/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

तृतीय स्कंधः - अष्टाविंशोऽध्यायः

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः– अष्टाविंशोऽध्यायः


 

 
श्रीभगवानुवाच
(अनुष्टुप)
योगस्य लक्षणं वक्ष्ये सबीजस्य नृपात्मजे । मनो येनैव विधिना प्रसन्नं याति सत्पथम् ॥ १ ॥
नेपाली भावानुवादः कपिल भगवान्‌ले भन्नुभयोमाताजी! अब म हजुरलाई सबीज (आलम्बनसहितको) योगको लक्षण बताउँछु, जसद्वारा चित्त शुद्ध एवं प्रसन्न भएर परमात्माको मार्गमा लाग्दछ ।।१।।
 
स्वधर्माचरणं शक्त्या विधर्माच्च निवर्तनम् ।
दैवाल्लब्धेन सन्तोष आत्मवित् चरणार्चनम् ॥ २ ॥
नेपाली भावानुवादः आफ्नो शक्ति अनुसार शास्त्रविहित स्वधर्मको पालन गर्नु, शास्त्रविरुद्ध आचरणलाई परित्याग गर्नु, प्रारब्ध अनुसार जे मिल्छ त्यसैमा सन्तुष्ट हुनु र आत्मज्ञानीको चरणको पूजा गर्नु ।।२।।
 
ग्राम्यधर्मनिवृत्तिश्च मोक्षधर्मरतिस्तथा ।
मितमेध्यादनं शश्वद् विविक्तक्षेमसेवनम् ॥ ३ ॥
नेपाली भावानुवादः विषय-वासना बढाउने कर्मबाट टाढा रहनु, संसार-बन्धनबाट छुटाउने धर्मप्रति प्रेम बढाउनु, पवित्र र ठिक्क (मित) भोजन गर्नु तथा निरन्तर एकान्त र निर्भय स्थानमा रहनु ।।३।।
 
अहिंसा सत्यमस्तेयं यावदर्थपरिग्रहः ।
ब्रह्मचर्यं तपः शौचं स्वाध्यायः पुरुषार्चनम् ॥ ४ ॥
नेपाली भावानुवादः मन, वाणी र शरीरबाट कुनै जीवलाई नसताउनु, सत्य बोल्नु, चोरी नगर्नु, आवश्यकताभन्दा बढी वस्तुको सङ्ग्रह नगर्नु, ब्रह्मचर्यको पालन गर्नु, तपस्या गर्नु (धर्म पालनका लागि कष्ट सहनु), बाहिर-भित्रबाट पवित्र रहनु, शास्त्रको अध्ययन गर्नु र भगवान्‌को पूजा गर्नु ।।४।।
 
मौनं सदाऽऽसनजयः स्थैर्यं प्राणजयः शनैः ।
प्रत्याहारश्चेन्द्रियाणां विषयान्मनसा हृदि ॥ ५ ॥
नेपाली भावानुवादः बोलीलाई संयम गर्नु, उत्तम आसनको अभ्यास गरेर स्थिरतापूर्वक बस्नु, बिस्तारै-बिस्तारै प्राणायामद्वारा श्वासलाई जित्नु र इन्द्रियहरूलाई विषयबाट हटाएर मनद्वारा हृदयमा स्थापित गर्नु ।।५।।
 
स्वधिष्ण्यानां एकदेशे मनसा प्राणधारणम् ।
वैकुण्ठलीलाभिध्यानं समाधानं तथात्मनः ॥ ६ ॥
नेपाली भावानुवादः मूलाधार आदि कुनै एक केन्द्रमा मनसहित प्राणलाई स्थिर गर्नु र निरन्तर भगवान्‌को लीलाहरूको चिन्तन गर्दै चित्तलाई एकाग्र गर्नु ।।६।।
 
