/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

एकादशस्कन्धः – दशमोऽध्यायः

श्रीमद्भागवत महापुराण 
एकादशस्कन्धः – दशमोऽध्यायः

श्रीभगवानुवाच
मयोदितेष्ववहितः स्वधर्मेषु मदाश्रयः ।
वर्णाश्रमकुलाचारमकामात्मा समाचरेत् ।। १।।

भगवान्ले भन्नुभयो– मेरो शरणमा रहेर सावधानी पूर्वक मैले बताएको धर्मको पालना गर्नु र निष्काम भाले वर्ण आश्रम र कुल अनुसार सदाचारको पालना गर्नु ।।१।।

अन्वीक्षेत विशुद्धात्मा देहिनां विषयात्मनाम् ।
गुणेषु तत्त्वध्यानेन सर्वारम्भविपर्ययम् ।। २।।
स्वधर्मबाट चित्तशुद्ध भएको व्यक्तिले यस्तो विचार गर्नु पर्दछ कि विषयमा आसक्त भएको व्यक्तिले गरिएको कर्मबाट उल्टो फल प्राप्त हुन्छ भन्ने सोचोस् ।।२।।

सुप्तस्य विषयालोको ध्यायतो वा मनोरथः ।
नानात्मकत्वाद् विफलस्तथा भेदात्मधीर्गुणैः ।। ३।।
सुतेर सपनामा देखिने वस्तु र मनले चिताएका विषयहरू धेरै थरी हुनाले जसरी ब्यर्थ हुन्छन् त्यसरी नै इन्द्रियद्वारा गरिएको भेदबुद्धि पनि अनेक प्रकारको हुनाले व्यर्थ नै हुन्छ ।।३।।

निवृत्तं कर्म सेवेत प्रवृत्तं मत्परस्त्यजेत् ।
जिज्ञासायां संप्रवृत्तो नाद्रियेत् कर्मचोदनाम् ।। ४।।
मेरो शरणमा परेको भक्तले सदा निष्काम कर्म नै गरुन् र सकाम कर्मलाई स्वीकार नगरुन् । तर जब ब्रह्मचिन्तनमा संलग्न हुने इच्छा भएका व्यक्तिले नित्य र नैमित्तिक कर्म पनि स्वीकार नगरून्, त्यागिदिउन् ।।४।।

यमानभीक्ष्णं सेवेत नियमान् मत्परः क्वचित् । 
मदभिज्ञं गुरुं शान्तमुपासीत मदात्मकम् ।। ५ ।। 
मेरा भक्तले अहिंसा सत्य एवंm आस्तेय आदि नियमको सदा पालना गरुन् र मेरो यथार्थ स्वरूप जान्ने, शान्त स्वभाव भएका गुरुलाई मेरै रूप सम्झिएर उपासना गरून् ।।५।।

अमान्यमत्सरो दक्षो निर्ममो दृढसौहृदः । 
असत्वरोऽर्थजिज्ञासुरनसूयुरमोघवाक् ।। ६ ।।
आत्मज्ञान गर्न चाहने शिष्यले अभिमानरहित भएर गुरुका साथमा रहनुपर्दछ । क्रोधलाई वश गर्नु पर्दछ, अल्छी गर्न हुँदैन, परिवारमा ममता राख्न हुँदैन, गुरुमा दृढप्रेम गर्नुपर्दछ, मन चञ्चल गर्न हुँदैन या मन वश गर्नु पर्दछ गुरुसंग तत्व सम्बन्धि कुराहरु सोध्नु पर्छ र कसैसंग इष्र्या राख्न हुदैन ।। ६ ।।

जायापत्यगृहक्षेत्रस्वजनद्रविणादिषु ।
उदासीनः समं पश्यन् सर्वेष्वर्थमिवात्मनः ।। ७ ।।
जिज्ञासुको परम धा आत्मा हो त्यसैले उसले स्त्री, पुत्र, घर, खेत, कुटुम्ब, धन आदि सबै विषयमा अनासक्त भावले उदासीन बन्नु पर्दछ । र सबै पदार्थमा समान रुपले आत्मा देख्नु पर्दछ ।७।।

