#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – सप्तमोऽध्यायः


श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः  सप्तमोऽध्यायः



मैत्रेय उवाच
(अनुष्टुप्)
इत्यजेनानुनीतेन भवेन परितुष्यता ।
अभ्यधायि महाबाहो प्रहस्य श्रूयतामिति ॥ १ ॥

मैत्रेयजीले भने
महाबाहो विदुर ! ब्रम्हाजीले यसरी प्रार्थना गरेपछि भगवान् शंकर प्रसन्न भएर हाँस्दै भन्नुभयो ।।१।।

महादेव उवाच
नाघं प्रजेश बालानां वर्णये नानुचिन्तये ।
देवमायाभिभूतानां दण्डस्तत्र धृतो मया ॥ २ ॥ 

महादेवले भन्नुभयो
प्रजापते ! भगवानको मायाले मोहित भएको दक्षजस्तको अबुझ अपराधीको बारेमा म न त चर्चा नै गर्दछु न त याद नै गर्दछु । मैले त साबधानी गराउनलार्र्ई नै उसलार्ई थोरै दण्ड दिएको हुँ ।।२।।

प्रजापतेर्दग्धशीर्ष्णो भवत्वजमुखं शिरः ।
मित्रस्य चक्षुषेक्षेत भागं स्वं बर्हिषो भगः ॥ ३ ॥

दक्षप्रजापतिको टाउको जलिसकेको छ त्यसैले उसलार्ई बोकाको टाउको लगाई दिनु, भगदेवताले आफ्नो यज्ञभाग देखिुन, ।।३।।

पूषा तु यजमानस्य दद्भिर्जक्षतु पिष्टभुक् ।
देवाः प्रकृतसर्वाङ्गा ये मे उच्छेषणं ददुः ॥ ४ 
पिनेको अन्न खाने पुषाले अन्नलाई यनमानको दाँतले खाउँन र सबै देवताको अंग प्रत्यंग स्वस्थ्य होस ।।३।। किनकि उनीहरूले यज्ञमा बचेको मेरो भाग निश्चित गरेका छन्  ।।४।।

बाहुभ्यां अश्विनोः पूष्णो हस्ताभ्यां कृतबाहवः ।
भवन्तु अध्वर्यवश्चान्ये बस्तश्मश्रुर्भृगुर्भवेत् ॥ ५ ॥

अध्वर्यु आदि याज्ञिकहरूमा जसको हात भाँचिएको छ उनीहरू अश्विनीकुमारको भुजाबाट र जसको हात नासिएको छ उनीहरूको पुषाको हातबाट काम गरुन र भृगुजीलाई बोकाको दारीको लगाइदिनु ।।५।।
मैत्रेय उवाच
तदा सर्वाणि भूतानि श्रुत्वा मीढुष्टमोदितम् ।
परितुष्टात्मभिस्तात साधु साध्वित्यथाब्रुवन् ॥ ६ ॥

मैत्रेयजीले भने
विदुर ! त्यसपछि भगवान् शंकरको वचन सुनेर सबैजना खुसिहुँदै धन्यधन्य भन्नलागे ।।६।।

ततो मीढ्वांसमामन्त्र्य शुनासीराः सहर्षिभिः ।
भूयस्तद् देवयजनं समीढ्वद्वेधसो ययुः ॥ ७ ॥

फेरी सबै देवता र ऋषिहरूले महादेवलार्ई दक्षको यज्ञमा आउँनका लागि विन्ति गरे । उनीहिरु वहाँँ ब्रम्हाजीलार्ई साथ लिएर त्यहाँ गए ।।७।।

विधाय कार्त्स्न्येन च तद् यदाह भगवान्भवः ।
सन्दधुः कस्य कायेन सवनीयपशोः शिरः ॥ ८ ॥

त्यहाँ भगवान् शंकरले भन्नुभए जसरी सबै काम गरेर दक्षलार्ई यज्ञ पशुको सिर जोडिदिए ।।८।।

सन्धीयमाने शिरसि दक्षो रुद्राभिवीक्षितः ।
सद्यः सुप्त इवोत्तस्थौ ददृशे चाग्रतो मृडम् ॥ ९ ॥

टाउको जोडिएपछि रुद्र्रको दृष्टि पर्नाले सुतेर उठेझैं उठे र उनले आफ्नो अगाडि शिवजीलार्ई विराजमान हुनुभएको देखे ।।९।।

तदा वृषध्वजद्वेष कलिलात्मा प्रजापतिः ।
शिवावलोकाद् अभवत् शरद्ध्रद इवामलः ॥ १० ॥

शंकरको द्रोहगर्दा कलुषित भएको उनकोे हृदय भगवान् शंकरकै दर्शन पाउँदा सरद्कालको सरोवर झैं स्वच्छ भयो ।।१०।।

भवस्तवाय कृतधीः नाशक्नोत् अनुरागतः ।
औत्कण्ठ्याद् बाष्पकलया संपरेतां सुतां स्मरन् ॥ ११ ॥

उनले शंकरजीको स्तुति गर्नलागे तर आफ्नी मरेकी छोरीको यादले, स्नेह र उत्कण्ठाले उसकोे आँखामा आँसु भरियो । मुखबाट कुनै शव्द निस्किएन ।।११।।

