#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

द्वितीय स्कंधः - चतुर्थोऽध्यायः


श्रीमद्भागवत महापुराण
द्वितीय स्कंधः - चतुर्थोऽध्यायः


सूत उवाच
(अनुष्टुप)
वैयासकेरिति वचः तत्त्वनिश्चयमात्मनः
उपधार्य मतिं कृष्णे औत्तरेयः सतीं व्यधात्

सूतजीले भने
सुकदेवजीको वचन भागवत प्राप्त गराउनको लागि थियो उत्तराको छोरा राजा परीक्षितले यस्तो कुरा सुनेर विनम्र भावले आफ्नो बुध्दि भगवान् श्रीकृष्णको चरणमा सुम्पिए ।।१।।

आत्मजायासुतागार पशुद्रविणबन्धुषु
राज्ये चाविकले नित्यं विरूढां ममतां जहौ

शरीर, पत्नी, पुत्र, पशु, धन, भाइबन्धु निष्कन्टक राज्यमा उनको ममता रहेको थियो, क्षणभरमै उनले त्यो ममतालार्ई त्यागिदिए ।।२।।

पप्रच्छ चेममेवार्थं यन्मां पृच्छथ सत्तमाः
कृष्णानुभावश्रवणे श्रद्दधानो महामनाः

संस्थां विज्ञाय सन्न्यस्य कर्म त्रैवर्गिकं यत्
वासुदेवे भगवति आत्मभावं दृढं गतः

शौनकादि ऋषिहरू! महामनस्वी परीक्षितले आफ्नो मृत्युको वारेमा थाहा पाइसकेका थिए त्यसैले धर्म, अर्थ काम संग सम्बन्ध भएका कर्महरू सबै त्यागिदिए त्यसपछि भगवान् श्रीकृष्णमा सुदिृढ आत्मभाव प्राप्त गरि श्रध्दा पूर्वक श्रीकृष्णको महिमा सुन्नको लागि उनले सुकदेवजी संग यहि कुरा सोधेका थिए जुन अहिले तपाईहरू मलार्ई सोध्दै हुनुहुन्छ ।।३,४।।

राजोवाच -
समीचीनं वचो ब्रह्मन् सर्वज्ञस्य तवानघ
तमो विशीर्यते मह्यं हरेः कथयतः कथाम्

राजाले भने
तपाईले जे भन्नुभयो त्यो सत्य सहि हो तपाईले जतिजति भगवानका कथाहरू भन्दै जानुहुन्छ त्यति नै मेरो अज्ञानको पर्दा नष्ट हुंदै गएको ।।५।।

भूय एव विवित्सामि भगवान् आत्ममायया
यथेदं सृजते विश्वं दुर्विभाव्यमधीश्वरैः

तपाई संग यो जान्न चाहान्छु कि भगवान्ले आफ्नो मायाबाट यस संसारको सृष्टि कसरी गर्नुहुन्छ ? यस संसारको सृष्टि यस्तो रहस्यमय कि ब्रम्हादि लोकपाल हरू पनि यसलार्ई राम्ररी बुझ्न सक्तैनन ।।६।।

यथा गोपायति विभुः यथा संयच्छते पुनः
यां यां शक्तिमुपाश्रित्य पुरुशक्तिः परः पुमान्
आत्मानं क्रीडयन्क्रीडन् करोति विकरोति

फेरि भगवान्ले यस विश्वको रक्षा संहार कसरी गर्नुहुन्छ ? अनन्त शक्ति परमात्माले कुन कुन शक्तिको आश्रय लिएर आफुले आफुलार्ई नै खेलौना बनाएर खेल्नु हुन्छ ? वहाँ बालकले बनाएको माटोको घर जसरी यस ब्रम्हाण्डलार्ई कसरी बनाउनु हुन्छ फेरि कसरी नष्ट गर्नुहुन्छ ।।७।।

नूनं भगवतो ब्रह्मन् हरेरद्भुतकर्मणः
दुर्विभाव्यमिवाभाति कविभिश्चापि चेष्टितम्

भगवान श्रीहरिको लीला बडो अद्भुत ठुला ठुला विद्वानहरूलार्ई पनि वहाँको लीलाको बारेमा थाहा पाउन गाह्रो ।।८।।

यथा गुणांस्तु प्रकृतेः युगपत् क्रमशोऽपि वा
बिभर्ति भूरिशस्त्वेकः कुर्वन् कर्माणि जन्मभिः

भगवान एउटैले नै धेरै कार्य गर्नको लागि पुरुष रूपबाट प्रकृतिको बिभिन्न गुणलाई एकै साथ धारणा गर्नुहुन्छ अथवा अनेक अवतारहरू लिएर क्रमशः धारण गर्नु हुन्छ ।।९।।

विचिकित्सितमेतन्मे ब्रवीतु भगवान् यथा
शाब्दे ब्रह्मणि निष्णातः परस्मिंश्च भवान्खलु १०

मुनिवर! तपाई वेद ब्रम्हतत्व दुवैमा मर्मज्ञ हुनुहुन्छ त्यसबारे मेरो यस सन्देहको निवारण गरिदिनुहोस ।।१०।।

सूत उवाच
इत्युपामंत्रितो राज्ञा गुणानुकथने हरेः
हृषीकेशं अनुस्मृत्य प्रतिवक्तुं प्रचक्रमे ११

सूतजीले भने
भगवान्को गुणको वर्णन गर्नका लागि परीक्षितले यसप्रकार प्रार्थना गरेपछि भगवान्लाई मनमा चिन्तन गर्दे श्रीशुकदेवजीले भन्नुभयो ।।११।।

श्रीशुक उवाच -
(इंद्रवज्रा)
नमः परस्मै पुरुषाय भूयसे
    सदुद्भवस्थाननिरोधलीलया
गृहीतशक्तित्रितयाय देहिनां
    अंतर्भवायानुपलक्ष्यवर्त्मने १२

श्रीशुकदेवजीले भन्नुभयो
उनै पुरुषोत्तम भगवान्को चरणकमलमा मेरो कोटिकोटि नमस्कार जसले संसारको उत्पत्ति, स्थिति संहारका लागि सत्व, रज तथा तमोगुणको तीन शक्ति स्विकार गरेर ब्रम्हा, विष्णु शंकरको रूप धारण गर्नुहुन्छ जो समस्त चर अचर प्राणीहरूको हृदयमा अन्तर्यामी रूपले विराजमान हुनुहुन्छ जसको स्वरूप उपलब्धीको मार्ग बुध्दिको विषय होइन, जो स्वयम अनन्त हुनुहुन्छ महिमा पनि अनन्त ।।१२।।

भूयो नमः सद्वृजिनच्छिदेऽसतां
        असंभवायाखिलसत्त्वमूर्तये
पुंसां पुनः पारमहंस्य आश्रमे
        व्यवस्थितानामनुमृग्यदाशुषे १३

जो सत्पुरुषको दुःख नाश गरेर उसलार्ई प्रेमदान दिनुहुन्छ दुष्टहरूको संसारिक बढ्तिलार्ई रोकेर मुक्त दिनुहुन्छ तथा जो परमहंस आश्रममा स्थित हुनुहुन्छ, उनीहरूलाई इच्छा गरेका वस्तु दान दिनुहुन्छ किनकि चर अचर सबै प्राणी वहाँको मुर्ति हुन्, फेरि वारंवार उहाँको चरणमा नमस्कार गर्दछु ।।१३।।

नमो नमस्तेऽस्त्वृषभाय सात्वतां
        विदूरकाष्ठाय मुहुः कुयोगिनाम्
निरस्तसाम्यातिशयेन राधसा
        स्वधामनि ब्रह्मणि रंस्यते नमः १४

