श्रीमद्भागवत महापुराण
तृतीय स्कंधः - एकादशोऽध्यायः
मैत्रेय उवाच ।
(अनुष्टुप)
चरमः सद्विशेषाणां अनेकोऽसंयुतः सदा ।
परमाणुः स विज्ञेयो नृणामैक्यभ्रमो यतः ॥ १ ॥
मैत्रेयजीले भने —
विदुरजी! पृथ्वी आदि स्थूल पदार्थको जुन अन्तिम भाग हुन्छ, जस्को अरु विभाग हुनसक्तैन । जुन कार्यरूपको प्राप्ति हुन सक्तैन जस्को अन्य परमाणुको साथ संयोग पनि हुदैन । त्यसलाई परमाणु भनिन्छ । यस्ता अनेक परमाणु मिल्दा खेरि मानिसमा पदार्थ भन्ने विषयमा भ्रम हुन्छ ।।१।।
सत एव पदार्थस्य स्वरूपावस्थितस्य यत् ।
कैवल्यं परममहान् अविशेषो निरन्तरः ॥ २ ॥
यो परमाणु जस्को सूक्ष्म अंश हो आफ्नो सामान्यरूपमा स्थित त्यस पृथ्वीआदि कार्यको एकता (समुदाय अथवा समग्ररूप) को नाम परम महान हो । यस समयमा उसमा न ता प्रलय आदि अवस्थाको भेदको स्फुर्ति हुन्छ न नविन–प्राचीन आदि कालको भेद हुन्छ ।।२।।
एवं कालोऽप्यनुमितः सौक्ष्म्ये स्थौल्ये च सत्तम ।
संस्थानभुक्त्या भगवान् अव्यक्तो व्यक्तभुग्विभुः ॥ ३ ॥
हे साधु श्रेष्ठ! यस प्रकार यो वस्तुको सूक्ष्मतम र महत्तम स्वरूपको विचार भयो । यसैको सादृष्यबाट परमाणु आदि अवस्थामा ब्याप्त भएर ब्यक्त पदार्थको भोग गर्ने उत्पत्ति आदिमा समर्थ भएका अव्यक्तरूप भगवान् कालको पनि सूक्ष्मता र स्थूलताको अनुमान गर्न सकिन्छ ।।३३।।
स कालः परमाणुर्वै यो भुङ्क्ते परमाणुताम् ।
सतोऽविशेषभुग्यस्तु स कालः परमो महान् ॥ ४ ॥
जुन काल प्रपंचको परमाणु जस्तो सूक्ष अवस्थामा ब्याप्त हुन्छ । त्यो अत्यन्त सूक्ष्म छ । जुन सृष्टि देखि लिएर प्रलय सम्म पनि उस्को सबै अवस्थाको भोग गर्दछ, त्यसलाई परम महान भन्दछन ।।४।।
अणुर्द्वौ परमाणू स्यात् त्रसरेणुस्त्रयः स्मृतः ।
जालार्करश्म्यवगतः खमेवानुपतन्नगात् ॥ ५ ॥
दुइ परमाणु मिलेर एक अणु हुन्छ र तीन “अणु” मिलेर एक, “त्रसरेणु” हुन्छ । यो भ्mयालबाट आएको सूर्यको कीरण प्रकाशमा आकाशमा उडिरहेको जस्तो देखिन्छ ।।५।।
त्रसरेणुत्रिकं भुङ्क्ते यः कालः स त्रुटिः स्मृतः ।
शतभागस्तु वेधः स्यात् तैस्त्रिभिस्तु लवः स्मृतः ॥ ६ ॥
यस्तो तीन त्रसरेणु पार गर्दा सूर्यलाई जति समय लाग्दछ उसलाई “त्रुटि” भनिन्छ । यसको सयगुना काललाई ‘वेध” भनिन्छ र तीन वेदको एक “लव हुन्छ” ।।६।।
निमेषस्त्रिलवो ज्ञेय आम्नातस्ते त्रयः क्षणः । क्षणान् पञ्च विदुः काष्ठां लघु ता दश पञ्च च ॥ ७ ॥
तीन लवको एक “निमेष” हुन्छ । तीन निमेषको एक “क्षण” हुन्छ । पाँच क्षणको एक “काष्ठा” हुन्छ । त्यस्तै पन्द्र काष्ठाको एक “लघु” हुन्छ । पन्द्र लघुलाई एक “नाडि” (दण्ड) भनिन्छ र दुई नाडिको एक “मुहुर्त” हुन्छ । दिनको घट्ने बढ्ने अनुसार र दिन एवं रात्रीको दुई सन्धिको दुई मुहुर्तलाई छोडेर छ या सात नाडिको एक “प्रहर” हुन्छ यसलाई “याम” भनिन्छ । जुन मानिसको दिन या रातको चौथो भाग हो ।।८।।
