#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

सप्तमः स्कंधः - चतुर्दशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
सप्तमः स्कंधः - चतुर्दशोऽध्यायः



युधिष्ठिर उवाच -
गृहस्थ एतां पदवीं विधिना येन चाञ्जसा ।
याति देवऋषे ब्रूहि मादृशो गृहमूढधीः ॥ १ ॥

नारद ! म जस्तो घरकै काममा आशक्त भएका गृहस्थले कुनै ठुलो परिश्रम नगरिकन मोक्ष प्राप्त गर्न सक्ने कुन साधन हो  < त्यस बारे मलाई बताउनु होस ।।१।।

श्रीनारद उवाच -
गृहेष्ववस्थितो राजन् क्रियाः कुर्वन्यथोचिताः ।
वासुदेवार्पणं साक्षाद् उपासीत महामुनीन् ॥ २ ॥

नारदले भन्नुभयो–
युधिष्ठिर ! मानिसले आफुले गरेका काम भगवान्मा समर्पण गर्दै गृहस्थ धर्म अनुसार सबै कार्य गरोस । सन्त महात्मा हरूको लगाओस ।।।२।। 

श्रृण्वन्भगवतोऽभीक्ष्णं अवतारकथामृतम् ।
श्रद्दधानो यथाकालं उपशान्तजनावृतः ॥ ३ ॥

भगवान्को लीला कथाहरू नित्य श्रवण गर्नु पर्दछ त्यस्तै समय अनुसार सन्त महात्माहरूको संगत सेवा पनि गर्नु पर्दछ ।।।३।।

सत्सङ्‌गाच्छनकैः सङ्‌गं आत्मजायात्मजादिषु ।
विमुञ्चेन् मुच्यमानेषु स्वयं स्वप्नवदुत्थितः ॥ ४ ॥

जसरी सपनामा देखिएका वस्तुहरूमा सपनाबाट ब्युझिएपछि त्यसमा मन जादैन त्यसरी नै सन्तहरूको संगतले मनलाई सुद्ध पारेर घर संग सम्बन्धि धन, स्त्री पुत्रादि आशक्तिलार्ई एकदिन छाड्नै पर्ने हो भन्ने सम्झेर बिस्तारै त्यागिदिनु पर्दछ ।।४।।

यावद् अर्थमुपासीनो देहे गेहे च पण्डितः ।
विरक्तो रक्तवत् तत्र नृलोके नरतां न्यसेत् ॥ ५ ॥

बुद्धिमान मानिसले आवस्यकता अनुसार घर र शरीरको सेवा गर्नु पर्दछ । भित्रबाट विरक्त र वाहिर देख्दा अनुरक्त जस्तो भएर समान्य साधारण मानिसको जस्तो व्यवहार गर्नु पर्दछ ।।५।।

ज्ञातयः पितरौ पुत्रा भ्रातरः सुहृदोऽपरे ।
यद् वदन्ति यदिच्छन्ति चानुमोदेत निर्ममः ॥ ६ ॥

नाता गोता, आमा बाबु, भाईवन्धु, पुत्र धन आदि सबैमा भित्र देखिनै ममता नराखिकन रहनु पर्दछ ।।६।।

दिव्यं भौमं चान्तरीक्षं वित्तं अच्युतनिर्मितम् ।
तत्सर्वं उपयुञ्जान एतत्कुर्यात् स्वतो बुधः ॥ ७ ॥

वर्षाबाट उत्पन्न हुने अन्न आदि धन, पृथ्वीबाट उत्पन्न हुने सुन आदि वस्तु, अकस्मात प्राप्त भएका द्रव्य आदि सबै किसिमका धनहरू भगवान्ले नै दिएको हो भन्ने सम्झेर प्रारव्ध अनुसार भोग गर्नु, सञ्चय नगर्नु । जसलार्ई पहिला भनेका साधुहरूको सेवामा लगाउनु ।।७।।

यावद् भ्रियेत जठरं तावत् स्वत्वं हि देहिनाम् ।
अधिकं योऽभिमन्येत स स्तेनो दण्डमर्हति ॥ ८ ॥

