/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

अष्टमः स्कन्धः – प्रथमोऽध्यायः

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः – प्रथमोऽध्यायः


श्रीराजोवाच
(अनुष्टुप्)
स्वायम्भुवस्य इह गुरो वंशोऽयं विस्तरात् श्रुतः ।
यत्र विश्वसृजां सर्गो मनून् अन्यान् वदस्व नः ।। १ ।।
नेपाली भावानुवादः परीक्षित्ले सोधेगुरुदेव! तपाईंले वर्णन गर्नुभएको स्वायम्भुव मनुको वंश विस्तारका बारेमा सबै कुरा मैले सुनेँ। यसै वंशमा उनका कन्याहरूद्वारा मरीचि आदि प्रजापतिबाट वंशहरू उत्पन्न भएका हुन्। अब तपाईं मलाई अन्य मनुहरूका वंशको वर्णन सुनाउनुहोस् ।। १ ।।
 
यत्र यत्र हरेर्जन्म कर्माणि च महीयसः ।
गृणन्ति कवयो ब्रह्मन् तानि नो वद शृण्वताम् ।। २ ।।
नेपाली भावानुवादः हे ब्रह्मन्! जुन-जुन मन्वन्तरमा भगवान्ले जुन-जुन अवतार ग्रहण गरेर लीलाहरू गर्नुभएको छ, ती लीलाका बारेमा ज्ञानी महात्माहरू वर्णन गर्दछन्। अब मलाई ती अवतार र लीलाहरूका बारेमा सुनाउनुहोस्। मलाई सबै लीला-कथाहरू श्रद्धापूर्वक सुन्ने इच्छा छ ।। २ ।।
 
यद् यस्मिन् अन्तरे ब्रह्मन् भगवान् विश्वभावनः ।
कृतवान् कुरुते कर्ता हि अतीते अनागतेऽद्य वा ।। ३ ।।
नेपाली भावानुवादः भगवन्! विश्वभावन भगवान्ले अघिल्ला मन्वन्तरहरूमा जुन लीलाहरू गर्नुभयो, अहिलेको मन्वन्तरमा जे गर्दै हुनुहुन्छ र पछिका मन्वन्तरहरूमा जे गर्नुहुनेछ, ती सबैका बारेमा मलाई सुनाउनुहोस् ।। ३ ।।
 
श्रीऋषिरुवाच  
मनवोऽस्मिन् व्यतीताः षट् कल्पे स्वायम्भुवादयः ।
आद्यस्ते कथितो यत्र देवादीनां च सम्भवः ।। ४ ।।
नेपाली भावानुवादः शुकदेवजीले भन्नुभयोयस कल्पमा स्वायम्भुव आदि छ मन्वन्तर बितिसके। जुन मन्वन्तरमा देवता आदिको उत्पत्ति भएको थियो, त्यसका बारेमा मैले पहिले नै बताइसकेको छु ।। ४ ।।
 
आकूत्यां देवहूत्यां च दुहित्रोः तस्य वै मनोः ।
धर्मज्ञानोपदेशार्थं भगवान् पुत्रतां गतः ।। ५ ।।
नेपाली भावानुवादः स्वायम्भुव मनुकी पुत्री आकूतिबाट यज्ञपुरुषका रूपमा धर्मको उपदेश गर्नका लागि र देवहूतिको गर्भबाट कपिलका रूपमा ज्ञानको उपदेश गर्नका लागि भगवान्ले उनका पुत्रका रूपमा अवतार लिनुभएको थियो ।। ५ ।।
कृतं पुरा भगवतः कपिलस्य अनुवर्णितम् ।
आख्यास्ये भगवान् यज्ञः यच्चकार कुरूद्वह ।। ६ ।।
नेपाली भावानुवादः हे परीक्षित! भगवान् कपिलका बारेमा मैले यसअघि (तेस्रो स्कन्धमा) बताए। अब भगवान् यज्ञपुरुषले आकूतिको गर्भबाट अवतार लिएर जे गर्नुभयो, त्यसका बारेमा वर्णन गर्दछु ।। ६ ।।
 
विरक्तः कामभोगेषु शतरूपापतिः प्रभुः ।
विसृज्य राज्यं तपसे सभार्यो वनमाविशत् ।। ७ ।।
नेपाली भावानुवादः परीक्षित! भगवान् स्वायम्भुव मनुले समस्त कामना र भोगहरूबाट विरक्त भएर राज्य त्याग गरी आफ्नी पत्नी शतरूपाका साथ तपस्या गर्नका लागि वनमा जानुभयो ।। ७ ।।
 
सुनन्दायां वर्षशतं पदैकेन भुवं स्पृशन् ।
तप्यमानः तपो घोरं इदं अन्वाह भारत ।। ८ ।।
नेपाली भावानुवादः परीक्षित! उनले सुनन्दा नदीको किनारमा पृथ्वीमा एक खुट्टाले उभिएर सय वर्षसम्म घोर तपस्या गरे। तपस्याका क्रममा उनी प्रतिदिन यस प्रकार भगवान्को स्तुति गर्ने गर्दथे ।। ८ ।।
 
श्रीमनुरुवाच
येन चेतयते विश्वं विश्वं चेतयते न यम् ।
यो जागर्ति शयानेऽस्मिन् नायं तं वेद वेद सः ।। ९ ।।
नेपाली भावानुवादः मनुजीले भनेजसको चेतनाको स्पर्श मात्रले यो विश्व चेतन हुन्छ, तर यो विश्वले उहाँलाई चेतना प्रदान गर्न सक्दैन; जो प्रलयकालमा सबै सुतेको अवस्थामा पनि साक्षीका रूपमा जागृत रहनुहुन्छ; जसलाई विश्वले जान्न सक्दैन, तर उहाँले यो सारा जगत्लाई जान्नुहुन्छ, उहाँ नै परमात्मा हुनुहुन्छ ।। ९ ।।
 
आत्मावास्यं इदं विश्वं यत् किञ्चित् जगत्यां जगत् ।
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्य स्विद् धनम् ।। १० ।।
नेपाली भावानुवादः यो सम्पूर्ण विश्व र यस जगत्मा रहने चर-अचर सबै प्राणीहरू ती परमात्माद्वारा नै व्याप्त छन्। संसारका जति पनि वस्तुहरू छन्, ती आफ्ना लागि मात्र होइनन्; त्यसैले कुनै पनि पदार्थमा मोह नगरी, त्यागपूर्वक जीवन निर्वाहका लागि आवश्यक वस्तुको मात्र उपभोग गर्नुपर्छ, कसैको धनको इच्छा नगर ।। १० ।।
 
यं पश्यति न पश्यन्तं चक्षुर्यस्य न रिष्यति ।
तं भूतनिलयं देवं सुपर्णं उपधावत ।। ११ ।।
नेपाली भावानुवादः भगवान् सबैका साक्षी हुनुहुन्छ। उहाँलाई बुद्धि, नेत्र आदि इन्द्रियले देख्न सकिँदैन, तर उहाँको ज्ञानशक्ति अखण्ड छ। उहाँ सबै प्राणीको हृदयमा निवास गर्नुहुन्छ; त्यसैले ती स्वयंप्रकाश असङ्ग परमात्माको शरणमा जाऊ ।। ११ ।।
 
न यस्यादि अन्तौ मध्यं च स्वः परो नान्तरं बहिः ।
विश्वस्य अमूनि यत् यस्मात् विश्वं च तत् ऋतं महत् ।। १२ ।।
नेपाली भावानुवादः जसको न आदि छ, न अन्त, न त मध्य नै; जसको न कोही आफ्नो छ, न पराया; जो न बाहिर हुनुहुन्छ, न भित्र; यो सारा विश्वको उत्पत्ति र प्रलयको आधार उहाँ नै हुनुहुन्छ। यो सम्पूर्ण विश्व उहाँकै सत्ताले चलेको छ। वास्तविक परब्रह्म र अनन्त पनि उहाँ नै हुनुहुन्छ ।। १२ ।।
 
