, अथर्वा, कश्यप, धौम्य, परशुराम, शुक्राचार्य, आसुरी, वितिहोत्र, मधुछन्दा, वीरसेन र अकृतव्रण आदि ऋषिहरु थिए ।।७–९।। 
उपहूतास्तथा चान्ये द्रोणभीष्मकृपादयः ।
धृतराष्ट्रः सहसुतो विदुरश्च महामतिः ॥ १० ॥
ब्राह्मणाः क्षत्रिया वैश्याः शूद्रा यज्ञदिदृक्षवः ।
तत्रेयुः सर्वराजानो राज्ञां प्रकृतयो नृप ॥ ११ ॥
यिनीहरू बाहेक धर्मराजले द्रोणाचार्य, भीष्मपितामह, कृपाचार्य, धृतराष्ट्र र उनका छोराहरू दुर्योधन र महामती विदुर आदिलाई पनि निमन्त्रण गरेका थिए । त्यसैगरी राजसूय यज्ञको दर्शन गर्न अन्य निमन्त्रणा नगरिएका राजाहरू, उनीहरूका मन्त्रीहरू र सेवकहरू, ब्राह्मणहरू, क्षत्रियहरू, वैश्यहरू, शूद्रहरू पनि त्यहाँ आएकाथिए ।।११।। 
ततस्ते देवयजनं ब्राह्मणाः स्वर्णलाङ्‌गलैः ।
कृष्ट्वो तत्र यथाम्नायं दीक्षयाञ्चक्रिरे नृपम् ॥ १२ ॥
यसपछि, ऋत्विज ब्राह्मणहरूले सुनको हलोले यज्ञ भूमि जोते र बिधि अनुसार राजा युधिष्ठिरलाई यज्ञमा दिक्षित गरे। १२ ।। 
हैमाः किलोपकरणा वरुणस्य यथा पुरा ।
इन्द्रादयो लोकपाला विरिञ्चिभवसंयुताः ॥ १३ ॥
सगणाः सिद्धगन्धर्वा विद्याधरमहोरगाः ।
मुनयो यक्षरक्षांसि खगकिन्नरचारणाः ॥ १४ ॥
राजानश्च समाहूता राजपत्न्यरश्च सर्वशः ।
राजसूयं समीयुः स्म राज्ञः पाण्डुसुतस्य वै ॥ १५ ॥
प्राचीन समयमा, जसरी वरुणदेवको यज्ञमा सबै यज्ञपात्रहरु सुनबाट बनेका थिए, त्यसरी नै युधिष्ठिरको यज्ञमा सुनबाट बनेका थिए । पाण्डुनन्दन महाराज युधिष्ठिरको यज्ञमा आमन्त्रित भएपछि ब्रह्माजी, शंकरजी, इन्द्रादी लोकपाल, सिद्ध र गन्धर्वहरू आफ्ना दलका साथमा, विद्याधर, नाग, मुनि, यक्ष, राक्षस, पक्षी, किन्नर, चारणहरु तथा ठूला–ठूला राजा–रानीहरू पनि उपस्थित थिए ।।१३–१५।। 
मेनिरे कृष्णभक्तस्य सूपपन्नमविस्मिताः ।
अयाजयन् महाराजं याजका देववर्चसः ।
राजसूयेन विधिवत् प्रचेतसमिवामराः ॥ १६ ॥
त्यहाँ उपस्थित भएका सबैले कुनै शंका नगरिकन युष्ठिरलाई योग्य अधिकारीको रुपमा स्वीकार गरे । उपस्थित ब्राह्मणहरुले पहिला विगतमा जसरी वरुणको राजसूय यज्ञ गराएका थिए त्यसरी नै युधिष्ठिरको यज्ञ गराउन सुरु गरे ।।१६।। 
सूत्येऽहन्यवनीपालो याजकान् सदसस्पतीन् ।
अपूजयन् महाभागान् यथावत् सुसमाहितः ॥ १७ ॥
