॥ भागवत दर्शन ॥
इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् ।
भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
एकादशः स्कंधः - चतुर्थोऽध्यायः
श्रीमद्भागवत महापुराण
एकादशस्कन्ध चतुर्थोध्यायः ।।
राजोवाच
यानि यानीह कर्माणि यैर्यैः स्वच्छन्दजन्मभिः ।
चक्रे करोति कर्ता वा हरिस्तानि ब्रुवन्तु नः ।। १ ।।
राजाले सोधे– भगवान् श्रीहरिले यो लोकमा अवतार लिएर आफूखुशी जति जति जति जति काम गर्नुभयो, गर्नुअुन्छ र गर्नुहुनेछ, ती कर्महरूको बारेमा हामीलाई भन्दिनुहोस् ।।१।।
दुमिल उवाच
यो वा अनन्तस्य गुणाननन्ता–
ननुक्रेमिष्यन् स तु बालबुद्धिः ।
रजांसि भूमेर्गणयेत् कथञ्चित्
कालेन नैवाखिलशक्तिधाम्नः ।। २ ।।
दुमिल नामका योगीले भन्नुभयो– जसले अनन्त भगवान्का अनन्त गुणको गणना गर्न खोज्दछ, त्यो ब्यक्ति केटाकेटीको बुध्दि जस्तो मुर्ख हुन्छ, पृथ्वीका धूलोको कणहरू कुनै प्रकारले गन्न सकिएला, तर भगवान्का गुण गनेर सकिदैनन् ।।२।।
भतैर्यदा पञ्चभिरात्मसृष्टैः
पुरं विराजं विरचय्य तस्मिन् ।
स्वांशेन विष्टः पुरुषाभिधान–
मवाप नारायण आदिदेवः ।। ३ ।।
सबैका देवता भगवान नारायणले जब आफैँले सृष्टि गरेका पञ्चमहाभूतद्वारा यो ब्रह्माण्ड नामको नगर बनाएर त्यसमा आफ्नो अंशले त्यसमा प्रवेश गर्नुभयो तब वहाँ भगवानको नाम पुरुष भयो गयो ।।३।।
यत्काय एष भुवनत्रयसन्निवेशो
यस्येन्द्रियैस्तनुभृतामुभयेन्द्रियाणि ।
ज्ञानं स्वतश्वसनतो बलमोज ईहा
सत्वादिभिः स्थितिलयोद्भव आदिकर्ता ।। ४ ।।
वहाँ भगवान् कै यस विराट शरीरमा तीनै अडेको छ । वहाँ कै इन्द्रियद्वारा समस्त शरीरधारीहरूका ज्ञानेन्द्रिय र कर्मेन्द्रिय बनेका छन् । वहाँको स्वरुप बाट नै स्वतः सिध्द ज्ञान ज्ञान प्राप्त हुन्छ, विराट्स्वरूपकै प्राणबाट देहको शक्ति इन्द्रियशक्ति क्रियाशक्ति प्राणीमा प्राप्त हुन्छ वहाँ बाटै सत्व, रज र तमोगुणबाट स्थिति, सृष्टि र संहार हुन्छ यस विराट शरीर भएका उहाँ नै आदि पुरुष नारायण हुनुहुन्छ ।।४।।
आदावभूच्छतधृती रजसास्य सर्गे
विष्णुः स्थितौ क्रतुपतिद्र्विजधर्मसेतुः ।
रुद्रोऽप्ययाय तमसा पुरुषः स आद्य
इत्युद्भवस्थितिलयाः सततं प्रजासु ।। ५ ।।
उनै आदिपुरुषको रजोगुणबाट पहिले यो संसारको सृष्टि गर्न ब्रह्मा हुनुभयो, त्यसैगरी सत्वगुणको अंशबाट पालन गर्न धर्म तथा ब्राह्मण धर्मका रक्षक, यज्ञका मालिक विष्णु उत्पन्न हुनुभयो र यस जगतको संहार गर्न तमोगुणको अंशबाट रुद्र उत्पन्न हुनुभयो यसरी आदिपुरुषबाट निरन्तर प्रजामा सृष्टि, स्थिति र लयको काम भइरहन्छ ।।५।।
धर्मस्य दक्षदुहितर्यजनिष्ट मूल्यां
नारायणो नर ऋषिप्रवरः प्रशान्तः ।
नैष्कम्र्यलक्षणमुवाच चचार कर्म
योऽद्यापि चास्त ऋषिवर्यनिषेविताङ्घ्रिः ।। ६ ।।
