#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - षष्ठोऽध्यायः

श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - षष्ठोऽध्यायः


ऋषिरुवाच–
(अनुष्टुप)
इति तासां स्वशक्तीनां सतीनामसमेत्य सः ।
प्रसुप्तलोकतन्त्राणां निशाम्य गतिमीश्वरः ॥ १ ॥

मैत्रेयजीले भने—
सर्ब सक्तिमान भगवानले देख्नु भयो कि एक आपसमा संगठन नभएको कारण नै यो मेरो महतत्वादि शक्तिहरू विश्व रचना कार्यमा असमर्थ भएका छन् ।।१।।

कालसञ्ज्ञां तदा देवीं बिभ्रत् शक्तिमुरुक्रमः ।
त्रयोविंशति तत्त्वानां गणं युगपदाविशत् ॥ २ ॥

त्यसैले वहाँले काल शक्तिलाई स्वीकार गरेर एक साथ महतत्व, अहंकार, पञ्चमहाभूत, पञ्चतन्मात्रा र मन सहित एघार इन्द्रिय यी तेइसवटै तत्वमा प्रवेश गर्नुभयो । ।।२।।

सोऽनुप्रविष्टो भगवान् चेष्टारूपेण तं गणम् ।
भिन्नं संयोजयामास सुप्तं कर्म प्रबोधयन् ॥ ३ ॥

त्यसमा प्रवेश भएपछि वहाँले जीवको सुतेको अदृष्टलाई जागृत गराउनुभयो र परस्पर अलग अलग भएका ती तत्वसमुहलाई आफ्नो कृयाशक्ति द्वारा आपसमा मिलाउनु भयो ।।३।।

प्रबुद्धकर्म दैवेन त्रयोविंशतिको गणः ।
प्रेरितोऽजनयत्स्वाभिः मात्राभिः अधिपूरुषम् ॥ ४ ॥

त्यसपछि भगवान्बाट जागृत भएका तेइस तत्वका समुहले भगवान्कै इच्छाले आफ्नै अंशद्वारा विराट पुरुषको उत्पत्ति गरे ।।४।।

परेण विशता स्वस्मिन् मात्रया विश्वसृग्गणः ।
चुक्षोभान्योन्यमासाद्य यस्मिन् लोकाश्चराचराः ॥ ५ ॥ 

यस प्रकार भगवानले ती सबै अंशलाई आफुमा प्रवेश गराएपछि ती विश्व रचना गर्ने महतत्वादि समुदाय एक अर्कोमा मिलेर क्षोभ प्राप्त भयो । त्यहि तत्वको परणाम नै विराटपुरुष हो । जसमा चराचर जगत विद्यमान छ ।।५।।

हिरण्मयः स पुरुषः सहस्रपरिवत्सरान् ।
आण्डकोश उवासाप्सु सर्वसत्त्वोपबृंहितः ॥ ६ ॥

 जल भित्र जुन अण्डरूप आश्रय स्थान थियो त्यसै भित्रबाट त्यो हिरण्मय विराट पुरुष सबै जीवहरूलाई साथै लिएर दिव्य एकहजार वर्ष सम्म रहनु भयो ।।७।।

स वै विश्वसृजां गर्भो देवकर्मात्मशक्तिमान् ।
विबभाजात्मनात्मानं एकधा दशधा त्रिधा ॥ ७ ॥

त्यो विश्व रचना गर्ने तत्वको कार्यरूप गर्भ थियो तथा ज्ञान, क्रिया र आत्मशक्तिले सम्पन्न थियो । त्यसै शक्तिबाट वहाँले एक (हृदयरूप), दस (प्राणरूप) र तीन (आत्यात्मिक, आधिदैविक र आधिभौतिक) विभाग गर्नुभयो ।।७।।

एष ह्यशेषसत्त्वानां आत्मांशः परमात्मनः ।
आद्योऽवतारो यत्रासौ भूतग्रामो विभाव्यते ॥ ८ ॥

