श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – सप्तत्रिंशोऽध्यायः
शुक उवाच –
(मिश्र)
केशी तु कंसप्रहितः खुरैर्महीं
महाहयो निर्जरयन् मनोजवः ।
सटावधूताभ्रविमानसङ्कुलं
कुर्वन्नभो हेषितभीषिताखिलः ॥१॥
विशालनेत्रो विकटास्यकोटरो
बृहद्गलो नीलमहाम्बुदोपमः ।
दुराशयः कंसहितं चिकीर्षुः
व्रजं स नन्दस्य जगाम कम्पयन् ॥२॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! कंशले पठाएको केसी नाम गरेको दैत्य ठूलो घोडाको रुप धारण गरेर मनोबेगले दौडेर ब्रजमा आइपुग्यो उसले आफ्नो खुरले भुई खोस्रन लाग्यो र घाँटीको रौ हल्लाउँदा आकाशका बादल र विमानहरू एक आपसमा ठक्कर खाएर तितर बितर भए । उसको यस्तो भयंकर शब्द सुन्दा संसारका प्राणीहरू काम्लागे ।।१–२।।
तं त्रासयन्तं भगवान् स्वगोकुलं
तद्धेषितैर्वालविघूर्णिताम्बुदम् ।
आत्मानमाजौ मृगयन्तमग्रणी–
रुपाह्वयत् स व्यनदन्मृगेन्द्रवत् ॥३॥
भगवान श्रीकृष्णले त्यस दैत्यको हिनहिनाटले सारा गोकुल नै भयभीत भइरहेको देख्नुभयो । उसले रौँ हल्लाउँदा आकाशको बादल नै तितर बितर भइरहेको थियो । त्यस बेलामा उसले युद्ध गर्नको लागि खोजिरहेको थियो । भगवानले त्यो घोडालाई देखेर आफ्नो अगाडि बोलाउनुभयो । यतिबेला त्यो केसी सिंह झैँ गर्जिरहेको थियो ।।३।।
स तं निशाम्याभिमुखो मखेन खं
पिबन्निवाभ्यद्रवदत्यमर्षणः ।
जघान पद्भ्या मरविन्दलोचनं
दुरासदश्चण्डजवो दुरत्ययः ॥४॥
त्यो बलवान दैत्य केसीले भगवान श्री कृष्णलाई देखेर रिसाउँदै उहाँको अगाडि पुग्यो । त्यसरी त्यहाँ उ आकाशलाई नै पिउँला जस्तो गरेर दौडिरहेको थियो यसरी दौडेर उसले भगवान श्री कृष्णलाई लात्तीले हिर्कायो ।।४।।
तद् वञ्चयित्वा तमधोक्षजो रुषा
प्रगृह्य दोर्भ्यां परिविध्य पादयोः ।
सावज्ञमुत्सृज्य धनुःशतान्तरे
यथोरगं तार्क्ष्यसुतो व्यवस्थितः ॥५॥
भगवान श्रीकृष्ण इन्द्रियातीत हुनुहुन्थ्यो । त्यसैले उहाँले केसीले हानेको लातीलाई छलेर रिसाउँदै उसको दुवै खुट्टालाई समात्नु भएर गरुडले सर्पलाई घुमाए झैँ केसीको खुट्टा समातेर चारसय हात टाढा फ्याकिदिनुभयो र उहाँ ढुक्कसँग बस्नुभयो ।।५।।
सः लब्धसंज्ञः पुनरुत्थितो रुषा
व्यादाय केशी तरसाऽऽपतद्धरिम् ।
सोऽप्यस्य वक्त्रे भुजमुत्तरं स्मयन्
प्रवेशयामास यथोरगं बिले ॥६॥
यसरी फ्याँकिएर लड्न गएको त्यो केसी केही समयपछि चेतना प्राप्त भएर फेरि उठ्यो उठ्नासाथ ऊ रिसाउँदै झुलमुलाएर भगवानलाई निल्न भनेर झम्ट्यो यो देखेर भगवान पनि हाँस्न लाग्नुभयो उहाँले मुस्कुराउँदै आफ्नो देब्रे हात उसको मुखमा छिराउनुभयो ।।६।।
दन्ता निपेतुर्भगवद्भुाजस्पृश–
स्ते केशिनस्तप्तमयस्पृशो यथा ।
बाहुश्च तद्देहगतो महात्मनो
यथाऽऽमयः संववृधे उपेक्षितः ॥७॥