कृच्छ्रात्संस्तभ्य च मनः प्रेमविह्वलितः सुधीः ।
शशंस निर्व्यलीकेन भावेनेशं प्रजापतिः ॥ १२ ॥

प्रेम विह्वल भएका परम बुध्दिमान प्रजापतिले जसोतसो आफ्नो हृदयको आवेगलार्ई रोकेर शिवजीको स्तुति गर्नलागे ।।१२।।

दक्ष उवाच
(वसंततिलका)
भूयाननुग्रह अहो भवता कृतो मे
     दण्डस्त्वया मयि भृतो यदपि प्रलब्धः ।
न ब्रह्मबन्धुषु च वां भगवन् अवज्ञा
     तुभ्यं हरेश्च कुत एव धृतव्रतेषु ॥ १३ ॥

दक्षले भने
भगवन् ! मैले तपाई माथि अपराध गरें त्यसैले त्यसको वदलामा मलार्ई दण्डद्वारा बदला दिनुभयो । तपाई र श्रीहरिलार्ई त नाम मात्रका ब्राम्हणले पनि उपेक्षा,, गर्दैनन् भने हामी जस्तो यज्ञ यज्ञादि गर्नेले कसरी भुल्न सक्छौं र ।।१३।।

विद्यातपो व्रतधरान् मुखतः स्म विप्रान् ।
     ब्रह्माऽऽत्मतत्त्वमवितुं प्रथमं त्वमस्राक् ।
तद्ब्राह्मणान् परम सर्वविपत्सु पासि ।
     पालः पशूनिव विभो प्रगृहीतदण्डः ॥ १४ ॥

तपाईले ब्रम्हा भएर सबभन्दा पहिला आफ्नै मुखले विद्या, तप र ब्रतादिहरूको पालन गर्ने ब्राम्हणलार्ई उत्पन्न गर्नुभयो । जसरी गोठालाहरू लठ्ठी लिएर गाईको रक्षा गर्दछन् त्यसैगरी तपाईले ब्राम्हणलार्ई सबै बृत्तिबाट रक्षा गर्नुहुन्छ ।।१४।।

योऽसौ मयाविदिततत्त्वदृशा सभायां
     क्षिप्तो दुरुक्तिविशिखैर्विगणय्य तन्माम् ।
अर्वाक् पतन्तमर्हत्तमनिन्दयापाद्
     दृष्ट्याऽऽर्द्रया स भगवान् स्वकृतेन तुष्येत् ॥ १५ ॥

मैले तपाईको तत्वको बारेमा नजान्नाले ठुलो सभाका विचमा तपाईलार्ई वाणरूपी वचन प्रहार गरे तर तपाईले मेरो अपराधको कुनै ख्याल गर्नुभएन । म त तपाई जस्तो परम पूज्यलार्ई अपराध गरेकोमा नरकादिमा पर्ने थिएँ । तर हजुरले आफ्नो करुणा दृष्टिले मेरो उद्धार गर्नु भयो । तपाईलार्ई प्रसन्न गराउन अहिले म संग कुनै गुण छैन । केवल मेरो उदार वचनबाट नै प्रसन्न हुनुहोस ।।१५।।

मैत्रेय उवाच
(अनुष्टुप्)
क्षमाप्यैवं स मीढ्वांसं ब्रह्मणा चानुमंत्रितः ।
कर्म सन्तानयामास सोपाध्यायर्त्विगादिभिः ॥ १६ ॥

मैत्रेयजी भन्दछन्
यसरी भगवान् आशुतोष शंकरबाट आफ्नो अपराधलार्ई क्षमा गराएर ब्रम्हाको आज्ञा अनुसार ऋत्वृज उपाध्यायको सहायताले यज्ञको आरम्भ गरे ।।१६।।

वैष्णवं यज्ञसन्तत्यै त्रिकपालं द्विजोत्तमाः ।
पुरोडाशं निरवपन् वीरसंसर्गशुद्धये ॥ १७ ॥

ब्राम्हणले भूतप्रेतको संसर्गको दोष शान्तिका लागि तिनवटा भाँडामा चरु जुन विष्णु भगवानको लागि तयार गरीएको थियो त्यहाँ पुरोडाश नाम मन्त्रले हवि हातमा लिए ।।१७।।

अध्वर्युणाऽऽत्त हविषा यजमानो विशाम्पते ।
धिया विशुद्धया दध्यौ तथा प्रादुरभूत् हरिः ॥ १८ ॥

विदुरजी ! त्यस हवि हातमा लिएर उभिएका अयुध्र्वका साथ दक्षले पवित्र चित्तले श्रीहरिको ध्यान गरे त्यहि ध्यानबाट भगवान् त्यहाँ प्रकट हुनुभयो ।।१८।।

तदा स्वप्रभया तेषां द्योतयन्त्या दिशो दश ।
मुष्णन् तेज उपानीतः तार्क्ष्येण स्तोत्रवाजिना ॥ १९ ॥

बृहत र रथन्तर नामको सामस्तोत्र वहाँँको पंखा हो । गरुडमा सवार हुनभएका भगवानको दसैे दिशामा प्रकाशित भएका वहाँको तेजले सबै देवताहरूको कान्तिलाई हरिदियो ।।१९।।

