श्रीमद्भागवत महापुराण
दशमः स्कंधः – पञ्चत्रिंशोऽध्यायः
शुक उवाच –
(अनुष्टुप्)
गोप्यः कृष्णे वनं याते तमनुद्रुतचेतसः ।
कृष्णलीलाः प्रगायन्त्यो निन्युर्दुःखेन वासरान् ॥१॥
श्री शुकदेवजी भन्नुहुन्छ– हे राजन ! भगवान श्रीकृष्ण गाई चराउनका लागि दिनदिनै वनमा जाँदा गोपिनीहरूको मन पनि उहाँ सँगै जान्थ्यो । उनीहरूको मनले श्रीकृष्णको चिन्तन गर्दथ्यो । बोलीले उहाँका लीलाहरू गाउँदथे । यसप्रकार सुखपूर्वक उनीहरूले दिन बिताउँथे ।।१।।
गोप्य ऊचुः–
(स्वागता)
वामबाहुकृतवामकपोलो
वल्गितभ्रुरधरार्पितवेणुम् ।
कोमलाङ्गुलिभिराश्रितमार्गं
गोप्य ईरयति यत्र मुकुन्दः ॥२॥
व्योमयानवनिताः सह सिद्धै–
र्विस्मितास्तदुपधार्य सलज्जाः ।
काममार्गणसमर्पितचित्ताः
कश्मलं ययुरपस्मृतनीव्यः ॥३॥
गोपिनीहरुले भने– हे गोपिनीहरु ! भगवान श्रीकृष्ण वनमा जाँदा आफ्नो देव्रे गालाबाट मिठो स्वरमा बाँसुरी बजाउनुभयो । उहाँले बजाएको बाँसुरीको स्वरलाई सुनेर आकाशमा उड्ने देवाङ्गनाहरु पनि छक्क पर्दथे । उनीहरू आफ्ना पतिका साथ भएका कारण उनीहरु केही लजाउँद थिए । तर उनीहरूको चित्त श्रीकृष्णमा समर्पित भएका कारण आफ्ना कम्मरमा बाँधिएका वस्त्रको गाँठो खुल्दा पनि उनीहरुलाई पत्त हुँदैन थियो । किनकि उनीहरु श्री कृष्णमा मोहित भएका हुन्थे ।।२–३।।
हन्त चित्रमबलाः शृणुतेदं
हारहास उरसि स्थिरविद्युत् ।
नन्दसूनुरयमार्तजनानां
नर्मदो यर्हि कूजितवेणुः ॥४॥
वृन्दशो व्रजवृषा मृगगावो
वेणुवाद्यहृतचेतस आरात् ।
दन्तदष्टकवला धृतकर्णा
निद्रिता लिखितचित्रमिवासन् ॥५॥
हे गोपिनीहरू ! तिमीहरुले यो आश्चर्यको कुरा सुन । उहाँ श्रीकृष्ण परमात्मा यति सुन्दर हुनुहुन्छ कि उहाँ हाँस्दा उहाँले लगाएका हारहरू पनि हाँसे जस्तै देखिन्छन् त्यसैगरी उहाँको वक्षस्थलमा बिजुली जस्तो श्रीबत्सको चिन्ह सोभित भएको हुन्छ उहाँ जब दुःखीलाई कल्याण गर्नको लागि आफ्नो बाँसुरी बजाउनुहुन्छ, तब त्यस बाँसुरीको स्वरले मोहित भएर गाई गोरु बाच्छाहरु उहाँका नजिकमा आउँदछन् र शान्त स्वरले दुवै कान खडा गरेर निदाए जस्तो भएर बस्दछन् ।।४–५।।
बर्हिणस्तबकधातुपलाशै–
र्बद्धमल्लपरिबर्हविडम्बः ।
कर्हिचित्सबल आलि स गोपै–
र्गाः समाह्वयति यत्र मुकुन्दः ॥६॥
तर्हि भग्नगतयः सरितो वै
तत्पदाम्बुजरजोऽनिलनीतम् ।
स्पृहयतीर्वयमिवाबहुपुण्याः
प्रेमवेपितभुजाः स्तिमितापः ॥७॥
हे सखीहरू ! भगवान श्रीकृष्ण मयुरको प्वाख र पातका मुन्टाहरूले सजाएर आफ्नो रूपलाई सजाएर पहलमान जस्तै देखिनुहुन्छ अनि वहाँ त्यतिबेला बाँसुरी बजाउँदै गाईलाई बोलाउनु हुन्छ । त्यसरी बाँसुरी बजाउँदा नदीका प्रवाह पनि रोकिन्छन् त्यतिबेला उनीहरूले श्रीकृष्णको चरणको धुलो वायुले उडाएर हामीसम्म ल्याउला भन्ने चाहना गरेका हुन्छन् उनीहरुले तरङ्गको छाल फिजाएर त्यसलाई पाउने इच्छा राख्छन् तर भेट्टाउन सक्दैनन् ।।६–७।।