वहाँ भक्तवत्सल हुनुहुन्छ हठ घमण्डले भक्तिहिन कार्य गर्नेहरूले भगवान्को छायालार्ई पनि छुन सक्तैनन् वहाँ समान अरु कसैको ऐश्वर्य छैन भने बढ्ता कसरी हुन सक्छ यस्तो ऐश्वर्यले युक्त भए पनि जो ब्रम्हस्वरूप धाममा निरन्तर विहार गर्नुहुन्छ उनै श्रीकृष्ण भगवान्लार्ई वरंवार नमस्कार गर्दछु ।।१५।।

यत्कीर्तनं यत्स्मरणं यदीक्षणं
        यद् वंदनं यच्छ्रवणं यदर्हणम्
लोकस्य सद्यो विधुनोति कल्मषं
        तस्मै सुभद्रश्रवसे नमो नमः १५

जसको कीर्तन, स्मरण, दर्शन, वन्दन, श्रवण पूजनले मानिसको पापलाई तत्कालै नाश गरिदिन्छ, त्यस्ता पूण्यकीर्ति भगवान्लाई वरंवार नमस्कार गर्दछु  १५ 

विचक्षणा यच्चरणोपसादनात्
        सङ्गं व्युदस्योभयतोऽन्तरात्मनः
विन्दन्ति हि ब्रह्मगतिं गतक्लमाः
        तस्मै सुभद्रश्रवसे नमो नमः १६

जस्को चरणको शरण लिएर आफ्नो हृदयबाट यसलोक परलोकको आशक्ति निकाल्दछ विना परिश्रम ब्रम्हपद प्राप्त गर्दछ उनै मंगलमय कीर्ति भएका भगवान श्रीकृष्णलार्ई वारंवार नमस्कार गर्दछु ।।१६।।

तपस्विनो दानपरा यशस्विनो
        मनस्विनो मंत्रविदः सुमङ्गलाः
क्षेमं विन्दन्ति विना यदर्पणं
        तस्मै सुभद्रश्रवसे नमो नमः १७

ठुला ठुला तपस्वी, दानी, यसस्वी, मनस्वी, सदाचारी मन्त्रवेत्ताहरू जवसम्म आफ्नो साधना तथा आफुलार्ई उनको चरणमा सपर्पित नगर्दा सम्म उनिहरूलार्ई कल्याण प्राप्त हुदैन उनै कल्याणमयी कीर्ति भएका भगवान्लार्ई वरंवार नमस्कार गर्दछु ।।१७।।

किरातहूणान्ध्रपुलिन्दपुल्कशा
        आभीरकङ्का यवनाः खसादयः
येऽन्ये पापा यदपाश्रयाश्रयाः
        शुध्यन्ति तस्मै प्रभविष्णवे नमः १८

किरात, हुण, आन्द्र पुलीन्द, पुल्कस, कंक, यवन खस आदि   पापीहरू समेत उन शरणागत भक्तहरूको शरण पर्नाले पवित्र हुन्छ उनै सर्वशक्तिमान भगवान्लार्ई वारंवार नमस्कार गर्दछु ।।१८।।

एष आत्मात्मवतामधीश्वरः
        त्रयीमयो धर्ममयस्तपोमयः
गतव्यलीकैरजशङ्करादिभिः
        वितर्क्यलिङ्गो भगवान्प्रसीदताम् १९

वहाँ भगवान् आत्मज्ञानीहरूका आत्मा, भक्तहरूका स्वामी, कर्मकाण्डीका निम्ति वेदमुर्ति, धार्मिकका लागि धर्म मुर्ति तपस्वीहरूका लागि तप स्वरूप हुनुहुन्छ ब्रम्हा, शंकर आदि ठुलाठुला देवताहरू पनि आफ्नो शुध्द हृदयबाट उनको चिन्तन गर्दछन् आश्चर्य चकित भएर हेर्दछन ।।१९।।

श्रियः पतिर्यज्ञपतिः प्रजापतिः
        धियां पतिर्लोकपतिर्धरापतिः
पतिर्गतिश्चान्धकवृष्णिसात्वतां
        प्रसीदतां मे भगवान् सतां पतिः २०

