#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

सप्तमः स्कंधः - प्रथमोऽध्यायः

  
श्रीमद्‌भागवत महापुराण
सप्तमः स्कंधः - प्रथमोऽध्यायः

 
राजोवाच -
(अनुष्टुप्)
समः प्रियः सुहृद्‍ब्रह्मन् भूतानां भगवान् स्वयम् ।
इन्द्रस्यार्थे कथं दैत्यान् अवधीद् विषमो यथा ॥ १ ॥

राजा परीक्षितले सोधे–
भगवन् ! भगवान्  स्वभावैले सुहृद हुनुहुन्छ । बराबर हुन्छन । सबै प्राणिको प्रिय हुनुहुन्छ । यस्तो हुँदा पनि वहाले साधारण मानिसको झैं भेदभाव तथा मित्रको पक्ष लिएर सत्रु पक्षको अनिष्ट  किन गर्नु हुन्छ । त्यसरी नै इन्द्रको पक्ष लिएर दैत्यको वध किन गर्नुभयो ? ।।१।।

न ह्यस्यार्थः सुरगणैः साक्षात् निःश्रेयसात्मनः ।
नैवासुरेभ्यो विद्वेषो न उद्वेगश्च अगुणस्य हि ॥ २ ॥

वहाँ साक्षात परिपूर्ण र कल्याणस्वरूप हुनुहुन्छ, यसैले वहाँको देवताहरुसंग लिनु दिनुको कुनै प्रयोजन हुदैन । तथा वहाँ निर्गुण हुनाका कारण दैत्यहरुसंग कुनै वैर विरोध र डर पनि हुदैन ।।२।।

इति नः सुमहाभाग नारायणगुणान् प्रति ।
संशयः सुमहान् जातः तद्‍भवांन् छेत्तुं अर्हति ॥ ३ ॥

भगवत्प्रेमको सौभाग्यले सम्पन्न महात्मन् ! हाम्रो चित्तमा भगवान्को सत्वादि गुणको सम्बन्धमा धेरै सन्देह भएको छ । कृपा गरेर त्यसलाई मेटाइदिनुहोस ।।३।।

श्रीशुक रुवाच -
साधु पृष्टं महाराज हरेश्चरितमद्‍भुतम् ।
यद्‍भागवतमाहात्म्यं भगवद् भक्तिवर्धनम् ॥ ४ ॥

श्रीशुकदेवजीले भन्नुभयो–
महाराज ! भगवान्को अद्भुत चरित्रको सम्बन्धमा तिमीले धेरै सुन्दर प्रश्न गर्यौ किनकि यस्तो प्रसंग प्रल्हादआदि भक्तको महिमाले परिपूर्ण हुनेछ, जसको श्रवणले भगवान्मा भक्ति बढ्नेछ ।।४।।

गीयते परमं पुण्यं ऋषिभिः नारदादिभिः ।
नत्वा कृष्णाय मुनये कथयिष्ये हरेः कथाम् ॥ ५ ॥

यो परम पूण्य प्रसङ्गलाई नारदादि महात्माहरु बडो प्रेमले गाउदछन । अब म आफ्ना पिता श्रीकृष्ण द्वैपायन मुनिलाई नमस्कार गरेर भगवान्को लीला–कथाको वर्णन गर्दछु ।।५।।

निर्गुणोऽपि ह्यजोऽव्यक्तो भगवान् प्रकृतेः परः ।
स्वमायागुणमाविश्य बाध्यबाधकतां गतः ॥ ६ ॥

वास्तवमा भगवान् निर्गुण, आजन्मा, अव्यक्त र प्रकृतिबाट भिन्न हुनुहुन्छ । यस्तो हुँदा पनि मायाको गुणलाई स्वीकार गरेर वहाँ मरने र मार्ने दुवैको परस्पर विरोधी रूपलाई ग्रहण गर्नुहुन्छ ।।६।।

सत्त्वं रजस्तम इति प्रकृतेर्नात्मनो गुणाः ।
न तेषां युगपद् राजन् ह्रास उल्लास एव वा ॥ ७ ॥

सत्वगुण, रजोगुण र तमोगुण—यी प्रकृतिका गुण हुन, परमात्माको होइन । राजन ! यी तीन गुण एकै पटक घटि बढि हुँदैनन ।।७।।

जयकाले तु सत्त्वस्य देवर्षीन् रजसोऽसुरान् ।
तमसो यक्षरक्षांसि तत्कालानुगुणोऽभजत् ॥ ८ ॥

भगवान् समय समयमा अवस्था अनुसारको गुण स्वीकार गर्नुहुन्छ । सत्वगुणको प्रधान भएका बखत देवता ऋषिहरुको, रजोगुणको वृद्धिको समयमा असुरको र तमोगुणको वृद्धिको समय राक्षसको शरीरमा प्रवेश गरेर उनीहरुको अभ्युदय गर्नुहुन्छ ।।८।।

ज्योतिरादिरिवाभाति सङ्घातान्न विविच्यते ।
विदन्त्यात्मानं आत्मस्थं मथित्वा कवयोऽन्ततः ॥ ९ ॥

जसरी अग्नि एकै भएपनि काठ आदिमा भिन्न भिन्न आश्रयमा रहदा पनि विभिन्न प्रकारले प्रकट हुन्छ त्यसरी नै परमात्मा सबै शरीरमा रहन्छन, अलग देखिदैनन । त्यसैगरी विचारशील पुरुष हृदयमन्थन गरेर उहाँ बाहेक अरुलाई देख्दैनन् र अन्ततः आफ्नो हृदयमा नै अन्तर्यामी रूपले वहाँलाई  नै प्राप्त गर्दछन ।।९।।

 (इंद्रवज्रा) 
यदा सिसृक्षुः पुर आत्मनः परो
         रजः सृजत्येष पृथक् स्वमायया ।
सत्त्वं विचित्रासु रिरंसुः ईश्वरः
         शयिष्यमाणस्तम ईरयत्यसौ ॥ १० ॥

जब परमेश्वरमा आफ्ना लागि शरीर निर्माण गर्ने इच्छा हुन्छ , तब आफ्नो मायाले रजोगुणको फरक सृष्टि गर्नुहुन्छ । जब वहाँ विचित्र योनीमा रमण गर्न चाहानुहुन्छ  तब सत्व गुणको सृष्टि गनुहुन्छ र जब वहाँ सयन गर्न चाहानुहुन्छ तब तमोगुण बढाउनु हुन्छ ।।१०।।

कालं चरन्तं सृजतीश आश्रयं
         प्रधानपुम्भ्यां नरदेव सत्यकृत् ।
य एष राजन्नपि काल ईशिता
         सत्त्वं सुरानीकमिवैधयत्यतः ।
तत्प्रत्यनीकान् असुरान् सुरप्रियो
         रजस्तमस्कान् प्रमिणोत्युरुश्रवाः ॥ ११ ॥

हे राजन ! सत्यसङ्कल्प भगवान्ले जगतको उत्पत्ति निमित्तभूत प्रकृति र पुरुषको सहायक  कालको सृष्टि गनुहुन्छ । यसैले वहाँ कालको अधिनमा हुनुहुन्न, काल नै वहाँको अधिनमा हुन्छ । राजन् ! यो कालस्वरूप इश्वर जव सत्वगुणको बृद्धि गर्दछन, तव सत्वमय देवताहरुको बल बढ्दछ र वहाँ परमयशस्वी देवप्रिय परमात्मा देवताका बिरोधी रजोगुणी एव तमोगुणी असुरहरुको संहार गर्न लागेजस्तो मात्र भान हुने हो, तर वहाँ सबैका लागि बराबर नै हुनुहुन्छ ।।११।।

(अनुष्टुप्)
अत्रैव उदाहृतः पूर्वं इतिहासः सुरर्षिणा
प्रीत्या महाक्रतौ राजन् पृच्छतेऽजातशत्रवे ॥ १२ ॥

राजन् ! त्यस समयमा राजसूय यज्ञ गर्दा युधिष्ठिरले नारद संग प्रश्न गर्दा यस विषयमा देवर्षि नारदले बडो प्रेमले एउटा इतिहास सुनाए ।।१२।।

