#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – त्रयोविंशोऽध्यायः

श्रीमद्‌भागवत महापुराण
चतुर्थः स्कन्धः – त्रयोविंशोऽध्यायः


 
मैत्रेय उवाच –
(अनुष्टुप)
दृष्ट्वात्मानं प्रवयसं एकदा वैन्य आत्मवान् ।
आत्मना वर्धिताशेष स्वानुसर्गः प्रजापतिः ॥ १ ॥

जगतस्तस्थुषश्चापि वृत्तिदो धर्मभृत्सताम् ।
निष्पादितेश्वरादेशो यदर्थमिह जज्ञिवान् ॥ २ ॥

आत्मजेष्वात्मजां न्यस्य विरहाद् रुदतीमिव ।
प्रजासु विमनःस्वेकः सदारोऽगात्तपोवनम् ॥ ३ ॥

मैत्रेयजीले भने–
यसप्रकार महामनस्वी प्रजापालक पृथुले आफैंले अन्न तथा पूरग्रामादि सर्गको ब्यवस्था गरेर स्थावर जंगम सबैको जीविकाको ब्यवस्था गरे त्यस्तै साधु सन्तहरुलाई उचित हुने धर्मको पालना गरे । मेरो अवस्था पनि बित्तै गएपछि उन्ले मैले यसलोकमा जन्म लिएको हूं त्यसै अनुरूप प्रजाको पालन गरेर इश्वरको आज्ञा पनि पालन गरे त्यसैले अव मैले अन्तिम पुरुषार्थ मोक्षका लागि प्रयत्न गर्नु पर्दछ भन्ने सोचेर उनले आफ्नो ब्यथामा रोइरहेको आफ्नाी पुत्रीरूपा पृथ्वीको भार छोराहरुलार्ई सुम्पिदिए र सबै प्रजालार्ई छोडेर उनी आफ्नी पत्नी सहित वनतिर लागे ।।१।३।

तत्राप्यदाभ्यनियमो वैखानससुसम्मते ।
आरब्ध उग्रतपसि यथा स्वविजये पुरा ॥ ४ ॥

त्यहाँ उनले जसरी पहिले राज्य गर्दा अखण्ड पूर्वक पृथ्वीको विजयमा लागेका थिए त्यसरी नै वानप्रस्थ नियमानुसार कठोर तपस्या गर्नलागे ।। ।४।।

कन्दमूलफलाहारः शुष्कपर्णाशनः क्वचित् ।
अब्भक्षः कतिचित्पक्षान् वायुभक्षस्ततः परम् ॥ ५ ॥

केहि दिन कन्दमूल फल खाएर विताए, केहिदिन सुकेका पातहरू खाएर विताए । केहिसमय जल पिएर विताए भने त्यसपछि वायु भोजन गरेर निर्वाह गर्नलागे ।।५।।

ग्रीष्मे पञ्चतपा वीरो वर्षास्वासारषाण्मुनिः ।
आकण्ठमग्नः शिशिरे उदके स्थण्डिलेशयः ॥ ६ ॥

वीरवर पृथु मुनिवृत्तिले रहन्थे गर्मको समयमा पञ्चाग्नि तापेर र वर्षाऋतुमा खुला चउरमा रहेर, शरीरमा जलको धाराहरू सहेर जाडोमा गला सम्म पानि आउने गरी पानीमा उभिएर रहन्थे । उनी सर्धैं माटोको वेदिमा सुत्दथे ।।६।।

तितिक्षुर्यतवाग्दान्त ऊर्ध्वरेता जितानिलः ।
आरिराधयिषुः कृष्णं अचरत् तप उत्तमम् ॥ ७ ॥

उनले शीतोष्णादि सबैप्रकारको द्वन्दलार्ई सहेका थए । त्यसैगरी बोली र मनलार्ई संयम गरेर ब्रम्हचर्यको पालना गरेर प्राणलार्ई आफ्नो अधिनमा लिए । यसरी श्रीकृष्णको आराधना गर्नको लागि उनले उत्तम तप गरे ।।७।।

तेन क्रमानुसिद्धेन ध्वस्तकर्ममलाशयः ।
प्राणायामैः सन्निरुद्ध षड्वर्गश्छिन्नबन्धनः ॥ ८ ॥