मानिसमा जति धनले शरीरको रक्षाका लागि  जति आवस्यक पर्दछ त्यतिमा मात्र उसको अधिकार हुन्छ त्यो भन्दा बढिलार्ई आफ्नो सम्पत्ति सम्झनेहरू चोर हुन, उनीहरूलाई चोरलाई झैं दण्ड मिल्दछ ।।८।।

मृगोष्ट्रखरमर्काखु सरीसृप्खगमक्षिकाः ।
आत्मनः पुत्रवत्पश्येत् तैरेषामन्तरं कियत् ॥ ९ ॥

हरिण, गधा, मुसा, उट, पक्षी र झिंगा आदि सबै प्राणीलाई आफ्नो परिवार बराबर सम्झनु पर्दछ । फरक देख्नु हुदैन ।।९।।

त्रिवर्गं नातिकृच्छ्रेण भजेत गृहमेध्यपि ।
यथादेशं यथाकालं यावद् दैवोपपादितम् ॥ १० ॥

गुहस्थ मानिसले पनि धर्म अर्थ कामका लागि धेरै ठुलो कष्ट उठाउनु हुदैन । देश काल परिस्थिति अनुसार प्राप्त भएको सम्पत्तिमा सन्तोष मान्नु पर्दछ ।।१०।।

आश्वाघान्तेऽवसायिभ्यः कामान् सविभजेद् यथा ।
अप्येकामात्मनो दारां नृणां स्वत्वग्रहो यतः ॥ ११ ॥

राजा युधिष्ठिरले सोधे–
आफ्ना सबै भोग सामाग्रीलार्ई कुकुर देखि चाण्डाल सम्मलार्ई बाडेर असल काममा लगाओस । आफुलाई पनि अतिथिहरूको सेवामा लगाउनु पर्दछ ।।११।।

जह्याद्यदर्थे स्वप्राणान् हन्याद्वा पितरं गुरुम् ।
तस्यां स्वत्वं स्त्रियां जह्याद् यस्तेन ह्यजितो जितः ॥ १२ ॥

मानिस स्वास्नीका लागि आफ्नो प्राण समेत दिन तयार हुन्छ ।  यहाँ सम्म कि आफ्ना आमा बाबु, गुरु समेतलार्ई हेला गर्दछ । त्यसैले स्त्री माथिको ममता हटाएर नित्य भगवानमा विजय प्राप्त गरोस ।।१२।।

कृमिविड्भस्मनिष्ठान्तं क्वेदं तुच्छं कलेवरम् ।
क्व तदीयरतिर्भार्या क्वायमात्मा नभश्छदिः ॥ १३ ॥

अन्त्यमा यो शरीर विष्ट कीरा र खरानी हुने हो । कहाँ यो तुच्छ शरीर र जसमा आशक्त हुने स्त्री र कहाँ आफ्नो महिमाले आकाश ढाक्ने अनन्त आत्मा ।।१३।।

सिद्धैर्यज्ञावशिष्टार्थैः कल्पयेद् वृत्तिमात्मनः ।
शेषे स्वत्वं त्यजन् प्राज्ञः पदवीं महतामियात् ॥ १४ ॥

गृहस्थले प्रारब्धले पाएको र पञ्चयज्ञले बचेको अन्नले आफ्नो निर्वाह गर्नु पर्दछ । जसले यी बाहेक अरुमा आशा राख्दैन उसलाई सन्त महात्मा नै सम्झनु पर्दछ ।।१४।।

देवानृषीन् नृभूतानि पितॄनात्मानमन्वहम् ।
स्ववृत्त्यागतवित्तेन यजेत पुरुषं पृथक् ॥ १५ ॥

आफ्नो वर्णाश्रम वृत्तिद्वारा उपार्जन गरिएको सामाग्रीले देवता, ऋषि, मनुष्य, भूत, पितृहरू तथा आफ्नो आत्माको प्रति दीन पूजा गर्नु पर्दछ । यसो गर्नु एकै  परमेश्वरको भिन्न किसिमको आराधना हो ।।१५।।

यर्ह्यात्मनोऽधिकाराद्याः सर्वाः स्युर्यज्ञसम्पदः ।
वैतानिकेन विधिना अग्निहोत्रादिना यजेत् ॥ १६ ॥