हे परीक्षित ! भगवानको अत्यन्त कोमल करकमल पनि त्यतिबेला तताएको फलाम जस्तो भयो जसको स्पर्शले प्राणीहरू मर्दछन् त्यसैगरी भगवानको त्यस्तो हातले छुनासाथ केसीका मुखका दाँतहरु झरे । भगवानले उसको मुखमा छिराउनु भएको देब्रे हात पनि बढ्दै गयो ।।७।।
समेधमानेन स कृष्णबाहुना
निरुद्धवायुश्चरणांश्च विक्षिपन् ।
प्रस्विन्नगात्रः परिवृत्तलोचनः
पपात लेण्डं विसृजन् क्षितौ व्यसुः ॥८॥
यसरी बढ्दै गएको हातले केसीको सास रोकिन गयो । उसलाई असह्य वेदना भएर हात खुट्टाहरु चलाउन थाल्यो । उसको आँखाको नानी पल्टिएको थियो भने शरीर पसिनाले भिजेर निथुक्क भएको थियो । यसरी भगवानको चोटले त्यो केसीको प्राण ढल्यो र ऊ भुइमा पछारिन पुग्यो ।।८।।
तद्देहतः कर्कटिकाफलोपमाद्
व्यसोरपाकृष्य भुजं महाभुजः ।
अविस्मितोऽयत्नयहतारिरुत्स्मयैः
प्रसूनवर्षैर्दिविषद्भिरीडितः ॥९॥
भगवान श्रीकृष्णले बिना मेहनत नै केसीको शरीरबाट आफ्नो हात निकाल्नुभयो त्यतिबेला त्यो केसी काँक्रो गले झैं गलेको थियो भगवानको त्यस्तो पराक्रम देखेर स्वर्गका देवताहरु पनि आश्चर्य चकित भएर उहाँमाथि पुष्पवृष्टि गर्दै स्तुति गर्न लागे ।।९।।
(अनुष्टुप्)
देवर्षिरुपसङ्गम्य भागवतप्रवरो नृप ।
कृष्णमक्लिष्टकर्माणं रहस्येतदभाषत ॥१०॥
हे महाराज परीक्षित ! भक्तहरू मध्येका श्रेष्ठ नारदजी एकदिन श्रीकृष्ण नजिक आएर भन्न लाग्नुभयो ।।१०।।
कृष्ण कृष्णाप्रमेयात्मन् योगेश जगदीश्वर ।
वासुदेवाखिलावास सात्वतां प्रवर प्रभो ॥११॥
त्वमात्मा सर्वभूतानामेको ज्योतिरिवैधसाम् ।
गूढो गुहाशयः साक्षी महापुरुष ईश्वरः ॥१२॥
हे सच्चिदानन्द स्वरूप श्री कृष्ण ! हजुरको मन इन्द्रियबाट टाढा छ । हजुर योगेश्वर हुनुहुन्छ हजुरले यो सारा जगतलाई नियन्त्रण गर्नुभएको छ हजुर सबैको हृदयमा बस्नुहुन्छ र हजुरको हृदयमा सबै अटाउँछन् । हजुर यो पञ्चकोष रुपी गुफा वास गर्नुहुन्छ हे पुरुषोत्तम हजुर सम्पूर्ण जगतका नियन्ता पनि हजुर नै हुनुहुन्छ ।।११–१२।।
आत्मनाऽऽत्माश्रयः पूर्वं मायया ससृजे गुणान् ।
तैरिदं सत्यसङ्कल्पः सृजस्यत्स्यवसीश्वरः ॥१३॥
हजुर स्वतन्त्र हुनुहुन्छ, सर्व सामर्थ्य हुनुहुन्छ । हजुरले आफ्नो मायाशक्तिद्वारा तम आदि गुणको सृष्टि गर्नुहुन्छ र तिनै गुणहरूद्वारा यस जगतको सृष्टि स्थिति र संहार गर्नुहुन्छ ।।१३।।
स त्वं भूधरभूतानां दैत्यप्रमथरक्षसाम् ।
अवतीर्णो विनाशाय सेतूनां रक्षणाय च ॥१४॥
हजुर परमेश्वर नै अहिले राजा बनेर बसेका दैत्य र राक्षसको विनाश गर्नको लागि र धर्मको रक्षाका लागि यदुवंशमा अवतीर्ण हुनुभएको हो ।।१४।।
दिष्ट्या ते निहतो दैत्यो लीलयायं हयाकृतिः ।
यस्य हेषितसन्त्रस्तास्त्यजन्त्यनिमिषा दिवम् ॥१५॥
त्यही केसी नाम गरेको दैत्यको भयले डराएर स्वर्गका देवता हरु त्यहाँबाट भाग्दै थिए त्यही दैत्यलाई अहिले हजुरले मारिदिनु भएको छ यो धेरै खुसीको कुरा हो ।।१५।।
चाणूरं मुष्टिकं चैव मल्लानन्यांश्च हस्तिनम् ।
कंसं च निहतं द्रक्ष्ये परश्वोऽहनि ते विभो ॥१६॥
