#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - सप्तमोऽध्यायः

श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - सप्तमोऽध्यायः



श्रीशुक उवाच –
(अनुष्टुप)
एवं ब्रुवाणं मैत्रेयं द्वैपायनसुतो बुधः ।
प्रीणयन्निव भारत्या विदुरः प्रत्यभाषत ॥ १ ॥

श्रीशुकदेवजीले भन्नुभयो—
मैत्रेयजीको यस्तो भाषण सुनेर व्यासजीका छोरा विदुरजीले आफ्नो वाणीले प्रशन्न हुदै भने ।।१।।

विदुर उवाच ।   
ब्रह्मन् कथं भगवतः चिन्मात्रस्याविकारिणः ।
लीलया चापि युज्येरन् निर्गुणस्य गुणाः क्रियाः ॥ २ ॥

विदुरजीले सोधे—
ब्रह्मन्! भगवान् त सुध्द वोधस्वरूप निर्विकार र निर्गुण हुनुहुन्छ । वहाँको साथ लीलाबाट पनि गुण र कृयाको सम्बन्ध कसरी हुन सक्छ ।।२।।

क्रीडायां उद्यमोऽर्भस्य कामश्चिक्रीडिषान्यतः ।
स्वतस्तृप्तस्य च कथं निवृत्तस्य सदान्यतः ॥ ३ ॥

बालकमा त अनेक कामना र अर्कोसंग खेल्ने इच्छा हुन्छ त्यसैले उ खेल्नमै प्रयत्न गर्दछ तर भगवान् त स्वतः नित्यतृप्त–पूर्णकाम सर्बदा असंग हुनुहुन्छ, वहाँमा कृडाको लागि के संकल्प होला र ? ।।३।।

अस्राक्षीत् भगवान् विश्वं गुणमय्याऽऽत्ममायया ।
तया संस्थापयत्येतद् भूयः प्रत्यपिधास्यति ॥ ४ ॥

भगवानले आफ्नो गुणमयी मायाद्वारा जगतको रचना गर्नुभएको छ । वहाँले नै यसको पालना गर्नुहुन्छ फेरी सम्भार पनि वहाँले नै गर्नुहुन्छ ।।४।।

देशतः कालतो योऽसौ अवस्थातः स्वतोऽन्यतः ।
अविलुप्तावबोधात्मा स युज्येताजया कथम् ॥ ५ ॥

जस्को ज्ञान देश, काल, अथवा अवस्थाबाट अथवा कुनै निमित्तबाट कहिल्यै लोप हुदैन, भने त्यसमा मायाको सा कसरी संयोग हुन्छ ? ।।५।।

भगवानेक एवैष सर्वक्षेत्रेष्ववस्थितः ।
अमुष्य दुर्भगत्वं वा क्लेशो वा कर्मभिः कुतः ॥ ६ ॥

एकमात्र वहाँ भगवान् नै सबै क्षेत्रमा ब्यवस्थितरूपमा हुनुहुन्छ फेरी वहाँमा दुर्भाग्य वा कर्मद्वारा कसरी क्लेशको प्राप्ति हुन्छ र ? ।।६।।

एतस्मिन्मे मनो विद्वन् खिद्यतेऽज्ञानसङ्कटे ।
तन्नः पराणुद विभो कश्मलं मानसं महत् ॥ ७ ॥

भगवन्! यस्तो अज्ञानरूप शंकटमा परेर मेरो मन धेरै खिन्न भैरहेको छ । हजूरले मेरो मनको खिन्नतालाई नाशगरी दिनुहोस ।।७।।

श्रीशुक उवाच –
स इत्थं चोदितः क्षत्त्रा तत्त्वजिज्ञासुना मुनिः ।
प्रत्याह भगवच्चित्तः स्मयन्निव गतस्मयः ॥ ८ ॥

श्रीशुकदेवजीले भन्नुभयो—
तत्व जिज्ञासु विदुरजीको यस्ता जिज्ञासा सुनेर अहंकार रहित मैत्रेयजीले भगवान् लाई स्मरण गर्दै मुस्कुराउदै भने ।।

मैत्रेय उवाच–
सेयं भगवतो माया यन्नयेन विरुध्यते ।
ईश्वरस्य विमुक्तस्य कार्पण्यमुत बन्धनम् ॥ ९ ॥