यसो गर्नाले उनकोे तपस्या वहुत पुष्टी भयो । र जसले गर्दा सबै कर्ममलहरू नष्ट हुनाले उनकोे चित्त शुध्द भयो । प्राणायाम द्वारा मन र इन्द्रियहरू निरुध्द हुनाले उनकोे वासनादि वंधन पनि काठियो ।।८।।

सनत्कुमारो भगवान् यदाहाध्यात्मिकं परम् ।
योगं तेनैव पुरुषं अभजत् पुरुषर्षभः ॥ ९ ॥

त्यसपछि भगवान् सनतकुमारले दिएको शिक्षा अनुसार राजा पृथु पुरुषोत्तम श्रीहरिको आराधना गर्नलागे ।।९।।

भगवद्धर्मिणः साधोः श्रद्धया यततः सदा ।
भक्तिर्भगवति ब्रह्मणि अनन्यविषयाभवत् ॥ १० ॥

यसरी भगवत्परायण भएर श्रध्दापूर्वक सदाचारको पालना गर्दै निरन्तर साधना गर्नाले परब्रम्ह परमात्मामा उनकोे अनन्य भक्ति हुनगयो ।।१०।।

(वसंततिलका)
तस्यानया भगवतः परिकर्मशुद्ध
     सत्त्वात्मनस्तदनु संस्मरणानुपूर्त्या ।
ज्ञानं विरक्तिमदभूत् निशितेन येन
     चिच्छेद संशयपदं निजजीवकोशम् ॥ ११ ॥

यसरी भगवानको उपासनाबाट अन्तःकरण सुध्द हुनाले र निरन्तर भगवच्चिन्तन गर्नाले प्राप्त भएको अनन्य भक्तिले उनलार्र्ई वैराग्य सहित ज्ञान प्राप्त भयो । फेरी तिव्र ज्ञान द्वारा उनकोे जीवको उपाधिभूत अंगहरू नष्ट भयो जुन सबैप्रकारको संसय–विर्यययको आश्रय हो ।।११।। 
                      
छिन्नान्यधीरधिगतात्मगतिर्निरीहः
     तत्तत्यजेऽच्छिनदिदं वयुनेन येन ।
तावन्न योगगतिभिर्यतिरप्रमत्तो
     यावद्‍गदाग्रजकथासु रतिं न कुर्यात् ॥ १२ ॥

त्यसपछि देहात्म बुध्दिको निवृत्ति र परमात्म स्वरूप श्रीकृष्णको अनुभुति हुनाले अरु सबैप्रकारको सिध्द आदिले पनि उदासीन हुनाले उनले तत्वज्ञाको लागि पनि प्रयत्न गर्न छाडिदिए । जसकोे सहायताले पहिले आफ्नो जीवकोषको नाश गरेका थिए । किनकि जवसम्म साधकलार्ई योगमार्गद्वारा श्रीकृष्ण कथामृतमा अनुराग हुदैन त्यसबेला केवला योग साधनाले मात्र उसकोे मोहजनित प्रमाद हट्न सक्तैन ।। १२।।

(अनुष्टुप)
एवं स वीरप्रवरः संयोज्यात्मानमात्मनि ।
ब्रह्मभूतो दृढं काले तत्याज स्वं कलेवरम् ॥ १३ ॥

फेरी जव अन्तकाल आयो अनि पृथुले आफ्नो चित्तलार्ई दृढतापूर्वक परमात्मामा स्थिर गरेर ब्रम्हभावमा स्थित भएर आफ्नो शरीर त्यागिदिए ।।१३।।

सम्पीड्य पायुं पार्ष्णिभ्यां वायुमुत्सारयन् शनैः ।
नाभ्यां कोष्ठेष्ववस्थाप्य हृदुरःकण्ठशीर्षणि ॥ १४ ॥

उनले शरीर छाड्ने वेलामा दुवै कुर्कुच्चाले गुदद्वारलार्ई रोकेर प्राणवायुलार्ई विस्तार्रै विस्तारै मुलाधारबाट माथि उठाएर क्रमशः  नाभि, ह्ृदय, वक्षस्थल, कण्ठ र मस्तकमा स्थित गरे ।।१४।।

उत्सर्पयंस्तु तं मूर्ध्नि क्रमेणावेश्य निःस्पृहः ।
वायुं वायौ क्षितौ कायं तेजस्तेजस्ययूयुजत् ॥ १५ ॥

