चतुर्थः स्कन्धः –पञ्चदशोऽध्यायः
वेनभुजाभ्यां पृथोरर्चिषश्च प्रादुर्भावः, पृथो राज्याभिषेकश्च –
मैत्रेय उवाच –
(अनुष्टुप्))
अथ तस्य पुनर्विप्रैः अपुत्रस्य महीपतेः ।
बाहुभ्यां मथ्यमानाभ्यां मिथुनं समपद्यत ॥ १ ॥
यसपछि ब्राम्हणहरूले पुत्रहीन राजा वेनको हातलार्ई मन्थन गरे त्यसवाट एक स्त्री र पुरुष प्रकट भए ।।१।।
तद् दृष्ट्वा मिथुनं जातं ऋषयो ब्रह्मवादिनः ।
ऊचुः परमसन्तुष्टा विदित्वा भगवत्कलाम् ॥ २ ॥
ब्रम्हवादि ऋषिहरूले त्यो जोडि उत्पन्न भएको देखेर त्यसलार्ई भगवानको अंश भन्ने जानेर धेरै खुसि भए ।।२।।
ऋषय ऊचुः –
एष विष्णोर्भगवतः कला भुवनपालिनी ।
इयं च लक्ष्म्याः सम्भूतिः पुरुषस्यानपायिनी ॥ ३ ॥
ऋषिहरूले भने–
यो पुरुष भगवानको विश्वपालिनि कलाबाट उत्पन्न भएको हो र यी स्त्री उनै परम पुरुषकी अनपायनी (कहिल्यै अलग नहुने) शक्ति लक्ष्मीको अवतार हुन ।।३।।
अयं तु प्रथमो राज्ञां पुमान् प्रथयिता यशः ।
पृथुर्नाम महाराजो भविष्यति पृथुश्रवाः ॥ ४ ॥
यसमा जुन पुरुष छ त्यो अफ्नो सुयसको प्रथन अर्थात विस्तार गर्ने भएकोले यशस्वी पृथु नाम गरेका सम्राट हुनेछन् । राजाहरूमा यीन सबभन्दा पहिलो हुनेछन् ।।४।।
इयं च सुदती देवी गुणभूषणभूषणा ।
अर्चिर्नाम वरारोहा पृथुमेवावरुन्धती ॥ ५ ॥
विदुरजी !
यी राम्रा दाँत भएकी गुण र आभुषणले विभुषित सुन्दरी हुन् यीनले पृथुलार्ई नै आफ्नो पति बनाउने छिन् यीनको नाम अर्चि हुनेछ ।।५।।
एष साक्षात् हरेरंशो जातो लोकरिरक्षया ।
इयं च तत्परा हि श्रीः अनुजज्ञेऽनपायिनी ॥ ६ ॥
पृथुका रूपमा साक्षात श्रीहरिको अंशले संसारको रक्षा गर्नको लागि अवतार लिनुभएको हो र अर्चिका रूपमा निरन्तर भगवानको सेवामा रहने भएकी उनैकी नित्य सहचारी लक्ष्मी प्रकट हुनुभएको छ ।।६।।
मैत्रेय उवाच–
प्रशंसन्ति स्म तं विप्रा गन्धर्वप्रवरा जगुः ।
मुमुचुः सुमनोधाराः सिद्धा नृत्यन्ति स्वःस्त्रियः ॥ ७ ॥
मैत्रेयजीले भने–
विदुरजी ! त्यस समयमा ब्राम्हणहरू पृथुको स्तुति गर्नलागे गन्धर्वहरू गुणगान गर्नलागे, सिध्दहरूले फूलको वर्षा गरे । अप्सराहरू नाच्न थाले ।।७।।
शङ्खतूर्यमृदङ्गाद्या नेदुर्दुन्दुभयो दिवि ।
तत्र सर्व उपाजग्मुः देवर्षिपितॄणां गणाः ॥ ८ ॥
ब्रह्मा जगद्गुरुर्देवैः सहासृत्य सुरेश्वरैः ।
वैन्यस्य दक्षिणे हस्ते दृष्ट्वा चिह्नं गदाभृतः ॥ ९ ॥
आकासमा शंख, मृदंग र दुन्दुभिहरू बज्नलागे । सबै देवताहरू र पितृहरू त्यहाँ आए । जगद्गुरु ब्रम्हाजी देवता र देवेश्वरका साथ त्यहाँ आउँनु भयो । वहाँँले वेनकुमार पृथुको दाहिने हातमा भगवान् विष्णुको हस्तरेखाहरू र चरणकमलको चिन्ह देखेर उनलार्र्ई श्रीहरिकै अंश संझनुभयो ।।८।९।।