दक्षकी छोरी मुर्ति जो धर्म की पत्नी हुन् उनको गर्भबाट शान्तस्वरूप ऋषिहरूमा श्रेष्ठ नर र नारायण रूपले जन्मनुभयो, उहाँहरूले आत्मत्वको लक्षण बताउनुभयो र कर्म सम्त्रन्धि कर्मको उपदेश पनि दिनुभयो र स्वयं आफुले कर्मको पालना पनि गर्नुभयो । ठुला ठुला ऋषि महर्षिहरूले उहाँहरूका चरणको सेवा गर्दछन् । वहाँ भगवान अहिले पनि कर्मको आचरण गरेर वदरिकाश्रममा तपस्या गरेर बसिरहनु भएको छ ।।६।।
इन्द्रो विशङ्क्य मम धाम जिघृक्षतीति
कामं न्ययुङ्क्त सगणं स बदर्युपाख्यम् ।
गत्वाप्सरोगणवसन्तसुमन्दवातैः
स्त्रीप्रेक्षणेषुभिरविध्यदतन्महिज्ञः ।। ७ ।।
त्यसरी नर नारायणले तपस्या गर्दा मेरो इन्द्रासन खोस्नेछन् भन्ने यस्तो शंका गरेर इन्द्रले तपस्या विघ्न गर्न परिवार, गणपति सहित कामदेवलाई तपस्यास्थल वदरिकाश्रम पठाए । नर नारायणको महिमा नजान्ने ती कामदेव वदरिकाश्रम पुगेर अप्सरा, वसन्तऋतु, मन्दवायु र स्त्री जातिका कटाक्ष रुपी बाण नर नारायणतर्फ प्रयोग गरे ।।७।।
विज्ञाय शक्रकृतमक्रममादिदेवः
प्राह प्रहस्य गतविस्मय एजमानान् ।
मा भैष्ट भो मदन मारुत देववध्वो
गृह्णीत नो बलिमशून्यमिमं कुरुध्वम् ।। ८ ।।
भगवान् नारायणले यो इन्द्रको अपराध हो भन्ने बुझेर श्रापका डरले कापिरहेका कामदेवलाई भन्नुभयो– हे कामदेव ! हे देवाङ्गना ! तिमीहरू नडराओ, मेरो आतिथ्य स्वीकार गर, तिमीहरु यहीं बस ।।८।।
इत्थं ब्रुवत्यभयदे नरदेव देवाः
सव्रीडनम्रशिरसः सघृणं तमूचुः ।
नैतद् विभो त्वयि परेऽविकृते विचित्रं
स्वारामधीरनिकरानतपादपद्मे ।। ९ ।।
हे राजा ! यसरी भगवान् नारायणले अभयदान दिदैं यसो भनेपछि कामदेव सहित सबै देवताहरुले लजाउदै शिर झुकाए । त्यसपछि उनीहरुले दयालुस्वरले भन्न लागे हे विभो, हजुर माया भन्दा पर र निर्विकार हुनुहुन्छ, आत्मामा रमण गर्ने र धीर पुरुषहरू हजुरका चरणकमलको ध्यान गर्दछन्, यस्ता हजुरले हामीप्रति दया गर्नु कुनै अचम्मको कुरा छैन ।।९।।
त्वां सेवतां सुरकृता बहवोऽन्तरायाः
स्वौको विलङ्घ्य परमं व्रजतां पदं ते ।
नान्यस्य बर्हिषि बलीन् ददतः स्वभागान्
धत्ते पदं त्वमविता यदि विघ्नमूध्र्नि ।। १० ।।
हजुरको सेवा गरेर स्वर्ग नाघेर हजुरको परमपदमा पुग्ने हजुरका भक्तहरूमा देवताद्वारा अनेक विघ्नबाधा पार्न आउँदछन् । तर जो यज्ञादि कर्म गरेर सो को भाग देवताहरुलाई दिन सामान्य मानिसलाई उनीहरुले कुनै बाधा पुर्याउदैनन् । किनकि हजुर आफ्ना भक्तहरुको रक्षक हुनुभएकाले भक्तहरु ती बिघ्नलाई कुल्चेर अघि बढ्दछन् ।।१०।।
क्षुत्तृट्त्रिकालगुणमारुतजैह्व्यशैश्न्या–
नस्मानपारजलधीनतितीर्य केचित् ।
क्रोधस्य यान्ति विफलस्य वशं पदे गो–
र्मज्जन्ति दुश्चरतपश्च वृथोत्सृजन्ति ।। ११ ।।
