/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

नवमः स्कंधः - पञ्चदशोऽध्यायः

श्रीमद्भागवत महापुराण

नवमः स्कंधः - पञ्चदशोऽध्यायः


श्रीशुक उवाच ।
ऐलस्य चोर्वशीगर्भात् षडासन्नात्मजा नृप ।
आयुः श्रुतायुः सत्यायू रयोऽथ विजयो जयः ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छपरीक्षित! उर्वशीको गर्भबाट पुरुरवाका छ छोरा भए आयु, श्रुतायु, सत्यायु, रय, विजय र जय ।।१।।
 
श्रुतायोर्वसुमान् पुत्रः सत्यायोश्च श्रुतञ्जयः ।
यस्य सुत एकश्च जयस्य तनयोऽमितः ॥ २ ॥
नेपाली भावानुवादः श्रुतायुका पुत्र वसुमान्, सत्यायुका पुत्र श्रुतञ्जय, रयका एक छोरा र जयका अमित नामका छोरा भए ।।२।।
 
भीमस्तु विजयस्याथ काञ्चनो होत्रकस्ततः ।
तस्य जह्नुः सुतो गंगां गण्डूषीकृत्य योऽपिबत् ।
जह्नोस्तु पूरुस्तत्पुत्रो बलाकश्चात्मजोऽजकः ॥ ३ ॥
नेपाली भावानुवादः विजयका छोरा भीम, भीमका छोरा काञ्चन, काञ्चनका छोरा होत्रक र होत्रकका छोरा जह्नु भए। यिनै जह्नुले गङ्गाजीलाई आफ्नो अञ्जुलीमा लिएर पिएका थिए। जह्नुका छोरा पुरु, पुरुका बालक र बालकका छोरा अजक भए ।।३।।
 
ततः कुशः कुशस्यापि कुशाम्बुस्तनयो वसुः ।
कुशनाभश्च चत्वारो गाधिरासीत् कुशाम्बुजः ॥ ४ ॥
नेपाली भावानुवादः अजकका पुत्र कुश थिए। कुशका चार छोरा थिएकुशाम्बु, तनय, वसु र कुशनाभ। तीमध्ये कुशाम्बुका छोरा गाधि राजा भए ।।४।।
 
तस्य सत्यवतीं कन्यामृचीकोऽयाचत द्विजः ।
वरं विसदृशं मत्वा गाधिर्भार्गवमब्रवीत् ॥ ५ ॥
एकतः श्यामकर्णानां हयानां चन्द्रवर्चसाम् ।
सहस्रं दीयतां शुल्कं कन्यायाः कुशिका वयम् ॥ ६ ॥
नेपाली भावानुवादः परीक्षित! गाधिकी छोरीको नाम सत्यवती थियो। ऋचीक ऋषिले गाधिसँग उनकी छोरी मागे। गाधिले आफ्नी कन्याका लागि उनी योग्य वर होइनन् भन्ने सम्झेर ऋचीकलाई भने– 'मुनिवर! हामी कुशिकवंशी हौँ। त्यसैले हाम्री कन्या पाउन कठिन छ। यदि तपाईंले मलाई एक हजार यस्ता घोडाहरू ल्याएर दिनुभयो जसको सम्पूर्ण शरीर चन्द्रमा जस्तै सेतो र एउटा कान कालो छ भने मात्र कन्या दिनेछु' ।।५६।।
 
इत्युक्तस्तन्मतं ज्ञात्वा गतः स वरुणान्तिकम् ।
आनीय दत्त्वा तानश्वानुपयेमे वराननाम् ॥ ७ ॥
नेपाली भावानुवादः गाधिले यसो भनेपछि ती ऋचीक मुनिले उनको आशय बुझेर वरुणकहाँ गई त्यस्तै घोडाहरू ल्याएर दिए। त्यसपछि उनले सुन्दरी सत्यवतीसँग विवाह गरे ।।७।।
 