(इन्द्रवज्रा)
स विश्वकायः पुरुहूत ईशः
    सत्यः स्वयंज्योतिः अजः पुराणः ।
धत्तेऽस्य जन्माद्यजयाऽऽआत्मशक्त्या
    तां विद्यया उदस्य निरीह आस्ते ।। १३ ।।
नेपाली भावानुवादः उहाँ नै परमात्मा विश्वरूप हुनुहुन्छ। उहाँको नाम अनन्त छ। उहाँ सर्वशक्तिमान्, सत्य, स्वयंप्रकाश र अजन्मा हुनुहुन्छ। आफ्नो मायाशक्तिद्वारा विश्वको सृष्टि आदि स्वीकार गर्नुहुन्छ र आफ्नो विद्याशक्तिद्वारा त्यस मायालाई त्यागेर सर्वथा निरीह (निष्क्रिय) रहनुहुन्छ ।। १३ ।।
 
(अनुष्टुप्)
अथाग्रे ऋषयः कर्माणि ईहन्ते अकर्महेतवे ।
ईहमानो हि पुरुषः प्रायः अनीहां प्रपद्यते ।। १४ ।।
नेपाली भावानुवादः यसैले ऋषिमुनिहरू नैष्कर्म्यसिद्धि अर्थात् ब्रह्मसँग एकत्व प्राप्त गर्नका लागि पहिले कर्मयोगको अनुष्ठान गर्दछन्; किनकि निष्काम भावले कर्म गर्ने पुरुषले नै अन्तमा कर्मको बन्धनबाट छुटकारा पाउँछ ।। १४ ।।
 
ईहते भगवान् ईशो न हि तत्र विषज्जते ।
आत्मलाभेन पूर्णार्थो न अवसीदन्ति ये अनु तम् ।। १५ ।।
नेपाली भावानुवादः हुन त सर्वशक्तिमान्
भगवान् पनि कर्म गर्नुहुन्छ, तर उहाँ आत्मलाभले तृप्त हुनाले कुनै पनि कर्ममा आशक्त हुनुहुन्न। त्यसैले उहाँको अनुकरण गर्दै अनासक्त भएर कर्म गर्नेहरू पनि कर्मबन्धनमा पर्दैनन् ।। १५ ।।
 
(इन्द्रवज्रा)
तमीहमानं निरहंकृतं बुधं
    निराशिषं पूर्णं अनन्यचोदितम् ।
नॄन् शिक्षयन्तं निजवर्त्मसंस्थितं
    प्रभुं प्रपद्येऽखिलधर्मभावनम् ।। १६ ।।
नेपाली भावानुवादः भगवान् ज्ञानस्वरूप हुनुभएकाले उहाँमा अहङ्कार हुँदैन। उहाँ स्वतः पूर्ण हुनुहुन्छ, त्यसैले उहाँमा कुनै कामना छैन। उहाँ कसैको प्रेरणाविना नै स्वतन्त्र रूपले कर्म गर्नुहुन्छ। उहाँ आफैँले बनाएको मर्यादामा रहेर कर्मद्वारा मानिसलाई शिक्षा दिनुहुन्छ। सबै धर्मका प्रवर्तक र पोषक उहाँ नै हुनुहुन्छ; म उनै प्रभुको शरणमा छु ।। १६ ।।
 
श्रीशुक उवाच
(अनुष्टुप्)
इति मन्त्रोपनिषदं व्याहरन्तं समाहितम् ।
दृष्ट्वासुरा यातुधाना जग्धुं अभ्यद्रवन् क्षुधा ।। १७ ।।
नेपाली भावानुवादः शुकदेवजी भन्नुहुन्छपरीक्षित! यस प्रकार स्वायम्भुव मनु एकाग्रचित्तले यस मन्त्रमय उपनिषद्को पाठ गरिरहनुभएको थियो। त्यही समयमा केही भोका असुर र राक्षसहरू उनलाई खानका लागि झम्टिए ।। १७ ।।
 