लघूनि वै समाम्नाता दश पञ्च च नाडिका ।
ते द्वे मुहूर्तः प्रहरः षड्यामः सप्त वा नृणाम् ॥ ८ ॥
द्वादशार्धपलोन्मानं चतुर्भिश्चतुरङ्गुलैः ।
स्वर्णमाषैः कृतच्छिद्रं यावत् प्रस्थजलप्लुतम् ॥ ९ ॥
छ पलाको तामाको एउटा यस्तो भाँडो बनाउनु जुन त्यसमा एक प्रस्थ (सेर) जल आउन सकोस र चारमासा सुनको चार अंगुल लामो तार बनाएर त्यस तारले पहिला बनाएको भाँडोको विचमा प्वला पारेर त्यसमा पानीमा हाल्नु जति समयमा त्यो भाँडो पानीमा डुव्दछ त्यति नै समयलाई एक “नाडिका” भनिन्छ ।
यामाश्चत्वारश्चत्वारो मर्त्यानामहनी उभे ।
पक्षः पञ्चदशाहानि शुक्लः कृष्णश्च मानद ॥ १० ॥
विदुरजी चार प्रहरको मानिसको दिन र रात हुन्छ । पन्द्र दिन र पन्द्र रातको एक “पक्ष” हुन्छ जुन शुक्ल र कृष्ण भेदले दुइप्रकारको मानिन्छ ।।१०।।
तयोः समुच्चयो मासः पितॄणां तदहर्निशम् ।
द्वौ तावृतुः षडयनं दक्षिणं चोत्तरं दिवि ॥ ११ ॥
यी दुई पक्ष मिलेर एक “महिना” हुन्छ । जुनु पितृको एक दिन र रात हुन्छ । दुई महिनाको एक “ऋतु” हुन्छ । र छ महिनाको एक “अयन” हुन्छ । अयन दक्षिणयन र उत्तरायण भेदले दुई प्रकारको छ ।।११।।
अयने चाहनी प्राहुः वत्सरो द्वादश स्मृतः ।
संवत्सरशतं नॄणां परमायुर्निरूपितम् ॥ १२ ॥
यी दुइ प्रकारको अयन मिलेर देवताको एकदिन र रात हुन्छ । तथा मनुष्यलोकमा यसलाईवर्ष वा बाह्र महिना भनिन्छ । यसरी सय वर्षको मानिसको परमआयु बताईएको छ ।।१२।।
ग्रहर्क्षताराचक्रस्थः परमाण्वादिना जगत् ।
संवत्सरावसानेन पर्येत्यनिमिषो विभुः ॥ १३ ॥
चन्द्रमादि ग्रह, अश्विनी आदि नक्षत्र र समस्त तारा मण्डलको अधिष्ठाता काल स्वरूप भगवान् श्रीसूर्य परमाणु देखि लिएर सम्बत्सर पर्यन्त कालमा द्वादस राशिरूप सम्पूर्ण भुवनकोषको निरन्तर परिक्रमा गर्दछन।।१३।।
संवत्सरः परिवत्सर इडावत्सर एव च ।
अनुवत्सरो वत्सरश्च विदुरैवं प्रभाष्यते ॥ १४ ॥
सूर्य, बृहस्पति, सबन, चन्द्रमा र नक्षत्र संबन्धि महिनाको भेदले यो वर्ष नै संंबत्सर, परिवत्सर, इडावत्सर, अनुवत्सर, र वस्तर आदि भनिन्छ ।।१४।।
(वसंततिलका)
यः सृज्यशक्तिमुरुधोच्छ्वसयन् स्वशक्त्या ।
पुंसोऽभ्रमाय दिवि धावति भूतभेदः ।
कालाख्यया गुणमयं क्रतुभिर्वितन्वन् ।
तस्मै बलिं हरत वत्सरपञ्चकाय ॥ १५ ॥
विदुरजी! पाँचप्रकारको वर्षको प्रबर्तक भगवान् श्रीसूर्यलाई तिमी उपहार आदि समर्पण गरेर पूजा गर । यी सूर्यदेव पंचभूतमा तेज हुन र आफ्नो कालशत्तिले वीजादि पदार्थको अंकुर उत्पन्न गर्ने शक्तिलाई अनेक प्रकारले कार्योन्मुख गर्दछन । यो पुरुषको मोहिनि वृत्तिका लागि मानिसको ब्यय बताएर आकाश डुल्दछ तथा यसले नै सकाम पुरुषलाई यज्ञादि कर्मबाट प्राप्त हुने स्वर्गादि मंगलमय फलको विस्तार गर्दछ ।।१५।।
