#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

दशमस्कन्धः – त्रिषष्टितमोऽध्यायः

 

श्रीमद्‌भागवत महापुराण
दशमस्कन्धः – त्रिषष्टितमोऽध्यायः



श्रीशुक उवाच–
(अनुष्टुप्)
अपश्यतां चानिरुद्धं तद्‌बन्धूनां च भारत ।
चत्वारो वार्षिका मासा व्यतीयुरनुशोचताम् ॥ १ ॥
श्रीशुकदेवजी भन्नुहुन्छ– हे परीक्षित ! वर्षायामको चार महिना बितिसक्दा पनि  अनिरुद्धजी कता हराए भन्नेकुरा उनका आफन्तहरुले पत्ता पाउन नसकेर धेरै चिन्तित भएका थिए ।।१।। 

नारदात्तदुपाकर्ण्य वार्तां बद्धस्य कर्म च ।
प्रययुः शोणितपुरं वृष्णयः कृष्णदैवताः ॥ २ ॥
एक दिन नारद आएर अनिरुद्धलाई चित्रलेखाले शोणितपुर लिएर गएको र त्यहाँ बाणासुरका सैनिकहरूसंग युध्द भएको र वाणसुरले नागपाशमा बाधेको बारेमा सम्पूर्ण खबर बताउनुभयो । त्यसपछि श्रीकृष्णलाई आफ्नो पूजनीय देवता मान्ने यदुवंशीहरू वाणासुरको शोणितपुरमा आक्रमण गर्न गए ।।२।। 

प्रद्युम्नो युयुधानश्च गदः साम्बोऽथ सारणः ।
नन्दोपनन्दभद्राद्या रामकृष्णानुवर्तिनः ॥ ३ ॥
अक्षौहिणीभिर्द्वादशभिः समेताः सर्वतोदिशम् ।
रुरुधुर्बाणनगरं समन्तात् सात्वतर्षभाः ॥ ४ ॥
त्यहाँ पुगेर श्रीकृष्ण र बलरामजीसँगै वहाँका अनुयायीहरू – प्रद्युम्न सात्यकि, गद, साम्ब, सारण, नन्द, उपनन्द र भद्र आदि यदुवंशीले बाह्र अक्षौहिणी सेनासँग व्युह बनाएर बाणासुरको राजधानीलाई चारैतिरबाट घेरा हाले ।।३–४।। 

भज्यमानपुरोद्यानप्राकाराट्टालगोपुरम् ।
प्रेक्षमाणो रुषाविष्टस्तुल्यसैन्योऽभिनिर्ययौ ॥ ५ ॥
बाणासुरले यदुवंशीहरूको सेनाले शहरको बगैंचा, पर्खाल, धरहरा र मूलढोकाहरू भत्काएको देखेरे उ रिसायो । त्यसपछि उसले पनि बाह्र अक्षौहिणीहरूको सेना लिएर यदुवंशीसेनासंग युध्दगर्न सहर बाहिर निस्कियो ।।५।। 

बाणार्थे भगवान् रुद्रः ससुतः प्रमथैर्वृतः ।
आरुह्य नन्दिवृषभं युयुधे रामकृष्णयोः ॥ ६ ॥
त्यस समयमा बाणासुरलाई सहयोग गर्नको लागि भगवान् रुद्र नन्दी नामको साँढेमा सवार भएर आफ्ना छोरा कार्तिकेय र गणहरु साथैमा लिएर वाणसुरको युद्धभूमिमा आउनुभयो । भगवान् शंकर भगवान श्रीकृष्ण र बलरामजीसँग युद्ध गर्नुभयो ।।६।। 

आसीत् सुतुमुलं युद्धमद्‌भुतं रोमहर्षणम् ।
कृष्णशङ्‌करयो राजन् प्रद्युम्नगुहयोरपि ॥ ७ ॥
कुम्भाण्डकूपकर्णाभ्यां बलेन सह संयुगः ।
साम्बस्य बाणपुत्रेण बाणेन सह सात्यकेः ॥ ८ ॥
हे परिक्षित ! भगवान् शंकर र श्रीकृष्णको त्यसैगरी कार्तिकेय र प्रद्युम्न विचमा भयंकर युध्द भयो जुन युध्द हेर्दैमा जो कोहिको शरीर रोमान्चित हुन्थ्यो ।। त्यहाँ बलरामजीको कुभाण्ड र कूपकर्णसंग युध्द भयो यसैगरी वाणसुरको छोरो र साम्ब बिचमा युध्दभयो भने वाणसुर र सात्यकि विच ठुलो भिडन्त भयो ।।७–८।।
 