यो विराट पुरुष नै पहिलो जीव भएको कारण सबै जीवको आत्मा जीवरूप हुनाको कारण परमात्माको अंश र प्रथम अभिव्यक्ति हुनाको कारण भगवानको आदि अवतार हो । यो सम्पूर्ण भूत समुदाय नै यसैमा रहन्छ ।।८।।

साध्यात्मः साधिदैवश्च साधिभूत इति त्रिधा ।
विराट्प्राणो दशविध एकधा हृदयेन च ॥ ९ ॥

यो अध्यात्म, अधिभूत र अधिदैवरूपले तीन प्रकारको, प्राणरूपले दसप्रकारको र हृदयरूपले एक प्रकारको छ ।।९।।

स्मरन्विश्वसृजामीशो विज्ञापितं अधोक्षजः ।
विराजं अतपत्स्वेन तेजसैषां विवृत्तये ॥ १० ॥

फेरी विश्वको रचना गर्ने महतत्वादिको अधिपति भगवानले उनीहरुको प्रार्थना स्मरण गरेर उनको बृत्ति लाईजगाउनको लागि चेतनरूप तेजले यस विराटलाई प्रकाशित गराउनु भयो ।।१०।।

अथ तस्याभितप्तस्य कति चायतनानि ह ।
निरभिद्यन्त देवानां तानि मे गदतः श्रृणु ॥ ११ ॥

यसरी जागृत गराउदा देवतालाई कति प्रकारका ठाँउ प्रकट भए त्यसबारेमा म बताउदछु सुन ।।११।।

तस्याग्निरास्यं निर्भिन्नं लोकपालोऽविशत्पदम् ।
वाचा स्वांशेन वक्तव्यं ययासौ प्रतिपद्यते ॥ १२ ॥

विराट पुरुषको पहिला मुख प्रकट भयो । त्यसका लोकपाल अग्नि आफ्नो अंश वाक् शक्ति सहित प्रवेश गरे । जीव यसै वागेन्द्रियबाट शव्द निकाल्दछन ।।१२।।

निर्भिन्नं तालु वरुणो लोकपालोऽविशद्धरेः ।
जिह्वयांशेन च रसं ययासौ प्रतिपद्यते ॥ १३ ॥

त्यसपछि विराट पुरुषको तालु उत्पन्न भयो त्यसमा लोकपाल वरुण आफ्नो अंश रसेन्द्रिय सहित प्रवेश भए । जसबाट जीव रस ग्रहण गर्दछ ।।१३।।

निर्भिन्ने अश्विनौ नासे विष्णोः आविशतां पदम् ।
घ्राणेनांशेन गन्धस्य प्रतिपत्तिर्यतो भवेत् ॥ १४ ॥

त्यसपछि विराट पुरुषको नाक प्रकट भयो । त्यसमा दुई अश्विनीकुमार आफ्नो अंश घ्राणेन्द्रियका साथ प्रवेश भए । जसबाट जीवले गन्ध ग्रहण गर्दछ ।।१४।।

निर्भिन्ने अक्षिणी त्वष्टा लोकपालोऽविशद्विभोः ।
चक्षुषांशेन रूपाणां प्रतिपत्तिर्यतो भवेत् ॥ १५ ॥

यसैगरि विराट पुरुषको देहमा आँखा प्रकट भयो त्यसमा आफ्नो अंश नेतेन्द्रिय सहित लोकपाल सूर्य प्रवेश गरे जुन नेतेन्द्रियले पुरुषलाई विभिन्न किसिमको ज्ञान प्राप्त हुन्छ ।।१५।।

निर्भिन्नान्यस्य चर्माणि लोकपालोऽनिलोऽविशत् ।
प्राणेनांशेन संस्पर्शं येनासौ प्रतिपद्यते ॥ १६ ॥

फेरी त्यस विराट पुरुषको विग्रहमा त्वचा उत्पन्न भयो त्यसमा आफ्नो अंश त्वगेन्द्रिय सहित वायु प्रवेश गरे, त्यहि त्वगेन्द्रियबाट जीवलाई स्पर्शको अनुभव हुन्छ ।।१६।।