तान् तथा अवसितान् वीक्ष्य यज्ञः सर्वगतो हरिः ।
यामैः परिवृतो देवैः हत्वा अशासत् त्रिविष्टपम् ।। १८ ।।
नेपाली भावानुवादः यो देखेर अन्तर्यामी भगवान् यज्ञपुरुष आफ्ना 'याम' नामक पुत्र (देवता) हरूका साथ त्यहाँ प्रकट हुनुभयो। ती असुरहरूको संहार गरेर उहाँले स्वर्गको शासन सञ्चालन गर्नुभयो ।। १८ ।।
 
स्वारोचिषो द्वितीयस्तु मनुः अग्नेः सुतो अभवत् ।
द्युमत् सुषेण रोचिष्मत् प्रमुखाः तस्य च आत्मजाः ।। १९ ।।
नेपाली भावानुवादः परीक्षित! दोस्रो मनु स्वारोचिष थिए, जो अग्निका पुत्र थिए। द्युमान्, सुषेण र रोचिष्मान् आदि उनका प्रमुख पुत्रहरू थिए ।। १९ ।।
 
तत्र इन्द्रो रोचनः त्वासीत् देवाश्च तुषितादयः ।
ऊर्जस्तम्भ आदयः सप्त ऋषयो ब्रह्मवादिनः ।। २० ।।
नेपाली भावानुवादः त्यस मन्वन्तरमा रोचन नामका इन्द्र थिए। तुषित आदि प्रधान देवता थिए र ऊर्जस्तम्भ आदि ब्रह्मवादी सप्तर्षिहरू थिए ।। २० ।।
 
ऋषेस्तु वेदशिरसः तुषिता नाम पत्न्यभूत् ।
तस्यां जज्ञे ततो देवः विभुः इति अभिविश्रुतः ।। २१ ।।
नेपाली भावानुवादः त्यस मन्वन्तरमा वेदशिरा नामका ऋषिकी पत्नी तुषिताको गर्भबाट भगवान्ले अवतार लिनुभयो र उहाँ 'विभु' नामले प्रसिद्ध हुनुभयो ।। २१ ।।
 
अष्टाशीति सहस्राणि मुनयो ये धृतव्रताः ।
अन्वशिक्षन् व्रतं तस्य कौमार ब्रह्मचारिणः ।। २२ ।।
नेपाली भावानुवादः विभु आजीवन नैष्ठिक ब्रह्मचारी रहनुभयो। उहाँकै आचरणबाट शिक्षा पाएर अठासी हजार ऋषिहरूले ब्रह्मचर्य पालन गरे ।। २२ ।।
 
तृतीय उत्तमो नाम प्रियव्रत सुतो मनुः ।
पवनः सृञ्जयो यज्ञहोत्राद्याः तत्सुता नृप ।। २३ ।।
नेपाली भावानुवादः हे राजन्! तेस्रो मनु प्रियव्रतका पुत्र 'उत्तम' भए। पवन, सृञ्जय र यज्ञहोत्र आदि उनका छोराहरू थिए ।। २३ ।।
 
वसिष्ठतनयाः सप्त ऋषयः प्रमदादयः ।
सत्या वेदश्रुता भद्रा देवा इन्द्रस्तु सत्यजित् ।। २४ ।।
नेपाली भावानुवादः त्यस मन्वन्तरमा वसिष्ठ ऋषिका प्रमद आदि सात पुत्रहरू सप्तर्षि थिए। सत्य, वेदश्रुत र भद्र नामका देवगणहरू थिए र सत्यजित् नामका इन्द्र थिए ।। २४ ।।
 