ब्रह्मादयः सुराधीशा मुनयः सिद्धचारणाः ।
गन्धर्वाप्सरसो यक्षा विमानैर्द्रष्टुमागमन् ॥ ९ ॥
ब्रह्मादि देवताहरु, ऋषि, सिद्ध चरण, गन्धर्व–अप्सरा र यक्ष जस्ता देवताहरू यज्ञ हेर्नकालागि विमानमा चढेर आकास मार्गमा आए ।।९।।

शङ्‌करानुचराञ्छौरिर्भूतप्रमथगुह्यकान् ।
डाकिनीर्यातुधानांश्च वेतालान् सविनायकान् ॥ १० ॥
प्रेतमातृपिशाचांश्च कुष्माण्डान् ब्रह्मराक्षसान् ।
द्रावयामास तीक्ष्णाग्रैः शरैः शार्ङ्‌गधनुश्च्युतैः ॥ ११ ॥
भगवान श्री कृष्णले आफ्नो शाङ्र्क नामको धनुको तीखो बाण प्रहार गरेर शंकरजीका अनुयायी भूत, प्रेत, प्रमथ, गुह्यक, डाकिनी, यातुधन, वेताल, विनायक, प्रेतगण, मातृगण, पिशाच, कुष्माण्ड र ब्रह्मराक्षसहरूलाई भगाउनुभयो ।।१०–११।।

पृथग्विधानि प्रायुङ्‌क्त पिणाक्यस्त्राणि शाङ्‌र्गिणे ।
प्रत्यस्त्रैः शमयामास शार्ङ्‌गपाणिरविस्मितः ॥ १२ ॥
पिनाकपाणि शंकरजीले भगवान कृष्णमाथि बिभिन्न प्रकारका अश्त्रहरू प्रहार गर्नुभयो । तर शाङ्र्क नामको धनु हातमा लिनुभएका भगवान कृष्णले भयरहित भएर आफ्नो अस्त्रद्वारा बिरोधी  पक्षका सबै अश्त्रलाई शान्त पारिदिनुभयो ।।१२।।

ब्रह्मास्त्रस्य च ब्रह्मास्त्रं वायव्यस्य च पार्वतम् ।
आग्नेयस्य च पार्जन्यं नैजं पाशुपतस्य च ॥ १३ ॥
भगवान श्रीकृष्णले ब्रह्मास्त्रलाई शान्त पार्न ब्रह्मास्त्र, वायव्यास्त्रका लागि पार्वतास्त्र, आग्नेयास्त्रका लागि पर्जन्यास्त्र र पशुपतास्त्रका लागि नारायणास्त्रको प्रयोग गर्नभयो ।।१३।। 

मोहयित्वा तु गिरिशं जृम्भणास्त्रेण जृम्भितम् ।
बाणस्य पृतनां शौरिर्जघानासिगदेषुभिः ॥ १४ ॥
यसपछि, भगवान श्रीकृष्णले महादेवजीलाई जृम्भणस्त्रले प्रहार गरेर मोहित बनाउनु भयो जसले गर्दा अल्छि लाग्ने हाइहाइ आउने गराइदिनुभयो । त्यसपछि भगवान्ले आफ्नो गदा वाण तरवार आदि शस्त्रद्वारा वाणासुरको सेनालाई मार्नुभयो ।।१४।।

स्कन्दः प्रद्युम्नबाणौघैरर्द्यमानः समन्ततः ।
असृग् विमुञ्चन् गात्रेभ्यः शिखिनापक्रमद् रणात् ॥ १५ ॥
यता प्रद्युम्नले कार्तिकेलाई बाण प्रहार गरेर घाइते बनाए जसले गर्दा उनको शरीरका सबै भागहरूबाट रगत बग्न थाल्यो, र उनी आफ्नो वाहन मयुरमा चढेर युद्धभूमि छोडेर भागे ।।१५।।
 