विदुर उवाच ।
(अनुष्टुप)
पितृदेवमनुष्याणां आयुः परमिदं स्मृतम् ।
परेषां गतिमाचक्ष्व ये स्युः कल्पाद्बहिर्विदः ॥ १६ ॥
विदुरजीले भने—
मुनिवर! तपाईले देवता, पितृ र मनुष्यको परमाणु वर्णन त गर्नुभयो, जव जुन सनकादि ज्ञानी मुनिजन तीनैलोक भन्दा बाहिर र कल्प भन्दापनि बढि समय रहन्छन उनीहरुको आयुको वर्णन गर्नुहोस ।।१६।।
भगवान् वेद कालस्य गतिं भगवतो ननु ।
विश्वं विचक्षते धीरा योगराद्धेन चक्षुषा ॥ १७ ॥
ज्ञानीहिरु भगवान् कालको गतिका बारेमा भलिभाति जान्दछन् किनकि ज्ञानीहरू आफ्नो योगसिध्द दिव्यदृष्टिले सबै संसारलाई देख्दछन ।।१७।।
मैत्रेय उवाच ।
कृतं त्रेता द्वापरं च कलिश्चेति चतुर्युगम् ।
दिव्यैर्द्वादशभिर्वर्षैः सावधानं निरूपितम् ॥ १८ ॥
मैत्रेयजीले भने–
विदुरजी! सत्य, त्रेता, द्वापर र कलि यी चार युग आफ्नो सन्धा र सन्ध्यांसको सहित दिव्य वाह्रहजार वर्षसम्म रहन्छ भनि बताइएको छ ।।१८
चत्वारि त्रीणि द्वे चैकं कृतादिषु यथाक्रमम् ।
सङ्ख्यातानि सहस्राणि द्विगुणानि शतानि च ॥ १९ ॥
यो सत्यादि चार युग क्रमशः चार, तीन, दुई र एक हजार दिब्य वर्ष हुन्छन् र प्रत्तेकमा दुई गुणा सयवर्ष उसको सन्ध्या र सन्ध्यांस हुन्छ ।।१९।।
संध्यांशयोरन्तरेण यः कालः शतसङ्ख्ययोः ।
तमेवाहुर्युगं तज्ज्ञा यत्र धर्मो विधीयते ॥ २० ॥
युगको आदिमा सन्ध्या र अन्त्यमा सन्ध्यांस हुन्छ । यसको वर्षको संख्या चार, तीन, दुई र एक सय वर्ष को छ । यसको विच जुन समय हुन्छ त्यसैलाई योगवेत्ताहरूले युग भनेका छन् । प्रत्येक युगमा भिन्न भिन्न धर्मको विधान बनाईएको हुन्छ ।
धर्मश्चतुष्पान्मनुजान् कृते समनुवर्तते ।
स एवान्येष्वधर्मेण व्येति पादेन वर्धता ॥ २१ ॥
सत्य युगमा मानिस आफ्नो चार चरणले रहन्छ । अरु युगमा भने धर्मको क्षिण र अधर्मको बृध्दि हुनाले एक एक चरण नष्ट हुदैजान्छ ।।२१।।
त्रिलोक्या युगसाहस्रं बहिराब्रह्मणो दिनम् । तावत्येव निशा तात यन्निमीलति विश्वसृक् ॥ २२ ॥
प्यारा विदुरजी! त्रिलोकबाट बाहिर महर्लोक देखि ब्रह्मलोक सम्म यहाँको एक सहस्र युगको एक दिन हुन्छ र यति नै मात्रामा रात हुन्छ । जसमा जगतकर्ता ब्रह्माजी सयन गर्नुहुन्छ ।।२२।।
निशावसान आरब्धो लोककल्पोऽनुवर्तते ।
यावद्दिनं भगवतो मनून् भुञ्जंश्चतुर्दश ॥ २३ ॥
त्यो रात्रीको कल्प अन्त्य भएपछि यसलोकको कल्प आरम्भ हुन्छ । त्यो क्रमलाई ब्रह्माजीको दिन भनिन्छ । त्यस एक कल्पमा चौध मनु रहन्छन ।।२३।।