ठुला यज्ञ गर्ने सामग्री मिल्दछ र अधिकार छ भने ठुला यज्ञ गरेर भगवान्को स्तुति आराधना गरोस ।।१६।।

न ह्यग्निमुखतोऽयं वै भगवान् सर्वयज्ञभुक् ।
इज्येत हविषा राजन् यथा विप्रमुखे हुतैः ॥ १७ ॥

युधिष्ठिर ! ब्राह्मणको मुखमा गरिएको हविष्यान्नले सबै यज्ञका भोक्त भगवान्  जसरी तृप्त हुनुहुन्छ ् । तर अग्निमा गरिएको हवनले त्यसरी तृप्त हुनुहुन्न ।।१७।।

तस्माद् ब्राह्मणदेवेषु मर्त्यादिषु यथार्हतः ।
तैस्तैः कामैर्यजस्वैनं क्षेत्रज्ञं ब्राह्मणाननु ॥ १८ ॥

त्यसैले ब्राम्हण देवता, मानिस आदि प्राणीलार्ई श्रद्धा अनुसारको पूजा गरेर त्यसरी नै सबका हृदयमा विराजमान हुनु हुने भगवान्को पूजा गनु पर्दछ ।।१८।।

कुर्याद् आपरपक्षीयं मासि प्रौष्ठपदे द्विजः ।
श्राद्धं पित्रोर्यथावित्तं तद्‍बन्धूनां च वित्तवान् ॥ १९ ॥

आश्विन महिनाको कृष्ण पक्षमा आफ्नो शक्ति अनुसार आफ्ना आमा, बाबु, बाजे, र मातामहको महालय श्राद्ध गर्नु पर्दछ ।।१९।।

अयने विषुवे कुर्याद् व्यतीपाते दिनक्षये ।
चन्द्रादित्योपरागे च द्वादश्यां श्रवणेषु च ॥ २० ॥

तृतीयायां शुक्लपक्षे नवम्यामथ कार्तिके ।
चतसृष्वप्यष्टकासु हेमन्ते शिशिरे तथा ॥ २१ ॥

माघे च सितसप्तम्यां मघाराकासमागमे ।
राकया चानुमत्या च मासर्क्षाणि युतान्यपि ॥ २२ ॥

द्वादश्यां अनुराधा स्यात् श्रवणस्तिस्र उत्तराः ।
तिसृष्वेकादशी वाऽऽसु जन्मर्क्षश्रोणयोगयुक् ॥ २३ ॥

यस बाहेक अयन, विषुब, ब्यतिपात, चन्द्रग्रहण र सूर्य ग्रहणको समय, द्वादशी, श्रवण, धनिष्ठा र अनुराधा नक्षत्रमा, वैशाख शुक्ल तृतिया, कार्तिक शुक्ल नवमी, पौष, माघ र फाल्गुण यी चार महिनाको कृष्ण अष्टमी, माघ शुक्ल सप्तमी, माघको नक्षत्रले युक्त भएको पूर्णिमा र प्रत्तेक महिनाको पूर्णिमा जुन आफ्नो महिना नक्षत्र चित्रा, विशाखा र जेष्ठा आदिले युक्त भएको चन्द्रमा पूर्ण अपूर्ण जे भएपनि द्वादशी, श्रवण, धनिष्ठा, र अनुराधा, श्रवण, उत्तराफाल्गुनी, उत्तराषाढा र उत्तराभाद्रपदाको साथ योग, एकादशी तिथिको उत्तरा नक्षत्रको योग अथवा जन्म नक्षत्र र श्रवण नक्षत्रको योग यी सबै समय पितृ श्राद्धका लागि योग्य छन ।।२०।२३।।

त एते श्रेयसः काला नॄणां श्रेयोविवर्धनाः ।
कुर्यात् सर्वात्मनैतेषु श्रेयोऽमोघं तदायुषः ॥ २४ ॥

यो श्राद्धका लागि मात्र होइन अरु पुण्य कर्मका लागि पनि हो । यसले उपर्युक्त शुभ फैलाउँदछ । यस समयमा आफ्नो पुरा शक्तिले शुभ कर्महरू गर्नु पर्दछ । यसैबाट जीवनमा सफलता मिल्दछ ।।२४।।