कुम्भाण्डः कूपकर्णश्च पेततुर्मुषलार्दितौ ।
दुद्रुवुस्तदनीकनि हतनाथानि सर्वतः ॥ १६ ॥
बलरामले आफ्नो मुसलको प्रहारले कुम्भण्ड र कुपकर्णलाई घाइते बनाउनुभयो ।  जसलेगर्दा उनीहरू युद्धभूमिमा ढले । यसरी आफ्ना सेनापतिहरूलाई मारिएको देखेर बाणासुरका सबै सेना तितरबितर भएर भाग्नथाले ।।१६।। 

विशीर्यमाणं स्वबलं दृष्ट्वार बाणोऽत्यमर्षणः ।
कृष्णमभ्यद्रवत् संख्ये रथी हित्वैव सात्यकिम् ॥ १७ ॥
आफ्ना सेनाहरु यसरी भाग्न थालेको देखेर रथमा बसेको बाणासुर धेरै रिसाएर आफुसंग लडिरहेको सात्यकिलाई छोडेर भगवान श्रीकृष्ण माथि जाइलाग्यो ।।१७।।

धनूंष्याकृष्य युगपद् बाणः पञ्चशतानि वै ।
एकैकस्मिञ्छरौ द्वौ द्वौ सन्दधे रणदुर्मदः ॥ १८ ॥
युद्धको लागि उत्सुक बाणासुरले आफ्ना हजार हातले एकैसाथ पाँच सय धनुहरु तान्यो र प्रत्येकमा दुई दुईवटा वाण राख्यो ।।१८।।

तानि चिच्छेद भगवान् धनूंसि युगपद्धरिः ।
सारथिं रथमश्वांश्च हत्वा शङ्खमपूरयत् ॥ १९ ॥
तर भगवान कृष्णले आफ्ना बाण प्रहार गरेर ती सबै धनुषलाई एकैचोटि काटिदिनुभयो र वाणसुरको सारथी, रथ र घोडाहरूलाई पनि नष्ट गरिदिनुभयो र आफ्नो शंख बजाउनुभयो ।।१९।।
 
तन्माता कोटरा नाम नग्ना मक्तशिरोरुहा ।
पुरोऽवतस्थे कृष्णस्य पुत्रप्राणरिरक्षया ॥ २० ॥
कोटरा नामकी बाणासुरकी आमा थिइन् । उनी आफ्नो छोराको जीवन बचाउनको लागि आफ्नो कपाल फिजार्दै नाङ्गै भगवान कृष्णको अगाडि उभिइन् ।।२०।। 

ततस्तिर्यङ्‌मुखो नग्नामनिरीक्षन् गदाग्रजः ।
बाणश्च तावद् विरथश्छिन्नधन्वाविशत् पुरम् ॥ २१ ॥
भगवान कृष्णले ती नांगी कोटरीलाई हेर्न नपरोस भनेर आफ्नो अनुहार अर्कैतिर फर्काउनुभयो । त्यही मौका पारेर रथ र धनुहीन भएको बाणासुर आफ्नो नगरमा फर्कियो ।।२१।।
 
विद्राविते भूतगणे ज्वरस्तु त्रीशिरास्त्रिपात् ।
अभ्यधावत दाशार्हं दहन्निव दिशो दश ॥ २२ ॥
जब भगवान श्रीकृष्णले भगवान् शंकरका भूतगणलाई भगाउनु भयो यता फेरी तीनवटा टाउको र तीन खुट्टा भएको ज्वर (जसलाई भगवान् शंकरले पठाउनु भएको थियो) दशै दिशालाई जलाउँदै युध्द गर्न भनि भगवान कृष्ण भएतिर दौडियो ।२२ ।।

अथ नारायणः देवस्तं दृष्ट्र्वा व्यसृजज्ज्वरम् ।
माहेश्वरो वैष्णवश्च युयुधाते ज्वरावुभौ ॥ २३ ॥
त्यस ज्वरलाई आफूतिर आउँदै गरेको देखेर भगवान कृष्णले उसँग लड्न शीत ज्वरलाई छोडिदिनुभयो । अब दुवै महादेव ज्वर र वैष्णव ज्वर एकअर्कासँग युध्द गर्न थाले ।।२३।।