मैत्रेयजीले भने—
यो आत्मा सबको स्वामी र सर्बथामुक्तस्वरूप हो । यो कुरा युक्ति विरुध्द अवस्य हो तर वास्तवमा यहि भगवानको माया हो ।।९।।

यदर्थेन विनामुष्य पुंस आत्मविपर्ययः ।
प्रतीयत उपद्रष्टुः स्वशिरश्छेदनादिकः ॥ १० ॥

जसप्रकार सपना देख्ने ब्यक्तिले आफ्नो सिर काटिएको देख्दा सत्य नहुदा पनि अज्ञानको कारण सत्यवत जस्तो हुन्छ त्यसै गरी यो जीवनमा वन्धन आदि नहुदा पनि अज्ञान हुंदापनि सत्य जस्तो लाग्दछ ।।१०।।

यथा जले चन्द्रमसः कम्पादिस्तत्कृतो गुणः ।
दृश्यतेऽसन्नपि द्रष्टुः आत्मनोऽनात्मनो गुणः ॥ ११ ॥

जसप्रकार जलमा हुने कम्प आदि कृयाले जलमा देखिने चन्द्रमा प्रतिविम्वमा नहुदा पनि हो जस्तो देखिन्छ तर त्यो आकाशमा स्थित चन्द्रमा हुदैन त्यसै गरी देहाभिमानी जीवमा पनि देहको मिथ्या सुख दुःखादि नहुदा पनि हो जस्तो लाग्दछ ।।११।।

स वै निवृत्तिधर्मेण वासुदेवानुकम्पया ।
भगवद्भक्तियोगेन तिरोधत्ते शनैरिह ॥ १२ ॥

निष्काम भावले धर्मको आचरण गर्दा भगवानको कृपाले प्राप्त भएको भक्तियोग द्वारा यो विस्तारै विस्तारै हटेर जान्छ ।।१२।।

यदेन्द्रियोपरामोऽथ द्रष्ट्रात्मनि परे हरौ ।
विलीयन्ते तदा क्लेशाः संसुप्तस्येव कृत्स्नशः ॥ १३ ॥

जुनसमयमा सबै इन्द्रियहरू विषय देखि हटेर साक्षि परमात्मा श्रीहरिमा निश्चल भावले स्थित हुन्छ, त्यसैगरी मस्त निद्रामा सुतेको मानिस समान राग द्वेषादि सबै क्लेश सधैको लागि नाश भएरजान्छ ।।१३।।

(इंद्रवज्रा)
अशेषसङ्क्लेशशमं विधत्ते
            गुणानुवादश्रवणं मुरारेः ।
किं वा पुनस्तच्चरणारविन्द
            परागसेवारतिरात्मलब्धा ॥ १४ ॥

श्रीकृष्णको गुणको वर्णन एवं श्रवणल सबै दुःखलाई शान्त गरिदिन्छ । फेरी हाम्रो हृदयमा वहाँको चरणको रजको सेवनको प्रेम जाग्यो भने अझ भन्नु नै के छ र ।।१४।।

विदुर उवाच-
(अनुष्टुप)
सञ्छिन्नः संशयो मह्यं तव सूक्तासिना विभो ।   
उभयत्रापि भगवन् मनो मे सम्प्रधावति ॥ १५ ॥

विदुरजीले भने—
हजूरको भक्तियुक्त वचनको तरवारले मेरो सन्देह छिन्नभिन्न भयो । अव मेरो चित्त भगवानको स्वतन्त्रता र जीवको परतन्त्रता दुवै नै विषयका खुव संग प्रवेश गरिरहेको छ ।।१५।।

साध्वेतद् व्याहृतं विद्वन् आत्ममायायनं हरेः ।
आभात्यपार्थं निर्मूलं विश्वमूलं न यद्बहिः ॥ १६ ॥

विद्वन! हजूरले यो कुरा ठिकै भन्नुभएको छ कि जीवनको क्लेशादिको प्रतीति हुन्छ भन्नेकुरा पनि ठिक हो । उसको आधार केवल भगवानको माया नै हो । यो क्लेश मिथ्या एवं निर्मुल नै हो किनकि यस विश्वको मूल कारण पनि माया सिबाय अरु कुनै छैन ।।१६।।

यश्च मूढतमो लोके यश्च बुद्धेः परं गतः ।
तावुभौ सुखमेधेते क्लिश्यत्यन्तरितो जनः ॥ १७ ॥

