#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः – प्रथमोऽध्यायः

श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः – प्रथमोऽध्यायः


श्रीराजोवाच – 
(अनुष्टुप्) 
स्वायम्भुवस्य इह गुरो वंशोऽयं विस्तरात् श्रुतः । 
यत्र विश्वसृजां सर्गो मनून् अन्यान् वदस्व नः  ।।१।।

परीक्षितले सोधे–
गुरुदेव ! तपाईले वर्णन गर्नु भएको स्वायम्भुव मनुको वंश विस्तारका बारेमा सबै कुरा मैले सुने । यहि वंशमा उनकी कन्याहरु द्वारा मरीचि आदि प्रजापतिद्वारा वंश उत्पन्न भएका हुन । अब तपाई मलाई अर्को मनुको वंश वर्णन सुनाउनु होस ।।१।।

यत्र यत्र हरेर्जन्म कर्माणि च महीयसः । 
गृणंति कवयो ब्रह्मन् तानि नो वद श्रृण्वताम्  ।।२।।

हे ब्रम्हन ! जुन जुन मन्वन्तरमा भगवान्को जुन जुन अवतार ग्रहण गरेर  लीलाहरु गर्नु भएकोछ, त्यस लीलाको बारेमा ज्ञानी महात्माहरु वर्णन गर्दछन । अब मलाई ती अवतार र लीलाहरुको बारेमा सुनाउनु होस । मलाई सबै लीला कथाहरु श्रद्धा पूर्वक सुन्ने इच्छा छ ।।२।।

यत् यस्मिन् अंतरे ब्रह्मन् भगवान् विश्वभावनः । 
कृतवान् कुरुते कर्ता हि अतीते अनागतेऽद्य वा ।।३।।

भगवन् ! विश्वभावन भगवानले अगाडिका मन्वन्तरमा जुन लीलाहरु गर्नुभयो, अहिलेको मन्वन्तरमा जे गर्दै हुनुहुन्छ र पछिका मन्वन्तरमा जे गर्नु हुनेछ सो बारेमा पनि सबै मलाई सुनाउनु होस ।

श्रीऋषिरुवाच –
मनवोऽस्मिन् व्यतीताः षट् कल्पे स्वायम्भुवादयः । 
आद्यस्ते कथितो यत्र देवादीनां च सम्भवः  ।।४।।

शुकदेवजीले भन्नुभयो–
यस कल्पमा स्वयम्भुव आदि छ मन्वन्तर वितिसके  । जुन मन्वन्तरमा देवता आदिको उत्पत्ति भएको थियो, जसबारे मैले पहिला नै बताइ सकेको छु ।।४।।

आकूत्यां देवहूत्यां च दुहित्रोः तस्य वै मनोः । 
धर्मज्ञानोपदेशार्थं भगवान् पुत्रतां गतः ।।५।।

स्वायम्भुव मनुकी पुत्री आकुतिबाट यज्ञपुरुषको रुपमा धर्मको उपदेश गर्नको लागि, देवहुतिको गर्भबाट कपिलका रुपमा ज्ञानको उपदेश गर्नाका लागि भगवान्ले उनको छोरोको रुपमा अवतार गर्नु भएको थियो ।।५।।

कृतं पुरा भगवतः कपिलस्य अनुवर्णितम् । 
आख्यास्ये भगवान् यज्ञः यच्चकार कुरूद्वह ।।६।।

हे परीक्षित ! भगवान् कपिलको बारेमा मैले यस अघि (तेश्रो स्कन्धमा) बताएं । अब म भगवान् यज्ञपुरुषले आकुतिको गर्भबाट अवतार लिएर जे गर्नु भयो त्यस बारेमा वर्णन गर्दछु ।।६।।

विरक्तः कामभोगेषु शतरूपापतिः प्रभुः । 
विसृज्य राज्यं तपसे सभार्यो वनमाविशत्  ।।७।।

परीक्षित ! भगवान् स्वायम्भुव मनुले समस्त कामनाहरु र भोगले विरक्त भएर राज्य छोडिदिएर उनी आफ्नी पत्नी शतरुपाको साथ तपस्या गर्नका लागि वनमा गए ।।७।।

सुनंदायां वर्षशतं पदैकेन भुवं स्पृशन् । 
तप्यमानः तपो घोरं इदं अन्वाह भारत ।।८।।

परीक्षित् ! उनले सुनन्दा नदीको किनारमा पृथ्वीमा एक खुट्टाले उभिएर सय वर्षसम्म ठुलो तपस्या गरे । तपस्या गर्दा उनी दिनदिनै यस प्रकार भगवान्को स्तुति गर्न गर्दथे ।।८।।

श्रीमनुरुवाच–
येन चेतयते विश्वं विश्वं चेतयते न यम् । 
यो जागर्ति शयानेऽस्मिन् नायं तं वेद वेद सः  ।।९।।