हे प्रभु ! अब म पर्सिका दिनमा हजुरको हातबाट चाँडुर मुस्टिक जस्ता पहलमानहरु, हात्ती र कंशलाई पनि मारिएको देख्नेछु ।।१६।।
तस्यानु शङ्खयवनमुराणां नरकस्य च ।
पारिजातापहरणमिन्द्रस्य च पराजयम् ॥१७॥
त्यसपछि शंखासुर कालयवन मुर र नरकासुरको वध पनि देख्नेछु । त्यसैगरी हजुरले पारिजात धारण गरेको र इन्द्रको पराजय गरेको पनि देख्नेछु ।।१७।।
उद्वाहं वीरकन्यानां वीर्यशुल्कादिलक्षणम् ।
नृगस्य मोक्षणं शापाद् द्वारकायां जगत्पते ॥१८॥
हे जगदीश्वर ! पराक्रम रूपी शुल्क तिरेर हजुरले वीरहरूका कन्यासँग विवाह गरेको देख्नेछु त्यसैगरी पापका कारण छेपारो भएका नृगको मोक्ष पनि देख्नेछु ।।१८।।
स्यमन्तकस्य च मणेरादानं सह भार्यया ।
मृतपुत्रप्रदानं च ब्राह्मणस्य स्वधामतः ॥१९॥
हजुरले जाम्बवती सँगै समन्तक मण पनि लिएर आउनुहुनेछ र आफ्ना मरेका पुत्रलाई पनि यमपुरीबाट ल्याउनुहुनेछ त्यो पनि देख्नेछु ।।१९।।
पौण्ड्रकस्य वधं पश्चात् काशिपुर्याश्च दीपनम् ।
दन्तवक्रस्य निधनं चैद्यस्य च महाक्रतौ ॥२०॥
त्यसैगरी हजुरबाट पौण्ड्र् वध काशी नगरीको दहन र राजसुय यज्ञमा चेदिपाल शिशुपाल र दन्तवक्त्रको वध पनि देख्नेछु ।।२०।।
यानि चान्यानि वीर्याणि द्वारकामावसन् भवान् ।
कर्ता द्रक्ष्याम्यहं तानि गेयानि कविभिर्भुवि ॥२१॥
हजुर द्वारकामा बस्दा पृथ्वीमा अरु धेरै पराक्रमहरु गर्नुहुनेछ विद्वानहरूद्वारा प्रशंसा गर्न लायक धेरै पराक्रम हरु गर्नुहुनेछ त्यो पनि देख्नेछु ।।२१।।
अथ ते कालरूपस्य क्षपयिष्णोरमुष्य वै ।
अक्षौहिणीनां निधनं द्रक्ष्याम्यर्जुनसारथेः ॥२२॥
त्यसपछि हजुर पृथ्वीको भार उतार्नको लागि काल रूप भएर अर्जुनको सारथी बन्नुहुनेछ र अनेकौं सेनालाई सम्हार गर्नुहुनेछ यो सबै म आफ्नै आँखाले देख्नेछु ।।२२।।
(मिश्र)
विशुद्धविज्ञानघनं स्वसंस्थया
समाप्तसर्वार्थममोघवाञ्छितम् ।
स्वतेजसा नित्यनिवृत्तमाया–
गुणप्रवाहं भगवन्तमीमहि ॥२३॥
हे प्रभु ! हजुर विशुद्ध विज्ञान स्वरूप हुनुहुन्छ । सबैका अन्तर्यामी नियन्ता र आफ्नै रूपमा स्थित रहने परम स्वतन्त्र हुनुहुन्छ । हामी यस्ता ऐश्वर्य सम्पन्न हजुरको शरणमा पर्दछौँ ।।२३।।
त्वामीश्वरं स्वाश्रयमात्ममायया
विनिर्मिताशेषविशेषकल्पनम् ।
क्रीडार्थमद्यात्तमनुष्यविग्रहं
नतोऽस्मि धुर्यं यदुवृष्णिसात्वताम् ॥२४॥
हजुर सबका अन्तरयामी र नियन्ता हुनुहुन्छ । आफ्नै आश्रयमा रहेर आफ्नो माया शक्तिद्वारा सम्पूर्ण महदादी तत्वहरूको रचना गरेर सृष्टि गर्नुहुन्छ हजुर अहिले लिलाका लागि नै यो शरीर धारण गर्नुभएको हो । हजुरलाई प्रणाम गर्दछु ।।२४।।
शुक उवाच–
(अनुष्टुप्)
एवं यदुपतिं कृष्णं भागवतप्रवरो मुनिः ।
प्रणिपत्याभ्यनुज्ञातो ययौ तद्दर्शनोत्सवः ॥२५॥
श्री शुकदेवजीले भन्नुभयो– हे परीक्षित ! भगवानका परमप्रेमी भक्त देवर्षि नारदजीले बडो आनन्द मानेर उहाँलाई प्रणाम गर्नुभयो । र उहाँसँग बिदा लिएर त्यहाँबाट जानुभयो ।।२५।।