माहेश्वरः समाक्रन्दन् वैष्णवेन बलार्दितः ।
अलब्ध्वाभयमन्यत्र भीतो माहेश्वरो ज्वरः ।
शरणार्थी हृषीकेशं तुष्टाव प्रयताञ्जलिः ॥ २४ ॥
अन्ततः वैष्णव ज्वर बाट पीडित भएर महेश्वर चिच्याउन थाल्यो । जब उसले कतै पनि सहारा पाउन सकेन तब महादेव ज्वर हात जोडेर भगवान कृष्णको शरणमा परेर विनम्रतापूर्वक स्तुति गर्न थाल्यो ।।२४।। 

ज्वर उवाच–
(मिश्र)
नमामि त्वानन्तशक्तिं परेशं
     सर्वात्मानं केवलं ज्ञप्तिमात्रम् ।
विश्वोत्पत्तिस्थानसंरोधहेतुं
     यत्तद् ब्रह्म ब्रह्मलिङ्‌गं प्रशान्तम् ॥ २५ ॥
ज्वरोले भन्यो– हे प्रभु ! हजुर को शक्ति असीम छ । हजुर ब्रह्मादि देवताहरूका पनि परमेश्वर हुनुहुन्छ, सबै जीवका एकमात्र साक्षी आत्मा हुनुहुन्छ । हजुर यस संसारको सृष्टि, स्थिति र लयका कारण हुनुहुन्छ । श्रुतिहरू मार्फत मात्र हजुरको वर्णन र अनुमान गर्न सकिन्छ । हजुर साक्षात परब्रह्म हुनुहुन्छ, म हजुरलाई नमस्कार गर्दछु ।।२५।।

कालो दैवं कर्म जीवः स्वभावो
     द्रव्यं क्षेत्रं प्राण आत्मा विकारः ।
तत्सङ्‌घातो बीजरोहप्रवाह
     स्त्वन्मायैषा तन्निषेधं प्रपद्ये ॥ २६ ॥
काल दैव (अदृश्य), कर्म, जीव, स्वभाव, द्रव्य शरीर, शरीर, सूत्रात्मा प्राण, अहंकार, एघार इन्द्रियहरू र पंचभूत – यी सबैको संगमले बनेको सूक्ष्म शरीर तथा बीजांकुरन्याय अनुसार, त्यसबाट कर्म र त्यसपछि कर्मबाट लिंग शरीरको उत्पत्ति– यी सबै हजुरको मायाको कारण हो । तर हजुर सबै किसिमका मायाबाट निशेध हुनुहुन्छ, म हजुरमा शरण लिन्छु ।।२६।।

नानाभावैर्लीलयैवोपपन्नै
     र्देवान् साधूँल्लोकसेतून् बिभर्षि ।
हंस्युन्मार्गान् हिंसया वर्तमानान्
     जन्मैतत्ते भारहाराय भूमेः ॥ २७ ॥
हे प्रभु ! हजुर आफ्नो दिव्य लीलाद्वारा धेरै रूपहरू धारण गर्नुहुन्छ र देवताहरू, सज्जनहरू र सत्मार्गमा लगेकाको  पालन पोषण गर्नुहुन्छ । यसरी नै हजुरले हिंस्रक र पथभ्रष्ट भएकाहरुलाई संहार गर्नुहुन्छ । वास्तवमा हजुरको अवतार केवल पृथ्वीको भार हरण गर्नका लागि नै भएको हो ।।२७।। 
तप्तोऽहं ते तेजसा दुःसहेन
     शान्तोग्रेणात्युल्बणेन ज्वरेण ।
तावत्तापो देहिनां तेऽङ्‌घ्रिमूलं
     नो सेवेरन् यावदाशानुबद्धाः ॥ २८ ॥
हे प्रभु ! हजुरको ज्वररुप तेज शान्त, शीतल जस्तो भए पनि अत्यन्तै असहनीय उच्च ज्वरोले म अत्यन्तै दुःखी छु । हे भगवान ! आशाको डोरीले बाधिएका मनुष्यहरुले जसबस्म्म हजुरको चरणको शरण लिदैनन् तबसम्म उनीहरु यस ज्वरको पीडा पाइरहन्छन् ।।२८।। 

