श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – विंशोऽध्यायः
शुक उवाच –
(अनुष्टुप्)
तयोस्तदद्भुषतं कर्म दावाग्नेर्मोक्षमात्मनः ।
गोपाः स्त्रीभ्यः समाचख्युः प्रलम्बवधमेव च ॥१॥
श्रीशुकदेवजी भन्नुहुन्छ– परीक्षित ! गोप बालकहरू घर पुगपछि र आफ्ना आमा, दिदीबहिनीहरुलाई श्रीकृष्ण र बलरामले डढेलोबाट बचाएको र प्रलम्वासुरको हत्या गरेको आदि सबै घटनाहरु बताए ।।१।।
गोपवृद्धाश्च गोप्यश्च तदुपाकर्ण्य विस्मिताः ।
मेनिरे देवप्रवरौ कृष्णरामौ व्रजं गतौ ॥२॥
राम र श्यामको अलौकिक गतिविधि सुनेर गोप–गोपीहरू पनि छक्क परे । सबैले श्रीकृष्ण र बलरामको भेषमा केही ठूला देवताहरू व्रजमा आएका छन् भन्ने कुरा विश्वास गरे ।।२।।
ततः प्रावर्तत प्रावृट् सर्वसत्त्वसमुद्भिवा ।
विद्योतमानपरिधिर्विस्फूर्जितनभस्तला ॥३॥
यसपछि वर्षाऋतुको प्रारम्भभयो । यस मौसममा सबै प्रकारका जीवहरूको संख्या बढ्छन् । त्यसबेला सूर्य र चन्द्रमामा बारम्बार चम्किलो मण्डल देखिन थाल्यो । बादल, हावाहुरी, चट्याङ, मेघ गर्जन आदिका कारण सबै दिशाहरु उज्याला देखिन थाले ।।३।।
सान्द्रनीलाम्बुदैर्व्योम सविद्युत्स्तनयित्नुभिः ।
अस्पष्टज्योतिराच्छन्नं ब्रह्मेव सगुणं बभौ ॥४॥
विजुली सहित मेघ र बाक्लो बादलले ढाकिएका कारण आकाश निलो देखिन थाल्यो । मेघका कारण आकाश अध्यारो भए पनि सगुण ब्रह्म स्वरुप जस्तो शोभायमान देखिन्थ्यो ।।४।।
अष्टौ मासान् निपीतं यद् भूम्याश्चोदमयं वसु ।
स्वगोभिर्मोक्तुमारेभे पर्जन्यः काल आगते ॥५॥
जसरी राजाले लिएको कर आवस्यक पर्दा जनतालाई फिर्ता गर्छन त्यसरी नै सूर्यले आफ्ना
किरणद्वारा पृथ्वीबाट आठ महिनासम्म लिएको जलरुपी धन वर्षाऋतु लागेपछि फिर्ता गर्नलागे ।।५।।
तडिद्वन्तो महामेघाश्चण्डश्वसनवेपिताः ।
प्रीणनं जीवनं ह्यस्य मुमुचुः करुणा इव ॥६॥
जसरी दयालु मानिसहरूले दुःखीमाथि उपकार गर्दछन् त्यसरी नै प्राणीहरुको कल्याणको लागि जोडले चलेको हावा र विजुली चमक सहितको मेघले पानीको वर्षा गर्नथाल्यो ।।६।।
तपःकृशा देवमीढा आसीद् वर्षीयसी मही ।
यथैव काम्यतपसस्तनुः सम्प्राप्य तत्फलम् ॥७॥
जेठ–अषाढको प्रचण्ड गर्मीले पृथ्वी सुख्खा भएको थियो । जसरी फलको चहना गर्ने तपस्वीको शरीर तपस्या अवधीमा सुकेको हुन्छ तर फल पाएपछि पुष्ट हुन्छ त्यसरी नै अब वर्षाको पानीले सिँचाइ हुँदा पृथ्वी हराभरा भयो ।।७।।