एतैः अन्यैश्च पथिभिः मनो दुष्टमसत्पथम् ।
बुद्ध्या युञ्जीत शनकैः जितप्राणो ह्यतन्द्रितः ॥ ७ ॥
नेपाली भावानुवादः यी उपायहरू वा व्रत-दानादि अन्य साधनबाट सावधान भई प्राणलाई जितेर बुद्धिद्वारा कुमार्गमा लागेको चित्तलाई बिस्तारै-बिस्तारै परमात्माको ध्यानमा लगाउनु ।।७।।
 
शुचौ देशे प्रतिष्ठाप्य विजितासन आसनम् ।
तस्मिन् स्वस्ति समासीन ऋजुकायः समभ्यसेत् ॥ ८ ॥
नेपाली भावानुवादः पवित्र स्थानमा कुश र मृगचर्मले युक्त आसन राख्नु र त्यसमा शरीरलाई सिधा र स्थिर राखेर सुखपूर्वक बसी अभ्यास गर्नु ।।८।।
 
प्राणस्य शोधयेन्मार्गं पूरकुम्भकरेचकैः ।
प्रतिकूलेन वा चित्तं यथा स्थिरं अचञ्चलम् ॥ ९ ॥
नेपाली भावानुवादः आरम्भमा पूरक, कुम्भक र रेचकको क्रमले वा त्यसको विपरीत क्रमले प्राणमार्गलाई शोधन गर्नु, जसबाट चित्त स्थिर र निश्चल हुन्छ ।।९।।
 
मनोऽचिरात्स्याद् विरजं जितश्वासस्य योगिनः ।
वाय्वग्निभ्यां यथा लोहं ध्मातं त्यजति वै मलम् ॥ १० ॥
नेपाली भावानुवादः जसरी वायु र अग्निले तताएपछि सुनले आफ्नो मयललाई त्याग्दछ, त्यसै गरी प्राणवायुलाई जित्ने योगीको मन चाँडै शुद्ध हुन्छ ।।१०।।
 
प्राणायामैः दहेद् दोषान् धारणाभिश्च किल्बिषान् ।
प्रत्याहारेण संसर्गान् ध्यानेनान् ईश्वरान्गुणान् ॥ ११ ॥
नेपाली भावानुवादः प्राणायामले दोषलाई, धारणाले पापलाई, प्रत्याहारले विषय-संसर्गलाई र ध्यानले भगवद्‍-विमुख गराउने दुर्गुणहरूलाई नाश गर्नुपर्दछ ।।११।।
 
यदा मनः स्वं विरजं योगेन सुसमाहितम् ।
काष्ठां भगवतो ध्यायेत् स्वनासाग्रावलोकनः ॥ १२ ॥
नेपाली भावानुवादः जब योगको अभ्यासले चित्त निर्मल र एकाग्र हुन्छ, तब नाकको टुप्पोमा दृष्टि जमाएर भगवान्‌को यस प्रकार ध्यान गर्नु ।।१२।।
 
प्रसन्नवदनाम्भोजं पद्मगर्भारुणेक्षणम् ।
नीलोत्पलदलश्यामं शङ्खचक्रगदाधरम् ॥ १३ ॥
नेपाली भावानुवादः भगवान्‌को मुखकमल आनन्दले भरिपूर्ण छ, आँखा कमलको कोष जस्तै राता छन् र हातमा शङ्ख, चक्र, गदा एवं पद्म धारण गर्नुभएको छ ।।१३।।
 
लसत्पङ्कज किञ्जल्क पीतकौशेयवाससम् ।
श्रीवत्सवक्षसं भ्राजत् कौस्तुभामुक्तकन्धरम् ॥ १४ ॥
नेपाली भावानुवादः कमलको केशर समान पहेँलो रेशमी वस्त्रले सुशोभित हुनुहुन्छ, वक्षःस्थलमा श्रीवत्स चिह्न र गलामा कौस्तुभमणि झिलमिलाईरहेको छ ।।१४।।
 
