#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - दशमोऽध्यायः

तृतीय स्कंधः - दशमोऽध्यायः
दशविधसृष्टिवर्णनम् -


विदुर उवाच-
(अनुष्टुप)
अन्तर्हिते भगवति ब्रह्मा लोकपितामहः ।
प्रजाः ससर्ज कतिधा दैहिकीर्मानसीर्विभुः ॥ १ ॥

विदुरजीले भने 
भगवन् नारायण अन्तर्धान हुनुभएपछि सम्पूर्ण लोकका पितामह ब्रह्माजीले आफ्नो देह र मनबाट कति प्रकारको सृष्टि गरे ।।१।।

ये च मे भगवन्पृष्टाः त्वय्यर्था बहुवित्तम ।
तान्वदस्वानुपूर्व्येण छिन्धि नः सर्वसंशयान् ॥ २ ॥

भगवन्! यसबाहेक मैले हजूरसंग जे जे कुरा सोधे ती सबका बारेमा क्रमशः वर्णन गर्नुहोस ।।२।।

सूत उवाच –
एवं सञ्चोदितस्तेन क्षत्त्रा कौषारवो मुनिः ।
प्रीतः प्रत्याह तान् प्रश्नान् हृदिस्थानथ भार्गव ॥ ३ ॥

सूतजीले भने—
शौनकजी विदुरजीले यस प्रकार सोधेपछि मुनिवर मैत्रेयजीले प्रशन्न हुनुहुदै आफ्नो हृदयमा भएको ती प्रश्नको उत्तर दिन लागे ।।३।।

मैत्रेय उवाच–
विरिञ्चोऽपि तथा चक्रे दिव्यं वर्षशतं तपः ।
आत्मनि आत्मानमावेश्य यथाह भगवान् अजः ॥ ४ ॥

मैत्रेयजीले भने—
आजन्मा भगवान् श्रीहरिले जे भन्नु भएको थियो ब्रह्माजीले त्यसैंगरि आफ्नो चित्तलाई नारायणमा लगाएर दिब्य सय वर्ष सम्म तप गरे ।।४।।

तद् विलोक्याब्जसंभूतो वायुना यदधिष्ठितः ।
पद्मं अम्भश्च तत्काल कृतवीर्येण कम्पितम् ॥ ५ ॥

ब्रह्माजीले देखे कि प्रलय कालिन वायुको झंकारले, जसरी उनी उत्पन्न भए, जसमाथि उनी बसेका छन् त्यो कमल र जल कामिरहेको छ ।।५।।

तपसा हि एधमानेन विद्यया चात्मसंस्थया ।
विवृद्धविज्ञानबलो न्यपाद् वायुं सहाम्भसा ॥ ६ ॥

प्रवल तपस्या र हृदयमा स्थित आत्मज्ञान वल बढेर आएकोले ब्रह्माजीले जलको साथै वायुलाई पिइदिनुभयो ।।६।।

तद्विलोक्य वियद्व्यापि पुष्करं यदधिष्ठितम् ।
अनेन लोकान्प्राग्लीनान् कल्पितास्मीत्यचिन्तयत् ॥ ७ ॥

फेरी जसमा वहाँ बस्नुभएको थिए त्यो आकाश ब्यापि कमललाई देखेर वहाँले पूर्वकल्पमा लोप भएको लोकहरूलाई म त्यहिबाट रच्ने विचारगर्नु भयो ।।७।।

पद्मकोशं तदाविश्य भगवत्कर्मचोदितः ।
एकं व्यभाङ्क्षीदुरुधा त्रिधा भाव्यं द्विसप्तधा ॥ ८ ॥

त्यसपछि भगवान्द्वारा सृष्टि कार्यमा नियुक्त ब्रह्माजीले त्यस कमलकोषमा प्रवेश गरे र त्यो एकलाई भूः भुवः स्वः–का रूपमा तीनभाग गर्नुभयो तापनि त्यो कमल यति ठुलो थियोकि उसमा चौध भुवन तथा त्यो भन्दाबढि लोकका रूपमा विभाग गर्न सक्नु हुन्थ्यो ।।८।।