श्रीभगवानुवाच
(अनुष्टुप्)
त्रिशिरस्ते प्रसन्नोऽस्मि व्येतु ते मज्ज्वराद्‌ भयम् ।
यो नौ स्मरति संवादं तस्य त्वन्न भवेद्‌ भयम् ॥ २९ ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे त्रिशिरा ! म तिमीसँग खुसी छु । अब तिमीलाई मेरो ज्वरोले कुनै वाधा गर्नेछैन । यस तिम्रो र मेरो ज्वर संवादलाइ जसले सम्झन्छ उसलाई तिमीबाट कुनै डर हुनेछैन ।।२९।।
 
इत्युक्तोऽच्युतमानम्य गतो माहेश्वरो ज्वरः ।
बाणस्तु रथमारूढः प्रागाद्योत्स्यञ्जनार्दनम् ॥ ३० ॥
भगवान कृष्णबाट यस्तो कुरा सुनेर महेश्वर ज्वरोले उहालाई दण्डवत् गरेर त्यहाँबाट हिड्यो । बाणासुर फेरि भगवान कृष्णसँग युद्ध गर्न रथमा चढेर श्रीकृष्ण नजिक आयो ।।३०।।
 
ततो बाहुसहस्रेण नानायुधधरोऽसुरः ।
मुमोच परमक्रुद्धो बाणांश्चक्रायुधे नृप ॥ ३१ ॥
हे राजन परीक्षित ! त्यसपछि बाणासुरले आफ्ना हजारौं हातमा विभिन्न प्रकारका हतियारहरू लिएर धेरै रिसाएर चक्रपाणि भगवान माथि बाण बर्षाउन थाल्यो ।।३१।।

तस्यास्यतोऽस्त्राण्यसकृच्चक्रेण क्षुरनेमिना ।
चिच्छेद भगवान्बाहून् शाखा इव वनस्पतेः ॥ ३२ ॥
बाणासुरले आफु माथि यसरी बाण प्रहार गरेकोले श्रीकृष्णले आफ्नो तीखो धार भएको सुदर्शनचक्रले रुखका हाँगाहरु काटे झै उसको सबै हातहरु काटिदिनुभयो ।।३२।।

बाहुषु छिद्यमानेषु बाणस्य भगवान् भवः ।
भक्तानकम्प्युपव्रज्य चक्रायुधमभाषत ॥ ३३ ॥
श्रीकृष्णले आफ्ना परमभक्त वाणासुरको हात काटिदिनु भएको बखतमा सबै भक्तहस्लाई अनुग्रह गर्नुहुने भगवान शंकर चक्रधारी श्रीकृष्ण नजिक आएर भन्नुभयो ।।३३।।

श्रीरुद्र उवाच–
त्वं हि ब्रह्म परं ज्योतिर्गूढं ब्रह्मणि वाङ्‌मये ।
यं पश्यन्त्यमलात्मान आकाशमिव केवलम् ॥ ३४ ॥
भगवान रुद्रले भन्नुभयो– हे प्रभु ! हजुर शव्दमय वेदमन्त्रमा वर्णन गरिएको परमब्रह्म स्वरुप परमज्योति हुनुहुन्छ । शुध्द हृदय भएका ब्यक्तिले मात्र आकाश झैं सर्वब्यापि र सबै मायाले रहित निर्विकार तत्वको रुपमा हजुरको हजुरलाई जान्न र साक्षात्कार गर्न सक्छन् ।।३४।।

(मिश्र)
नाभिर्नभोऽग्निर्मुखमम्बु रेतो
     द्यौः शीर्षमाशा श्रुतिरङ्‌घ्रिरुर्वी ।
चन्द्रो मनो यस्य दृगर्क आत्मा
     अहं समुद्रो जठरं भुजेन्द्रः ॥ ३५ ॥
आकाश हजुरको नाभि हो, अग्नि हजुरको मुख हो, जल वीर्य र स्वर्ग हजुरको शिर हो, दिशाहरू हजुरको कान हुन् र पृथ्वी हजुरको खुट्टा हो । चन्द्रमा हजुरको मन हो, सूर्य हजुरको आँखा हो र म शिव हजुरको अहंकार हुँ । समुद्र हजुरको पेट हो र इन्द्र हजुरकोे बाहु हो ।।३५।।
 
