#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

तृतीय स्कंधः - एकोनविंशोऽध्यायः


श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - एकोनविंशोऽध्यायः



मैत्रेय उवाच–
(अनुष्टुप)
अवधार्य विरिञ्चस्य निर्व्यलीकामृतं वचः ।
प्रहस्य प्रेमगर्भेण तदपाङ्गेन सोऽग्रहीत् ॥ १ ॥

मैत्रेयजीले भने—
विदुरजी! ब्रह्माजीको यस्तो कपट रहित अमृत वचन सुनेर भगवानले मुस्कुराएर आफ्नो प्रेमपूर्ण कटाक्षद्वारा वहाँको प्रार्थनालाई स्वीकार गर्नुभयो ।।१।।

ततः सपत्नं मुखतः चरन्तं अकुतोभयम् ।
जघानोत्पत्य गदया हनौ अवसुरमक्षजः ॥ २ ॥

फेरी वहाँले झंटेर आफ्नो अगाडि निर्भय भएर घुमिरहेको सत्रुको चिउडोमा गदाले हान्नुभयो ।।२।।

सा हता तेन गदया विहता भगवत्करात् ।
विघूर्णित अपतद् रेजे तदद्भुतं इवाभवत् ॥ ३ ॥

तर हिराण्याक्षको गदाले ठक्कर खाएर भगवानको हातबाट गदा खस्यो र घुम्दै जमिनमा खसेर सुशोभित भयो । यो धेरै अद्भुतको घटना हो ।।३।।  
                                                                                    स तदा लब्धतीर्थोऽपि न बबाधे निरायुधम् ।
मानयन् स मृधे धर्मं विष्वक्सेनं प्रकोपयन् ॥ ४ ॥

त्यस समयमा सत्रुमाथि युध्दगर्ने अवसर पनि हिरण्याक्षले वहाँलाई निशस्त्र देखेर युध्द धर्मको पालना गर्दे वहाँमाथि आक्रमण गरेन । उसले भगवानको रिस बढाउनको लागि नै यस्तो गरेको थियो ।।४।।

गदायां अपविद्धायां हाहाकारे विनिर्गते ।
मानयामास तद् धर्मं सुनाभं चास्मरद्विभुः ॥ ५ ॥

गदा खसेपछि र लोकमा ठुलो हाहाकार मच्चियो । प्रभुले उसको धर्मबुध्दिको प्रशंसा गर्नुभयो र आफ्नो सुदर्शन चक्रको स्मरण गर्नुभयो ।।५।।

(इन्द्रवज्रा)
तं व्यग्रचक्रं दितिपुत्राधमेन
        स्वपार्षदमुख्येन विषज्जमानम् ।
चित्रा वाचोऽतद्विदां खेचराणां
         तत्रास्मासन् स्वस्ति तेऽमुं जहीति ॥ ६ ॥

चक्र तुरुन्तै उपस्थित भएर भगवानको हातमा घुम्नलाग्यो । तर त्यो आफ्नो प्रमुख पार्षद दैत्याधम हिरण्याक्षका साथ विशेषरूपले क्रिडा गर्नलाग्यो । त्यस समयमा वहाँको प्रभावलाई नजान्ने भएका देवताहरूले यो विचित्र वचन सुनाउन लागे, प्रभो! हजूरको जय होस, यसलाई अरु बढि नखेलाउनु होस । चाँढै नै मारिदिनुहोस ।।६।।

स तं निशाम्यात्तरथाङ्गमग्रतो
        व्यवस्थितं पद्मपलाशलोचनम् ।
विलोक्य चामर्ष परिप्लुतेन्द्रियो
        रुषा स्वदन्तच्छदमादशच्छ्वसन् ॥ ७ ॥

जव हिरण्याक्षले देख्यो कि कमलदल लोचन श्रीहरि उसको नजिकै चक्र लिएर उभिरहनु भएको छ , त्यसपछि रिसले उसको सबै इन्द्रियहरू तिलमिलाएर उठ्यो । उ लामो सास फेर्दै दाँतले ओठ चपाउन लाग्यो ।।७।।

 (अनुष्टुप)
करालदंष्ट्रश्चक्षुर्भ्यां सञ्चक्षाणो दहन्निव ।
अभिप्लुत्य स्वगदया हतोऽसीत्याहनद् हरिम् ॥ ८ ॥