(मिश्र)
अनुचरैः समनुवर्णितवीर्य
आदिपूरुष इवाचलभूतिः ।
वनचरो गिरितटेषु चरन्ती–
र्वेणुनाह्वयति गाः स यदा हि ॥८॥
वनलतास्तरव आत्मनि विष्णुं
व्यञ्जयन्त्य इव पुष्पफलाढ्याः ।
प्रणतभारविटपा मधुधाराः
प्रेमहृष्टतनवः ससृजुः स्म ॥९॥
हे गोपिनी हो ! जसरी देवता हरू अत्यन्तै र अनन्त शक्ति भगवान नारायणको शक्तिको गुणगान गर्छन् त्यसरी नै आफ्ना अनेकौं साथीहरूद्वारा पराक्रमको वर्णन गरिएका भगवान श्रीकृष्णले पहाडको फेदमा बसेर बाँसुरी बजाउँदै गाईहरुलाई बोलाउनु हुन्छ तब फलफुलको भारले लटरम्म भएका वनका सबै रुखहरु उहाँलाई देखेर निहुरेर भुइँ छुए जस्तो देखिन्छन् रुख र लहराहरुले आफूभित्र भगवान श्री विष्णु रहेको भन्ने अभिव्यक्ति गरेर सेवा गर्न लागेको जस्तो महसुस हुन्छ ।।८–९।।
दर्शनीयतिलको वनमाला–
दिव्यगन्धतुलसीमधुमत्तैः ।
अलिकुलैरलघु गीतामभीष्ट–
माद्रियन् यर्हि सन्धितवेणुः ॥१०॥
सरसि सारसहंसविहङ्गा–
श्चारुगीतहृतचेतस एत्य ।
हरिमुपासत ते यतचित्ता
हन्त मीलितदृशो धृतमौनाः ॥११॥
हे साथीहरू ! चिटिक्क परेको तिलक लगाएर भगवान वनमाला तुलसीको दिव्यमाला पइरहनु भएका भगवान श्री कृष्ण भ्रमराहरूको भूभुको स्वरमा ताल मिलाउँदै ठुलो स्वरमा बाँसुरी बजाउन थाल्नुहुन्छ त्यतिबेला मुनिहरूलाई समेत लठ्ठ पार्ने उहाँको संगीत सुनेर त्यहाँ सरोवरमा बस्ने सारस आदि गरिएका चराहरूको चित्त समेत आकर्षित हुन्छ र उनीहरु भगवान नजिक आएर बस्दछन् र आँखा चिम्लिएर शान्त मनले भगवानको आराधना गर्दछन् यो एक किसिमको आश्चर्य लाग्दो हुन्छ ।।१०–११।।
सहबलः स्रगवतंसविलासः
सानुषु क्षितिभृतो व्रजदेव्यः ।
हर्षयन् यर्हि वेणुरवेण
जातहर्ष उपरम्भति विश्वम् ॥१२॥
महदतिक्रमणशङ्कितचेता
मन्दमन्दमनुगर्जति मेघः ।
सुहृदमभ्यवर्षत् सुमनोभि–
श्छायया च विदधत् प्रतपत्रम् ॥१३॥
हे ब्रजका गोपिनी हरु ! भगवान श्रीकृष्ण फूलको थुंगा लगाएर बलराम सहित भएर पहाडको चुचरामा घुम्दै सारा जगतलाई नै हर्षित बनाएर बाँसुरी बजाउन लाग्नुहुन्छ, त्यस बाँसुरीको धुनले सम्पूर्ण विश्वलाई नै आलिङ्गन गर्नुहुन्छ त्यसबखत भगवान श्रीकृष्णको अपमान नहोस् भनेर मेघले समेत बाँसुरीको तान साथसाथै मिलाएर गर्जन्छ त्यस अन्धकार जस्तो देखिने मेघ छाता जस्तो बनेर कृष्णलाई ढाकेको हुन्छ र फूलको वर्षा जस्तै गरी मन्द–मन्द जल बर्साउँछ ।।१२–१३।।
विविधगोपचरणेषु विदग्धो
वेणुवाद्य उरुधा निजशिक्षाः ।
