श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - अष्टाविंशोऽध्यायः
श्रीभगवानुवाच –
(अनुष्टुप)
योगस्य लक्षणं वक्ष्ये सबीजस्य नृपात्मजे ।
मनो येनैव विधिना प्रसन्नं याति सत्पथम् ॥ १ ॥
कपिल भगवानले भन्नुभयो—
माताजी! अव म हजूरलाई सजीव (अलम्बनले युक्त) योगको लक्षण बताउदछु जसद्वारा चित्त सुध्द एवंं प्रशन्न भएर परमत्माको मार्गमा निबृत्ति हुन जान्छ ।।१।।
स्वधर्माचरणं शक्त्या विधर्माच्च निवर्तनम् ।
दैवाल्लब्धेन सन्तोष आत्मवित् चरणार्चनम् ॥ २ ॥
यथा शक्ति अनुसार शास्त्र विहित स्वधर्मको पालन गर्नु तथा शास्त्र विरुध्द आचरणलाई परित्याग गर्नु प्रारब्ध अनुसार जे मिल्छ त्यसैमा सन्तुष्ट हुनु आत्मज्ञानीको चरणको पूजा गर्नु ।।२।।
ग्राम्यधर्मनिवृत्तिश्च मोक्षधर्मरतिस्तथा ।
मितमेध्यादनं शश्वद् विविक्तक्षेमसेवनम् ॥ ३ ॥
विषय वासनाहरू बढाउने कर्मबाट टाढा रहनु, सन्सार बन्धनबाट छुटाउने धर्म प्रति प्रेम बढाउनु, पवित्र र मित भोजन गर्नु, निरन्तर एकान्त र निर्भय स्थानमा रहनु ।।३।।
अहिंसा सत्यमस्तेयं यावदर्थपरिग्रहः ।
ब्रह्मचर्यं तपः शौचं स्वाध्यायः पुरुषार्चनम् ॥ ४ ॥
मन वाणी र शरीरबाट कुनै जीवलाई नसताउनु, सत्य बोल्नु, चोरी नगर्नु, आवस्यकता भन्दा बढि वस्तुको संग्रह नगर्नु, ब्रह्मचर्यको पालना गर्नु, तपस्या गर्नु, (धर्म पालनाका लागि कष्ट सहनु) वाहिर भित्रबाट पवित्र रहनु, शास्त्रको अध्ययन गर्नु र भगवानको पूजा गर्नु ।।४।।
मौनं सदाऽऽसनजयः स्थैर्यं प्राणजयः शनैः ।
प्रत्याहारश्चेन्द्रियाणां विषयान्मनसा हृदि ॥ ५ ॥
वोलीलाई संयम गर्नु, उत्तम आसनको अभ्यास गरेर स्थिरता पूर्वक वस्नु, विस्तारै विस्तारै प्राणायाम द्वारा श्वासलाई जित्नु, इन्द्रियलाइ मनद्वार विषयहरू हटाएर हृदयमा स्थापना गर्नु ।।५।।
स्वधिष्ण्यानां एकदेशे मनसा प्राणधारणम् ।
वैकुण्ठलीलाभिध्यानं समाधानं तथात्मनः ॥ ६ ॥
मूलाधार आदि कुनै एक केन्द्रमा मन सहित प्राणलाई स्थिर गर्नु, निरन्तर भगवानको लीलाहरूको चिन्तन गर्दै चित्तलाई एकाग्र गर्नु ।।६।।
एतैः अन्यैश्च पथिभिः मनो दुष्टमसत्पथम् ।
बुद्ध्या युञ्जीत शनकैः जितप्राणो ह्यतन्द्रितः ॥ ७ ॥
यी कुराहरूबाट तथा ब्रतदानादि आदि तथा अरु कुनै साधनबाट भएपनि सावधानी अपनाएर प्राणलाई जितेर बुध्दिद्वारा कुमार्गमा लागेका चित्तलाई विस्तारै विस्तारै एकाग्र गरेर परमात्माको ध्यानमा लगाउनु ।।७।।
शुचौ देशे प्रतिष्ठाप्य विजितासन आसनम् ।