धर्मस्य सूनृतायां तु भगवान् पुरुषोत्तमः ।
सत्यसेन इति ख्यातो जातः सत्यव्रतैः सह ।। २५ ।।
नेपाली भावानुवादः त्यस समय भगवान् धर्मकी पत्नी सूनृताको गर्भबाट 'सत्यसेन' नामले अवतार लिनुभयो र उहाँ सत्यव्रत नामक देवताहरूसँगै प्रकट हुनुभयो ।। २५ ।।
 
सोऽनृतव्रत दुःशीलान् असतो यक्षराक्षसान् ।
भूतद्रुहो भूतगणांस्तु अवधीत् सत्यजित्सखः ।। २६ ।।
नेपाली भावानुवादः त्यस समयका इन्द्र सत्यजितको सखा बनेर भगवान्ले असत्यपरायण, दुःशील र दुष्ट राक्षसहरू तथा प्राणीद्रोही भूतगणको संहार गर्नुभयो ।। २६ ।।
 
चतुर्थ उत्तमभ्राता मनुर्नाम्ना च तामसः ।
पृथुः ख्यातिः नरः केतुः इत्याद्या दश तत्सुताः ।। २७ ।।
नेपाली भावानुवादः चौथो मनुको नाम तामस थियो, जो तेस्रो मनु उत्तमका सहोदर भाइ थिए। उनका पृथु, ख्याति, नर र केतु आदि दश छोराहरू थिए ।। २७ ।।
 
सत्यका हरयो वीरा देवाः त्रिशिख ईश्वरः ।
ज्योतिर्धामादयः सप्त ऋषयः तामसेऽन्तरे ।। २८ ।।
नेपाली भावानुवादः यस मन्वन्तरमा सत्यक, हरि र वीर नामका देवगणहरू थिए। त्रिशिख नामका इन्द्र थिए र ज्योतिर्धाम आदि सप्तर्षिहरू थिए ।। २८ ।।
 
देवा वैधृतयो नाम विधृतेस्तनया नृप ।
नष्टाः कालेन यैर्वेदा विधृताः स्वेन तेजसा ।। २९ ।।
नेपाली भावानुवादः हे राजन्! त्यस तामस मन्वन्तरमा विधृतिका पुत्र 'वैधृति' नामक देवताहरू भए। उनीहरूले कालक्रमले नष्ट हुन लागेका वेदहरूलाई आफ्नो तेजले संरक्षण गरेका थिए, त्यसैले उनीहरूलाई वैधृति भनिएको हो ।। २९ ।।
 
तत्रापि जज्ञे भगवान् हरिण्यां हरिमेधसः ।
हरिरित्याहृतो येन गजेन्द्रो मोचितो ग्रहात् ।। ३० ।।
नेपाली भावानुवादः यस मन्वन्तरमा हरिमेधा ऋषिकी पत्नी हरिणीको गर्भबाट 'हरि' का रूपमा भगवान्ले अवतार लिनुभएको थियो। यसै अवतारमा उहाँले गोही (ग्राह) बाट गजेन्द्रको उद्धार गर्नुभयो ।। ३० ।।
 
श्रीराजोवाच
बादरायण एतत् ते श्रोतुं इच्छामहे वयम् ।
हरिर्यथा गजपतिं ग्राहग्रस्तं अमूमुचत् ।। ३१ ।।
नेपाली भावानुवादः हे शुकदेव मुनि! अब म भगवान्ले गजेन्द्रलाई गोहीको फन्दाबाट कसरी मुक्त गर्नुभयो भन्ने कुरा सुन्न चाहन्छु ।। ३१ ।।
 
तत्कथा सुमहत् पुण्यं धन्यं स्वस्त्ययनं शुभम् ।
यत्र यत्र उत्तमश्लोको भगवान् गीयते हरिः ।। ३२ ।।
नेपाली भावानुवादः जुन कथामा भगवान्को पवित्र कीर्तिको गुणगान हुन्छ, त्यो कथा परम पुण्यमय, धन्य, मङ्गलकारी र शुभ हुन्छ; जसलाई महात्माहरूले गान गर्ने गर्दछन् ।। ३२ ।।
 