कर्णौ अस्य विनिर्भिन्नौ धिष्ण्यं स्वं विविशुर्दिशः ।
श्रोत्रेणांशेन शब्दस्य सिद्धिं येन प्रपद्यते ॥ १७ ॥

जव यसको कानका प्वाल प्रकट भयो त्यसमा आफ्नो अंश श्रवणेन्द्रिय सहित दिशाहरू प्रवेश गरे जुन श्रवणेन्द्रियले जीवलाई शव्दको ज्ञान हुन्छ ।।१७।

त्वचमस्य विनिर्भिन्नां विविशुर्धिष्ण्यमोषधीः ।
अंशेन रोमभिः कण्डूं यैरसौ प्रतिपद्यते ॥ १८ ॥   
                                                                                                 
मेढ्रं तस्य विनिर्भिन्नं स्वधिष्ण्यं क उपाविशत् ।
रेतसांशेन येनासौ आनन्दं प्रतिपद्यते ॥ १९ ॥

फेरी विराट पुरुषको शरीरमा चर्मको उत्पत्ति भयो जसमा सबै औषधीहरू प्रवेश गरे जुन रोमरूप शक्तिले गर्दा जीवलाई सुख, दुःख एवं चिलाएको, आनन्दको अनुभव गर्दछ । ।।१८।१९।।

गुदं पुंसो विनिर्भिन्नं मित्रो लोकेश आविशत् ।
पायुनांशेन येनासौ विसर्गं प्रतिपद्यते ॥ २० ॥

त्यसपछि विराट पुरुषको गुदा प्रकट भयो त्यसमा लोकपाल मित्रले आफ्नो अंश पायु–इन्द्रिय सहित प्रवेश गरे, जसबाट जीव मल त्याग गर्दछ ।।२०।।

हस्तावस्य विनिर्भिन्नौ इन्द्रः स्वर्पतिराविशत् ।
वार्तयांशेन पुरुषो यया वृत्तिं प्रपद्यते ॥ २१ ॥

त्यसपछि हात प्रकट भयो र उसमा आफ्नो ग्रहण त्यागरूप शक्ति सहित देवराज इन्द्रले प्रकट गरे, यस शक्तिबाट जीव आफ्नो जीविका प्राप्त गर्दछ ।।२१।।

पादौ अवस्य विनिर्भिन्नौ लोकेशो विष्णुराविशत् ।
गत्या स्वांशेन पुरुषो यया प्राप्यं प्रपद्यते ॥ २२ ॥

जव उसको चरण उत्पन्न भयो तव त्यसमा आफ्नो शक्ति गति सहित लोकेश्वर विष्णुले प्रवेश गरे त्यस गति शक्तिबाट जीव आफ्नो गन्तब्य स्थानमा पुग्दछ ।।२२।।

बुद्धिं चास्य विनिर्भिन्नां वागीशो धिष्ण्यमाविशत् ।
बोधेनांशेन बोद्धव्य प्रतिपत्तिर्यतो भवेत् ॥ २३ ॥

फेरी त्यसमा बुध्दि उत्पन्न भयो, त्यहा आफ्नो अंश बुध्दि शक्तिको सहित ब्रह्मा प्रवेश गर्नुभयो । यसै बुध्दिशक्तिद्वारा जीव आफ्नो ज्ञातव्य विषयलाईजान्दछ ।।२३।।

हृदयं चास्य निर्भिन्नं चन्द्रमा धिष्ण्यमाविशत् ।
मनसांशेन येनासौ विक्रियां प्रतिपद्यते ॥ २४ ॥

फेरी उसमा हृदय प्रकट भयो । उसमा आफ्नो अंश मन सहित चन्द्रमा स्थित भए । यसै मन शक्तिद्वार जीवमा शंकल्प विकल्पादि विकार प्राप्त हुन्छ ।।२४।।

आत्मानं चास्य निर्भिन्नं अभिमानोऽविशत्पदम् ।
कर्मणांशेन येनासौ कर्तव्यं प्रतिपद्यते ॥ २५ ॥

त्यसपछि विराट पुरुषमा अहंकार उत्पन्न भयो, यसमा कृयाशक्ति सहित अभिमान रुद्रले प्रव्श गरे जसबाट जीव आफ्नो कर्तब्यलाई जान्दछ ।।२५।।

