#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

चतुर्थः स्कन्धः – त्रयोदशोऽध्यायः



श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः – त्रयोदशोऽध्यायः

 
 
सूत उवाच –
(इंद्रवज्रा)
निशम्य कौषारविणोपवर्णितं
     ध्रुवस्य वैकुण्ठपदाधिरोहणम् ।
प्ररूढभावो भगवत्यधोक्षजे
     प्रष्टुं पुनस्तं विदुरः प्रचक्रमे ॥ १ ॥

विदुर उवाच –
शौनकजी ! मैत्रेय ऋषिको मुखबाट ध्रुवले विष्णुपद प्राप्त गरेको कुरा सुनेर विदुरजीको हृदयमा भगवान विष्ष्णु भक्ति झन बढेर अयो उनले फेरी मैत्रेयजीलार्ई सोधे ।।१।।

(अनुष्टुप्)
के ते प्रचेतसो नाम कस्यापत्यानि सुव्रत ।
कस्यान्ववाये प्रख्याताः कुत्र वा सत्रमासत ॥ २ ॥

विदुरले सोधे–
भगवत्परायण मुनि यी प्रचेता को हुन ? कास्का वंशमा प्रसिध्द थिए र यिनले कहाँ यज्ञ गरेका थिए ? ।।२।।

मन्ये महाभागवतं नारदं देवदर्शनम् ।
येन प्रोक्तः क्रियायोगः परिचर्याविधिर्हरेः ॥ ३ ॥

भगवानको दर्शनले कृतार्थ भएका नारदजी परमभागवत हुन् भन्ने कुरा जान्छु । उनले पञ्चरात्रको निर्माण गरेर श्रीहरिको पूजापध्दतिको उपदेश गरे ।।३।।

स्वधर्मशीलैः पुरुषैः भगवान् यज्ञपूरुषः ।
इज्यमानो भक्तिमता नारदेनेरितः किल ॥ ४ ॥

जुनसमयमा प्रचेताहरू स्वधर्मको पालना गरेर भगवान् यज्ञेश्वरको आराधना गरीरहेको थिए त्यसै समयमा भक्तप्रवर नारदजीले ध्रुवको गुणगान गरेका थिए ।।४।।

यास्ता देवर्षिणा तत्र वर्णिता भगवत्कथाः ।
मह्यं शुश्रूषवे ब्रह्मन् कार्त्स्न्येनाचष्टुमर्हसि ॥ ५ ॥

ब्रम्हन ! त्यस स्थानमा उनले भगवानको जुनजुन लीला गर्नुभएको थियो त्यसको बारेमा मलार्ई सुनाउनुहोस, मलार्ई सुन्ने इच्छा छ ।।५।।

मैत्रेय उवाच –
ध्रुवस्य चोत्कलः पुत्रः पितरि प्रस्थिते वनम् ।
सार्वभौमश्रियं नैच्छद् अधिराजासनं पितुः ॥ ६ ॥

मैत्रेयजीले भने–
विदुरजी ! महाराज ध्रुव वनतिर गएपछि उनको छोरा उत्कलले आफ्नो पिताको सार्वभौम वैभव र राज्य सिंहासनलार्ई अस्विकार गरे ।।६।।

स जन्मनोपशान्तात्मा निःसङ्गः समदर्शनः ।
ददर्श लोके विततं आत्मानं लोकमात्मनि ॥ ७ ॥

उनी जन्मदै शान्त स्वभावका, आशक्ति रहित र समदशी थिए । उनी सबै लोकलार्ई आफ्नो आत्मा र आफ्नो आत्मामा सबैलोक स्थित भएको देख्दथे ।।७।।

आत्मानं ब्रह्म निर्वाणं प्रत्यस्तमितविग्रहम् ।
अवबोधरसैकात्म्यं आनन्दं अनुसन्ततम् ॥ ८ ॥


अव्यवच्छिन्नयोगाग्नि दग्धकर्ममलाशयः ।
स्वरूपमवरुन्धानो नात्मनोऽन्यं तदैक्षत ॥ ९ ॥