तस्मिन् स्वस्ति समासीन ऋजुकायः समभ्यसेत् ॥ ८ ॥
पहिला आसनलाई जित्न कुश मृगचर्मले युक्त आसन राख्नु त्यसमा शरीरलाई सिधा र स्थिर राखेर सुख पूर्वक बसेर अभ्यास गर्नु ।।८।।
प्राणस्य शोधयेन्मार्गं पूरकुम्भकरेचकैः ।
प्रतिकूलेन वा चित्तं यथा स्थिरं अचञ्चलम् ॥ ९ ॥
अरम्भमा पूरक, कुम्भक, रेचक क्रमैले अथवा यसको उल्टो रेचक, कुम्भक र पूरक गरेर प्राण मार्गलाई सोधन गर्नु, जसबाट चित्त स्थिर र निश्चल हुन्छ ।।९।।
मनोऽचिरात्स्याद् विरजं जितश्वासस्य योगिनः ।
वाय्वग्निभ्यां यथा लोहं ध्मातं त्यजति वै मलम् ॥ १० ॥
जस प्रकार वायु र अग्निबाट तताएको सुन आफ्नो महिलोलाई त्याग्दछ, त्यसै गरी जो योगी प्राण वायुलाई जित्दछ, उस्को मन धेरै चाँढै सुध्द हुन्छ ।।१०।।
प्राणायामैः दहेद् दोषान् धारणाभिश्च किल्बिषान् ।
प्रत्याहारेण संसर्गान् ध्यानेनान् ईश्वरान्गुणान् ॥ ११ ॥
अतः योगीलाई उचित हुन्छ कि प्रणायामले वात पित्तादि जनित दोषको धारणाले पापलाई, प्रत्याहारले विषयको सम्बन्धलाई, ध्यानले भगवद् विमुख गर्ने राग द्वेषादि दुर्गुणलाई नाश गरोस ।।११।।
यदा मनः स्वं विरजं योगेन सुसमाहितम् ।
काष्ठां भगवतो ध्यायेत् स्वनासाग्रावलोकनः ॥ १२ ॥
जव योगको अभ्यास गरेर चित्त निर्मल र एकाग्र हुनजान्छ अनि नाकको टुप्पोमा दृष्टि जमाएर यस प्रकार भगवानको ध्यान गर्नु ।।१२।।
प्रसन्नवदनाम्भोजं पद्मगर्भारुणेक्षणम् ।
नीलोत्पलदलश्यामं शङ्खचक्रगदाधरम् ॥ १३ ॥
भगवानको मुखकमल आनन्दले भरिपूर्ण छ, आँखा कमल कोषको समान रातो छ, हातमा शंख, चक्र, गदा र पद्म धारण गर्नु भएको छ ।।१३।।
लसत्पङ्कज किञ्जल्क पीतकौशेयवाससम् ।
श्रीवत्सवक्षसं भ्राजत् कौस्तुभामुक्तकन्धरम् ॥ १४ ॥
कमलको केशर समान पहेलो रेशमी वस्त्रला सुशोभित हुनुहुन्छ, वक्षःस्थलमा श्रीवत्स चिन्ह र गलामा कौस्तुभमणि झिलमिलाईरहेको छ ।।१४।।
मत्तद्विरेफकलया परीतं वनमालया ।
परार्ध्यहारवलय किरीटाङ्गदनूपुरम् ॥ १५ ॥
बनमाला चरण सम्म लर्कीरहेको छ । जस्को चारैतिर भ्रमाराहरू सुगन्धले मत्त भएर मधुर भुन्भुनाईरहेका छन । अंग प्रत्यंगमा बहुमूल्य हार, कंकण किरिट, र नुपुर आदि आभुषणले विराजमान हुनुहुन्छ ।।१५।।
काञ्चीगुणोल्लसत् श्रोणिं हृदयाम्भोजविष्टरम् ।
दर्शनीयतमं शान्तं मनोनयन वर्धनम् ॥ १६ ॥
कम्मरमा कर्धनीको झुप्पोले शोभा बढाइरहेको छ । भक्तको हृदयकमल नै वहाँको आसन हो । वहाँको दर्शनिय स्यामुन्दर स्वरूप अत्यन्त शान्त एवं मन र आँखालाई आनन्दित गराउने खालको छ ।।१६।।
अपीच्यदर्शनं शश्वत् सर्वलोकनमस्कृतम् ।
सन्तं वयसि कैशोरे भृत्यानुग्रहकातरम् ॥ १७ ॥
वहाँको किशोर अवस्थाको आति सुन्दर शरीरको दर्शनले मनलाई मनोहर गराउदछ । वहाँ भक्तहरूलाई कृपागर्न आतुर हुनुहुन्छ ।।१७।।
कीर्तन्यतीर्थयशसं पुण्यश्लोकयशस्करम् ।
ध्यायेद्देवं समग्राङ्गं यावन्न च्यवते मनः ॥ १८ ॥
तीर्थ समानको पवित्र वहाँको यश कीर्तन गर्न योग्य छ । भगवान् सधैं सबैलोकबाट वन्दित हुनुहुन्छ । यस प्रकार श्रीनारायण देवको सम्पूर्ण अंग सहित त्यस बेला सम्म ध्यान गर्नु, जव सम्म चित्त वहाँबाट हट्दैन ।।१८।।
स्थितं व्रजन्तमासीनं शयानं वा गुहाशयम् ।
प्रेक्षणीयेहितं ध्यायेत् शुद्धभावेन चेतसा ॥ १९ ॥
भगवानको लीलाहरू धेरै दर्शनीय छ, त्यसैले आफ्नो रुचि अनुसमर बसेको, उठेको, हिडेको अथवा अन्तर्यामीरूपमा स्थित वहाँको स्वरूपको विशुध्द भावयुक्त चित्तले चिन्तन गर्नु पर्दछ ।।१९।।
तस्मिन्लब्धपदं चित्तं सर्वावयवसंस्थितम् ।
विलक्ष्यैकत्र संयुज्याद् अङ्गे भगवतो मुनिः ॥ २० ॥
यस प्रकार भगवद्विग्रहमा चित्त स्थित भएपछि योगीले वहाँको समस्त अंगमा लागेको चित्तलाई राम्रो संग एक एक अंगमा लगाओस ।।२०।।
(वसंततिलका)
सञ्चिन्तयेद् भगवतश्चरणारविन्दं
वज्राङ्कुशध्वज सरोरुह लाञ्छनाढ्यम् ।
उत्तुङ्गरक्तविलसन् नखचक्रवाल
ज्योत्स्नाभिराहतमहद् हृदयान्धकारम् ॥ २१ ॥
सबभन्दा पहिले भगावन्को चरणकमलको ध्यान गर्नुपर्दछ । वहाँको चरण वज्र, अंकुश, ध्वजा र कमलको मंगलमय चिन्हबाट युक्त भएको छ तथा भगवानको चरण स्थित राताराता शोभायमान नखरूपी चन्द्रमण्डलको कान्तिले आफ्ना ध्यान् गर्ने ब्यक्तिको हृदयको अज्ञानरूप अन्धकारलाई हटाइदिनु हुन्छ ।।२१।।
यच्छौचनिःसृतसरित् प्रवरोदकेन ।
तीर्थेन मूर्ध्न्यधिकृतेन शिवः शिवोऽभूत् ।
ध्यातुर्मनःशमलशैलनिसृष्टवज्रं
ध्यायेच्चिरं भगवतश्चरणारविन्दम् ॥ २२ ॥
त्यहि चरणकमले धोएको जलबाट उत्पन्न भएकी नदी मध्देकी श्रेष्ठ गंगाजी प्रकट भएकी थिइन । जस्को पवित्र जल मस्तकमा धारण गर्नाले स्वयं मंगलरूप श्री महादेवजी परम मंगलमय हुनुभयो । त्यो चरण आफ्नो ध्यान गर्नेहरूको पापरूप पर्वतमा छोडेका इन्द्रको वज्रसमान हो । भगवानको यो चरणकमलमा चिर काल सम्म ध्यान गर्नु ।।२२।
जानुद्वयं जलजलोचनया जनन्या
लक्ष्म्याखिलस्य सुरवन्दितया विधातुः ।
ऊर्वोर्निधाय करपल्लवरोचिषा यत्
संलालितं हृदि विभोरभवस्य कुर्यात् ॥ २३ ॥