मत्तद्विरेफकलया परीतं वनमालया ।
परार्ध्यहारवलय किरीटाङ्गदनूपुरम् ॥ १५ ॥
नेपाली भावानुवादः चरणसम्म लर्किएको वनमालामा भमराहरू मधुर स्वरमा गुञ्जिरहेका छन्। उहाँ बहुमूल्य हार, कङ्कण, मुकुट र नूपुर आदि आभूषणले सुशोभित हुनुहुन्छ ।।१५।।
 
काञ्चीगुणोल्लसत् श्रोणिं हृदयाम्भोजविष्टरम् । द
र्शनीयतमं शान्तं मनोनयन वर्धनम् ॥ १६ ॥
नेपाली भावानुवादः कम्मरमा मेखला (कर्धनी) ले शोभा दिइरहेको छ। भक्तको हृदयकमल नै उहाँको आसन हो। उहाँको स्वरूप अत्यन्त शान्त र मनमोहक छ ।।१६।।
 
अपीच्यदर्शनं शश्वत् सर्वलोकनमस्कृतम् ।
सन्तं वयसि कैशोरे भृत्यानुग्रहकातरम् ॥ १७ ॥
नेपाली भावानुवादः उहाँको किशोर अवस्थाको अति सुन्दर शरीरले मनलाई मुग्ध पार्दछ। उहाँ भक्तहरूलाई कृपा गर्न सधैँ आतुर हुनुहुन्छ ।।१७।।
 
कीर्तन्यतीर्थयशसं पुण्यश्लोकयशस्करम् ।
ध्यायेद्देवं समग्राङ्गं यावन्न च्यवते मनः ॥ १८ ॥
नेपाली भावानुवादः तीर्थ समान पवित्र र कीर्तन गर्न योग्य यश भएका ती नारायण देवको सम्पूर्ण अङ्गको तबसम्म ध्यान गर्नु, जबसम्म चित्त उहाँबाट हट्दैन ।।१८।।
 
स्थितं व्रजन्तमासीनं शयानं वा गुहाशयम् ।
प्रेक्षणीयेहितं ध्यायेत् शुद्धभावेन चेतसा ॥ १९ ॥
नेपाली भावानुवादः बसेको, उठेको, हिँडेको वा अन्तर्यामी रूपमा स्थित भगवान्‌को लीलास्वरूपको विशुद्ध भावले चिन्तन गर्नुपर्दछ ।।१९।।
 
तस्मिन्लब्धपदं चित्तं सर्वावयवसंस्थितम् ।
विलक्ष्यैकत्र संयुज्याद् अङ्गे भगवतो मुनिः ॥ २० ॥
नेपाली भावानुवादः यस प्रकार चित्त स्थिर भएपछि योगीले भगवान्‌का प्रत्येक अङ्गमा पालैपालो ध्यान केन्द्रित गर्नुपर्दछ ।।२०।।
 
सञ्चिन्तयेद् भगवतश्चरणारविन्दं
    वज्राङ्कुशध्वज सरोरुह लाञ्छनाढ्यम् ।
उत्तुङ्गरक्तविलसन् नखचक्रवाल
    ज्योत्स्नाभिराहतमहद् हृदयान्धकारम् ॥ २१ ॥
नेपाली भावानुवादः सबैभन्दा पहिले भगवान्‌को चरणकमलको ध्यान गर्नुपर्दछ, जहाँ वज्र, अङ्कुश, ध्वजा र कमलका चिह्नहरू छन्। ती चरणका राता नङहरूको कान्तिले ध्यानीको हृदयको अन्धकार हटाइदिन्छ ।।२१।।
 