सोमलताबाट रस निकाल्ने दिन महाराजा युधिष्ठिरले सावधानी पूर्वक त्यहाँ यज्ञमा आमन्त्रित गरिएका योग्य पुरोहितहरू अन्य जिम्मेवारी पाएका सदस्यहरूलाई बिधिपूर्वक पूजा गरे ।।१७।। 
सदस्याग्र्यार्हणार्हं वै विमृशन्तः सभासदः ।
नाध्यगच्छन्ननैकान्त्यात् सहदेवस्तदाब्रवीत् ॥ १८ ॥
त्यहाँ यज्ञमा पहिलो पूजा कसको गर्ने भन्ने विषयमा सभाषद बिचमा छलफल भयो तर उनीहरुले कुनै टुंगो लगाउन नसकेकाले त्यस अवस्थामा सहदेवले भने– ।।१८।। 
अर्हति ह्यच्युतः श्रैष्ठ्यं भगवान्सात्वतां पतिः ।
एष वै देवताः सर्वा देशकालधनादयः ॥ १९ ॥
यदुवंशका मालिक भगवान श्रीकृष्ण सर्वश्रेष्ठ हुनुहुन्छ । देश, काल र धनसम्पत्ति सबै देवताहरूको रूपमा हुनुहुने हुनाले उहाँ नै पहिलो पूजा गर्न योग्य हुनुहुन्छ ।।१९।।  
यदात्मकमिदं विश्वं क्रतवश्च यदात्मकाः ।
अग्निराहुतयो मंत्राः साङ्ख्यं योगश्च यत्परः ॥ २० ॥
यो सम्पूर्ण संसार जसको रूप हो । सबै यज्ञहरू पनि उहाँकै रूप हो । जुन अग्नि, प्रसाद र मन्त्रको रूपमा ज्ञानमार्ग र कर्ममार्ग  यी दुवै जसको स्वरुपहो ती भगवान् श्रीकृष्ण नै हुनुहुन्छ ।।२०।। 
एक एवाद्‌वितीयोऽसावैतदात्म्यमिदं जगत् ।
आत्मनात्माश्रयः सभ्याः सृजत्यवति हन्त्यजः ॥ २१ ॥
हे सभाषदहरू ! भगवान श्रीकृष्ण अद्वितीय (सजातीय विजादिय भेन सून्य) आजन्मा र संसारका एकमात्र कारण हुनुहुन्छ वहाँ पहिला एक नै हुनुुहुन्थ्यो यस संसारका सृष्टि, स्थिति र संहारकर्ता पनि वहाँ नै हुनुहुन्छ ।।२१।।. 
विविधानीह कर्माणि जनयन् यदवेक्षया ।
ईहते यदयं सर्वः श्रेयो धर्मादिलक्षणम् ॥ २२ ॥
उनै भगवान् को अनुग्रहले नै सबै किसिमका कर्म गरेर धर्म, अर्थ काम र मोक्षको प्राप्त गर्दछ ।।२२।। 
तस्मात् कृष्णाय महते दीयतां परमार्हणम् ।
एवं चेत् सर्वभूतानामात्मनश्चार्हणं भवेत् ॥ २३ ॥
त्यसैले सबैभन्दा पहिले सर्वश्रेष्ठ भगवान श्रीकृष्णको मात्र पूजा गरियोस । यसो गर्नाले सम्पूर्ण प्राणीहरुको आफ्नो पूजा पनि हुनेछ ।।२३।।
सर्वभूतात्मभूताय कृष्णायानन्यदर्शिने ।
देयं शान्ताय पूर्णाय दत्तस्यानन्त्यमिच्छता ॥ २४ ॥
जसले आफुले गरेको दानको अनन्त फल चाहान्छ उसले सबै प्राणीहरुका आत्मस्वरुप भेदभावरहित, परम शान्तिप्रिय र पूर्णब्रह्मस्वरुप श्रीकृष्णलाई नै पहिलो पूजा दिनुपर्दछ ।।२४।।. 
