श्रीमद्भागवत महापुराण
चतुर्थः स्कन्धः –
नवमोऽध्यायः
मैत्रेय उवाच–
(इंद्रवज्रा)
ते एवमुत्सन्नभया उरुक्रमे
कृतावनामाः
प्रययुस्त्रिविष्टपम् ।
सहस्रशीर्षापि ततो गरुत्मता
मधोर्वनं भृत्यदिदृक्षया
गतः ॥ १ ॥
मैत्रेयजीले भने–
विदुरजी ! भगवान्बाट यस्तो आश्वासन पाएपछि देवताहरू वहाँँलार्ई
नमस्कार गरेर स्वर्गलोक गए । त्यसपछि विराटस्वरूप भगवान् भक्तलार्ई भेट्नका लागि
गरुडमा चढेर भधुवनमा आईपुग्नुभयो ।।१।।
स वै धिया योगविपाकतीव्रया
हृत्पद्मकोशे स्फुरितं
तडित्प्रभम् ।
तिरोहितं सहसैवोपलक्ष्य
बहिःस्थितं तदवस्थं
ददर्श ॥ २ ॥
त्यस समयमा ध्रुर्व एकाग्र भक्ति र तिव्र योगाभ्यासले आफ्नो
हृदयकमलमा ध्यान गरीरहेका थिए उनैमा लीन भएका थिए । जसबाट हड्बडाएर आँखा खोल्दा
त्यहि रुप भएका भगवान् बाहिर आफ्नो अगाडि खडा भईरहेको देखे ।।२।।
तद्दर्शनेनागतसाध्वसः क्षितौ
अवन्दताङ्गं विनमय्य
दण्डवत् ।
दृग्भ्यां प्रपश्यन् प्रपिबन्निवार्भकः
चुम्बन्निवास्येन
भुजैरिवाश्लिषन् ॥ ३ ॥
प्रभुको दर्शन पाउँदा धु्रवलार्ई कौतुहल भयो उनी प्रेममा तल्लिन भएर
भूईमा लम्पसार परेर दयडवत प्रणाम गरे । अनि मग्न भएर अत्यन्तै प्रेमले भगवान्लार्ई
हेर्नलागे ।।३।।
स तं विवक्षन्तमतद्विदं हरिः
ज्ञात्वास्य सर्वस्य च
हृद्यवस्थितः ।
कृताञ्जलिं ब्रह्ममयेन कम्बुना
पस्पर्श बालं कृपया
कपोले ॥ ४ ॥
उनी हात जोडेर प्रभुको अगाडि उभिएर स्तुति गर्ने खोज्दथे तर कसरी
स्तुति गर्ने भन्नेकुरा जन्दैन थिए । सर्वान्तर्यामी श्रीहरि उसको मनको कुरा
बुझ्नुहुन्थ्यो । वहाँले उनीमाथि कृपा गरेर आफ्नो वेदमय शंखले उनको गलामा
छोइदिनुभयो ।।४।।
स वै तदैव प्रतिपादितां गिरं
दैवीं
परिज्ञातपरात्मनिर्णयः ।
तं भक्तिभावोऽभ्यगृणादसत्वरं
परिश्रुतोरुश्रवसं
ध्रुवक्षितिः ॥ ५ ॥
ध्रुवजी भविष्यमा अविचल पद प्राप्त गर्न चहान्थे । उनलार्र्ई शंखको
स्पर्श हुनासाथ वेदमय दिव्यवाणी प्राप्तभयो र जीव तथा ब्रम्हस्वरूपका बारेमा पनि
निश्चत भयो । उनी अत्यन्त धैर्य पूर्वक विश्वविख्यात कीर्तिमान श्रीहरिको स्तुति
गर्नलागे ।।५।।
ध्रुव उवाच–
(वसंततिलका)
योऽन्तः प्रविश्य मम वाचमिमां प्रसुप्तां
संजीवयत्यखिलशक्तिधरः
स्वधाम्ना ।
अन्यांश्च हस्तचरणश्रवणत्वगादीन्
प्राणान्नमो भगवते
पुरुषाय तुभ्यम् ॥ ६ ॥
ध्रुवले भने–
प्रभु ! तपाई शर्वशक्तिमान हुनुहुन्छ । हजुर मेरो अन्तःकरणमा
पस्नुभएर आफ्नो तेजले सुतेको वाणीलार्ई सजीव गर्नुभयो । त्यस्तै हात, खुट्टा, छाला
आदिलार्ई पनि चेतना प्राप्त भयो । म अन्तर्यामी भगवान्लार्ई प्रणाम गर्दछु ।।६।।
एकस्त्वमेव भगवन् इदमात्मशक्त्या
मायाख्ययोरुगुणया
महदाद्यशेषम् ।
सृष्ट्वानुविश्य पुरुषस्तदसद्गुणेषु
नानेव दारुषु
विभावसुवद्विभासि ॥ ७ ॥
भगवान् ! हजुर एक नै हुनुुहुन्छ तर हजुरको गुणमयी माया शक्तिले
महदादि सम्पूर्ण प्रपञ्चलार्ई रचेर उसैमा अन्तर्यामीरूपले प्रवेश गर्नुहुन्छ र
दाउरामा एकै आगो अनेकरूपमा देखिएझैं फेरी इन्द्रियादि अधिष्ठादि देवताको रूपमा
स्थित भएर अनेक रूपमा देखिनुहुन्छ । ।।७।।
त्वद्दत्तया वयुनयेदमचष्ट विश्वं
सुप्तप्रबुद्ध इव नाथ
भवत्प्रपन्नः ।
तस्यापवर्ग्यशरणं तव पादमूलं
विस्मर्यते कृतविदा
कथमार्तबन्धो ॥ ८ ॥
नाथ ! सृष्टिको आरम्भमा ब्रम्हाजीले पनि हजुरकै शरण लिनुहुंदा हजुरले
दिनुभएको ज्ञानको प्रभावले यो जगतलार्ई सुतेर उठेको जस्तो देखेका थिए । दिनबन्धु !