आजन्मा श्रीहरिको दुवै घुँडाको ध्यान गर्नु, जस्को विश्वविधाता ब्रह्माजी कि माता सुरवन्दिता कमललोचना लक्ष्मीले आफ्नो तिघ्रामाथि राखेर आफ्नो कान्तिमान करपल्लवले सेवा गर्दछिन ।।२३।।
ऊरू सुपर्णभुजयोरधि शोभमानौ
वोजोनिधी अतसिकाकुसुमावभासौ ।
व्यालम्बिपीतवरवाससि वर्तमान
काञ्चीकलापपरिरम्भि नितम्बबिम्बम् ॥ २४ ॥
त्यसपछि वहाँको तिघ्राको ध्यान गर्नु, अतिसको फूल जस्तै श्याम वर्णका छन् तथा गरुडजीको पीठमा शोभायमान् छन । भगवानको नितम्ब विम्बको ध्यान गर्नु, जुन गोलिगाँठा सम्म पीताम्वर लर्केको छ त्यस पिताम्वरको माथि पहिरिनु भएको सुवर्णमय कर्धनी को झुप्पाले शोभायमान भएको कटिप्रदेशको ध्यान गर्नु ।।२४।।
नाभिह्रदं भुवनकोशगुहोदरस्थं
यत्रात्मयोनिधिषणाखिललोकपद्मम् ।
व्यूढं हरिन्मणिवृषस्तनयोरमुष्य
ध्यायेद् द्वयं विशदहारमयूखगौरम् ॥ २५ ॥
त्यसपछि सम्पूर्ण लोकको आश्रयस्थान भगवानको उदरदेशमा स्थित भएको नाभिसरोवरको ध्यान गर्नु, यसबाट ब्रह्माजीको आधारभूत सबैलोकमय कमल प्रकट भएको हो । फेरी प्रभुको श्रेष्ट नीलमणि समान दुवै स्तनको चिन्तन गर्नु, यो वक्षस्थलमा हारहरूको किरणले गौरवर्ण जस्तो देखिन्छन ।।२५।।
वक्षोऽधिवासमृषभस्य महाविभूतेः
पुंसां मनोनयननिर्वृतिमादधानम् ।
कण्ठं च कौस्तुभमणेरधिभूषणार्थं
कुर्यान्मनस्यखिल लोकनमस्कृतस्य ॥ २६ ॥
यसपछि पुरुषोत्तम भगवानको वक्षस्थदको ध्यान गर्नु, जुन महालक्ष्मीको निवासस्थान हो र मानिसको आँखा र मनलाई आनन्द दिनेपनि हो । फेरी सम्पूर्ण लोकको वन्दनीय भगवानको घाँटीको चिन्तन गर्नु जुन मानौं कौस्तुभ मणि पनि सुशोभित गर्नको लागि नै वहाँले आफ्नो गलामा धारण गर्नुभएको छ ।।२६।।
बाहूंश्च मन्दरगिरेः परिवर्तनेन
निर्णिक्तबाहुवलयान् अधिलोकपालान् ।
सञ्चिन्तयेद् दशशतारमसह्यतेजः
शङ्खं च तत्करसरोरुहराजहंसम् ॥ २७ ॥
समस्त लोकपालको आश्रयकोरूपमा रहेका भगवानको चार हातको ध्यान गर्नु जसमा धारण भएको कंकणदि आभुषण समुद्र मन्थनको समयमा मन्दराचलको घर्षणले अझ चम्किलो भएको छ । यस प्रकार सहश्रधारको तेजले युक्त भएको सुदर्शन चक्र तथा वहाँको करकमलमा विराजमान राजहंस समान शंखको चिन्तन गर्नु ।।२७।।
कौमोदकीं भगवतो दयितां स्मरेत
दिग्धामरातिभटशोणितकर्दमेन ।
मालां मधुव्रतवरूथगिरोपघुष्टां
चैत्यस्य तत्त्वममलं मणिमस्य कण्ठे ॥ २८ ॥
फेरी विपक्षी वीर सत्रुहरुको रगतको हिलोले पोतिएको कौमदीकि गदा, भ्रमराको शव्दले गुन्जायमान वनमाला र वहाँको कण्ठमा सुशोभित सम्पूर्ण जीवको निर्मल तत्वरुप कोस्तुभ मणिको ध्यान गर्नु ।।२८।।