यच्छौचनिःसृतसरित् प्रवरोदकेन ।
    तीर्थेन मूर्ध्न्यधिकृतेन शिवः शिवोऽभूत् ।
ध्यातुर्मनःशमलशैलनिसृष्टवज्रं
    ध्यायेच्चिरं भगवतश्चरणारविन्दम् ॥ २२ ॥
नेपाली भावानुवादः जुन चरण धोएको जलबाट गङ्गाजी प्रकट भइन् र जसलाई मस्तकमा धारण गर्नाले महादेवजी परम मङ्गलमय हुनुभयो, त्यही पापरूपी पर्वतलाई नाश गर्ने वज्रसमान चरणकमलमा चिरकाल ध्यान गर्नु ।।२२।।
 
जानुद्वयं जलजलोचनया जनन्या
    लक्ष्म्याखिलस्य सुरवन्दितया विधातुः ।
ऊर्वोर्निधाय करपल्लवरोचिषा यत्
    संलालितं हृदि विभोरभवस्य कुर्यात् ॥ २३ ॥
नेपाली भावानुवादः श्रीहरिका ती दुवै घुँडाको ध्यान गर्नु, जसलाई लक्ष्मीजीले आफ्नो काखमा राखेर आफ्ना कलिला हातले प्रेमपूर्वक सेवा गरिरहनुभएको छ ।।२३।।
 
ऊरू सुपर्णभुजयोरधि शोभमानौ
    वोजोनिधी अतसिकाकुसुमावभासौ ।
व्यालम्बिपीतवरवाससि वर्तमान
    काञ्चीकलापपरिरम्भि नितम्बबिम्बम् ॥ २४ ॥
नेपाली भावानुवादः गरुडको काँधमा शोभायमान र आलसको फूल जस्तै श्याम वर्णका तिघ्रा तथा कम्मरमा बाँधिएको सुवर्णमय मेखलाले सुशोभित कटिप्रदेशको ध्यान गर्नु ।।२४।।
 
नाभिह्रदं भुवनकोशगुहोदरस्थं
    यत्रात्मयोनिधिषणाखिललोकपद्मम् ।
व्यूढं हरिन्मणिवृषस्तनयोरमुष्य
    ध्यायेद् द्वयं विशदहारमयूखगौरम् ॥ २५ ॥
नेपाली भावानुवादः सम्पूर्ण लोकको आश्रयस्थान नाभि-सरोवरको ध्यान गर्नु, जहाँबाट ब्रह्माजीको आसन रूप कमल प्रकट भयो। साथै नीलमणि समान स्तन र वक्षःस्थलमा चम्किरहेका हारहरूको चिन्तन गर्नु ।।२५।।
 
वक्षोऽधिवासमृषभस्य महाविभूतेः
    पुंसां मनोनयननिर्वृतिमादधानम् ।
कण्ठं च कौस्तुभमणेरधिभूषणार्थं
    कुर्यान्मनस्यखिल लोकनमस्कृतस्य ॥ २६ ॥
नेपाली भावानुवादः महालक्ष्मीको निवासस्थान वक्षःस्थल र कौस्तुभ मणिले सुशोभित भगवान्‌को कण्ठको चिन्तन गर्नु ।।२६।।
 
बाहूंश्च मन्दरगिरेः परिवर्तनेन
    निर्णिक्तबाहुवलयान् अधिलोकपालान् ।
सञ्चिन्तयेद् दशशतारमसह्यतेजः
    शङ्खं च तत्करसरोरुहराजहंसम् ॥ २७ ॥
नेपाली भावानुवादः मन्दराचलको घर्षणले झन् चम्किला भएका हातका कङ्कण, तेजिलो सुदर्शन चक्र र करकमलमा रहेको शङ्खको चिन्तन गर्नु ।।२७।।
 
कौमोदकीं भगवतो दयितां स्मरेत
    दिग्धामरातिभटशोणितकर्दमेन ।
मालां मधुव्रतवरूथगिरोपघुष्टां
    चैत्यस्य तत्त्वममलं मणिमस्य कण्ठे ॥ २८ ॥
नेपाली भावानुवादः शत्रुहरूको रगतले पोतिएको कौमोदकी गदा, वनमाला र कण्ठमा रहेको निर्मल कौस्तुभ मणिको ध्यान गर्नु ।।२८।।
 