उहि तपाईको चरणतलको मुक्त पुरुष पनि आश्रय लिन्छन भने कुनैपनि कृतज्ञ पुरुष
वहाँलार्ई कसरी भुल्न सक्छन ।।८।।
नूनं विमुष्टमतयस्तव मायया ते
ये त्वां भवाप्ययविमोक्षणमन्यहेतोः ।
अर्चन्ति कल्पकतरुं कुणपोपभोग्यम्
इच्छन्ति यत्स्पर्शजं
निरयेऽपि नॄणाम् ॥ ९ ॥
प्रभो ! यो मुर्दा तुल्य
शरीर र इन्द्रियहरूले भोग्ने सुख त नरकमा पनि मिल्छ । जो मानिस विषय सुखको
लागि लालयित हुन्छ उसले जन्ममरणको कल्पतरु स्वरूप हजुरको उपासना प्राप्ति बाहेक
अरु उद्येश्यका लागि गर्दछ भने उसकोे बुध्दि हजुरको मायाले ठगिएको हुन्छ ।।९।।
या निर्वृतिस्तनुभृतां तव पादपद्म
ध्यानाद्भवज्जनकथाश्रवणेन वा स्यात् ।
सा ब्रह्मणि स्वमहिमन्यपि नाथ मा भूत्
किं त्वन्तकासिलुलितात्पततां
विमानात् ॥ १० ॥
नाथ ! तपाईको चरणकमलको ध्यान गर्नाले र तपाईको पवित्र कथा सुन्नाले
भक्तलार्ई जुनकिसिमको आनन्द प्राप्त हुन्छ त्यो आनन्दस्वरूप ब्रम्हमा पनि मिल्दैन
। स्वर्गादि आनन्द पनि कालको तरवारले काटिन्छ र त्यो स्वर्गबाट खस्दछ त्यसपटि त्या
ब्यक्तिलार्ईे सुख कहाँ मिल्छ र ।।१०।।
भक्तिं मुहुः प्रवहतां त्वयि मे प्रसङ्गो
भूयादनन्त महतां
अमलाशयानाम् ।
येनाञ्जसोल्बणमुरुव्यसनं भवाब्धिं
नेष्ये
भवद्गुणकथामृतपानमत्तः ॥ ११ ॥
अनन्त परमात्मा ! मलार्ई त त्यो विशुध्द हृदय भएका महात्मा भक्तहरूको
साथ दिनुहोस, जसकोे तपाईमा अविछिन्न भक्तिभाव छ, उनीहरू संग सधैं हजुरको लीला र गुणको
कथाहरू सुनेर रमाई रहुं र यो अनेक दुखादिबाट पार पाउन सकुं ।।११।।
ते न स्मरन्त्यतितरां प्रियमीश मर्त्यं
ये चान्वदः
सुतसुहृद्गृहवित्तदाराः ।
ये त्वब्जनाभ भवदीयपदारविन्द
सौगन्ध्यलुब्धहृदयेषु
कृतप्रसङ्गाः ॥ १२ ॥
कमलनाभ प्रभो ! तपाईको चरणकमलको सुगन्धमा जसकोे चित्त लागेको हुन्छ
जो उनीहरूसंग जसले संगत गर्दछन् त्यो आफ्नो शरीरद्वार घर र स्त्रीमा ध्यान पनि
दिदैन ।।१२।।
तिर्यङ्नगद्विजसरीसृपदेवदैत्य
मर्त्यादिभिः परिचितं
सदसद्विशेषम् ।
रूपं स्थविष्ठमज ते महदाद्यनेकं
नातः परं परम वेद्मि न
यत्र वादः ॥ १३ ॥
आजन्मा परमेश्वर ! म त पशु, वृक्ष, पर्वत, पक्षी, सरीसृप, देवता, दैत्य र मानिस आदि बाट परिपूर्ण तथा
महदादि अनेक कारणबाट संपादित तपाईको यो कैवल्य स्थूल शरीर विश्वरूपलार्ई नै
जान्दछु । यसबाहेक तपाईको जुन परमस्वरूप छ, जसमा वाणी र मनले समेत जान्न सकिदैन, त्यसको
बारेमा मलार्ई थाहा छैन ।।१३।।
कल्पान्त एतदखिलं जठरेण गृह्णन्
शेते पुमान्
स्वदृगनन्तसखस्तदङ्के ।
यन्नाभिसिन्धुरुहकाञ्चन लोकपद्म
गर्भे द्युमान्भगवते
प्रणतोऽस्मि तस्मै ॥ १४ ॥
भगवन् ! कल्पान्तमा योगनिद्रामा जो परमपुरुष सम्पूर्ण जगतलार्ई आफ्नो
पेटमा लीन गरेर शेष शैयामा शयन गर्नहुन्छ तथा जसकोे नाभि समुद्रलोकबाट प्रकटभएको
सर्बलोकको उत्पत्ति स्थान सुवर्ण मय
कमलबाट परम तेजमयी ब्रम्हा उत्पन्न हुनुभयो, वहाँँ हजुर नै हुनुहुन्छ, म