निशामुखेषु खद्योतास्तमसा भान्ति न ग्रहाः ।
यथा पापेन पाखण्डा न हि वेदाः कलौ युगे ॥८॥
जसरी कलियुगमा पापका कारण पाखण्ड मतको प्रवलता बढ्छ वैदिक धर्महरु लोप भएको जस्तो देखिन्छन् त्यसैगरी वर्षाको साँझमा बादलको कारण घना अँध्यारो हुँदा सूर्य चन्द आदि ग्रहको प्रकाशलाई बादलले ढाक्छ र केवल जुनकिरीको ज्योतिमात्र देखिन्छ ।।८।।
श्रुत्वा पर्जन्यनिनदं मण्डुकाः व्यसृजन् गिरः ।
तूष्णीं शयानाः प्राग् यद्वद् ब्राह्मणा नियमात्यये ॥९॥
जसरी नित्यकर्म बाट ब्रह्मचारीहरु गुरुको आदेश अनुसार पाठ गर्न थाल्छन् त्यसरी नै पहिले चुपचाप सुतेका भ्यागुताहरू अब बादलको गर्जन सुनेर कराउन थाल्छन् ।।९।।
आसनुत्पथवाहिन्यः क्षुद्रनद्योऽनुशुष्यतीः ।
पुंसो यथास्वतंत्रस्य देहद्रविण सम्पदः ॥१०॥
जसरी अजितेन्द्रिय (इन्द्रियको नियन्त्रणमा रहेका) पुरुषको शरीर र धनको कुमार्गमा खर्च हुन्छ त्यसरी नै जेठ–आषाढ महिनामा झन्डै सुकिसकेका साना नदीहरू अहिले आफ्नो घेरा नाघेर जथाभावी संग बग्न थाल्दछन् ।।१०।।
हरिता हरिभिः शष्पैरिन्द्रगोपैश्च लोहिता ।
उच्छिलीन्ध्रकृतच्छाया नृणां श्रीरिव भूरभूत् ॥११॥
यतिबेला वर्षातकालको पृथ्वीमा कुनै ठाउँमा हरिया घाँसले हरियाली थियो, कुनै ठाउँमा इन्द्रगोप नामको कीराका कारण रातो देखिन्थ्यो र कुनै ठाउँमा वर्षाको मौसम (सेतो च्याउ)। यसरी हेर्दा राजाको रंगीन सेना जस्तै सुन्दर देखिन्थ्यो ।।११।।
क्षेत्राणि सस्यसंपद्भिः कर्षकाणां मुदं ददुः ।
मानिनामुनुतापं वै दैवाधीनमजानताम् ॥१२॥
सबै खेतहरू अन्नले भरिए किसानलाई आनन्द दिइरहेका थिए । तर सबै कुरा इश्वरको अधिनमा छ भन्ने नबुझेका धनीहरुलाई अन्नबाली कसरी आफ्नो चंगुलमा राख्ने होला भनेर निकै चिन्ता लाग्दथ्यो ।।१२।।
जलस्थलौकसः सर्वे नववारिनिषेवया ।
अबिभ्रद् रुचिरं रूपं यथा हरिनिषेवया ॥१३॥
नयाँ बर्षाको पानी पिएर सबै जलचर तथा स्थलचर जीवहरुको सौन्दर्य बढेको थियो, जसरी भगवानको सेवा गर्दा सेवकको बाहिरी र भित्री रुप सुन्दर बन्छ ।।१३।।
सरिद्भी सङ्गतः सिन्धुश्चुक्षुभे श्वसनोर्मिमान् ।
अपक्वयोगिनश्चित्तं कामाक्तं गुणयुग् यथा ॥१४॥