(वसंततिलका)
श्यामो हिरण्यरशनोऽर्ककिरीटजुष्टो
     नीलालक भ्रमरमण्डितकुण्डलास्यः ।
शङ्खाब्जचक्रशरचापगदासिचर्म
     व्यग्रैर्हिरण्मयभुजैः इव कर्णिकारः ॥ २० ॥

वहाँ श्याम वर्णको हुनुहुन्थ्यो । कम्मरमा सुनको करधनी तथा पीताम्वरले सुशोभित हुनुहुन्थ्यो । सिरमा प्रकाशमान मुकुट थियो । मुख भवरा समान निलो अल्कावाली र कान्तिमय कुण्डलले सुशोभित थियो । त्यस्तै सुनका गहनाले विभुषित भएको आठ भुजा थियो । भुजाहरूमा शंख, चक्र, गदा, पद्म, धनुष, खड्ग् वाण तथा ढाल लिनुभएको थियो । यी आयुधले गर्दा वहाँँ फुलिरहेको कनेरको रुख जस्तो देखिनुहुन्थ्यो ।।२०।।

वक्षस्यधिश्रितवधूर्वनमाल्युदार
     हासावलोककलया रमयंश्च विश्वम् ।
पार्श्वभ्रमद्व्यजन चामरराजहंसः
     श्वेतातपत्रशशिनोपरि रज्यमानः ॥ २१ ॥

प्रभुको हृदयमा श्रीवत्सको चिन्ह थियो र गलामा सुन्दर वनमाला सुशोभित थियो ।  पार्षदहरूले दुवैतिर राजहाँस समान चम्किलो चवर पंखा डोलार्ईरहेका थिए । भगवानको मस्तकमा चन्दमा जस्तो छाताले शोभा दिएको थियो ।।२१।।

(अनुष्टुप्)
तमुपागतमालक्ष्य सर्वे सुरगणादयः ।
प्रणेमुः सहसोत्थाय ब्रह्मेन्द्रत्र्यक्षनायकाः ॥ २२ ॥

भगवान् आउँनु भएको देखेर इन्द्र, ब्रम्हा, महादेवजी आदि देवताहरू सहित गन्धर्व, ऋषिमुनिहरू सबैले उभिएर वहाँँलार्ई प्रणाम गरे ।।२२।।

तत्तेजसा हतरुचः सन्नजिह्वाः ससाध्वसाः ।
मूर्ध्ना धृताञ्जलिपुटा उपतस्थुरधोक्षजम् ॥ २३ ॥


वहाँँको तेजले सबैको कान्ति फिका भएको थियो । सबैको वोली लरवरिएको थियो  अनि सबैले अञ्जुली बाँधेर भगवानको अगाडि उभिरहे ।।२३।।

अप्यर्वाग्वृत्तयो यस्य महि त्वात्मभुवादयः ।
यथामति गृणन्ति स्म कृतानुग्रहविग्रहम् ॥ २४ ॥

भगवानको महिमाको बारेमा ब्रम्हादिले पनि पत्तो पाउँन सक्नुहुन्न तापनि भक्तहरूको कृपाको लागि वहाँँले दिव्यरूप प्रकट गर्नुभयो त्यसैले आफ्नो बुध्दि अनुसार वहाँँको स्तुति गर्नलागे ।।२४।।

 (इंद्रवज्रा)
दक्षो गृहीतार्हणसादनोत्तमं
     यज्ञेश्वरं विश्वसृजां परं गुरुम् ।
सुनन्दनन्दाद्यनुगैर्वृतं मुदा
     गृणन्प्रपेदे प्रयतः कृताञ्जलिः ॥ २५ ॥

सबभन्दा पहिला दक्षले एउटा उत्तम पात्रमा पूजा सामग्री लिए लिए अनि नन्द सुनन्दादि पार्षदहरूले घेरिनुभएका भगवानको नजिक गएर हात जोडेर भगवानको शरणापन्न भएर भन्नलागे ।।२५।।

दक्ष उवाच
(वसंततिलका)
शुद्धं स्वधाम्न्युपरताखिलबुद्ध्यवस्थं
     चिन्मात्रमेकमभयं प्रतिषिध्य मायाम् ।
तिष्ठन् तयैव पुरुषत्वमुपेत्य तस्याम्
     आस्ते भवानपरिशुद्ध इवात्मतंत्र ॥ २६ ॥

दक्षले भने
हे भगवन् ! आफ्नो स्वरूपमा आफ्नो बुध्दिको जाग्रद आदि सबै अवस्थाले रहित सुध्द चिन्मय भेद रहित र निर्भय हुनुहुन्छ । मायालार्ई तिरस्कार गरेर स्वतन्त्ररूपले विराजमान हुनुहुन्छ तापनि जुन मायाले जीवभावको स्विकार गरेर त्यहि मायामा स्थित हुनन्छन् अनि अज्ञानी जस्तो देखिने हुनुहुन्छ  ।।२६।।