भृत्यानुकम्पितधियेह गृहीतमूर्तेः
    सञ्चिन्तयेद् भगवतो वदनारविन्दम् ।
यद्विस्फुरन् मकरकुण्डलवल्गितेन
    विद्योतितामलकपोलमुदारनासम् ॥ २९ ॥
नेपाली भावानुवादः कृपाका लागि साकार रूप धारण गर्ने प्रभुको सुन्दर नाक र मकराकृत कुण्डलको प्रकाशले चम्किरहेका गालाहरू भएको मुखकमलको ध्यान गर्नु ।।२९।।
 
यच्छ्रीनिकेतमलिभिः परिसेव्यमानं
    भूत्या स्वया कुटिलकुन्तलवृन्दजुष्टम् ।
मीनद्वयाश्रयमधिक्षिपदब्जनेत्रं
    ध्यायेन् मनोमयमतन्द्रित उल्लसद्भ्रु ॥ ३० ॥
नेपाली भावानुवादः घुम्रिएको कपाल, सुन्दर भृकुटी र कमल जस्तै विशाल एवं चञ्चल आँखा भएको भगवान्‌को मनोहर मुखारविन्दको आलस्यरहित भई ध्यान गर्नु ।।३०।।
 
तस्यावलोकमधिकं कृपयातिघोर
    तापत्रयोपशमनाय निसृष्टमक्ष्णोः ।
स्निग्धस्मितानुगुणितं विपुलप्रसादं
    ध्यायेच्चिरं विपुलभावनया गुहायाम् ॥ ३१ ॥
नेपाली भावानुवादः भक्तका तीनै तापलाई शान्त पार्ने भगवान्‌को प्रेमपूर्ण मुस्कान र करुणाभरी हेराइको हृदयमा चिन्तन गर्नु ।।३१।।
 
हासं हरेरवनताखिललोकतीव्र
    शोकाश्रुसागरविशोषणमत्युदारम् ।
सम्मोहनाय रचितं निजमाययास्य
    भ्रूमण्डलं मुनिकृते मकरध्वजस्य ॥ ३२ ॥
नेपाली भावानुवादः भक्तको शोकलाई सुकाइदिने श्रीहरिको उदार हाँसो र कामदेवलाई समेत मोहित पार्ने उहाँको सुन्दर आँखीभौंको ध्यान गर्नु ।।३२।।
 
ध्यानायनं प्रहसितं बहुलाधरोष्ठ
    भासारुणायिततनुद्विजकुन्दपङ्क्ति ।
ध्यायेत्स्वदेहकुहरेऽवसितस्य विष्णोः
    भक्त्यार्द्रयार्पितमना न पृथग्दिदृक्षेत् ॥ ३३ ॥
नेपाली भावानुवादः ओठको रातो कान्तिले गर्दा कुन्दको कोपिला जस्तै देखिने दाँत र मधुर मुस्कानमा तन्मय भई हृदयमा भगवान्‌ बाहेक अन्य केही नदेख्ने सङ्कल्प गर्नु ।।३३।।
 
एवं हरौ भगवति प्रतिलब्धभावो
    भक्त्या द्रवद्धृदय उत्पुलकः प्रमोदात् ।
औत्कण्ठ्यबाष्पकलया मुहुरर्द्यमानः
    तच्चापि चित्तबडिशं शनकैर्वियुङ्क्ते ॥ ३४ ॥
नेपाली भावानुवादः यस्तो ध्यानले साधकको हृदय प्रेमले पग्लिन्छ, शरीर पुलकित हुन्छ र आँखाबाट प्रेमाश्रु बग्दछन्। त्यसपछि उसले वल्छीमा परेको माछो जस्तै भगवान्‌लाई आकर्षित गर्ने आफ्नो चित्तलाई बिस्तारै ध्येय वस्तुबाट पनि अलग गर्दछ (अर्थात् अद्वैत स्थितिमा पुग्दछ) ।।३४।।
 