मनुजीले भने–
जसको चेतनाको स्पर्श मात्रले यो विश्व चेतन हुन्छ तर यो विश्वले वहाँलाई यो चेतनाको दान गर्न सक्तैन, जुन प्रलयकालमा साक्षीको अवस्थामा पनि रहन्छ । जसलाई विश्वले जान्न सक्तैन, तर उसले यो सारा जगतलाई जान्दछ, उनै परमात्मा हुन ।।९।।

आत्मावास्यं इदं विश्वं यत् किञ्चित् जगत्यां जगत् । 
तेन त्यक्तेन भुञ्जीथा मा गृधः कस्य स्विद् धनम् ।।१०।।

यो सम्पूर्ण विश्व र यस विश्वमा रहने चर अचर सबै प्राणीहरु सबै उनै परमात्माबाट ओतप्रोत छन । संसारका जति पनि वस्तुहरु छन ती आफ्ना लागि मात्र होइन यसैले कुनै पनि पदार्थमा मोह नगरिकन त्यसलाई त्याग गरेर जीवन निर्वाहका लागि चाहिने सम्पत्तिको मात्र त्यसको उपभोग गर्नु पर्दछ ।।१०।।

यं पश्यति न पश्यंतं चक्षुर्यस्य न रिष्यति । 
तं भूतनिलयं देवं सुपर्णं उपधावत ।।११।।

भगवान् सबैका साक्षी हुन् । वहाँलाई वुद्धि, नेत्र आदि इन्द्रियले देख्न सकिदैन । वहाँको ज्ञान शक्ति अखण्ड छ । वहाँ सबै प्राणीको हृदयमा रहनु हुन्छ त्यसैल उनै स्वयंप्रकाश असंग परमात्माको शरण पर ।।११।।

न यस्यादि अन्तौ मध्यं च स्वः परो नान्तरं बहिः । 
विश्वस्य अमूनि यत् यस्मात् विश्वं च तत् ऋतं महत्  ।।१२।।

जसको न आदि छ न अन्त भने मध्य ता कसरी हुन्छ ? जसको न कोहि  आफ्नु छन न परचक्री, न बाहिर छ न भित्र, यो सारा विश्वको आदि मध्य र अन्त, आफ्नो, अर्को, बाहिर, भित्र सबै तिर वहाँ नै हुनुहुन्छ । यो सबै विश्व सत्ता वहाँ बाटै चलेको छ । वास्तविक परब्रह्म र अनन्त पनि वहाँ नै हुनुहुन्छ ।।१२।।

(इंद्रवज्रा)
स विश्वकायः पुरुहूत ईशः 
         सत्यः स्वयंज्योतिः अजः पुराणः । 
धत्तेऽस्य जन्माद्यजयाऽऽआत्मशक्त्या 
         तां विद्यया उदस्य निरीह आस्ते  ।।१३।।

वहाँ नै परमात्मा विश्वरुप हुनुुहुन्छ । वहाँको नाम अनन्त हो । वहाँ सर्वशक्तिमान् सत्त्य, स्वयंप्रकाश र आजन्मा हुनुहुन्छ । आफ्नो मायाशक्तिद्वारा विश्वको सृष्टि आदि सबैकुरालाई स्वीकार गर्नु हुन्छ र आफ्नो विद्या शक्तिद्वारा त्यो मायालाई त्यागेर सर्वथा निष्क्रिय रहनु हुन्छ ।।१३।।

 (अनुष्टुप्) 
अथाग्रे ऋषयः कर्माणि ईहन्ते अकर्महेतवे । 
ईहमानो हि पुरुषः प्रायः अनीहां प्रपद्यते ।।१४।।

यसैले ऋषिमुनिहरु नैष्कर्मसिद्धि अर्थात् ब्रम्हबाट एकत्व प्राप्त गर्नको लागि पहिले कर्मयोग अनुष्ठान गर्दछन किनकि कर्म गर्नेले नै अन्त्यमा निष्क्रिय भएर कर्मबाट छुटकारा पाउछ ।।१४।।

ईहते भगवान् ईशो न हि तत्र विषज्जते । 
आत्मलाभेन पूर्णार्थो न अवसीदन्ति ये अनु तम् ।।१५।।

(इंद्रवज्रा) 
हुन त शर्वशक्तिमान भगवान् पनि कर्म गर्नुहुन्छ । तर वहाँ आत्मलाभले तृप्त हुनाले कुनै पनि कर्ममा आशक्त हुनुहुन्न त्यसैले अनाशक्त भएर वहाँको अनुकरण गरेर कर्म गर्नेले पनि कर्मवन्धनबाट मुक्ति रहन्छन ।।१५।। 

तमीहमानं निरहंकृतं बुधं 
     निराशिषं पूर्णं अनन्यचोदितम् । 
नॄन् शिक्षयंतं निजवर्त्मसंस्थितं 
     प्रभुं प्रपद्येऽखिलधर्मभावनम् ।।१६।।

भगवान् ज्ञानस्वरुप हुन भएकाले वहाँमा अहंकार भन्ने कुरै हुदैन । वहाँ आफैमा सबैबाट परिपूर्ण हुनुहुन्छ त्यसैले वहाँमा कुनै कामना हुदैन । वहाँ कसैको प्रेरणा नलिइकन नै स्वच्छन्दरुपले नै कर्म गर्नुहुन्छ । वहाँ आफैले बनाएको मर्यादामा रहेर आफ्नो कर्मले मानिसलाई शिक्षा दिनुहुन्छ । नै सबै धर्मका पर्वतक र उनको  जीवनदाता पनि वहाँनै हुनुहुन्छ । म उनै प्रभुको शरणमा छु ।।१६।।

श्रीशुक उवाच –
(अनुष्टुप्) 
इति मंत्रोपनिषदं व्याहरन्तं समाहितम् । 
दृष्ट्वासुरा यातुधाना जग्धुं अभ्यद्रवन् क्षुधा  ।।१७।

शुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! एक पटक स्वयम्भुव मनु एकाग्रैचित्तले यस मन्त्रमय उपनिषत्स्वरुप श्रुतिको पाठ गरिरहनु हुँदा वहाँ निन्द्रमा अचेत भएर बरबराईरहेको देखेर भोका असुर उनलाईं खान भनि त्यहाँ आए ।।१७।।

तान् तथा अवसितान् वीक्ष्य यज्ञः सर्वगतो हरिः । 
यामैः परिवृतो देवैः हत्वा अशासत् त्रिविष्टपम्  ।।१८।।

यो कुरा थाहा पाएर अन्तर्यामी भगवान् यज्ञपुरुष आफ्ना छोरा याम नामक देवताको साथ लिएर त्यहाँ आउनुभयो र ती खान भनि आएका असुरहरुलाई संहार गरेर फेरी उनी इन्द्रको रुपमा स्वर्गको शासन गर्न लाग्नु भयो ।।१८।।

स्वारोचिषो द्वितीयस्तु मनुः अग्नेः सुतो अभवत् । 
द्युमत् सुषेण रोचिष्मत् प्रमुखाः तस्य च आत्मजाः  ।।१९।।

परीक्षित ! अर्का मनु स्वारोचिष थिए । उनी अग्निका पुत्र थिए । उनका द्युमान, सुषेण र रोचिष्मान् आदि नाम गरेका छोरा थिए ।।१९।।

तत्र इन्द्रो रोचनः त्वासीत् देवाश्च तुषितादयः । 
ऊर्जस्तम्भ आदयः सप्त ऋषयो ब्रह्मवादिनः  ।।२०।।

त्यस मन्वन्तरमा रोचन नाम गरेका इन्द्र थिए । तुषित आदि प्रधान देवता थिए । उर्जस्तम्भ आदि वेदवादि सप्तर्षि थिए ।।२०।।

ऋषेस्तु वेदशिरसः तुषिता नाम पत्न्यदभूत् । 
तस्यां जज्ञे ततो देवः विभुः इति अभिविश्रुतः  ।।२१।।

त्यस मन्वन्तरमा वेदशिरा नामका ऋषि थिए उनकी पत्नी तुषिता थिइन् । उनको गर्भबाट भगवान्ले अवतार ग्रहण गर्नु भएको थियो । वहाँ विभु नामले प्रसिद्ध हुनुभयो ।।२१।।

अष्टाशीति सहस्राणि मुनयो ये धृतव्रताः । 
अन्वशिक्षन् व्रतं तस्य कौमार ब्रह्मचारिणः  ।।२२।।

विभु आजिवन नैष्ठिक व्रह्मचारी रहनुभयो । वहाकै आचरणबाट शिक्षा पएर अठासीहजार ऋषिहरुले व्रह्मचर्यको पालन गरे ।।२२।।

तृतीय उत्तमो नाम प्रियव्रत सुतो मनुः । 
पवनः सृञ्जयो यज्ञ(होत्राद्याः तत्सुता नृप  ।।२३।।

तेश्रो मनुका रुपमा प्रियव्रतका छोर उत्तम भए । उनका पवन, सृञ्जय यज्ञहोत्र आदि नामका छोरा थिए ।।२३।।

वसिष्ठतनयाः सप्त ऋषयः प्रमदादयः । 
सत्या वेदश्रुता भद्रा देवा इंद्रस्तु सत्यजित्  ।।२४।।