रोमाणि यस्यौषधयोऽम्बुवाहाः
     केशा विरिञ्चो धिषणा विसर्गः ।
प्रजापतिर्हृदयं यस्य धर्मः
     स वै भवान् पुरुषो लोककल्पः ॥ ३६ ॥
विभिन्न औषधिहरू हजुरका रौं हुन्, बादलहरू हजुरका केश हुन्, ब्रह्मा जसको बुद्धिको रुप हो र प्रजापति लिंगको रुप हो । धर्म हृदय हो । यसरी हजुरको शरीरलाई लोकसंग तुलना गरिन्छ । हजुर यस्ता विराट पुरुष हुनुहुन्छ ।।३६।।

तवावतारोऽयमकुण्ठधामन्
     धर्मस्य गुप्त्यै जगतो हिताय ।
वयं च सर्वे भवतानुभाविता
     विभावयामो भुवनानि सप्त ॥ ३७ ॥
हजुरअखंड ज्योतिर्मय हुनुहुन्छ ! हजुरको यो अवतार धर्मको रक्षा र संसारका कल्याणको लागि भएको हो । हामी सबैले हजुरको प्रभावबाट प्रेरित भएर सातै लोकको पालन गर्छौं ।।३७।। 

त्वमेक आद्यः पुरुषोऽद्वितीय
     स्तुर्यः स्वदृग्घेतुरहेतुरीशः ।
प्रतीयसेऽथापि यथाविकारं
     स्वमायया सर्वगुणप्रसिद्ध्यै ॥ ३८ ॥
हजुर एकरूप हुनुहुन्छ एकमात्र आदिपुरुष हुनुहुन्छ । हजुर जाग्रत स्वप्न र सुषुप्ति  यि तीनै अवस्था देखि पर तुरिय अवस्थामा हुनुहुन्छ । हजुरलाई अरु कसैले प्रकाश गरिदिनु नपर्ने स्वयंप्रकाश हुनुहुन्छ । हजुर सबैका कारण हुनुहुन्छ । तर हजुरको कुनै कारण छैन । हजुर सबैबाट स्वतन्त्र हुनुहुन्छ तापनि तीनैगुणको प्रकाशन गर्नको लागि हजुर आफ्नो मायाको विकारलाई स्वीकार गरेर देवता, पशु, पक्षी, मानव आदि शरीर धारण गरेर विभिन्न रूपहरूमा देखा पर्नुहुन्छ ।।३८।। 

यथैव सूर्यः पिहितश्छायया स्वया
     छायां च रूपाणि च सञ्चकास्ति ।
एवं गुणेनापिहितो गुणांस्त्व
     मात्मप्रदीपो गुणिनश्च भूमन् ॥ ३९ ॥
हे प्रभु ! जसरी सूर्य आफ्नै छायाँ मेघ आदि बादलले ढाकिन्छ र ती बादल, मेघ आदिलाई निलो, पहेंलो आदि विभिन्न रूपहरूमा प्रकाशित गर्छ, त्यसरी नै हजुर बिभिन्न अहंकारले ढाकिए पनि स्वयं प्रकाशित हुनुहुन्छ । हजुरबाट नै शरीर इन्द्रिय आदिद्वारा ढाकिएका जीवलाई प्रकाशित गर्नुहुन्छ ।।३९।।

(अनुष्टुप्)
यन्मायामोहितधियः पुत्रदारगृहादिषु ।
उन्मज्जन्ति निमज्जन्ति प्रसक्ता वृजिनार्णवे ॥ ४० ॥
हे भगवान ! हजुरको मायाबाट मोहित भएका जीवहरू आफ्ना पत्नी, छोराछोरी, शरीर, घर आदिमा आसक्त हुन्छन् र दुःखको अनन्त सागरमा डुब्दै बाहिर निस्किदै गर्दछन् ।।४०।। 