तव सुतः सति यदाधरबिम्बे
दत्तवेणुरनयत् स्वरजातीः ॥१४॥
सवनशस्तदुपधार्य सुरेशाः
शक्रशर्वपरमेष्ठिपुरोगाः ।
कवय आनतकन्धरचित्ताः
कश्मलं ययुरनिश्चिततत्त्वाः ॥१५॥
हे यशोदा ! गोपालहरूले आपसमा मिलेर खेल्दा तपाईंका छोरा श्रीकृष्णले विभिन्न तालमा तल्लो ओठबाट बाँसुरीका अनेक रागहरु निकाल्नु हुन्थ्यो त्यो बाँसुरीको धुन लाई बुझ्न नसकेका ब्रह्मा शंकर आदि देवताहरू को मन पनि त्यसैतिर आकर्षित हुन्थ्यो मानौं सिर झुकाएर त्यतैतिर मोहित हुनुहुन्थ्यो ।।१४–१५।।
निजपदाब्जदलैर्ध्वजवज्र–
नीरजाङ्कुशविचित्रललामैः ।
व्रजभुवः शमयन् खुरतोदं
वर्ष्मधुर्यगतिरीडितवेणुः ॥१६॥
व्रजति तेन वयं सविलास–
वीक्षणार्पितमनोभववेगाः ।
कुजगतिं गमिता न विदामः
कश्मलेन कबरं वसनं वा ॥१७॥
भगवान श्रीकृष्ण विभिन्न ध्वजा बज्र र कमल अंकुश जस्ता विचित्र चिन्हले अङ्कित हुनुहुन्छ । उहाँ आफ्ना चरण कमलद्वारा गाईको खुरले खोस्रिएका ब्रजभूमिका पीडालाई शान्त गर्दै गजराजको समान मन्द गतिले बाँसुरी बजाउँदै त्यहाँबाट उहाँ विचरण गर्नुहुन्छ । त्यसबेलामा उहाँको त्यो चाल र विलासपूर्ण हेराई ले हाम्रो हृदयको कामलाई बढाइदिन्छ । हामीहरु कामको बेग्ले मोहित भएर जडझैँ हलचल गर्न नसक्ने हुन्छौं । त्यतिबेला हामीले लगाएका कपडा र कपालको जुरोको समेत हामीलाई पत्ता हुँदैन ।।१६–१७।।
मणिधरः क्वचिदागणयन् गा
मालया दयितगन्धतुलस्याः ।
प्रणयिनोऽनुचरस्य कदांसे
प्रक्षिपन् भुजमगायत यत्र ॥१८॥
क्वणितवेणुरववञ्चितचित्ताः
कृष्णमन्वसत कृष्णगृहिण्यः ।
गुणगणार्णमनुगत्य हरिण्यो
गोपिका इव विमुक्तगृहाशाः ॥१९॥
भगवान श्रीकृष्णले तुलसीको माला धारण गर्नु भएको थियो भने गाईहरूको गणना गर्नको निम्ति मणिको माला धारण गर्नुभएको थियो । उहाँ वनबाट फर्कँदा आफ्ना प्यारा साथीको काँधमा हात राखेर बाँसुरी बजाउनुहुन्छ त्यतिबेला उहाँले बजाएको बाँसुरीको मिठो स्वरले कृष्णसारका पत्नी हरिणहरु को मन हामी गोपीहरु झैं आफ्ना सारा घरपरिवार र आशालाई त्यागेर श्री कृष्णको पछि पछि लागेर उहाँको नजिकै बस्न लागे ।।१८–१९।।
(स्वागता)
कुन्ददामकृतकौतुकवेषो
गोपगोधनवृतो यमुनायाम् ।
नन्दसूनुरनघे तव वत्सो
नर्मदः प्रणयिणां विजहार ॥२०॥
मन्दवायुरुपवात्यनकूलं
मानयन् मलयजस्पर्शेन ।
वन्दिनस्तमुपदेवगणा ये
वाद्यगीतबलिभिः परिवव्रुः ॥२१॥
हे यशोदा महारानी ! तपाईँका छोरा प्रेमीहरुलाई लठ्ठ पार्नको लागि कुन्दफुलका कोपिलाहरूले सजाएर विचित्र भेष बनाएर जब गोप बालक र गाईहरूले घेरिएको यमुना किनारमा खेल्न थाल्नुहुन्छ त्यस बेला मलाया पर्वतमा उत्पन्न भएको चन्दन समानको शीतल स्पर्श भएको सुगन्धित हावा उहाँको अनुकूल झै बाहिर सेवा गर्न थाल्दछन् अनि गन्धर्वहरूले चाहिँ अनेकौं स्तुति पाठ गरेर उपहार चढाएर उहाँको सेवा गर्दछन् ।।२०–२१।।