ऋत्विज ऊचुः
 तत्त्वं न ते वयमनञ्जन रुद्रशापात्
     कर्मण्यवग्रहधियो भगवन् विदामः ।
धर्मोपलक्षणमिदं त्रिवृदध्वराख्यं
     ज्ञातं यदर्थमधिदैवमदो व्यवस्थाः॥ २७ ॥

ऋत्विजहरूले भने
उपाधिबाट रहित प्रभु ! भगवान् रुद्र्रका अनुचर नन्दिश्वरले श्रापले गर्दा हाम्रो बुद्धि कर्मकाण्डमा मात्र फस्न गएको छ । त्यसैले हामी तपाईको तत्वको बारेमा जान्दैनौं जसमा यस कर्मका लागि कर्मको देवताको ब्यवस्था गरीएकोछ । तीनै वेदले प्रतिपादित गरेको यज्ञलार्ई नै हामी तपाईको स्वरूप मान्दछौं ।।२७।।

सदस्या ऊचुः 
(मंदाक्रांता)
उत्पत्त्यध्वन्यशरण उरुक्लेशदुर्गेऽन्तकोग्र
     व्यालान्विष्टे विषयमृगतृष्यात्मगेहोरुभारः ।
द्वन्द्वश्वभ्रे खलमृगभये शोकदावेऽज्ञसार्थः
     पादौकस्ते शरणद कदा याति कामोपसृष्टः ॥ २८ ॥

सदस्यहरूले भने
जीवहरूलार्ई आश्रय दिने प्रभु ! जो अनेकौं क्लेशका कारण अत्यन्त दुर्गम छ, जसमा भयका कालरूप सर्पले ताकेर बसेको छ तथा शोकरूप दावानल बलिरहेको छ यस्तो विश्राम स्थल रहित संसारमार्गमा अनेकौं कामनाहरूले पिडित भएर अज्ञानीहरू विषयरूप मृगतृष्णा जलका लागि देह गेहको वोझ टाउकोमा राखेर हिडिरहेका छन ती तपाईको चरणकमलको स्थान कहिले पाउँछन ।।२८।।

रुद्र उवाच
(मालिनी)
तव वरद वराङ्घ्रावाशिषेहाखिलार्थे
     ह्यपि मुनिभिरसक्तैरादरेणार्हणीये ।
यदि रचितधियं माविद्यलोकोऽपविद्धं
     जपति न गणये तत्त्वत्परानुग्रहेण ॥ २९ ॥

रुद्र्रले भने
वरदायक प्रभो ! तपाईको उत्तम चरणले सकाम ब्यक्तिको सबै कामनाहरू प्राप्त गराउदछ । जसले कुनै कुराको कामना गरेका हुदैनन् ती निस्काम मुनि पनि आदरपूर्वक पूजा गर्दछन् । वहाँँमा चित्त लगाउँदा अज्ञानीहरू मलार्ई आचारभ्रष्ट भन्दछन् भने भनिरहुन् तपाईको अनुग्रहले म उनीहरूले भनेको कुरालार्ई बिचार गर्दिन ।।२९।।

भृगुरुवाच
(वसंततिलका)
यन्मायया गहनयापहृतात्मबोधा
     ब्रह्मादयस्तनुभृतस्तमसि स्वपन्तः ।
नात्मन्श्रितं तव विदन्त्यधुनापि तत्त्वं
     सोऽयं प्रसीदतु भवान्प्रणतात्मबन्धुः ॥ ३० ॥

भृगुजीले भने
तपाईको मायाले आत्माज्ञान हराउँदा जो अज्ञानरूपी निद्रामा सुतिरहेका छन् । ब्रम्हादि देहधारी पनि तपाईको तत्वको बारेमा जान्दैनन् । यस्तो हुँदापनि तपाई आफ्ना शरणागत भक्तका लागि दयालु हुनुहुन्छ, त्यसैले तपाई मसंग प्रसन्न हुनुहोस ।।३०।।

ब्रह्मोवाच
(इंद्रवज्रा)
नैतत्स्वरूपं भवतोऽसौ पदार्थ
     भेदग्रहैः पुरुषो यावदीक्षेत् ।
ज्ञानस्य चार्थस्य गुणस्य चाश्रयो
     मायामयाद् व्यतिरिक्तो मतस्त्वम् ॥ ३१ ॥

ब्रम्हाजीले भन्नुभयो
प्रभु ! भिन्न भिन्न इन्द्रियहरूमा जानिने इन्द्रियहरू द्वारा जे देखिन्छि त्यो तपाईको स्वरूप होइन किनकि तपाई ज्ञान शब्दादि विषय र श्रोत्रादि इन्द्रियको अनुष्ठान हुनुहुन्छ ।।३१।।

इन्द्र उवाच
(वियोगिनी)
इदमप्यच्युत विश्वभावनं
     वपुरानन्दकरं मनोदृशाम् ।
सुरविद्विट्क्षपणैरुदायुधैः
     भुजदण्डैरुपपन्नमष्टभिः ॥ ३२ ॥

इन्द्रले भने
अच्युत ! यो जगतलार्ई प्रकाशित गराउँने यो रूप, देव द्रोहीलार्ई संहार गराउँने आठ भुजाले सुशोभित भएको छ जसमा तपाई सधैं अनेक प्रकारका आयुध धारण गर्नुहुन्छ । यो रूपले हाम्रो मन र आँखालार्ई आनन्द दिन्छ ।।३२।।