जो अत्यन्त मुढ (अज्ञानग्रस्त) छ या जसले बुध्दि आदिले भगवान् लाई पाइसकेको छ । यस संसारमा दुवै प्रकारका ब्यक्ति सुखी हुन तर विचको श्रेणीको संसयमा परेका ब्यक्ति त दुःख नै भोगिरहन्छ ।।१७।।

अर्थाभावं विनिश्चित्य प्रतीतस्यापि नात्मनः ।
तां चापि युष्मच्चरण सेवयाहं पराणुदे ॥ १८ ॥

भगवन् हजूरको कृपाले मलाई यो निश्चय भएको छ कि यो अनात्म पदार्थ वास्तवमा छदैछैन केवल प्रतीत मात्र भैरहेको हुन्छ । अव म हजूरको चरणको सेवाको प्रभावले त्यो प्रतीतिलाई पनि हटाइदिन्छु ।।१८।।

यत्सेवया भगवतः कूटस्थस्य मधुद्विषः ।
रतिरासो भवेत्तीव्रः पादयोर्व्यसनार्दनः ॥ १९ ॥

यो चरणको सेवाले नित्य भगवान् श्री मदुसूदनको चरणकमलमा उत्कट प्रेम र आनन्दको बृध्दि हुनेछ । जसबाट जन्म मरणको भयलाई नाश गरिदिनेछ ।।१९।।

दुरापा ह्यल्पतपसः सेवा वैकुण्ठवर्त्मसु ।
यत्रोपगीयते नित्यं देवदेवो जनार्दनः ॥ २० ॥

महात्मा भनेका भगवत्प्राप्तिका साक्षात मार्ग हुन जहाँ नित्य देव देव श्रीहरिको गुणगान भइरहन्छ थोरै पुण्य भएका ब्यक्तिहरूका लागि यस्तो मौका पाउन कठिन छ ।।२०।।

सृष्ट्वाग्रे महदादीनि सविकाराणि अनुक्रमात् ।
तेभ्यो विराजं उद्धृत्य तमनु प्राविशद्विभुः ॥ २१ ॥

मैत्रेयजी! हजूरले भन्नुभयो कि सृष्टिको आरम्भमा भगवानले क्रमशः महदादि तत्व र उसको विकारको रचना गरेर फेरी उसैका अंशबाट विराटको उत्पत्ति गरेर र वहाँ आफै त्यसमा प्रवेश गर्नुभयो ।।२१।।

यमाहुराद्यं पुरुषं सहस्राङ्घ्र्यूरुबाहुकम् ।
यत्र विश्व इमे लोकाः सविकाशं समासते ॥ २२ ॥

वहाँ विराटका हजारौं खुट्टा तिघ्रा र हातहरू छन् । उनैलाई वेदादि पुरुष मान्दछन् उनैमा सबैलोकहरू विस्तिृतरूपमा अडिएका छन् ।।२२।।

यस्मिन् दशविधः प्राणः सेन्द्रियार्थेन्द्रियः त्रिवृत् ।
त्वयेरितो यतो वर्णाः तद्विभूतीर्वदस्व नः ॥ २३ ॥

उसैमा इन्द्रिय विषय र इन्द्रियाभिमानी देवताहरू सहित दश प्रकारका प्राण जो यन्द्रियबल, मनोबल र शारीरिक रूपमा तिन प्रकारका छन् । भनि हजूरले वर्णन गर्नुभयो र उनैबाट ब्राम्हणादि वर्ण पनि उत्पन्न भए । अव मलाई वहाँको व्रम्हादि विभूतिहरूको वर्णन सुनाउनु होस ।।२३।।

यत्र पुत्रैश्च पौत्रैश्च नप्तृभिः सह गोत्रजैः ।
प्रजा विचित्राकृतय आसन्याभिरिदं ततम् ॥ २४ ॥

जहाँ पुत्र, पौत्र नाति र कुटुम्ब सहित विभिन्न खालका प्रजाहरू उत्पन्न भए र यसैबाट सब ब्रह्माण्ड भरियो ।।२४।।

प्रजापतीनां स पतिः चकॢपे कान् प्रजापतीन् ।
सर्गांश्चैवानुसर्गांश्च मनून् मन्वन्तराधिपान् ॥ २५ ॥

 त्यो विराट आदि प्रजापतिका पनि प्रभु हुन । उनले कुनकुन प्रजापतिलाई उत्पन्न गरे । तथा सर्ग, अनुसर्ग र मन्वन्तरका अधिपति मनुहरूको पनि कसरी रचाना गर्नुभयो ।।२५।।