एतावान् जीवलोकस्य संस्थाभेदः समाहृतः ।
धर्मस्य ह्यनिमित्तस्य विपाकः परमेष्ठ्यसौ ॥ ९ ॥

जीवको वासस्थानका रूपमा यहि तीन लोकका बारेमा शास्त्रमा वर्णन छ । जो निष्काम कर्म गर्दछ उसैलाई मह, तप, जन, सत्यलोकरूप ब्रह्मलोक प्राप्त हुन्छ ।।९।।

विदुर उवाच-
यथात्थ बहुरूपस्य हरेरद्भुतकर्मणः ।
कालाख्यं लक्षणं ब्रह्मन् यथा वर्णय नः प्रभो ॥ १० ॥

विदुरले भने—
ब्रह्मन्! हजूरले नानारूप धारणा गरेर अद्भूत कर्म गर्ने श्रीहरीको जुन काल नामको शक्ति बताउनु भएको थियो, प्रभो! कृपया त्यसबारे विस्तार पूर्वक वर्णन गर्नुहोस ।।१०।।

मैत्रेय उवाच–
गुणव्यतिकराकारो निर्विशेषोऽप्रतिष्ठितः ।
पुरुषः तदुपादानं आत्मानं लीलयासृजत् ॥ ११ ॥

मैत्रेयजीले भने—
विषयको रूपान्तर (बदल्नु) नै कालको आकार हो । स्वयं त त्यो निर्विशेष अनादि र अनन्त छ । उसलाई निमित्त बनाएर खेलखेलमै आफुले आफुलाईनै सृष्टिकारूपमा प्रकट गर्नुहुन्छ ।।११।।

विश्वं वै ब्रह्मतन्मात्रं संस्थितं विष्णुमायया ।
ईश्वरेण परिच्छिन्नं कालेनाव्यक्तमूर्तिना ॥ १२ ॥

पहिले यो सारा विश्व भगवानको मायाले लीन भएर ब्रह्मरूपमा स्थित भएको थियो । त्यसलाई अब्यक्त मुर्ति कालद्वारा भगवानले पूनः प्रकट गर्नुभयो ।।१२।।

यथेदानीं तथाग्रे च पश्चादप्येतदीदृशम् ।
सर्गो नवविधस्तस्य प्राकृतो वैकृतस्तु यः ॥ १३ ॥

यो जगत जसरी अहिले छ त्यसरी नै पहिले पनि थियो र भविष्यमा पनि रहिरहने छ । यसको सृष्टि नौ प्रकारको छ, र प्राकृत, वैकृत भेदले अर्को दसौं सृष्टि पनि छ ।।१३।।

कालद्रव्यगुणैरस्य त्रिविधः प्रतिसङ्क्रमः ।
आद्यस्तु महतः सर्गो गुणवैषम्यमात्मनः ॥ १४ ॥

यस विश्वको प्रलय काल, द्रब्य तथा गुणद्वारा तीनप्रकारबाट हुन्छ । अव पहिले म दस प्रकारको सृष्टिका बारेमा बताउदछु । पहिलो सृष्टि महतत्वको छ । भगवानको प्ररणाले सत्वादि गुणमा विषमता हुनु नै महतत्व हो ।।१४।।

द्वितीयस्त्वहमो यत्र द्रव्यज्ञानक्रियोदयः ।
भूतसर्गस्तृतीयस्तु तन्मात्रो द्रव्यशक्तिमान् ॥ १५ ॥

दोश्रो सृष्टि अहंकारको हो, जसबौट पृथ्वी आदि पञ्चभूत एवं ज्ञानेन्द्रिय र कर्मेन्द्रियको उत्पत्ति हुन्छ । तेश्रो सृष्टि भूतसर्ग हो । जसमा पञ्चमहाभूतलाई उत्पन्न गर्ने तन्मात्रा वर्ग रहन्छ ।।१५।।