स्वं स्वं कालं मनुर्भुङ्क्ते साधिकां ह्येकसप्ततिम् ।
मन्वन्तरेषु मनवः तद् वंश्या ऋषयः सुराः ।
भवन्ति चैव युगपत् सुरेशाश्चानु ये च तान् ॥ २४ ॥
(७१, चतुर्युग) सम्म आफ्नो अधिकार भोग गर्दछन् । प्रत्येक मन्वन्तरमा भिन्न भिन्न मनुवंंशी राजाहरू, सप्तर्षि, देवगण, इन्द्र र उनका अनुन्यायी गन्धर्वादिहरू पनि साथ साथै आफ्नो अधिकार भोग गर्दछन् ।।२४।।
एष दैनन्दिनः सर्गो ब्राह्मस्त्रैलोक्यवर्तनः ।
तिर्यङ्नृपितृदेवानां सम्भवो यत्र कर्मभिः ॥ २५ ॥
यो ब्रह्माजीको प्रतिदिनको सृष्टि हो । जसमा तीनलोकको रचना हुन्छ र उसमा आफ्नो आफ्नो कर्मानुसार पशु, पंंक्षि, पितृ, मनुष्य र देवता उत्पत्ति हुन्छन् ।।२५।।
मन्वन्तरेषु भगवान् बिभ्रत्सत्त्वं स्वमूर्तिभिः ।
मन्वादिभिरिदं विश्वं अवत्युदितपौरुषः ॥ २६ ॥
यी मन्वन्तरमा भगवान् सत्वगुणको आश्रयले आफ्नो मनुआदि मुर्तिद्वारा आफ्नो पुरुषर्थ प्रकट गरेर यस विश्वको पालन गर्दछन् ।।२६।।
तमोमात्रामुपादाय प्रतिसंरुद्धविक्रमः ।
कालेनानुगताशेष आस्ते तूष्णीं दिनात्यये ॥ २७ ॥
कालक्रममा जव ब्रह्माजीको दिन वित्दछ त्यसपछि वहाँ तमोगुणलाई स्वीका रगरेर आफ्नो सृष्टि रचनारूप पौरषलार्इ स्थगित गरेर निचेष्ठ भावमा सुत्नु हुन्छन ।।२७।।
तमेवान्वपि धीयन्ते लोका भूरादयस्त्रयः ।
निशायां अनुवृत्तायां निर्मुक्तशशिभास्करम् ॥ २८ ॥
त्यस समयमा सबै विश्व उनैमा लीन हुन्छन । जव सूर्य र चन्द्रमादिले रहित त्यो प्रलय रात्री आउदछ तव वाहाँ भूः भुवः स्वः तीनै लोक उनै ब्रह्माजीको शरीरमा पस्दछन ।।२८।।
त्रिलोक्यां दह्यमानायां शक्त्या सङ्कर्षणाग्निना ।
यान्त्यूष्मणा महर्लोकात् जनं भृग्वादयोऽर्दिताः ॥ २९ ॥
यस अवसरमा तीनैलोक शेषजीको मुखबाट निक्लिएको अग्निरूप शक्तिले जल्न लाग्दछ । त्यसैले त्यो तापबाट व्याकुल भएर भृगुआदि मुनिगणहरू महर्लोकबाट जतलोक तिर जान्छन ।।२९।।
तावत् त्रिभुवनं सद्यः कल्पान्तैधितसिन्धवः ।
प्लावयन्त्युत्कटाटोप चण्डवातेरितोर्मयः ॥ ३० ॥
यसरी सातै समुन्द्र प्रलयको प्रचण्ड वायुले उम्लेर माथि सम्म उठेको उत्पात छालले तीनैलोक डुब्दछ ।।३०।।
अन्तः स तस्मिन् सलिल आस्तेऽनन्तासनो हरिः ।
योगनिद्रानिमीलाक्षः स्तूयमानो जनालयैः ॥ ३१ ॥
त्यसपछि त्यो जल भित्र भगवान् शेषको शैयामा योगनिद्राले आँखा बन्द गरेर सुत्नुहुन्छ । त्यस समयमा जनलोक निवासी मुनिगणहरू वहाँको स्तुति गर्दछन् ।।३१।।
एवंविधैरहोरात्रैः कालगत्योपलक्षितैः ।
अपक्षितमिवास्यापि परमायुर्वयःशतम् ॥ ३२ ॥
यस प्रकार कालको गति एक एक हजार युगको रूपमा प्रतीत हुने दिन रातको हेरफेरले ब्रह्माजीको सयवर्षको परमायु पनि वितेको देखाईदिन्छ ।।३२।।