उनकोे अन्तःकरणको वासनारूप मल अखण्ड योगाअग्निले डढिसकेको थियो । त्यसैले उनी आत्माको विशुध्द बोधरस सबैतिर ब्याप्त भएको देख्दथे । सबैप्रकारको भेदबाट रहित प्रसान्त ब्रमहलार्ई नै आफ्नो स्वरूप सम्झन्थे । आत्माभन्दा भिन्न अरु कोहिपनि देख्दैन थिए ।।८।९।।

जडान्धबधिरोन्मत्त मूकाकृतिरतन्मतिः ।
लक्षितः पथि बालानां प्रशान्तार्चिः इवानलः ॥ १० ॥

॥ उनी समाजका अज्ञानीहरूको अगाडि ज्वाला नभएको अग्नि समान निस्तेज,मुर्ख, अन्धो, बहिरो, पागल तथा लाटो जस्तो देखिन्थे  । तर वस्तवमा यस्तो थिएन ।।१०।।   
                                  
मत्वा तं जडमुन्मत्तं कुलवृद्धाः समंत्रिणः ।
वत्सरं भूपतिं चक्रुः यवीयांसं भ्रमेः सुतम् ॥ ११ ॥

त्यसैले कूलका बृध्द तथा मन्त्रीहरूले उनलार्र्ई मुर्ख सम्झेर उनका भाई भूमीपुत्रलार्ई राजा बनाए ।।११।।

स्वर्वीथिर्वत्सरस्येष्टा भार्यासूत षडात्मजान् ।
पुष्पार्णं तिग्मकेतुं च इषमूर्जं वसुं जयम् ॥ १२ ॥

वत्सरकी रानी स्वर्वीथीको गर्भबाट पूष्पार्ण, तिग्मकेतु, इष, उर्जा , वसु र जय नामका छ छोरा भए ।।१२।।

पुष्पार्णस्य प्रभा भार्या दोषा च द्वे बभूवतुः ।
प्रातर्मध्यन्दिनं सायं इति ह्यासन् प्रन्प्रभासुताः ॥ १३

पुष्पार्णको प्रभा र दोषा नामकी दुई पत्नी थिए । प्रभाबाट प्रात, मध्यन्दिन र सायं नामका तीन छोरा भए ।।१३।।

प्रदोषो निशिथो व्युष्ट इति दोषासुतास्त्रयः ।
व्युष्टः सुतं पुष्करिण्यां सर्वतेजसमादधे ॥ १४ ॥

दोषबाट प्रदोष, निशिथा र ब्युष्ट नामका तीन छोरा भए व्युष्टकी रानी पुष्करिणी सर्वतेज नाम गरेको छोरो भयो ।।१४।।

स चक्षुः सुतमाकूत्यां पत्न्यां मनुं अवाप ह ।
मनोरसूत महिषी विरजान्नड्वला सुतान् ॥ १५ ॥

पुरुं कुत्सं त्रितं द्युम्नं सत्यवन्तमृतं व्रतम् ।
अग्निष्टोममतीरात्रं प्रद्युम्नं शिबिमुल्मुकम् ॥ १६ ॥

उस्की पत्नी आकुतिबाट चक्षु नाम गरेका छोरा भए । चक्षुकी स्त्री नदवलावाट पुरु, कुत्स, त्रित, द्युम्न, सत्यवान, ऋत, व्रत, अग्निस्टोम, अतिरात्र, प्रद्युम्न, शिवि र उल्मुक आदि बाह्र वालक भए । उनीहरू सत्वगुणी थिए ।।१५।१६।।                                                                              
उल्मुकोऽजनयत् पुत्रान् पुष्करिण्यां षडुत्तमान् ।
अङ्गं सुमनसं ख्यातिं क्रतुं अङ्गिरसं गयम् ॥ १७ ॥

जसमध्दे उल्मुकले आफ्नी पत्नी पुष्करिणीबाट  अङ्ग, सुमना, ख्याति, ऋतु, अङ्गिरस र गय नामका छ पुत्र उन्पन्न गरे ।।१७।।

