श्रीमद्भागवत महापुराण
नवमः स्कंधः - पञ्चदशोऽध्यायः
श्रीशुक उवाच ।
ऐलस्य चोर्वशीगर्भात् षडासन्नात्मजा नृप ।
आयुः श्रुतायुः सत्यायू रयोऽथ विजयो जयः ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! उर्वशीको गर्भबाट पुरुरवाका छः छोरा भए – आयु, श्रुतायु, सत्यायु, रय, विजय र जय ।।१।।
श्रुतायोर्वसुमान् पुत्रः सत्यायोश्च श्रुतञ्जयः ।
रयस्य सुत एकश्च जयस्य तनयोऽमितः ॥ २ ॥
श्रुतायुकाका पुत्र वसुमान, सत्यायुकाका पुत्र श्रुतंजय, रयका एक र जयका अमित नामका छोरा भए ।।२।।
भीमस्तु विजयस्याथ काञ्चनो होत्रकस्ततः ।
तस्य जह्नुः सुतो गंगां गण्डूषीकृत्य योऽपिबत् ।
जह्नोस्तु पूरुस्तत्पुत्रो बलाकश्चात्मजोऽजकः ॥ ३ ॥
विजयका छोरा भीम, भीमका छोरा कञ्चन, कञ्चनका छोरा होत्र र होत्रका छोरा जह्नु भए । यिनै जान्हुले गंगाजीलाई आफ्नो अंजुलीमा लिएर पिएका थिए । जन्हुका छोराहरू पुरु, पुरुका बालक र बालक अजक भए ।।३।।
ततः कुशः कुशस्यापि कुशाम्बुस्तनयो वसुः ।
कुशनाभश्च चत्वारो गाधिरासीत् कुशाम्बुजः ॥ ४ ॥
अजकका पुत्र कुश थिय । कुशका चार छोरा थिए– कुशाम्बु, तनय, वसु र कुशनाभ । तीमध्ये कुशम्बुका छोरा राजा भए ।।४।।
तस्य सत्यवतीं कन्यामृचीकोऽयाचत द्विजः ।
वरं विसदृशं मत्वा गाधिर्भार्गवमब्रवीत् ॥ ५ ॥
एकतः श्यामकर्णानां हयानां चन्द्रवर्चसाम् ।
सहस्रं दीयतां शुल्कं कन्यायाः कुशिका वयम् ॥ ६ ॥
परीक्षित ! गाधिकी छोरीको नाम सत्यवती थियो । ऋचिक ऋषिले गाघिसंग उनकी छोरी मागे । गाघिले आफ्नी कन्याका लागि योग्य वर होइन भन्ने बुझेर उनले ऋचिकलाई भनिन्– ’मुनिवर ! हामी कुशिकवंशका हौं । त्यसैले हाम्री कन्या पाउन गाह्रो छ । त्यसैले तपाईले मलाई एक हजार यस्ता घोडाहरू ल्याएर मलाई दिनुहोस्, जसको सम्पूर्ण शरीर सेतो र कान कालो होस् ।।६।।
इत्युक्तस्तन्मतं ज्ञात्वा गतः स वरुणान्तिकम् ।
आनीय दत्त्वा तानश्वानुपयेमे वराननाम् ॥ ७ ॥
गाधिले यसो भनेपछि ती ऋचिक मुनिले उनको आशय बुझेर उनी वरुणकहाँ गएर त्यस्तै घोडाहरू ल्याएर दिए त्यसपछि उनले सुन्दरी सत्यवतीसँग विवाह गरे ।।७।।
स ऋषिः प्रार्थितः पत्न्या श्वश्र्वा चापत्यकाम्यया ।
श्रपयित्वोभयैर्मन्त्रैश्चरुं स्नातुं गतो मुनिः ॥ ८ ॥
एक पटक उनकी पत्नी र सासु दुवैले पुत्र प्राप्तिका लागि महर्षि ऋचिकसंग प्रार्थना गरे । तव महर्षि ऋचीले उनीहरूको प्रार्थना स्वीकार गरेर दुवैका लागि फरक फरक मन्त्रले चारु पकाएर स्नान गर्न भनि गए ।।८।।
तावत् सत्यवती मात्रा स्वचरुं याचिता सती ।
श्रेष्ठं मत्वा तयायच्छन्मात्रे मातुरदत् स्वयम् ॥ ९ ॥