मुक्ताश्रयं यर्हि निर्विषयं विरक्तं
    निर्वाणमृच्छति मनः सहसा यथार्चिः ।
आत्मानमत्र पुरुषोऽव्यवधानमेकम्
    अन्वीक्षते प्रतिनिवृत्तगुणप्रवाहः ॥ ३५ ॥
नेपाली भावानुवादः जसरी तेल सकिएपछि दियो निभ्छ, त्यसरी नै विषय र रागबाट मुक्त भएको मन शान्त हुन्छ। त्यस अवस्थामा योगीले देहादि उपाधिबाट रहित भई अखण्ड परमात्मालाई सर्वत्र देख्दछ ।।३५।।
 
सोऽप्येतया चरमया मनसो निवृत्त्या
    तस्मिन् महिम्न्यवसितः सुखदुःखबाह्ये ।
हेतुत्वमप्यसति कर्तरि दुःखयोर्यत्
    स्वात्मन्विधत्त उपलब्धपरात्मकाष्ठः ॥ ३६ ॥
नेपाली भावानुवादः यस निवृत्तिद्वारा योगी आफ्नो वास्तविक ब्रह्मस्वरूपमा स्थित हुन्छ र अज्ञानवश पहिले आफूमा देखेको सुख-दुःखको भोक्तृत्वलाई अहिले अहङ्कारमा मात्र देख्दछ ।।३६।।
 
देहं च तं न चरमः स्थितमुत्थितं वा
    सिद्धो विपश्यति यतोऽध्यगमत्स्वरूपम् ।
दैवादुपेतमथ दैववशादपेतं
    वासो यथा परिकृतं मदिरामदान्धः ॥ ३७ ॥
नेपाली भावानुवादः जसरी मदिराले मातेको मानिसलाई आफ्नो शरीरको लुगा रहेको वा खसेको पत्तो हुँदैन, त्यसै गरी स्वरूपमा स्थित सिद्ध पुरुषलाई आफ्नो शरीरको अवस्थाका बारेमा कुनै ज्ञान हुँदैन ।।३७।।
 
देहोऽपि दैववशगः खलु कर्म यावत्
    स्वारम्भकं प्रतिसमीक्षत एव सासुः ।
तं सप्रपञ्चमधिरूढसमाधियोगः
    स्वाप्नं पुनर्न भजते प्रतिबुद्धवस्तुः ॥ ३८ ॥
नेपाली भावानुवादः प्रारब्ध कर्म बाँकी रहुञ्जेल मात्र शरीर जीवित रहन्छ। समाधि प्राप्त सिद्ध पुरुषले यो संसार र शरीरलाई सपना झैँ ठान्दछ र यसमा पुनः '' 'मेरो' भन्दैन ।।३८।।
 
यथा पुत्राच्च वित्ताच्च पृथङ्मर्त्यः प्रतीयते ।
अप्यात्मत्वेनाभिमताद् देहादेः पुरुषस्तथा ॥ ३९ ॥
नेपाली भावानुवादः जसरी मानिस पुत्र र धनभन्दा आफूलाई अलग ठान्दछ, त्यसै गरी विवेकद्वारा यो शरीर र आत्मा पनि भिन्न हुन् भन्ने बुझिन्छ ।।३९।।
 
यथोल्मुकाद् विस्फुलिङ्गाद् धूमाद्वापि स्वसम्भवात् ।
अप्यात्मत्वेनाभिमताद् यथाग्निः पृथगुल्मुकात् ॥ ४० ॥
भूतसूक्ष्मेन्द्रियमनो बुद्ध्यादिष्विह निद्रया ।
आत्मा तथा पृथग्द्रष्टा भगवान् ब्रह्मसंज्ञितः ॥ ४१ ॥
नेपाली भावानुवादः जसरी बलिरहेको दाउराबाट धुवाँ, झिल्का र आगो अलग हुन्छन्, त्यसै गरी पञ्चभूत, इन्द्रिय, मन र बुद्धिभन्दा तिनीहरूको साक्षी आत्मा र प्रकृतिभन्दा पुरुषोत्तम परमात्मा भिन्न हुनुहुन्छ ।।४०-४१।।
 