जो साह्रा सम्पत्तिहरूका स्वामीनी लक्ष्मिजीका पति हुनुहुन्छ समस्त यज्ञका भोक्ता फलदाता हुनुहुन्छ, प्रजाहरूको रक्षक हुनुहुन्छ सवका अन्तर्यामी सबै लोकको पालन कर्ता हुनुहुन्छ तथा पृथ्वीदेवीका स्वामी हुनुहुन्छ, जसले यदुवंशमा प्रकट भएर अन्धक, वृष्णि तथा यदुवंशीहरूको रक्षा गर्नुभयो, उनै शन्तहरूका सर्वश्व भक्तवत्सल भगवान श्रीकृष्ण संग प्रसन्न हुनुहोस ।।२०।।

यदङ्घ्र्यभिध्यानसमाधिधौतया
        धियानुपश्यन्ति हि तत्त्वमात्मनः
वदन्ति चैतत् कवयो यथारुचं
        मे मुकुंदो भगवान् प्रसीदताम् २१

जस्को चरणकमलको चिन्तनरूप समाधिबाट सुध्द भएको बुध्दिद्वारा विद्वानहरू आत्मतत्वको साक्षात्कार गर्दछन तथा दर्शनको आधारमा आफ्नै ढंगबाट वहाँको स्वरूपको बारेमा वर्णन गर्दछन यस्ता प्रेममय भगवान् श्रीकृष्ण मसंग प्रसन्न हुनुहोस ।।२१।।

प्रचोदिता येन पुरा सरस्वती
        वितन्वताऽजस्य सतीं स्मृतिं हृदि
स्वलक्षणा प्रादुरभूत् किलास्यतः
         मे ऋषीणां ऋषभः प्रसीदताम् २२

जसले सृष्टको समयमा ब्रम्हाको हृदयमा पूर्वकल्पको स्मृति जगाउनको लागि ज्ञानकी अधिष्ठात्री देवीलार्ई प्रेरित गरेर आफ्नो आफ्नो अङ्गसहित वेदको रूपमा वहाँको मुखबाट प्रकट भएको ज्ञानको मूल कारण रूप भगवान्, माथि कृपा गर्नुहोस अनि मेरो हृदयमा प्रकट हुनुहोस ।।२२।।

भूतैर्महद्भिर्य इमाः पुरो विभुः
        निर्माय शेते यदमूषु पूरुषः
भुङ्क्ते गुणान् षोडश षोडशात्मकः
        सोऽलङ्कृषीष्ट भगवान् वचांसि मे २३

यस पञ्चमहाभुत शरीरको निर्माण गरेर तिनमा जीवका रूपमा वहाँ भगवान् सयन गर्नु हुन्छ पाँच ज्ञानेन्द्रिय पाँच प्राण एक मनको सोह्र कला बाट युक्त भएर यसैद्वारा सोह्र कलाको भोग गर्दछन, उनै सर्वभूतमय भगवान्ले मेरो बोलीलार्ई आफ्नो गुणद्वार अलंकृत गरिदिउन ।।२३।।

(अनुष्टुप)
नमस्तस्मै भगवते वासुदेवाय वेधसे
पपुर्ज्ञानमयं सौम्या यन्मुखाम्बुरुहासवम् २४

वहाँको मुखबाट झरेको ज्ञानरूपी अमृत सन्त पुरुषहरू पान गर्दछन उनै वासुदेवातार सर्वज्ञ व्यासदेवको चरणमा मेरो वारंवार नमस्कार ।।२४।।

एतद् एवात्मभू राजन् नारदाय विपृच्छते
वेदगर्भोऽभ्यधात् साक्षाद् यदाह हरिरात्मनः २५

हे राजन! वेदगर्भ स्वयम्भु ब्रम्हासंग नारदले प्रश्न गर्दा यहि कुरा बताउनु भएको थियो वहाँ ब्रम्हालार्ई स्वयं नारायणले उपदेश दिनुभएको थियो त्यहिकुरा मैले तपाईलार्ई बताइरहेको छु ।।२५।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
द्वितीयस्कंधे चतुर्थोऽध्यायः