वत्सलो व्रजगवां यदगध्रो
वन्द्यमानचरणः पथि वृद्धैः ।
कृत्स्नगोधनमुपोह्य दिनान्ते
गीतवेणुरनुगेडितकीर्तिः ॥२२॥
उत्सवं श्रमरुचापि दृशीना–
मुन्नयन् खुररजश्छुरितस्रक् ।
दित्सयैति सुहृदासिष एष
देवकीजठरभूरुडुराजः ॥२३॥
यस बेला भगवान श्याम सुन्दर ब्रजका गाईलाई धेरै प्रेम गर्नुहुन्छ । त्यही कारणले नै उहाँले गोवर्धन धारण गर्नुभएको थियो । साँझ परेकोले अब उहाँ आफ्ना साथीहरूका साथ बाँसुरी बजाउँदै गाईहरू फर्काएर ल्याउँदै हुनुहुन्छ । हेर त गाईको खुरले उडाएको धुलोले उहाँको माला मैलिएको छ । उहाँ यसरी आउनुहुँदा ब्रह्मादी देवताहरुले उहाँको बन्दना गर्दछन् । दिनभरि जंगलमा घुम्दा थाकेर पसिना आउँदा त्यो पसिना उहाँको शरीर मा लतपतिदा उहाँको अनुहार पनि विलक्षणको भएको हुन्छ । आफ्नो अनुहारको हसाईले हाम्रो आँखालाई पनि ज्यादै हर्षित बनाइदिन्छ यसरी उहाँ साझमा हामी नजिक आइपुग्नु हुन्छ ।।२२–२३।।
(मिश्र)
मदविघूर्णितलोचन ईषन्–
मानदः स्वसुहृदां वनमाली ।
बदरपाण्डुवदनो मृदुगण्डं
मण्डयन् कनककुण्डललक्ष्म्या ॥२४॥
यदुपतिर्द्विरदराजविहारो
यामिनीपतिरिवैष दिनान्ते ।
मुदितवक्त्र उपयाति दुरन्तं
मोचयन् व्रजगवां दिनतापम् ॥२५॥
ए साथी हो ! हेर वनमाला धारण गर्नुहुने श्रीकृष्णको आँखा अहिले मदले राता देखिन थालेका छन् । उहाँले लगाएका सुनको कुण्डलको कान्तिले गर्दा उहाँको गाला चम्किलो भइरहेको छ त्यसैले पाकेको बयर जस्तो देखिने उहाँका गाला अहिले पहेँलो जस्तो देखिएको छ । उहाँ गजराजको जस्तो चाल गर्नुहुन्छ र आफ्ना साथीहरूलाई सम्मान पनि गर्नुहुन्छ हामी ब्रजवासीहरू दिन भरिको तापले गर्दा पीडित भएका छौं । त्यसैले हाम्रो तापलाई नष्ट गर्नको लागि चन्द्रमा जस्तो हसिलो मुहार लगाएर साँझको समयमा उहाँ हाम्रो सामु आइपुग्नु हुन्छ ।।२४–२५।।
शुक उवाच –
(अनुष्टुप्)
एवं व्रजस्त्रियो राजन् कृष्णलीलानुगायतीः ।
रेमिरेऽहःसु तच्चित्तास्तन्मनस्का महोदयाः ॥२६॥
श्री शुकदेवजी भन्नुहुन्छ हे राजन परीक्षित ! ती गोपिनीहरूको मन श्री कृष्णमा लागिरहेको थियो उनीहरु कृष्णमय भएका थिए । जब भगवान श्री कृष्ण दिउसको समयमा गाई चराउनको लागि वनमा जानुहुन्थ्यो तब उनीहरु
श्रीकृष्णकै बारेमा चिन्तन गर्दथे र आफ्ना साथीहरु मिलेर उहाँको लिला गान गरेर गोपिनीहरु आफ्नो दिन बिताउँदथे ।।२६।।
इति श्रीमद्भाचगवते महापुराणे पारमहंस्यां
संहितायां दशमस्कन्धे पूर्वार्धे गोपिकायुगलगीतं नाम पञ्चत्रिंशोऽध्यायः ॥३५॥