जसरी चित्त संयम नभएका योगीको मन जसरी चञ्चल हुन्छ । त्यसैगरी वर्षाको भेलले भरिएको नदीहरु ठुला ठुला छालले भरिएको थियो, चञ्चल बनेको थियो ।।१४।।
गिरयो वर्षधाराभिर्हन्यमाना न विव्यथुः ।
अभिभूयमाना व्यसनैर्यथाधोक्षजचेतसः ॥१५॥
जसरी भगवान\मा आफ्नो मन समर्पण गरेका ब्यक्तिलाई अनेकौं दुःख आइपर्दा पनि कुनै ब्यथा हुदैन त्यसैगरी मुसलधारे पानीको चपेटामा परेर पनि पहाडले कुनै पीडा महसुस भएन ।।१५।।
मार्गा बभूवुः सन्दिग्धास्तृणैश्छन्ना ह्यसंस्कृताः ।
नाभ्यस्यमानाः श्रुतयो द्विजैः कालहता इव ॥१६॥
जसरी ब्राह्मणहरु आफुले पढेका मन्त्रहरुलाई पटक पटक नदोहोर्याउँदा बिर्सन्छन् त्यसैगरी कहिल्यै सफा नगरिएका बाटोहरु आहले घाँसले ढाकिदा पहिचान गर्न (ठम्याउन) गाह्रो छ ।।१६।।
लोकबन्धुषु मेघेषु विद्युतश्चलसौहृदाः ।
स्थैर्यं न चक्रुः कामिन्यः पुरुषेषु गुणिष्विव ॥१७॥
जसरी चंचल कामुक नारीहरू पुण्य पुरुषको नजिक पनि स्थिर रहँदैनन् त्यसैगरी बादलहरू धेरै परोपकारी भए तापनि तिनीहरूमा बिजुली स्थिर रहँदैन ।।१७।।
धनुर्वियति माहेन्द्रं निर्गुणं च गुणिन्यभात् ।
व्यक्ते गुणव्यतिकरेऽगुणवान् पुरुषो यथा ॥१८॥
जसरी गुण नै नभएका परब्रह्म सत्व, रज र तमादि बाट ब्यक्त विश्वमा शोभायमान देखिन्छन् त्यसैगरी कुनै गुण नभएको इन्द्रधनु पनि मेघ गर्जन आदिको गुणले युक्त भएर आकाशमा सुन्दर देखियो ।।१८।।
न रराजोडुपश्छन्नः स्वज्योत्स्नाराजितैर्घनैः ।
अहंमत्या भासितया स्वभासा पुरुषो यथा ॥१९॥
जसरी आफैंद्वारा प्रकाशित हुने अहंकारले गर्दा जीव प्रकाशित हुन सक्तैन त्यसै गरी चम्किलो चन्द्रमामा बादलहरू देखिन थाले पनि ती बादलहरूले चन्द्रमालाई ढाकिदिनाले प्रकाशित हुन सकेनन् ।।१९।।
मेघागमोत्सवा हृष्टाः प्रत्यनन्दञ्छिखण्डिनः ।
गृहेषु तप्ता निर्विण्णा यथाच्युतजनागमे ॥२०॥
जसरी घरको दुःख जालमा फसेका ब्यक्तिहरु भगवान्का भक्तहरुसंग मिल्दा प्रसन्न हुन्छन् त्यसरी नै भेघको आगमनले प्रसन्न भएर मयुरहरु नाचेर आनन्दित भएका थिए ।।२०।।
पीत्वापः पादपाः पद्भिरासन्नानात्ममूर्तयः ।
प्राक् क्षामास्तपसा श्रान्ता यथा कामानुसेवया ॥२१॥
ठुलो तपस्या गर्ने तपस्वीहरुले जिउ सुकाएर दुब्लाएपनि तपस्या पछि आफुले चाहेको वर पाएर फेरी स्वस्थ बन्छन त्यसरी नै जेठ–आषाढमा सुकेका रुखहरू अब प्रसस्त पानी पिउन पाएर पात, फूल र हाँगाहरु हरियालीले सजिएका छन् ।।२१।।
