॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
एकादशः स्कंधः – चतुर्विंशोऽध्यायः
श्रीमद्भागवत महापुराण
एकादशः स्कंधः – चतुर्विंशोऽध्यायः
श्रीभगवानुवाच–
अथ ते सम्प्रवक्ष्यामि साङ्ख्यं पूर्वैर्विनिश्चितम् ।
यद्विज्ञाय पुमान् सद्यो जह्याद् वैकल्पिकं भ्रमम् ।।१।।
नेपाली भावानुवादः भगवान् भन्नुहुन्छ– हे उद्धव ! अब म तिमीलाई प्राचीन आचार्यहरूले निश्चित गरेको ’साङ्ख्य शास्त्र’ को बारेमा बताउनेछु । यो रहस्य बुझेपछि मानिसले तुरुन्तै संसारका अनेकौँ भ्रम र द्वैध भाव (भेदभाव) लाई त्याग्न सक्छ ।।१।।
आसीज्ज्ञानमथो अर्थ एकमेवाविकल्पितम् ।
यदा विवेकनिपुणा आदौ कृतयुगेऽयुगे ।।२।।
नेपाली भावानुवादः सृष्टिको आरम्भमा अर्थात् सत्ययुगमा, जान्ने र जानिने वस्तु (ज्ञाता र ज्ञेय) एउटै थियो । त्यतिबेला कुनै भेदभाव थिएन, केवल ’परम सत्य’ मात्र विद्यमान थियो ।।२।।
तन्मायाफलरूपेण केवलं निर्विकल्पितम् ।
वाङ्मनोऽगोचरं सत्यं द्विधा समभवद् बृहत् ।।३।।
नेपाली भावानुवादः त्यो वाणी र मनले भन्न नसकिने निर्विकल्प ’परम सत्य’ नै मायाको प्रभावले गर्दा दुई भागमा विभाजित भयो । ती दुई भाग भनेका ’प्रकृति’ र ’पुरुष’ हुन् ।।३।।
तयोरेकतरो ह्यर्थः प्रकृतिः सोभयात्मिका ।
ज्ञानं त्वन्यतमो भावः पुरुषः सोऽभिधीयते ।।४।।
नेपाली भावानुवादः ती दुईमध्ये एउटा ’अर्थ’ (दृश्य वस्तु) हो, जसलाई कार्य र कारण रूपी ’प्रकृति’ भनिन्छ। अर्को ’ज्ञान’ स्वरूप भाव हो, जसलाई ’पुरुष’ (आत्मा÷चेतन) भनिन्छ ।।४।।
तमो रजः सत्वमिति प्रकृतेरभवन् गुणाः ।
मया प्रक्षोभ्यमाणायाः पुरुषानुमतेन च ।।५।।
नेपाली भावानुवादः जब मेरो ईक्षण (दृष्टि) र पुरुषको अनुमतिले प्रकृतिमा हलचल पैदा भयो, तब प्रकृतिबाट सत्त्व, रज र तम गरी तीन गुणहरू प्रकट भए ।।५।।
तेभ्यः समभवत् सूत्रं महान् सूत्रेण संयुतः ।
ततो विकुर्वतो जातोऽहङ्कारो यो विमोहनः ।।६।।
नेपाली भावानुवादः ती गुणहरूबाट क्रियाशक्ति प्रधान ’सूत्र’ र ज्ञानशक्ति प्रधान ’महत्तत्व’ पैदा भए । महत्तत्वमा विकार आउनाले ’अहंकार’ उत्पन्न भयो, जसले जीवलाई मोहमा पार्छ ।।६।।
वैकारिकस्तैजसश्च तामसश्चेत्यहं त्रिवृत् ।
तन्मात्रेन्द्रियमनसां कारणं चिदचिन्मयः ।।७।।
नेपाली भावानुवादः त्यो अहंकार सात्विक (वैकारिक), राजस (तैजस) र तामस गरी तीन प्रकारको छ । यो जड र चेतन दुवै रूपको हुन्छ र यसैबाट मन, इन्द्रिय र तन्मात्रा (पञ्चभूतका सूक्ष्म रूप) उत्पन्न हुन्छन् ।।७।।
अर्थस्तन्मात्रिकाज्जज्ञे तामसादिन्द्रियाणि च ।
तैजसाद् देवता आसन्नेकादश च वैकृतात् ।।८।।
नेपाली भावानुवादः तामस अहंकारबाट पाँच महाभूत, राजस अहंकारबाट इन्द्रियहरू र सात्त्विक अहंकारबाट मन तथा इन्द्रियका एघार अधिष्ठातृ देवताहरू उत्पन्न भए ।।८।।
मया सञ्चोदिता भावाः सर्वे संहत्यकारिणः ।
अण्डमुत्पादयामासुर्ममायतनमुत्तमम् ।।९।।
नेपाली भावानुवादः मेरो प्रेरणाले यी सबै तत्वहरू मिलेर एउटा विराट ’अण्ड’ (ब्रह्माण्ड) उत्पन्न गरे, जुन मेरो बस्ने उत्तम स्थान हो ।।९।।