इत्युक्त्वा सहदेवोऽभूत् तूष्णीं कृष्णानुभाववित् ।
तच्छ्रुत्वा तुष्टुवुः सर्वे साधु साध्विति सत्तमाः ॥ २५ ॥
सहदेवलाई भगवानको महिमा र उहाँको प्रभावको बारेमा राम्रो थाहा थियो । त्यसैले उनले यति भनेर उनी चुप लागे । त्यसबेला धर्मराज युधिष्ठिरको यज्ञमा उपस्थित सबै सज्जनहरुले सहदेवको भनाइलाई ठिक छ, ठिक छ भन्दै एक स्वरमा समर्थन जनाए ।।२५।। 
श्रुत्वा द्‌विजेरितं राजा ज्ञात्वा हार्दं सभासदाम् ।
समर्हयद्‌धृषीकेशं प्रीतः प्रणयविह्वलः ॥ २६ ॥
ब्राह्मणहरूको ठिक हो, ठिक हो भन्ने आवाज सुनेर र सभाषदहरूको मनसाय पनि बुझेर धर्मराज युधिष्ठिरले अत्यन्तै आनन्द र प्रेमले अभिभूत भएर भगवान श्रीकृष्णको पूजा गरे ।।२६।।
तत्पादाववनिज्यापः शिरसा लोकपावनीः ।
सभार्यः सानुजामात्यः सकुटुम्बोऽवहन्मुदा ॥ २७ ॥
धर्मराज युधिष्ठिरले आफ्नी श्रीमती, भाइ, मन्त्री र आफन्तहरूसँग मिलेर ठूलो प्रेम र आनन्दका साथ भगवानको पाउ धोए र उहाँको चरण कमलको पवित्र जल आफ्नो शिरमा लगाए ।।२७।। 
वासोभिः पीतकौषेयैर्भूषणैश्च महाधनैः ।
अर्हयित्वाश्रुपूर्णाक्षो नाशकत् समवेक्षितुम् ॥ २८ ॥
त्यसपछि युधिष्ठिरले भगवानलाई पहेंलो रेशमी वस्त्र र उनले प्रभुलाई पहेंलो रेशमी बहुमूल्य गहना समर्पण गरे । त्यस समयमा अत्यन्त हर्षका कारण आँसुले उनको आँखा यति रसाएको थियो कि उनले भगवानलाई राम्ररी हेर्न पनि सकेका थिएनन् ।।२८।।. 
इत्थं सभाजितं वीक्ष्य सर्वे प्राञ्जलयो जनाः ।
नमो जयेति नेमुस्तं निपेतुः पुष्पवृष्टयः ॥ २९ ॥
यज्ञ सभामा उपस्थित सबैले भगवान श्रीकृष्णलाई यसरी पूजा र सम्मान गरेको देखेर हात जोडेर नमो नमः भनेर जय जयकार गरेर नमस्कार गरे । त्यस समयमा आकाशबाट पुष्पवृष्टि हुनथाल्यो ।।२९।। 
(वसंततिलका)
इत्थं निशम्य दमघोषसुतः स्वपीठा(
     दुत्थाय कृष्णगुणवर्णनजातमन्युः ।
उत्क्षिप्य बाहुमिदमाह सदस्यमर्षी
     संश्रावयन् भगवते परुषाण्यभीतः ॥ ३० ॥
यसप्रकार भगवान्को गुण वर्णन जय जयकार सुनेकोले अरुको गुणलाई सहन गर्न नसक्ने धमघोषको छोरा शिशुपाल रिसाउदै आफ्नो आसनबाट उठेर त्यहाँ सभाषदहरुका बिचमा कसैको डर नमानिकन आफ्नो हात फट्कारेर आफ्ना कठोर वचनहरु श्रीकृष्णलाई सुनाउन थाल्यो  ।।३०।।
(अनुष्टुप्)
ईशो दुरत्ययः काल इति सत्यवती स्रुतिः ।
वृद्धानामपि यद् बुद्धिर्बालवाक्यैर्विभिद्यते ॥ ३१ ॥