सरस्स्वशान्तरोधस्सु न्यूषुरङ्गापि सारसाः ।
गृहेष्वशान्तकृत्येषु ग्राम्या इव दुराशयाः ॥२२॥
हे परीक्षित ! विषयले आशक्त भएका ग्रामवासीहरु दुःखदायी घरमै बसिरहेझैं पोखरीमा अनेक रुख जरा काँडा हिलोले भरिए पनि त्यहाँका सारसहरु त्यही बसिरहे, छाडेनन् ।।२२।।
जलौघैर्निरभिद्यन्त सेतवो वर्षतीश्वरे ।
पाषण्डिनामसद्वादैर्वेदमार्गाः कलौ यथा ॥२३॥
जसरी कलियुगमा विभिन्न मिथ्याका कारण वैदिक मार्गको महिमा कमजोर हुन्छ । त्यसैगरी इन्द्रको प्रेरणाले वर्षायाममा मुसलधारे वर्षा हुँदा खोलाका पुल, बाँध र खेतका कुना कान्ला भत्किन्छन् ।।२३।।
व्यमुञ्चन् वायुभिर्नुन्ना भूतेभ्योऽथामृतं घनाः ।
यथाऽऽशिषो विश्पतयः काले काले द्विजेरिताः ॥२४॥
जसरी ब्राह्मणहरूको प्रेरणाले धनी मानिसहरूले समय–समयमा दान गरेर मानिसहरूको अभिलाषा पूरा गर्छन् त्यसरी नै वायुको प्रेरणाले बाक्लो बादलले जीवहरूका लागि अमृतले भरिएको पानी बर्साउन थाल्छ ।।२४।।
एवं वनं तद् वर्षिष्ठं पक्वखर्जुरजम्बुमत् ।
गोगोपालैर्वृतो रन्तुं सबलः प्राविशद् हरिः ॥२५॥
वर्षायाममा वृन्दावन पनि त्यस समयमो पाकेका खजुर र जामुनले भरिएको थियो । श्रीकृष्ण र बलराम ग्वालबाल र गाईहरू लिएर घुम्नका लागि त्यही वनमा प्रवेश गर्नुभयो ।।२५।।
धेनवो मन्दगामिन्य ऊधोभारेण भूयसा ।
ययुर्भगवताऽऽहूता द्रुतं प्रीत्या स्नुतस्तनीः ॥२६॥
गाईहरु आफ्नो थुनको भारका कारण बिस्तारै हिडिरहेका थिए । भगवान् श्रीकृष्ण जहिले पनि उनीहरुलाई नाम लिएर बोलाउनुहुन्थ्यो त्यतिबेला उनीहरु थुनबाट दूधको धारा बगाउदै छिटो छिटो हिंडेर वहाँ नजिक जान्थे ।।२६।।
वनौकसः प्रमुदिता वनराजीर्मधुच्युतः ।
जलधारा गिरेर्नादानासन्ना ददृशे गुहाः ॥२७॥
भगवानले वनवासीहरु खुसी भैरहेका देख्नुभयो र रुखका लता लहरा छहरा आदिले सुगन्ध फैलाइरहेको देख्नुभयो अनि गुफातिर हेरेर विमिन्न आवाजहरु सुन्नुभयो।।२७।।
क्वचिद् वनस्पतिक्रोडे गुहायां चाभिवर्षति ।
निर्विश्य भगवान् रेमे कन्दमूलफलाशनः ॥२८॥
वृन्दवनमा पानी पर्न थालेपछि श्रीकृष्ण कहिले रुखको झाडीमा लुक्नुहुन्थ्यो भने कहिले ओडार भित्र पसेर मिठा फलफूलहरु खानुहुन्थ्यो ।।२८।।