हजुुरलार्ई नमस्कार गर्दछु ।।१४।।
त्वं नित्यमुक्तपरिशुद्धविबुद्ध आत्मा
कूटस्थ आदिपुरुषो भगवान्
त्र्यधीशः ।
यद्बुद्ध्यवस्थितिमखण्डितया स्वदृष्ट्या
द्रष्टा स्थितावधिमखो
व्यतिरिक्त आस्से ॥ १५ ॥
प्रभो ! हजुर आफ्नो अखण्ड चिन्मयी दृष्टिले बुध्दिको सव अवस्थामा
साक्षि हुनुहुन्छ तथा नित्यमुक्त,
सुध्द सत्वमय, सर्वज्ञ, परमात्म स्वरूप, निर्विकार, आदिपुरुष्,ा
षडैश्वर्य सम्पन्न एवं तीनै गुणको अधिश्वर हुनुहुन्छ । हजुर जीवबाट भिन्न
हुनुहुन्छ तथा सन्सारको स्थितिका लागि अधिष्ठाता विष्णुरूपले विराजमान हुनुहुन्छ
।।१५।।
यस्मिन् विरुद्धगतयो ह्यनिशं पतन्ति
विद्यादयो विविधशक्तय
आनुपूर्व्यात् ।
तद्ब्रह्म विश्वभवमेकमनन्तमाद्यम्
आनन्दमात्रमविकारमहं
प्रपद्ये ॥ १६ ॥
हजुर बाटै विद्या अविद्या आदि विरुध्द गति भएका अनेकौ शक्तिहरू
धरावाहिकरूपले निरन्तर प्रकट भईरहन्छन् । हजुर जगतको कारण अखण्ड, अनादि, अनन्त, आनन्दमय, निर्विकार
ब्रम्हस्वरूप हुनुहुन्छ , म हजुरको शरणमा छु ।।१६।।
सत्याशिषो हि भगवन् तव पादपद्मम्
आशीस्तथानुभजतः
पुरुषार्थमूर्तेः ।
अप्येवमर्य भगवान्परिपाति दीनान्
वाश्रेव
वत्सकमनुग्रहकातरोऽस्मान् ॥ १७ ॥
भगवन् ! हजुर परमानन्द मुर्ति हुनुहुन्छ भन्ने जानेर जसले निष्काम
भावले निरन्तर हजुरको भजन गर्दछ उसको लागि राज्य आदि भोगभन्दा हजुरको चरणकमल नै
सच्चा फल हुन्छ । स्वामीन्! यद्यपि कुरा यस्तो हो कि जसरी गाईले आफ्नो भर्खरै जन्मेको वाच्छिलार्ई दुध पिलाउँदछ र बाघ आदिबाट
बचाउँदछ त्यसरी नै हजुर पनि भक्तहरू माथि कृपा गर्नको लागि निरन्तर विकल रहने
हुंदा हामी जस्तो सकाम जीवलार्ई पनि सबै कामना पूर्ण गरेर संसार भयबाट रक्षा गर्नुहुन्छ
।।१७।।
मैत्रेय उवाच–
(अनुष्टुप्)
अथाभिष्टुत एवं वै सत्सङ्कल्पेन धीमता ।
भृत्यानुरक्तो भगवान् प्रतिनन्द्येदमब्रवीत् ॥ १८ ॥
विदुरजी ! उत्तम संकल्प भएका बुध्दिमान ध्रुवजीले यसरी स्तुति गरेपछि
भक्तवत्सल भगवानको उनकोे प्रशंसा गर्दै भन्नुभयो ।।१८।।
श्रीभगवानुवाच–
वेदाहं ते व्यवसितं हृदि राजन्यबालक ।
तत्प्रयच्छामि भद्रं ते दुरापं अपि सुव्रत ॥ १९ ॥
मैत्रेयजी भन्नुहुन्छ–
भगवान्ले भन्नुभयो–
उत्तम ब्रतको पालना गर्ने राजकुमार ! म तिम्रो
मनको संकल्प जान्दछु । यद्यपि त्यो पद प्राप्त गर्न कठिन छ तापनि म तिमीलार्ई
दिन्छु तिम्रो कल्याण होस ।।१९।।
नान्यैरधिष्ठितं भद्र यद्भ्राजिष्णु ध्रुवक्षिति ।
यत्र ग्रहर्क्षताराणां ज्योतिषां चक्रमाहितम् ॥ २० ॥
मेढ्यां गोचक्रवत्स्थास्नु परस्तात्कल्पवासिनाम् ।
धर्मोऽग्निः कश्यपः शुक्रो मुनयो ये वनौकसः ।
चरन्ति दक्षिणीकृत्य भ्रमन्तो यत्सतारकाः ॥ २१ ॥
भद्र ! त्यो तेजोमय अविनाशी लोक आजसम्म कसैले पाउँन सकेको छैन, जसकोे
चारैतिर ग्रह नक्षत्र र तारागणरूप ज्योतिचक्र त्यसरी नै चक्कर लगाउदछन् जसरी काठको