कोही तपस्वीहरू भोक, तीर्खा, जाडो, गर्मी, वर्षा, वायु, जिभ्रो र जननेन्द्रियरूप हामीजस्ता कामदेव स्त्री आदिको वास्ता नगरी गहिरो संसार रुप समुद्रबाट पार पाउछन् तर पनि एउटा सानो क्रोधको वशमा परी कठोर तपस्या व्यर्थमा खेर फाल्दछन् र फेरी संसार रुप यौटा सानो खाडलको पानीमा डुब्दछन् ।।११।।
इति प्रगृणतां तेषां स्त्रियोऽत्यद्भुतदर्शनाः ।
दर्शयामास शुश्रूषां स्वर्चिताः कुर्वतीर्विभुः ।। १२ ।।
जब यसरी कामदेव आदिले भगवान्को स्तुति गरिएका बखतमा त्यस समयमा भगवान्ले आफ्नो योगबलले यस्ता स्त्रीहरु प्रकट गरेर देखाउनु भयो जो अद्भुत सौन्दर्यले युक्त, सम्पूर्ण आभूषणले अलंकृत, भएर भगवान् नारायणको सेवा शुश्रूषामा लागेका थिऐ ।।१२।।
ते देवानुचरा दृष्ट्वा स्त्रियः श्रीरिव रूपिणीः ।
गन्धेन मुमुहुस्तासां रूपौदार्यहतश्रियः ।। १३ ।।
लक्ष्मीजस्तै राम्रा देखिने ती नारीहरूलाई देखेर तिनीहरूका रूपको सौन्दर्यले आफूहरू कान्तिहीन फिका देखिए । ती देवताका सेवकहरू तिनीहरूका गन्धले मोहित भए ।।१३।।
तानाह देवदेवेशः प्रणतान् प्रहसन्निव ।
आसामेकतमां वृङ्ध्वं सवर्णां स्वर्गभूषणाम् ।। १४ ।।
देवताहरुका पनि आराध्यदेव भगवान नारायणले ती नम्र भएका कामदेवहरूलाई हाँसेर भन्नुभयो, हे देवसेवकहरु ! तिमीहरू जस्तै समान रूप भएकी यी स्त्रीहरुमध्ये स्वर्गको लागि गहनाको लागि एउटीलाई रोज ।।१४।।
ओमित्यादेशमादाय नत्वा तं सुरवन्दिनः ।
उर्वशीमप्सरः श्रेष्ठां पुरस्कृत्य दिव ययुः ।। १५ ।।
भगवान्को यस्तो कुरा सुनेर, भगवान् लाई प्रणाम गरेर हुन्छ भनी ती कामदेवहरूले अप्सराहरुमा श्रेष्ठ उर्वशीलाई लिएर नारायणलाई नमस्कार गरी स्वर्ग गए ।।१५।।
इन्द्रायानम्य सदसि शृण्वतां त्रिदिवौकसाम् ।
ऊचुर्नारायणबलं शक्रस्तत्रास विस्मितः ।। १६ ।।
त्यसपछि स्वर्गमा पुगेर देवसभामा रहेका इन्द्रलाई नमस्कार गरी सभामा रहेका देवताहरूले पनि सुन्ने गरी नारायणको प्रभाव सुनाए, त्यो सुनेर इन्द्र डराए र छक्क पनि परे ।।१६
हंसस्वरूप्यवददच्युत आत्मयोगं
दत्तः कुमार ऋषभो भगवान् पिता नः ।
विष्णुः शिवाय जगतां कलयावतीर्ण–
स्तेनाहृता मधुभिदा श्रुतयो हयास्ये ।। १७ ।।
त्यसैगरी अच्युत भगवान्ले हंसावतार लिएर आत्मयोग बताउनुभयो त्यस्तै दत्तात्रेय, सनकादि चार कुमारहरू र हाम्रा पिता ऋषभदेव पनि जगतको कल्याणको लागि भगवान् विष्णुको कलाले अवतरित हुनुभएको हो । त्यसैगरी मधुसूदन भगवान्ले हयग्रीव अवतार भएर मधु नाम गरेको दैत्यलाई मारेर वेदको उद्धार गर्नुभयो ।।१७।।
गुप्तोऽप्यये मनुरिलौषधयश्च मात्स्ये
क्रौडे हतो दितिज उद्धरताम्भसः क्ष्माम् ।
कौर्मे धृतोऽद्रिरमृतोन्मथने स्वपृष्ठ
ग्राहात् प्रपन्नमिभराजममुञ्चदार्तम् ।। १८ ।।
प्रलयकालमा मत्स्य अवतार भएको बेलामा मनु, पृथ्वी र जौ, धान आदि वनस्पतिका बीज, औषधि आदिको रक्षा गर्नुभयो । वराह अवतारमा जलमा डुबेकी पृथ्वी उद्धार गरी दीतिका छोरा हिरण्याक्षको बध गर्नुभयो । कूर्म अवतारमा अमृत मन्थनको बेला आफ्नो पिठिउँमा मन्दराचल धारण गर्नुभयो । यसैगरी भगवान् नारायणले हरि अवतारमा आफ्ना शरण पर्ने दुःखी भएको गजेन्द्रलाई ग्राहको मुखबाट छुटाउनुभयो ।।१८।।