त्यस समय त्यो तीखो दाह्रा भएको दैत्य आफ्नो आँखाले यस प्रकार भगवान् लाई भष्म नै गरौला जसरी हे¥यो र अव तँ वाच्न सक्तैनस भनेर श्रीहरि माथि गदा प्रहार ग¥यो ।।८।।

पदा सव्येन तां साधो भगवान् यज्ञसूकरः ।
लीलया मिषतः शत्रोः प्राहरद् वातरंहसम् ॥ ९ ॥

हे साधु विदुरजी! यज्ञमुर्ति वराहभगवानले सत्रुले हेर्दाहेर्दै आफ्नो वायाँ खुट्टाले उसको त्यो वायु समान वेग भएको गदालाई खसालिदिनु भयो ।।९।।

आह चायुधमाधत्स्व घटस्व त्वं जिगीषसि ।
इत्युक्तः स तदा भूयः ताडयन् व्यनदद् भृशम् ॥ १० ॥

उसलाई भन्नुभयो ए दैत्य! त मालाई जित्न चहान्छस भने आफ्नो शस्त्र उठाएर एकपटक फेरी युध्द गर । भगवानले यस प्रकारभन्नु भएपछि उसले फेरी गदा चलायो र ठुलो गर्जना गर्नलाग्यो ।।१०।।

तां स आपततीं वीक्ष्य भगवान् समवस्थितः ।
जग्राह लीलया प्राप्तां गरुत्मानिव पन्नगीम् ॥ ११ ॥

गदा आफुतिर आउनु लागेको देखेर भगवानले आफु जहाँ उभिनुभएको थियो त्यहिबाट गरुडले सर्पलाई समाते झैं उसलाई पक्रनुभयो ।।११।।

स्वपौरुषे प्रतिहते हतमानो महासुरः ।
नैच्छद्गदां दीयमानां हरिणा विगतप्रभः ॥ १२ ॥

आफ्नो उद्यम यसरी ब्यर्थ भएकोले त्यस महादैत्यको घमण्ड चूर्ण भयो र उसको तेज नष्ट भयो त्यसपछि भगवानले दिदा पनि उसले गदा चलाएन ।।१२।।

जग्राह त्रिशिखं शूलं ज्वलज्ज्वलनलोलुपम् ।
यज्ञाय धृतरूपाय विप्रायाभिचरन् यथा ॥ १३ ॥

तर जसरी कुनै ब्राह्मण माथि निस्फल ब्यभिचार (मरणादि प्रयोग) गरेझैं उसले यज्ञपुरुषलाई प्रहार गर्नको निम्ति एउटा वलिरहैको अग्नि समान लपलपाउदै गरेको त्रिशुल हातमा लियो ।।१३।।

(इन्द्रवज्रा)
तदोजसा दैत्यमहाभटार्पितं
        चकासदन्तःख उदीर्णदीधिति ।
चक्रेण चिच्छेद निशातनेमिना
        हरिर्यथा तार्क्ष्यपतत्रमुज्झितम् ॥ १४ ॥

महावलि हिरण्याक्षले अत्यन्त वेगले छोडेको त्यो त्रिशूल आकाशमा चम्कनलाग्यो । अनि भगवानले आफ्नो तीखो धार भएको चक्रले यस प्रकार काट्नुभयो जसरी इन्द्रले गरुडजीले छाडेको पखेटालाई वज्रले काटेका थिए ।।१४।।

वृक्णे स्वशूले बहुधारिणा हरेः
        प्रत्येत्य विस्तीर्णमुरो विभूतिमत् ।
प्रवृद्धरोषः स कठोरमुष्टिना
        नदन् प्रहृत्यान्तरधीयतासुरः ॥ १५ ॥

भगवानको चक्रले आफ्नो त्रिशुल धेरै टुक्राभएको देखेर उ धेरै रिसायो अनि उ अगाडि आएर वहाँको विशाल वक्षस्थलमा जहाँ श्रीवत्स चिन्ह सुशोभित थियो त्यहाँ मुठ्ठीले प्रहार ग¥यो र ठुलो श्वरले गर्जेर अन्तर्धान भयो ।।१५।।

(अनुष्टुप)
तेनेत्थमाहतः क्षत्तः भगवान् आदिसूकरः ।
नाकम्पत मनाक्क्वापि स्रजा हत इव द्विपः ॥ १६ ॥

विदुरजी! जसरी हात्तीलाई फूलमालाको चोटको कुनै असर हुदैन त्यसै गरी उसले प्रहार गर्दा पनि भगवान् आदि वराह अलिकति पनि टसमस हुनुभएन ।।१६।।