एषु स्नानं जपो होमो व्रतं देवद्विजार्चनम् ।
पितृदेवनृभूतेभ्यो यद् दत्तं तद्ध्यनश्वरम् ॥ २५ ॥

यो शुभ संयोगमा स्नान, जप, होम, व्रत तथा देवताहरूको पूजा गर्नु पर्दछ जसको फल अक्षय हुन्छ ।।२५।।

संस्कारकालो जायाया अपत्यस्यात्मनस्तथा ।
प्रेतसंस्था मृताहश्च कर्मण्यभ्युदये नृप ॥ २६ ॥

राजन ! यस प्रकार स्त्रीको पुंसवन आदि, सन्तानको जातकर्म तथा आफ्नो यज्ञ दिक्षा संस्कारको समय सवदाहको दिन या वार्षिक श्राद्धको दिनमा वा अन्य मांगलिक कार्यमा गरिएका शुभकर्मको फल पनि अक्षय हुन्छ ।।२६।।

अथ देशान् प्रवक्ष्यामि धर्मादिश्रेय आवहान् ।
स वै पुण्यतमो देशः सत्पात्रं यत्र लभ्यते ॥ २७ ॥

युधिष्ठिर ! अब म धर्म अथवा कल्याण प्राप्ति गराउने ठाँउको बारेमा बताउँछु । जहाँ सत्पात्र मिल्दछ त्यो ठाँउ नैं पवित्र  हो ।।२७।।

बिम्बं भगवतो यत्र सर्वमेतच्चराचरम् ।
यत्र ह ब्राह्मणकुलं तपोविद्यादयान्वितम् ॥ २८ ॥

यत्र यत्र हरेरर्चा स देशः श्रेयसां पदम् ।
यत्र गंगादयो नद्यः पुराणेषु च विश्रुताः ॥ २९ ॥

जसमा यो चराचर जगत अडिएको छ, वहाँ भगवान्को प्रतिमा हुन्छ । जुन देशमा भए पनि त्यहाँ तप, विद्या एवं दया आदि गुणले युक्त ब्राम्हण परिवार रहन्छन । जहाँ जहाँ भगवान्का पूजा हुन्छ र जहाँ प्रसिद्ध गंगा आदि नदीहरू छन् ती सबै स्थान पवित्र हुन्छन ।।२८।२९।।

सरांसि पुष्करादीनि क्षेत्राण्यर्हाश्रितान्युत ।
कुरुक्षेत्रं गयशिरः प्रयागः पुलहाश्रमः ॥ ३० ॥

नैमिषं फाल्गुनं सेतुः प्रभासोऽथ कुशस्थली ।
वाराणसी मधुपुरी पम्पा बिन्दुसरस्तथा ॥ ३१ ॥

नारायणाश्रमो नन्दा सीतारामाश्रमादयः ।
सर्वे कुलाचला राजन् महेन्द्रमलयादयः ॥ ३२ ॥

एते पुण्यतमा देशा हरेरर्चाश्रिताश्च ये ।
एतान्देशान् निषेवेत श्रेयस्कामो ह्यभीक्ष्णशः ।
धर्मो ह्यत्रेहितः पुंसां सहस्राधिफलोदयः ॥ ३३ ॥

पुष्कर आदि सरोवर, सिद्ध पुरुषले सेवा गरेको क्षेत्र, कुरुक्षेत्र, गया, प्रयाग, पुलहाश्रम, (शालग्राम क्षेत्र) नैमिषरण्य, फाल्गुण क्षेत्र, सेतुवन्ध, प्रभास, द्वारका, काशी, मथुरा, पम्पासर, विन्दुसरोवर, वदरीकाश्रम, अलकनन्दा, अयोध्या, चित्रकुट, र मलयादि पर्वत जहाँ भगवान्को अर्चावतार भएको छ । ती सबै ठाँउ अत्यन्त पबित्र हुन्छन् । आफ्नो कल्याण चाहने पुरुषले निरन्तर यस क्षेत्रको भ्रमण गर्नु पर्दछ । यस स्थान गरिएको पुण्य कर्मले मानिसलार्ई ठुलो फल मिल्दछ ।।३०।३३।।