वरिपरि दाउनेहरु घुम्दछन । कल्पपर्यन्त रहने भएका अरु लोक नाश हुंदा पनि यो लोक
नाश हुनेछैन । तथा तारागण सहित धर्म, अग्नि, कस्यप, र शुक्र आदि नक्षत्रहरू एवं समस्त
ऋषिगण जसकोे प्रदिक्षणा गरीरहन्छन्,
त्यो ध्रुवलोक म तिमीलार्ई दिन्छु ।।२०।२१।।
प्रस्थिते तु वनं पित्रा दत्त्वा गां धर्मसंश्रयः ।
षट्त्रिंशद् वर्षसाहस्रं रक्षिताव्याहतेन्द्रियः ॥ २२ ॥
तिम्रा पिता तिमी लाई राज्य दिएर वन गएपछि छत्तिस हजार वर्ष सम्म
पृथ्वीको धर्म पूर्वक पालना गर्नेछौ । तिम्रको इन्द्रिय शक्ति जस्ताको तस्तो हुनेछ
।। २२।।
त्वद्भ्रातर्युत्तमे नष्टे मृगयायां तु तन्मनाः ।
अन्वेषन्ती वनं माता दावाग्निं सा प्रवेक्ष्यति ॥ २३ ॥
तिम्रो भाई उत्तम शिकार खेल्न गएका बखत मारिनेछ । त्यसबखत उसकी आमा
सुरुचिच उसलार्ई वनमा खोज्न जाँदा दावानलमा प्रवेश गर्नेछिन ।।२३।।
इष्ट्वा मां यज्ञहृदयं यज्ञैः पुष्कलदक्षिणैः ।
भुक्त्वा चेहाशिषः सत्या अन्ते मां संस्मरिष्यसि ॥ २४ ॥
तिमीले ठुलो दक्षिणा दिनुपर्ने यज्ञ गर्नेछौ जुन यज्ञ मेरो प्यारो मुर्ति
हो । अरु ठुला ठुला भोग गरेर अत्यमा मेरो स्मरण गर्नेछौ ।।२४।।
ततो गन्तासि मत्स्थानं सर्वलोकनमस्कृतम् ।
उपरिष्टादृषिभ्यस्त्वं यतो नावर्तते गतः ॥ २५ ॥
अन्त्यमा सबैलोकको वन्दनिय रहेको सप्तऋषिहरू भन्दापनि माथि मेरो
आफ्नै धाममा जानेछौ । त्यहाँ पुगेपछि फेरी यस संसारमा फर्केर आउँन पर्दैन ।।२५।।
मैत्रेय उवाच–
इत्यर्चितः स भगवान् अतिदिश्यात्मनः पदम् ।
बालस्य पश्यतो धाम स्वं अगाद् गरुडध्वजः ॥ २६ ॥
मैत्रेयजी भन्दछन–
धु्रवद्वारा यसप्रकार पूजित भएपछि भगवान् श्री
गरुडध्वज उनले हेर्दाहेर्दै धाममा जानुभयो ।।२६।।
सोऽपि सङ्कल्पजं विष्णोः पादसेवोपसादितम् ।
प्राप्य सङ्कल्पनिर्वाणं नातिप्रीतोऽभ्यगात्पुरम् ॥ २७ ॥
प्रभुको चरणसेवाले संकल्पित वस्तु प्राप्त हुनाले उनकोे संकल्प त
पुराभयो तैपनि उनकोे मन प्रसन्न थिएत तापनि आफ्नो नगरमा फर्के ।।२७।।
विदुर उवाच–
(इंद्रवज्रा)
सुदुर्लभं यत्परमं पदं हरेः
मायाविनस्तत्
चरणार्चनार्जितम् ।
लब्ध्वाप्यसिद्धार्थमिवैकजन्मना
कथं
स्वमात्मानममन्यतार्थवित् ॥ २८ ॥
विदुरले सोधे–
ब्रम्हन ! मायापति श्रीहरिको परमपद अत्यन्त दुर्लभ हुन्छ । जुन
वहाँँको चरणकमलको उपाशना ले मात्र मिल्दछ । ध्रुवजी सारा संसार माथि विवेक राख्दथे
। यसै जन्ममा त्यस्तो परमपद प्राप्त हुदा पनि उनले आफुलार्ई अकृतार्थ किन सम्झे
।।२८।।
मैत्रेय उवाच–
(अनुष्टुप्)
मातुः सपत्न्या वाग्बाणैः हृदि विद्धस्तु तान् स्मरन् ।
नैच्छन्मुक्तिपतेर्मुक्तिं तस्मात् तापमुपेयिवान् ॥ २९ ॥
मैत्रेयजीले भने–
सौतेनी आमाको वाणले ध्रुवको हृदय विझेको थियो । वर माग्ने बेलामा
उनलार्र्ई सम्झेका थिए त्यसैले उनले मुक्ति मागेनन् । जव भगवद् दर्शनले त्यो
मनोमालिन्य हट्यो अनि उनलार्र्ई आफ्नो भुलका बारेमा पश्चाताप भयो ।।२९।।
ध्रुव उवाच–
(इंद्रवज्रा)
समाधिना नैकभवेन यत्पदं
विदुः सनन्दादय
ऊर्ध्वरेतसः ।
मासैरहं षड्भिरमुष्य पादयोः
छायामुपेत्यापगतः
पृथङ्मतिः ॥ ३० ॥
ध्रुव मनमनै भन्नलागे–
अहो ! सनकादि उध्र्वरेता (नैष्ठिक ब्रम्हचारी)
पनि जसलार्ई समाधिद्वार अनेकौ जन्मपछि मात्र पाउँदछन । त्यस्तो भगवत्चरणको छायाँ
मैले छ महिनैमा प्राप्त गरें । तर अरुको वासना रहिरहनाले फेरी म वहाँँबाट टाढा भएं
।।३०।।
(अनुष्टुप्)
अहो बत ममानात्म्यं मन्दभाग्यस्य पश्यत ।
भवच्छिदः पादमूलं गत्वा याचे यदन्तवत् ॥ ३१ ॥
अहो ! म अभागी र मुर्ख हुँ, मैले संसार पासलार्ई काट्ने त्यस्तो
प्रभुको पदपदमा पुगेर पनि मैले वहाँँसंग नाशवान वस्तु नै मागें ।।३१।।
मतिर्विदूषिता देवैः पतद्भिः असहिष्णुभिः ।
यो नारदवचस्तथ्यं नाग्राहिषमसत्तमः ॥ ३२ ॥
देवताहरू स्वर्गको भोग सकिएपछि फेरी तल झर्दछन् त्यसैले उनीहरूले
मेरो भगवत्प्राप्तिरूप उच्च स्थितिलार्ई सहन गनै सक्तैनन् त्यसैले उनीहरूले मेरो
बुध्दिलार्ई नष्ट गरीदिए । म जस्तो मुर्खले नारदजीले भनेको यथार्थ कुरालार्ई मानिन
।।३२।।
दैवीं मायामुपाश्रित्य प्रसुप्त इव भिन्नदृक् ।
तप्ये द्वितीयेऽप्यसति भ्रातृभ्रातृव्यहृद्रुजा ॥ ३३ ॥
फेरि पनि संसारमा आत्मा बाहेक अरुकुनै वस्तु छैन तापनि सुतेको मानिस
सपनामा देखेको बाघ आदिबाट डराउँदछ । त्यसैले मैले पनि भगवानको मायाबाट मोहित भएर
भाईलार्ई सत्रु मानेर विनाकारण द्वेषरूप रोगमा
जल्नलगें ।।३३।।
प्रसाद्य जगदात्मानं तपसा दुष्प्रसादनम् ।
भवच्छिदमयाचेऽहं भवं भाग्यविवर्जितः ॥ ३४ ॥
जसलोर्ई प्रसन्न गराउँन अत्यन्त गारो छ, उनै
विश्वात्मा श्रीहरिको तपस्या गरेर मैले जे कुरा मागें त्यो त आयु सिध्दिएको
बिरामीलार्ई गरीएको औषधी झैं ब्यर्थ छ । अहो ! म ता भाग्यले ठगिएकोछु । संसार
बन्धनबाट मुक्ति दिने श्रीहरि संग मैले संसार नै मागें ।।३४।।
स्वाराज्यं यच्छतो मौढ्यान् मानो मे भिक्षितो बत ।
ईश्वरात्क्षीणपुण्येन फलीकारानिवाधनः ॥ ३५ ॥
म त पुण्यहिन हुं । कुनै गरीवले राजसंग भुस सहितको कनिका मागेझैं
मैले मुर्खताको कारण त्यहि अभिमान बढाउँने उच्चपद मागें ।।३५।।
मैत्रेय उवाच–
(इंद्रवज्रा)
न वै मुकुन्दस्य पदारविन्दयो
रजोजुषस्तात भवादृशा
जनाः ।
वाञ्छन्ति तद्दास्यमृतेऽर्थमात्मनो
यदृच्छया
लब्धमनःसमृद्धयः ॥ ३६ ॥
मैत्रेयजी भन्दछन्–
विदुर ! तिम्रो जस्तै जुन ब्यक्ति निरन्तर प्रभुको सेवा गर्दछ, जसकोे मनमा आफै आइपरेका परिस्थितिमा सन्तुष्ट रहन्छ
त्यसले भगवान् संग वहाँँकै सेवा वाहेक अरु कुरा माग्दैन ।।३६।।
(अनुष्टुप्)
आकर्ण्यात्मजमायान्तं सम्परेत्य यथाऽऽगतम् ।
राजा न श्रद्दधे भद्रं अभद्रस्य कुतो मम ॥ ३७ ॥
यता राजा उत्तानपादले ध्रुव फर्कदैछन् भन्ने कुरा सुने तापनि
त्यसकुराको विश्वास भएन । उनलार्र्ई यमलोकबाट कोहि फर्केर नआएझै ध्रुव फर्केको
कुरामा विश्वास भएन । म जस्तो अभागिलार्ई यस्तो भाग्य कहाँ हुन्छ र भन्ने कुरा
उनले सोचे ।।३७।।
श्रद्धाय वाक्यं देवर्षेः हर्षवेगेन धर्षितः ।
वार्ताहर्तुरतिप्रीतो हारं प्रादान्महाधनम् ॥ ३८ ॥
तापनि उनलार्र्ई देवर्षि नारदजीले भनेको कुरा याद आएकोले त्यसकुराको
विश्वास गरे अनि आनन्दित भएर उठे । उनले धेरै खुसि भएर यस्तो समाचार सुनाउनेलार्ई
बहुमूल्य हार दिए ।।३८।।
सदश्वं रथमारुह्य कार्तस्वरपरिष्कृतम् ।
ब्राह्मणैः कुलवृद्धैश्च पर्यस्तोऽमात्यबन्धुभिः ॥ ३९ ॥
शङ्खदुन्दुभिनादेन ब्रह्मघोषेण वेणुभिः ।
निश्चक्राम पुरात् तूर्णं आत्मजाभीक्षणोत्सुकः ॥ ४० ॥
राजा उत्तानपादले छोराको मुख हेर्नका लागि ब्राम्हण कूलका बृध्द–बृध्दाहरू, मन्त्रीहरू, आफ्ना
स्वजनहरू सहित भएर सुवर्ण जडित घोडामा सवार भएर सहर बाहिर आए । उनकोे अगाडि
वेदध्वनी, शंख, दुन्दुभि, वंशी आदि माङ्गलिकवाजाहरू बजेका थिए ।।३९।४०।।
सुनीतिः सुरुचिश्चास्य महिष्यौ रुक्मभूषिते ।
आरुह्य शिबिकां सार्धं उत्तमेनाभिजग्मतुः ॥ ४१ ॥
उनको दुवै रानीहरू सुनिति र सुरुचि पनि गहनाले सजिसजाव भएर राजकुमार
उत्तम सहित पालकीमा चढेर आए ।।४१।।
तं दृष्ट्वोपवनाभ्याश आयान्तं तरसा रथात् ।
अवरुह्य नृपस्तूर्णं आसाद्य प्रेमविह्वलः ॥ ४२ ॥
परिरेभेऽङ्गजं दोर्भ्यां दीर्घोत्कण्ठमनाः श्वसन् ।
विष्वक्सेनाङ्घ्रिसंस्पर्श हताशेषाघबन्धनम् ॥ ४३ ॥
ध्रुव उपवन नजिक आईपुगे, उनलार्र्ई देखेर राजा उत्तानपाद रथबाट
ओर्ले । उनी छोरालार्ई देख्न धेरै दिन देखि उत्कण्ठित भएका थिए । उनी छिटो छिटो
अगाडि बढेर लामो लामो सास फेरे धु्रवलार्ई आफ्नो हातमा लिए । ध्रुव पहिलेका जस्ता
थिएनन्, भगवानको पादस्पर्श हुनाका
कारण उनकोे सबै पाप वन्धन काटिएको थियो
।।४२।४३।।
अथाजिघ्रन् मुहुर्मूर्ध्नि शीतैर्नयनवारिभिः ।
स्नापयामास तनयं जातोद्दाममनोरथः ॥ ४४ ॥
राजा उत्तानपादको ठुलो कामना पूर्णभयो उनले बाटैबाट छोरालार्ई
सुम्सुम्याए । आनन्दको कारण निस्किएको शितल आँसुले उनलाई नुहाइदिए ।।४४।।
अभिवन्द्य पितुः पादौ आशीर्भिश्चाभिमन्त्रितः ।
ननाम मातरौ शीर्ष्णा सत्कृतः सज्जनाग्रणीः ॥ ४५ ॥
त्यसपछि सज्जनमा अग्रगण्य ध्रुवले आफ्ना पिताको चरणस्पर्श गरे, आसिर्वाद
लिए । असल वचनले आमाहरूलार्ई पनि प्रणाम गरे ।।४५।।
सुरुचिस्तं समुत्थाप्य पादावनतमर्भकम् ।
परिष्वज्याह जीवेति बाष्पगद्गदया गिरा ॥ ४६ ॥
सानीआमा सुरुचिले आफ्नो चरणमा झुकेको बालकलार्ई उठाएर आफ्नो हृदयमा
लगाईन् अनि हर्षले गद्गद् हुंदै चिरञ्जीवी भएस् भन्ने आसिर्वाद दिइन् ।।४६।।
यस्य प्रसन्नो भगवान् गुणैर्मैत्र्यादिभिर्हरिः ।
तस्मै नमन्ति भूतानि निम्नमाप इव स्वयम् ॥ ४७ ॥
पानी जसरी तलतिर बग्दछ त्यसैप्रकार मैत्री आदि गुणका कारण जोसंग
भगवान् प्रसन्न हुनुहुन्छ उसकोे अगाडि सबै जीव झुक्दछन ।।४७।।
उत्तमश्च ध्रुवश्चोभौ अन्योन्यं प्रेमविह्वलौ ।
अङ्गसङ्गाद् उत्पुलकौ अस्रौघं मुहुरूहतुः ॥ ४८ ॥
उत्तम र ध्रुव दुवै प्रेम विह्वल भएर एक आपसमा मिले । एक अर्काको
स्पर्शले रोमाञ्चित भएर प्रेमको आँसु बग्नलाग्यो ।।४८।।
सुनीतिरस्य जननी प्राणेभ्योऽपि प्रियं सुतम् ।
उपगुह्य जहावाधिं तदङ्गस्पर्शनिर्वृता ॥ ४९ ॥
ध्रुवकी आमा सुरुचिले पनि आफ्नो प्राणभन्दा प्यारो छोरालार्ई
अंगालोमा लिइन् । उनले सबै तापलार्ई विर्सिइन् त्यो सुकुमार स्पर्शले धेरै
आनन्दलाग्यो ।।४९।।
पयः स्तनाभ्यां सुस्राव नेत्रजैः सलिलैः शिवैः ।
तदाभिषिच्यमानाभ्यां वीर वीरसुवो मुहुः ॥ ५० ॥
वीर विदुरजी ! सुनितिको आँखाबाट झरेको आँसुले उनकोे स्तन भिजेको थियो
जसबाट दूध बगिरहेको थियो ।।५०।।
तां शशंसुर्जना राज्ञीं दिष्ट्या ते पुत्र आर्तिहा ।
प्रतिलब्धश्चिरं नष्टो रक्षिता मण्डलं भुवः ॥ ५१ ॥
त्यसबेला उनकोे प्रशंसा गर्दै पुरवासीहरु भन्नलागे महाराज ! आफ्नो
प्यारो छोरालार्ई तपाईले धेरै दिनदेखि खोजिरहनु भएको थियो आज सोभाग्यले फर्केर
आएकाछन । यीनले हामी सबैको दुःखलार्ई नाश गर्दछन् र धेरै समयसम्म भूमण्डलको रक्षा
गर्दछन ।।५१।।
अभ्यर्चितस्त्वया नूनं भगवान् प्रणतार्तिहा ।
यदनुध्यायिनो धीरा मृत्युं जिग्युः सुदुर्जयम् ॥ ५२ ॥
तपाईले सधैं श्रीहरिको ध्यान गर्नुभएको थियो । निरन्तर श्रीहरिको
ध्यान गर्नेले मृत्युलार्ई पनि जित्दछ ।।५२।।
लाल्यमानं जनैरेवं ध्रुवं सभ्रातरं नृपः ।
आरोप्य करिणीं हृष्टः स्तूयमानोऽविशत्पुरम् ॥ ५३ ॥
विदुरजी ! यसरी सबैजना धु्रव प्रति आफ्नो प्रेम दर्शाइरहेका थिए यसरी
ध्रुवलाइ भाई उत्तम का साथ हात्तीमा चढाएर
महाराज उत्तानपाद हर्षाेल्लास सहित आफ्नो राजधानीमा प्रवेश गरे । त्यहाँ सबैजना
उनकोे भाग्यको बखान गरीरहेका थिए ।।५३।।
तत्र तत्रोपसङ्कॢप्तैः लसन् मकरतोरणैः ।
सवृन्दैः कदलीस्तम्भैः पूगपोतैश्च तद्विधैः ॥ ५४ ॥
नगरको ठाउ ठाउमा मकर जस्तो आकारको सुन्दर प्रवेशद्वार बनाइएको थियो ।
फूलका गुच्छाहरू, केरा र सुपारीका रुखहरूले सजाइएको थियो ।।५४।।
चूतपल्लववासःस्रङ् मुक्तादामविलम्बिभिः ।
उपस्कृतं प्रतिद्वारं अपां कुम्भैः सदीपकैः ॥ ५५ ॥
ढोकाहरूमा दीयो, कलश राखिएको थियो जसमा आँपको पात, कपडा, फूलमालाहरू तथा मोतीले सजाइएको थियो
।।५५।।
प्राकारैः गोपुरागारैः शातकुम्भपरिच्छदैः ।
सर्वतोऽलङ्कृतं श्रीमद् विमानशिखरद्युभिः ॥ ५६ ॥
सहरका परखाल, घरहरु सुन्दर देखिन्थ्यो । जसका सबैतिर सुनको सामाग्रीहरूले सजाइएको
थियो । स्वर्गमा अग्ला अग्ला शिखरले युक्त विमानको शोभा भएझैं नगर पनि त्यस्तै
देखिन्थ्यो ।।५६।।
मृष्टचत्वररथ्याट्ट मार्गं चन्दनचर्चितम् ।
लाजाक्षतैः पुष्पफलैः तण्डुलैर्बलिभिर्युतम् ॥ ५७ ॥
सहरका चोक, गल्ली आदि बढारेर त्यहाँ चन्दनको वास्ना छर्किएको थियो । वरिपरि लावा, चामल, फूल, जौ, आदि
माङ्गलिक उपहारका सामग्रीले सजाइएको थियो ।।५७।।
ध्रुवाय पथि दृष्टाय तत्र तत्र पुरस्त्रियः ।
सिद्धार्थाक्षतदध्यम्बु दूर्वापुष्पफलानि च ॥ ५८ ॥
उपजह्रुः प्रयुञ्जाना वात्सल्यादाशिषः सतीः ।
शृण्वन् तद्वल्गुगीतानि प्राविशद्भवनं पितुः ॥ ५९ ॥
ध्रुव राजमार्गमा जहाँजहाँ जान लागेका थिए त्यहाँत्यहाँ सहरका सुशील
स्त्रीहरु उनलार्र्ई हेर्न जम्मा भएर बसेका थिए । उनीहरूले वात्सल्यभावले धेरै
आशिर्वादहरू दिएर दही, अक्षता, फूल, दुवो, जल आदिको वर्षा गरे । त्यहाँको मनोहर गीत सुन्दै ध्रुवजी आफ्नो
पिताको महलमा प्रवेश गरे ।।५८।५९।।
महामणिव्रातमये स तस्मिन् भवनोत्तमे ।
लालितो नितरां पित्रा न्यवसद् दिवि देववत् ॥ ६० ॥
त्यो श्रेष्ठ भवन बहुमुल्य मणिहरुले ले सुसज्जित थियो । उनी त्यहाँ
पिताको माया पाएर आनन्दपूर्वक स्वर्गका देवताहरू बसेझैं बस्नलागे ।।६०।।
पयःफेननिभाः शय्या दान्ता रुक्मपरिच्छदाः ।
आसनानि महार्हाणि यत्र रौक्मा उपस्कराः ॥ ६१ ॥
त्यहाँ दुधको फिंज जस्तो सफेद ओछ्यान तथा हात्तीको दाँतको पलङ्ग, सुनौलो
पर्दा, मुल्यवान् आसन र अरुहरू सुनका सामान पनि थिए ।।६१।।
यत्र स्फटिककुड्येषु महामारकतेषु च ।
मणिप्रदीपा आभान्ति ललनारत्नसंयुताः ॥ ६२ ॥
जहाँ स्फटिक, मरकतमणि (पन्ना) ले बनेका
मुर्तिहरू राखिएको त्यस्तै रमणीय दीयोहरू बालिएको थियो ।।६२।।
उद्यानानि च रम्याणि विचित्रैरमरद्रुमैः ।
कूजद्विहङ्गमिथुनैः गायन्मत्तमधुव्रतैः ॥ ६३ ॥
त्यस महलको चारैतिर अनेक जातजातिका दिव्य वृक्षले सुशोभित भएका वगैचा
थियो । त्यसमा विभिन्न पंक्षीहरूको कलवर आवाज र भ्रमराहरूको भुंभुं भईरहन्थ्यो
।।६३।।
वाप्यो वैदूर्यसोपानाः पद्मोत्पलकुमुद्वतीः ।
हंसकारण्डवकुलैः जुष्टाश्चक्राह्वसारसैः ॥ ६४ ॥
त्यस बगैचामा वैदुर्यमणीको सिढिंले सुशोभित थियो । ठुलो तलाउ जसमा
रातो, निलो, सेतो रंगका कमल फुलेका थिए । त्यस्तै हाँस, कारण्डव, चखेवा र
सारस आदि पक्षीहरू कृडा गर्दथे ।।६४।।
उत्तानपादो राजर्षिः प्रभावं तनयस्य तम् ।
श्रुत्वा दृष्ट्वाद्भुततमं प्रपेदे विस्मयं परम् ॥ ६५ ॥
राजर्षि उत्तानपादले आफ्नो छोराको अद्भुत प्रभावको कुराको बारे
देवर्षि नारदबाट पहिल्यै सुनेका थिए अहिले प्रत्यक्ष नै देख्दा आश्चर्यमा परे
।।६५।।
वीक्ष्योढवयसं तं च प्रकृतीनां च सम्मतम् ।
अनुरक्तप्रजं राजा ध्रुवं चक्रे भुवः पतिम् ॥ ६६ ॥
उनले यो देखेकि अव ध्रुर्व जवान भएका थिए । अमात्य वर्ग उनलार्र्ई
आदरभाव राख्दथे । प्रजामा उनकोे अनुराग थियो । उनले निखिल भूमण्डल राज्यमा
अभिषिक्त गरीदिए ।।६६।।
आत्मानं च प्रवयसं आकलय्य विशाम्पतिः ।
वनं विरक्तः प्रातिष्ठद् विमृशन्नात्मनो गतिम् ॥ ६७ ॥
त्यसपछि आफु बृध्दावस्था लागेकोले आत्मस्वरूपको चिन्तन गर्दै
उत्तानपाद वनतिर लागे ।।६७।।
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां
चतुर्थस्कन्धे ध्रुवराज्याभिषेक वर्णनं नाम नवमोऽध्यायः ॥ ९ ॥