विलक्षणः स्थूलसूक्ष्माद् देहादात्मेक्षिता स्वदृक् ।
यथाऽग्निर्दारुणो दाह्याद् दाहकोऽन्यः प्रकाशकः ।। ८ ।।
हे उद्धव ! जसरी बल्ने र प्रकाशित हुने दाउरा भन्दा त्यसलाई बाल्ने र प्रकासित गर्ने अग्नि फरक हो त्यसरी नै स्वयं प्रकास एवं आत्मरुप परामात्मा स्थूल एवं सूक्ष्म शरीर भन्दा भिन्न हुन् ।।८।।

निरोधोत्पत्त्यणुबृहन्नानात्वं तत्कृतान् गुणान्
अन्तः प्रविष्ट आधत्त एवं देहगुणान् परः ।। ९
जस्तो काठभित्र रहेको आगोमा काठको स्वरूप अनुसार सानो, ठूलो, निभ्ने, बल्ने गर्दछ, बलेर दाउरा सकिए पनि आगो सकिदैन, त्यस्तै शरीर भित्रको आत्मामा पनि शरीरको गुण हरु देखिन्छन् ।।९।।

योऽसौ गुणैर्विरचितो देहोऽयं पुरुषस्य हि ।
संसारस्तन्निबन्धोऽयं पुंसो विद्याच्छिदात्मनः ।। १० ।।
परमात्माका मायाका गुणले यस स्थूल एवं सूक्ष्म शरीर बनेको हुन्छ । जीवको जन्म मृत्यु रुप संसार पनि यही भ्रम तथा अध्यासको कारण हो । आत्माको ज्ञान भएपछि संसारलाई निवृत्त गर्दछ ।।१०।।

तस्माज्जिज्ञासयाऽऽत्मानमात्मस्थं केवलं परम् । 
सङ्गम्य निरसेदेतद्वस्तुबुद्धिं यथाक्रमम् ।। ११ ।।
त्यसैले विचारद्वारा अन्तःकरणमा रहेका अद्वितीय परमात्मालाई जानेर जो बाहिरी पदार्थमा भएको सत्य ठान्ने बुद्धि हो क्रमैसँग हटाउँदै जानुपर्दछ ।।११।।

आचार्योऽरणिराद्यः स्यादन्तेवास्युत्तरारणिः ।
तत्सन्धानं प्रवचनं विद्यासन्धिः सुखावहः ।। १२ ।।
विद्यारुप अग्निको उत्पत्तिको लागि आचार्य माथिको काठ (अरणि) र शिष्य तलको काठ (अरणी)  हुन्छ । र गुरुको उपदेश चाँही माझको मन्थन काठ हो । जसबाट अत्यन्त सुख दिने हुन्छ ।।१२।।

वैशारदी सातिविशुद्धबुद्धि–
        धुनोति मायां गुणसम्प्रसूताम् ।
गुणांश्च सन्दह्य यदात्ममेतत्
        स्वयं च शाम्यत्यसमिद् यथाग्निः ।। १३ ।।
सिपालु शिष्यले निपुण गुरुबाट प्राप्त गरेको विशुद्ध ज्ञानले विषय रुपी मायालाई भष्म गरिदिन्छ । त्यसपति त्यो गुण पनि भष्म हुन्छ, जुन गुणले संसार बनेको हुन्छ र फेरी त्यो ज्ञानाग्नि पनि स्वयं समिधा सिध्दिएको आगो जसरी शान्त हुन्छ ।।१३।।