पादयोः अरविन्दं च तं वै मेने हरेः कलाम् ।
यस्याप्रतिहतं चक्रं अंशः स परमेष्ठिनः ॥ १० ॥
किनकि जसकोे हातमा अर्को रेखा विना नै नकाटिएको चmत्र चिन्ह हुन्छ उ भगवान् कै अंश हुन्छ ।।१०।।
तस्याभिषेक आरब्धो ब्राह्मणैर्ब्रह्मवादिभिः ।
आभिषेचनिकान्यस्मै आजह्रुः सर्वतो जनाः ॥ ११ ॥
सरित्समुद्रा गिरयो नागा गावः खगा मृगाः ।
द्यौः क्षितिः सर्वभूतानि समाजह्रुरुपायनम् ॥ १२ ॥
वेदवादि ब्राम्हणहरूले महाराज पृथुको अभिषेकको आयोजन गरे । सबैजना सामग्री जुटाउन लागे । त्यस समयमा नदी, समुद्र पर्वत, सर्प, गाई, पक्षि, स्वर्ग, पृथ्वी तथा अरुहरूले पनि विभिन्न उपहार लिएर भेट गरे ।।१२।।
सोऽभिषिक्तो महाराजः सुवासाः साध्वलङ्कृतः ।
पत्न्यार्चिषालङ्कृतया विरेजेऽग्निरिवापरः ॥ १३ ॥
सुन्दर कपडाहरू र गहनाहरूले अलंकृत भएका महाराज पृथुको विधिवत राज्याभिषेक भयो । त्यस बखत विभिन्न अलंकारले सजिएकी महारानी अर्चिको साथमा उन दोश्रो अग्निदेव जस्ता देखिन्थे ।।१३।।
तस्मै जहार धनदो हैमं वीर वरासनम् ।
वरुणः सलिलस्रावं आतपत्रं शशिप्रभम् ॥ १४ ॥
वीर विदुरजी ! उनलार्र्ई कुवेरले अत्यन्त सुन्दर सुनको सिंहासन दिए । बरुणले चन्द्रमा जस्तै सेतो छाता दिए जसबाट निरन्तर पानीको फोका झर्दथ्यो ।।१४।।
वायुश्च वालव्यजने धर्मः कीर्तिमयीं स्रजम् ।
इन्द्रः किरीटमुत्कृष्टं दण्डं संयमनं यमः ॥ १५ ॥
ब्रह्मा ब्रह्ममयं वर्म भारती हारमुत्तमम् ।
हरिः सुदर्शनं चक्रं तत् पत्न्यव्याहतां श्रियम् ॥ १६ ॥
दशचन्द्रमसिं रुद्रः शतचन्द्रं तथाम्बिका ।
सोमोऽमृतमयानश्वान् त्वष्टा रूपाश्रयं रथम् ॥ १७ ॥
अग्निराजगवं चापं सूर्यो रश्मिमयानिषून् ।
भूः पादुके योगमय्यौ द्यौः पुष्पावलिमन्वहम् ॥ १८ ॥
नाट्यं सुगीतं वादित्रं अन्तर्धानं च खेचराः ।
ऋषयश्चाशिषः सत्याः समुद्रः शङ्खमात्मजम् ॥ १९ ॥
सिन्धवः पर्वता नद्यो रथवीथीर्महात्मनः ।
सूतोऽथ मागधो वन्दी तं स्तोतुमुपतस्थिरे ॥ २० ॥
वायुले दुईवटा चमर धर्मले कीर्तिमयी माला, इन्द्रले मनोहर मुकुट, यमले दमन गर्ने दण्ड, ब्रम्हाले वेदमय कवच, सरस्वतीले सुन्दर हार, विष्णुभगवान्ले सुदर्शनचक्र, विष्णुपृया लक्ष्मीले अविचल सम्पत्ति, रुद्र्रले दस चन्द्राकार चिन्हले युक्त तरवार, पार्वतीले सय चन्द्राकारले युक्त भएको ढाल, चन्द्रमाले अमृतमय घोडा त्वष्टाले (विश्वकर्मा) सुन्दर रथ, अग्निले बाख्रा र गाईको सिंगबाट बनेको धनुष, सूर्यले तेजोमय वाण, पृथ्वीले चरणस्पर्श मात्रले अभिष्ट स्थानमा पुर्याउने योगमयी पादुका, आकाशको अभिमानी द्यौ–देवताले नित्य नूतन फूलको माला, आकास विहारी सिध्द गन्धर्व आदिले नाच्ने गाउँने, बजाउँने र अन्तर्धान हुने शक्तिहरू, ऋषिहरूले अमोघ आशिर्वाद, समुद्रले आफैंबाट उत्पन्न भएको शंख तथा सात समुद्र, पर्वत र नदीहरूले विना रोकतोक बाटो उपहार दिए । त्यसपछि सूत, मागध र वन्दीजन उनकोे स्तुति गर्नकालागि उपस्थित भए ।।१५।२०।।
स्तावकान् तानभिप्रेत्य पृथुर्वैन्यः प्रतापवान् ।
मेघनिर्ह्रादया वाचा प्रहसन् इदमब्रवीत् ॥ २१ ॥
त्यसपछि स्तुति गर्नेहरूको मनशाय बुझेर वेनपुत्र परम प्रतापि महाराज पृथुले हाँस्दै मेघ समान गम्भिर वाणीमा भने ।।२१।।
पृथुरुवाच –
(इंद्रवज्रा)
भोः सूत हे मागध सौम्य वन्दिन्
लोकेऽधुनास्पष्टगुणस्य मे स्यात् ।
किमाश्रयो मे स्तव एष योज्यतां
मा मय्यभूवन् वितथा गिरो वः ॥ २२ ॥
पृथुले भने–
हे सौम्यसूत, हे मागध तथा हे वन्दीजनहरु ! अहिले सम्म लोकमा मेरो कुनै पनि गुण प्रकट भएको छैन फेरी कुन कारण मेरो स्तुति गरेका हौं । मेरो विषयमा तिमीहरूको वचन ब्यर्थ हुनुहुदैन त्यसैले मेरो भन्दा अरु कोहिको स्तुति गर ।।२२।।
तस्मात्परोक्षेऽस्मदुपश्रुतान्यलं
करिष्यथ स्तोत्रमपीच्यवाचः ।
सत्युत्तमश्लोकगुणानुवादे
जुगुप्सितं न स्तवयन्ति सभ्याः ॥ २३ ॥
मृदुभाषिहरू ! कालान्तरमा जव मेरो अप्रकटरूप प्रकट हुन्छ त्यसपछि मात्र मधुरवाणीले मेरो स्तुति गर्नु । हेर ! श्रेष्ट पुरुष पवित्रकीर्ति श्रीहरिको गुणानुवाद बाहेक तुच्छ मनुस्यको स्तुति गर्दैन ।।२३।।
महद्गुणानात्मनि कर्तुमीशः
कः स्तावकैः स्तावयतेऽसतोऽपि ।
तेऽस्याभविष्यन् इति विप्रलब्धो
जनावहासं कुमतिर्न वेद ॥ २४ ॥
महान गुणलार्ई धारण गर्न समर्थ भएपनि यस्तो कुन बुध्दिमान पुरुष छ होला जो आफुमा ती गुण नहुदा पनि अरुबाट स्तुति गराउँदछ । यस्तो प्रकारको स्तुतिबाट आफुलाई ठुलो सम्झन्छ भने त्यो बुध्दिहीनले त्यसैले लोकले मेरा उपहास गरेका हुन भन्ने यस्तो कुरा बुझ्दैन ।।२४।।
(अनुष्टुप्)
प्रभवो ह्यात्मनः स्तोत्रं जुगुप्सन्त्यपि विश्रुताः ।
ह्रीमन्तः परमोदाराः पौरुषं वा विगर्हितम् ॥ २५ ॥
जसरी लजालु पुरुष आफ्नो निन्दित पराक्रमको चर्चा हंदा नराम्रो मान्दछ त्यसैगरी लोकविख्यात समर्थ पुरुष आफ्नो स्तुति पनि निन्दित नै मान्दछ ।।२५।।
वयं तु अविदिता लोके सूताद्यापि वरीमभिः ।
कर्मभिः कथमात्मानं गापयिष्याम बालवत् ॥ २६ ॥
सूतगण ! अहिले म आफ्नो कुनै श्रेष्ठ कर्मले गर्दा लोकमा प्रसिध्द भएको छैन । मैले अहिले सम्म कुनै त्यस्तो राम्रो काम गरेको छैन, जुन प्रशंसा गनै योग्य छ । अव म बालकले झै कसरी आफ्नो कीर्तिको कसरी गान गराउँ ।। २६।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे पृथुचरिते पञ्चदशोऽध्यायः ॥ १५ ॥