सत्त्वं चास्य विनिर्भिन्नं महान् धिष्ण्यमुपाविशत् ।
चित्तेनांशेन येनासौ विज्ञानं प्रतिपद्यते ॥ २६ ॥

त्यसपछि यसमा चित्त प्रकट भयो । त्यसमा चित्तशक्ति सहित महतत्व (ब्रह्मा) स्थित भए । यसै चित्तशक्तीद्वारा जीवलाईविज्ञान (चेतना) उत्पन्न हुन्छ ।।२६।।

शीर्ष्णोऽस्य द्यौर्धरा पद्भ्यां खं नाभेरुदपद्यत ।
गुणानां वृत्तयो येषु प्रतीयन्ते सुरादयः ॥ २७ ॥

त्यस विराट पुरुषको शिर बाट स्वर्गलोक, पाउवाट पृथ्वी र नाभिबाट अन्तरिक्ष (आकाश) उत्पन्न भयो, यसैमा क्रमशः सत, रज, तम यी तीन गुणको परिणाम स्वरूप देवता, मनुष्य र प्रेतादि देखिन्छन ।।२७।।

आत्यन्तिकेन सत्त्वेन दिवं देवाः प्रपेदिरे ।
धरां रजःस्वभावेन पणयो ये च ताननु ॥ २८ ॥

तार्तीयेन स्वभावेन भगवन् नाभिमाश्रिताः ।
उभयोरन्तरं व्योम ये रुद्रपार्षदां गणाः ॥ २९ ॥

यसमा देवताहरू सत्वगुणको बृध्दिभएका कारण स्वर्गलोकमा, मानिस र उनको उपयोगी गाई आदि जीवहरू राजोगुणको प्रधानताले पृथ्वीमा र तमोगुणी स्वभाव भएका रुद्रका पार्षद गण (भूत प्रेतादि दुवैको विच भगवानको नाभिस्थानरूप अन्तरिक्षमा रहन्छन ।।२८।२९।।

मुखतोऽवर्तत ब्रह्म पुरुषस्य कुरूद्वह ।
यस्तून्मुखत्वाद् वर्णानां मुख्योऽभूद् ब्राह्मणो गुरुः ॥ ३० ॥

जिदुरजी ! वेद ब्राह्मण भगवानको मुखबाट प्रकट भए, मुखबाट प्रकट भएका कारण नै ब्राह्मण सबै वर्गमा श्रेष्ठ तथा सबैको गुरु भए ।।३०।।

बाहुभ्योऽवर्तत क्षत्रं क्षत्रियस्तदनुव्रतः ।
यो जातस्त्रायते वर्णान् पौरुषः कण्टकक्षतात् ॥ ३१ ॥

उनको हातबाट क्षेत्रियबृत्ति र उसलाई अवलम्बन गर्ने क्षेत्रिय वर्ण उत्पन्न भए । जुन विराट पुरुषका अंश भएका कारण जन्मिएर सब वर्णलाईचोर आदि उपद्रवबाट रक्षा गर्दछन् ।।३१।।

विशोऽवर्तन्त तस्योर्वोः लोकवृत्तिकरीर्विभोः ।
वैश्यस्तदुद्भवो वार्तां नृणां यः समवर्तयत् ॥ ३२ ॥

भगवान्का् दुवै जाँघबाट सबैजनाको निर्वाह गर्ने वैश्यबृत्ति उत्पन्न भयो त्यसैबाट वैश्यवर्णको उत्पत्ति भयो । यो वर्ण आफ्नो बृत्तिबाट सबै जीवहरूको जीविका चलाउदछ ।।३२ ।।

पद्भ्यां भगवतो जज्ञे शुश्रूषा धर्मसिद्धये ।
तस्यां जातः पुरा शूद्रो यद्वृत्त्या तुष्यते हरिः ॥ ३३ ॥