(इन्द्रवज्रा)
श्रीसूत उवाच
परीक्षितैवं स तु बादरायणिः
    प्रायोपविष्टेन कथासु चोदितः ।
उवाच विप्राः प्रतिनन्द्य पार्थिवं
    मुदा मुनीनां सदसि स्म शृण्वताम् ।। ३३ ।।
नेपाली भावानुवादः सूतजी भन्नुहुन्छहे शौनाकादि ऋषिहरू! आमरण अनशन (प्रायोपवेशन) गरी कथा सुन्न बसेका राजा परीक्षितले जब शुकदेवजीलाई यस प्रकार कथा भन्न प्रेरित गरे, तब शुकदेवजीले राजाको जिज्ञासालाई अभिनन्दन गर्दै ऋषिहरूको सभामा हर्षपूर्वक कथा भन्न थाल्नुभयो ।। ३३ ।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां अष्टमस्कन्धे 
मन्वन्तरानुचरिते प्रथमोध्यायः ।। १ ।।
•••••••••• 🌸

यस अध्यायको सारांश :

श्रीमद्भागवत महापुराणको अष्टम स्कन्धको पहिलो अध्यायमा विभिन्न मन्वन्तरहरू र ती मन्वन्तरमा भएका भगवान्का अवतारहरूको वर्णन गरिएको छ। राजा परीक्षितले स्वायम्भुव मनुको वंशका बारेमा सुनेपछि अन्य मनुहरूको वृत्तान्त सुन्ने इच्छा प्रकट गरे। उनले भगवान्का दिव्य लीलाहरूजुन अतीतवर्तमान र भविष्यका मन्वन्तरमा हुन्छन्ती सबै सुन्न चाहेको बताए। शुकदेवजीले यस कल्पमा व्यतीत भइसकेका छ वटा मन्वन्तरहरूको क्रमबद्ध जानकारी दिन सुरु गरे। पहिलो स्वायम्भुव मन्वन्तरमा भगवान् यज्ञपुरुष र कपिलका रूपमा अवतरित हुनुभएको थियो। स्वायम्भुव मनुले बुढेसकालमा राज्य त्याग गरी पत्नी शतरूपाका साथ वनमा तपस्या गर्न गएका थिए। उनले सुनन्दा नदीको तटमा एक खुट्टाले उभिएर कठोर तपस्या गर्दै भगवान्को दिव्य स्तुति गरे। मनुले स्तुतिमा परमात्मालाई विश्वको चेतनाको स्रोत र सर्वसाक्षीका रूपमा वर्णन गरेका छन्। उनले सम्पूर्ण जगत् ईश्वरीय सत्ताले व्याप्त भएकोले त्यागपूर्वक उपभोग गर्नुपर्ने सन्देश दिएका छन्। मनुको तपस्याका समयमा उनलाई खान आएका असुरहरूलाई भगवान् यज्ञपुरुषले संहार गर्नुभयो। त्यसपछि उहाँले इन्द्रका रूपमा स्वर्गको रक्षा र शासन गर्नुभयो। दोस्रो मन्वन्तर स्वारोचिष मनुको थियोजो अग्निका पुत्र थिए। यस मन्वन्तरमा रोचन इन्द्र र ऊर्जस्तम्भ आदि सप्तर्षि थिए। भगवान्ले विभु नामले अवतार लिएर अठासी हजार ऋषिहरूलाई ब्रह्मचर्यको शिक्षा दिनुभयो। तेस्रो मन्वन्तर प्रियव्रतका पुत्र उत्तम मनुको थियो। यस कालमा सत्यजित् इन्द्र थिए र भगवान्ले सत्यसेनका रूपमा अवतार लिनुभयो। सत्यसेन अवतारमा भगवान्ले दुष्ट यक्ष र राक्षसहरूको विनाश गर्नुभएको थियो। चौथो मन्वन्तर तामस मनुको थियोजो उत्तम मनुका भाइ थिए। यस मन्वन्तरमा त्रिशिख इन्द्र थिए र ज्योतिर्धाम आदि सप्तर्षिहरू थिए। यसै समयमा भगवान्ले 'हरिअवतार ग्रहण गर्नुभएको थियो। हरि अवतारको सबैभन्दा प्रमुख घटना गजेन्द्र मोक्षको कथा हो। गजेन्द्रलाई गोहीले समातेर संकटमा पारेका बेला भगवान् हरिले नै उद्धार गर्नुभएको थियो। राजा परीक्षितले यस गजेन्द्र मोक्षको विस्तृत कथा सुन्ने विशेष आग्रह गरे। उनले भगवान्को गुणगान भएको कथालाई परम मङ्गलकारी र पुण्यदायी मानेका छन्। सूतजीले शुकदेवजी र परीक्षितको संवादलाई ऋषिहरूको सभामा सुनाउँदै यस अध्यायको महत्त्व प्रकाश पारेका छन्। यस अध्यायले कालको गणना र मन्वन्तरको व्यवस्थालाई स्पष्ट पारेको छ। प्रत्येक मन्वन्तरमा मनुइन्द्रदेवगणसप्तर्षि र भगवान्को अवतार परिवर्तन हुने कुरा यहाँ बताइएको छ। यसले सृष्टिको निरन्तरता र भगवान्को संरक्षण शक्तिलाई उजागर गर्दछ। अध्यायको अन्त्यमा गजेन्द्र मोक्षको पृष्ठभूमि तयार भएको छ। यसरी यस अध्यायले भक्त र भगवान्को सम्बन्ध तथा मन्वन्तरको चक्रलाई सुन्दर ढङ्गले प्रस्तुत गरेको छ।