स ऋषिः प्रार्थितः पत्न्या श्वश्र्वा चापत्यकाम्यया ।
श्रपयित्वोभयैर्मन्त्रैश्चरुं स्नातुं गतो मुनिः ॥ ८ ॥
नेपाली भावानुवादः एक पटक उनकी पत्नी र सासू दुवैले पुत्र प्राप्तिका लागि महर्षि ऋचीकसँग प्रार्थना गरे। तब महर्षि ऋचीकले उनीहरूको प्रार्थना स्वीकार गरेर दुवैका लागि फरक-फरक मन्त्रले चरु (यज्ञीय खीर) पकाएर स्नान गर्न गए ।।८।।
 
तावत् सत्यवती मात्रा स्वचरुं याचिता सती ।
श्रेष्ठं मत्वा तयायच्छन्मात्रे मातुरदत् स्वयम् ॥ ९ ॥
नेपाली भावानुवादः सत्यवतीकी आमाले ऋषिले आफ्नी पत्नीका लागि सबैभन्दा उत्तम चरु पकाएको हुनुपर्छ भन्ने ठानेर उनीसँग त्यो चरु मागिन्। सत्यवतीले आमालाई आफ्नो भागको चरु दिइन् र उनले आमाको लागि बनाइएको चरु खाइन् ।।९।।
 
तद् विज्ञाय मुनिः प्राह पत्नीं कष्टमकारषीः ।
घोरो दण्डधरः पुत्रो भ्राता ते ब्रह्मवित्तमः ॥ १० ॥
नेपाली भावानुवादः ऋचीक मुनिले यो कुरा थाहा पाएर आफ्नी पत्नी सत्यवतीलाई भने– 'तिमीले ठूलो अनर्थ गर्यौ। अब तिम्रो छोरो कठोर स्वभावको दण्ड दिने (क्षत्रिय स्वभावको) हुनेछ र तिम्रो भाइ महान् ब्रह्मवेत्ता (ब्राह्मण स्वभावको) हुनेछ' ।।१०।।
 
प्रसादितः सत्यवत्या मैवं भूदिति भार्गवः ।
अथ तर्हि भवेत् पौत्रो जमदग्निस्ततोऽभवत् ॥ ११ ॥
नेपाली भावानुवादः सत्यवतीले ऋचीक मुनिलाई प्रसन्न तुल्याउन प्रार्थना गर्दै भनिन्– 'हे स्वामी! यस्तो नहोस्।' त्यसपछि मुनिले भने– 'ठिक छ, त्यसो भए तिम्रो छोराको सट्टा नाति कठोर स्वभावको हुनेछ।' समयक्रममा सत्यवतीको गर्भबाट जमदग्निको जन्म भयो ।।११।।
 
सा चाभूत् सुमहपुण्या कौशिकी लोकपावनी ।
रेणोः सुतां रेणुकां वै जमदग्निरुवाह याम् ॥ १२ ॥
नेपाली भावानुवादः सत्यवती सारा संसारलाई पवित्र पार्ने पुण्यमयी 'कौशिकी' (कोसी) नदी बनिन्। रेणु ऋषिकी छोरी रेणुका थिइन्, जमदग्निले उनीसँग विवाह गरे ।।१२।।
 
तस्यां वै भार्गवऋषेः सुता वसुमदादयः ।
यवीयाञ्जज्ञ एतेषां राम इत्यभिविश्रुतः ॥ १३ ॥
नेपाली भावानुवादः रेणुकाको गर्भबाट ऋषि जमदग्निका वसुमान् आदि धेरै छोराहरू भए। तिनीहरूमध्ये सबैभन्दा कान्छा परशुरामजी थिए, जसको ख्याति विश्वभर फैलिएको छ ।।१३।।
 
यमाहुर्वासुदेवांशं हैहयानां कुलान्तकम् ।
त्रिःसप्तकृत्वो य इमां चक्रे निःक्षत्रियां महीम् ॥ १४ ॥
नेपाली भावानुवादः भनिन्छ कि हैहयवंशको अन्त्य गर्नका लागि स्वयं भगवान् विष्णुले परशुरामको रूपमा अवतार लिनुभएको थियो। उहाँले यो पृथ्वीलाई २१ पटक क्षत्रियरहित बनाउनुभयो ।।१४।।
 