भृत्यानुकम्पितधियेह गृहीतमूर्तेः
सञ्चिन्तयेद् भगवतो वदनारविन्दम् ।
यद्विस्फुरन् मकरकुण्डलवल्गितेन
विद्योतितामलकपोलमुदारनासम् ॥ २९ ॥
भक्तहरु माथि कृपा गर्नका लागि साकार स्वरुप धारण गर्ने श्रीहरिको मुखकमलको ध्यान गर्नु, जुन उच्च नाकले गर्दा सुशोभत हुनुहुन्छ र झिलमिल गरिरहेको मकराकर कृत कुण्डलको प्रकाशले मनोहर देखिने कपालको ध्यान गर्नु ।।२९।।
यच्छ्रीनिकेतमलिभिः परिसेव्यमानं
भूत्या स्वया कुटिलकुन्तलवृन्दजुष्टम् ।
मीनद्वयाश्रयमधिक्षिपदब्जनेत्रं
ध्यायेन् मनोमयमतन्द्रित उल्लसद्भ्रु ॥ ३० ॥
कालो कालो घुघरिएको अलकावालीले शोभायमान भगवानको मुखकमदको आफ्नो छविले गर्दा भ्रमरले सेवित कमलकोशको पनि तिरस्कार गरिरहेको छ र उनको कमलसमान विशाल एवं चञ्चल आँखाले त्यो कमल माथि उठेको माछाको शोभालाई पनि माथ गरेको छ उन्नत भृकुटीले सुशोभित भगवानको यस्तो मुखारविन्दको मनमा ध्यान गरेर आलस्य रहित भएर वहाँको ध्यान गर्नु ।।३०।।
तस्यावलोकमधिकं कृपयातिघोर
तापत्रयोपशमनाय निसृष्टमक्ष्णोः ।
स्निग्धस्मितानुगुणितं विपुलप्रसादं
ध्यायेच्चिरं विपुलभावनया गुहायाम् ॥ ३१ ॥
फेरि हृदयमा चिरकाल सम्म भगवानको मधुर मुस्कानको हेराईको चिन्तन गर्दै ध्यान गर्नु जुन कृपाले र प्रेमले भरिएको मुस्कानले क्षण क्षणमा करुणा गरेर विपुल प्रसादको वर्षा गरिरहनु हुन्छ र भक्तहरुको अत्यन्त घोर मानिने तीनै तापलाई नाश गर्नका लागि नै प्रकट भएको हो ।।३१।।
हासं हरेरवनताखिललोकतीव्र
शोकाश्रुसागरविशोषणमत्युदारम् ।
सम्मोहनाय रचितं निजमाययास्य
भ्रूमण्डलं मुनिकृते मकरध्वजस्य ॥ ३२ ॥
श्रीहरिको भक्तिले सबै प्राणीहरुको शोकको अश्रुसागरलाई सुकाईदिन्छ जुन अत्यन्त उदार छ । मुनिहरुको हितको लागि कामदेवलाई मोहित गर्नको लागि नै आफ्नो मायाबाट श्रीहरिले आफ्नो आँखिभुईलाई बनाउनु भयो । ती सबैको ध्यान गर्नु पर्दछ ।।३२।।
ध्यानायनं प्रहसितं बहुलाधरोष्ठ
भासारुणायिततनुद्विजकुन्दपङ्क्ति ।
ध्यायेत्स्वदेहकुहरेऽवसितस्य विष्णोः
भक्त्यार्द्रयार्पितमना न पृथग्दिदृक्षेत् ॥ ३३ ॥
अत्यन्त पे्रमभावले आफ्नो हृदयमा विराजमान श्रीहरिले प्रेमयुक्त भएर हासेको ध्यान गर्नु। जसमा माथि र तल दुवै ओठको अत्यन्त अरुण कान्तिको कारण उनको कुन्दकलि समान छोटोछोटो दाँत लालिमा जस्तै प्रतित हुन्छ । यस प्रकार ध्यानमा तन्मय भएर वहाँ बाहेक अरु कुनै पदार्थलाई देख्ने इच्छा नगर्नु ।।३३।।