काल नै ईश्वर हो भन्ने शास्त्रहरूको भनाई कुरा पूर्णतया सत्य छ । हामीले यसको प्रत्यक्ष प्रमाण देखेका छौं किनभने यहाँ आयुले बुढा भएकाहरु पनि एउटा केटाकेटीको कुरा सुनेर अलमल्ल पर्छन् ।।३१।।
यूयं पात्रविदां श्रेष्ठा मा मन्ध्वं बालभाषितम् ।
सदसस्पतयः सर्वे कृष्णो यत् सम्मतोऽर्हणे ॥ ३२ ॥
हे सभाषदहरु तपाईंहरू सबै जना पहिले को पूजा गर्न योग्य छ भनेर निर्णय गर्नमा पूर्ण रूपमा सक्षम हुनुहुन्छ । त्यसैले कृष्ण मात्र पहिले पूजा गर्न योग्य छ् भन्ने बालक सहदेवको भनाइलाई सत्य नमान्नुहोस ।।३२।। 
तपोविद्याव्रतधरान् ज्ञानविध्वस्तकल्मषान् ।
परमर्षीन् ब्रह्मनिष्ठान् लोकपालैश्च पूजितान् ॥ ३३ ॥
सदस्पतीनतिक्रम्य गोपालः कुलपांसनः ।
यथा काकः पुरोडाशं सपर्यां कथमर्हति ॥ ३४ ॥
यहाँ महान तपस्वीहरू, विद्वानहरू, व्रतधारीहरू, ज्ञानद्वारा आफ्ना सबै पापलाई नष्ट गरेकाहरु मन्त्रद्रष्टा ऋषिहरू, ब्रह्मवादी एवं अन्य पूज्य ब्यक्तिहरु उपस्थित हुनुहुन्छ । जसरी काग हविको अधिकारी बन्दैन त्यसरी नै यहाँ लोकपालहरुद्वारा पूजित यस्ता ब्यक्तिहरुालाई छाडेर यो कुलकलंक गोठालोले अग्रपूजा कसरी प्राप्त गर्नसक्छ ? ।।३३–३४।। 
वर्णाश्रमकुलापेतः सर्वधर्मबहिष्कृतः ।
स्वैरवर्ती गुणैर्हीनः सपर्यां कथमर्हति ॥ ३५ ॥

वर्णधर्म, कुलधर्म र आश्रम धर्म नमान्ने र सबै धर्मबाट रहित भएको, कुनै गुण नभएको, यस्तो मनलागि ब्यवहार गर्ने ब्यक्तिको अग्रपूजा कसरी हुन्छ ?।।३५।। 
ययातिनैषां हि कुलं शप्तं सद्‌भिर्बहिष्कृतम् ।
वृथापानरतं शश्वत् सपर्यां कथमर्हति ॥ ३६ ॥
तपाईंहरू सबैलाई थाहा नै छ कि राजा ययातिनले यादव कुललाई श्राप दिएका थिए । त्यसैले सत्पुरुषहरुले यो कुललाई बहिष्कार गरेका छन् । सधैं मदिरापान गरिरहने यो कुल कसरी पूजाको लागि योग्य हुन सक्छ ? ।।३६।। 
ब्रह्मर्षिसेवितान् देशान् हित्वैतेऽब्रह्मवर्चसम् ।
समुद्रं दुर्गमाश्रित्य बाधन्ते दस्यवः प्रजाः ॥ ३७ ॥
यिनीहरु ब्रह्मवादी ऋषिहरूले सेवित व्रजमण्डल देशलाई छाडेर समुद्रको शरणमा बस्न पुगेका छन् । यी डाँका यादवहरुले प्रजालाई सताइरहेका छन् ।।३७।।
एवमादीन्यभद्राणि बभाषे नष्टमङ्‌गलः ।
नोवाच किञ्चिद् भगवान् यथा सिंहः शिवारुतम् ॥ ३८ ॥
यसरी उसले भगवान् लाई भन्नु नभन्नु भन्यो । साँचो भन्नुपर्दा, शिशुपालको सबै पुण्य नष्ट भइसकेको थियो । यसैले उसले भगवान्लाई दुर्वाच्य बोल्यो । तर जसरी सिंहले स्यालको हर्कतलाई कहिल्यै वास्ता गदैैन त्यसैगरी भगवानले पनि उसको कुरा नसुनेको जस्तो गरेर चुप लागेर बस्नुभयो कुनै जवाफ दिनुभएन ।।३८।। 
