/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

द्वादश स्कन्ध – द्वादशोऽध्यायः

श्रीमद्भागवत महापुराण

द्वादश स्कन्ध – द्वादशोऽध्यायः



सूत उवाच – 
नमो धर्माय महते नमः कृष्णाय वेधसे ।
ब्रह्मणेभ्यो नमस्कृत्य धर्मान् वक्ष्ये सनातनान् ।। १ ।।
नेपाली भावानुवादः सूतजीले भन्नुभयोमहान् धर्मलाई नमस्कार छ, सृष्टिकर्ता भगवान् श्रीकृष्णलाई नमस्कार छ र ब्राह्मणहरूलाई नमस्कार गर्दै म सनातन धर्महरूको वर्णन गर्दछु ।। १ ।।
 
एतद् वः कथितं विप्रा विष्णोश्चरितमद्‌भुतम् ।
भवद्‌भिः यदहं पृष्टो नराणां पुरुषोचितम् ।। २ ।।
नेपाली भावानुवादः हे ब्राह्मणहरू ! तपाईंहरूले मलाई मानिसका लागि सबैभन्दा श्रेष्ठ कर्तव्य के हो भनेर सोध्नुभएको थियो, त्यसैको उत्तरमा मैले यो भगवान् विष्णुको अद्भुत चरित्र सुनाएँ ।। २ ।।
 
अत्र सङ्‌कीर्तितः साक्षात् सर्वपापहरो हरिः ।
नारायणो हृषीकेशो भगवान् सात्वतां पतिः ।। ३ ।।
नेपाली भावानुवादः यस पुराणमा सबै पापहरू नाश गर्ने साक्षात् श्रीहरि, नारायण, हृषीकेश र भक्तहरूका रक्षक भगवान्‌को महिमा गाइएको छ ।। ३ ।।
 
अत्र ब्रह्म परं गुह्यं जगतः प्रभवाप्ययम् ।
ज्ञानं च तदुपाख्यानं प्रोक्तं विज्ञानसंयुतम् ।। ४ ।।
नेपाली भावानुवादः यसमा संसारको सृष्टि र प्रलयका कारणस्वरूप परम गोपनीय ब्रह्म, तत्त्वज्ञान र त्यसको अनुभव (विज्ञान) का कथाहरू भनिएका छन् ।। ४ ।।
 
भक्तियोगः समाख्यातो वैराग्यं च तदाश्रयम् ।
पारीक्षितमुपाख्यानं नारदाख्यानमेव च ।। ५ ।।
नेपाली भावानुवादः यसमा भक्तियोग र त्यसबाट उत्पन्न हुने वैराग्यको व्याख्या गरिएको छ। साथै राजा परीक्षित र देवर्षि नारदको कथा पनि वर्णन गरिएको छ ।। ५ ।।
 
प्रायोपवेशो राजर्षेर्विप्रशापात् परीक्षितः ।
शुकस्य ब्रह्मर्षभस्य संवादश्च परीक्षितः ।। ६ ।।
नेपाली भावानुवादः ब्राह्मणको श्रापका कारण राजा परीक्षितले गरेको आमरण उपवास र ऋषि शिरोमणि शुकदेवजीसँग उहाँको संवाद यसमा छ ।। ६ ।।
 
योगधारणयोत्क्रान्तिः संवादो नारदाजयोः । अ
वतारानुगीतं च सर्गः प्राधानिकोऽग्रतः ।। ७ ।।
नेपाली भावानुवादः योगधारणाद्वारा शरीर त्याग्ने विधि, नारद र ब्रह्माको संवाद, भगवान्‌का अवतारहरूको वर्णन र प्रकृतिको सृष्टिको चर्चा गरिएको छ ।। ७ ।।
 
विदुरोद्धवसंवादः क्षत्तृमैत्रेययोस्ततः ।
पुराणसंहिताप्रश्नो महापुरुषसंस्थितिः ।। ८ ।।
नेपाली भावानुवादः विदुर र उद्धवको भेट, विदुर र मैत्रेयको संवाद, पुराणका विषयमा सोधिएका प्रश्न र विराट् पुरुषको स्थितिको वर्णन गरिएको छ ।। ८ ।।
 
ततः प्राकृतिकः सर्गः सप्त वैकृतिकाश्च ये ।
ततो ब्रह्माण्डसम्भूतिर्वैराजः पुरुषो यतः ।। ९ ।।
नेपाली भावानुवादः यसमा प्राकृतिक सृष्टि, सात प्रकारका वैकृत सृष्टि, ब्रह्माण्डको उत्पत्ति र त्यसबाट विराट् पुरुषको प्राकट्यको वर्णन छ ।। ९ ।।
 