दध्योदनं समानीतं शिलायां सलिलान्तिके ।
सम्भोजनीयैर्बुभुजे गोपैः सङ्कर्षणान्वितः ॥२९॥
कहिले बलराम र ग्वालबालहरु संगै पानीको छेउमा ढुंगामा बसेर ग्वालाहरुले ल्याएको दही, भात, दाल, तरकारी खानुहुथ्यो ।।२९।।
शाद्वलोपरि संविश्य चर्वतो मीलितेक्षणान् ।
तृप्तान् वृषा वत्सतरान् गाश्च स्वोधोभरश्रमाः ॥३०॥
प्रावृट्श्रियं च तां वीक्ष्य सर्वभूतमुदावहाम् ।
भगवान् पूजयाञ्चक्रे आत्मशक्त्युपबृंहिताम् ॥३१॥
वर्षायाममा गाई गोरु, बाच्छाहरु हरिया घाँस खाएर अघाएर चउरमा पल्टेर आँखा चिम्लेर उघ्राइरहेका हुन्थे । गाईका ठुला कल्चैंडा र थुनको भार देखेर भगवान् श्रीकृष्ण धेरै खुसी हुनुहुन्थ्यो । सम्पूर्ण प्राणीलाई सुख प्रदान गर्ने आफ्नै मायाशक्ति द्वारा रचित वर्षाऋतुको प्रशंसा गर्दै आनन्द मान्नुहुन्थ्यो ।।३०–३१।।
एवं निवसतोस्तस्मिन् रामकेशवयोर्व्रजे ।
शरत् समभवद् व्यभ्रा स्वच्छाम्ब्वपरुषानिला ॥३२॥
यसरी श्रीकृष्ण र बलराम वृन्दावनमा लीला गरेर बस्दाबस्दै वर्षा बितेपछि, शरद ऋतुको प्रारम्भ भयो । अब आकाशमा बादल छैन, पानी सफा भयो, हावा एकदमै बिस्तारै चल्न थाल्यो ।।३२।।
शरदा नीरजोत्पत्त्या नीराणि प्रकृतिं ययुः ।
भ्रष्टानामिव चेतांसि पुनर्योगनिषेवया ॥३३॥
जसरी योगबाट भ्रष्ट भएका मानिसहरूको मन फेरि योगाभ्यासबाट शुद्ध हुन्छ त्यसरी नै शरद ऋतुमा कमलको उत्पत्ति हुनाले जलाशयको जलले आफ्नै प्राकृतिक शुद्धता प्राप्त गरेको थियो ।।३३।।
व्योम्नोऽब्दं भूतशाबल्यं भुवः पङ्कमपां मलम् ।
शरत् जहाराश्रमिणां कृष्णे भक्तिर्यथाशुभम् ॥३४॥
भगवान् श्रीकृष्णको भक्तिले ब्रह्मचारी, गृहस्थ, वानप्रस्थ र सन्यासीको दुःखकष्टलाई जसरी नाश गरिदिन्छ त्यसै गरी शरद ऋतुको आगमनले वर्षाकालको आकाश बादल, वर्षायामका बढेको पृथ्वीको हिलो मैलो र पानीको फोहोर नष्टभयो ।।३४।।
सर्वस्वं जलदा हित्वा विरेजुः शुभ्रवर्चसः ।
यथा त्यक्तैषणाः शान्ता मुनयो मुक्तकिल्बिषाः ॥३५॥
जसरी संसारको बन्धनबाट मुक्त मुनिहरु सबै कामना त्यागेर उज्जल हुन्छन् त्यसैगरी जलहरु वर्षा गरेर शान्त भएका शरदकालका मेघहरु स्वच्छ देखिए ।।३५।।
गिरयो मुमुचुस्तोयं क्वचिन्न मुमुचुः शिवम् ।
यथा ज्ञानामृतं काले ज्ञानिनो ददते न वा ॥३६॥