भगवन्निन्दनं श्रुत्वा दुःसहं तत्सभासदः ।
कर्णौ पिधाय निर्जग्मुः शपन्तश्चेदिपं रुषा ॥ ३९ ॥
तर परमेश्वरको निन्दा सुन्नु पार्षदहरूका लागि असहनीय थियो । त्यसैले सभाषदहरु रिसाउदै शिशुपाललाई गाली गर्दै कान थुनेर सभास्थलबाट बाहिर निस्किए ।।३९।।
निन्दां भगवतः शृण्वंस्तत्परस्य जनस्य वा ।
ततो नापैति यः सोऽपि यात्यधः सुकृताच्च्युतः ॥ ४० ॥
जो व्यक्ति भगवान वा वहाँका भक्तहरूको निन्दा सुनेर पनि आफ्नो ठाउँबाट हट्दैन भने उसको पतन हुन्छ, नरकमा पर्दछ ।।४०।।
ततः पाण्डुसुताः क्रुद्धा मत्स्यकैकयसृञ्जयाः ।
उदायुधाः समुत्तस्थुः शिशुपालजिघांसवः ॥ ४१ ॥
अब पाण्डव पुत्रहरु मत्स्य, केकाय र सृंजय वंशका राजाहरू धेरै रिसाएर शिशुपाललाई मार्न भनी हातमा हतियार लिएर उभिए ।।४१।। 
ततश्चैद्यस्त्वसंभ्रान्तो जगृहे खड्गचर्मणी ।
भर्त्सयन् कृष्णपक्षीयान् राज्ञः सदसि भारत ॥ ४२ ॥
हे परीक्षित तर शिशुपाल यसबाट चिन्तित भएन र डराएन पनि । उल्टै उसले श्रीकृष्णका समर्थक राजाहरूलाई चुनौती दिन हातमा ढाल र तरबार लियो ।।४२।। 
तावदुत्थाय भगवान् स्वान् निवार्य स्वयं रुषा ।
शिरः क्षुरान्तचक्रेण जहार पततो रिपोः ॥ ४३ ॥
त्यसैबेलामा भगवान कृष्ण उठ्नुभयो र वहाँले आफना पक्षका राजाहरूलाई शान्त पार्नुभयो र रिसाउदै आफुतिर आइरहेको शिशुपालको टाउको आफ्नो धारिलो चक्रले काटिदिनुभया ।।४३।।
शब्दः कोलाहलोऽप्यासीत् शिशुपाले हते महान् ।
तस्यानुयायिनो भूपा दुद्रुवुर्जीवितैषिणः ॥ ४४ ॥
शिशुपालको हत्या हुँदा ठूलो हल्लाखल्ला मच्चियो र उसका अनुयायी राजाहरू आफ्नो ज्यान बचाउन त्यहाँबाट भागे ।।४४।। 
चैद्यदेहोत्थितं ज्योतिर्वासुदेवमुपाविशत् ।
पश्यतां सर्वभूतानामुल्केव भुवि खाच्च्युता ॥ ४५ ॥
जसरी आकाशबाट खसेको उल्का पृथ्वीमा विलय हुन्छ, त्यसरी नै शिशुपालको शरीरबाट निस्किएको प्राण सबैले हेर्दा हेर्दै भगवान वासुदेवमा विलिन भयो ।।४५।। 
जन्मत्रयानुगुणितवैरसंरब्धया धिया ।
ध्यायंस्तन्मयतां यातो भावो हि भवकारणम् ॥ ४६ ॥
लगातार तीन जन्मदेखि सत्रुको रुपमा द्वेष गर्दै भगवान्को चिन्तन गरेको शिशुपाल भगवानमा लीनहुन भुग्यो । त्यसैले यो संसारबाट पार पाउने मोक्षको कारण  भावना नै हो ।।४६।। 
ऋत्विग्भ्यः ससदस्येभ्यो दक्षिणां विपुलामदात् ।
सर्वान् संपूज्य विधिवत् चक्रेऽवभृथमेकराट् ॥ ४७ ॥