कालस्य स्थूलसूक्ष्मस्य गतिः पद्मसमुद्‌भवः ।
भुव उद्धरणेऽम्भोधेर्हिरण्याक्षवधो यथा ।। १० ।।
नेपाली भावानुवादः स्थूल र सूक्ष्म कालको गति, ब्रह्माजीको जन्म, समुद्रबाट पृथ्वीको उद्धार र हिरण्याक्ष वधको कथा यसमा छ ।। १० ।।
 
ऊर्ध्वतिर्यगवाक्सर्गो रुद्रसर्गस्तथैव च ।
अर्धनारीश्वरस्याथ यतः स्वायंभुवो मनुः ।। ११ ।।
नेपाली भावानुवादः देवता, पशु-पक्षी र मनुष्यको सृष्टि, रुद्रको जन्म, अर्धनारीश्वर रूप र स्वायम्भुव मनुको उत्पत्तिको वर्णन गरिएको छ ।। ११ ।।
 
शतरूपा च या स्त्रीणामाद्या प्रकृतिरुत्तमा ।
सन्तानो धर्मपत्नीनां कर्दमस्य प्रजापतेः ।। १२ ।।
नेपाली भावानुवादः प्रथम नारी शतरूपा, कर्दम प्रजापतिको वंश र उनका धर्मपत्नीहरूको सन्तानको वर्णन छ ।। १२ ।।
 
अवतारो भगवतः कपिलस्य महात्मनः ।
देवहूत्याश्च संवादः कपिलेन च धीमता ।। १३ ।।
नेपाली भावानुवादः भगवान् कपिलको अवतार र माता देवहूतिसँग भगवान् कपिलको साङ्ख्ययोगको संवाद यसमा छ ।। १३ ।।
 
नवब्रह्मसमुत्पत्तिर्दक्षयज्ञविनाशनम् ।
ध्रुवस्य चरितं पश्चात्पृथोः प्राचीनबर्हिषः ।। १४ ।।
नेपाली भावानुवादः नौ प्रजापतिहरूको उत्पत्ति, दक्षको यज्ञविनाश, ध्रुवको चरित्र र राजा पृथु तथा प्राचीनबर्हिको कथा यसमा छ ।। १४ ।।
 
नारदस्य च संवादस्ततः प्रैयव्रतं द्विजाः ।
नाभेस्ततोऽनु चरितमृषभस्य भरतस्य च ।। १५ ।।
नेपाली भावानुवादः नारदजीको उपदेश, प्रियव्रतको वंश, राजा नाभि, भगवान् ऋषभदेव र जडभरतको चरित्र वर्णन गरिएको छ ।। १५ ।।
 
द्वीपवर्षसमुद्राणां गिरिनद्युपवर्णनम् ।
ज्योतिश्चक्रस्य संस्थानं पातालनरकस्थितिः ।। १६ ।।
नेपाली भावानुवादः सात द्वीप, समुद्र, पर्वत र नदीहरूको भूगोल, नक्षत्र र ग्रहहरूको स्थिति तथा पाताल र नरकको वर्णन छ ।। १६ ।।
 
दक्षजन्म प्रचेतोभ्यस्तत्पुत्रीणां च सन्ततिः ।
यतो देवासुरनरास्तिर्यङ्‌नगखगादयः ।। १७ ।।
नेपाली भावानुवादः प्रचेताहरूबाट दक्षको जन्म, उनका छोरीहरूको वंश र त्यसबाट देवता, असुर, मनुष्य र पशु-पक्षीको सृष्टिको कथा छ ।। १७ ।।
 
त्वाष्ट्रस्य जन्मनिधनं पुत्रयोश्च दितेर्द्विजाः ।
दैत्येश्वरस्य चरितं प्रह्रादस्य महात्मनः ।। १८ ।।
नेपाली भावानुवादः वृत्रासुरको जन्म र वध, दितिका पुत्रहरूको कथा र महान् भक्त प्रह्लादको चरित्र यसमा छ ।। १८ ।।
 
मन्वन्तरानुकथनं गजेन्द्रस्य विमोक्षणम् ।
मन्वन्तरावताराश्च विष्णोर्हयशिरादयः ।। १९ ।।
नेपाली भावानुवादः विभिन्न मन्वन्तरहरूको चर्चा, गजेन्द्रको उद्धार र हयग्रीव आदि भगवान् विष्णुका अवतारहरूको कथा छ ।। १९ ।।
 
कौर्मं धान्वतरं मात्स्यं वामनं च जगत्पतेः ।
क्षीरोदमथनं तद्वद् अमृतार्थे दिवौकसाम् ।। २० ।।
नेपाली भावानुवादः कूर्म, धन्वन्तरि, मत्स्य र वामन अवतार तथा अमृतका लागि गरिएको समुद्रमन्थनको कथा यसमा छ ।। २० ।।
 
देवासुरमहायुद्धं राजवंशानुकीर्तनम् ।
इक्ष्वाकुजन्म तद्वंशः सुद्युम्नस्य महात्मनः ।। २१ ।।
नेपाली भावानुवादः देवासुर सङ्ग्राम, सूर्य र चन्द्र वंशको कीर्तन, इक्ष्वाकुको जन्म र सुद्युम्नको वंश वर्णन गरिएको छ ।। २१ ।।
 
इलोपाख्यानमत्रोक्तं तारोपाख्यानमेव च ।
सूर्यवंशानुकथनं शशादाद्या नृगादयः ।। २२ ।।
नेपाली भावानुवादः इला र ताराको कथा, सूर्यवंशका राजा शशाद र नृग आदिको वृत्तान्त यसमा छ ।। २२ ।।
 
सौकन्यं चाथ शर्यातेः ककुत्स्थस्य च धीमतः ।
खट्वाङ्‌गस्य च मान्धातुः सौभरेः सगरस्य च ।। २३ ।।
नेपाली भावानुवादः सुकन्या र शर्याति, ककुत्स्थ, खट्वाङ्ग, मान्धाता, सौभरि र सगर राजाको कथा वर्णन गरिएको छ ।। २३ ।।
 
रामस्य कोशलेन्द्रस्य चरितं किल्बिषापहम् ।
निमेरङ्‌गपरित्यागो जनकानां च सम्भवः ।। २४ ।।
नेपाली भावानुवादः पापहरु नष्ट गर्ने भगवान् श्रीरामको चरित्र, राजा निमिको देहत्याग र जनक वंशको उत्पत्तिको कथा छ ।। २४ ।।
 
रामस्य भार्गवेन्द्रस्य निःक्षत्रकरणं भुवः ।
ऐलस्य सोमवंशस्य ययातेर्नहुषस्य च ।। २५ ।।
नेपाली भावानुवादः परशुरामद्वारा पृथ्वीलाई क्षत्रियहीन बनाइएको कथा, सोमवंश, नहुष र ययातिको वृत्तान्त यसमा छ ।। २५ ।।
 
दौष्मन्तेर्भरतस्यापि शान्तनोस्तत्सुतस्य च ।
ययातेर्ज्येष्ठपुत्रस्य यदोर्वंशोऽनुकीर्तितः ।। २६ ।।
नेपाली भावानुवादः दुष्यन्त पुत्र भरत, शान्तनु र उनका पुत्रहरू तथा ययातिका जेठा छोरा यदुको वंश वर्णन गरिएको छ ।। २६ ।।
 
यत्रावतीर्णो भगवान् कृष्णाख्यो जगदीश्वरः ।
वसुदेवगृहे जन्म ततः वृद्धिश्च गोकुले ।। २७ ।।
नेपाली भावानुवादः जहाँ साक्षात् जगदीश्वर श्रीकृष्णको अवतार भयो, उहाँको वसुदेवको घरमा जन्म र गोकुलमा भएको वृद्धिको कथा छ ।। २७ ।।
 
तस्य कर्माण्यपाराणि कीर्तितान्यसुरद्विषः ।
पूतनासुपयःपानं शकटोच्चाटनं शिशोः ।। २८ ।।
नेपाली भावानुवादः असुरहरूका शत्रु श्रीकृष्णका अनन्त लीलाहरू, पूतना वध र बालक अवस्थामा शकट (गाडा) को संहारको वर्णन छ ।। २८ ।।
 
तृणावर्तस्य निष्पेषस्तथैव बकवत्सयोः ।
धेनुकस्य सहभ्रातुः प्रलम्बस्य च संक्षयः ।। २९ ।।
नेपाली भावानुवादः तृणावर्त, बकासुर, वत्सासुर, धेनुकासुर र प्रलम्बासुर जस्ता दैत्यहरूको वधको कथा यसमा छ ।। २९ ।।
 
गोपानां च परित्राणं दावाग्नेः परिसर्पतः ।
दमनं कालियस्याहेर्महाहेर्नन्दमोक्षणम् ।। ३० ।।
नेपाली भावानुवादः डढेलोबाट गोठालाहरूको रक्षा, कालिय नागको दमन र नन्द बाबाको अजिङ्गरबाट उद्धारको कथा छ ।। ३० ।।
 
व्रतचर्या तु कन्यानां यत्र तुष्टोऽच्युतो व्रतैः ।
प्रसादो यज्ञपत्नीभ्यो विप्राणां चानुतापनम् ।। ३१ ।।
नेपाली भावानुवादः गोपिनीहरूको कात्यायनी व्रत, यज्ञपत्नीहरूमाथि कृपा र अहङ्कारी ब्राह्मणहरूको पश्चात्तापको वर्णन छ ।। ३१ ।।
 
गोवर्धनोद्धारणं च शक्रस्य सुरभेरथ ।
यज्ञभिषेकं कृष्णस्य स्त्रीभिः क्रीडा च रात्रिषु ।। ३२ ।।
नेपाली भावानुवादः गोवर्धन पर्वतको उद्धार, इन्द्र र सुरभीद्वारा श्रीकृष्णको अभिषेक र शरद् ऋतुको रासलीलाको वर्णन छ ।। ३२ ।।
 
शङ्‌खचूडस्य दुर्बुद्धेर्वधोऽरिष्टस्य केशिनः ।
अक्रूरागमनं पश्चात् प्रस्थानं रामकृष्णयोः ।। ३३ ।।
नेपाली भावानुवादः शङ्खचूड, अरिष्टासुर र केशी वध तथा अक्रूरजीको आगमन र रामकृष्णको मथुरा प्रस्थानको कथा छ ।। ३३ ।।
 
व्रजस्त्रीणां विलापश्च मथुरालोकनं ततः ।
गजमुष्टिकचाणूर कंसादीनां तथा वधः ।। ३४ ।।
नेपाली भावानुवादः गोपिनीहरूको विलाप, मथुरा दर्शन तथा कुवलयापीड हात्ती, मुष्टिक, चाणूर र कंसको वधको कथा छ ।। ३४ ।।
 
मृतस्यानयनं सूनोः पुनः सान्दीपनेर्गुरोः ।
मथुरायां निवसता यदुचक्रस्य यत्प्रियम् ।
कृतमुद्धवरामाभ्यां युतेन हरिणा द्विजाः ।। ३५ ।।
नेपाली भावानुवादः गुरु सान्दीपनीका मृत छोरालाई फर्काएको र मथुरामा रहँदा उद्धव र बलरामसँग मिलेर श्रीकृष्णले गरेका जनहितकारी कार्यहरूको वर्णन छ ।। ३५ ।।
 
जरासन्धसमानीत सैन्यस्य बहुशो वधः ।
घातनं यवनेन्द्रस्य कुशस्थल्या निवेशनम् ।। ३६ ।।
नेपाली भावानुवादः जरासन्धको सेनाको विनाश, कालयवनको वध र द्वारका (कुशस्थली) मा राजधानी सारेको कथा छ ।। ३६ ।।
 
आदानं पारिजातस्य सुधर्मायाः सुरालयात् ।
रुक्मिण्या हरणं युद्धे प्रमथ्य द्विषतो हरेः ।। ३७ ।।
नेपाली भावानुवादः स्वर्गबाट पारिजात र सुधर्मा सभा ल्याएको तथा रुक्मिणीको हरण र शत्रुहरूको पराजयको कथा छ ।। ३७ ।।
 
हरस्य जृम्भणं युद्धे बाणस्य भुजकृन्तनम् ।
प्राग्ज्योतिषपतिं हत्वा कन्यानां हरणं च यत् ।। ३८ ।।
नेपाली भावानुवादः बाणासुरसँगको युद्धमा शिवजीलाई जृम्भण अस्त्रले लठ्याएको, बाणासुरका हात काटेको र भौमासुरलाई मारी हजारौँ कन्याहरूको उद्धार गरेको कथा छ ।। ३८ ।।
 
चैद्यपौण्ड्रकशाल्वानां दन्तवक्रस्य दुर्मतेः ।
शम्बरो द्विविदः पीठो मुरः पञ्चजनादयः ।। ३९ ।।
नेपाली भावानुवादः शिशुपाल, पौण्ड्रक, शाल्व, दन्तवक्र, शम्बर, द्विविद, पीठ र मुर जस्ता दैत्यहरूको वधको वर्णन छ ।। ३९ ।।
 
माहात्म्यं च वधस्तेषां वाराणस्याश्च दाहनम् ।
भारावतरणं भूमेर्निमित्तीकृत्य पाण्डवान् ।। ४० ।।
नेपाली भावानुवादः ती असुरहरूको संहारको महिमा, काशीदहन र पाण्डवहरूलाई माध्यम बनाएर पृथ्वीको भार मेटाएको कथा छ ।। ४० ।।
 