संस्तुन्वतोऽब्धिपतिताञ्छ्रमणानृषींश्च
शक्रं च वृत्रवधतस्तमसि प्रविष्टम् ।
देवस्त्रियोऽसुरगृहे पिहिता अनाथा
जघ्नेऽसुरेन्द्रमभयाय सतां नृसिंहे ।। १९ ।।
उनै भगवान्ले समिधा लिन जाँदा समुद्रमा खसेकाले आफ्नो स्तुति गर्ने भएका बालखिल्य ऋषिहरूलाई उद्धार गर्नुभयो । वृत्रासुरको हत्या गर्नाले ब्रह्महत्याले ग्रसित भएका इन्द्रलाई छुटाउनुभयो । दानवको घरमा थुनेर राखेका अनाथ देवनारीहरूलाई पनि मुक्त गरिदिनुभयो । नृसिंह अवतारमा सज्जनलाई अभय गराउन हिरण्यकशिपुको बध गर्नुभयो ।।१९।।
देवासुरे युधि च दैत्यपतीन् सुरार्थे
हत्वान्तरेषु भुवनान्यदधात् कलाभिः ।
भूत्वाथ वामन इमामहरद् बलेः क्ष्मां
याच्ञाच्छ्लेन समदाददितेः सुतेभ्यः ।। २० ।।
देवता र दानवको युद्धमा देवताको लागि भगवानले ठुला ठुला दानव राजाहरू मारेर देवताको रक्षा गर्नुभयो, अरु अरु मन्वन्तरमा पनि कलावतारका रुपमा अवतरित भई तीनै लोकको रक्षा गर्नुभयो, फेरि वामन अवतार भएर भिक्षा माग्ने बहानाले बलिबाट यी पृथ्वीलाई लिएर अदितिका छोरा देवतालाई दिनुभयो ।।२०।।
निःक्षत्रियामकृत गां च त्रिः सप्तकृत्वो
रामस्तु हैहयकुलाप्ययभार्गवाग्निः ।
सोऽब्धिं बबन्ध दशवक्रमहन् सलङ्कं सीतापतिर्जयति लोकमलघ्नकीर्तिः ।। २१ ।।
भगवान् परसुरामको रुपमा अवतिर्ण भएर एक्काइस पटक पृथ्वीलाई क्षत्रीयबाट रहित बनाउनु भयो । वहाँ हैहयकुलको नाश गर्ने भृगुका वंशका अग्नितुल्य अग्नितुल्य भएर अवतिर्ण हुनुभएको थियो । उनै भगवान् राम अवतार भई समुद्रमा पुल बनाएर लङ्का पुगी लङ्का सहित रावणको विनाश गराउनुभयो । वहाँ संसारको मल (दोष) लाई नाश गर्ने कीर्ति हुनुभएका सीतापति रामको जय होओस् ।।२१।।
भूमेर्भरावतरणाय यदुष्वजन्मा
जातः करिष्यति सुरैरपि दुष्कराणि ।
वादैर्विमोहयति यज्ञकृतोऽतदर्हान्
शूद्रान् कलौ क्षितिभुजो न्यहनिष्यदन्ते ।। २२ ।।
पृथ्वीको भार हरण गर्नको लागि अजन्मा भगवान् यदुको कुलमा कृष्ण अवतार भई देवताले पनि गर्न नसकिने कठिन कामहरू गर्नुहुनेछ, कलियुगमा बुद्ध अवतार भई यज्ञ गर्न अयोग्य यज्ञकर्ताहरूलाई अहिंसावादले मोहित पार्नु हुनेछ, कलिको अन्त्यमा शूद्र राजाहरूलाई मार्नु हुनेछ ।।२२।।
एवंविधानि कर्माणि जन्मानि च जगत्पतेः ।
भूरीणि भूरियशसो वर्णितानि महाभुज ।। २३ ।।
लामा हात भएका विदेह राजा निमि ! भगवान्को किर्ति महान् छ । वहाँ जगतका पति हुनुहुुन्छ । वहाँको धेरै जन्म र कर्मको बारेमा मैले वर्णन गरें ।।२३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे चतुर्थोध्यायः ।। ४ ।।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment