/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

तृतीय स्कंधः - सप्तमोऽध्यायः

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः– सप्तमोऽध्यायः


 
 
श्रीशुक उवाच
एवं ब्रुवाणं मैत्रेयं द्वैपायनसुतो बुधः ।
प्रीणयन्निव भारत्या विदुरः प्रत्यभाषत ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजीले भन्नुभयोमैत्रेयजीको यस्तो भाषण सुनेर व्यासपुत्र परम बुद्धिमान् विदुरजीले उहाँलाई प्रसन्न पार्ने गरी आफ्नो मधुर वाणीद्वारा भन्नुभयो ।।१।।
 
विदुर उवाच -
ब्रह्मन् कथं भगवतः चिन्मात्रस्याविकारिणः ।
लीलया चापि युज्येरन् निर्गुणस्य गुणाः क्रियाः ॥ २ ॥
नेपाली भावानुवादः विदुरजीले सोध्नुभयोहे ब्रह्मन्! भगवान् त शुद्ध बोधस्वरूप, निर्विकार र निर्गुण हुनुहुन्छ। त्यस्ता प्रभुमा लीलाका लागि भए पनि प्राकृत गुण र क्रियाहरूको सम्बन्ध कसरी हुन सक्छ? ।।२।।
 
क्रीडायां उद्यमोऽर्भस्य कामश्चिक्रीडिषान्यतः ।
स्वतस्तृप्तस्य च कथं निवृत्तस्य सदान्यतः ॥ ३ ॥
नेपाली भावानुवादः बालकमा त खेल्ने इच्छा र अन्य साथीहरूसँग क्रीडा गर्ने कामना हुन्छ, त्यसैले ऊ खेलमा प्रयत्न गर्दछ; तर भगवान् त स्वतः नित्यतृप्त, पूर्णकाम र सर्वदा असङ्ग हुनुहुन्छ, उहाँमा क्रीडाका लागि संकल्प कसरी सम्भव होला? ।।३।।
 
अस्राक्षीत् भगवान् विश्वं गुणमय्याऽऽत्ममायया ।
तया संस्थापयत्येतद् भूयः प्रत्यपिधास्यति ॥ ४ ॥
नेपाली भावानुवादः भगवान्‌ले आफ्नो गुणमयी मायाद्वारा यस जगत्‌को रचना गर्नुभएको छ। उहाँले नै यसको पालन गर्नुहुन्छ र फेरि संहार पनि उहाँले नै गर्नुहुन्छ ।।४।।
 
देशतः कालतो योऽसौ अवस्थातः स्वतोऽन्यतः ।
अविलुप्तावबोधात्मा स युज्येताजया कथम् ॥ ५ ॥
नेपाली भावानुवादः जसको ज्ञान देश, काल, अवस्था वा अन्य कुनै पनि निमित्तले कहिल्यै लोप हुँदैन, त्यस्ता ज्ञानस्वरूप परमात्मामा अविद्या (माया) को संयोग कसरी हुन सक्छ? ।।५।।
भगवानेक एवैष सर्वक्षेत्रेष्ववस्थितः ।
अमुष्य दुर्भगत्वं वा क्लेशो वा कर्मभिः कुतः ॥ ६ ॥
नेपाली भावानुवादः एकमात्र ती भगवान् नै सबै जीवहरूको हृदय (क्षेत्र) मा व्यवस्थित रूपमा रहनुभएको छ भने, उहाँमा दुर्भाग्य वा कर्मद्वारा हुने क्लेशको प्राप्ति कसरी हुन सक्छ? ।।६।।
 
एतस्मिन्मे मनो विद्वन् खिद्यतेऽज्ञानसङ्कटे ।
तन्नः पराणुद विभो कश्मलं मानसं महत् ॥ ७ ॥ नेपाली भावानुवादः हे विद्वान्! यस अज्ञानरूप सङ्कटमा परेर मेरो मन अत्यन्त खिन्न भइरहेको छ। हे विभो! हजुरले मेरो मनको यो ठूलो खिन्नतालाई नाश गरिदिनुहोस् ।।७।।
 
श्रीशुक उवाच
स इत्थं चोदितः क्षत्त्रा तत्त्वजिज्ञासुना मुनिः ।
प्रत्याह भगवच्चित्तः स्मयन्निव गतस्मयः ॥ ८ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजीले भन्नुभयोतत्त्व जिज्ञासु विदुरजीको यस्तो जिज्ञासा सुनेर अहङ्काररहित मुनि मैत्रेयले भगवान्‌लाई स्मरण गर्दै मुस्कुराएर भन्नुभयो ।।८।।
 
मैत्रेय उवाच
सेयं भगवतो माया यन्नयेन विरुध्यते ।
ईश्वरस्य विमुक्तस्य कार्पण्यमुत बन्धनम् ॥ ९ ॥
नेपाली भावानुवादः मैत्रेयजीले भन्नुभयोवास्तवमा यो नै भगवान्‌को माया हो, जो तर्क वा युक्ति विरुद्ध छ; किनकि सर्वथा मुक्त र ईश्वरस्वरूप आत्मामा पनि दीनता वा बन्धन देखिनु मायाकै खेल हो ।।९।।
 
यदर्थेन विनामुष्य पुंस आत्मविपर्ययः ।
प्रतीयत उपद्रष्टुः स्वशिरश्छेदनादिकः ॥ १० ॥
 नेपाली भावानुवादः जसरी स्वप्न देख्ने व्यक्तिले वास्तवमा आफ्नो शिर काटिएको नभए पनि अज्ञानका कारण आफू काटिएको जस्तो देख्दछ, त्यसैगरी आत्मामा बन्धन आदि नभए पनि अज्ञानका कारण त्यो सत्य जस्तै प्रतीत हुन्छ ।।१०।।
 
यथा जले चन्द्रमसः कम्पादिस्तत्कृतो गुणः ।
दृश्यतेऽसन्नपि द्रष्टुः आत्मनोऽनात्मनो गुणः ॥ ११ ॥
नेपाली भावानुवादः जसरी जलमा हुने हलचलका कारण त्यहाँ देखिने चन्द्रमाको प्रतिविम्ब हल्लिएको देखिन्छ, तर वास्तवमा आकाशको चन्द्रमा हल्लिएको हुँदैन; त्यसैगरी देहाभिमानी जीवमा पनि देहका मिथ्या सुख-दुःख आदि नहुँदा पनि भए जस्तो लाग्दछ ।।११।।
 
स वै निवृत्तिधर्मेण वासुदेवानुकम्पया ।
भगवद्भक्तियोगेन तिरोधत्ते शनैरिह ॥ १२ ॥
नेपाली भावानुवादः यो भ्रम निष्काम भावले धर्मको आचरण गर्दा र भगवान्‌को कृपाले प्राप्त हुने भक्तियोगद्वारा बिस्तारै-बिस्तारै हटेर जान्छ ।।१२।।
 
यदेन्द्रियोपरामोऽथ द्रष्ट्रात्मनि परे हरौ ।
विलीयन्ते तदा क्लेशाः संसुप्तस्येव कृत्स्नशः ॥ १३ ॥
नेपाली भावानुवादः जब सबै इन्द्रियहरू विषयबाट हटेर साक्षी परमात्मा श्रीहरिमा निश्चल भावले स्थित हुन्छन्, तब गहिरो निद्रामा सुतेको मानिसको झैँ राग-द्वेषादि सबै क्लेशहरू पूर्ण रूपमा नाश भएर जान्छन् ।।१३।।
 
अशेषसङ्क्लेशशमं विधत्ते
    गुणानुवादश्रवणं मुरारेः ।
किं वा पुनस्तच्चरणारविन्द
    परागसेवारतिरात्मलब्धा ॥ १४ ॥
नेपाली भावानुवादः श्रीहरिको गुणानुवाद श्रवण गर्नाले नै सबै दुःखहरू शान्त हुन्छन् भने उहाँको चरणकमलको धूलिको सेवामा प्रेम जाग्यो भने त झन् के कुरा भयो र! ।।१४।।
 
विदुर उवाच -
सञ्छिन्नः संशयो मह्यं तव सूक्तासिना विभो ।
उभयत्रापि भगवन् मनो मे सम्प्रधावति ॥ १५ ॥
नेपाली भावानुवादः विदुरजीले भन्नुभयोहे विभो! हजुरको भक्तियुक्त सुवचनरूपी तरबारले मेरो सन्देह छिन्नभिन्न भयो। अब मेरो चित्तले भगवान्‌को स्वतन्त्रता र जीवको परतन्त्रतायी दुवै विषयलाई राम्ररी बुझ्न थालेको छ ।।१५।।
 
साध्वेतद् व्याहृतं विद्वन् आत्ममायायनं हरेः ।
आभात्यपार्थं निर्मूलं विश्वमूलं न यद्बहिः ॥ १६ ॥
नेपाली भावानुवादः हे विद्वान्! हजुरले यो कुरा ठिकै भन्नुभयो कि जीवमा देखिने क्लेश आदि केवल भगवान्‌को मायाकै प्रभाव हो। यो क्लेश मिथ्या र निर्मूल छ, किनकि यसको मूल कारण मायाबाहेक अरू केही छैन ।।१६।।
 
यश्च मूढतमो लोके यश्च बुद्धेः परं गतः ।
तावुभौ सुखमेधेते क्लिश्यत्यन्तरितो जनः ॥ १७ ॥
नेपाली भावानुवादः यस संसारमा जो अत्यन्त मूढ (अज्ञानी) छ वा जसले बुद्धिको पार पुगेर भगवान्‌लाई प्राप्त गरिसकेको छ, ती दुवै सुखी छन्; तर बीचको श्रेणीका संशयमा परेका व्यक्तिहरू भने दुःख भोगिरहन्छन् ।।१७।।
 
अर्थाभावं विनिश्चित्य प्रतीतस्यापि नात्मनः ।
तां चापि युष्मच्चरण सेवयाहं पराणुदे ॥ १८ ॥
नेपाली भावानुवादः हे भगवन्! हजुरको कृपाले मलाई यो निश्चय भयो कि यो अनात्म पदार्थ (प्रपञ्च) वास्तवमा छँदैछैन, केवल प्रतीत मात्र भइरहेको हो। अब म हजुरको चरण सेवाको प्रभावले त्यो भ्रमलाई पनि हटाइदिनेछु ।।१८।।
 
यत्सेवया भगवतः कूटस्थस्य मधुद्विषः ।
रतिरासो भवेत्तीव्रः पादयोर्व्यसनार्दनः ॥ १९ ॥
नेपाली भावानुवादः जसको सेवाले नित्य परमात्मा मधुसूदनको चरणकमलमा उत्कट प्रेम र आनन्दको वृद्धि हुन्छ र जसले जन्म-मरणको भयलाई नाश गरिदिन्छ ।।१९।।
 
दुरापा ह्यल्पतपसः सेवा वैकुण्ठवर्त्मसु ।
यत्रोपगीयते नित्यं देवदेवो जनार्दनः ॥ २० ॥
नेपाली भावानुवादः थोरै पुण्य भएका व्यक्तिहरूका लागि महात्माहरूको सेवा पाउन कठिन छ, जो साक्षात् वैकुण्ठ जाने मार्ग हुन् र जहाँ सधैँ देवाधिदेव जनार्दनको गुणगान भइरहन्छ ।।२०।।
 
सृष्ट्वाग्रे महदादीनि सविकाराणि अनुक्रमात् ।
तेभ्यो विराजं उद्धृत्य तमनु प्राविशद्विभुः ॥ २१ ॥
नेपाली भावानुवादः हे मैत्रेयजी! हजुरले भन्नुभयो कि सृष्टिको आरम्भमा भगवान्‌ले क्रमशः महदादि तत्त्व र तिनका विकारहरूको रचना गरेर, फेरि तिनैका अंशबाट विराट् पुरुषको उत्पत्ति गरी आफैँ त्यसमा प्रवेश गर्नुभयो ।।२१।।
 
यमाहुराद्यं पुरुषं सहस्राङ्घ्र्यूरुबाहुकम् ।
यत्र विश्व इमे लोकाः सविकाशं समासते ॥ २२ ॥
नेपाली भावानुवादः ती विराट् पुरुषका हजारौँ खुट्टा, तिघ्रा र हातहरू छन् भनी वेदहरूले आदिपुरुष मान्दछन्, जसमा यी सबै लोकहरू विस्तृत रूपमा रहेका छन् ।।२२।।
 
यस्मिन् दशविधः प्राणः सेन्द्रियार्थेन्द्रियः त्रिवृत् ।
त्वयेरितो यतो वर्णाः तद्विभूतीर्वदस्व नः ॥ २३ ॥
नेपाली भावानुवादः जसमा दस प्रकारका प्राण, इन्द्रिय, विषय र इन्द्रियाभिमानी देवताहरू छन् तथा जसबाट ब्राह्मणादि वर्णहरू उत्पन्न भए, अब मलाई ती प्रभुका विभूतिहरूको वर्णन सुनाउनुहोस् ।।२३।।
 
यत्र पुत्रैश्च पौत्रैश्च नप्तृभिः सह गोत्रजैः ।
प्रजा विचित्राकृतय आसन्याभिरिदं ततम् ॥ २४ ॥
नेपाली भावानुवादः जहाँ पुत्र, पौत्र, नाति र कुलका सदस्यहरूसहित विभिन्न प्रकारका प्रजाहरू उत्पन्न भए र यसैबाट यो सारा ब्रह्माण्ड भरियो ।।२४।।
 
प्रजापतीनां स पतिः चकॢपे कान् प्रजापतीन् ।
सर्गांश्चैवानुसर्गांश्च मनून् मन्वन्तराधिपान् ॥ २५ ॥
नेपाली भावानुवादः ती विराट् पुरुष आदिप्रजापतिहरूका पनि स्वामी हुन्। उहाँले कुन-कुन प्रजापतिलाई उत्पन्न गर्नुभयो? र सर्ग, अनुसर्ग तथा मन्वन्तरका अधिपति मनुहरूको रचना कसरी गर्नुभयो? ।।२५।।
 
एतेषामपि वंशांश्च वंशानुचरितानि च ।
उपर्यधश्च ये लोका भूमेर्मित्रात्मजासते ॥ २६ ॥
नेपाली भावानुवादः हे मैत्रेयजी! ती मनुहरूका वंश र राजाहरूको चरित्र तथा पृथ्वीको माथि र तल रहेका लोकहरूका बारेमा पनि बताउनुहोस् ।।२६।।
 
तेषां संस्थां प्रमाणं च भूर्लोकस्य च वर्णय ।
तिर्यङ्मानुषदेवानां सरीसृप पतत्त्रिणाम् ।
वद नः सर्गसंव्यूहं गार्भस्वेदद्विजोद्भिदाम्  ॥ २७ ॥
नेपाली भावानुवादः भूर्लोकको स्थिति र प्रमाणका बारेमा वर्णन गर्नुका साथै तिर्यक् (पशु), मनुष्य, देवता, सरीसृप र पक्षी तथा जरायुज, स्वेदज, अण्डज र उद्भिजयी चार प्रकारका प्राणीहरूको उत्पत्ति कसरी भयो, त्यो पनि बताउनुहोस् ।।२७।।
 
गुणावतारैर्विश्वस्य सर्गस्थित्यप्ययाश्रयम् ।
सृजतः श्रीनिवासस्य व्याचक्ष्वोदारविक्रमम् ॥ २८ ॥
नेपाली भावानुवादः श्रीहरिले सृष्टिको समयमा जगत्‌को उत्पत्ति, स्थिति र संहारका लागि आफ्ना गुणावतार ब्रह्मा, विष्णु र महेशका रूपमा जुन अलौकिक लीलाहरू गर्नुभयो, त्यसको वर्णन गर्नुहोस् ।।२८।।
 
वर्णाश्रमविभागांश्च रूपशीलस्वभावतः ।
ऋषीणां जन्मकर्माणि वेदस्य च विकर्षणम् ॥ २९ ॥
नेपाली भावानुवादः रूप, आचरण र स्वभाव अनुसार वर्णाश्रमको विभाग, ऋषिहरूको जन्म तथा कर्म र वेदहरूको विभाजनका बारेमा पनि भन्नुहोस् ।।२९।।
 
यज्ञस्य च वितानानि योगस्य च पथः प्रभो ।
नैष्कर्म्यस्य च साङ्ख्यस्य तंत्रं वा भगवत्स्मृतम् ॥ ३० ॥
 नेपाली भावानुवादः यज्ञहरूको विस्तार, योगमार्ग, साङ्ख्य दर्शन र भगवान्‌ले भन्नुभएको पञ्चरात्रादि तन्त्रशास्त्रका बारेमा पनि भन्नुहोस् ।।३०।।
 