त्यस मन्वन्तरमा वशिष्ठ ऋषिका प्रमद आदि गरिएका सात छोराहरु सप्तर्षि थिए । सत्य, प्रेरणा र भद्र नामका देवगण थिए र सत्यजित नामका इन्द्र थिए ।।२४।।

धर्मस्य सूनृतायां तु भगवान् पुरुषोत्तमः । 
सत्यसेन इति ख्यातो जातः सत्यव्रतैः सह  ।।२५।।

त्यसबेला भगवान्ले सत्यसेन नामले धर्भकी पत्नी सुनृताको गर्भवाट अवतार लिनुभएको थियो । उस समय सत्यव्रत नामका देवताहरु थिए ।।२५।।

सो अनृतव्रत दुःशीलान् असतो यक्षराक्षसान् । 
भूतद्रुहो भूतगणांस्तु अवधीत् सत्यजित्सखः  ।।२६।।

त्यस समयका इन्द्र सत्यजितको सखा बनेर भगवान्ले असत्यपरायण दुःशील र दुष्ट राक्षसहरु तथा प्राणीद्रोही भूतगणको संहार गर्नुभयो ।।२६।।

चतुर्थ उत्तमभ्राता मनुर्नाम्ना च तामसः । 
पृथुः ख्यातिः नरः केतुः इत्याद्या दश तत्सुताः  ।।२७।।

चौथो मनुको नाम तामस थियो उनी तेश्रो मनु उत्तमका साख्ये भाई थिए । उनको पृथु, ख्याति, नर, केतु इत्यादि दस छोरा थिए ।।२७।।

सत्यका हरयो वीरा देवाः त्रिशिख ईश्वरः । 
ज्योतिर्धामादयः सप्त ऋषयः तामसेऽन्तरे  ।।२८।।

यस मन्वन्तरमा सत्यक, हरि र वीर नामका देवताहरुका प्रधान गण थिए । त्रिशिख नामका इन्द्र थिए ।
ज्योतिर्धाम आदि सप्तर्षिहरु थिए ।।२८।।

देवा वैधृतयो नाम विधृतेस्तनया नृप ।
नष्टाः कालेन यैर्वेदा विधृताः स्वेन तेजसा  ।।२९।।

परीक्षित ! त्यस तामस मन्वन्तरमा विधृतिका पुत्र वैधृति नामका धेरै देवताहरु भए । उनको समयमा कालक्रमले प्रायनष्ट भएको वेदलाई आफ्नो शक्तिले बचाएका थिए । यसैले यिनी वैधृति भनिएको हो ।।२९।।

तत्रापि जज्ञे भगवान् हरिण्यां हरिमेधसः । 
हरिरित्याहृतो येन गजेंद्रो मोचितो ग्रहात् ।।३०।।

यस मन्वन्तरमा हरिमेधा ऋषिकी पत्नी हरिणीको गर्भबाट हरिको रुपमा भगवान्ले अवतार लिनु भएको थियो । यसै अवतारमा वहाँले ग्राहबाट गजेन्द्रको उद्धार गर्नु भयो ।।३०।।

श्रीराजोवाच –
बादरायण एतत् ते श्रोतुं इच्छामहे वयम् । 
हरिर्यथा गजपतिं ग्राह ग्रस्तं अमूमुचत् ।।३१।।

मुनिवार ! अब म भगवान्ले गजेन्द्रलाई ग्रहको फन्दाबाट कसरी छुटाउनु भयो भन्ने कुरा अब म सुन्न चाहान्छु ।।३१।।

तत्कथा सुमहत् पुण्यं धन्यं स्वस्त्ययनं शुभम् । 
यत्र यत्र उत्तमश्लोको भगवान् गीयते हरिः ।।३२।।

भगवान्को पवित्र कीर्तिका गुणगान जुन कथामा हुन्छ, त्यो परम पुण्यमय, प्रशंसनीय, मंगलकारी र शुभ हुन्छ । जसलाई महात्माहरुले गान गरेका हुन्छन ।।३२।।

 (इंद्रवज्रा)
श्रीसूत उवाच – 
परीक्षितैवं स तु बादरायणिः 
     प्रायोपविष्टेन कथासु चोदितः । 
उवाच विप्राः प्रतिनन्द्य पार्थिवं 
     मुदा मुनीनां सदसि स्म श्रृण्वताम् ।।३३।।
 
सूतजी भन्हुन्छ–
शौनाकादि ऋषिहरु ! राजा परीक्षित आमरण अनशनका गरेर कथा सुन्नका लागि बसेका थिए । उनले जब शुकदेवजी महाराजलाई यस प्रकार कथा भन्नका लागि प्रेरित गरे  अनि राजाको कुरालाई अभिनन्दन गरेर त्यो मुनिहरुको सभामा शुकदेवजीले भन्नलागे ।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे मन्वन्तरानुचरिते प्रथमोध्याऽयः ।। १ ।।