पत्न्य ऊचुः
(प्रहर्षिणी)
यज्ञोऽयं तव यजनाय केन सृष्टो
     विध्वस्तः पशुपतिनाद्य दक्षकोपात् ।
तं नस्त्वं शवशयनाभशान्तमेधं
     यज्ञात्मन्नलिनरुचा दृशा पुनीहि ॥ ३३ ॥

याज्ञिकका पत्नीहरूले भनेभगवान् ! ब्रम्हाजीले तपाईको पूजाका लागि नै यज्ञको रचना गर्नुभएको हो तर दक्ष प्रति कुपित हुनाले भगवान् पशुपतिले अहिले नष्ट गरीदिएका छन । यज्ञमुर्ति ! स्मसान भूमी जस्तै उत्सवहीन भएको यस यज्ञलार्ई तपाईको नीलकमल जस्तै कान्ति भएको नेत्रले हेरेर पवित्र गरीदिनुहोस ।।३३।।

ऋषय ऊचुः
(इंद्रवज्रा)
अनन्वितं ते भगवन् विचेष्टितं
     यदात्मना चरसि हि कर्म नाज्यसे ।
विभूतये यत उपसेदुरीश्वरीं
     न मन्यते स्वयमनुवर्ततीं भवान् ॥ ३४ ॥

ऋषिहरूले भनेभगवान् ! तपाईको लीला अपरम्पार छ । किनकि तपाई कर्म गर्नुहुंदा पनि त्यसबाट टाढा हुनुहुन्छ । अरुहरू वैभवको भोकले जुन लक्ष्मीको उपासना गर्दछन उनी स्वयं तपाईको सेवामा लागिरहन्छिन । तपाई पनि उनलार्र्ई मान दिनुहुन्छ । उनीबाट निस्पृह हु्नुहुन्छ ।।३४।।

सिद्धा ऊचुः
 (भुजंगप्रयात)
अयं त्वत्कथामृष्टपीयूषनद्यां
     मनोवारणः क्लेशदावाग्निदग्धः ।
तृषार्तोऽवगाढो न सस्मार दावं
     न निष्क्रामति ब्रह्मसम्पन्नवन्नः ॥ ३५ ॥

सिध्दहरूले भने
प्रभो ! हाम्रो मनरूप हात्ती अनेक प्रकारको क्लेश भएको दावानलले दग्ध भएर तपाईको कथारूपी विशुध्द अमृतमय सरितामा पसेर गोता लगाईरहेको छ । त्यहाँ ब्रम्हानन्दमा लीन हुनाले त्यहँ न त कुनै संसाररूप दावानलको सम्झना हुन्छ नत नदीबाट बाहिर नै निस्किन्छ ।।३५।।

यजमान्युवाच
(स्रग्विणी)
स्वागतं ते प्रसीदेश तुभ्यं नमः
     श्रीनिवास श्रिया कान्तया त्राहि नः ।
त्वामृतेऽधीश नाङ्गैर्मखः शोभते
     शीर्षहीनः कबन्धो यथा पुरुषः ॥ ३६ ॥

यजमानकी पत्नीहरूले भनीन
सर्वसामथ्र्य परमेश्वर ! तपाईलार्ई स्वागत छ । म तपाईलार्ई नमस्कार गर्दछु । तपाई मसंग प्रसन्न हुनुहोस् । हे लक्ष्म्ीपते ! लक्ष्मीजी सहित भएर तपाईले हाम्रो रक्षा गर्नुहोस् । हे यज्ञेश्वर ! मानिस टाउको विना जसरी बाँच्न सक्तैन त्यसैगरि अरु अंग पुरा हुंदापनि हजुर विना यज्ञको शोभा हुदैन ।।३६।
लोकपाला ऊचुः
 (शालिनी)
दृष्टः किं नो दृग्भिरसद्ग्रहैस्त्वं
     प्रत्यग्द्रष्टा दृश्यते येन विश्वम् ।
माया ह्येषा भवदीया हि भूमन्
     यस्त्वं षष्ठः पञ्चभिर्भासि भूतैः ॥ ३७ ॥

लोकपालहरूले भने
हे अनन्त ! हे परमात्मा ! यो सबै जगत हजुरमै
 देखिन्छ तपाई सबैको अन्तःकरणको साक्षि हुनुहुन्छ । पञ्चभूतबाट पृथक हुनुहुन्छ तापनि पाञ्चभौतिक शरीर संग सम्बन्धित पनि हुनुहुन्छ यो सबै तपाईको माया हो ।।३७।।

योगेश्वरा ऊचुः
(इंद्रवज्रा)
प्रेयान्न तेऽन्योऽस्त्यमुतस्त्वयि प्रभो
     विश्वात्मनीक्षेन्न पृथग्य आत्मनः ।
अथापि भक्त्येश तयोपधावतां
     अनन्यवृत्त्यानुगृहाण वत्सल ॥ ३८ ॥

योगेश्वरहरूले भने
प्रभो ! विश्वको आत्मा तपाई र आफुमा जसले फरक देख्दैनन तपाईका लागि ती भन्दा प्यारो अरु कोहि हुदैनन तापनि भक्तवत्सल जो ब्यक्ति तपाईमा स्वामीभाव राखेर अनन्य भक्ति गर्दछ भने उसमाथि कृपा गर्नुहोस ।।३८।।

जगदुद्भवस्थितिलयेषु दैवतो
     बहुभिद्यमानगुणयाऽऽत्ममायया ।
रचितात्मभेदमतये स्वसंस्थया
     विनिवर्तितभ्रमगुणात्मने नमः ॥ ३९ ॥

अज्ञानका कारण जीवमा सत्वादि गुणमा विभिन्नता आउँदछ उसलार्ई तपाईको मायाद्वारा गरीएको  जगतको उत्पत्ति, स्थिति र लयका लागि ब्रम्हादि बिभिन्नरूप धारण गरेर भेदवुध्दि पैदा गर्नुहुन्छ तर तपार्ई आफ्नै स्वरूपमा, स्थित हुनुभएकोले त्यो भेद ज्ञान र त्यसको कारणरूप सत्वादि गुणबाट टाढा हुनुहुन्छ, तपाईलार्ई हाम्रो नमस्कार छ ।।३९।।

ब्रह्मोवाच
(अनुष्टुप्)
नमस्ते श्रितसत्त्वाय धर्मादीनां च सूतये ।
निर्गुणाय च यत्काष्ठां नाहं वेदापरेऽपि च ॥ ४० ॥

ब्रम्हरूप वेदले भने
धर्म आदि उत्पत्तिका लागि तपाई सुध्द सत्वलार्ई स्विकार गर्नुहुन्छ । तपाई निर्गुण पनि हुनुहुन्छ त्यसैले तपाईको तत्वको बारेमा कोहि पनि जान्न सक्तैन । तपाईलार्ई नमस्कार छ ।।४०।।

अग्निरुवाच
(इंद्रवज्रा)
यत्तेजसाहं सुसमिद्धतेजा
     हव्यं वहे स्वध्वर आज्यसिक्तम् ।
तं यज्ञियं पञ्चविधं च पञ्चभिः
     स्विष्टं यजुर्भिः प्रणतोऽस्मि यज्ञम् ॥ ४१ ॥

अग्निदेवले भने
भगवन् ! तपाईकै तेजले प्रज्वलित भएर म ठुला यज्ञमा देवताहरूका लागि घृत मिश्रित हवि पुर्याउदछु । तपाई साक्षात यज्ञपुरुष हुनुहुन्छ, यज्ञको रक्षा गर्नुहुन्छ । अग्निहोत्र, दर्श पौर्णमास, चातुर्मास्य र पशुसोम यी पाँचै यज्ञ तपाईको स्वरूप हो । आश्रावय” “अस्तुश्रौषट् यजे ये  यजामहे र वषट यी यर्जुमन्त्र द्वारा तपाईको पूजा हुन्छ । म तपाईलार्ई नमस्कार गर्दछु ।।४१।।

देवा ऊचुः
(शिखरिणीं)
पुरा कल्पापाये स्वकृतमुदरीकृत्य विकृतं
     त्वमेवाद्यस्तस्मिन् सलिल उरगेन्द्राधिशयने ।
पुमान् शेषे सिद्धैर्हृदि विमृशिताध्यात्मपदविः
     स एवाद्याक्ष्णोर्यः पथि चरसि भृत्यानवसि नः ॥ ४२ ॥

देवताहरूले भने
तपाई आदि पुरुष हुनुहुन्छ । तपाई पूर्वकालमा यी सबै प्रपञ्चहरूलार्ई आफ्नो पेटमा लीन गराएर जलमा शेषनागको उत्तम शैयामा सुत्नु भएको थियो । जनलोकमा बस्ने सिध्दगणहरू पनि तपाईको आध्यात्मिकरूपलार्ई आफ्नो हृदयमा चिन्तन गर्दछन् । स्वयं तपाई आज भक्तको रक्षा गरीरहनु भएको छ ।।४२।।

गन्धर्वा ऊचुः
(मत्तमयुर)
अंशांशास्ते देव मरीच्यादय एते
     ब्रह्मेन्द्राद्या देवगणा रुद्रपुरोगाः ।
क्रीडाभाण्डं विश्वमिदं यस्य विभूमन्
     तस्मै नित्यं नाथ नमस्ते करवाम ॥ ४३ ॥

गन्दर्भले भनेदे देव ! मरिचि आदि त्यस्तै ब्रम्हा इन्द्र र रुद्र्रादि देवताहरू पनि तपाईको अंश हुन् । यो सम्पूर्ण विश्व तपाईको खेलको सामग्री हो त्यस्ता हजुरलार्ई प्रणाम छ ।।४३।।

विद्याधरा ऊचुः
(वसंततिलका)
त्वन्माययार्थमभिपद्य कलेवरेऽस्मिन्
     कृत्वा ममाहमिति दुर्मतिरुत्पथैः स्वैः ।
क्षिप्तोऽप्यसद्विषयलालस आत्ममोहं
     युष्मत्कथामृतनिषेवक उद्व्युदस्येत् ॥ ४४ ॥

विद्याधरले भने
प्रभो ! यो मानव देह परम पुरुषार्थ प्राप्त गर्नको लागि हो तापनि आफ्नो मायाले मोहित हुनाले जीवहरू यो मेरो भन्ने अभिमान गर्दछन् त्यस्ता बुध्दिहीनहरू आफ्ना आत्मियजनबाट तिरस्कार हुंदा पनि ती असत् विषयमा मोहित हुन्छन् । तर यस्तो अवस्थामा जसले तपाईको कथारूपी अमृत सेवन गर्दछन भने तिनले यस्तो मोहलार्ई त्यागिदिन्छन ।।४४।।

ब्राह्मणा ऊचुः
(स्रग्विणी)
त्वं क्रतुस्त्वं हविस्त्वं हुताशः स्वयं
     त्वं हि मंत्रः समिद् दर्भपात्राणि च ।
त्वं सदस्यर्त्विजो दम्पती देवता
     अग्निहोत्रं स्वधा सोम आज्यं पशुः ॥ ४५ ॥

ब्राम्हणहरूले भने
भगवन् ! यज्ञ, हवि, अग्नि, ऋत्विज, यजमान तथा उस्की धर्मपत्नी, देवता अग्नि, होडा स्वधा, सोमरस, धृत र पशु हो ।।४५।।

त्वं पुरा गां रसाया महासूकरो
     दंष्ट्रया पद्मिनीं वारणेन्द्रो यथा ।
स्तूयमानो नदन् लीलया योगिभिः
     व्युज्जहर्थ त्रयीगात्र यज्ञक्रतुः ॥ ४६ ॥

हे वेदमुर्ते यज्ञ र यज्ञसंकल्प दुवै तपाई नै हो । पूर्वकल्पमा तपाईले आफ्नो लीलाबाटै रसातलमा डुवेकी पृथ्वीलार्ई हात्तीले कमल उठाएझैं गरी आफ्नो दाह्राले उठाएर ल्याउँनुभयो । त्यस समयमा तपाईको केहि गर्जना थियो । योगीहरूले यस्तो पुरुषार्थलार्ई देखेर स्तुति गरेका थिए ।।४६।।

मैत्रेय उवाच 
स प्रसीद त्वमस्माकं आकाङ्क्षतां
     दर्शनं ते परिभ्रष्टसत्कर्मणाम् ।
कीर्त्यमाने नृभिर्नाम्नि यज्ञेश ते
     यज्ञविघ्नाः क्षयं यान्ति तस्मै नमः ॥ ४७ ॥
मैत्रेयजीले भने

यज्ञेश्वर ! मानिसहरू जब तपाईको कीर्तन गर्दछन् तव यज्ञका सबै विघ्नहरू नाश हुन्छन् । हाम्रो यो सत्यस्वरूप यज्ञता नष्ट भैसकेको थियो त्यसैले हामी तपाईको दर्शन गर्ने इच्छामा थियौं । अब हामीसंग प्रसन्न हुनुहोस, तपाईलार्ई नमस्कार छ ।।४७।।

(अनुष्टुप्)
इति दक्षः कविर्यज्ञं भद्र रुद्राभिमर्शितम् ।
कीर्त्यमाने हृषीकेशे सन्निन्ये यज्ञभावने ॥ ४८ ॥

विदुर ! यसरी सबैजना यज्ञरक्षक भगवानको स्तुति गर्न लागे यता दक्षले रुद्र्रका पार्षद वीरभद्रद्वारा ध्वंस गरेको यज्ञ फेरी सुरु गरे ।।४८।।

भगवान् स्वेन भागेन सर्वात्मा सर्वभागभुक् ।
दक्षं बभाष आभाष्य प्रीयमाण इवानघ ॥ ४९ ॥

सर्वान्तर्यामी श्रीहरि सबै भागका भोक्ता हुनुहुन्छ । वहाँँले त्रिकाल पुरोडास मन्त्रले प्रसन्न भएर दक्षलार्ई भन्नुभयो ।।४९

श्रीभगवानुवाच
अहं ब्रह्मा च शर्वश्च जगतः कारणं परम् ।
आत्मेश्वर उपद्रष्टा स्वयं दृगविशेषणः ॥ ५० ॥

भगवान्ले भन्नुभयो
यो जगतको परमकारण म नै महादेव, ब्रम्हा हु्ं । म सबैको आत्मा हुं र सबैको साक्षि हुं । त्यस्तै स्वयंप्रकास उपाधि रहित हुं  ॥ ५० ॥

आत्ममायां समाविश्य सोऽहं गुणमयीं द्विज ।
सृजन् रक्षन् हरन् विश्वं दध्रे संज्ञां क्रियोचिताम् ॥ ५१ ॥

प्रीयवरहरू ! म आफ्नो त्रिगुणमयी मायालार्ई विकार गरेर जगतको रचना, पालना र संहार गर्दछु र म नै काम अनुसार ब्रह्मा विष्णु र महेश्वर नाम धारण गर्दछु ।।५१।।

तस्मिन् ब्रह्मण्यद्वितीये केवले परमात्मनि ।
ब्रह्मरुद्रौ च भूतानि भेदेनाज्ञोऽनुपश्यति ॥ ५२ ॥