यस अध्यायको दार्शनिक पक्ष :

यस अध्यायले 'ईशावास्योपनिषद्को मूल दर्शनलाई आत्मसात् गर्दै संसारका सबै वस्तुमा ईश्वरको व्याप्तिलाई स्वीकार गरेको छ। स्वायम्भुव मनुको स्तुतिले परमात्मालाई ज्ञाता र जगत्लाई ज्ञेयका रूपमा प्रस्तुत गर्दै अद्वैत दर्शनको सङ्केत गर्दछ। 'तेन त्यक्तेन भुञ्जीथाको सिद्धान्तले भौतिकता र आध्यात्मिकताबीचको सन्तुलन तथा अनासक्त उपभोगको शिक्षा दिन्छ। कर्मयोगको महत्त्व दर्शाउँदै निष्काम कर्मले मात्र मानिसलाई बन्धनमुक्त बनाउँछ भन्ने कुरा स्पष्ट पारिएको छ। भगवान् आफैँमा पूर्ण हुनुहुन्छ तापनि लोकशिक्षणका लागि मर्यादामा रहेर कर्म गर्नुहुन्छ भन्ने अवतारवादको दर्शन यहाँ पाइन्छ। मन्वन्तरको परिवर्तनले कालको अनन्तता र सृष्टिको चक्रिय स्वरूपलाई प्रतिबिम्बित गर्दछ। अहङ्कारको अभाव र आत्मज्ञानको प्राप्ति नै मानव जीवनको परम लक्ष्य हो भन्ने कुरा श्लोकहरूमा झल्कन्छ। दृश्य जगत् नाशवान् भए पनि यसको आधारभूत तत्व परमात्मा अविनाशी र स्वयंप्रकाश छ। मानिसले आफ्नो अधिकारमा नभएको धन र वस्तुको लोभ गर्नु हुँदैन भन्ने नैतिकताको दर्शन यहाँ प्रबल छ। अन्ततः समर्पण र शरणागति नै जीवका लागि दुःखबाट मुक्त हुने एक मात्र मार्ग हो भन्ने कुरा अध्यायको दार्शनिक निष्कर्ष हो।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...