देवदत्तमिमं लब्ध्वा नृलोकमजितेन्द्रियः ।
यो नाद्रियेत त्वत्पादौ स शोच्यो ह्यात्मवञ्चकः ॥ ४१ ॥
हे भगवान् ! यो मानव शरीर हजुर कै कृपाले प्राप्त भएको हो जो मानिसले मनुष्य शरीर पाएर पनि आफ्नो इन्द्रियहरूलाई नियन्त्रण गर्दैन र हजुरको चरण कमलको आश्रय लिँदैन भने त्यो ब्यक्ति अवस्य पनि आफुद्वारा आफैं ठगिएका मान्नुपर्दछ ।।४१।।

यस्त्वां विसृजते मर्त्य आत्मानं प्रियमीश्वरम् ।
विपर्ययेन्द्रियार्थार्थं विषमत्त्यमृतं त्यजन् ॥ ४२ ॥
हे प्रभु ! हजुर सबैका आत्मा, सबैका प्रिय र सबै प्राणीहरूको ईश्वर हुनुहुन्छ । जुन मानिसले यस्ता हजुरलाई त्याग्दछ र यसको विपरित इन्द्रियको विषयरुप स्त्री, पुत्र आदि तुच्छ वस्तुहरूको पछि लाग्दछ भने मानौं उसले अमृत त्यागेर विष पिइरहेको छ ।।४२।।
 
अहं ब्रह्माथ विबुधा मुनयश्चामलाशयाः ।
सर्वात्मना प्रपन्नास्त्वामात्मानं प्रेष्ठमीश्वरम् ॥ ४३ ॥
म (शिव) ब्रह्मा लगायत सबै देवताहरू र शुद्ध हृदय भएका ऋषिहरू र सन्तहरू हामी सबै सर्वात्मभावले परमप्रिय हजुर परमात्माको शरणमा आएका छौं ।।४३।। 

(मिश्र)
तं त्वा जगत्स्थित्युदयान्तहेतुं
     समं प्रशान्तं सुहृदात्मदैवम् ।
अनन्यमेकं जगदात्मकेतं
     भवापवर्गाय भजाम देवम् ॥ ४४ ॥
हजुर जगतको उत्पत्ति, स्थिति र विनाशको कारण हुनुहुन्छ । हजुर सबैको लागि समान हुनुहुन्छ, अत्यन्तै शान्तिप्रिय हुनुहुन्छ, सबैको मित्र हुनुहुन्छ, आत्मा हुनुहुन्छ र सबैका आराध्यदेव हुनुहुन्छ । हामी सबै यो संसारबाट मुक्त हुनको लागि हजुरको भजन गर्दछौं ।।४४।।

अयं ममेष्टो दयितोऽनुवर्ती
     मयाभयं दत्तममुष्य देव ।
संपाद्यतां तद्‌ भवतः प्रसादो
     यथा हि ते दैत्यपतौ प्रसादः ॥ ४५ ॥
हे प्रभु ! वाणसुर मेरो प्रिय भक्त हो । मैले यसलाई अभय दिएको छु । जसरी हजुरले दैत्यराज प्रल्हादलाई कृपा गनु भएको थियो, त्यसरी नै यस वाणसुरलाई पनि अनुग्रह गर्नुहोस् ।।४५।। 

श्रीभगवानुवाच–
(अनुष्टुप्)
यदात्थ भगवंस्त्वं नः करवाम प्रियं तव ।
भवतो यद्व्यवसितं तन्मे साध्वनुमोदितम् ॥ ४६ ॥
भगवान श्रीकृष्णले भन्नुभयो– हे प्रभु ! हजुरले मलाई जे भन्नुभयो सोही अनुसार म यो बाणासुरलाई अभय प्रदान गर्दछु । हजुरको पहिला जे निर्णय थियो त्यहि अनुसार नै मैले यसको बाहु काटेर हजुरको निर्णयलाई अनुमोदन मात्र गरेको हुँ ।।४६।। 