सुनीथाङ्गस्य या पत्नी सुषुवे वेनमुल्बणम् ।
यद्दौःशील्यात्स राजर्षिः निर्विण्णो निरगात्पुरात् ॥ १८ ॥

अङ्गकी पत्नी सुनिथाले क्रुकर्मा वेनलार्ई जन्म दिइन् । जसकोे दुष्ट आचरणबाट आजित भएर राजा अंगले सहर छाडे ।।१८।। 
                                                                                  
यमङ्ग शेपुः कुपिता वाग्वज्रा मुनयः किल ।
गतासोस्तस्य भूयस्ते ममन्थुर्दक्षिणं करम् ॥ १९ ॥

अराजके तदा लोके दस्युभिः पीडिताः प्रजाः ।
जातो नारायणांशेन पृथुराद्यः क्षितीश्वरः ॥ २० ॥

प्यारा विदुरजी ! मुनिहरूको वाक्य वज्र समान अमोघ हुन्छ । उनीहरूले वेनलार्ई श्राप दिएका कारण मर्यो । त्यसपछि देशमा राजा नभएका कारण लुटेराहरूद्वारा प्रजाले धेरै दुःख पाए । यस्तो देखेर वेनको दाहिने हात मन्थन गरे जसबाट भगवान् विष्णुको अंशावतार आदि सम्राट महाराज पृथु प्रकट भए ।।१९।२०।।

विदुर उवाच –
तस्य शीलनिधेः साधोः ब्रह्मण्यस्य महात्मनः ।
राज्ञः कथमभूद् दुष्टा प्रजा यद्विमना ययौ ॥ २१ ॥

विदुरले सोधे–
ब्रम्हन ! महाराज अंग ज्यादै सुशिल, साधुस्वभाव, ब्राम्हणभक्त र महात्मा थिए उनकोे वेन जस्तो दुष्ट छोरो कसरी भयो जसकोे कारणले उनले सहर छोड्नुपर्यो ।।२१।।

किं वांहो वेन उद्दिश्य ब्रह्मदण्डं अयूयुजन् ।
दण्डव्रतधरे राज्ञि मुनयो धर्मकोविदाः ॥ २२ ॥

राजदण्डधारी वेनको पनि त्यस्तो के अपराध थियो जसलोर्ई धर्मज्ञ मुनिश्वरहरूले उसलार्र्ई श्रापरूप ब्रम्हदण्ड प्रयोग गरे ।।२२।।

नावध्येयः प्रजापालः प्रजाभिरघवानपि ।
यदसौ लोकपालानां बिभर्त्योजः स्वतेजसा ॥ २३ ॥

यदि प्रजाका रक्षकले कुनै पाप गरेपनि प्रजाले उनलार्र्ई तिरस्कार गर्नुहुदैन किनकि राजा त आफ्नो प्रभावले आठ लोकपालको तेज धारण गर्दछन् ।।२३।।

एतदाख्याहि मे ब्रह्मन् सुनीथात्मज चेष्टितम् ।
श्रद्दधानाय भक्ताय त्वं परावरवित्तमः ॥ २४ ॥

ब्रम्हन ! तपाई भूत भविष्यको बारेमा जान्नहुन्छ त्यसैले सुनिथाको छोरा वेनको करतुतका बारेमा मलार्ई बताउनुहोस् म तपाईको श्रध्दालु भक्त हुँ ।।२४।। 
                                                                 
मैत्रेय उवाच –
अङ्गोऽश्वमेधं राजर्षिः आजहार महाक्रतुम् ।
नाजग्मुर्देवतास्तस्मिन् आहूता ब्रह्मवादिभिः ॥ २५ ॥

मैत्रेयजीले भने–
विदुरजी ! एकपटक राजा अंगले अश्वमेध यज्ञको अनुष्ठान गरे । उनले वेदवादि ब्राम्हणलार्ई आह्वान गर्दापनि देवताहरू आफ्नो भाग लिन आएनन् ।।२५।।

तं ऊचुः विस्मितास्तत्र यजमानमथर्त्विजः ।
हवींषि हूयमानानि न ते गृह्णन्ति देवताः ॥ २६ ॥