एवं हरौ भगवति प्रतिलब्धभावो
भक्त्या द्रवद्धृदय उत्पुलकः प्रमोदात् ।
औत्कण्ठ्यबाष्पकलया मुहुरर्द्यमानः
तच्चापि चित्तबडिशं शनकैर्वियुङ्क्ते ॥ ३४ ॥
यस प्रकारको ध्यानको अभ्यासले साधकको श्रीहरिमा प्रेम बढ्दछ उस्को हृदय भक्तिले द्रवित हुन्छ । शरीरमा अतिशय आनन्दको कारण रोमाञ्च हुन लाग्दछ । उत्कण्ठा जनित प्रेमाश्रु भरिएर आउँदछ र फेरी उसले वल्छीमा परेको माछो जस्तै श्री हरिलाई आफुतिर आकषिर्त गर्न साधनरुप आफ्नो चित्तलाई विस्तारै विस्तारै आफ्नो धेय वस्तुबाट हटाँउछ ।।३४।।
मुक्ताश्रयं यर्हि निर्विषयं विरक्तं
निर्वाणमृच्छति मनः सहसा यथार्चिः ।
आत्मानमत्र पुरुषोऽव्यवधानमेकम्
अन्वीक्षते प्रतिनिवृत्तगुणप्रवाहः ॥ ३५ ॥
जसरी तेल आदि सकिनाले दीपशिखा आफ्नो कारणरुप तेजस् तत्वमा लीन हुन्छ त्यसरी नै आश्रय, विषय र रागले रहित मन शान्त ब्रह्माकार हुन्छ । यस्तो अवस्था प्राप्त भएपछि जीव गुण प्रवाहरुप देहादि उपाधिको निवृत्त हुनाको कारण ध्यान र धेय आदि विभागबाट रहित एक अखण्ड परमात्मालाई नै सर्बत्र भएको देख्दछ ।।३५।।
सोऽप्येतया चरमया मनसो निवृत्त्या
तस्मिन् महिम्न्यवसितः सुखदुःखबाह्ये ।
हेतुत्वमप्यसति कर्तरि दुःखयोर्यत्
स्वात्मन्विधत्त उपलब्धपरात्मकाष्ठः ॥ ३६ ॥
योगाभ्यासबाट प्राप्त भएको चित्तलाई यस अविद्या रहित लयरुप निवृत्तिले आफ्नो सुख दुःख रहित ब्रह्मरुप महिमामा स्थित भएर परमात्माको साक्षात्कार गर्नाले योगी जुन सुख दुःखको भोक्तृत्वको, पहिले अज्ञान वश आफ्नो स्वरुपमा देख्दथ्यो, उ अव अविद्याकृत अहंकार मैं देख्दछ ।।३६।।
देहं च तं न चरमः स्थितमुत्थितं वा
सिद्धो विपश्यति यतोऽध्यगमत्स्वरूपम् ।
दैवादुपेतमथ दैववशादपेतं
वासो यथा परिकृतं मदिरामदान्धः ॥ ३७ ॥
जसप्रकार मदिराको मदले मत्त भएको पुरुष आफ्नो कम्मरमा वेरिएको वस्त्र रहदा वा खस्दा कुनै होस पाउदैन, त्यसै गरी चरम अवस्था प्राप्त भएको सिध्द पुरुषले पनि आफ्नो देहले वस्ने उठ्ने दैववश कहिँ जाने वा फर्कने विषयमा कुनै ज्ञान रहदैन । किनकि उ आफ्नो परमानन्द स्वरुपमा स्थित हुन्छ ।।३७।।
देहोऽपि दैववशगः खलु कर्म यावत्
स्वारम्भकं प्रतिसमीक्षत एव सासुः ।
तं सप्रपञ्चमधिरूढसमाधियोगः
स्वाप्नं पुनर्न भजते प्रतिबुद्धवस्तुः ॥ ३८ ॥