कुनै भेद नभएको विशुध्द ब्रम्ह म नै हुं, यसैलार्ई अज्ञानी ब्यक्ति ब्रम्हा, रुद्र्र तथा अन्य जीवको रूपमा देख्छन् ।।५२।।

यथा पुमान्न स्वाङ्गेषु शिरःपाण्यादिषु क्वचित् ।
पारक्यबुद्धिं कुरुते एवं भूतेषु मत्परः ॥ ५३ ॥

जसरी मानिस आफ्नो हात, सिर, आदि अंगलार्ई आफुबाट भिन्न छ भनि देख्दैन त्यसैगरी त्यसैगरी मेरो भक्त प्राणी र ममा भिन्नता देख्दैन ।।५३।।

त्रयाणां एकभावानां यो न पश्यति वै भिदाम् ।
सर्वभूतात्मनां ब्रह्मन् स शान्तिं अधिगच्छति ॥ ५४ ॥

ब्रम्हान् !  ब्रम्हा, विष्णु तथा महेश्वर यी तिनै एकै हुन् हामी सबै जीवरूप हौं । जो हामीमा कुनै भिन्नता देख्दैन उसैले शान्ति प्राप्ति गर्दछ ।।५४।।

मैत्रेय उवाच
एवं भगवतादिष्टः प्रजापतिपतिर्हरिम् ।
अर्चित्वा क्रतुना स्वेन देवान् उभयतोऽयजत् ॥ ५५ ॥

मैत्रेयजी भन्दछन्
यसरी भगवान्ले आज्ञादिनु भएपछि प्रजापतिका नायक दक्षले आफ्नो  यज्ञद्वारा सबै देवताहरूको पूजा गरे ।।५५।।

रुद्रं च स्वेन भागेन ह्युपाधावत्समाहितः ।
कर्मणोदवसानेन सोमपानितरानपि ।
उदवस्य सहर्त्विग्भिः सस्नाववभृथं ततः ॥ ५६ ॥

त्यसपछि एकाग्रचित्त भएर भगवान् रुद्र्रको वहाँँको भाग सहित पूजा गरे अनि यज्ञ समाप्तिमा गरीने उदवसान नाम मन्त्रले अरु सोमपान देवताहरूको पूजा गरे र अन्त्यमा ऋत्विज सहित अवभृथस्नान गरे ।।५६।।

तस्मा अप्यनुभावेन स्वेनैवावाप्तराधसे ।
धर्म एव मतिं दत्त्वा त्रिदशास्ते दिवं ययुः ॥ ५७ ॥

त्यसपछि सबै देवताहरूले तिम्रो सिध्दि प्राप्तहोस् सधैं धर्मममा मन लागोस भनेर दक्षलार्ई आशिर्वाद दिएर आफ्नो बाटो लागे ॥ ५७ ॥

एवं दाक्षायणी हित्वा सती पूर्वकलेवरम् ।
जज्ञे हिमवतः क्षेत्रे मेनायामिति शुश्रुम ॥ ५८ ॥

विदुरजी ! दक्षकी छोरी सतीले जुनप्रकार आफ्नो प्राण त्याग गरीन् त्यसपछि हिमालयकी पत्नी मेनकाको गर्भबाट जन्म लिइन् भन्ने सुनिन्छ ।।५८।।

तमेव दयितं भूय आवृङ्क्ते पतिमम्बिका ।
अनन्यभावैकगतिं शक्तिः सुप्तेव पूरुषम् ॥ ५९ ॥

प्रलयकालमा लीन भएको लीन भएको शक्ति सृष्टिकालमा जसरी इश्वरको आश्रय लिन्छ । त्यसैगरी अनन्यपरायणा श्री अम्बिकादेवीले ले त्यो जन्ममा पनि उनको एकमात्र आश्रय  भगवान् शंकरलार्ई नै वरण गरीन ।।५९।।

एतद्भगवतः शम्भोः कर्म दक्षाध्वरद्रुहः ।
श्रुतं भागवतात् शिष्याद् उद्धवान्मे बृहस्पतेः । ॥ ६० ॥

विदुरजी ! दक्ष यज्ञ विध्वंस गर्ने भगवान् शिवको यो चरित्र बृहस्पतिका शिष्य परम भागवत उध्दवजीका मुखबाट सुनेको थिएं ।।६०।।

(इंद्रवज्रा)
इदं पवित्रं परमीशचेष्टितं
     यशस्यमायुष्यमघौघमर्षणम् ।
यो नित्यदाऽऽकर्ण्य नरोऽनुकीर्तयेद्
     धुनोत्यघं कौरव भक्तिभावतः । ॥ ६१ ॥

 कुरुनन्दन ! महादेवजीको यस्तो पावन चरित्रले यश र आयुलार्ई बढाउँदछ र सबै पापलार्ई नष्ट गर्दछ । जो ब्यक्ति नित्य भक्तिभावले श्रवण गर्दछ तथा कीर्तन गर्दछ भने उस्के सबै पाप नाश हुन्छ ।।६१।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे दक्षयज्ञसंधान सप्तमोऽध्यायः ॥ ७ ॥