राजन्हवींष्यदुष्टानि श्रद्धयाऽऽसादितानि ते ।
छन्दांस्ययातयामानि योजितानि धृतव्रतैः ॥ २७ ॥ 
                                                                 
त्यसपछि ऋत्विजहरूले विस्मित हुंदै यजमान अंगसंग भने राजन ! हामी जुन घीउ आदि आहुतिको  रूपमा हवन गरीरहेकाछौं यसलार्ई देवताहरूले स्वीकार गरीरहेका छैनन् । तपाईले श्रध्दापूर्वक होमका सामाग्रीहरू जुटाउँनुु भएको छ होम सामाग्री कुनै किसिमले दुषित भएका छैनन्, वेदका मन्त्रहरूपनि कुनैप्रकारले निरर्थक भएका छैनन्, यसलार्ई प्रयोग गर्ने ऋत्विजहरूले पनि सबै नियमलार्ई पालना गरेकाछन् ।।२७।।

न विदामेह देवानां हेलनं वयमण्वपि ।
यन्न गृह्णन्ति भागान् स्वान् ये देवाः कर्मसाक्षिणः ॥ २८ ॥

यस यज्ञमा देवताहरूलार्ई कुनै कुराले तिरस्कार हुनगएको त्यस्तो कुनै कुरा देख्दैनौं तापनि कर्माध्यक्ष देवताहरूले यज्ञको भाग किन लिन आएनन् ।।२८।।

मैत्रेय उवाच –
अङ्गो द्विजवचः श्रुत्वा यजमानः सुदुर्मनाः ।
तत्प्रष्टुं व्यसृजद् वाचं सदस्यान् तदनुज्ञया ॥ २९ ॥

मैत्रेयजीले भने–
ऋत्विजहरूको कुरा सुनेर यजमान अंग उदाश भएर मौनतालार्ई तोडेर अनि उनले याजकको अनुमति लिएर सदस्यहरूसंग सोधे ।।२९।।

नागच्छन्त्याहुता देवा न गृह्णन्ति ग्रहानिह ।
सदसस्पतयो ब्रूत किमवद्यं मया कृतम् ॥ ३० ॥

सदस्यहरू ! आवाहन गर्दापनि देवताहरू यज्ञमा आएका छैनन् र सोमपान पनि ग्रहण गरेका छैनन् । अव तपाईनै बताउँनुहोस्, म बाट के अपराध हुनगया ? ।।३०।।

सदसस्पतय ऊचुः –
नरदेवेह भवतो नाघं तावन् मनाक् स्थितम् ।
अस्त्येकं प्राक्तनमघं यदिहेदृक् त्वमप्रजः ॥ ३१ ॥

राजन ! यस जन्ममा तपाईबाट कुनै अपराध भएको छैन तर पूर्व जन्ममा एक अपराध भएको थियो जसकारण तपाई सर्वगुण सम्पन्न भएर पनि पुत्रहीन हुनुहन्छ ।।३१।।

तथा साधय भद्रं ते आत्मानं सुप्रजं नृप ।
इष्टस्ते पुत्रकामस्य पुत्रं दास्यति यज्ञभुक् ॥ ३२ ॥

तपाईको कल्याण होस्, त्यसैले अब तपाईले कुनै उपाय खोज्नुहोस् । यदि तपाईले पुत्रको कामनाले यज्ञ गर्नुभयो भने भगवान् यज्ञेश्वरले तपाईलार्ई पुत्र प्रदान गर्नुहुनेछ ।।३२।।

तथा स्वभागधेयानि ग्रहीष्यन्ति दिवौकसः ।
यद् यज्ञपुरुषः साक्षाद् अपत्याय हरिर्वृतः ॥ ३३ ॥

जव सन्तानका लागि साक्षात यज्ञपुरुषको श्रीहरिको हावाहन हुँदा देवताहरू आफ्नो भाग ग्रहण गर्न आउँनेछन् ।।३३।।

तांस्तान् कामान् गरिर्दद्यान् यान् कामयते जनः ।
आराधितो यथैवैष तथा पुंसां फलोदयः ॥ ३४ ॥