चतुर्थ ऐन्द्रियः सर्गो यस्तु ज्ञानक्रियात्मकः ।
वैकारिको देवसर्गः पञ्चमो यन्मयं मनः ॥ १६ ॥

चौथो सृष्टि इन्द्रिय हो, यो ज्ञान र कृयाशक्तिबाट सम्पन्न हुन्छ । पाँचौ सृष्टि सात्विक अहंकारबाट उत्पन्न भएको इन्द्रियको अधिष्ठाता देवताहरूको हो । मन पनि यसै सृष्टि अन्तर्गत पर्दछ ।।१६।।

षष्ठस्तु तमसः सर्गो यस्त्वबुद्धिकृतः प्रभोः ।
षडिमे प्राकृताः सर्गा वैकृतानपि मे श्रृणु ॥ १७ ॥

छौटौं सृष्टि अविद्या हो । यसमा तामिश्र, अन्धतामिश्र, तम, मोह र महामोह यी पाँच ग्रन्थि छन् यसले जीवको बुध्दिलाई आवरण र विक्षेप गर्ने हो यो छ प्राकृत सृष्टि हो । अव वैकृत सृष्टिको पनि विवरण सुन ।।१७।।

रजोभाजो भगवतो लीलेयं हरिमेधसः ।
सप्तमो मुख्यसर्गस्तु षड्विधस्तस्थुषां च यः ॥ १८ ॥

यो वैकृत सर्ग रजोगुण सम्बधि रचना हो । यो सबै लीला श्रीहरिको हो । वहाँले नै ब्रह्माको रूपमा रजोगुण स्वीकार गरेर जगतको रचना गर्नुहुन्छ । छ प्रकारको प्राकृत सृष्टि बाहेक सातौं प्रधान यी छ प्रकारको स्थावर वृक्षहरूको सृष्टि हो वैकृत सृस्टिमा यसलाई मुख्य मानिएको छ ।।१८।।

वनस्पत्योषधिलता त्वक्सारा वीरुधो द्रुमाः ।
उत्स्रोतसस्तमःप्राया अन्तःस्पर्शा विशेषिणः ॥ १९ ॥

वनस्पति, औषधि, लता, त्क्सार (कडा बोक्रा भएको जस्तो बाँस) विरुध र द्रुमयीनीहरूको सञ्चार तल (जरा) बाट माथितिर हुन्छ । यीनिहरूमा प्राय ज्ञान शक्ति हुदैन । यीनिहरू भित्रभित्रै केवल स्पर्शको अनुभव गर्दछन् । यीनिहरू प्रत्तेकमा आआफ्नो कुनै विशेष गुणहुन्छ ।।१९।।

तिरश्चामष्टमः सर्गः सोऽष्टाविंशद्विधो मतः ।
अविदो भूरितमसो घ्राणज्ञा हृद्यवेदिनः ॥ २० ॥

आठौं सृष्टि तिर्यक योनिका (पशुपंक्षीहरू) हुन यसलाई अठ्ठाइस प्रकारको मानिन्छ । यसमा कालको ज्ञान हुदैन तमोगुण अधिक भएका कारण यिनीहरू केवल खान, पिउनु, मैथुन गर्नु, सुत्नु आदि मात्रै जान्दछन । सुघेर मात्र यसले वस्तुको ज्ञान पाउदछ । यसको हृदयमा विचार शक्ति हुदैन ।।२०।।

गौरजो महिषः कृष्णः सूकरो गवयो रुरुः ।
द्विशफाः पशवश्चेमे अविरुष्ट्रश्च सत्तम ॥ २१ ॥

साधु श्रेष्ठ! यी तिर्यकमा गाई, वाख्रा, भैसी, कृष्णासार, मृग, सुङ्गुर निलगाई, मृग, भेडा, उट, यी नौ द्विशफ (दुई खुर भएका पशु) भनिन्छ ।।२१।।

खरोऽश्वोऽश्वतरो गौरः शरभश्चमरी तथा ।
एते चैकशफाः क्षत्तः श्रृणु पञ्चनखान् पशून् ॥ २२ ॥

गधा, घोडा, खच्चर, गौरमृग, सरभ र चम्री यी एकशफ (एकखुर) वाला हुन । अव पाँच नंग भएका पशुपंक्षीको नाम सुन ।।२२।।

श्वा सृगालो वृको व्याघ्रो मार्जारः शशशल्लकौ ।
सिंहः कपिर्गजः कूर्मो गोधा च मकरादयः ॥ २३ ॥

कुकुर, गिध्द, स्याल, वाघ, विरालो, चौघडा, सल्लक, सिंह, वादर, हात्ती, कक्षुवा, गोहि, र मगर आदि पशु हुन ।।२३।।

कङ्कगृध्रबकश्येन भासभल्लूकबर्हिणः ।
ससारसचक्राह्व काकोलूकादयः खगाः ॥ २४ ॥

कंक (वकुल्ला) गिध्द, वट्टाई वाज, भास, भालु, मयुर, हाँस, सारस, चखेवा, कौवा र लाटोकोसेरो यी उड्ने जीव पंक्षि हुन ।।२४।।

अर्वाक्स्रोतस्तु नवमः क्षत्तरेकविधो नृणाम् ।
रजोऽधिकाः कर्मपरा दुःखे च सुखमानिनः ॥ २५ ॥

।।२४।। विदुरजी! नवौं सृष्टि मानिसको हो यो एकै प्रकारको छ । यसको आहारका प्रवाह मुख बाट तलतिर हुन्छ । मनुष्य रजोगुण प्रधान कर्मपरायण र दुःखरूप विषयमा पनि सुख मान्ने हुन्छन् ।।२५।।

वैकृतास्त्रय एवैते देवसर्गश्च सत्तम ।
वैकारिकस्तु यः प्रोक्तः कौमारस्तूभयात्मकः ॥ २६ ॥

स्थावर पशुपंक्षि र मनुस्य यी तीनप्रकारको सृष्टि तथा अब भनिने देव सर्ग वैकृत सृष्टि हो । तथा जुन महतत्वादिरूप वैकारिक देवसर्ग हो । त्यसको गणना पहिल्यै प्राकृत सृष्टिमा गरिसकिएको छ । यसको अतिरिक्त सनत कुमार आदि ऋषिहरूको जुन कौमार सर्ग छ त्यो प्राकृत र वैकृत दुवै प्रकारको हो ।।२६।।

देवसर्गश्चाष्टविधो विबुधाः पितरोऽसुराः ।
गन्धर्वाप्सरसः सिद्धा यक्षरक्षांसि चारणाः ॥ २७ ॥

भूतप्रेतपिशाचाश्च विद्याध्राः किन्नरादयः ।
दशैते विदुराख्याताः सर्गास्ते विश्वसृक्कृताः ॥ २८ ॥

देवता, पितृ, असुर, गन्धर्व, अप्सरा, यक्ष–राक्षस, सिध्द, चारण, विद्याधर, भूत–प्रेत–पिशाच र किन्नर किंपुरुष आदि भेदले देवसृष्टि आठप्रकारको छ । विदुरजी! यस प्रकारजगत कर्ता ब्रह्माजीबाट रचिएको यो दसप्रकारको सृष्टि मैले तिमीलाईभने ।।२७।२८।।

अतः परं प्रवक्ष्यामि वंशान् मन्वन्तराणि च ।
एवं रजःप्लुतः स्रष्टा कल्पादिष्वात्मभूर्हरिः ।  
सृजत्यमोघसङ्कल्प आत्मैवात्मानमात्मना ॥ २९ ॥

अव अगाडि म वंश र मन्वन्तरको वारेमा वर्णन गर्दछु । यस प्रकार सृष्टि गर्ने सत्य संकल्प भगवान् श्रीहरिनै ब्रह्माको रूपमा प्रत्तेक कल्पको आदिमा रजोगुणबाट ब्याप्त भएर स्वयं नै सम्पूर्ण जगतको रचना गर्नुहुन्छ ।।२९।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
तृतीयस्कन्धे दशमोऽध्यायः ॥ १० ॥