सर्वभूतसमत्वेन निर्वैरेणाप्रसङ्गतः ।
ईक्षेतान् अन्यभावेन भूतेष्विव तदात्मताम् ॥ ४२ ॥
नेपाली भावानुवादः सम्पूर्ण जीवमा आत्मा र आत्मामा सम्पूर्ण जीवलाई अनन्य भावले व्याप्त देख्नुपर्दछ ।।४२।।
 
स्वयोनिषु यथा ज्योतिः एकं नाना प्रतीयते ।
योनीनां गुणवैषम्यात् तथात्मा प्रकृतौ स्थितः ॥ ४३ ॥
नेपाली भावानुवादः जसरी एउटै आगो विभिन्न दाउराका आकार अनुसार भिन्न-भिन्न देखिन्छ, त्यसै गरी एउटै आत्मा विभिन्न शरीरका गुण अनुसार भिन्न-भिन्न देखिन्छ ।।४३।।
 
तस्माद् इमां स्वां प्रकृतिं दैवीं सदसदात्मिकाम् ।
दुर्विभाव्यां पराभाव्य स्वरूपेणावतिष्ठते ॥ ४४ ॥
नेपाली भावानुवादः तसर्थ, भगवान्‌कै कृपाले यस अचिन्त्य शक्तिमयी मायालाई जितेर योगी आफ्नो वास्तविक ब्रह्मस्वरूपमा स्थित हुन्छ ।।४४।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे अष्टाविंशोऽध्यायः ॥ २८ ॥
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