भक्तले जुनकुराको इच्छा गर्दछन भगवान् त्यो कुरा अवस्य दिनुहुनेछ ।।३४।।

इति व्यवसिता विप्राः तस्य राज्ञः प्रजातये ।
पुरोडाशं निरवपन् शिपिविष्टाय विष्णवे ॥ ३५ ॥

यसप्रकार ऋत्विजहरूले राजा अंगलार्ई पुत्र प्राप्ति गराउँने निश्चय गरी यज्ञस्वरूप भगवान् विष्णुको पूजाको लागि पुरोडास नामको चरु अर्पण गरे ।।३५।।

तस्मात्पुरुष उत्तस्थौ हेममाल्यमलाम्बरः ।
हिरण्मयेन पात्रेण सिद्धमादाय पायसम् ॥ ३६ ॥

स विप्रानुमतो राजा गृहीत्वाञ्जलिनौदनम् ।
अवघ्राय मुदा युक्तः प्रादात्पत्न्या उदारधीः ॥ ३७ ॥

सदस्यले भने–
अग्निमा अहुति हाल्ना साथ अग्निकुण्डबाट सुनको हार र शुभ वस्त्रल पहिरिएका एक सिध्द पुरुष प्रकट भए उनकोे हातमा खीरको सुनको थाली थियो । उदार बुध्दि भएका राजा अंगले याजकको अनुमतिले खीर अञ्जुलीका लिएर सुंघे अनि प्रसन्न हुंदै आफ्नी रानीलार्ई दिए ।।३७।।

सा तत्पुंसवनं राज्ञी प्राश्य वै पत्युरादधे ।
गर्भं काल उपावृत्ते कुमारं सुषुवेऽप्रजा ॥ ३८ ॥

छोरा नभएकी रानीले खीर खाएर आफ्ना पति संग सहवास गरीन त्यसपछि यथासमयमा एक छोरा भयो ।।३८।।

स बाल एव पुरुषो मातामहमनुव्रतः ।
अधर्मांशोद्भवं मृत्युं तेनाभवद् अधार्मिकः ॥ ३९ ॥

त्यो वालक वालककाल देखिनै अधर्मको वंशका उत्पन्न भएको उ मातामह मृत्युकाृ स्वभाव समात्यो । सुनिथा मृत्यु कि छोरी थिइन त्यसैले उ पनि अधर्मी भयो ।।३९।।

स शरासनमुद्यम्य मृगयुर्वनगोचरः ।
हन्त्यसाधुर्मृगान् दीनान् वेनोऽसावित्यरौज्जनः ॥ ४० ॥

त्यो वालक धनुर्वाण लिएर बनमा गएर ब्याधाले झैं सिदासादा हरिणलार्ई मार्दथ्यो । त्यो अतिनै दुष्ट थियो त्यसलार्ई देख्नासाथ पुरवासीहरू वेन अयो वेन आयो भनेर कराउँदथे ।।४०।।

आक्रीडे क्रीडतो बालान् वयस्यान् अतिदारुणः ।
प्रसह्य निरनुक्रोशः पशुमारममारयत् ॥ ४१ ॥

त्यो यति क्रुर र निर्दयी थियोकि वनम खेल्दापनि आफु समानका वालकलार्ई पशु समान वालत्कार गरी मार्दथ्यो ।।४१।।

तं विचक्ष्य खलं पुत्रं शासनैः विविधैर्नृपः ।
यदा न शासितुं कल्पो भृशं आसीत् सुदुर्मनाः ॥ ४२ ॥

वेनको यस्तो दुष्ट स्वभाव देखेर महाराजले उसलार्र्ई सुधार्नको लागि अनेक कोशिस गरे तर उसलार्र्ई असल मार्गमा ल्याउँन सकेनन् त्यसैले राजालार्ई धेरै चिन्ता भयो ।।४२।।

प्रायेणाभ्यर्चितो देवो येऽप्रजा गृहमेधिनः ।
कदपत्यभृतं दुःखं ये न विन्दन्ति दुर्भरम् ॥ ४३ ॥