एतेषामपि वंशांश्च वंशानुचरितानि च ।
उपर्यधश्च ये लोका भूमेर्मित्रात्मजासते ॥ २६ ॥

मैत्रेयजी! ती मनुहरूका वश र तीवंशका राजाहरूको चरित्रहरू त्यस्तै पृथ्वीको माथी र तलका लोकहरूको बारेमा पनि बताउनुहोस ।।२६।।

तेषां संस्थां प्रमाणं च भूर्लोकस्य च वर्णय ।
तिर्यङ्मानुषदेवानां सरीसृप पतत्त्रिणाम् ।                                                                                                            वद नः सर्गसंव्यूहं गार्भस्वेदद्विजोद्भिदाम् ॥ २७॥

त्यसै गरी भूर्लोकको स्थितिको बारेमा पनि वर्णन गर्नुहोस । तिर्यक, मनुष्य, देवाता, सरीसृप र पक्षी तथा जरायुज स्वदेज अण्डाज र उद्भीज यी चार प्रकारका प्राणीहरू कसरी उत्पन्न भए त्यो पनि बताउनुहोस ।।२७।।

गुणावतारैर्विश्वस्य सर्गस्थित्यप्ययाश्रयम् ।
सृजतः श्रीनिवासस्य व्याचक्ष्वोदारविक्रमम् ॥ २८ ॥

श्रीहरिले सृष्टि गर्ने समयमा जगतको उत्पत्ति, स्थिति, र संहारका लागि आफ्नो गुणावतार ब्रह्मा,विष्णु र महादेवरूपले जुन कल्याणकारी लीलाहरू गर्नुभयो त्यसको वारेमा पनि वर्णन गर्नुहोस ।।२८।।

वर्णाश्रमविभागांश्च रूपशीलस्वभावतः ।
ऋषीणां जन्मकर्माणि वेदस्य च विकर्षणम् ॥ २९ ॥

भेष, आचरण र स्वभावको अनुसार वर्णाश्रमको विभाग, ऋषिहरूको जन्मकर्म, वेदको विभाग—।।२९।।

यज्ञस्य च वितानानि योगस्य च पथः प्रभो ।
नैष्कर्म्यस्य च साङ्ख्यस्य तंत्रं वा भगवत्स्मृतम् ॥ ३० ॥

यज्ञको विस्तार, योगकर्म, ज्ञानकर्म र उसको साधन शांख्यमार्ग तथा भगावान्ले भन्नुभएको नारद पञ्चरात्र आदि तन्त्रशात्र, ।।३०।।

पाषण्डपथवैषम्यं प्रतिलोमनिवेशनम् ।
जीवस्य गतयो याश्च यावतीर्गुणकर्मजाः ॥ ३१ ॥

विभिन्न पाखण्डमार्गको प्रचारबाट हुने विषमता, नीच वर्गका पुरुषद्वारा उच्च वर्णको स्त्रीबाट हुने सन्तानको प्रकार तथा भिन्न भिन्न गुण र कर्मका कारण जीवमा जे जस्तो गति हुन्छ, ती सबैका बारेमा बताउनु होस ।।३१।।

धर्मार्थकाममोक्षाणां निमित्तान्यविरोधतः ।
वार्ताया दण्डनीतेश्च श्रुतस्य च विधिं पृथक् ॥ ३२ ॥

ब्रह्मन्! धर्म, अर्थ, काम र मोक्ष प्राप्तिको परस्पर विरोध नहुने साधनको, वाणिज्यको, दन्ड नीति र शास्त्र श्रवण गर्ने विधि—।।३२।।

श्राद्धस्य च विधिं ब्रह्मन् पितॄणां सर्गमेव च ।
ग्रहनक्षत्रताराणां कालावयवसंस्थितिम् ॥ ३३ ॥

श्राध्दविधि, पितृहरूको सृष्टि तथा कालचक्रहरूमा ग्रह, नक्षत्र र ताराहरूको स्थितिका बारेमा पनि अलग अलगरूपमा बताउनुहोस ।।३३।।

दानस्य तपसो वापि यच्चेष्टापूर्तयोः फलम् ।
प्रवासस्थस्य यो धर्मो यश्च पुंस उतापदि ॥ ३४ ॥