सत्यवतीकी आमाले ऋषिले आफ्नी पत्नीको लागि सबैभन्दा उत्तम चारु पकाएको हुनुपर्छ भन्ने बुझेर उनीसँग त्यो चारु मागे । सत्यवतीले आफ्नी आमालाई आफनालागि बनाएका चारु दिइन् र उनले आमाको लागि बनाएको चारु खाइन् ।।९।।
तद् विज्ञाय मुनिः प्राह पत्नींइ कष्टमकारषीः ।
घोरो दण्डधरः पुत्रो भ्राता ते ब्रह्मवित्तमः ॥ १० ॥
ऋचिक मुनिले यो कुरा थाहा पाएर आफ्नी पत्नी सत्यवतीलाई भने, ’तिमीले ठूलो विपत्ति गर्यौ । अब तिम्रो छोरो कठोर स्वभावको हुनेछ जसले मानिसहरूलाई दण्ड दिनेछ र तिम्रो भाइ महान् ब्रह्मवेता हुनेछ ।।१०।।
प्रसादितः सत्यवत्या मैवं भूदिति भार्गवः ।
अथ तर्हि भवेत् पौत्रो जमदग्निस्ततोऽभवत् ॥ ११ ॥
सत्यवतीले ऋचिक मुनिलाई प्रसन्न गर्न प्रार्थना गरिन् र भनिन् हे स्वामी ! यस्तो हुनु हुँदैन । त्यसपछि उनले भने– ठिक छ त्यसो भए तिम्रो छोराको सट्टा तिम्रो नाति (गम्भीर स्वभावको) हुनेछ । समयमै, सत्यवतीको गर्भबाट जमदग्निको जन्म भयो ।।११।।
सा चाभूत् सुमहपुण्या कौशिकी लोकपावनी ।
रेणोः सुतां रेणुकां वै जमदग्निरुवाह याम् ॥ १२ ॥
सत्यवती सारा संसारलाई शुद्ध गर्ने सबैभन्दा पुण्यमयी ‘कौशिकी’ नदी बनिन् । रेणु ऋषिकी छोरी रेणुका थिइन् । जमदग्नीले उनीसंग आफ्नो विवाह गरे ।।१२।।
रेणुकाको गर्भबाट ऋषि जमदग्निको वसुमान आदि धेरै छोराहरू थिए । तिनीहरूमध्ये सबैभन्दा कान्छा परशुरामजी थिए । उनको ख्याति विश्वभरि चर्चित छ ।।१३।।
तस्यां वै भार्गवऋषेः सुता वसुमदादयः ।
यवीयाञ्जज्ञ एतेषां राम इत्यभिविश्रुतः ॥ १३ ॥
यमाहुर्वासुदेवांशं हैहयानां कुलान्तकम् ।
त्रिःसप्तकृत्वो य इमां चक्रे निःक्षत्रियां महीम् ॥ १४ ॥
भनिन्छ कि हैहयवंशको अन्त्य गर्नको लागि स्वयं भगवानले परशुरामको रूपमा अवतार लिनुभएको थियो । उहाँले यो पृथ्वीलाई २१ पटक क्षत्रियरहित बनाउनुभयो ।।१४।।
दुष्टं क्षत्रं भुवो भारमब्रह्मण्यमनीनशत् ।
रजस्तमोवृतमहन् फल्गुन्यपि कृतेंऽहसि ॥ १५ ॥
क्षत्रियहरूले आफूमाथि अलिकति अपराध गरे पनि रजोगुणी र विशेष गरी तमोगुणी भएको थिए । ब्राह्मणहरूको भक्त नभई अत्यन्त दुष्ट बनेका थिए । यही कारण उनीहरु पृथ्वीको बोझ बनेका थिए र यसैको फलस्वरूप भगवान परशुरामले उनीहरुको विनाश गरेर पृथ्वीको बोझ हटाउनुभयो ।।१५।।
श्रीराजोवाच ।
किं तदंहो भगवतो राजन्यैरजितात्मभिः ।
कृतं येन कुलं नष्टं क्षत्रियाणामभीक्ष्णशः ॥ १६ ॥
राजा परीक्षितले सोधे– हे राजन ! ती क्षेत्रियहरु अवस्य पनि अजितेन्द्रिया थिए तापनि परसुरामको कुन त्यस्तो अपराध गरेका थिए र जसका कारण उनले पटक पटक क्षत्रिय वंशको संहार गरे ।।१६।।
श्रीशुक उवाच ।
हैहयानामधिपतिः अर्जुनः क्षत्रियर्षभः ।
दत्तं नारायणस्यांशमाराध्य परिकर्मभिः ॥ १७ ॥
बाहून् दशशतं लेभे दुर्धर्षत्वमरातिषु ।
अव्याहतेन्द्रियौजः श्री तेजोवीर्ययशोबलम् ॥ १८ ॥