विप्रशापापदेशेन संहारः स्वकुलस्य च ।
अहं च संस्मारित आत्मतत्त्वं वसुदेवस्य चाद्‌भुतः ।। ४१ ।।
नेपाली भावानुवादः ब्राह्मणको श्रापको बहानामा आफ्नै कुलको संहार, उद्धव र श्रीकृष्णको संवाद तथा वसुदेवजीसँगको संवाद यसमा छ ।। ४१ ।।
 
यत्रात्मविद्या ह्यखिला प्रोक्ता धर्मविनिर्णयः ।
ततो मर्त्यपरित्याग आत्मयोगानुभावतः ।। ४२ ।।
नेपाली भावानुवादः जहाँ सम्पूर्ण आत्मविद्या र धर्मको निर्णय गरी भगवान्‌ले आफ्नो योगशक्तिद्वारा मर्त्यलोक त्याग्नुभएको कथा छ ।। ४२ ।।
 
युगलक्षणवृत्तिश्च कलौ नॄणामुपप्लवः ।
चतुर्विधश्च प्रलय उत्पत्तिस्त्रिविधा तथा ।। ४३ ।।
नेपाली भावानुवादः युगका लक्षण, कलियुगका दोष, चार प्रकारका प्रलय र तीन प्रकारका उत्पत्तिको वर्णन गरिएको छ ।। ४३ ।।
 
देहत्यागश्च राजर्षेः विष्णुरातस्य धीमतः ।
शाखाप्रणयनमृषेर्मार्कण्डेयस्य सत्कथा ।
महापुरुषविन्यासः सूर्यस्य जगदात्मनः ।। ४४ ।।
नेपाली भावानुवादः राजा परीक्षितको देहत्याग, वेदका शाखाहरूको विभाजन, मार्कण्डेय ऋषिको कथा र सूर्यका विभूतिहरूको वर्णन छ ।। ४४ ।।
 
इति चोक्तं द्विजश्रेष्ठा यत्पृष्टोऽहमिहास्मि वः ।
 लीलावतारकर्माणि कीर्तितानीह सर्वशः ।। ४५ ।।
नेपाली भावानुवादः हे श्रेष्ठ ब्राह्मणहरू ! तपाईंहरूले जे सोध्नुभएको थियो, ती सबै अवतारका लीला र कर्महरू मैले यहाँ सुनाएँ ।। ४५ ।।
 
पतितः स्खलितश्चार्तः क्षुत्त्वा वा विवशो ब्रुवन् ।
हरये नम इत्युच्चैर्मुच्यते सर्वपातकात् ।। ४६ ।।
नेपाली भावानुवादः लड्दा, चिप्लिँदा, दुःखी हुँदा वा विवश भएर "हरये नमः" मात्र भन्दा पनि मानिस सबै पापबाट मुक्त हुन्छ ।। ४६ ।।
 
सङ्‌कीर्त्यमानो भगवाननन्तः
    श्रुतानुभावो व्यसनं हि पुंसाम् ।
प्रविश्य चित्तं विधुनोत्यशेषं
    यथा तमोऽर्कोऽभ्रमिवातिवातः ।। ४७ ।।
नेपाली भावानुवादः जसरी सूर्यले अन्धकार र हावाले बादल हटाउँछ, त्यसैगरी कीर्तन गरिएको भगवान्‌ले हृदयमा पसेर सबै दुःख हटाइदिनुहुन्छ ।। ४७ ।।
 
मृषा गिरस्ता ह्यसतीरसत्कथा
    न कथ्यते यद्‌भगवानधोक्षजः ।
तदेव सत्यं तदुहैव मङ्‌गलं
    तदेव पुण्यं भगवद्‌गुणोदयम् ।। ४८ ।।
नेपाली भावानुवादः ती वाणी र कथाहरू मात्र असत्य हुन् जसमा भगवान्‌को चर्चा हुँदैन। जहाँ भगवान्‌को गुणगान हुन्छ, त्यही नै सत्य र मङ्गलकारी हुन्छ ।। ४८ ।।
 
तदेव रम्यं रुचिरं नवं नवं
    तदेव शश्वन्मनसो महोत्सवम् ।
तदेव शोकार्णवशोषणं नृणां
    यदुत्तमःश्लोकयशोऽनुगीयते ।। ४९ ।।
नेपाली भावानुवादः भगवान्‌को यशगान नै सधैँ नयाँ, सुन्दर र मनको ठूलो उत्सव हो। यसैले शोकको सागरलाई सुकाउँछ ।। ४९ ।।
 