अथोरुधासृजन् मायां योगमायेश्वरे हरौ ।
यां विलोक्य प्रजास्त्रस्ता मेनिरेऽस्योपसंयमम् ॥ १७ ॥

त्यसपछि त्यो महामायावि दैत्य लुकेर श्रीहरि माथि अनेक प्रकारको मायाहरूको प्रयोग गर्नलाग्यो । जुन देखेर सबै प्रजाहरू धेरै डराउन लागे अनि सोच्न लागे कि अव संसार प्रलय हनेछ ।।१७।।

प्रववुर्वायवश्चण्डाः तमः पांसवमैरयन् ।
दिग्भ्यो निपेतुर्ग्रावाणः क्षेपणैः प्रहिता इव ॥ १८ ॥

धेरै प्रचण्ड आँधि चल्न लाग्यो जस्को कारण धुलोले सबैतिर अन्धकार हुनलाग्यो । र माथिबाट पत्थरको वर्षा हुनलाग्यो । यस्तो अवस्था थियो कि मानौं त्यहाँ कुनै क्षेप्यास्त्रले नै फ्याकिरहेकोछ ।।१८।।

द्यौर्नष्टभगणाभ्रौघैः सविद्युत् स्तनयित्नुभिः ।
वर्षद्भिः पूयकेशासृग् विण्मूत्रास्थीनि चासकृत् ॥ १९ ॥

विजुलीको चमक र कुइरोको साथ वादल घेरिनाले आकाशमा सूर्य, चन्द्रादि ग्रह देखिएनन बादलबाट निरन्तर पीप, कपाल, रगत, विष्टा, मुत्र र हाडको वर्षा हुनलाग्यो ।।१९।।

गिरयः प्रत्यदृश्यन्त नानायुधमुचोऽनघ ।
दिग्वाससो यातुधान्यः शूलिन्यो मुक्तमूर्धजाः ॥ २० ॥

विदुरजी त्यहाँ यस्तो पहाड देखिनलाग्यो कि जहाँबाट अनेक किसिमका अस्त्रशस्त्रको वर्षा हुन लाग्यो । हातमा त्रिशूल लिएका कपाल खोलेका नांगी राक्षसीहरू देखिन थाले ।।२०।।

बहुभिर्यक्षरक्षोभिः पत्त्यश्व रथकुञ्जरैः ।
आततायिभिरुत्सृष्टा हिंस्रा वाचोऽतिवैशसाः ॥ २१ ॥

धेरै पदैल, घोडामा सबार रथी र हात्तीमा शैनिकहरू, नांगा राक्षसहरू मारमार काटकाट भन्ने यस्तो अत्यन्त क्रुर र हिंसामय कोलाहल सुनिनलाग्यो ।।२१।।

प्रादुष्कृतानां मायानां आसुरीणां विनाशयत् ।
सुदर्शनास्त्रं भगवान् प्रायुङ्क्त दयितं त्रिपात् ॥ २२ ॥

यसरी प्रकट भएको त्यस आसुरी मायाजाललाई नाश गर्नको लागि यज्ञमुर्ति वराहले आफ्नो पृय सुदर्शन छोड्नुभयो ।

तदा दितेः समभवत् सहसा हृदि वेपथुः ।
स्मरन्त्या भर्तुः आदेशं स्तनात् च असृक् प्रसुस्रुवे ॥ २३ ॥

त्यस समयमा आफ्नो पतिले भन्नुभएको कुरा सम्झेर दितिको हृदय काम्नलाग्यो र उनको स्तनबाट रगत वग्न लाग्यो ।।२३।।

विनष्टासु स्वमायासु भूयश्चाव्रज्य केशवम् । 
रुषोपगूहमानोऽमुं ददृशेऽवस्थितं बहिः ॥ २४ ॥

आफ्नो मायाजाल नष्ट भएपछि त्यो दैत्य फेरी भगवान् भएको ठाँउमा आयो । उसले वहाँलाई क्रोधले दवाएर चूर्ण गर्ने इच्छाले दुवै हातले अंगालो हाल्न लाग्दा त बाहिरै खडा भएको देख्यो ।।२४।।

तं मुष्टिभिर्विनिघ्नन्तं वज्रसारैः अधोक्षजः ।
करेण कर्णमूलेऽहन् यथा त्वाष्ट्रं मरुत्पतिः ॥ २५ ॥