पात्रं त्वत्र निरुक्तं वै कविभिः पात्रवित्तमैः ।
हरिरेवैक उर्वीश यन्मयं वै चराचरम् ॥ ३४ ॥

युधिष्ठिर ! पात्र वर्णनको बारेमा पात्रको गुण जान्ने विवेकी पुरुषले एकमात्र भगवान्लार्ई नै सत्पात्र बताएका छन् यो सबै जगत वहाँको रूप हो ।।३४।।

देवर्ष्यर्हत्सु वै सत्सु तत्र ब्रह्मात्मजादिषु ।
राजन् यद् अग्रपूजायां मतः पात्रतयाच्युतः ॥ ३५ ॥

यज्ञमा, देवता, प्रसिद्ध ऋषि, र सनकादिहरू रहदा पनि भगवान् श्रीकृष्णलार्ई नै सत्पात्र मानिएको छ ।।३५।।

जीवराशिभिराकीर्ण अण्डकोशाङ्‌घ्रिपो महान् ।
तन्मूलत्वाद् अच्युतेज्या सर्वजीवात्मतर्पणम् ॥ ३६ ॥

अशंख्य जीवहरूले भरिएको यस ब्रह्माण्डको महावृक्षको मूल भगवान् श्रीकृष्ण नै हो । त्यसैले वहाँको पूजा गर्नाले सबै जीवको आत्मालार्ई तृप्ति मिल्दछ ।।३६।।

पुराण्यनेन सृष्टानि नृ तिर्यग् ऋषिदेवताः ।
शेते जीवेन रूपेण पुरेषु पुरुषो ह्यसौ ॥ ३७ ॥

वहाँले मानिस, पशु, पक्षी, ऋषि, र देवताहरूको शरीरको रचना गर्नु भएको हो । वहाँ यस पुरमा जीवको रूपले सयन गर्नु हुन्छ ।।३७।।

तेष्वेव भगवान् राजन् तारतम्येन वर्तते ।
तस्मात् पात्रं हि पुरुषो यावानात्मा यथेयते ॥ ३८ ॥

त्यसैले जहाँ सम्म भगवान्को अंश तप योग आदि भएकाहरू श्रेष्ठ छन् ।।३८।।

दृष्ट्वा तेषां मिथो नृणां अवज्ञानात्मतां नृप ।
त्रेतादिषु हरेरर्चा क्रियायै कविभिः कृता ॥ ३९ ॥

ततोऽर्चायां हरिं केचित् संश्रद्धाय सपर्यया ।
उपासत उपास्तापि नार्थदा पुरुषद्विषाम् ॥ ४० ॥

युधिष्ठिर ! त्रेता आदि गरिएका युगमा विद्वानहरूले मानिस एक आपसमा अपमान गर्न लागेको देखेर विद्वानहरुले  भगवान्को प्रतिमाको सृष्टि गरे त्यसैले उनीहरूले उपासनाका लागि भगवान्को प्रतिमामा भगवान्को पूजा गर्दछन् तर मानिस एक आपसमा द्वेष गर्नेले ता प्रतिमाको उपासना गरे पनि सिद्धि पाउन सक्तैन ॥ ३९ ॥ ।।४०।।

पुरुषेष्वपि राजेन्द्र सुपात्रं ब्राह्मणं विदुः ।
तपसा विद्यया तुष्ट्या धत्ते वेदं हरेस्तनुम् ॥ ४१ ॥

युधिष्ठिर ! मानिसमा ब्राम्हणलार्ई सत्पात्र मानिन्छ किनकि उनीहरू तपस्या विद्या र सन्तोष आदि गुणले भगवान्को वेदरूप शरीर धारण गरेका हुनछन ।।४१।।

नन्वस्य ब्राह्मणा राजन् कृष्णस्य जगदात्मनः ।
पुनन्तः पादरजसा त्रिलोकीं दैवतं महत् ॥ ४२ ॥

महाराज तिम्रो हाम्रो होइन जो सर्वात्मा श्रीकृष्ण भगवानको पनि इष्टदेव ब्राम्हण नै हुन । ।।४२ ।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे सदाचारनिर्णयो नाम चतुर्दशोऽध्यायः ॥ १४ ॥