न यद्वचश्चित्रपदं हरेर्यशो
    जगत्पवित्रं प्रगृणीत कर्हिचित् ।
तद् ध्वाङ्‌क्षतीर्थं न तु हंससेवितं
    यत्राच्युतस्तत्र हि साधवोऽमलाः ।। ५० ।।
नेपाली भावानुवादः जतिसुकै राम्रो भाषा भए पनि यदि त्यसमा भगवान्‌को यश छैन भने त्यो कागहरू बस्ने फोहोर ठाउँ जस्तै हो, त्यहाँ हाँस जस्ता साधुहरू बस्दैनन् ।। ५० ।।
 
तद्वाग्विसर्गो जनताघसंप्लवो
    यस्मिन् प्रतिश्लोकमबद्धवत्यपि ।
नामान्यनन्तस्य यशोऽङ्‌कितानि य
    च्छ्रुण्वन्ति गायन्ति गृणन्ति साधवः ।। ५१ ।।
नेपाली भावानुवादः त्यो रचना जसमा गल्तीहरू भए पनि भगवान्‌का नाम र यश छन्, त्यसले संसारको पाप नाश गर्छ र साधुहरूले त्यसैलाई सुन्छन् ।। ५१ ।।
 
नैष्कर्म्यमप्यच्युत भाववर्जितं
    न शोभते ज्ञानमलं निरञ्जनम् ।
कुतः पुनः शश्वदभद्रमीश्वरे
    न ह्यर्पितं कर्म यदप्यनुत्तमम् ।। ५२ ।।
नेपाली भावानुवादः भगवान्‌को भक्तिविनाको ज्ञान पनि शोभा दिँदैन भने भगवान्‌लाई अर्पण नगरिएका नराम्रा कामहरूको त के कुरा गर्नु र ? ।। ५२ ।।
 
यशःश्रियामेव परिश्रमः परो
    वर्णाश्रमाचारतपःश्रुतादिषु ।
अविस्मृतिः श्रीधरपादपद्मयो
    र्गुणानुवादश्रवणादरादिभिर्हरेः ।। ५३ ।।
नेपाली भावानुवादः धर्म, तपस्या र अध्ययनको वास्तविक फल भनेको भगवान्‌का चरणहरूलाई कहिल्यै नबिर्सनु नै हो ।। ५३ ।।
 
अविस्मृतिः कृष्णपदारविन्दयोः
    क्षिणोत्यभद्राणि च शं तनोति च ।
सत्त्वस्य शुद्धिं परमात्मभक्तिं
    ज्ञानं च विज्ञानविरागयुक्तम् ।। ५४ ।।
नेपाली भावानुवादः श्रीकृष्णको चरणको स्मरणले सबै अमङ्गल हटाउँछ, हृदय शुद्ध पार्छ र वैराग्यसहितको ज्ञान दिन्छ ।। ५४ ।।
 
यूयं द्विजाग्र्या बत भूरिभागा
    यच्छश्वदात्मन्यखिलात्मभूतम् ।
नारायणं देवमदेवमीश
    मजस्रभावा भजताविवेश्य ।। ५५ ।।
नेपाली भावानुवादः हे श्रेष्ठ ब्राह्मणहरू ! तपाईंहरू धेरै भाग्यमानी हुनुहुन्छ किनकि तपाईंहरूले आफ्नो हृदयमा नारायणलाई राखेर निरन्तर भजन गर्नुहुन्छ ।। ५५ ।।
 
अहं च संस्मारित आत्मतत्त्वं
    श्रुतं पुरा मे परमर्षिवक्त्रात् ।
प्रायोपवेशे नृपतेः परीक्षितः
    सदस्यृषीणां महतां च शृण्वताम् ।। ५६ ।।
नेपाली भावानुवादः तपाईंहरूको सङ्गतले मलाई पनि ती आत्मज्ञानको याद आयो, जुन मैले राजा परीक्षितको सभामा शुकदेवजीबाट सुनेको थिएँ ।। ५६ ।।
 
एतद्वः कथितं विप्राः कथनीयोरुकर्मणः ।
माहात्म्यं वासुदेवस्य सर्वाशुभविनाशनम् ।। ५७ ।।
नेपाली भावानुवादः हे ब्राह्मणहरू ! मैले तपाईंहरूलाई सबै अशुभ नाश गर्ने भगवान् वासुदेवको यो माहात्म्य सुनाएँ ।। ५७ ।।
 
य एवं श्रावयेन्नित्यं यामक्षणमनन्यधीः ।
श्रद्धावान् योऽनुशृणुयात् पुनात्यात्मानमेव सः ।। ५८ ।।
नेपाली भावानुवादः जसले श्रद्धापूर्वक दैनिक यो कथा सुनाउँछ वा सुन्छ, उसले आफ्नो आत्मालाई पवित्र बनाउँछ ।। ५८ ।।
 