अवध्योऽयं ममाप्येष वैरोचनिसुतोऽसुरः ।
प्रह्रादाय वरो दत्तो न वध्यो मे तवान्वयः ॥ ४७ ॥
मलाई थाहा छ कि बाणासुर दैत्यराज बालिकाको छोरा हो । त्यसैले म पनि उसलाई मार्न सक्दिन किनकि मैले प्रह्लादलाई तिम्रो कुलमा उत्मन्न हुने कुनै पनि दैत्यको वध गर्दिन भनेर वरदान दिएको छु ।।४७।। 

दर्पोपशमनायास्य प्रवृक्णा बाहवो मया ।
सूदितं च बलं भूरि यच्च भारायितं भुवः ॥ ४८ ॥
यसको घमण्ड नष्ट गर्नकोे लागि मैले उसको हात काटेको छु । त्यसैगरी पृथ्वीको लागि भार बनेको उसको विशाल सेनालाई मैले नष्ट गरिदिएं ।।४८।। 

चत्वारोऽस्य भुजाः शिष्टा भविष्यत्यजरामरः ।
पार्षदमुख्यो भवतो न कुतश्चिद्‌भयोऽसुरः ॥ ४९ ॥
अब बाणासुरको चारवटा हाँत बाँकिरहेका छन् । यी सबै अमर रहनेछन् । साथै यो बाणासुर हजुरको प्रमुख पार्षद हुनेछ । अब यसलाई कसैको डर हुनेछैन ।।४९।। 

इति लब्ध्वाभयं कृष्णं प्रणम्य शिरसासुरः ।
प्राद्युम्निं रथमारोप्य सवध्वा समुपानयत् ॥ ५० ॥
श्रीकृष्णबाट यसरी अभय पाएपछि, बाणासुर वहाँ भगवान श्रीकृष्ण नजिक आएर आफ्नो शिर भुइँमा झुकाएर उहाँलाई अभिवादन गर्यो । त्यसपछि आफ्नी छोरी उषा र अनिरुद्धलाइ रथमा राखेर भगवानको अगाडि ल्यायो ।।५०।। 

अक्षौहिण्या परिवृतं सुवासःसमलङ्‌कृतम् ।
सपत्नीिकं पुरस्कृत्य ययौ रुद्रानुमोदितः ॥ ५१ ॥
यसपछि, भगवान श्रीकृष्णले शंकरजीसंग अनुमति लिएर अनेकौ वस्त्र र अलंकारले सुशोभित भएका उषा र अनिरुद्धलाई एक अक्षौहिणी सेनाका साथमा द्वारिकामा प्रस्थान गर्नुभयो ।।५१।। 
वंशस्था)

स्वराजधानीं समलङ्‌कृतां ध्वजैः
     सतोरणैरुक्षितमार्गचत्वराम् ।
विवेश शङ्खानकदुन्दुभिस्वनै
     रभ्युद्यतः पौरसुहृद्‌द्विजातिभिः ॥ ५२ ॥
यता भगवान कृष्णको द्वारका आगमनको खबर सुनेर नगरको सबैतिर झण्डा र तोरणले सजाइएको थियो । मुख्य सडक र चोकहरूमा चन्दन मिसाइएको जल  छर्किएको थियो । शहरका नगरबासी आफन्तहरू र ब्राह्मण अगाडि आएर ठूलो धूमधाम र भव्यताका साथ भगवानलाई स्वागत गरे । त्यतिबेला शंख, नगारा र ढोलकको ठुलो आवाज गुञ्जिएको थियो । यसरी भगवान कृष्ण आफ्नो राजधानीमा प्रवेश गर्नुभयो। ५२ ।। 

(अनुष्टुप्)
य एवं कृष्णविजयं शङ्‌करेण च संयुगम् ।
संस्मरेत् प्रातरुत्थाय न तस्य स्यात् पराजयः ॥ ५३ ॥
हे परीक्षित ! जसले बिहान उठेर भगवान कृष्णको श्री शंकरजीसँगको युद्ध र उहाँको विजयको कथा स्मरण गर्दछ भने, उसको कहिल्यै पराजय हुँदैन ।।५३।।

इति श्रीमद्भाजगवते महापुराणे पारमहंस्यां संहितायां दशमस्कन्धे उत्तरार्धे
अनिरुद्धानयनं नाम त्रिषष्टितमोऽध्यायः ॥ ६३ ॥