अथैषां कर्मकर्तककणां भोक्तृणां सुखदुःखयोः ।
नानात्वमथ नित्यत्वं लोककालागमात्मनाम् ।। १४ ।।
मन्यसे सर्वभावानां संस्था द्यौत्पत्तिकी यथा ।
तत्तदाकृतिभेदेन जायते भिद्यते च धीः ।। १५ ।।
एवमप्यङ्ग सर्वेषां देहिनां देहयोगतः ।
कालावयवतः सन्ति भावा जन्मादयोऽसकृत् ।। १६ ।।
हे उद्धव ! तिमी कर्मका कर्ता र सुख, दुःखको भोक्ता जीवात्मालाई अनेक तथा जगत काल वेद तथा आत्माको नित्य मान्दछौ साथै सबै पदार्थको स्थिति प्रवाह यथार्थ मन्दछौ र त्यसको आकृतिको भेदले त्यसको ज्ञान पनि उत्पन्न हुन्छ र बदलिरहन्छ भन्छौ भने सम्पूर्ण जीवात्मा हरुको क्षण काल अनुसार बारम्वार जन्म मृत्यु भै रहन्छन् । शरीर सम्बन्धको कारणले ।।१४–१५–१६।। 

अत्रापि कर्मणां कर्तुरस्वातन्त्र्यं च लक्ष्यते ।
भोक्तुश्च दुःखसुखयोः को न्वर्थो विवशं भजेत् ।। १७ ।।
जीवात्मा अनेक मानेको पक्षमा पनि कर्म गर्ने र सुखदुःख रूप फलको भोग गर्ने जीव अरुको अधीनमा रहेको स्पष्ट हुन्छ । उनीहरु स्वतन्त्र हुदैनन् । यस्तो अरुको अधीन भएको जीवलाई विषय सुख कसरी हुन्छ ? ।।१७।।

न देहिनां सुखं किञ्चिद् विद्यते विदुषामपि ।
तथा च दुःखं मूढानां वृथाहङ्करणं परम् ।। १८ ।।
शास्त्रिय कर्ममा सिपालु भएका विद्वानहरुलाई पनि सुख मात्र छैन, त्यस्तै मूर्ख प्राणीलाई पनि दुःख मात्र हुदैन । किनभने सुख र दुःख भन्ने कुरा प्रारब्ध अनुसार भिल्ने भएकोले, म जान्ने भएर सुख पाएको भनी अहङ्कार गर्नु व्यर्थ छ ।।१८।।

यदि प्राप्तिं विघातं च जानन्ति सुखदुःखयोः ।
तेऽप्यद्धा न विदुर्योगं मृत्युर्न प्रभवेद् यथा ।। १९ ।।
हुन त जान्ने मानिसहरू सुख पाउने र दुःख नाश गर्ने बिधि जानेका छन भने तापनि तिनीहरू पनि जे गर्दा मानिसले मर्नुपर्दैन, त्यसको उपायको बारेमा जान्दैनन् ।।१९।।

को न्वर्थः सुखयत्येनं कामो वा मृत्युरन्तिके ।
आघातं नीयमानस्य वध्यस्येव न तुष्टिदः ।। २० ।।
प्रत्यक्ष मृत्युको नजिकै पुगेको व्यक्तिलाई कुनै विषय र धन आदि पदार्थले पनि र
दिदैन जसरी वधशाला आदि मार्ने ठाउँमा लैजान लागेका प्राणीलाई फूल माला चन्दन आदि लगाइ दिनाले सुख दिन सक्दैनन् ।।२०।।

श्रुतं च दृष्टवद् दुष्टं स्पर्धासूयात्ययव्ययैः ।
बह्वन्तरायकामत्वात् कृषिवच्चापि निष्फलम् ।। २१ ।।

लौकिक सुखको समान परलौकिक सुख पनि दोषले दुषित नै छ । परलोकमा पनि अनेक किसिमका प्रतिस्पर्धा हुन्छ । धेरै सुख भोग्नेको लागि असूया (उसको गुणमा दोष दिेखिनु असूया भनिन्छ) पुण्य क्षीण भएपछि सुखको नाश हुदै जान्छ त्यसैले त्यहाँ धेरै विघ्ना बाधा भएको कृषिकर्म झैं निस्फल पनि हुन्छ ।।२१।।

अन्तरायैरविहतो यदि धर्मः स्वनुष्ठितः ।
तेनापि निर्जितं स्थानं यथा गच्छति तच्छृणु ।। २२ ।।
यदि कसैले विघ्न विना नै धर्म पूरा गर्यो भने त्यो धर्मद्वारा प्राप्त हुने स्थानमा जीवात्मा कसरी जान्छ भन्ने कुरा क बताउँछु, सुन ।।२२।।

इष्ट्वेह देवता यज्ञैः स्वर्लोकं याति याज्ञिकः ।
भुञ्जीत देववत् तत्र भोगान् दिव्यान् निजार्जितान् ।। २३ ।।
जसले यज्ञ गर्छन् तिनले यो लोकमा यज्ञद्वारा इन्द्रिादि देवताको पूजा गरेर यज्ञ गर्ने व्यक्ति स्वर्गलोक जान्छ, त्यहाँ आफूले आर्जन गरेको पुण्यले दिव्यभोग देवताले झैँ भोग भोग्दछन् ।।२३।।

स्वपुण्योपचिते शुभ्रे विमान उपगीयते ।
गन्धर्वैर्विहरन् मध्ये देवीनां हृद्यवेषधृक् ।। २४ ।।
आफ्ना पुण्यद्वारा प्राप्त उत्तम विमानमा सुन्दर शरीर धारण गरेर अप्सरा सहित भएर विहार गर्दछ । गन्धर्वहरुले उसको गन्धर्वद्वारा गुणगान गरिन्छ ।।२४।।

स्त्रीभिः कामरायानेन किङ्किणीजालमालिना ।
ःक्रीडन् न वेदात्मपातं सुराकीडेषु निर्वृतः ।। २५ ।। 
साना साना घण्टी लगाइएको मोतीको जालको पक्तिले युक्त आफ्नो इच्छा अनुसार हिंड्न सकिने विमानमा अप्सराहरु  सहित भइ बसेर नन्दनादिवनमा क्रीडा गर्दै आफ्नो पतन हुने दिन थाहा पाउदैन ।।२५।। 

तावत् प्रमोदते स्वर्गे यावत् पुण्यं समाप्यते । 
क्षीणपुण्यः पतत्यवगनिच्छन् कालचालितः ।। २६ ।।
जबसम्म आफ्नो पुण्य रहन्छ तबसम्म स्वर्गको आनन्दभोग गर्दछ, पुण्य सकिएपछि आफ्नो इच्छा नभएपनि कालद्वारा प्रेरित भएर तल झर्दछ ।।२६।। 

यद्यधर्मरतः सङ्गादसतां वाजितेन्द्रियः ।
कामात्मा कृपणो लुब्धः स्त्रैणो भूतविहिंसकः ।। २७ ।।
पश्नबिधिनाऽऽलभ्य प्रेतभूतगणान् यजन् ।
तरकानवशो जन्तुर्गत्वा यात्युल्बणं तमः ।। २८ ।।
यदि कोही खराब विषयी व्यक्तिका सङ्गतले अधर्ममा लाग्ने, इन्द्रियको वशमा पर्ने, वासनामा आसक्त, मूर्ख, लोभी, स्त्रीलम्पट, प्राणीहिंसक, व्यक्ति विधि विना नै पशुबध गरेर भूत र प्रेत गणलाई पूजा गर्ने जीव बाध्यताले नरकमा गएर पर्दछ र अज्ञानरूप अन्धकारमा पुग्दछ ।।२८।।

कमणि दुःखोदकांणि कुर्वन् देहेन तैः पुनः ।
देहमाभजते तत्र किं सुखं मत्र्यधर्मिणः ।। २९ ।।
जत पनि सकाम कर्म गरिन्छ त्यसले जीवलाई वर्हिमुख बनाइदिन्छ । त्यसको फल झन दुःख दिने हुन्छ । त्यस्तो कर्मका कारण मानिसले वारम्वार जन्म दिनु पर्दछ । यस्तो मृत्यु रुप जीवले कुनै सुख प्राप्त गर्न सक्तैन ।।२९।।

लोकानां लोकपालानां मद्भयं कल्पजीविनाम् । 
ब्रह्मणोऽपि भयं मत्तो द्विपरार्धपरायुषः ।। ३० ।।
स्वर्गलोक आदि सबै लोक कल्पसम्म बाँच्ने भएका लोकपाल देवतालाई पनि म देखि डर छ, दुई पराद्र्ध भन्दा बढी समयको आयु भएका ब्रह्मालाई पनि मदेखि डर छ, भने मनुष्यको लागि के कुरा ? ।।३०।।

गुणाः सृजन्ति कर्माणि गुणोऽनुसृजते गुणान् ।
जीवस्तु गुणसंयुक्तो भुङ्क्ते कर्मफलान्यसौ ।। ३१ ।। 
सत्व, रज र तम यि तीन गुणले इन्द्रियहरुलाई कर्म गर्न प्रेरित गर्दछन् । इन्द्रियहरुले कर्म गर्दछन् र यो जीवले पनि इन्द्रियसंग युक्त भएर कर्मको फल भोग्दछ ।।३१।।

यावत् स्याद् गुणवैषम्यं तावन्नानात्वमात्मनः । 
नानात्वमात्मनो यावत् पारतन्त्रर्यं तदैव हि ।। ३२ ।।
जब सम्म गुणमा विषमता हुन्छ तवसम्म आत्माको एकताको अनुभूति हुदैन र जससम्म आत्माको अनेकरूप देखिन्छ, त्यतिबेला सम्म उसले कालको अधिनमा रहनु  पर्दछ ।।३२।।

यावदस्यास्वतन्त्रत्वं तावदीश्वरतो भयम् ।
य एतत् समुपासीरंस्ते मुह्यन्ति शुचार्पिताः ।। ३३ ।।
जब सम्म जीव अरुको अधीनमा हुन्छ त्यसबेलामा उसलाई ईश्वरबाट डर हुन्छ, जो मनुष्य सकाम कर्मको उपासना गर्दछन्, तिनीहरू शोकयुक्त भएर मोहमा पर्दछन् ।।३३।।

काल आत्माऽऽगमो लोकः स्वभावो धर्म एव च ।
इति मां बहुधा प्राहुर्गुणव्यतिकरे सति ।। ३४ ।।
मायारुप गुणमा क्षोभ उत्पन्न भएपछि मलाइ नै काल, जीव, वेद, लोक, स्वभाव र धर्म आदि धेरै प्रकारका नामबाट निरुपण गर्दछन् ।।३४।।

उद्धव उवाच
गुणेषु वर्तमानोऽपि देहजेष्वनपावृतः ।
गुणैर्न बद्ध्यते देही बद्ध्यते वा कथं विभो ।।३५।।
उद्धवले भने– हे विभो ! या जीव देह आदि रुप भित्र रहेर पनि शरीरबाट उत्पन्न हुने कर्मको फलले बाँधिदैनल भने उसमा बन्धन कसरी होला र ? ।। ३५ ।।

कथं वर्तेत विहरेत् कैर्वा ज्ञायेत लक्षणैः ।
किं भुञ्जीतोत विसृजेच्छयीतासीत याति वा ।। ३६ ।।
उद्धवजी भगवान् संग सोध्नुहुन्छ कि बध्द अथवा व्यक्ति कसरी रहन्छ ? कसरी डुल्दछ ? कुन लक्षणले जानिन्छ, के खान्छ ? के कुरा छाड्दछ ? कहाँ सुत्तछ, बस्तछ र हिंड्दछ ? ।। ३६ ।।

एतदच्युत मे ब्रूहि प्रश्नं प्रश्नविदां वर ।
नित्यमुक्तो नित्यबद्ध एक एवेति मे भ्रमः ।। ३७ ।।
हे अच्युत ! प्रश्नको प्रश्नको मर्म जान्ने हे भगवन् ! यसैले हजुरले यो मेरा प्रश्नको उत्तर दिनुहोस् । यौटै आत्मा सधैं बाँधिएको र सधैं मुक्त भएको कसरी हुन्छ, यो मेरो भ्रम हटाइदिनुहोस् ।।३७।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां सहितायामेकादशस्कन्धे भगवदुद्धवसंवादे दशमोऽध्यायः ।। १० ।।


ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...