जसरी ज्ञानीहरुले अवसर पाउदा बिभिन्न उपदेशहरु दिन्छन, सबैका लागि हित हुने कुरा बोल्छन् र समय नपाउँदा दिदैनन् पनि त्यसैगरी वर्षातकालमा बर्सेको पानीले कतै झर्ना बगे कतै बगेनन् ।।३६।।
नैवाविदन् क्षीयमाणं जलं गाधजलेचराः ।
यथाऽऽयुरन्वहं क्षय्यं नरा मूढाः कुटुम्बिनः ॥३७॥
जसरी आफ्नो परिवारको पालनपोषणमा बिर्सने जीवलाई आफ्नो आयु दिनदिनै घट्दै गइरहेको थाहा हुदैन त्यसरी नै साना खाडलमा बस्ने जीवलाई खाडलको पानी दिनानुदिन सुक्दै गएको थाहा हुँदैन ।।३७।।
गाधवारिचरास्तापमविन्दञ्छरदर्कजम् ।
यथा दरिद्रः कृपणः कुटुम्ब्यविजितेन्द्रियः ॥३८॥
जसरी इन्द्रियको वशमा बस्ने गरिब दरिद्रहरु अनेक विषय ताप भोग्छन् त्यसरी नै अलिकति पानीमा बस्ने जीवहरू पानी सुक्दै जाँदा शरद ऋतुको घामको प्रखर तापले धेरै पीडा भोग्न थाले,।।३८।।
शनैः शनैर्जहुः पङ्कं स्थलान्यामं च वीरुधः ।
यथाहंममतां धीराः शरीराद्विष्वनात्मसु ॥३९॥
जसरी ज्ञानी पुरुषले यो म हुँ र मेरो हो भन्ने भावलाई छाड्दै जान्छ त्यसैगरी सरद् कालिन पृथ्वीले बिस्तारै आफ्नो हीलोलाई र रुख घाँसपातले काँचोपनलाई बिस्तारै छोड्न थाल्यो ।।३९।।
निश्चलाम्बुरभूत्तूष्णीं समुद्रः शरदागमे ।
आत्मन्युपरते सम्यङ्मुनिर्व्युपरतागमः ॥४०॥
जसरी ज्ञानी मानिसको मन संकल्प रहित भएपछि सबै विचारबाट मुक्त भएर कर्मकाण्डको झन्झट छोडेर शान्त हुन्छ त्यसै गरी शरद ऋतु लागेपछि समुन्द्रको पानी स्थिर, गम्भिर र शान्त हुन्छ ।।४०।।
केदारेभ्यस्त्वपोऽगृह्णन् कर्षका दृढसेतुभिः ।
यथा प्राणैः स्रवज्ज्ञानं तन्निरोधेन योगिनः ॥४१॥
जसरी योगीहरूले आफ्नो इन्द्रियहरूलाई विषय वस्तुहरूतर्फ जानबाट रोकेर आफ्नो ज्ञानको रक्षा गर्छन्, त्यसरी नै किसानहरूले आफ्नो खेतमा भएको पानीको बहावलाई रोक्न आफ्नो खेतका आलीहरु बलियो बनाउन थाले ।।४१।।
शरदर्कांशुजांस्तापान् भूतानामुडुपोऽहरत् ।
देहाभिमानजं बोधो मुकुन्दो व्रजयोषिताम् ॥४२॥
जसरी शरीरमा कष्ट हुने दुःखलाई ज्ञानले नष्ट गर्छ । व्रजवासीहरुको दुःखलाई भगवान् श्रीकृष्णले नष्ट गरिदिनुहुन्छ त्यसै गरी शरद ऋतुको समयमा हुंदा सूर्यको तापलाई रात्रीका चन्द्रमाले नष्ट गरिदिन्छन् ।।४२।।
खमशोभत निर्मेघं शरद्विमलतारकम् ।
सत्त्वयुक्तं यथा चित्तं शब्दब्रह्मार्थदर्शनम् ॥४३॥