द्वादश्यामेकादश्यां वा शृण्वन्नायुष्यवान् भवेत् ।
पठत्यनश्नन् प्रयतस्ततो भवत्यपातकी ।। ५९ ।।
नेपाली भावानुवादः एकादशी वा द्वादशीका दिन यो सुन्ने मानिस दीर्घायु हुन्छ र उपवास बसेर पढ्ने मानिस पापरहित हुन्छ ।। ५९ ।।
 
पुष्करे मथुरायां च द्वारवत्यां यतात्मवान् ।
उपोष्य संहितामेतां पठित्वा मुच्यते भयात् ।। ६० ।।
नेपाली भावानुवादः पुष्कर, मथुरा वा द्वारकामा उपवास बसी यो भागवत पढ्ने मानिस सबै डरबाट मुक्त हुन्छ ।। ६० ।।
 
देवता मुनयः सिद्धाः पितरो मनवो नृपाः ।
यच्छन्ति कामान् गृणतः शृण्वतो यस्य कीर्तनात् ।। ६१ ।।
नेपाली भावानुवादः यसको कीर्तन गर्ने र सुन्ने मानिसलाई देवता, मुनि र पितृहरूले इच्छित फल प्रदान गर्दछन् ।। ६१ ।।
 
ऋचो यजूंषि सामानि द्विजोऽधीत्यानुविन्दते ।
मधुकुल्या घृतकुल्याः पयःकुल्याश्च तत्फलम् ।। ६२ ।।
नेपाली भावानुवादः यसको अध्ययनबाट ब्राह्मणले ऋग्वेद, यजुर्वेद र सामवेद पढेबराबरको फल प्राप्त गर्दछ ।। ६२ ।।
 
पुराणसंहितामेतामधीत्य प्रयतो द्विजः ।
प्रोक्तं भगवता यत्तु तत्पदं परमं व्रजेत् ।। ६३ ।।
नेपाली भावानुवादः यो पुराण पढ्ने ब्राह्मणले भगवान्‌ले बताउनुभएको त्यो परम धाम प्राप्त गर्दछ ।। ६३ ।।
 
विप्रोऽधीत्याप्नुयात् प्रज्ञां राजन्योदधिमेखलाम् ।
वैश्यो निधिपतित्वं च शूद्रः शुध्येत पातकात् ।। ६४ ।।
नेपाली भावानुवादः यो पढ्नाले ब्राह्मणले बुद्धि, क्षत्रियले राज्य, वैश्यले धन र शूद्रले पापबाट मुक्ति पाउँछ ।। ६४ ।।
 
कलिमलसंहतिकालनोऽखिलेशो
    हरिरितरत्र न गीयते ह्यभीक्ष्णम् ।
इह तु पुनर्भगवान् अशेषमूर्तिः
    परिपठितोऽनुपदं कथाप्रसङ्‌गैः ।। ६५ ।।
नेपाली भावानुवादः अन्य शास्त्रमा कलिदोष नाशक श्रीहरिको चर्चा कम छ, तर यस भागवतमा भने पाइलैपिच्छे भगवान्‌कै कथा गाइएको छ ।। ६५ ।।
 
तमहमजमनन्तमात्मतत्त्वं
    जगदुदयस्थितिसंयमात्मशक्तिम् ।
द्युपतिभिरजशक्रशङ्‌कराद्यै
    र्दुरवसितस्तवमच्युतं नतोऽस्मि ।। ६६ ।।
नेपाली भावानुवादः जसको महिमा ब्रह्मा र शिवले पनि पूर्ण रूपमा जान्न सक्दैनन्, ती सृष्टि-पालन-संहारका स्वामी भगवान् अच्युतलाई म नमस्कार गर्दछु ।। ६६ ।।
 
उपचितनवशक्तिभिः स्व आत्मनु
    परचितस्थिरजङ्‌गामालयाय ।
भगवत उपलब्धिमात्रधाम्ने
    सुरऋषभाय नमः सनातनाय ।। ६७ ।।
नेपाली भावानुवादः जसले आफ्ना शक्तिहरूद्वारा यो चर-अचर संसार बनाउनुभएको छ, ती ज्ञानस्वरूप सनातन भगवान्‌लाई नमस्कार छ ।। ६७ ।।
 
स्वसुखनिभृतचेतास्तद्व्युदस्तान्यभावोऽ
    प्यजितरुचिरलीलाकृष्टसारस्तदीयम् ।
व्यतनुत कृपया यस्तत्त्वदीपं पुराण
    तमखिलवृजिनघ्नं व्याससूनुं नतोऽस्मि ।। ६८ ।।
नेपाली भावानुवादः आत्मसुखमा मग्न भएर पनि भगवान्‌का लीलाले तानिएर यो पुराणरूपी दीप बाल्ने श्री शुकदेवजीलाई म नमस्कार गर्दछु ।। ६८ ।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां द्वादशस्कन्धे द्वादशस्कन्धार्थनिरूपणं नाम द्वादशोऽध्यायः ॥ १२ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