भगवानपि गोविन्दो हत्वा केशिनमाहवे ।
पशूनपालयत् पालैः प्रीतैर्व्रजसुखावहः ॥२६॥
यस प्रकार भगवान श्रीकृष्णले केसीलाई लडाईमा मारेर फेरि आफ्ना ग्वालवालका साथ पशुपालन कार्यमा लाग्नुभयो र ब्रजवासीलाई आनन्द दिलाउनु भयो ।।२६।।
एकदा ते पशून् पालाश्चारयन्तोऽद्रिसानुषु ।
चक्रुर्निलायनक्रीडाश्चोरपालापदेशतः ॥२७॥
तत्रासन्कतिचिच्चोराः पालाश्च कतिचिन्नृप ।
मेषायिताश्च तत्रैके विजह्रुरकुतोभयाः ॥२८॥
एक दिन श्रीकृष्ण बलराम सबै ग्वालाहरु सँगै लिएर गोवर्धन पर्वतको फेदीमा गाई चराउँदै हुनुहुन्थ्यो । त्यतिबेला कोही चोर र कोही रक्षक कोही भेडा बनेर खेलिरहनु भएको थियो ।।२८।।
मयपुत्रो महामायो व्योमो गोपालवेषधृक् ।
मेषायितानपोवाह प्रायश्चोरायितो बहून् ॥२९॥
त्यस समयमा मय नाम गरेको महामायावि ब्योमासुर ग्वालाको भेष धारण गरेर त्यहाँ आइपुग्यो । त्यो मायासुरको छोरो थियो र अनेकौं माया जान्दथ्यो । ऊ त्यहाँ चोर बनेर आएको थियो त्यसैले धेरै बालकहरुलाई त्यहाँबाट चोरेर लग्यो ।।२९।।
गिरिदर्यां विनिक्षिप्य नीतं नीतं महासुरः ।
शिलया पिदधे द्वारं चतुःपञ्चावशेषिताः ॥३०॥
त्यस ब्योमासुरले चोरेर लगेका बालकहरुलाई एउटा पहाडको गुफामा लगेर राखिदियो र त्यो पहाडको गुफाको ढोका पनि ठूलो ढुंगाले ढाकिदियो त्यहाँ केही चार पाँच जना बालक मात्र बाँकी रहेका थिए ॥३०॥
तस्य तत्कर्म विज्ञाय कृष्णः शरणदः सताम् ।
गोपान् नयन्तं जग्राह वृकं हरिरिवौजसा ॥३१॥
भगवानले ब्योमासुरको यो कामलाई थाहा पाउनुभयो र भक्तहरूको रक्षा गर्नको लागि भगवानले सिहले ब्वासोलाई समाते झैँ त्यस दैत्यलाई समात्नुभयो ।।३१।।
स निजं रूपमास्थाय गिरीन्द्रसदृशं बली ।
इच्छन् विमोक्तुमात्मानं नाशक्नोद् ग्रहणातुरः ॥३२॥
यसरी भगवानले समातेपछि उसले पहाड जस्तो आफ्नो रूप देखायो । उसले भगवानको हातबाट फुत्कनको लागि अनेकौं कोसिस गर्यो तापनि उसको कोसिस काम लागेन त्यहाँबाट फुत्किन सकेन ।।३२।।
तं निगृह्याच्युतो दोर्भ्यां पातयित्वा महीतले ।
पश्यतां दिवि देवानां पशुमारममारयत् ॥३३॥
भगवान श्रीकृष्णले आफ्नो दुवै हातले त्यस ब्योमासुरलाई पक्रेर भुईमा पछार्नु भयो र स्वर्गमा रहेका देवताहरुले हेर्दा हेर्दै त्यसलाई पशुलाई मारेझैँ मारिदिनुभयो ।।३३।।
गुहापिधानं निर्भिद्य गोपान् निःसार्य कृच्छ्रतः ।
स्तूयमानः सुरैर्गोपैः प्रविवेश स्वगोकुलम् ॥३४॥
त्यसपछि भगवानले गुफामा रहेको ढुङ्गालाई फुटाइदिनुभयो र त्यहाँ थुनिएका बालकलाई निकाल्नुभयो । ती गोपाले धेरै खुसी भएर भगवानको स्तुति गरे त्यसपछि भगवान त्यहाँबाट गोकुलमा प्रवेश गर्नुभयो ।।३४।।
इति श्रीमद्भाःगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे व्योमासुरवधो नाम सप्तत्रिंशोऽध्यायः ॥३७॥