जसरी वेदको अर्थ स्पष्ट रूपमा बुझ्ने सत्व मन अति सुन्दर हुन्छ, त्यसैगरी शरद ऋतुको रातमा बादल बिनाको स्वच्छ आकाश ताराहरूले चम्कन थाल्यो ।।४३।।
अखण्डमण्डलो व्योम्नि रराजोडुगणैः शशी ।
यथा यदुपतिः कृष्णो वृष्णिचक्रावृतो भुवि ॥४४॥
परीक्षित ! जसरी पृथ्वीमा यदुवंशीहरूका बीचमा यदुपति भगवान कृष्णले शोभायमान देखिनुभयो त्यसैगरी आकाशका तारामण्डलहरु पूर्णिमा बीचमा सुशोभित हुन थाल्यो ।।४४।।
आश्लिष्य समशीतोष्णं प्रसूनवनमारुतम् ।
जनास्तापं जहुर्गोप्यो न कृष्णहृतचेतसः ॥४५॥
वनका रुखबोट बाट चिसो तातो बराबर भएको हावा वहन थाल्यो जसले गर्दा न धेरै जाडो थियो न गर्मि नै । त्यो हावाको स्पर्शले मानिसले आफ्ना सबै दुखकष्टलाई बिर्से तर भगवान्ले चित्त चोर्नुभएका कारण गोपिनीहरुले आफ्नो पीडा त्याग्न सकेनन् ।।४५।।
गावो मृगाः खगा नार्यः पुष्पिण्यः शरदाभवन् ।
अन्वीयमानाः स्ववृषैः फलैरीशक्रिया इव ॥४६॥
भगवान्मा निष्काम भावले गरिएका कर्महरु फलद्वारा युक्त भएझैं शरद ऋतुमा सन्तानको कामना गर्ने गाई, मृग, चराचुरुङ्गी र नारीहरूलाई सोहीअनुसार साँढे, हरिण चरा र पुरुषहरुले अनुशरण गरे ।।४६।।
उदहृष्यन् वारिजानि सूर्योत्थाने कुमुद् विना ।
राज्ञा तु निर्भया लोका यथा दस्यून् विना नृप ॥४७॥
हे परीक्षित ! जसरी चोर फटाहा बाहेक अरु सबै राजाबाट निर्भय हुन्छन् त्यसरी नै सूर्योदयले पानी लिली (कुमुदिनी) बाहेक अन्य सबै प्रकारका कमलहरू फुल्नथाले ।।४७।।
पुरग्रामेष्वाग्रयणैरैन्द्रियैश्च महोत्सवैः ।
बभौ भूः पक्वसस्याढ्या कलाभ्यां नितरां हरेः ॥४८॥
त्यसबेला सहर र गाउँमा न्वागी खाने र इन्द्रलाई पूजा गर्ने पर्वहरू गर्ने, अन्नबाली आदि दिने र भगवान् श्रीकृष्ण वलरामका लीलाहरुले गर्दा पृथ्वी शोभायमान देखिन थालिन् ।।४८।।
वणिङ्मुनिनृपस्नाता निर्गम्यार्थान् प्रपेदिरे ।
वर्षरुद्धा यथा सिद्धाः स्वपिण्डान् काल आगते ॥४९॥
जसरी साधनाद्वारा सिद्धि प्राप्त गरेका पुरुषहरूले समय नआउन्जेल त्यै शरीरमा रही आयु पुरा भएपछि देवताहरूको देह प्राप्त गर्छन्, त्यसैगरी वर्षाका कारण एकै ठाउँमा बसेका वैश्य, सन्यासी, राजा र स्नातकहरू त्यहाँबाट निस्केर आफ्नो इच्छा अनुसारको काम गर्नथाले। ।।४९।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे विंशोऽध्यायः ॥२०॥