(उनी मनमनै भन्नलागे) जुन घरमा छोरा हुदैनन् उनीहरूले अघिल्लो  जन्ममा श्रीहरिको आराधना गरेको हुनुपर्दछ  किनकि उसले कुपुत्रबाट हुने दोषको भागी हुनुपर्दैन ।।४३।।

यतः पापीयसी कीर्तिः अधर्मश्च महान् नृणाम् ।
यतो विरोधः सर्वेषां यत आधिरनन्तकः ॥ ४४ ॥

कस्तं प्रजापदेशं वै मोहबन्धनमात्मनः ।
पण्डितो बहु मन्येत यदर्थाः क्लेशदा गृहाः ॥ ४५ ॥

जसको कारण बाबुआमाको सवै कीर्ति माटोमा मिल्दछ । उसलार्र्ई अधर्मको भागि हुनुपर्दछ । सबैतिरबाट विरोध आउँदछ कहिल्यै नछुट्ने चिन्ता लिनुपर्दछ, घरमा पनि दुःख आउँदछ । यस्तो नाममात्रको सन्तानको लागि कसकोे मोह जाग्ला । यो त आत्माको लागि मोहमय वन्धन नै हो ।।४४।४५।।

कदपत्यं वरं मन्ये सदपत्याच्छुचां पदात् ।
निर्विद्येत गृहान्मर्त्यो यत्क्लेशनिवहा गृहाः ॥ ४६ ॥

म त सुपुत भन्दा कुपुतलार्ई नै ठिक मान्दछु किनकि सपुतलार्ई छाड्न बडो कठिन हुन्छ । कुपुतले घरलार्ई नरक बनाइदिन्छ त्यसैले उसंग सजिलै छुट्कारा मिल्दछ ।।४६।।
                                                                  
(इंद्रवज्रा)
एवं स निर्विण्णमना नृपो गृहात्
     निशीथ उत्थाय महोदयोदयात् ।
अलब्धनिद्रोऽनुपलक्षितो नृभिः
     हित्वा गतो वेनसुवं प्रसुप्ताम् ॥ ४७ ॥

यसरी सोच्दासोच्दै महाराज अंगलाई रात्रीमा निद्रा  परेन । उनी मध्यरातमा आफ्नो विच्छ्यौनाबाट उठे । वेनकी आमा निदाइरहेकी थिइन् उनले सबै मोहलार्ई छाडिदिए र कसैले पनि थाहा नपाउँने गरी चुपचाप हुंदै आफ्नो ऐश्वर्य सम्पन्न महललार्ई छाडेर वनतिर लागे ।।४७।। 

विज्ञाय निर्विद्य गतं पतिं प्रजाः
     पुरोहितामात्यसुहृद्गणादयः ।
विचिक्युरुर्व्यामतिशोककातरा
     यथा निगूढं पुरुषं कुयोगिनः ॥ ४८ ॥

महाराज विरक्त भएर निक्लिए भन्ने थाहापाएर सबै प्रजाहरू, मन्त्री, पुरोहित, शुभचिन्तकहरू शोकाकुल भएर पृथ्वीका खोज्नलागे । जसरी योग अर्थ नजान्ने पुरुषले आफ्नो हृदयमा रहेका भगवान्लार्ई बाहिर खोजेझैं ।।४८।।

अलक्षयन्तः पदवीं प्रजापतेः
     हतोद्यमाः प्रत्युपसृत्य ते पुरीम् ।
ऋषीन् समेतान् अभिवन्द्य साश्रवो
     न्यवेदयन् पौरव भर्तृविप्लवम् ॥ ४९ ॥

उनीहरूले आफ्ना स्वामीको कुनै पत्ता पाउँन सकेनन् अनि निराश भएर आफ्नोे सहरमा फर्के अनि त्यहा जो मुनिहरू जम्मा भएका थिए त्यहाँ आएर गहभरि आँसु खसाल्दै राजा नभेटिएको समाचार सुनाए ।।४९।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे त्रयोदशोऽध्यायः ॥ १३ ॥