अनि उसले भगवान् लाई वज्रसमान कठोर मुक्काले हिर्काउन लाग्यो । तव जसरी इन्द्रले वित्रासुरलाई प्रहार गरेका थिए । यसैप्रकार भगवानले उसको कञ्चटमा एक थप्पड हान्नु भयो ।।२५।।

(इन्द्रवज्रा)
स आहतो विश्वजिता ह्यवज्ञया
        परिभ्रमद्गात्र उदस्तलोचनः ।
विशीर्णबाह्वङ्घ्रिशिरोरुहोऽपतद्
        यथा नगेन्द्रो लुलितो नभस्वता ॥ २६ ॥

विश्व विजयी भगवानले यद्यपि खेलाँची गरेर थप्पड मार्नु भयएको थियो तरपनि त्यसै चोटले हिरण्याक्षको शरीर घुम्न लाग्यो उसको आँखा बाहिर निक्लियो । हात, खुट्टा र कपाल छिन्नभिन्न भयो अनि त्यो निष्प्राण भएर आँधिले उखेलिएको ठुलो रूख झैं पृथ्वीमा ढल्यो ।।२६।।

क्षितौ शयानं तमकुण्ठवर्चसं
        करालदंष्ट्रं परिदष्टदच्छदम् ।
अजादयो वीक्ष्य शशंसुरागता
        अहो इमं को नु लभेत संस्थितिम् ॥ २७ ॥

हिरण्याक्षको तेज तैपनि मलिन भएन । त्यो ठुलो दाह्रा भएको दैत्यले दाँतले ओठ चपाउदै पृथ्वीमा लडेको देखेर त्यहाँ युध्दकालागि आएका ब्रहादि देवताहरू उस्को प्रशंसा गर्नलागे कि अहो यस्तो मृत्यु कसलाईमिल्न सक्छ ।।२७।।

यं योगिनो योगसमाधिना रहो
        ध्यायन्ति लिङ्गादसतो मुमुक्षया ।
तस्यैष दैत्यऋषभः पदाहतो
        मुखं प्रपश्यन् तनुमुत्ससर्ज ह ॥ २८ ॥

आफ्नो मिथ्या उपाधिबाट छुट्नको लागि, योगीहरू समाधिद्वारा एकान्तमा वहाँको ध्यान गर्दछन् । वहाँकै चरणप्रहारबाट वहाँको  मुख हेर्दाहेर्दै त्यस दैत्यराजले आफ्नो प्राण छोड्यो ।।२८।।

(अनुष्टुप)
एतौ तौ पार्षदावस्य शापाद् यातौ असद्गतिम् ।
पुनः कतिपयैः स्थानं प्रपत्स्येते ह जन्मभिः ॥ २९ ॥

यो हिराण्याक्ष र हिरण्यकसिपु भगवान् कै पार्षद हो । यीनीहरू श्रापका कारण यो अधोगति प्राप्त भएको हो । अव केहि जन्म पछि यिनीहरू फेरी आफ्नै स्थानमा पुग्दछन ।।२९।।

देवा ऊचुः -
 (इन्द्रवज्रा)
नमो नमस्तेऽखिलयज्ञतन्तवे
        स्थितौ गृहीतामलसत्त्वमूर्तये ।
दिष्ट्या हतोऽयं जगतामरुन्तुदः
        त्वत् पादभक्त्या वयमीश निर्वृताः ॥ ३० ॥

देवताहरूले भन्न लागे प्रभो! हजूरलाई बारंवार नमस्कार छ । हजूर सम्पूर्ण यज्ञको विस्तार गर्नेवाला हुनुहुन्छ । तथा संसारको स्थितिको लागि सुध्द सत्वमय मगल विग्रह प्रकट गर्नु हुन्छ । धेरै आनन्दको कुरा त यो छ कि ससारलई कष्ट दिने भएको यो दुष्ट दैत्य म¥यो । अव हजूरको चरणको भक्तिको प्रभावले हामीलाई सुख शान्ति मिल्यो ।।३०।।

मैत्रेय उवाच–
एवं हिरण्याक्षमसह्यविक्रमं
        स सादयित्वा हरिरादिसूकरः ।
जगाम लोकं स्वमखण्डितोत्सवं
        समीडितः पुष्करविष्टरादिभिः ॥३१ ॥

मैत्रेयजीले भने—
विदुरजी! यस प्रकार महापराक्रमी हिरण्याक्षको वध गरेर भगवान् आदि वराह आफ्नो अखण्ड आनन्दमय धाममा पाल्नु भयो । त्यस समयमा ब्रह्मादि देवताहरू वहाँको स्तति गर्नलागे ।।३१।।