फेरी धर्मको सिध्दिको लागि भगवान्का चरणबाट सेवा बृत्ति प्रकट भयो । जसवाट सेवा गर्ने सुद्र प्रकट भए । जस्को बृत्तिबाटै श्रीहरि प्रशन्न हुनुहुन्छ ।।३३।।

एते वर्णाः स्वधर्मेण यजन्ति स्वगुरुं हरिम् ।
श्रद्धया आत्मविशुद्ध्यर्थं यज्जाताः सह वृत्तिभिः ॥ ३४ ॥

यी चार वर्ण आआफ्नो बृत्तिका सहित जसबाट उत्पन्न भए, ती आफ्ना गुरु श्रीहरिको आआफ्नो धर्मले चित्त सुध्दिका लागि श्रध्दा पूर्वक पूजा गर्दछन ।।३४।।

एतत् क्षत्तर्भगवतो दैवकर्मात्मरूपिणः ।
कः श्रद्दध्यादुपाकर्तुं योगमायाबलोदयम् ॥ ३५ ॥

विदुरजी! विराट पुरुष काल, कर्म र स्वभावशक्तिले युक्त भगवानको योगमायाको प्रभावलाई प्रकट गराउदछन् । जस्को स्वरूपको पुरा पुर वर्णन गर्न त कसको साहस पुग्दछ र ।।३५।।

तथापि कीर्तयाम्यङ्ग यथामति यथाश्रुतम् ।
कीर्तिं हरेः स्वां सत्कर्तुं गिरमन्याभिधासतीम् ॥ ३६ ॥

तैपनि प्यारा विदुरजी! अन्य व्यवहारीक कुराले अपवित्र भएकोे वाणीलाई पवित्र गर्नाका लागि जस्तो बुध्दि छ, जसरी मैले गुरुको मुखबाट सुनेको छु त्यसरी नै श्रीहरिको सुयसको वर्णन गर्दछु ।।३६।।

(इंद्रवज्रा)
एकान्तलाभं वचसो नु पुंसां
     सुश्लोकमौलेर्गुणवादमाहुः ।
श्रुतेश्च विद्वद्भिरुपाकृतायां
     कथासुधायां उपसम्प्रयोगम् ॥ ३७ ॥

महापुरुषको यो मत छ कि पुण्यश्लोक शिरोमणि श्रीहरिको गुणको गान गर्नाका लागि नै मानिसको वाणि तथा विद्वानको मुखबाट भगवानको कथामृत पान गर्नु नै उसको कानका लागि सबभन्दा बढि लाभ हुन्छ ।।३७।।

(अनुष्टुप)
आत्मनोऽवसितो वत्स महिमा कविनाऽऽदिना ।
संवत्सरसहस्रान्ते धिया योगविपक्वया ॥ ३८ ॥

वत्स हामी त के आदि कवि ब्रह्माजीले एकहजार दिव्य वर्ष सम्म आफ्नो योग परिपक्व बुध्दिले बिचार गर्नु हुँदा पनि वहाँको महिमाको पार पाउन सक्नुभएन ।।३८।।

अतो भगवतो माया मायिनामपि मोहिनी । 
यत्स्वयं चात्मवर्त्मात्मा न वेद किमुतापरे ॥ ३९ ॥

त्यसैले भगवानको मायाले ठुला ठुला मायाविहरूलाई पनि मोहित गराउदछ । उसको चक्करमा पर्ने चाल अनन्त छ । त्यसैले स्वयं भगवान् लाई पनि यसबारेमा थाहा नहुन सक्छ भने अरुको त के कुरा नै भयो र ।।३९।।

यतोऽप्राप्य न्यवर्तन्त वाचश्च मनसा सह ।
अहं चान्य इमे देवाः तस्मै भगवते नमः ॥ ४० ॥

जहाँ पुग्न नसकेर मन सहित बोली पनि फर्केर आउछ तथा जस्को पार पाउनमा अभिमानि रुद्र तथा अन्य इन्द्रियाधिष्ठातृ देवता पनि असमर्थ छन, वहाँ भगवान् लाई म नमस्कार गर्दछु ।।४०।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायांतृतीयस्कन्धे षष्ठोऽध्यायः ॥ ६ ॥