श्रीशुकदेवजीले भन्नुभयो– परीक्षित ! त्यसबेला अर्जुन हैहयवंशका शासक थिए । उनी एक वीर क्षत्रिय थिए । उनले ठुलो सेवा गरेर भगवान नारायणका अवतार दत्तात्रेयजीलाई प्रसन्न पारेका थिए । त्यसले उनले हजार बाहु तथा कुनैपनि शत्रुले युद्धमा परास्त गर्न नसक्ने वरदान प्राप्त गरेका थिए । यसका साथै आफ्नो कृपाले असीमित इन्द्रिय शक्ति, अपार धन, तेज, वीरता, कीर्ति र शारीरिक बल पनि प्राप्त गरेका थिए ।।१७–१८।।
योगेश्वरत्वं ऐश्वर्यं गुणा यत्राणिमादयः ।
चचाराव्याहतगतिर्लोकेषु पवनो यथा ॥ १९ ॥
उनी योगेश्वर बनेका थिए । उनिमा यस्तो ऐश्वर्य थियो कि जसले गर्दा उनी सूक्ष्म भन्दा सूक्ष स्थूल बाट स्थूल रूप धारण गर्न सक्दथे । उनले सबै सिध्दि प्राप्त गरेका थिए । उनी बिना रोक तोक जताततै खुलेर घुम्थे ।। १९।।
स्त्रीरत्नैपरावृतः क्रीडन् रेवाम्भसि मदोत्कटः ।
वैजयन्तीं स्रजं बिभ्रद् रुरोध सरितं भुजैः ॥ २० ॥
एक पटक घाँटीमा वैजयन्तीको माला लगाएर हजार हातधारी अर्जुन नर्मदा नदीमा धेरै सुन्दरी नारीहरूसँग पौडी खेलिरहेका थिए । त्यसबेला मादक पिएर उन्मुत्त भएका सहस्रबाहुले आफ्नो हातले नदीको बहाव रोकिदिए ।।२०।।
विप्लावितं स्वशिबिरं प्रतिस्रोतःसरिज्जलैः ।
नामृष्यत् तस्य तद् वीर्यं वीरमानी दशाननः ॥ २१ ॥
जुन दशमुख रावणको शिविर पनि नजिकै थियो । नदीको धारा उल्टो दिशामा बग्न थाल्यो, जसले गर्दा उसको शिविर डुब्यो रावणले आफूलाई महान् योद्धा ठान्थे, त्यसैले यो सहस्रार्जुनको यो वीरता सहन सकेन ।।२१।।
गृहीतो लीलया स्त्रीणां समक्षं कृतकिल्बिषः ।
माहिष्मत्यां सन्निरुद्धो मुक्तो येन कपिर्यथा ॥ २२ ॥
रावण हजार हतियारधारी अर्जुनकहाँ गएर गाली गर्न थालेपछि उनले रावणलाई महिलाको अगाडि ख्याल ख्यालमै समातेर आफ्नो राजधानी महिष्मतीमा लगेर बाँदर झैँ कैद गरे । पछि पुलस्त्यजीको सल्लाहमा सहस्रबाहुले रावणलाई छोडिदियो ।।२२।।
स एकदा तु मृगयां विचरन् विजने वने ।
यदृच्छयाऽऽश्रमपदं जमदग्नेरुपाविशत् ॥ २३ ॥
एक दिन हजार हतियारधारी अर्जुन शिकार गर्न घना जंगलमा गएका थियो । यसरी जाँदा दैववश उ जमदग्नि मुनिको आश्रममा पुग्यो ।।२३।।
तस्मै स नरदेवाय मुनिरर्हणमाहरत् ।
ससैन्यामात्यवाहाय हविष्मत्या तपोधनः ॥ २४ ॥
परम तपस्वी जमदग्निको आश्रममा कामधेनु बस्दथिन् । जमदग्निी मुनिले आफ्नो प्रतापले सेना, मन्त्री र सवारी साधनसहित हैह्याधिपतिलाई स्वागत गरेका थिए ।।२४।।
स वीरस्तत्र तद् दृष्ट्वा आत्मैश्वर्यातिशायनम् ।
तन्नाद्रियताग्निहोत्र्यां साभिलाषः स हैहयः ॥ २५ ॥
बीर हैह्याधिपतिले आफ्नो भन्दापनि जमदग्नि मुनिकाको ऐश्वर्य ठूलो छ भन्ने देखे । त्यसैले उनले ऋषिले दिएको आतिथ्यताको कुनै सम्मान नगरी कामधेनुलाई मात्रै लिन चाहन्थे ।।२५।।