फेरी त्यसलार्ई अझ माथि लगेर ब्रम्हरन्ध्रमा स्थीर गरे । त्यतिबेला उनलार्र्ई संसारको कुनैपनि भोगको लालसा भएन । फेरी यथास्थानमा विभाग गरेर प्राण वायुलार्ई समष्टि वायुमा, पार्थिव शरीरलार्ई पृथ्वीमा र शरीरको तेजलार्ई समष्टि तेजमा लीन गराए ।।१५।।

खान्याकाशे द्रवं तोये यथास्थानं विभागशः ।
क्षितिमम्भसि तत्तेजसि अदो वायौ नभस्यमुम् ॥ १६ ॥

इन्द्रियेषु मनस्तानि तन्मात्रेषु यथोद्‍भवम् ।  
भूतादिनामून्युत्कृष्य महत्यात्मनि सन्दधे ॥ १७ ॥

आकाशलार्ई महाकाशमा र शरीरको रुधिर आदि जलीय अंशलार्ई समष्टि जलमा लीन गरे । त्यसपछि मनलार्ई इन्द्रियमा, इन्द्रियलार्ई उसकोे कारणरूप तन्मात्रामा र सूक्ष्मभूतशो कारण अहंकारण द्वारा आकाश, इन्द्रिय र तन्मात्रालार्ई उहि अहंकारमा लीन गरेर अहंकारलार्ई महतत्वमा लीन गरे ।।१७।।

तं सर्वगुणविन्यासं जीवे मायामये न्यधात् ।
तं चानुशयमात्मस्थं असावनुशयी पुमान् ।
नानवैराग्यवीर्येण स्वरूपस्थोऽजहात्प्रभुः ॥ १८ ॥

सबै गुणको अभिब्यक्ति गर्ने त्यो महतत्वलार्ई मायामय जीवमा स्थीर गरीदिए । त्यसैगरी त्यो मायारूप जीवको उपाधिलार्ई पनि उनले ज्ञान र वैराज्ञको प्रभावले आफ्नो शूध्द ब्रम्हस्वरुपमा स्थित भएर त्यागिदिए ।।१८।।

अर्चिर्नाम महाराज्ञी तत्पत्‍न्यनुगता वनम् ।
सुकुमार्यतदर्हा च यत्पद्‍भ्यां स्पर्शनं भुवः ॥ १९ ॥

महाराजकी रानी अर्चि पनि उनैसंग वनमा गएकी थिइन् उनी धेरै सुकुमारी भएका कारण उनकोे पैतालो भूमीमा टेक्न पनि योग्य थिएन ।।१९।।

(इंद्रवज्रा)
अतीव भर्तुर्व्रतधर्मनिष्ठया
     शुश्रूषया चारषदेहयात्रया ।
नाविन्दतार्तिं परिकर्शितापि सा
     प्रेयस्करस्पर्शनमाननिर्वृतिः ॥ २० ॥

तैपनि उनले आफ्नो स्वामीको नियम र व्रतलार्ई पालना गरेर उनकोे ठुलो सेवा गरीन्, मुनी वृत्ति अनुरूप कन्दमुल खाएर जीवन निर्वाह गरीन् जसले गर्दा उनी दुब्ली र पातली भएकी थिइन तैपनि आफ्नो प्रियत्तमको करस्पर्सले सम्मानित भएर उसैमा आनन्द मानेका कारण उनलार्र्ई कुनै कष्ट भएन ।।२०।।

देहं विपन्नाखिलचेतनादिकं
     पत्युः पृथिव्या दयितस्य चात्मनः ।
आलक्ष्य किञ्चिच्च विलप्य सा सती
     चितामथारोपयदद्रिसानुनि ॥ २१ ॥

जव पृथ्वीका स्वामी आफ्ना पृयत्तम महाराज पृथु्को शरीरको चेतना आदि सबै धर्म नष्ट भएको देखेर ती सतीले केहिवेर विलाप गरीन् । त्यसपछि पर्वतको टुप्पामा चिता बनाएर उनलार्र्ई त्यहि चितामा राखिदिइन ।।२१।।

विधाय कृत्यं ह्रदिनीजलाप्लुता
     दत्त्वोदकं भर्तुरुदारकर्मणः ।
नत्वा दिविस्थांस्त्रिदशांस्त्रिः परीत्य
     विवेश वह्निं ध्यायती भर्तृपादौ ॥ २२ ॥