श्रीमद्भागवत महापुराणको यो बाह्रौँ अध्याय समस्त पुराणको उपसंहार र सारतत्व हो । यस अध्यायमा सूतजीले शौनक आदि ऋषिहरूलाई भागवतका मुख्य मुख्य विषयवस्तुहरूको पुनरावृत्ति गराउनुभएको छ । यसमा सृष्टिको प्रारम्भदेखि प्रलयसम्मका कथाहरूभगवान्का विभिन्न चौबीस अवतारहरू र भक्तहरूको चरित्रलाई संक्षिप्त रूपमा समेटिएको छ । राजा परीक्षितको मोक्षको प्रसङ्गशुकदेवजीको उपदेशर कलयुगका दोषहरूका बारेमा यसमा विशेष चर्चा गरिएको छ । सूतजीले यस अध्यायमा स्पष्ट पार्नुभएको छ कि कसरी भागवतले मनुष्यलाई जन्म र मृत्युको चक्रबाट मुक्त गराउँछ । यसमा विराट् पुरुषको स्थितिकालको गणनार विभिन्न मन्वन्तरहरूको कथालाई पुनः स्मरण गरिएको छ । भगवान् श्रीकृष्णको बाललीलामथुरा गमनकंस वधर द्वारका लीलाहरूको महिमा यस अध्यायको मुख्य केन्द्र हो । पाण्डवहरूको कथा र यादव कुलको संहारको माध्यमबाट संसारको अनित्यतालाई दर्शाइएको छ । भक्त प्रह्लादध्रुवर अम्वरीष जस्ता महान् भक्तहरूको भक्ति मार्गलाई यसले पुनः स्थापित गरेको छ । यस अध्यायले भागवत सुन्नु वा पढ्नुको फलका बारेमा पनि विस्तृत जानकारी दिन्छ । जसले यो पुराण श्रद्धापूर्वक सुन्छउसले सबै पापहरूबाट मुक्ति पाउने कुरा यहाँ बताइएको छ । यसलाई एक आध्यात्मिक दीपको रूपमा वर्णन गरिएको छजसले अज्ञानको अन्धकारलाई नाश गर्दछ । अन्त्यमासूतजीले आफ्ना गुरु शुकदेवजी र भगवान् श्रीकृष्णप्रति कृतज्ञता व्यक्त गर्दै यस महान् ग्रन्थको समापन गर्नुभएको छ । यो अध्यायले सम्पूर्ण भागवतको उद्देश्य र यसको अलौकिक शक्तिलाई पुष्टि गर्दछ । यो केवल एक कथा मात्र नभई आत्मज्ञान प्राप्त गर्ने सर्वोत्कृष्ट साधन हो ।

दार्शनिक पक्ष

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहिरो र चिन्तनयोग्य छ । भागवतको मुख्य दर्शन 'अद्वैत भक्तिहोजहाँ ज्ञान र भक्तिलाई एकै ठाउँमा मिसाइएको छ । यसले संसारलाई ईश्वरको 'मायार भगवान्‌लाई एक मात्र 'सत्यको रूपमा प्रस्तुत गर्दछ । 'नैष्कर्म्यअर्थात् फलको आशा नगरी गरिने कर्म र भगवान्‌प्रति समर्पण नै वास्तविक योग हो भन्ने कुरा यहाँ दर्शाइएको छ । आत्मा र परमात्माको अभिन्नतालाई बुझाउनु नै यस पुराणको अन्तिम लक्ष्य हो । यसले सिकाउँछ कि संसारका सबै वस्तुहरू परिवर्तनशील छन्तर परमात्मा मात्र अपरिवर्तनीय हुनुहुन्छ । भक्ति विनाको ज्ञान शुष्क र निरर्थक हुन्छ भन्ने कुरालाई यसले जोड दिएको छ । वैराग्य भनेको संसार छोड्नु मात्र होइनबरु सबै कुरामा परमात्माको दर्शन गर्नु हो । यस अध्यायले 'नाम सङ्कीर्तनलाई कलयुगको सबैभन्दा ठूलो औषधिका रूपमा प्रस्तुत गरेको छ । अन्त्यमायसले मानव जीवनको अन्तिम लक्ष्य भनेको ईश्वरको चरणमा एकाकार हुनु नै हो भन्ने शाश्वत सत्यलाई उजागर गर्दछ ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...