मया यथानूक्तमवादि ते हरेः
        कृतावतारस्य सुमित्र चेष्टितम् ।
यथा हिरण्याक्ष उदारविक्रमो
        महामृधे क्रीडनवन्निराकृतः ॥ ३२ ॥

भगवान् अवतार लिएर लीलाहरू जस्तो गर्नु हुन्छ र जसरी वहाँले भिषण संग्राममा खेलौना  जस्तै महा पराक्रमी हिरण्याक्षको बध गर्नुभयो, मित्र विदुरजी! त्यो सब चरित्र जसरी मैले गुरुको मुखबाट सुनेको थिए त्यसै गरी तिमीलाई सुनाएं ३२।।

सूत उवाच –
(अनुष्टुप)
इति कौषारवाख्यातां आश्रुत्य भगवत्कथाम् ।
क्षत्तानन्दं परं लेभे महाभागवतो द्विज ॥ ३३ ॥

सूतजी भन्दछन् —
शौनकजी ! मैत्रेयजीको मुखबाट भगवानको यस्तो कथा सुनेर परम भागवत विदुरजीलाई धेरै आनन्द भयो ।।३३।।

अन्येषां पुण्यश्लोकानां उद्दामयशसां सताम् ।
उपश्रुत्य भवेन्मोदः श्रीवत्साङ्कस्य किं पुनः ॥ ३४ ॥

जव अरु पवित्र कीर्ति र परम यशस्वी महापुरुषको चरीत्र सुन्नाले नै आनन्द हुन्छ भने श्री वत्सधारी भगवानको चरित्र एवं लीलाहरूको बारेमा हुने आनन्दको त कुरा नै के भयो र ।।३४।।

यो गजेन्द्रं झषग्रस्तं ध्यायन्तं चरणाम्बुजम् ।
क्रोशन्तीनां करेणूनां कृच्छ्रतोऽमोचयद्द्रुतम् ॥ ३५ ॥

जुन समयमा ग्राहले पक्रदा गजराजले प्रभुचरणको ध्यान गर्नलाग्यो उसको हात्तीनी दुःखले कराउन लागी, त्यस समयमा वहाँले उसलाई तत्कालै दुःखबाट छुटाउनु भयो ।

तं सुखाराध्यमृजुभिः अनन्यशरणैर्नृभिः ।
कृतज्ञः को न सेवेत दुराराध्यं असाधुभिः ॥ ३६ ॥

जो सबै कुाराबाट निरास भएर आफ्नो शरणमा आएका सरल हृदय भक्तहरूबाट सहज नै प्रसन्न हुनुहुन्छ तर दुष्ट पुरुषका लागि दुराराध्य हुनुहुन्छ उनीहरूसंग चाँडै प्रशन्न हुनुहुन्न, वहाँ प्रभुको उपकारलाई जान्नेहरू त्यस्ता कुन पुरुष छन जो वहाँको सेवा नगर्ने ।।३६।।

(इन्द्रवज्रा)
यो वै हिरण्याक्षवधं महाद्भुतं
        विक्रीडितं कारणसूकरात्मनः ।
श्रृणोति गायत्यनुमोदतेऽञ्जसा
        विमुच्यते ब्रह्मवधादपि द्विजाः ॥ ३७ ॥

शौनकादि ऋषिहरूहो! पृथ्वीको उध्दार गर्नका लागि वराहरूप धारण गर्नु भएका श्रीहरिको यस हिरण्याक्षवध नामको परम अद्भुत लीलाको बारेमा जुन पुरुष सुन्दछ, भन्दछ अथवा अनुमोदन गर्दछ भने त्यो ब्रह्महत्या जस्तो घोर पापबाट पनि सजिलै छुटकारा पाउदछ ।।३७।।

एतन् महापुण्यमलं पवित्रं 
        धन्यं यशस्यं पदमायुराशिषाम् ।
प्राणेन्द्रियाणां युधि शौर्यवर्धनं
        नारायणोऽन्ते गतिरङ्ग श्रृण्वताम् ॥ ३८ ॥

यो चरित्र अत्यन्त पवित्र, धन र यश प्राप्त गराउने, आयुवर्धक, कामनाहरूको पुर्ण गराउने तथा युध्दमा प्राण र इन्द्रिय शक्ति बढाउने हो । जो मानिस यसलाई सुन्दछ उसले अन्त्यमा भगवानको आश्रय पाउदछ ।।३८।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे एकोनविंशोऽध्यायः ॥ १९ ॥