पाषण्डपथवैषम्यं प्रतिलोमनिवेशनम् ।
जीवस्य गतयो याश्च यावतीर्गुणकर्मजाः ॥ ३१ ॥
नेपाली भावानुवादः पाखण्ड मार्गबाट उत्पन्न हुने विषमता, वर्णसङ्कर सन्तानहरूको उत्पत्ति तथा गुण र कर्म अनुसार जीवले पाउने विभिन्न गतिहरूका बारेमा बताउनुहोस् ।।३१।।
 
धर्मार्थकाममोक्षाणां निमित्तान्यविरोधतः ।
वार्ताया दण्डनीतेश्च श्रुतस्य च विधिं पृथक् ॥ ३२ ॥
 नेपाली भावानुवादः हे ब्रह्मन्! धर्म, अर्थ, काम र मोक्ष प्राप्तिका लागि गरिने अविरोधी साधन, जीविका (वाणिज्य), दण्डनीति र शास्त्र श्रवणको विधिका बारेमा छुट्टाछुट्टै भन्नुहोस् ।।३२।।
 
श्राद्धस्य च विधिं ब्रह्मन् पितॄणां सर्गमेव च ।
ग्रहनक्षत्रताराणां कालावयवसंस्थितिम् ॥ ३३ ॥
नेपाली भावानुवादः श्राद्धको विधि, पितृहरूको सृष्टि तथा कालचक्रका अङ्गहरू ग्रह, नक्षत्र र ताराहरूको स्थितिका बारेमा पनि बताउनुहोस् ।।३३।।
 
दानस्य तपसो वापि यच्चेष्टापूर्तयोः फलम् ।
प्रवासस्थस्य यो धर्मो यश्च पुंस उतापदि ॥ ३४ ॥
नेपाली भावानुवादः दान र तपस्याको फल, इष्ट र पूर्त कर्महरूको परिणाम, प्रवासमा बस्नेको धर्म र आपत्तिमा परेका मानिसको धर्म के हो? ।।३४।।
 
येन वा भगवान् तुस्तुष्येद् धर्मयोनिर्जनार्दनः ।
सम्प्रसीदति वा yeषां एतत् आख्याहि मेऽनघ ॥ ३५ ॥
नेपाली भावानुवादः हे निष्पाप मैत्रेयजी! धर्मका मूल कारण भगवान् जनार्दन कुन आचरणले सन्तुष्ट हुनुहुन्छ र कसमाथि अनुग्रह राख्नुहुन्छ? यो पनि बताउनुहोस् ।।३५।।
 
अनुव्रतानां शिष्याणां पुत्राणां च द्विजोत्तम ।
अनापृष्टमपि ब्रूयुः गुरवो दीनवत्सलाः ॥ ३६ ॥
नेपाली भावानुवादः हे द्विजवर! दीनवत्सल गुरुहरूले आफ्ना अनुगत शिष्य र पुत्रहरूले नसोधे पनि उनीहरूको हितका लागि कल्याणकारी कुरा बताउनुहुन्छ ।।३६।।
 
तत्त्वानां भगवन् तेषां कतिधा प्रतिसङ्क्रमः ।
तत्रेमं क उपासीरन् क उ स्विदनुशेरते ॥ ३७ ॥
नेपाली भावानुवादः हे भगवन्! महदादि तत्त्वहरूको प्रलय कति प्रकारका हुन्छन्? र जब भगवान् योगनिद्रामा शयन गर्नुहुन्छ, तब कुन-कुन तत्त्वले उहाँको सेवा गर्दछन् र को-को उहाँमा लीन हुन्छन्? ।।३७।।
 
पुरुषस्य च संस्थानं स्वरूपं वा परस्य च ।
ज्ञानं च नैगमं यत्तद् गुरुशिष्यप्रयोजनम् ॥ ३८ ॥
नेपाली भावानुवादः जीवको स्वरूप, परमात्माको स्वरूप, उपनिषद् प्रतिपादित ज्ञान तथा गुरु र शिष्यको पारस्परिक प्रयोजन के हो? ।।३८।।
 