दुष्टं क्षत्रं भुवो भारमब्रह्मण्यमनीनशत् ।
रजस्तमोवृतमहन् फल्गुन्यपि कृतेंऽहसि ॥ १५ ॥
नेपाली भावानुवादः क्षत्रियहरू रजोगुणी र तमोगुणी भएर ब्राह्मणद्वेषी एवं दुष्ट बनेका थिए। उनीहरू पृथ्वीका लागि भार बनेका थिए, त्यसैले भगवान् परशुरामले सामान्य अपराधमा पनि उनीहरूको विनाश गरेर पृथ्वीको बोझ हटाउनुभयो ।।१५।।
 
श्रीराजोवाच ।
किं तदंहो भगवतो राजन्यैरजितात्मभिः ।
कृतं येन कुलं नष्टं क्षत्रियाणामभीक्ष्णशः ॥ १६ ॥
नेपाली भावानुवादः राजा परीक्षितले सोधे– 'हे भगवन्! ती क्षत्रियहरू अजितेन्द्रिय भए पनि उनीहरूले परशुरामको त्यस्तो के अपराध गरेका थिए जसका कारण उहाँले पटक-पटक क्षत्रिय वंशको संहार गर्नुभयो?' ।।१६।।
 
श्रीशुक उवाच ।
हैहयानामधिपतिः अर्जुनः क्षत्रियर्षभः ।
दत्तं नारायणस्यांशमाराध्य परिकर्मभिः ॥ १७ ॥
बाहून् दशशतं लेभे दुर्धर्षत्वमरातिषु ।
अव्याहतेन्द्रियौजः श्री तेजोवीर्ययशोबलम् ॥ १८ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छपरीक्षित! त्यसबेला हैहयवंशका शासक अर्जुन (सहस्रार्जुन) थिए। उनी एक वीर क्षत्रिय थिए। उनले भगवान् नारायणका अवतार दत्तात्रेयजीको सेवा गरेर उनलाई प्रसन्न पारेका थिए। त्यसबाट उनले एक हजार हात, शत्रुले परास्त गर्न नसक्ने शक्ति, असीमित इन्द्रिय बल, श्री, तेज, वीरता, कीर्ति र शारीरिक बल प्राप्त गरेका थिए ।।१७१८।।
 
योगेश्वरत्वं ऐश्वर्यं गुणा यत्राणिमादयः ।
चचाराव्याहतगतिर्लोकेषु पवनो यथा ॥ १९ ॥
नेपाली भावानुवादः उनले अणिमा आदि अष्टसिद्धि र योगैश्वर्य प्राप्त गरेका थिए। उनी वायु जस्तै निर्वाध रूपमा सर्वत्र विचरण गर्दथे ।।१९।।
 
स्त्रीरत्नैपरावृतः क्रीडन् रेवाम्भसि मदोत्कटः ।
वैजयन्तीं स्रजं बिभ्रद् रुरोध सरितं भुजैः ॥ २० ॥
नेपाली भावानुवादः एक पटक वैजयन्ती माला लगाएर मत्त भएका सहस्रार्जुनले नर्मदा नदीमा सुन्दरी स्त्रीहरूसँग जलक्रीडा गर्दा आफ्ना हजार हातले नदीको बहाव रोकिदिए ।।२०।।
 
विप्लावितं स्वशिबिरं प्रतिस्रोतःसरिज्जलैः ।
नामृष्यत् तस्य तद् वीर्यं वीरमानी दशाननः ॥ २१ ॥
नेपाली भावानुवादः नजिकै दशमुखे रावणको शिविर थियो। नदीको धार उल्टो बगेकाले रावणको शिविर डुब्यो। आफूलाई ठूलो योद्धा मान्ने रावणले सहस्रार्जुनको यो वीरता सहन सकेन ।।२१।।
 