उसको शरीर त पूर्व जन्मको संस्कारको अधिन हो त्यसैले जवसम्म उस्को आरम्भकको प्रारब्ध शेष हुन्छ तवसम्म त्यो इन्द्रिय सहित जीवित हुन्छ । तर जसलाई समाधि पर्यन्त योगको स्थिति प्राप्त भएको हुन्छ र जसले परमात्म तत्वको पनि भलिभाँति जान्दछ त्यो सिध्द पुरुष पुत्र कलत्रादिको सहित यस शरीरलई सपनामा प्रतीत हुने शरीर समान फेरी स्विकार गर्दैन र फेरी उसले अहमता र ममता पनि गर्दैन ।।३८।।
(अनुष्टुप)
यथा पुत्राच्च वित्ताच्च पृथङ्मर्त्यः प्रतीयते ।
अप्यात्मत्वेनाभिमताद् देहादेः पुरुषस्तथा ॥ ३९ ॥
जसप्रकार अत्यन्त स्नेहका कारण पुत्र र धनादिमा पनि साधारण जीवको आत्म सुध्दि हुन्छ तर थोरै विचार गर्नाले नै उनीहरु देखि स्पष्टतया अलग देखिन्छ । त्यसै गरी जसले यो आफ्नो आत्मा मानेर बसेको छ उसको शरीरबाट त्यो साक्षि पुरुष पृथक नै छ ।।३९।।
यथोल्मुकाद् विस्फुलिङ्गाद् धूमाद्वापि स्वसम्भवात् ।
अप्यात्मत्वेनाभिमताद् यथाग्निः पृथगुल्मुकात् ॥ ४० ॥
भूतेन्द्रियान्तःकरणात् प्रधानात् जीवसंज्ञितात् ।
आत्मा तथा पृथग्द्रष्टा भगवान् ब्रह्मसंज्ञितः ॥ ४१ ॥
जसप्रकार बलिरहेको दउराबाट प्रकट भएको स्वयं धुवाले तथा अग्निरुप मानिएको त्यस बलेको काठ वास्तवमा पृथक नै छ त्यसै गरी भूत इन्द्रिय र अन्तःकरणबाट उनको साक्षि आत्मा अलग छ । तथा जीव कहलाउने भएको त्यो आत्मा बाट पनि ब्रह्म भिन्न छ । र प्रकृतिबाट उसको सञ्चालक पुरुषोत्तम भिन्न छन ।।४०।४१।।
सर्वभूतेषु चात्मानं सर्वभूतानि चात्मनि ।
ईक्षेतान् अन्यभावेन भूतेष्विव तदात्मताम् ॥ ४२ ॥
जसप्रकार देह दृष्टिले जरायुज, अण्डज, स्वेदज र उद्भज यी चार प्रकारका प्राणी पञ्चभूत मात्र हुन, त्यसै गरी सम्पूर्ण जीवमा आत्माको र आत्मामा सम्पूर्ण जीवलाई अनन्य भावले रहेको देख्नुपर्दछ ।।४२।।
स्वयोनिषु यथा ज्योतिः एकं नाना प्रतीयते ।
योनीनां गुणवैषम्यात् तथात्मा प्रकृतौ स्थितः ॥ ४३ ॥
जसप्रकार एकै अग्नि आफ्नो पृथक पृथक आश्रयमा उसको विभिन्नताको कारण भिन्न भिन्न आधारमा देखिन्छ त्यसै गरी मनुष्यादि शरीरमा रहने एक नै आत्मा आफ्नो आफ्नो आश्रयको गुण भेदका कारण भिन्न भिन्न प्रकारले देखिन्छ ।।४३।।
तस्माद् इमां स्वां प्रकृतिं दैवीं सदसदात्मिकाम् ।
दुर्विभाव्यां पराभाव्य स्वरूपेणावतिष्ठते ॥ ४४ ॥
त्यसैले भगवानको भक्त जीवको स्वरुपलाई लुकाइदिने कार्यकारण रुपले र परिणामले प्राप्त भएको भगवानको यस अचिन्त्य शक्तिमयी मायालाई भगवान् कै कृपाले जितेर आफ्नो वास्तविक स्वरुप ब्रह्मरुपमा लीन हुन्छ ।।४४।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे अष्टाविंशोऽध्यायः ॥ २८ ॥