त्यसपछि नदीमा नुहाइन अनि आफ्ना परमपराक्रम पतिलार्ई जलदान दिइन् , आकाश तिर फर्केर देवताहरूको वन्दना गरीन् र तीन पटक चितालार्ई परिक्रमा गरीन । त्यसपछि पतिदेवको चरणकमलको ध्यान गरेर अग्निमा प्रवेश गरीन ।।२२।।

(अनुष्टुप)
विलोक्यानुगतां साध्वीं पृथुं वीरवरं पतिम् ।
तुष्टुवुर्वरदा देवैः देवपत्‍न्यः सहस्रशः ॥ २३ ॥

साध्वी अर्चिले यसप्रकार आफ्ना पति वीरवर पृथुको अनुगमन गरेको देखेर हजारौं देवीहरूले आफ्ना पतिको साथमा रहेर उनकोे स्तुति गरे ।।२३।।

कुर्वत्यः कुसुमासारं तस्मिन् मन्दरसानुनि ।
नदत्स्वमरतूर्येषु गृणन्ति स्म परस्परम् ॥ २४ ॥

उन्को यस्तो स्वर्गारोहण देखेर देवताहरु बाजा बजाउँन लागे । त्यसैगरी मन्दराचलको पहाडमा ती देवागंनाहरूले फूलको वर्षा गराउदै आपसमा यसो भन्नलागे ।।२४।।

देव्य ऊचुः –
अहो इयं वधूर्धन्या या चैवं भूभुजां पतिम् ।
सर्वात्मना पतिं भेजे यज्ञेशं श्रीर्वधूरिव ॥ २५ ॥

देवीहरूले भने–
अहो ! यी स्त्री धन्य छिन इनले जसरी लक्ष्मीले योगेश्वर भगवानको गरेझैं आफ्ना पति राजराजेश्वर पृथुको मन वाणी र शरीरले सेवा गरीन  ।।२५।।

सैषा नूनं व्रजत्यूर्ध्वमनु वैन्यं पतिं सती ।
पश्यतास्मानतीत्यार्चिः दुर्विभाव्येन कर्मणा ॥ २६ ॥

तेषां दुरापं किं त्वन्यन् मर्त्यानां भगवत्पदम् ।
भुवि लोलायुषो ये वै नैष्कर्म्यं साधयन्त्युत ॥ २७ ॥

यसलोकमा केहि दिनको जीवन लिएर जो मानिस भगवानको परमानन्द प्राप्ति गराउने आत्मज्ञान प्राप्त गर्दछ भने उसको लागि संसारमा दुर्लभ भन्ने कुरा के नै छ र ।।२७।।

स वञ्चितो बतात्मध्रुक् कृच्छ्रेण महता भुवि ।
लब्ध्वापवर्ग्यं मानुष्यं विषयेषु विषज्जते ॥ २८ ॥

मैत्रेय उवाच–
त्यसैले जो पुरुष धेरै कठिनले भूलोकमा मोक्षको साधन स्वरूप मनुष्यरूप पाएर पनि विषयमा रहन्छ आशक्त रहन्छ भने उ निश्चय पनि आत्म घाति हो । हाय, हाय, हाय, उ ठगियो ।।२८।।

स्तुवतीष्वमरस्त्रीषु पतिलोकं गता वधूः ।
यं वा आत्मविदां धुर्यो वैन्यः प्रापाच्युताश्रयः ॥ २९ ॥

मैत्रेयजी भन्दछन्–
विदुरजी ! जुन अवस्थामा देवांगनाहरू यस प्रकार स्तुति गरीरहेका थिए, भगवानको जुन परमधाममा आत्मज्ञानीमा श्रेष्ठ भगवत्प्राण महाराज पृथु गए, त्यहिं महारानी अर्चि पनि आफ्ना पति संगै गइन ।।२९।।

इत्थम्भूतानुभावोऽसौ पृथुः स भगवत्तमः ।
कीर्तितं तस्य चरितं उद्दामचरितस्य ते ॥ ३० ॥

परम भागवत पृथुजी प्रभावशाली तथा उदार चरित्रका थिए  थिए जुन मैले तिमीलार्ई उनका बारेमा वर्णन गरे ।।३०।।

य इदं सुमहत्पुण्यं श्रद्धयावहितः पठेत् ।
श्रावयेत् श्रुणुयाद्वापि स पृथोः पदवीमियात् ॥ ३१ ॥