यदर्धमायुषस्तस्य परार्धमभिधीयते ।
पूर्वः परार्धोऽपक्रान्तो ह्यपरोऽद्य प्रवर्तते ॥ ३३ ॥
ब्रह्माजीको आयुको आधाभागलाई परार्ध भनिन्छ । अहिले सम्म पहिलो परार्ध वितिसकेको छ र दोश्रो परार्ध चलिरहेको छ ।।३३।।
पूर्वस्यादौ परार्धस्य ब्राह्मो नाम महानभूत् ।
कल्पो यत्राभवद्ब्रह्मा शब्दब्रह्मेति यं विदुः ॥ ३४ ॥
पूर्व परार्धको आरम्भमा ब्राम्ह नामगरेको ठुलो कल्प थियो । त्यसैमा ब्रह्माजीको उत्पत्ति भएको थियो । पण्डितहरू यसैलाई शव्दब्रह्म भन्दछन् ।।३४।।
तस्यैव चान्ते कल्पोऽभूद् यं पाद्ममभिचक्षते ।
यद्धरेर्नाभिसरस आसीत् लोकसरोरुहम् ॥ ३५ ॥
त्यहि परार्धको अन्त्यमा जुन कल्प भयो त्यसलाई पद्मकल्प भनिन्छ । यसमा भगवानको नाभि सरोवरबाट सर्बैलोकमय कमल (पद्म) प्रकट भएको थियो ।।३५।।
अयं तु कथितः कल्पो द्वितीयस्यापि भारत ।
वाराह इति विख्यातो यत्रासीत् शूकरो हरिः ॥ ३६ ॥
विदुरजी! अहिलेको समयमा जुन कल्प चलिरहेको छ यसलाई दोश्रो परार्धको आरम्भ भनि बताइएको छ । यो बराहकल्प नामले प्रख्यात छ । यसमा भगवानले वराहरूप धारण गर्नुभएको थियो ।।३६।।
कालोऽयं द्विपरार्धाख्यो निमेष उपचर्यते ।
अव्याकृतस्यानन्तस्य अनादेर्जगदात्मनः ॥ ३७ ॥
यो दुई परार्धको काल, अब्यक्त, अनन्त, अनादि विश्वात्मा श्रीहरिको एक निमेष मानिन्छ ।।३७।।
कालोऽयं परमाण्वादिः द्विपरार्धान्त ईश्वरः ।
नैवेशितुं प्रभुर्भूम्न ईश्वरो धाममानिनाम् ॥ ३८ ॥
यो परमाणु देखि लिएर द्विपरार्ध सम्म फैलिएको काल सबैसमर्थ भए पनि सर्बात्मा श्रीहरिमा कुनै प्रकारको प्रभुता राख्दैन । यो ता देहादिमा अभिमान राख्नेवाला जीवलाईनै शासन गर्न सक्तछ छ ।।३८।।
विकारैः सहितो युक्तैः विशेषादिभिरावृतः ।
आण्डकोशो बहिरयं पञ्चाशत्कोटिविस्तृतः ॥ ३९ ॥
प्रकृति, महतत्व, अहंकार र पाँचतन्मात्रा यी आठ प्रकृति सहित दस इन्द्रिय र पाँच महाभुत यी सोह्र विकारहरू मिलेर बनेको यो ब्रह्माण्ड कोष भित्र पचास करोड योजनमा फैलिएको छ ।
दशोत्तराधिकैर्यत्र प्रविष्टः परमाणुवत् ।
लक्ष्यतेऽन्तर्गताश्चान्ये कोटिशो ह्यण्डराशयः ॥ ४० ॥
तदाहुरक्षरं ब्रह्म सर्वकारणकारणम् ।
विष्णोर्धाम परं साक्षात् पुरुषस्य महात्मनः ॥ ४१ ॥
यसको बाहिर चारैतिर उत्तरोत्तर दस दस गुणको सात आवरण छ । ती सबै सहित यो जसमा परमाणुको समान परेको देखिन्छ । जसमा यस्तो करोडौ ब्रह्माण्डका थुप्राहरू छन, विद्वानहरू प्रधानाधि समस्त कारणको कारण यसैलाई अक्षर ब्रह्म भन्दछन । यहि नै पुराण पुरुष परमात्मा श्री विष्णु भगवानको श्रेष्ठ धाम (स्वरूप) हो ।।३९।४१।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
तृतीयस्कन्धे एकादशोऽध्यायः ॥ ११ ॥