गृहीतो लीलया स्त्रीणां समक्षं कृतकिल्बिषः ।
माहिष्मत्यां सन्निरुद्धो मुक्तो येन कपिर्यथा ॥ २२ ॥
नेपाली भावानुवादः रावणले सहस्रार्जुनलाई चुनौती दिएपछि अर्जुनले स्त्रीहरूको अगाडि खेलखेलमै रावणलाई समातेर आफ्नो राजधानी माहिष्मतीमा बाँदर जस्तै कैद गरे। पछि पुलस्त्य ऋषिको अनुरोधमा उनले रावणलाई छोडिदिए ।।२२।।
 
स एकदा तु मृगयां विचरन् विजने वने ।
यदृच्छयाऽऽश्रमपदं जमदग्नेरुपाविशत् ॥ २३ ॥
नेपाली भावानुवादः एक पटक सहस्रार्जुन शिकार खेल्न घना जङ्गलमा गएका थिए। संयोगवश उनी जमदग्नि मुनिको आश्रममा पुगे ।।२३।।
 
तस्मै स नरदेवाय मुनिरर्हणमाहरत् ।
ससैन्यामात्यवाहाय हविष्मत्या तपोधनः ॥ २४ ॥
नेपाली भावानुवादः परम तपस्वी जमदग्नि मुनिसँग कामधेनु गाई थिइन्। उनले कामधेनुको प्रभावले राजा, उनका मन्त्री, सेना र सवारी साधन सबैको भव्य स्वागत सत्कार गरे ।।२४।।
 
स वीरस्तत्र तद् दृष्ट्वा आत्मैश्वर्यातिशायनम् ।
तन्नाद्रियताग्निहोत्र्यां साभिलाषः स हैहयः ॥ २५ ॥
नेपाली भावानुवादः आफ्नोभन्दा पनि ऋषिको ऐश्वर्य ठूलो देखेपछि ती हैहयपतिले ऋषिको सत्कारको आदर गर्नुको सट्टा कामधेनु गाई प्राप्त गर्ने इच्छा गरे ।।२५।।
 
हविर्धानीमृषेर्दर्पान्नरान् हर्तुमचोदयत् ।
ते च माहिष्मतीं निन्युः सवत्सां क्रन्दतीं बलात् ॥ २६ ॥
नेपाली भावानुवादः उनले घमण्डका कारण मुनिसँग अनुमति नलिई आफ्ना सेवकहरूलाई कामधेनु हरण गर्ने आदेश दिए। उनका सेवकहरूले बाच्छोसहित कराइरहेकी कामधेनुलाई जबरजस्ती माहिष्मतीपुरी लगे ।।२६।।
 
अथ राजनि निर्याते राम आश्रम आगतः ।
श्रुत्वा तत् तस्य दौरात्म्यं चुक्रोधाहिरिवाहतः ॥ २७ ॥
नेपाली भावानुवादः राजा गएपछि परशुरामजी आश्रममा आइपुग्नुभयो। राजाको यस्तो दुष्टताको वृत्तान्त सुनेर उहाँ चोट खाएको सर्प झैँ क्रोधित हुनुभयो ।।२७।।
 
घोरमादाय परशुं सतूणं चर्म कार्मुकम् ।
अन्वधावत दुर्धर्षो मृगेन्द्र इव यूथपम् ॥ २८ ॥
नेपाली भावानुवादः उहाँले आफ्नो भयानक बन्चरो (परशु), तरवार, ढाल र धनु-काँड लिएर हात्तीको पछि लाग्ने सिंह जस्तै वेगले राजाको पिछा गर्नुभयो ।।२८।।
 
तं आपतन्तं भृगुवर्यमोजसा
    धनुर्धरं बाणपरश्वधायुधम् ।
ऐणेयचर्माम्बरमर्कधामभि-
    र्युतं जटाभिर्ददृशे पुरीं विशन् ॥ २९ ॥
नेपाली भावानुवादः सहस्रार्जुन आफ्नो नगरमा प्रवेश गर्दै गर्दा उनले परशुरामजीलाई तीव्र गतिमा आफूतिर आइरहेको देखे। कालो मृगको छाला पहिरिएका, सूर्य झैँ चम्किला जटा भएका र हातमा धनु, बाण एवं बन्चरो लिएका परशुरामको रूप अत्यन्त तेजस्वी देखिन्थ्यो ।।२९।।
 
अचोदयद्धस्तिरथाश्वपत्तिभि-
    र्गदासिबाणर्ष्टिशतघ्निशक्तिभिः ।
अक्षौहिणीः सप्तदशातिभीषणा-
    स्ता राम एको भगवानसूदयत् ॥ ३० ॥
नेपाली भावानुवादः परशुरामलाई देख्नेबित्तिकै राजाले गदा, तरवार, बाण आदिले सुसज्जित १७ अक्षौहिणी सेना उहाँविरुद्ध पठाए। तर भगवान् परशुरामले एक्लै ती सबै सेनालाई क्षणभरमै नष्ट गरिदिनुभयो ।।३०।।
 
यतो यतोऽसौ प्रहरत्परश्वधो
    मनोऽनिलौजाः परचक्रसूदनः ।
ततस्ततश्छिन्नभुजोरुकन्धरा
    निपेतुरुर्व्यां हतसूतवाहनाः ॥ ३१ ॥
नेपाली भावानुवादः मन र वायु जस्तै तीव्र गति भएका परशुरामले जहाँ-जहाँ बन्चरो प्रहार गर्नुभयो, त्यहाँ-त्यहाँ शत्रु सेनाका हात, खुट्टा, काँध र सवारी साधनहरू काटिएर भुईँमा थुप्रिन थाले ।।३१।।
 
दृष्ट्वा स्वसैन्यं रुधिरौघकर्दमे 
    णाजिरे रामकुठारसायकैः ।
विवृक्णचर्मध्वजचापविग्रहं
    निपातितं हैहय आपतद् रुषा ॥ ३२ ॥
नेपाली भावानुवादः आफ्नो सेना, झन्डा र धनुषहरू परशुरामका बाण र बन्चरोले काटिएर रगतको आहलमा डुबेको देखेपछि क्रोधित हुँदै हैहयपति सहस्रार्जुन स्वयं युद्धका लागि अघि बढे ।।३२।।
 
अथार्जुनः पञ्चशतेषु बाहुभि-
    धनुःषु बाणान् युगपत् स सन्दधे ।
रामाय रामोऽस्त्रभृतां समग्रणी-
    स्तान्येकधन्वेषुभिराच्छिनत् समम् ॥ ३३ ॥
नेपाली भावानुवादः अर्जुनले एकैसाथ आफ्ना हजार हातले पाँच सय धनुषबाट परशुराममाथि वाण वर्षा गरे। तर शस्त्रधारीहरूका शिरोमणि परशुरामले आफ्ना वाणहरूद्वारा ती सबैलाई एकैसाथ काटिदिनुभयो ।।३३।।
 
पुनः स्वहस्तैरचलान् मृधेङ्‌घ्रिपा-
    नुत्क्षिप्य वेगादभिधावतो युधि ।
भुजान् कुठारेण कठोरनेमिना
    चिच्छेद रामः प्रसभं त्वहेरिव ॥ ३४ ॥
नेपाली भावानुवादः त्यसपछि अर्जुनले आफ्ना हातले पहाड र रुखहरू उखेलेर प्रहार गर्न खोज्दा परशुरामले आफ्नो धारिलो बन्चरोले सर्पका फँडा झैँ उनका हजारै हातहरू काटिदिनुभयो ।।३४।।
 
कृत्तबाहोः शिरस्तस्य गिरेः श्रृङ्‌गमिवाहरत् ।
हते पितरि तत्पुत्रा अयुतं दुद्रुवुर्भयात् ॥ ३५ ॥
नेपाली भावानुवादः हातहरू काटिएपछि परशुरामले पहाडको चुचुरो जस्तो उसको टाउको पनि काटिदिनुभयो। पिताको मृत्यु भएपछि उनका दश हजार छोराहरू डरले भागे ।।३५।।
 
अग्निहोत्रीमुपावर्त्य सवत्सां परवीरहा ।
समुपेत्याश्रमं पित्रे परिक्लिष्टां समर्पयत् ॥ ३६ ॥
नेपाली भावानुवादः शत्रुहरूको संहार गरी परशुरामजीले बाच्छोसहितको कामधेनुलाई मुक्त गराएर आश्रममा ल्याई आफ्नो बुबालाई सुम्पिनुभयो ।।३६।।
 
स्वकर्म तत्कृतं रामः पित्रे भ्रातृभ्य एव च ।
वर्णयामास तच्छ्रुत्वा जमदग्निरभाषत ॥ ३७ ॥
नेपाली भावानुवादः माहिष्मतीमा भएको सबै वृत्तान्त परशुरामले बुबा र भाइहरूलाई सुनाउनुभयो। यो सुनेर जमदग्नि मुनिले भन्नुभयो।।३७।।
 
राम राम महाबाहो भवान् पापमकारषीत् ।
अवधीन्नरदेवं यत् सर्वदेवमयं वृथा ॥ ३८ ॥
नेपाली भावानुवादः 'हे राम! तिमीले ठूलो पाप गर्यौ। तिमी महाबाहु हौ, तर तिमीले सबै देवताका स्वरूप मानिने राजालाई व्यर्थै वध गर्यौ' ।।३८।।
 
वयं हि ब्राह्मणास्तात क्षमयार्हणतां गताः ।
यया लोकगुरुर्देवः पारमेष्ठ्यमगात् पदम् ॥ ३९ ॥
नेपाली भावानुवादः 'पुत्र! हामी ब्राह्मण क्षमाकै कारण संसारमा पूजनीय भएका हौँ। क्षमाकै प्रभावले जगत्गुरु ब्रह्माजीले समेत ब्रह्मपद प्राप्त गर्नुभएको हो' ।।३९।।
 
क्षमया रोचते लक्ष्मीर्ब्राह्मी सौरी यथा प्रभा ।
क्षमिणामाशु भगवांस्तुष्यते हरिरीश्वरः ॥ ४० ॥
नेपाली भावानुवादः 'क्षमाले नै ब्राह्मणको आभा सूर्यको प्रकाश जस्तै चम्किन्छ। क्षमाशील व्यक्तिसँग नै भगवान् श्रीहरि शीघ्र प्रसन्न हुनुहुन्छ' ।।४०।।
 
राज्ञो मूर्धाभिषिक्तस्य वधो ब्रह्मवधाद् गुरुः ।
तीर्थसंसेवया चांहो जह्यङ्‌गाच्युतचेतनः ॥ ४१ ॥
नेपाली भावानुवादः 'पुत्र! अभिषेक गरिएको राजाको हत्या ब्रह्महत्या भन्दा पनि ठूलो पाप हो। त्यसैले तिमी भगवान्को स्मरण गर्दै तीर्थाटन गरेर यो पाप पखाल' ।।४१।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
नवमस्कन्धे पञ्चदशोऽध्यायः ॥ १५ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

ध्याय सारांश

कथाको सारांश

श्रीमद्‌भागवत महापुराणको नवम स्कन्ध अन्तर्गतको पञ्चदश अध्यायमा मुख्य रूपमा चन्द्रवंशी राजाहरूको वंश परम्परा र भगवान् परशुरामको अवतारको कथा वर्णन गरिएको छ। राजा पुरुरवा र उर्वशीको गर्भबाट जन्मिएका छ छोराहरूबाट सुरु भएको यो वंश अघि बढ्दै जाँदा जह्नुकुश र गाधि हुँदै अघि बढ्छ। गाधिकी छोरी सत्यवतीको विवाह ऋचीक मुनिसँग हुन्छ। सन्तान प्राप्तिका लागि ऋचीक मुनिले पकाएको चरु सासू र बुहारीले साटासाट गर्दा ब्राह्मण कुलमा क्षत्रिय स्वभावको र क्षत्रिय कुलमा ब्राह्मण स्वभावको सन्तान जन्मने योग बन्छ। सत्यवतीको प्रार्थनापछि यो दोष छोरामा नभई नातिमा सर्ने हुन्छजसका कारण जमदग्निको जन्म हुन्छ र उनका छोराका रूपमा भगवान् परशुरामको अवतार हुन्छ। परशुराम भगवान् विष्णुको कला अवतार हुनुहुन्छ। अर्कोतर्फ हैहयवंशका राजा सहस्रार्जुनले दत्तात्रेयको वरदानबाट अथाह शक्ति र हजार हात प्राप्त गरेका हुन्छन्। शक्ति र मदले अन्धो भएका सहस्रार्जुनले एक पटक जलक्रीडा गर्दा नर्मदाको बहाव रोकिदिन्छन्जसका कारण रावणको शिविर डुब्छ। रावणले विरोध गर्दा अर्जुनले उनलाई बाँदरलाई झैँ कैद गर्छन्। एक पटक शिकार खेल्न गएका सहस्रार्जुन जमदग्नि मुनिको आश्रममा पुग्छन्। मुनिले कामधेनुको सहयोगले राजाको ठूलो सत्कार गर्छन्। तर राजाले कृतज्ञ हुनुको साटो मुनिको ऐश्वर्य देखेर ईर्ष्या गर्छन् र बलजफ्ती कामधेनुका बाच्छो र गाई हरण गरी माहिष्मती लैजान्छन्। यो घटना सुन्नेबित्तिकै परशुराम क्रोधित भएर सहस्रार्जुनको पिछा गर्नुहुन्छ। परशुरामले एक्लै सत्र अक्षौहिणी सेनाको संहार गर्नुहुन्छ। अन्ततः उहाँले सहस्रार्जुनका हजारै हातहरू र टाउको काटेर वध गर्नुहुन्छ। कामधेनुलाई फिर्ता ल्याएपछि पिता जमदग्निले परशुरामलाई राजाको हत्या गरेकोमा पश्चात्ताप गर्न र तीर्थाटन गर्न आदेश दिनुहुन्छ। यस कथाले अधर्मी शक्तिको अन्त्य र ब्राह्मणोचित क्षमाको महत्त्वलाई दर्शाएको छ। यो अध्यायले परशुराम अवतारको पृष्ठभूमि र उनको वीरताको महिमा गान गर्दछ। अन्तमायसले वंश परम्परा र ईश्वरीय न्यायको सुन्दर सङ्गम प्रस्तुत गरेको छ।

दार्शनिक पक्ष

यस अध्यायले शक्तिस्वभाव र क्षमाको गहिरो दार्शनिक सन्देश दिएको छ। चरु साटासाटको घटनाले मानिसको स्वभाव निर्माणमा संस्कार र अन्न (चरु) को भूमिका कति महत्त्वपूर्ण हुन्छ भन्ने देखाउँछ। सहस्रार्जुनको पतनले यो सिद्ध गर्छ कि आध्यात्मिक शक्ति वा वरदानलाई अहंकारमा प्रयोग गर्दा त्यसले विनाश निम्त्याउँछ। भगवान् परशुरामको अवतारले समाजमा सन्तुलन कायम गर्न र आततायी शक्तिको अन्त्य गर्न ईश्वरीय हस्तक्षेप आवश्यक हुने दर्शन प्रस्तुत गर्छ। जमदग्नि मुनिले आफ्ना छोरालाई दिएको उपदेशले ब्राह्मणको वास्तविक भूषण 'क्षमाहो भन्ने कुरा स्पष्ट पारेको छ। क्षमाले नै मानिसलाई ईश्वरको नजिक पुर्याउँछ भन्ने यसको मुख्य दार्शनिक सार हो। भौतिक शक्ति (क्षत्रिय बल) भन्दा आध्यात्मिक शान्ति (ब्राह्मण बल) श्रेष्ठ हुन्छ भन्ने यसले सिकाउँछ। राजालाई 'सर्वदेवमयमान्नुको अर्थ शासक उत्तरदायी र मर्यादित हुनुपर्छ भन्ने पनि हो। अहंकारले विवेक गुमाउँदा मानिसले आफ्नै विनाशको बाटो रोज्छ भन्ने यस कथाको उपदेश छ। समग्रमायो अध्यायले शक्तिलाई धर्म र क्षमासँग जोड्नुपर्ने दर्शन दिएको छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...