जसले यस परम पवित्र चरित्र श्रध्दापूर्वक एकाग्रचित्तले पढ्दछ, सुन्दछ अथवा सुनाउदछ भने उसले पनि महाराज पृथुले प्राप्त गरेको परमपद् प्राप्त गर्दछ ।।३१।।

ब्राह्मणो ब्रह्मवर्चस्वी राजन्यो जगतीपतिः ।
वैश्यः पठन् विट्पतिः स्यात् शूद्रः सत्तमतामियात् ॥ ३२ ॥

यसलार्ई सकाम भावले पाठ गर्नाले ब्राम्हणलार्ई ब्रम्हतेज प्राप्त हुन्छ भने क्षेत्रीय पृथ्वीको मालिक हुन्छ, वैश्य व्यापारमा प्रधान हु्नेछ र सूद्रमा साधुभाव आउनेछ ।।३२।।

त्रिकृत्व इदमाकर्ण्य नरो नार्यथवाऽऽदृता ।
अप्रजः सुप्रजतमो निर्धनो धनवत्तमः ॥ ३३ ॥

अस्पष्टकीर्तिः सुयशा मूर्खो भवति पण्डितः ।
इदं स्वस्त्ययनं पुंसां अमङ्‌गल्यनिवारणम् ॥ ३४ ॥

स्त्री पुरुष जसले पनि यसलार्ई आदर पूर्वक सुन्दछ भने धनहीनलार्ई धन, कीर्तिहीनलार्ई यशस्वी र मुर्ख छ भने पण्डित बन्दछ । यस चरित्रको प्रभावले मानिसको मानिसको कल्याण हुनेछ भने अमङ्गललार्ई हटाउदछ ।।३३।३४।। 

धन्यं यशस्यमायुष्यं स्वर्ग्यं कलिमलापहम् ।
धर्मार्थकाममोक्षाणां सम्यक् सिद्धिमभीप्सुभिः ॥ ३५ ॥
श्रद्धयैतदनुश्राव्यं चतुर्णां कारणं परम् ॥ ३५ ॥

यसले धन, यश र आयु बढाउँदछ । त्यसैगरी धर्मादि चतुवर्ग प्राप्ति गराउन सहायक छ । जसले धर्म, अर्थ, काम र मोक्ष चाहान्छ भने उसले श्रध्दापूर्वक यसलार्ई श्रवण गर्नुपर्छ ।।३५।।

विजयाभिमुखो राजा श्रुत्वैतदभियाति यान् ।
बलिं तस्मै हरन्त्यग्रे राजानः पृथवे यथा ॥ ३६ ॥

जुन राजा विजयका लागि जान्छन् भने यसलार्ई सुनेर गएमा उनको सत्रुहरू उनको अगाडि आएर शरणमा यसरी पर्दछन् कि जसरी पृथु संग सरण परेका थिए ।

मुक्तान्यसङ्‌गो भगवति अमलां भक्तिमुद्वहन् ।
वैन्यस्य चरितं पुण्यं श्रृणुयात् श्रावयेत्पठेत् ॥ ३७ ॥

मानिसले सबै आशक्तिलार्ई छाडेर निष्काम भावले यो पृथुको चरित्रलार्ई सुनोस र सुनाओस ।।३७।।

वैचित्रवीर्याभिहितं महन्माहात्म्यसूचकम् ।
अस्मिन्कृतमतिमर्त्यं पार्थवीं गतिमाप्नुयात् ॥ ३८ ॥

विदुरजी ! मैले भगवानको महात्म्यको प्रकट गराउने यो पवित्र चरित्र तिमीलार्ई सुनाएं । यसलार्ई प्रेम गर्ने ब्यक्तिले महाराज पृथ्ुले झैं गति पाउँछ ।।३८।।

अनुदिनमिदमादरेण श्रृण्वन्
     पृथुचरितं प्रथयन् विमुक्तसङ्‌गः ।
भगवति भवसिन्धुपोतपादे
     स च निपुणां लभते रतिं मनुष्यः ॥ ३९ ॥

जो पुरुष यो पृथु चरित्रलार्ई निष्काम भावले दिनदिनै श्रवण कीर्तन गर्दछ भने उसलाई संसार सागरबाट पार गराउनको लागि डुंगा समान हुन्छ । उनै श्री भगवानमा सुदृढ अनुराग हुनेछ ।।३९।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे पृथुचरिते त्रयोविंशोऽध्यायः ॥ २३ ॥