श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः- पञ्चमोऽध्यायः
श्रीशुक उवाच –
(इंद्रवज्रा)
द्वारि द्युनद्या ऋषभः कुरूणां
मैत्रेयमासीनमगाधबोधम् ।
क्षत्तोपसृत्याच्युतभावसिद्धः
पप्रच्छ सौशील्यगुणाभितृप्तः ॥ १ ॥
श्रीशुकदेवजीले भन्नुभयो—
परमज्ञानी मैत्रेयजी हरिद्वारक्षेत्रमा बस्नुहुन्थ्यो । भगवद्भक्तिबाट सुध्द हृदय भएका विदुरजी उनको नजिक गएर साधु स्वभावले तृप्त भएर उनीसंग सोधे ।।१।।
विदुर उवाच-
सुखाय कर्माणि करोति लोको
न तैः सुखं वान्यदुपारमं वा ।
विन्देत भूयस्तत एव दुःखं
यदत्र युक्तं भगवान् वदेन्नः ॥ २ ॥
विदुरले भने —
भगवन्! संसारमा सबै ब्यक्ति सुखका लागि नै काम गर्दछन तर ती कामबाट न उसलाई सुख मिल्दछ नत दुःख नै हटेर जान्छ त्यसैले यस विषयमा के गर्नु उचित हुन्छ कृपा गरेर मलाई बताउनु होस ।।२।।
जनस्य कृष्णाद् विमुखस्य दैवाद्
अधर्मशीलस्य सुदुःखितस्य ।
अनुग्रहायेह चरन्ति नूनं
भूतानि भव्यानि जनार्दनस्य ॥ ३ ॥
जो ब्यक्ति दुर्भाग्यबश भगवान् श्रीकृष्णबाट बिमुख, अधर्म परायण र दुःखी छ उसमाथि कृपा गर्नका लागि तपाई जस्ता भाग्यशाली भगवान्का परमभक्त संसारमा विचरण गर्दछन ।।३।।
तत्साधुवर्यादिश वर्त्म शं नः
संराधितो भगवान् येन पुंसाम् ।
हृदि स्थितो यच्छति भक्तिपूते
ज्ञानं सतत्त्वाधिगमं पुराणम् ॥ ४ ॥
साधुशिरोमणि तपाई मलाई त्यो कल्याणकारी साधनको उपदेश दिनुहोस, जस्को आराधना गर्नाले भगवान् आफ्नो भक्तको भक्तिले भरिएको हृदयमा आएर विराजमान हुनुहुन्छ र आफ्नो स्वरूपको अपरोक्ष अनुभव गराउने सनातन ज्ञान प्रदान गर्नुहुन्छ ।।४।।
करोति कर्माणि कृतावतारो
यान्यात्मतंत्रो भगवान् त्र्यधीशः ।
यथा ससर्जाग्र इदं निरीहः
संस्थाप्य वृत्तिं जगतो विधत्ते ॥ ५ ॥
तीनैलोकका नियन्ता र परमस्वतन्त्र श्रीहरिले अवतार लिएर जुन जुन लीलाहरू गर्नुभएको छ, जसरी अकर्ता भएर पनि कर्ता भएर आरम्भमा यस संसारको सृष्टि गर्नुभयो, जसप्रकार यसलाई स्थापित गरेर ती जगतका जीवहरूको जीविकाको विधान गर्नुहुन्छ ।।५।।
यथा पुनः स्वे ख इदं निवेश्य
शेते गुहायां स निवृत्तवृत्तिः ।
योगेश्वराधीश्वर एक एतद्
अनुप्रविष्टो बहुधा यथाऽऽसीत् ॥ ६ ॥
फेरी यसलाई आफ्नो हृदयाकाशमा लीन गरेर बृत्ति सुन्य हुनुहुन्छ र योगमायाको आश्रय लिएर सयन गर्नुहुन्छ । जसरी वहाँ योगेश्वर प्रभु एक भएर पनि यस बम्हाण्डमा अन्तर्यामीरूपले अनुप्रविष्ट भएर अनेक रूपमा प्रकट हुनुहुन्छ त्यस सम्बन्धि सबै रहस्यका बारेमा मलाई बताउनुहोस ।।६।।
क्रीडन् विधत्ते द्विजगोसुराणां
क्षेमाय कर्माण्यवतारभेदैः ।
मनो न तृप्यत्यपि शृण्वतां नः
सुश्लोकमौलेश्चरितामृतानि ॥ ७ ॥
ब्राह्मण, गाई र देवताको कल्याणका लागि अनेकौं प्रकारको अवतार धारणा गरेर लीलाले नै अनेक किसिमको कर्म गर्नुहुन्छ । ती सबै मलाई बताउनुहोस । परम यशस्वी श्रीहरीको चरित्रको लीलामृत पान गरेर हाम्रो मन कहिल्यै तृप्त हुदैन ।।७।।
यैस्तत्त्वभेदैः अधिलोकनाथो
लोकानलोकान् सह लोकपालान् ।
अचीकॢपद्यत्र हि सर्वसत्त्व
निकायभेदोऽधिकृतः प्रतीतः ॥ ८ ॥
समस्त लोकपतिका स्वामी श्रीहरिले लोक र लोक बाहिर भएका समस्त प्राणीहरूमा भिन्न–भिन्न अनुभव हुनेगरी यस्तो कुन तत्वले लोकको रचना गर्नुभएको हो ? ।।८।।
येन प्रजानामुत आत्मकर्म
रूपाभिधानां च भिदां व्यधत्त ।
नारायणो विश्वसृगात्मयोनिः
एतच्च नो वर्णय विप्रवर्य ॥ ९ ॥
द्विजवर! विश्वकर्ता स्वयम्भु नारायणले आफ्ना प्रजाको स्वभाव, रूप र नामादिको भेदको कुन प्रकारले रचना गरे त्यस बारेमा पनि बताउनुहोस ।।९।।
परावरेषां भगवन् व्रतानि
श्रुतानि मे व्यासमुखादभीक्ष्णम् ।
अतृप्नुम क्षुल्लसुखावहानां
तेषामृते कृष्णकथामृतौघात् ॥ १० ॥
भगवान्! मैले व्यासजीको मुखबाट उच निच वर्णको बारेमा त धेरैपटक सुनेको छु तर श्रीकृष्णाकथामृत बाहेक अरु स्वल्प सुख दिने धर्मबाट मेरो चित्त अघाइसकेको छ ।।१०।।
कस्तृप्नुयात्तीर्थपदोऽभिधानात्
सत्रेषु वः सूरिभिरीड्यमानात् ।
यः कर्णनाडीं पुरुषस्य यातो
भवप्रदां गेहरतिं छिनत्ति ॥ ११ ॥
वहाँ तीर्थपाद श्रीहरिको गुणानुबादले को नै तृप्त हुन सक्छ र । वहाँको त नारदादि महात्मा पनि तपाईहरू जस्ता सन्त समाजमा कीर्तन गर्दछन् जो मानिसको कानमा प्रवेश गर्दछ र संसार चक्रमा खेलाउने घर गृहस्थिलाई काट्दछन् ।।११।।
मुनिर्विवक्षुर्भगवद्गुणानां
सखापि ते भारतमाह कृष्णः ।
यस्मिन् नृणां ग्राम्यसुखानुवादैः
मतिर्गृहीता नु हरेः कथायाम् ॥ १२ ॥
भगवन्! तपाईको मित्र मुनिवर कृष्णद्वैपायनले पनि भगवानको गुणको वर्णन गर्ने इच्छाले नै महाभारतको रचना गर्नु भएको हो । जसमा यी विषय सुखको बारेमा उल्लेख गरेर मानिसको बुध्दिलाई भगवानको कथातिर लगाउने प्रयास गरिएको छ ।।१२।।
सा श्रद्दधानस्य विवर्धमाना
विरक्तिमन्यत्र करोति पुंसः ।
हरेः पदानुस्मृतिनिर्वृतस्य
समस्तदुःखाप्ययमाशु धत्ते ॥ १३ ॥
यो भागवत कथाको रुचि श्रध्दालु पुरुषमा जव वढ्न लाग्दछ उनि अरु विषयबाट विरक्त हुन्छ भगवानको चरणको चिन्तनले आनन्द मग्न हुन्छ । उसले सबै दुखबाट मुक्ति पाउँदछ ।।१३।।
तान् शोच्यशोच्यान् अविदोऽनुशोचे
हरेः कथायां विमुखानघेन ।
क्षिणोति देवोऽनिमिषस्तु येषां
आयुर्वृथावादगतिस्मृतीनाम् ॥ १४ ॥
मलाई ता ती सोचनीय भन्दा पनि सोचीनय अज्ञानी पुरुषसंग निरन्तर खेद लाग्दछ जो पूर्व जन्मको पापको कारण श्रीहरिबाट विमुख भएको छ । उ वाणी, देह र मनलाइ ब्यर्थको वादविवाद, चेष्टा र अनावस्यकको चिन्तनमा लगाउदछ त्यसैले काल भगवानले उसको अमूल्य जीवनलाई काटिरहेका छन ।।१४।।
तदस्य कौषारव शर्मदातुः
हरेः कथामेव कथासु सारम् ।
उद्धृत्य पुष्पेभ्य इवार्तबन्धो
शिवाय नः कीर्तय तीर्थकीर्तेः ॥ १५ ॥
मैत्रेयजी! तपाई दुःखी माथि कृपा गर्नुहुन्छ त्यसैले भ्रमरा जसरी फूलबाट रस निकाल्दछ त्यसै गरी लौकिक कथाहरूबाट यसको सारभूत, परम कल्याणकारी, पवित्रकीर्ति श्रीहरिको तीर्थ समानको कथा हाम्रो कल्याणका लागि सुनाउनुहोस ।।१५।।
स विश्वजन्मस्थितिसंयमार्थे
कृतावतारः प्रगृहीतशक्तिः ।
चकार कर्माण्यतिपूरुषाणि
यानीश्वरः कीर्तय तानि मह्यम् ॥ १६ ॥
वहाँ सर्बैश्वरले संसारको उत्पत्ति, स्थिति र संहारको लागि आफ्नो माया शक्तिलाई स्वीकार गरेर राम–कृष्ण आदि अवतारबाट जुन अलौकिक लीलाहरू गर्नुभयो ती सबैका बारेमा मलाई सुनउनुहोस ।।१६।।
श्रीशुक उवाच –
(अनुष्टुप)
स एवं भगवान् पृष्टः क्षत्त्रा कौषारविर्मुनिः ।
पुंसां निःश्रेयसार्थेन तमाह बहु मानयन् ॥ १७ ॥
सुकदेवजीले भन्नुभयो—
जव विदुरजीले जीवको कल्याणका लागि यस प्रकारको प्रश्नगरे, अनि मुनिवर मैत्रेयले उनको प्रशंसा गर्दै भने ।।१७।।
मैत्रेय उवाच–
साधु पृष्टं त्वया साधो लोकान् साधु अनुगृह्णता ।
कीर्तिं वितन्वता लोके आत्मनोऽधोक्षजात्मनः ॥ १८ ॥
हे साधु स्वभाव भएका विदुरजी! तपाईले लोकका जीवहरुको अनुग्रह गर्नको लागि नै यस्तो प्रकारको प्रश्न सोध्नु भएको हो । यसबाट सधैं भगवानमा चित्त लगाई राख्ने तपाईको कीर्ति लोकमा फैलने छ ॥ १८ ॥
नैतच्चित्रं त्वयि क्षत्तः बादरायणवीर्यजे ।
गृहीतोऽनन्यभावेन यत्त्वया हरिरीश्वरः ॥ १९ ॥
तपाई व्यासजीको औरस पुत्र हुनुहुन्छ त्यसैले तपाई अनन्य भावबाट सर्बेश्वर श्रीहरिमा नै आश्रित हुनु कुनै नौलो कुरा होइन ।।१९।।
माण्डव्यशापाद् भगवान् प्रजासंयमनो यमः ।
भ्रातुः क्षेत्रे भुजिष्यायां जातः सत्यवतीसुतात् ॥ २० ॥
तपाई प्रजालाई दण्ड दिने भगवन् यम नै हुनुहुन्छ । माण्डव्य ऋषिको श्रापका कारण नै तपाई व्यासको वीर्यबाट विचित्रवीर्यकी भोगपत्नी दाशीको गर्भबाट जन्म लिनुभएको हो ।।२०।।
भवान् भगवतो नित्यं सम्मतः सानुगस्य ह ।
यस्य ज्ञानोपदेशाय माऽऽदिशद्भगवान् व्रजन् ॥ २१ ॥
तपाई सधैभरि भगवान् र भक्तहरूको प्रिय हुनुहुन्छ । त्यसैले भगवान् स्वधाम जाने समयमा तपाईलाई ज्ञान उपदेश दिन मलाई आज्ञा भएको थियो ।।२१।।
अथ ते भगवल्लीला योगमायोरुबृंहिताः ।
विश्वस्थिति उद्भवान्तार्था वर्णयामि अनुपूर्वशः ॥ २२ ॥
यसैले अव म जगतको उत्पत्ति, स्थिति र लयका लागि योगमायाद्वारा विस्तारित भएको भगवानको विभिन्न लीलाहरूको बारेमा क्रमशः वर्णन गर्दछु ।।२२।।
भगवान् एक आसेदं अग्र आत्माऽऽत्मनां विभुः ।
आत्मेच्छानुगतावात्मा नानामत्युपलक्षणः ॥ २३ ॥
सृष्टि रचना गर्नुभन्दा पहिले सबै आत्माहरूको आत्मा एक पूर्ण परमात्मा मात्र हुनुहुन्थ्यो, त्यतिवेला न द्रष्टा नै थियो न दृष्य नै थियो । सृष्टिकालमा जो अनेकता देखाइदिन्थ्यो त्यो पनि वहाँ नै हुनुहुन्थ्यो । किनभने उनको इच्छा एक्लै रहनु नै थियो ॥ २३ ॥
स वा एष तदा द्रष्टा नापश्यद् दृश्यमेकराट् ।
मेनेऽसन्तमिवात्मानं सुप्तशक्तिः असुप्तदृक् ॥ २४ ॥
उनी नै द्रष्टा भएर देखिए तर उनको दृष्य देखिएन । त्यस समयमा उनी अद्वितीय रूपबाट प्रकाशित भएका थिए । यस्तो अवस्थामा उनले आफुलाई असत् समान सम्झन लागे तर वस्तवमा उनी असत् थिएनन किनकि उनको शक्ति सुतेको थियो । उनको ज्ञानको लोप भएको थिएन ।।२४।।
सा वा एतस्य संद्रष्टुः शक्तिः सद् असदात्मिका ।
माया नाम महाभाग ययेदं निर्ममे विभुः ॥ २५ ॥
महाभाग विदुरजी! यो द्रष्टा र दृष्यको अनुसन्धान गर्ने शक्तिनै कार्यकारण रूपमाया हो । यस मायाद्वारा नै भगवानले विश्वको रचना गर्नुभयो ।।२५।।
कालवृत्त्या तु मायायां गुणमय्यामधोक्षजः ।
पुरुषेणात्मभूतेन वीर्यमाधत्त वीर्यवान् ॥ २६ ॥
कालशक्तिले जव यो सत्व, रज र तमआदि त्रीगुणमयी मायामा क्षोभ प्राप्त भयो तव परमात्माले आफ्नो अंश पुरुषबाट उसमा चेतनरूप वीज स्थापित गर्नुभयो ।।२६।।
ततोऽभवन् महत्तत्त्वं अव्यक्तात् कालचोदितात् ।
विज्ञानात्माऽऽत्मदेहस्थं विश्वं व्यञ्जन् तमोनुदः ॥ २७ ॥
कालको प्रेरणाले उस अब्यक्त माया बाट महतत्व प्रकट भयो । त्यो मिथ्या अज्ञान नाश भएका कारण विज्ञान स्वरूप आफुमा सुक्ष्म स्वरूपले स्थित प्रपञ्चको अभिब्यक्ति गर्नेवाला थियो ।।२७।।
सोऽप्यंशगुणकालात्मा भगवद् दृष्टिगोचरः ।
आत्मानं व्यकरोद् आत्मा विश्वस्यास्य सिसृक्षया ॥ २८ ॥
त्यसपछि चिदाभासरूप र कालको अधिन त्यस महतत्वमा भगवानको दृष्टि परेपछि यस विश्वको रचनाको निम्ति आफुलाई अर्कोरूप धारण ग¥यो ।।२८।।
महत्तत्त्वाद् विकुर्वाणाद् अहंतत्त्वं व्यजायत ।
कार्यकारणकर्त्रात्मा भूतेन्द्रियमनोमयः ॥ २९ ॥
महतत्वमा विकृति भएर अहंकारको उत्पत्ति भयो जुन कार्य, (अधिभुत) कारण, (अध्यात्म) र कर्ता (अधिदैव) रूप भएको हुनाले पञ्चभूत, दस इन्द्रिय र मनको कारण हो ।।२९।।
वैकारिकस्तैजसश्च तामसश्चेत्यहं त्रिधा ।
अहंतत्त्वाद् विकुर्वाणात् मनो वैकारिकात् अभूत् ।
वैकारिकाश्च ये देवा अर्थाभिव्यञ्जनं यतः ॥ ३० ॥
त्यो अहंकार वैका॥रिक, (सात्विक) तैजस, (राजस) र तामस भेदले तीनप्रकारको छ । यसकारण महतत्वमा विकार हुदा वैकारिक अहंकारबाट मन र जसबाट विषयको ज्ञान हुन्छ ती इन्द्रियादि विषयको अधिष्ठातृ देवता यै सात्विक अहंकारबाट उत्पन्न भयो ।।३०।।
तैजसानि इन्द्रियाण्येव ज्ञानकर्ममयानि च ।
तामसो भूतसूक्ष्मादिः यतः खं लिङ्गमात्मनः ॥ ३१ ॥
तैजस अहंकारबाट ज्ञानेन्द्रिय र कर्मेन्द्रिय दुई तथा तामस अहंकारबाट सूक्ष्म भूतको कारण शव्द तन्मात्रा भयो । जसबाट दृष्टान्तको बोध गराउने आकाश उत्पन्न भयो ।।३१।।
कालमायांशयोगेन भगवद् वीक्षितं नभः ।
नभसोऽनुसृतं स्पर्शं विकुर्वन् निर्ममेऽनिलम् ॥ ३२ ॥
भगवानको दृष्टि आकाशमा प¥यो त्यसपछि फेरी आकाशबाट काल, माया र चिदाभासको योगले स्पर्श तन्मात्रा भयो अनि उसमा पनि विकृत हुदा वायु उत्पन्न भयो ।।३२।।
अनिलोऽपि विकुर्वाणो नभसोरुबलान्वितः ।
ससर्ज रूपतन्मात्रं ज्योतिर्लोकस्य लोचनम् ॥ ३३ ॥
अत्यन्त चलवान वायुले आकाश सहित विकृत भएर रूपतन्मात्रा को रचना ग¥यो जसबाट संसारलाई प्रकाश गराउने तेज उत्पन्न भयो ।।३३।।
अनिलेन अन्वितं ज्योतिः विकुर्वत् परवीक्षितम् ।
आधत्ताम्भो रसमयं कालमायांशयोगतः ॥ ३४ ॥
फेरी परमात्माको दृष्टि पर्नाले वायु युक्त तेजले कालमात्रा र चिदंशको योगबाट विकृति भएर रस तन्मात्राको कार्य जलको उत्पत्ति ग¥यो ।।३४।।
ज्योतिषाम्भोऽनुसंसृष्टं विकुर्वद् ब्रह्मवीक्षितम् ।
महीं गन्धगुणां आधात् कालमायांशयोगतः ॥ ३५ ॥
त्यसपछि तेजवाट युक्त जलले ब्रह्मको दृष्टि परेपछि काल माया र चिदंशको योगले गन्ध गुणयुक्त पृथ्वीको उत्पत्ति ग¥यो ।।३५।।
भूतानां नभआदीनां यद् यद् भव्यावरावरम् ।
तेषां परानुसंसर्गाद् यथा सङ्ख्यं गुणान् विदुः ॥ ३६ ॥
विदुरजी यस आकाशादि पञ्चभूतबाट जुन जुन भूत पछि पछि उत्पन्न भयो उसमा क्रमशः आफ्नो पूर्व भूतको गुण पनि संझनुपर्छ ।।३६।।
एते देवाः कला विष्णोः कालमायांशलिङ्गिनः ।
नानात्वात् स्वक्रियानीशाः प्रोचुः प्राञ्जलयो विभुम् ॥ ३७ ॥
यो महतत्वादिको अभिमानी देवताहरू भगवानको नै अंश हुन । तर फरक फरक भएका कारण जव त्यो विश्व रचनारूप आफ्नो कार्यमा सफल भएन अनि हात जोडेर भगवान् संग भन्न लागे ।।३७।।
देवा ऊचुः -
(इंद्रवज्रा)
नमाम ते देव पदारविन्दं
प्रपन्नतापोपशमातपत्रम् ।
यन्मूलकेता यतयोऽञ्जसोरु
संसारदुःखं बहिरुत्क्षिपन्ति ॥ ३८ ॥
देवताहरूले भने—
देव हामी हजूरको चरणकमलको वन्दना गर्दछौं, जो आफ्नो शरणमा आएका जीवहरूको ताप नाश गर्नाका लागि छत्र समान छन् । तथा यीनको आश्रय पाएर यतिजन –योगी अनन्त संसार दुःखबाट सजिलै पार पाउंदछन ।।३८।।
धातर्यदस्मिन् भव ईश जीवाः
तापत्रयेणाभिहता न शर्म ।
आत्मन्लभन्ते भगवंस्तवाङ्घ्रि
च्छायां सविद्यामत आश्रयेम ॥ ३९ ॥
जगतकर्ता जगदिश्वर! हे ईश्वर! यस संसारमा तापत्रयबाट पीडित हुनाका कारण जीवलाई अलिकता पनि शान्ति मिल्दैन त्यसैले भगवान् हामी तपाईको चरणकमलको आश्रय लिन्छौं ।।३९।।
मार्गन्ति यत्ते मुखपद्मनीडै
श्छन्दःसुपर्णैः ऋषयो विविक्ते ।
यस्याघमर्षोदसरिद्वरायाः
पदं पदं तीर्थपदः प्रपन्नाः ॥ ४० ॥
वेद पनि हजूरको मुखमा बस्ने चरा हुन । यसैको आश्रय पाएर ऋषिमुनिहरू आफ्नो हृदयमा त्यो चरणको खोजी गर्दछन जुन सम्पूर्ण पाप नाशिनी नदीहरूमा श्रेष्ठ गंगाजीको उद्गम स्थान हो । त्यहि परम पावन चरणकमलको हामी आश्रय लिन्छौं ।।४०।।
यत् श्रद्धया श्रुतवत्या च भक्त्या
सम्मृज्यमाने हृदयेऽवधाय ।
ज्ञानेन वैराग्यबलेन धीरा
व्रजेम तत्तेऽङ्घ्रिसरोजपीठम् ॥ ४१ ॥
हामी तपाईको चरणकमलको यस चौकीको आश्रय ग्रहण गर्दछौं जसलाई भक्तजनहरू श्रध्दा, श्रवण र कीर्तनादिरूप भक्तिबाट निर्मल भएको अन्तःकरणमा धारण गरेर वैराज्ञ ज्ञानद्वारा तृप्त हुन्छन हामी उनै चरणकमल पादुकाको शरण लिन्छौं ।।४१।।
विश्वस्य जन्मस्थितिसंयमार्थे
कृतावतारस्य पदाम्बुजं ते ।
व्रजेम सर्वे शरणं यदीश
स्मृतं प्रयच्छत्यभयं स्वपुंसाम् ॥ ४२ ॥
हे ईश्वर ! हजूर संसारको उत्पत्ति स्थिति र संहारका लागि अवतार लिनुहुन्छ । त्यसैले हामी सबै यस चरणकमलको शरण लिन्छौ जसले आफ्नो श्रवण गर्ने भक्तजनलाई अभय दिन्छ ।।४२।।
यत्सानुबन्धेऽसति देहगेहे
ममाहं इति ऊढ दुराग्रहाणाम् ।
पुंसां सुदूरं वसतोऽपि पुर्यां
भजेम तत्ते भगवन् पदाब्जम् ॥ ४३ ॥
जुन पुरुष देह, गेह, तथा त्यसमा सम्बन्ध राख्ने भएका अन्य पदार्थमा अहमता, ममताको दृढ अग्रह राख्ने हुन्छ उसको शरीरमा हजूर अन्तर्यामीरूपले रहनु हुंदा पनि अत्यन्त टाढा हुनुहुन्छ, त्यो तपाइको चरणारविन्दको हामी भजन गर्दछौं ।।४३।।
तान् वै ह्यसद्वृत्तिभिरक्षिभिर्ये
पराहृतान्तर्मनसः परेश ।
अथो न पश्यन्ति उरुगाय नूनं
ये ते पदन्यासविलासलक्ष्याः ॥ ४४ ॥
हे परम यशश्वी परमेश्वर! इन्द्रियको विषयादिमा परेका इन्द्रियले गर्दा जस्को मन सधै भरी बाहिर भड्किरहन्छ । त्यस्ताले हजूरको पद विशेष र भक्तजनको दर्शन पाउन सक्दैन र उ तपाईको चरणबाट टाढा हुन्छ ।।४४।।
पानेन ते देव कथासुधायाः
प्रवृद्धभक्त्या विशदाशया ये ।
वैराग्यसारं प्रतिलभ्य बोधं
यथाञ्जसान् वीयुरकुण्ठधिष्ण्यम् ॥ ४५ ॥
देव! तपाइको कथामृत पान गर्नाले उम्लिएको भक्तिको कारण जस्को अन्तःकरण निर्मल भएको छ त्यसका लागि वैराज्ञ नै एकमात्र सार हो । यस्तो आत्मज्ञान प्राप्त गरेर आराम संग नै तपाईको वैकुण्ठ धाम मा पुग्दछ ।।४५।।
तथापरे चात्मसमाधियोग
बलेन जित्वा प्रकृतिं बलिष्ठाम् ।
त्वामेव धीराः पुरुषं विशन्ति
तेषां श्रमः स्यान्न तु सेवया ते ॥ ४६ ॥
अरु धीर पुरुष चित्त निरोध समाधिका वलले हजूरको प्रवल मायालाई जितेर हजूर मै लीन हुन्छ । तर उसलाई श्रम धेरै हुन्छ तर हजूरको सेवाको बाटोमा कुनै कठिनाई पर्दैन ।।४६।।
तत्ते वयं लोकसिसृक्षयाद्य
त्वयानुसृष्टास्त्रिभिरात्मभिः स्म ।
सर्वे वियुक्ताः स्वविहारतन्त्रं
न शक्नुमस्तत् प्रतिहर्तवे ते ॥ ४७ ॥
आदिदेव! हजूरले सृष्टि रचनाको इच्छाले हामीलाई त्रिगुणमय स्वभावले रच्नुभएको छ । त्यसैले विभिन्न स्वभाव हुनाका कारण हामी आपसमा मिल्न सक्दैनौं । यसैले हजूरको कृडाको साधनरूप ब्रह्माण्डको रचना गरेर त्यसैमा समर्पण गर्न सकेका छैनौं ।।४७।।
यावद्बलिं तेऽज हराम काले
यथा वयं चान्नमदाम यत्र ।
यथोभयेषां त इमे हि लोका
बलिं हरन्तोऽन्नमदन्त्यनूहाः ॥ ४८ ॥
त्यसैले जन्मरहित भगवान् हामी ब्रह्माण्डको रचना गरेर हामी पनि आफ्नो योग्यता अनुसार अन्न ग्रहण गर्न सकौं । त्यस्तै यो सब जीवहरू पनि सबप्रकारको विध्न–बाधाहरू बाट टाढा रहेर आ–आफ्नो अन्न ग्रहण गर्न सकौं । यस्तो खालको उपायको ब्यबस्था गर्नुहोस ।।४८।।
त्वं नः सुराणामसि सान्वयानां
कूटस्थ आद्यः पुरुषः पुराणः ।
त्वं देव शक्त्यां गुणकर्मयोनौ
रेतस्त्वजायां कविमादधेऽजः ॥ ४९ ॥
हजूर निर्विकार पुराण पुरुष हुनुहुन्छ पनि अन्य वर्गको सहित हामी देवताहरूको अगाडि कारण हुनुहुन्छ । देव! पहिले हजूर आजन्माले नै सत्वाददि गुण र जन्मादि कर्मको कारण रूप मायाशक्तिमा चिदाभसरूप वीर्य स्थापित गर्नु भएको थियो ।।४९।।
ततो वयं मत्प्रमुखा यदर्थे
बभूविमात्मन् करवाम किं ते ।
त्वं नः स्वचक्षुः परिदेहि शक्त्या
देव क्रियार्थे यद् अनुग्रहाणाम् ॥ ५० ॥
हे परमात्मन्! महतत्वादिरूप हामी देवगण जुन कार्यका लागि उत्पन्न भएका हौं उसको सम्बन्धमा के गर्ने ? देव! हामी माथी हजूर नै अनुग्रह गर्ने हुनुहुन्छ । त्यसैले ब्रह्माण्ड रचनाका लागि हजूर हामीलाई कृयाशक्ति सहित हजूरको ज्ञान शक्ति पनि प्रदान गर्नुहोस ।।५०।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे विदुरोद्धवसंवादे पञ्चमोऽध्यायः ॥ ५ ॥