यस अध्यायमा भगवान् कपिलले अष्टाङ्ग योग र भगवान्‌को साकार ध्यानको विधि वर्णन गर्नुभएको छ। योगको मुख्य उद्देश्य मनलाई प्रसन्न तुल्याई परमात्माको मार्गमा लगाउनु हो। साधकले स्वधर्मको पालन गर्दै अधर्मबाट टाढा रहनुपर्दछ र प्राप्त उपलब्धिमा सन्तुष्ट हुनुपर्दछ। गुरु र आत्मज्ञानीहरूको सेवा गर्नु योगको महत्त्वपूर्ण अङ्ग हो। विषय-वासना र अनावश्यक सङ्ग्रह त्यागी पवित्र र एकान्त स्थानमा बस्नुपर्दछ। अहिंसासत्यअस्तेयब्रह्मचर्य र शौच जस्ता नियमहरूको पालना अनिवार्य छ। प्राणायामद्वारा श्वास र इन्द्रियलाई जितेर मनलाई हृदयमा स्थिर गर्नुपर्दछ। भगवान्‌को दिव्य लीला र स्वरूपको चिन्तनले चित्तलाई एकाग्र बनाउँछ। ध्यानका लागि उचित आसन र सीधा शरीर राखी बस्नुपर्दछ। पूरककुम्भक र रेचकका माध्यमबाट नाडी शोधन गरी मनका मयलहरू पखाल्नुपर्दछ। जसरी आगोले सुनको अशुद्धि हटाउँछत्यसरी नै प्राणायामले शरीर र मनका दोषहरू नाश गर्छ। मन शुद्ध भएपछि नासाग्र दृष्टि राखी भगवान्‌को चतुर्भुज स्वरूपको ध्यान गर्नुपर्दछ। शङ्खचक्रगदा र पद्म धारण गरेका नारायणको श्यामवर्ण शरीर अति मनोहर छ। वनमालाकौस्तुभ मणि र पीताम्बरले सुशोभित भगवान्‌को शान्त स्वरूपको चिन्तन गर्नुपर्दछ। भक्तले भगवान्‌को चरणकमलबाट ध्यान सुरु गरी बिस्तारै प्रत्येक अङ्गमा पुग्नुपर्दछ। चरणका नङहरूको प्रकाशले हृदयको अज्ञानरूपी अन्धकारलाई नष्ट गरिदिन्छ। गङ्गाजीको उत्पत्ति भएको र शिवजीले शिरमा धारण गरेको भगवान्‌को चरणको महिमा अपरम्पार छ। घुँडातिघ्रानाभि र वक्षःस्थलको क्रमैसँग ध्यान गर्दा मन एकाग्र हुन्छ। कौस्तुभ मणि र हारले सुशोभित कण्ठ तथा अस्त्र-शस्त्रले युक्त चार हातको चिन्तन गर्नुपर्दछ। भगवान्‌को मुस्कुराइरहेको मुखकमल र सुन्दर आँखाले भक्तलाई आनन्द प्रदान गर्छन्। कृपापूर्ण हेराइ र मधुर हाँसोले संसारका तीनै तापहरू (आधिभौतिकआधिदैविकआध्यात्मिक) हरण गर्छन्। कामदेवलाई समेत मोहित पार्ने भगवान्‌को भृकुटी र ओठको सौन्दर्य अद्वितीय छ। यस्तो ध्यानले भक्तको हृदय प्रेमले पग्लिन्छ र ऊ ईश्वरीय आनन्दमा डुब्दछ। अन्त्यमा ध्याता र ध्येयको भेद हराएर मन निर्वाणको स्थितिमा पुग्दछ। जसरी दियो निभेपछि ज्योति तेजमा मिल्छत्यसरी नै मन परमात्मामा लीन हुन्छ। यो अवस्था प्राप्त भएपछि जीवले सुख-दुःखको अनुभवबाट मुक्ति पाउँछ। सिद्ध पुरुषलाई आफ्नो शरीरको त्यसरी नै होस हुँदैन जसरी मतुवालाई लुगाको हुँदैन। प्रारब्धका कारण शरीर जीवित रहे पनि ज्ञानीले यसलाई सपनाको शरीर झैँ मान्दछ। आत्मा र शरीरको भिन्नता बुझ्नु नै वास्तविक विवेक हो। अन्त्यमा मायालाई जितेर जीव आफ्नै वास्तविक स्वरूपमा स्थित हुन्छ।

दार्शनिक पक्ष

अष्टाङ्ग योगका माध्यमबाट चित्तवृत्ति निरोध गरी ईश्वर प्राप्ति गर्नु यस अध्यायको दर्शन हो। साकार ब्रह्मको ध्यान निराकारको अनुभूति गर्ने पहिलो र सशक्त खुड्किलो हो। 'सबीज योगभन्नाले कुनै आलम्बन (भगवान्‌को मूर्ति वा स्वरूप) सहितको ध्यानलाई बुझिन्छ। देह र देही (आत्मा) बीचको भेदलाई आगो र दाउराको उदाहरण दिएर स्पष्ट पारिएको छ। आत्मा साक्षी हो भने प्रकृति र यसका कार्यहरू दृश्य हुन्। 'कैवल्यवा 'निर्वाणको अवस्थामा मनको सम्पूर्ण अस्तित्व परमात्मामा विलीन हुन्छ। प्रारब्ध कर्मले शरीरको रक्षा गरे पनि आत्मा त्यसबाट अलिप्त रहन्छ। 'वासो यथा परिकृतं मदिरामदान्धःन्यायले सिद्ध पुरुषको देहातीत अवस्थालाई चित्रण गर्छ। एकै परमात्मा विभिन्न शरीरमा भिन्न-भिन्न देखिनु प्रकृतिका गुणहरूको प्रभाव मात्र हो। अचिन्त्य मायाशक्तिलाई केवल भगवद्‍‍-कृपा र आत्मज्ञानले मात्र जित्न सकिन्छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...