दान, तप, इष्ट र पुर्त कर्महरूको फल के हो ? प्रवास र आपत्तिको समयमा मानिसको धर्म के हुन्छ ।।३४।।

येन वा भगवान् तुस्तुष्येद् धर्मयोनिर्जनार्दनः ।
सम्प्रसीदति वा येषां एतत् आख्याहि मेऽनघ ॥ ३५ ॥

निष्पाप मैत्रेयजी! धर्मको मूलकारण श्री जनार्दन भगवान् कुन आचरणले सन्तुष्ट हुनुहुन्छ र को प्रति अनुग्रह राख्नुहुन्छ, यो पनि बताउनुहोस ।।३५।।

अनुव्रतानां शिष्याणां पुत्राणां च द्विजोत्तम ।
अनापृष्टमपि ब्रूयुः गुरवो दीनवत्सलाः ॥ ३६ ॥

द्विजवर! दीनवस्त्सल गुरुजन आफ्नो अनुगत शिष्य र छोराले उनको हितको कुरा नसोधे पनि बताउदछन ।।३६।।

तत्त्वानां भगवन् तेषां कतिधा प्रतिसङ्क्रमः ।
तत्रेमं क उपासीरन् क उ स्विदनुशेरते ॥ ३७ ॥

भगवन् महदादि तत्वको प्रलय कतिप्रकारका छन् ? तथा जव भगवान् योगनिद्रामा शयन गर्नुहुन्छ तव तव कुनुकुन तत्वले वहाँको सेवा गर्दछन् र कुन कुरा वहाँमा लीन हुन्छन ।।३७।।

पुरुषस्य च संस्थानं स्वरूपं वा परस्य च ।
ज्ञानं च नैगमं यत्तद् गुरुशिष्यप्रयोजनम् ॥ ३८ ॥

जीवको तत्व, परमेश्वरको स्वरूप, उपनिषद प्रतिपादित ज्ञान तथा गुरु र शिष्यको परस्परिक प्रयोजन के हो ? ।।३८।।

निमित्तानि च तस्येह प्रोक्तान्यनघसूरिभिः ।
स्वतो ज्ञानं कुतः पुंसां भक्तिर्वैराग्यमेव वा ॥ ३९ ॥

विद्वानहरूले त्यो ज्ञान प्राप्त गर्न के उपाय बताएका छन् ? किनकि मनुष्यमा ज्ञान, भक्ति अथवा वैराज्ञ प्राप्ति आफैं हुन सक्तैन ।।३९।।

एतान्मे पृच्छतः प्रश्नान् हरेः कर्मविवित्सया ।
ब्रूहि मेऽज्ञस्य मित्रत्वात् अजया नष्टचक्षुषः ॥ ४० ॥

मायामोहका कारण मेरो विचार दिृष्टि नष्ट भएको छ । म अज्ञानी छु र हजूर मेरो सुहृद हुनुहुन्छ त्यसैले श्रीहरिको लीलाको ज्ञान प्राप्त गर्ने इच्छाले मैले जुन प्रश्न गरे त्यसको उत्तर मलाई दिनुहोस ।।४०।।

सर्वे वेदाश्च यज्ञाश्च तपो दानानि चानघ ।
जीवाभयप्रदानस्य न कुर्वीरन् कलामपि ॥ ४१ ॥

भागवतको उपदेश द्वारा जीवलाई जन्म मृत्युबाट हटाएर अभय दिन जुन पुण्यहुन्छ, तर समस्त वेदको अध्ययन, यज्ञ, तपस्या र दानादिले हुने पुण्य, त्यो पुण्यबाट सोह्र अंस वरावर पनि हुन सक्तैन ।।४१।।

श्रीशुक उवाच –
(इंद्रवज्रा )
स इत्थं आपृष्टपुराणकल्पः
        कुरुप्रधानेन मुनिप्रधानः ।
प्रवृद्धहर्षो भगवत्कथायां
        सञ्चोदितस्तं प्रहसन्निवाह ॥ ४२ ॥

श्रीशुकदेवजीले भन्नुभयो—
हे राजन! जव कुरुश्रेष्ठ विदुरजीले मुनिवर मैत्रेयजी संग यस प्रकारपुराणका विषयको प्रश्न गरे तव भगवच्चर्चाका लागि प्रेरित भएका मैत्रेयजीले मुस्कुराउदै भन्न लागे ।।३२।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
तृतीयस्कन्धे सप्तमोऽध्यायः ॥ ७ ॥