निमित्तानि च तस्येह प्रोक्तान्यनघसूरिभिः ।
स्वतो ज्ञानं कुतः पुंसां भक्तिर्वैराग्यमेव वा ॥ ३९ ॥
नेपाली भावानुवादः विद्वान्‌हरूले त्यो ज्ञान प्राप्त गर्ने के-के उपाय बताएका छन्? किनकि मनुष्यमा ज्ञान, भक्ति र वैराग्य स्वतः प्राप्त हुन सक्दैन ।।३९।।
एतान्मे पृच्छतः प्रश्नान् हरेः कर्मविवित्सया ।
ब्रूहि मेऽज्ञस्य मित्रत्वात् अजया नष्टचक्षुषः ॥ ४० ॥
 नेपाली भावानुवादः मायाका कारण मेरो दृष्टि नष्ट भएको छ र म अज्ञानी छु। हजुर मेरो हितैषी हुनुहुन्छ, त्यसैले श्रीहरिको लीला जान्ने इच्छाले मैले गरेका यी प्रश्नहरूको उत्तर दिनुहोस् ।।४०।।
 
सर्वे वेदाश्च यज्ञाश्च तपो दानानि चानघ ।
जीवाभयप्रदानस्य न कुर्वीरन् कलामपि ॥ ४१ ॥
नेपाली भावानुवादः हे निष्पाप! भागवत उपदेशद्वारा जीवलाई जन्म-मृत्युको भयबाट मुक्त गराई अभय दान दिँदा जुन पुण्य मिल्छ, त्यो समस्त वेदको अध्ययन, यज्ञ, तपस्या र दानबाट हुने पुण्यको सोह्रौँ भाग (एक कला) बराबर पनि हुन सक्दैन ।।४१।।
 
श्रीशुक उवाच
स इत्थं आपृष्टपुराणकल्पः कुरुप्रधानेन मुनिप्रधानः ।
प्रवृद्धहर्षो भगवत्कथायां सञ्चोदितस्तं प्रहसन्निवाह ॥ ४२ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजीले भन्नुभयोहे राजन्! जब कुरुश्रेष्ठ विदुरजीले मुनिवर मैत्रेयजीसँग यस प्रकार पुराणका विषयहरूका बारेमा प्रश्न गर्नुभयो, तब भगवच्चर्चाका लागि प्रेरित भएका मैत्रेयजीले अत्यन्त हर्षित भएर मुस्कुराउँदै भन्न थाल्नुभयो ।।४२।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
तृतीयस्कन्धे सप्तमोऽध्यायः ।।७।।
🌸 •••••••••• 🌸