हविर्धानीमृषेर्दर्पान्नरान् हर्तुमचोदयत् ।
ते च माहिष्मतीं निन्युः सवत्सां क्रन्दतीं बलात् ॥ २६ ॥
उसले जमदग्नि मुनिलाई पनि सोधेनन्, बरु सिधै आफ्ना सेवकहरूलाई कामधेनु हरण गर्न आदेश दिए । उनको आदेशमा उनका सेवकहरूले ’बा–बा’ कराईरहेकी कामधेनुलाई जबरजस्ती बाछोसहित महिष्मतिपुरी लिएर गए ।।२६।।
अथ राजनि निर्याते राम आश्रम आगतः ।
श्रुत्वा तत् तस्य दौरात्म्यं चुक्रोधाहिरिवाहतः ॥ २७ ॥
यसरी जब उनीहरु गएपछि परशुरामजी आश्रममा आइपुगे र उसको सबै दुष्टताको कथा सुनेर घाइते सर्प जस्तै क्रोधित भए ।।२७।।
घोरमादाय परशुं सतूणं चर्म कार्मुकम् ।
अन्वधावत दुर्धर्षो मृगेन्द्र इव यूथपम् ॥ २८ ॥
उनले आफ्नो तेजिलो बन्चरो, तरवार, ढाल र धनु लिए र ठूलो गतिमा उहाँको पछि दौडे – उनी यसरी दौडे कि कुनै सिंहले हात्तीलाई आक्रमण गर्न दौडेझैं गरी ।।२८।।
तं आपतन्तं भृगुवर्यमोजसा
धनुर्धरं बाणपरश्वधायुधम् ।
ऐणेयचर्माम्बरमर्कधामभि-
र्युतं जटाभिर्ददृशे पुरीं विशन् ॥ २९ ॥
हजार हात भएका अर्जुन भर्खरै आफ्नो सहरमा प्रवेश गर्दै थिए जब उनले परशुरामजी तीव्र गतिमा आफूतिर दौडिरहेको देखे । त्यतिबेला उनको विलक्षण प्रतीभा थियो । उनले धनुष, बाण र बञ्चरो लिएका थिए । त्यसैगरी शरीरमा कालो मृगको छाला लगाएका थिए र उनका जटाहरु सूर्यको किरण जस्तै चम्किरहेका थिए ।।२९।।
अचोदयद्धस्तिरथाश्वपत्तिभि-
र्गदासिबाणर्ष्टिशतघ्निशक्तिभिः ।
अक्षौहिणीः सप्तदशातिभीषणा-
स्ता राम एको भगवानसूदयत् ॥ ३० ॥
यसरीे देख्नेबित्तिकै उसले गदा, तरवार, बाण, ऋष्टि, शतघ्नी र शक्ति आदि हतियारहरू र हात्ती, घोडा, रथ र पैदल सेनाले सुसज्जित सत्र अक्षौहिनी सेना पठायो । परशुरामले कुरैकुरामा सम्पूर्ण सेनालाई नष्ट गरिदिनुभयो ।।३०।।
यतो यतोऽसौ प्रहरत्परश्वधो
मनोऽनिलौजाः परचक्रसूदनः ।
ततस्ततश्छिन्नभुजोरुकन्धरा
निपेतुरुर्व्यां हतसूतवाहनाः ॥ ३१ ॥
भगवान परशुरामको गति वायु र हावा जस्तै थियो । वहाँले शत्रुको सेनालाई मात्र काट्दै जानुभयो । वहाँले जहाँ–जहाँ बञ्चरोले प्रहार गर्नुहुन्थ्यो त्यहाँत्यहाँ ठूला ठुला योद्धाहरूको हात, जाँघ, काँध, रथहरू र सवारीहरू काटेर पृथ्वीमा खस्दथे ।।३१।
दृष्ट्वा स्वसैन्यं रुधिरौघकर्दमे
रणाजिरे रामकुठारसायकैः ।
विवृक्णचर्मध्वजचापविग्रहं
निपातितं हैहय आपतद् रुषा ॥ ३२ ॥
हैहयपति अर्जुनले आफ्ना सेनाका सिपाहीहरू, तिनीहरूका धनुष, झण्डा र ढालहरू परशुरामको बन्चरो र बाणले काटिएर रगतले भिजेको देखेर रिसाउँदै स्वयं आफै भिड्नको लागि आये ।।३२।।
अथार्जुनः पञ्चशतेषु बाहुभि-
धनुःषु बाणान् युगपत् स सन्दधे ।
रामाय रामोऽस्त्रभृतां समग्रणी-
स्तान्येकधन्वेषुभिराच्छिनत् समम् ॥ ३३ ॥