तस्मिन्नहं समभवमण्डे सलिलसंस्थितौ ।
मम नाभ्यामभूत् पद्मं विश्वाख्यं तत्र चात्मभूः ।।१०।।
नेपाली भावानुवादः कारण जलमा रहेको त्यस अण्डभित्र म ’विराज’ रूपमा प्रकट भएँ । मेरो नाभिबाट ’विश्व’ नामको एउटा कमल निस्कियो र त्यहाँ ’आत्मभू’ (ब्रह्माजी) उत्पन्न हुनुभयो।
सोऽसृजत्तपसा युक्तो रजसा मदनुग्रहात् ।
लोकान् सपालान् विश्वात्मा भूर्भुवः स्वरिति त्रिधा ।।११।।
नेपाली भावानुवादः ब्रह्माजीले मेरो कृपाले तपस्या र रजोगुणद्वारा लोकपालहरूसहित भूर्लोक, भुवलोक र स्वरलोक गरी तीन लोकको रचना गर्नुभयो ।।११।।
देवानामोक आसीत् स्वर्भूतानां च भुवः पदम् ।
मत्र्यदीनां च भूर्लोकः सिद्धानां त्रितयात् परम् ।।१२।।
नेपाली भावानुवादः देवताहरूको वासस्थान स्वर्ग, भूत–प्रेतहरूको भुवलोक र मनुष्यहरूको वासस्थान भूर्लोक भयो। सिद्धहरूको स्थान यी तीनभन्दा माथि (महर्लोक आदि) रह्यो ।।१२।।
अधोऽसुराणां नागानां भूमेरोकोऽसृजत् प्रभुः ।
त्रिलोक्यां गतयः सर्वाः कर्मणां त्रिगुणात्मनाम् ।।१३।।
नेपाली भावानुवादः ब्रह्माजीले पृथ्वीमुनि असुर र नागहरूको वासस्थान बनाउनुभयो । त्रिगुणात्मक कर्म अनुसार नै जीवहरूले यी लोकहरूमा गति पाउँछन् ।।१३।।
योगस्य तपसश्चैव न्यासस्य गतयोऽमलाः ।
महर्जनस्तपः सत्यं भक्तियोगस्य मद्गतिः ।।१४।।
नेपाली भावानुवादः योग, तपस्या र सन्न्यास (न्यास) द्वारा महर्लोक, जनलोक, तपलोक र सत्यलोक जस्ता निर्मल गति प्राप्त हुन्छ । तर भक्तियोगद्वारा भने मेरो परम पद (मद्गति) प्राप्त हुन्छ ।।१४।।
मया कालात्मना धात्रा कर्मयुक्तमिदं जगत् ।
गुणप्रवाह एतस्मिन्नुन्मज्जति निमज्जति ।।१५।।
नेपाली भावानुवादः ’काल’ रूपमा सबैलाई नियन्त्रण गर्ने मजस्तै ईश्वरको विधानले यो संसार कर्मको प्रवाहमा परेर कहिले माथि जान्छ त कहिले तल डुब्छ ।।१५।।
अणुर्बृहत् कृशः स्थूलो यो यो भावः प्रसिध्यति ।
सर्वोऽप्युभयसंयुक्तः प्रकृत्या पुरुषेण च ।।१६।।
नेपाली भावानुवादः संसारमा जे–जति साना, ठूला, दुब्ला वा मोटा वस्तुहरू देखिन्छन्, ती सबै प्रकृति र पुरुष (आत्मा) को संयोगले बनेका हुन् ।।१६।।
यस्तु यस्यादिरन्तश्च स वै मध्यं च तस्य सन् ।
विकारो व्यवहारार्थो यथा तैजसपार्थिवाः ।।१७।।
नेपाली भावानुवादः जसरी सुनबाट बनेको गहनाको सुरुमा र अन्त्यमा सुन नै हुन्छ र बीचमा पनि सुन नै सत्य हुन्छ, त्यसैगरी जगतको आदि र अन्तमा रहने ’परम सत्य’ नै बीचमा पनि सत्य हुन्छ । अन्य सबै विकार त केवल व्यवहारका लागि मात्र हुन् ।।१७।।
यदुपादाय पूर्वस्तु भावो विकुरुतेऽपरम् ।
आदिरन्तो यदा यस्य तत् सत्यमभिधीयते ।।१८।।
नेपाली भावानुवादः जुन कारणबाट अर्को कार्य उत्पन्न हुन्छ र जो कार्यको सुरु र अन्त्यमा पनि रहन्छ, वास्तवमा त्यही ’कारण’ नै सत्य हो ।।१८।।
प्रकृतिह्र्यस्योपादानमाधारः पुरुषः परः ।
सतोऽभिव्यञ्जकः कालो ब्रह्म तत् त्रितयं त्वहम् ।।१९।।