🌸 यस अध्यायको सार तथा दर्शन 🌸

अध्याय सारांश

यस अध्यायमा विदुरजीले मैत्रेय मुनिसँग भगवान् र जीवको सम्बन्ध तथा सृष्टिका विविध रहस्यहरूका बारेमा गम्भीर प्रश्नहरू सोध्नुभएको छ। विदुरजीको मुख्य जिज्ञासा यो छ कि निर्गुण र निर्विकार परमात्मामा कसरी सृष्टि गर्ने इच्छा र लीलाको सम्बन्ध हुन सक्छ। उहाँ सोध्नुहुन्छ कि जो स्वतः नित्यतृप्त हुनुहुन्छउहाँलाई खेल (क्रीडा) को के प्रयोजनमैत्रेयजीले यसको उत्तर दिँदै भन्नुहुन्छ कि यो सबै भगवान्‌को अनिवर्चनीय मायाको खेल हो। जसरी सपनामा मानिसले आफ्नो शिर काटिएको देखेर दुःख पाउँछतर वास्तवमा केही भएको हुँदैनत्यसैगरी आत्मामा बन्धन नभए पनि मायाले गर्दा दुःखको आभास हुन्छ। जलमा चन्द्रमाको प्रतिविम्ब हल्लिए झैँ देहको धर्म आत्मामा आरोपित हुन्छ। तरनिष्काम भक्तियोग र भगवान्‌को अनुग्रहले यो अज्ञान बिस्तारै हटेर जान्छ। विदुरजीले यो सुनेपछि आफ्नो संशय निवारण भएको बताउनुहुन्छ र थप जिज्ञासाहरू राख्नुहुन्छ। उहाँ विराट् पुरुषको उत्पत्तिउहाँका अङ्गहरूबाट लोक र वर्णहरूको सृष्टिका बारेमा जान्न चाहनुहुन्छ। विदुरजीले मनुमन्वन्तर र उनीहरूका वंशहरूको चरित्रका बारेमा पनि सोध्नुहुन्छ। पृथ्वीको माथि र तल रहेका लोकहरूको स्थिति र प्रमाणका बारेमा उहाँको चासो छ। पशुपक्षीमनुष्य र देवताहरूको सर्ग (सृष्टि) कसरी भयो भन्ने उहाँ जान्न चाहनुहुन्छ। सृष्टिका चार प्रकारजरायुजस्वेदजअण्डज र उद्भिजका बारेमा उहाँ सोध्नुहुन्छ। भगवान्‌का गुणावतारहरूब्रह्माविष्णु र महेशका लीलाहरूको वर्णन गर्न उहाँ आग्रह गर्नुहुन्छ। वर्णाश्रम धर्मऋषिहरूको जन्म र वेदहरूको विभाजनका बारेमा पनि उहाँले सोध्नुभएको छ। यज्ञयोगसाङ्ख्य र तन्त्रशास्त्रका रहस्यहरू बुझ्न विदुरजी इच्छुक हुनुहुन्छ। पाखण्ड मार्ग र वर्णसङ्कर सन्तानहरूको उत्पत्तिका कारणहरू जान्न उहाँ चाहनुहुन्छ। धर्मअर्थकाम र मोक्ष प्राप्तिका अविरोधी मार्गहरूको बारेमा उहाँले सोध्नुभएको छ। श्राद्ध विधिपितृहरूको सृष्टि र ज्योतिषीय पिण्डहरूको स्थितिका बारेमा पनि उहाँको जिज्ञासा छ। दानतप र इष्ट-पूर्त कर्महरूको फल के हुन्छ भन्ने उहाँ सोध्नुहुन्छ। आपत्कालीन धर्म र प्रवासमा बस्नेको धर्मका बारेमा पनि उहाँले प्रश्न गर्नुभएको छ। भगवान् जनार्दन कुन आचरणले प्रसन्न हुनुहुन्छ भन्ने कुरा उहाँका लागि महत्त्वपूर्ण छ। प्रलयका प्रकारहरू र भगवान् योगनिद्रामा हुँदाको स्थितिका बारेमा उहाँ जान्न चाहनुहुन्छ। जीव र ईश्वरको स्वरूप तथा गुरु-शिष्यको सम्बन्धका बारेमा उहाँले गम्भीर प्रश्न राख्नुभएको छ। अन्त्यमाविदुरजी भन्नुहुन्छ कि अज्ञानीलाई अभय दान दिनु नै सबैभन्दा ठूलो पुण्य हो। मैत्रेयजी विदुरका यी प्रश्नहरू सुनेर अत्यन्त हर्षित हुनुहुन्छ र कथा अगाडि बढाउनुहुन्छ।

दार्शनिक पक्ष

यस अध्यायको मुख्य दर्शन 'मायाको अनिर्वचनीयतामा आधारित छजसले निर्गुण ब्रह्मलाई सगुण जस्तो देखाउँछ। आत्मा स्वतः मुक्त भए पनि अज्ञानका कारण आफूलाई देहसँग जोडेर सुखी-दुःखी मान्दछ भन्ने कुरा प्रतिविम्बवादद्वारा स्पष्ट पारिएको छ। 'अज्ञानलाई स्वप्न र जलको चन्द्रमासँग तुलना गरेर यसको मिथ्यात्व सिद्ध गरिएको छ। दार्शनिक रूपमायो अध्यायले ज्ञान र भक्तिलाई सँगै लैजानुपर्ने आवश्यकतामा जोड दिन्छ। संसारमा दुई प्रकारका मानिस सुखी छन्कि त जो पूर्ण अज्ञानी छन्कि जो पूर्ण ज्ञानी छन्बीचका मानिसहरू सधैँ संशयमा रहन्छन्। भक्तियोग नै त्यो अचूक औषधि हो जसले इन्द्रियहरूलाई परमात्मामा स्थिर गराउँछ र क्लेशहरू नाश गर्दछ। यस अध्यायले सृष्टिलाई केवल भौतिक प्रक्रिया नभई ईश्वरीय लीलाका रूपमा व्याख्या गर्दछ। जीव र ईश्वरको सम्बन्धलाई परतन्त्रता र स्वतन्त्रताको कसीमा घोटेर हेरिएको छ। उपनिषद्को ज्ञान र व्यावहारिक धर्मलाई समन्वय गर्ने प्रयास यहाँ देखिन्छ। अन्त्यमागुरुको कृपा र सत्सङ्ग नै अज्ञानको अन्धकार हटाउने एक मात्र ज्योति हो भन्ने दार्शनिक सन्देश यसमा निहित छ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...