उनले एकै साथ आफ्नो हजार भुजाबाट पाँच सय धनुष लिएर परशुरामजीमा तिर प्रहार गर्यो । तर परशुरामजीलाई सबै सस्त्र अस्त्रधारीका शिरामणि मानिन्थे, उनले आफ्नो धनुषबाट बाण निकालेर एकै पटक सबैलाई काटिदिए ।।३३।।
पुनः स्वहस्तैरचलान् मृधेङ्घ्रिपा-
नुत्क्षिप्य वेगादभिधावतो युधि ।
भुजान् कुठारेण कठोरनेमिना
चिच्छेद रामः प्रसभं त्वहेरिव ॥ ३४ ॥
अब हयाधिपतिले आफ्नो हातले पहाड र रूखहरू उखेलेर बडो बेगले परशुरामजीतर्फ तीव्र गतिमा हान्यो तव परशुरामजीले ठूलो वेगल आफ्नो धारिलो बन्चरो प्रहार गरेर उसको सर्पको जस्तो हात काटिदिए ।।३४।।
कृत्तबाहोः शिरस्तस्य गिरेः श्रृङ्गमिवाहरत् ।
हते पितरि तत्पुत्रा अयुतं दुद्रुवुर्भयात् ॥ ३५ ॥
जब उसको हात काटियो, फेरी उसको पहाडको चुचुरो जस्तो अग्लो टाउको काटिदिए । पिताको मृत्युपछि उनका दश हजार छोराहरू डरले भागे ।।३५।।
अग्निहोत्रीमुपावर्त्य सवत्सां परवीरहा ।
समुपेत्याश्रमं पित्रे परिक्लिष्टां समर्पयत् ॥ ३६ ॥
परीक्षित ! विपक्षी वीरहरूको विनाशकर्ता परशुरामजीले बाछो सहित कामधेनुलाई फर्काए । त्यतिबेला उनी धेरै दःखीत भएका थिए । उसलाई आफ्नो आश्रममा ल्याएर बुबालाई सुम्पिदिए ।।३६।।
स्वकर्म तत्कृतं रामः पित्रे भ्रातृभ्य एव च ।
वर्णयामास तच्छ्रुत्वा जमदग्निरभाषत ॥ ३७ ॥
र उने महिष्मतीमा सहस्रबाहुले जे गरेका थिए त्यो सबै कुरा आफ्ना पिता र भाइहरूलाई सुनाए । सबै कुरा सुनेर जमदग्नि मुनिले भने– ।।३७।।
राम राम महाबाहो भवान् पापमकारषीत् ।
अवधीन्नरदेवं यत् सर्वदेवमयं वृथा ॥ ३८ ॥
हेर परशुराम ! तिमीले ठूलो पाप गर्यौ । राम राम ! तिमी धेरै बहादुर हौं; तर तिमीले सर्वशक्तिमान नरदेवलाई व्यर्थ मार्यौ ।।३८।।
वयं हि ब्राह्मणास्तात क्षमयार्हणतां गताः ।
यया लोकगुरुर्देवः पारमेष्ठ्यमगात् पदम् ॥ ३९ ॥
छोरा ! हामी ब्राह्मण हौं । क्षमाको प्रभावले नै हामी संसारमा पूजनीय बनेका छौं । के हो भने, सबैका पितामह ब्रह्माजीले पनि क्षमा शक्तिद्वारा ब्रह्मपद भएको हो ।।३९।।
क्षमया रोचते लक्ष्मीर्ब्राह्मी सौरी यथा प्रभा ।
क्षमिणामाशु भगवांस्तुष्यते हरिरीश्वरः ॥ ४० ॥
ब्राह्मणहरूको महिमा क्षमाले मात्र सूर्यको किरण जस्तै चम्कन्छ । सर्वशक्तिमान भगवान श्रीहरि पनि क्षमा गर्नेहरुमा मात्र प्रसन्न हुनुहुन्छ ।।४०।।
राज्ञो मूर्धाभिषिक्तस्य वधो ब्रह्मवधाद् गुरुः ।
तीर्थसंसेवया चांहो जह्यङ्गाच्युतचेतनः ॥ ४१ ॥
छोरा ! सार्वभौम राजाको हत्या ब्राह्मणको हत्या भन्दा पनि खराब हो । जाउ, भगवानलाई स्मरण गरेर पवित्र तीर्थमा गएर आफ्ना पापहरू पखाल ।।४१।।
इति श्रीमद्भाएगवते महापुराणे पारमहंस्यां
संहितायां नवमस्कन्धे पञ्चदशोऽध्यायः ॥ १५ ॥