नेपाली भावानुवादः यस जगतको उपादान कारण प्रकृति हो, आधार कारण परम पुरुष (आत्मा) हो र यसलाई प्रकट गर्ने ’काल’ हो । वास्तवमा यी तीनैको स्वरूप ’ब्रह्म’ म नै हुँ ।।१९।।
सर्गः प्रवर्तते तावत् पौवापर्येण नित्यशः ।
महान् गुणविसर्गार्थः स्थित्यन्तो यावदीक्षणम् ।।२०।।
नेपाली भावानुवादः जबसम्म मेरो ईक्षण (दृष्टि) रहन्छ, तबसम्म गुणहरूको हलचलले यो सृष्टि–चक्र चलिरहन्छ ।।२०।।
विराण्मयाऽऽसाद्यमानो लोककल्पविकल्पकः ।
पञ्चत्वाय विशेषाय कल्पते भुवनैः सह ।।
नेपाली भावानुवादः जब म प्रलय गर्ने इच्छा गर्छु, तब यो विराट ब्रह्माण्ड आफ्ना सबै लोकहरूसहित लय हुन थाल्छ ।।२१।।
अन्ने प्रलीयते मत्र्यंमन्नं धानासु लीयते ।
धाना भूमौ प्रलीयन्ते भूमिर्गन्धे प्रलीयते ।।२२।।
नेपाली भावानुवादः मरणशील शरीर अन्नमा मिल्छ, अन्न बीउमा मिल्छ, बीउ पृथ्वीमा मिल्छ र पृथ्वी गन्ध (तन्मात्रा) मा मिल्छ ।।२२।।
अप्सु प्रलीयते गन्ध आपश्च स्वगुणे रसे ।
लीयते ज्योतिषि रसो ज्योती रूपे प्रलीयते ।।२३।।
नेपाली भावानुवादः गन्ध जलमा मिल्छ, जल रसमा मिल्छ, रस अग्निमा मिल्छ र अग्नि रूपमा मिल्छ ।।२३।।
रूपं वायौ स च स्पर्शे लीयते सोऽपि चाम्बरे ।
अम्बरं शब्दतन्मात्र इन्द्रियाणि स्वयोनिषु ।।२४।।
नेपाली भावानुवादः रूप वायुमा मिल्छ, वायु स्पर्शमा मिल्छ, स्पर्श आकाशमा मिल्छ र आकाश शब्द तन्मात्रामा मिल्छ । इन्द्रियहरू आफ्ना कारणहरूमा मिल्छन् ।।२४।।
योनिर्वैकारिके सौम्य लीयते मनसीश्वरे ।
शब्दो भूतादिमप्येति भूतादिर्महति प्रभुः ।।२५।।
नेपाली भावानुवादः हे सौम्य उद्धव ! इन्द्रियहरू सात्त्विक अहंकार (मन) मा मिल्छन् । शब्द तामस अहंकारमा मिल्छ र अहंकार महत्तत्वमा मिल्छ ।।२५।।
स लीयते महान् स्वेषु गुणेशु गुणवत्तमः ।
तेऽव्यक्ते संप्रलीयन्ते तत्काले लीयतेऽव्यये ।।२६।।
नेपाली भावानुवादः त्यो महत्तत्व गुणहरूमा मिल्छ, गुणहरू अव्यक्त प्रकृतिमा मिल्छन् र त्यो प्रकृति ’अविनाशी काल’ मा गएर मिल्छ ।।२६।।
कालो मायामये जीवे जीव आत्मनि मय्यजे ।
आत्मा केवल आत्मस्थो विकल्पापायलक्षणः ।।२७।।
नेपाली भावानुवादः काल मायामय जीवमा मिल्छ र जीव ’अजन्मा म’ (परमात्मा) मा मिल्छ। अन्तमा केवल ’आत्मा’ मात्र रहन्छ, जहाँ कुनै भेदभाव वा भ्रम हुँदैन ।।२७।।
एवमन्वीक्षमाणस्य कथं वैकल्पिको भ्रमः ।
मनसो हृदि तिष्ठेत व्योम्नीवार्कोदये तमः ।।२८।।
नेपाली भावानुवादः यसरी सृष्टिको उत्पत्ति र प्रलयलाई चिन्तन गर्ने मानिसको मनमा भेदभावको भ्रम रहँदैन । जसरी सूर्य उदाएपछि आकाशमा अन्धकार रहँदैन, त्यसरी नै ज्ञान प्राप्त भएपछि भ्रम हट्छ ।।२८।।
एष साङ्ख्यविधिः प्रोक्तः संशयग्रन्थिभेदनः ।
प्रतिलोमानुलोमाभ्यां परावरदृशा मया ।।२९।।
नेपाली भावानुवादः यसरी मैले तिमीलाई अनुलोम (उत्पत्ति) र प्रतिलोम (प्रलय) दुवै विधिबाट संशयहरू हटाउने ’साङ्ख्य योग’ बताएँ ।।२९।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे
चतुर्विंशोऽध्यायः।।२४।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment