श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - द्वात्रिंशोऽध्यायः
कपिल उवाच –
(अनुष्टुप)
अथ यो गृहमेधीयान् धर्मानेवावसन्गृहे ।
काममर्थं च धर्मान् स्वान् दोग्धि भूयः पिपर्ति तान् ॥ १ ॥
स चापि भगवद्धर्मात् काममूढः पराङ्मुखः ।
यजते क्रतुभिर्देवान् पितॄंश्च श्रद्धयान्वितः ॥ २ ॥
कपिलदेबजी भन्नुहुन्छ—
माताजी! जो मानिस घरमा रहेर सकाम भावले गृहस्थधर्मको पालन गर्दछ र त्यसको फलस्वरूप अर्थ एवं कामको उपभोग गरेर फेरी त्यहि फलका निम्ति त्यहि धर्मको अनुष्ठान गर्दछ, त्यो विभिन्न किसिमको कामनामा मोहित रहनाका कारण भगवद्धर्ममा विभुख हुन्छ र यज्ञद्वारा श्रध्दापूर्वक देवता तथा पितृको नै आराधना गर्दछ ।।१।२।।
तत् श्रद्धया क्रान्तमतिः पितृदेवव्रतः पुमान् ।
गत्वा चान्द्रमसं लोकं सोमपाः पुनरेष्यति ॥ ३ ॥
उसको बुध्दि त्यसै गरी श्रध्दाले युक्त रहन्छ । देवता र पितृ नै उसको उपासनाका विषय हुन्छन, अतः त्यो चन्द्रलोकमा गएर उनीहरूको साथ सोम पान गर्दछ र फेरी पुण्यक्षीण भएपछि यसलोकमा फर्केर आउछ ।।३।।
यदा चाहीन्द्रशय्यायां शेतेऽनन्तासनो हरिः ।
तदा लोका लयं यान्ति ते एते गृहमेधिनाम् ॥ ४ ॥
जुन समयमा प्रलयमा शेषशायी भगवान् शेष शैयामा शयन गर्नुहुन्छ । त्यसै समय सकाम गृहाश्रमीलाई प्राप्त हुने यी सबैलोक पनि लीन हुन्छ ।।४।।
ये स्वधर्मान्न दुह्यन्ति धीराः कामार्थहेतवे ।
निःसङ्गा न्यस्तकर्माणः प्रशान्ताः शुद्धचेतसः ॥ ५ ॥
निवृत्तिधर्मनिरता निर्ममा निरहङ्कृताः ।
स्वधर्माप्तेन सत्त्वेन परिशुद्धेन चेतसा ॥ ६ ॥
जो विवेकी पुरुष काम, धर्म, अर्थ र भोग विलासका लागि उपयोग गर्दैन । तर भगवानको प्रसन्नताको लागि नै पालन गर्दछ । ती अनाशक्त, प्रशान्त, शुध्दचित्त, निबृतिधर्म परायण, ममता रहित र अहंकार सुन्य पुरुष स्वधर्मको पालनरूप सत्यरूपको गुणद्वारा सर्बथा सुध्दचित्त हुनजान्छ ।।५।।६।।
सूर्यद्वारेण ते यान्ति पुरुषं विश्वतोमुखम् ।
परावरेशं प्रकृतिं अस्योत्पत्त्यन्तभावनम् ॥ ७ ॥
त्यो अन्यमा सूर्यमार्ग (अर्चिरादिमार्गमा देवयान) द्वारा सर्बब्यापि पूर्णपुरुष श्रीहरिलाई नै प्राप्त गर्दछ । जुन कार्य कारणरूप जगतको नियन्ता संसारको उपादान कारण र उसको उत्पत्ति, पालन तथा संहार गर्नेवाला हो ।।७।।
द्विपरार्धावसाने यः प्रलयो ब्रह्मणस्तु ते ।
तावद् अध्यासते लोकं परस्य परचिन्तकाः ॥ ८ ॥
जो मानिस परमात्म दृष्टिले हिरण्यगर्भको उपासना गर्दछ । उ दुइ परर्धमा हुने ब्रह्माजीको प्रलय पर्यन्त सत्यलोकमा रहन्छ ।।८।।
(वसंततिलका)
क्ष्माम्भोऽनलानिलवियन् मनैन्द्रियार्थ
भूतादिभिः परिवृतं प्रतिसञ्जिहीर्षुः ।
अव्याकृतं विशति यर्हि गुणत्रयात्मा
कालं पराख्यमनुभूय परः स्वयम्भूः ॥ ९ ॥
जुन समय देवताका श्रेष्ठ ब्रह्माजी आकास, मन, इन्द्रिय र उसको विषय र अहंकारादि सहित सम्पूर्ण विश्वलाई संहार गर्ने इच्छाले त्रिगुणात्मिका प्रकृतिको साथ एकरूप भएर निर्विशेष परमात्मामा लीन हुन्छन ।।९।।
एवं परेत्य भगवन् तमनुप्रविष्टा
ये योगिनो जितमरुन्मनसो विरागाः ।
तेनैव साकममृतं पुरुषं पुराणं
ब्रह्म प्रधानमुपयान्ति अगताभिमानाः ॥ १० ॥
त्यस समय प्राण र मनलाई जितेको विरक्त योगी गण पनि देहलाई त्यागेर उनै भगवान् ब्रह्माजीमा प्रवेश गर्दछन् र फेरी वहाँकै सत्य परमानन्द स्वरूप पुराणपुरुष परब्रह्मामा लीन हुन्छन । यसभन्दा पहिला उनीहरू भगवान्मा लीन हुदैनन् किनकि त्यतिवेला सम्मा उनीहरूमा अहंकारको शेष वाँकी नै रहेको हुन्छ ।।१०।।
(अनुष्टुप)
अथ तं सर्वभूतानां हृत्पद्मेषु कृतालयम् ।
श्रुतानुभावं शरणं व्रज भावेन भामिनि ॥ ११ ॥
त्यस कारण माताजी! अव तपाई पनि अत्यन्त अत्यन्त भक्तिभावले उनै श्रीहरिको शरणमा जानुहोस । समस्त प्राणीहरूको हृदयकमल नै वहाँको मन्दिर हो र तपाईले म बाट वहाँको प्रभाव सुनिहाल्नु भयो ।।११।।
आद्यः स्थिरचराणां यो वेदगर्भः सहर्षिभिः ।
योगेश्वरैः कुमाराद्यैः सिद्धैर्योगप्रवर्तकैः ॥ १२ ॥
भेददृष्ट्याभिमानेन निःसङ्गेनापि कर्मणा ।
कर्तृत्वात्सगुणं ब्रह्म पुरुषं पुरुषर्षभम् ॥ १३ ॥
स संसृत्य पुनः काले कालेनेश्वरमूर्तिना ।
जाते गुणव्यतिकरे यथापूर्वं प्रजायते ॥ १४ ॥
वेदगर्भ ब्रह्माजी पनि जो सबै स्थावर जंगम प्राणीहरूको आदिकारण हुनुहुन्छ । मरिचिआदि ऋषिहरू, योगेश्वरहरू, सनकादि तथा योगप्रवर्तक सिध्द सहित निष्काम कर्मद्वारा आदिपुरुष, पुरुषश्रेष्ठ सगुण ब्रह्मलाई प्राप्त गरे तापनि भेद दृष्टि र कर्तित्वाभिमानका कारण भगवदिच्छाले जव सर्गकाल उपस्थित हुन्छ तव कालरूप ईश्वरको प्रेरणाले गुणमा क्षोभ भएपछि फेरी पहिला जस्तै प्रकट हुन्छन ।।१२,१४।।
ऐश्वर्यं पारमेष्ठ्यं च तेऽपि धर्मविनिर्मितम् ।
निषेव्य पुनरायान्ति गुणव्यतिकरे सति ॥ १५ ॥
यस प्रकार पहिला भनिएका मरीचिआदि ऋषिगण पनि आफ्नो आफ्नो कर्मानुसार ब्रह्मलोकको ऐश्वर्यलाई भोगेर भगवदिच्छाले गुणमा क्षेभ भएर फेरी यसलोकमा आउँदछन ।।१५।।
ये त्विहासक्तमनसः कर्मसु श्रद्धयान्विताः ।
कुर्वन्ति अप्रतिषिद्धानि नित्यान्यपि च कृत्स्नशः ॥ १६ ॥
जस्को चित्त यसलोकमा आशक्त छ र जो कर्ममा श्रध्दा रख्दछ, त्यो वेदमा भनिएको काम्य र नित्यकर्मको सांगोपांग अनुष्ठान मा नै लागिरहन्छ ।।१६।।
रजसा कुण्ठमनसः कामात्मानोऽजितेन्द्रियाः ।
पितॄन् यजन्ति अनुदिनं गृहेष्वभिरताशयाः ॥ १७ ॥
त्रैवर्गिकास्ते पुरुषा विमुखा हरिमेधसः ।
कथायां कथनीयोरु विक्रमस्य मधुद्विषः ॥ १८ ॥
उसको बुध्दि रजोगुणको अधिकताले कुण्ठित हुन्छ । हृदयमा कामनाको जाल फैलिरहन्छ र इन्द्रियहरू उसको वसमा हुदैनन् । त्यो आफ्नो घरमा नै आशक्त भएर नित्य पितृको पूजामा लाग्दछ । यस्ता ब्यक्तिका लागि अर्थ धर्म र का नै प्यारो हुन्छ । त्यसैले जस्को महान पराक्रम अत्यन्त कीर्तनीय छ तर उ त्यस्ता भवभय हारि मदुसूदन भगवानको कथा वर्ताबाट भने विमुख भइरहन्छ ।।१७ ॥१८।।
नूनं दैवेन विहता ये चाच्युतकथासुधाम् ।
हित्वा शृण्वन्ति असद्गाथाः पुरीषमिव विड्भुजः ॥ १९ ॥
विष्टा भोजी, जीवलाई विष्टा चाहिए जस्तै जो मानिस भागवत् कथामृतलाई त्यागेर निन्दित विषय वार्तामात्र सुन्दछ, त्यो त अवस्य विधाताबाट मारिएको हो । उसको भाग्य मन्द हुन्छ ।।१९।।
दक्षिणेन पथार्यम्णः पितृलोकं व्रजन्ति ते ।
प्रजामनु प्रजायन्ते श्मशानान्तक्रियाकृतः ॥ २० ॥
गर्भाधान देदिए लिएर अन्तेष्टि सम्मका संकारालाई विधिपूर्वक गर्ने यी सकाम कर्मिको मृत्यु पश्चात सूर्यको दक्षिण धुममार्ग हँदै पित्रिश्वर अर्यमाको पितृलोकमा जान्छ र फेरी आफ्नै सन्ततिको वंशमा उत्पन्न हुन्छ ।।२०।।
ततस्ते क्षीणसुकृताः पुनर्लोकमिमं सति ।
पतन्ति विवशा देवैः सद्यो विभ्रंशितोदयाः ॥ २१ ॥
माताजी! पितृलोकको भोग भोगेपछि जव उसको पुण्य क्षीण हुन्छ तव देवताहरू उसलाई त्यहाँको ऐश्वर्यबाट च्युत गरिदिन्छन् । फेरी उसलाई विवश भएर तुरुन्तै यसलोकमा झर्नुपर्दछ ।।२१।।
तस्मात्त्वं सर्वभावेन भजस्व परमेष्ठिनम् ।
तद्गुणाश्रयया भक्त्या भजनीयपदाम्बुजम् ॥ २२ ॥
यसैले मताजी! जस्को चरणकमल सदा भज्न योग्य छ उनै भगवान् लाई वहाँकै गुणको आश्रय भक्तिद्वारा सबैप्रकारले (मनवाणी र शरीर) भजन गर्नुपर्दछ ।।२२।।
वासुदेवे भगवति भक्तियोगः प्रयोजितः ।
जनयत्याशु वैराग्यं ज्ञानं यद्ब्रह्मदर्शनम् ॥ २३ ॥
भगवन् वासुदेव प्रति गरिएको भक्तियोगले तुरुन्तै संसारमा वैराग्य र ब्रह्मसाक्षात्कार स्वरूप ज्ञानलाई उदय गराउदछ ।।२३।।
यदास्य चित्तमर्थेषु समेष्विन्द्रियवृत्तिभिः ।
न विगृह्णाति वैषम्यं प्रियं अप्रियमित्युत ॥ २४ ॥
स तदैवात्मनात्मानं निःसङ्गं समदर्शनम् ।
हेयोपादेय रहितं आरूढं पदमीक्षते ॥ २५ ॥
वास्तवमा सबै विषय भगवद्रूप भएका कारण समान छन् अतः इन्द्रियहरूको वृत्तिद्वारा पनि भगवद्रूपको चिन्त वहाँमा प्रिय अप्रियरूप विषमताको अनुभव नगरी सबैमा समानरूपले साक्षत्कार गराउदछ ।।२४।।२५।।
ज्ञानमात्रं परं ब्रह्म परमात्मेश्वरः पुमान् ।
दृश्यादिभिः पृथग्भावैः भगवान् एक ईयते ॥ २६ ॥
वहाँ ज्ञानस्वरूप हुनुहुन्छ, वहाँ नै एक भगवान् स्वयं जीव, शरीर, विषय, इन्द्रियआदि अनेक रूपमा प्रतीत हुनुहुन्छ ।।२६।।
एतावानेव योगेन समग्रेणेह योगिनः ।
युज्यतेऽभिमतो ह्यर्थो यद् असङ्गस्तु कृत्स्नशः ॥ २७ ॥
सम्पूर्ण संसारमा आशक्तिको अभाव हुनु वस, यहि योगीहरूको सब प्रकारको योग साधनको एकमात्र अभिष्ट फल हो ।।२७।।
ज्ञानमेकं पराचीनैः इन्द्रियैर्ब्रह्म निर्गुणम् ।
अवभात्यर्थरूपेण भ्रान्त्या शब्दादिधर्मिणा ॥ २८ ॥
ब्रह्म एक छ ज्ञानस्वरूप र निर्गुण छ र तापनि उ वाह्य वृत्ति भएका इन्द्रियद्वारा भ्रान्तिवश शव्दादि शब्दादि धर्मले गर्दा विभिन्न पदार्थको रूपमा देखिन्छ ।।२८।।
यथा महान् अहंरूपः त्रिवृत् पञ्चविधः स्वराट् ।
एकादशविधस्तस्य वपुरण्डं जगद्यतः ॥ २९ ॥
जस प्रकार एउटै परब्रह्म महतत्व, वैकारिक, राजस र तामस तीनप्रकार को अहंकार, पञ्चमहाभूत एवं प्रकार एघार इन्द्रियरूप भए फेरी स्वयंप्रकाशलाई यीनैको संयोगले जीव भनियो । त्यसै गरी त्यो जीवको शरीररूप यो ब्रह्माण्ड पनि वस्तुतः ब्रह्म नै हो किनकि ब्रह्मबाट नै उसको उत्पत्ति भएको हो ।।२९।।
एतद्वै श्रद्धया भक्त्या योगाभ्यासेन नित्यशः ।
समाहितात्मा निःसङ्गो विरक्त्या परिपश्यति ॥ ३० ॥
तर यस ब्रह्मलाई उसले मात्र देख्न सक्दछ जस्को श्रध्दा भक्ति र वैराग्य तथा निरन्तर योगाभ्यास द्वारा चित्त एकाग्र भएको हुन्छ ।।३०।।
इत्येतत्कथितं गुर्वि ज्ञानं तद्ब्रह्मदर्शनम् ।
येन अनुबुद्ध्यते तत्त्वं प्रकृतेः पुरुषस्य च ॥ ३१ ॥
पूजनीय माताजी! मैले तपाईलाइ यो ब्रह्मसाक्षात्कारको साधनस्वरूप ज्ञान बताएं यसद्वारा प्रकृति र पुरुषको यथार्थ स्वरूपको बोध हुन्छ ।।३१।।
ज्ञानयोगश्च मन्निष्ठो नैर्गुण्यो भक्तिलक्षणः ।
द्वयोरप्येक एवार्थो भगवत् शब्दलक्षणः ॥ ३२ ॥
देवी ! निर्गुण ब्रह्म विषयको ज्ञानयोग र म प्रति गरिएको भक्तियोग यी दुवैको फल एउटै हो । यसैलाई भगवान् भन्दछन ।।३२।।
यथेन्द्रियैः पृथग्द्वारैः अर्थो बहुगुणाश्रयः ।
एको नानेयते तद्वद् भगवान् शास्त्रवर्त्मभिः ॥ ३३ ॥
जसप्रकार रस, रूप,एवं गन्ध आदिको अनेक गुणको आश्रयभूत एकै पदार्थ भिन्नभिन्न इन्द्रियद्वारा भिन्न भिन्न रूपले प्रतीत हुन्छ त्यसै गरी शास्त्रको विभिन्न मार्गद्वारा एउटै भगवान् लाई अनेक प्रकारको अनुभुति हुन्छ ।।३३।।
क्रियया क्रतुभिर्दानैः तपःस्वाध्यायमर्शनैः ।
आत्मेन्द्रियजयेनापि सन्न्यासेन च कर्मणाम् ॥ ३४ ॥
योगेन विविधाङ्गेन भक्तियोगेन चैव हि ।
धर्मेणोभयचिह्नेन यः प्रवृत्तिनिवृत्तिमान् ॥ ३५ ॥
आत्मतत्त्वावबोधेन वैराग्येण दृढेन च ।
ईयते भगवानेभिः सगुणो निर्गुणः स्वदृक् ॥ ३६ ॥
नना प्रकारको काम यज्ञ, धन, तप, वेदाध्यायन, वेदविचार (मिमांसा) मन र इन्द्रयको सम्यम, कर्मको त्याग, विभिन्न अंगको योग, भक्तियोग, निवृति र प्रवृतिरूप, सकाम र निष्काम दुवै प्रकारको धर्म, आत्मतत्वको ज्ञान र दृढ वैराज्ञ यी सबै साधनवाट सगुण र निर्गुणरूपले स्वयंप्रकाश भगवान् लाई प्राप्त गर्न सकिन्छ ।।३४,३६।।
प्रावोचं भक्तियोगस्य स्वरूपं ते चतुर्विधम् ।
कालस्य च अक्तगतेः योऽन्तर्धावति जन्तुषु ॥ ३७ ॥
माताजी सात्वीक, राजस र तामस र निर्गुण भेदले चार प्रकारको भक्तियोग र जुन प्राणीहरूको जन्म र नष्टको कारण हो,जस्को गति जान्न सकिदैन त्यस कालको स्वरूप मैले तपाई लाई भनिसकें ।।३७।।
जीवस्य संसृतीर्बह्वीः अविद्याकर्म निर्मिताः ।
यास्वङ्ग प्रविशन्नात्मा न वेद गतिमात्मनः ॥ ३८ ॥
अविद्या जनित कर्मको कारण जीवको अनेक गति हुन्छ । त्यसमा फस्नाले आफ्नो स्वरूपलाई पहिचान गर्न सक्तैन ।।३८।।
नैतत्खलायोपदिशेन् नाविनीताय कर्हिचित् ।
न स्तब्धाय न भिन्नाय नैव धर्मध्वजाय च ॥ ३९ ॥
मैले तपाईलाई जुन ज्ञानोपदेश दिएको छु त्यसबाट दुष्ट, दुर्विनीत, घमण्डी दुराचारी, र धर्मध्वजी (दम्भी) मानिसलाई यसको उपदेश कहिले पनि नदिनु ।।३९।।
न लोलुपायोपदिशेत् न गृहारूढचेतसे ।
नाभक्ताय च मे जातु न मद्भक्तद्विषामपि ॥ ४० ॥
जो विषय लोलुप छ, गृहाशक्त छ, मेरो भक्त छैन र मेरो भक्त संग द्वेश गर्दछ, त्यस्तालाई पनि यसको उपदेश कहिल्यै नगर्नु ।।४०।।
श्रद्दधानाय भक्ताय विनीताय अनसूयवे ।
भूतेषु कृतमैत्राय शुश्रूषाभिरताय च ॥ ४१ ॥
बहिर्जातविरागाय शान्तचित्ताय दीयताम् ।
निर्मत्सराय शुचये यस्याहं प्रेयसां प्रियः ॥ ४२ ॥
जो अत्यन्त श्रध्दालु, भक्त, विनयी, अर्को माथि दोश दृष्टि नराख्ने, सबै प्राणी संग मित्रता राख्ने, गुरु सेवामा तत्पर, वाह्य विषयमा अनाशक्त, शान्त चित्त र पवित्र चित्त भएको तथा मलाई परम प्यारो मान्नेलाई यो उपदेश अवस्य दिनु पर्दछ ।।४१।।४२।।
य इदं श्रृणुयाद् अम्ब श्रद्धया पुरुषः सकृत् ।
यो वाभिधत्ते मच्चित्तः स ह्येति पदवीं च मे ॥ ४३ ॥
आमा! जो पुरुष म मा चित्त लगाएर यसलाई एकपटक मात्रै पनि श्रवण कथन गर्दछ भने उसलाई मेरो परमपद प्राप्त हुन्छ ।।४३।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे कपिलेये द्वात्रिंशोऽध्यायः ॥ ३२ ॥