शिशुपालले यसरी मुक्ति पाएपछि चक्रवर्ती राजा युधिष्ठिरले सदस्यहरुको साथमा र ऋत्विजहरूलाई धेरै दक्षिणा दिए र सबैलाई सम्मान गरी सन्तुष्ट गराएपछि यज्ञान्तमा गरिने अवभृथ स्नान गरे ।।४७।। 
साधयित्वा क्रतुः राज्ञः कृष्णो योगेश्वरेश्वरः ।
उवास कतिचिन् मासान् सुहृद्‌भिरभियाचितः ॥ ४८ ॥
यस प्रकार राजसूय यज्ञ सम्पन्न भएपछि योगेश्वरेश्वर भगवान श्रीकृष्णले आफ्ना आफन्त र बन्धुहरूको अनुरोधमा केही महिना त्यहाँ हस्तिनापुरमा बस्नुभयो ।।४८।। 
ततोऽनुज्ञाप्य राजानमनिच्छन्तमपीश्वरः ।
ययौ सभार्यः सामात्यः स्वपुरं देवकीसुतः ॥ ४९ ॥
राजा युधिष्ठिरको इच्छा नहुँदा पनि सर्वशक्तिमान भगवान कृष्ण उनीसंग अनुमति लिएर आफ्ना रानीहरू र मन्त्रीहरू सहित इन्द्रप्रस्थबाट द्वारकापुरीको यात्रा गर्नुभयो ।।४९।। 
वर्णितं तदुपाख्यानं मया ते बहुविस्तरम् ।
वैकुण्ठवासिनोर्जन्म विप्रशापात् पुनः पुनः ॥ ५० ॥
हे महाराज परीक्षित ! मैले तपाईंलाई यो कथा पहिला नै वैकुण्ठबासी जय र विजयले सनकादि ऋषिहरूको श्रापका कारण बारम्बार जन्म लिनुपरेको वृत्तान्त बताइसकेको छु ।।५०।।
राजसूयावभृथ्येन स्नातो राजा युधिष्ठिरः ।
ब्रह्मक्षत्रसभामध्ये शुशुभे सुरराडिव ॥ ५१ ॥
राजसूय यज्ञको अन्त्यमा अवभृथ जलले स्नान गरेपछि, महाराज युधिष्ठिर ब्राह्मण र क्षत्रियहरूको सभामा भगवान इन्द्र जस्तै सुशोभित भए ।।५१।। 
राज्ञा सभाजिताः सर्वे सुरमानवखेचराः ।
कृष्णं क्रतुं च शंसन्तः स्वधामानि ययुर्मुदा ॥ ५२ ॥
राजा युधिष्ठिरको सत्कार पाएपछि देवता, मानव र आकाशमा उड्ने उपदेव आदि सबैले भगवान कृष्ण र राजसूय यज्ञको प्रशंसा गर्दै ठूलो आनन्दका साथ आ–आफ्नो लोकमा गए ।।५२।। 
दुर्योधनमृते पापं कलिं कुरुकुलामयम् ।
यो न सेहे श्रीयं स्फीतां दृष्ट्वाम पाण्डुसुतस्य ताम् ॥ ५३ ॥
राजसूयका कारण पाण्डुपुत्र युधिष्ठिरको कीर्ति बढेकाले सबैजना खुसी भए, तर कलहप्रिय पापी कुरुवंशको रोग दुर्योधन भने खुसी हुन सकेन ।।५३।।
य इदं कीर्तयेद् विष्णोः कर्म चैद्यवधादिकम् ।
राजमोक्षं वितानं च सर्वपापैः प्रमुच्यते ॥ ५४ ॥
जसले शिशुपालको वध, जरासन्धको वध, बन्दी राजाहरूको मुक्ति दिने भगवान श्रीकृष्णको यो लीला पाठ गर्छ, भने त्यो व्यक्ति सबै पापबाट मुक्त हुन्छ ।।५४।।
इति श्रीमद्भोगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे उत्तरार्धे
शिशुपालवधो नाम चतुःसप्ततितमोऽध्यायः ॥ ७४ ॥