दृष्ट्वा महाद्‍भुतं राजा राजसूये महाक्रतौ ।
वासुदेवे भगवति सायुज्यं चेदिभूभुजः ॥ १३

त्यस महान् राजसूय यज्ञमा राजा युधिष्ठिरले आफ्नो आँखाको अगाडि नै चेदिराज शिशुपालले श्रीकृष्णलाई समातेको धेरै आश्चर्यजनक घटना देखे ।।१३।।

तत्रासीनं सुरऋषिं राजा पाण्डुसुतः क्रतौ ।
पप्रच्छ विस्मितमना मुनीनां श्रृण्वतामिदम् ॥ १४ ॥

त्यहाँ देवर्षि नारद पनि बसेका थिए । यस घटनाबाट आश्चर्यचकित भएर राजा युधिष्ठिरले ठुला ठुला मुनिहरुले भरिएको त्यस सभामा त्यहि मण्डपबाट देवर्षि नारदसंग यस्तो प्रश्न गरे ।।१४।।

युधिष्ठिर उवाच -
अहो अत्यद्‍भुतं ह्येतद् दुर्लभा एकान्तिनामपि ।
वासुदेवे परे तत्त्वे प्राप्तिश्चैद्यस्य विद्विषः ॥ १५ ॥

युधिष्ठिरले सोधे–
अहो ! यो त धेरै विचित्रको कुरा हो । परमतत्व भगवान् श्रीकृष्णलाई समाउनु ता ठुला–ठुला  भक्तका लागि पनि कठिन हुन्छ, फेरी भगवान् संग द्वेष गर्ने शिशुपाललाई यस्तो गति कसरी मिल्यो ? ।।१५।।

एतद् वेदितुमिच्छामः सर्व एव वयं मुने ।
भगवन् निन्दया वेनो द्विजैस्तमसि पातितः ॥ १६ ॥

हे मुनि ! पूर्वकालमा भगवान्को निन्दा गरेका कारण ऋषिहरुले राजा वेनलाई नरकमा हालेका थिए तर यसले यस्तो गति कसरी पायो, यसको रहस्य हामी सबै जान्न चाहान्छौं ।।।१६।।

दमघोषसुतः पाप आरभ्य कलभाषणात् ।
सम्प्रति अमर्षी गोविन्दे दन्तवक्रश्च दुर्मतिः ॥ १७ ॥

यो दमघोषको छोरा पापी शिशुपाल र दुर्बुद्धि दन्तवक्त्र यी दुवै नै तोते बोली बोल्न थालेदेखि अहिले सम्म भगवान् संग द्वेष गरेका छन ।।१७।।

शपतोः असकृद् विष्णुं यद्‍ब्रह्म परमव्ययम् ।
श्वित्रो न जातो जिह्वायां नान्धं विविशतुः तमः ॥ १८ ॥

अविनाशी परब्रम्ह भगवान् श्रीकृष्णलाई यिनीहरु निरन्तर गालि गरिरहेको छन् । तर यसको फलस्वरूप न यिनका जीउमा कुनै कोर उत्पन्न भयो न यसलाइै घोर अन्धकारमय नरक नै प्राप्त भयो ।।१८।।

कथं तस्मिम् भगवति दुरवग्राह्यधामनि ।
पश्यतां सर्वलोकानां लयं ईयतुः अञ्जसा ॥ १९ ॥

पहलो त भगवान्लाई प्राप्त गर्न नै अत्यन्त कठिन छ त्यसमा पनि यी दुवैजना भगवान्का द्रोही हेर्दाहेर्दै भगवान्मा लीन भए । यसको कारण के हो ?।।१९।।

एतद्‍भ्राम्यति मे बुद्धिः दीपार्चिरिव वायुना ।
ब्रूह्येतद् अद्‍भुततमं भगवान् तत्र कारणम् ॥ २० ॥

हावाको झोक्काले हल्लिएको दीप झैं मेरो बुद्धि पनि यस विषयमा धेरै चञ्चल भएको छ । तपाई सर्वज्ञ हुनुहुन्छ । यस अद्भूत घटनाको रहस्यको बारेमा मलाई बुझाउनु हास् होस ।।२०।।

श्रीशुक उवाच -
राज्ञस्तद्वच आकर्ण्य नारदो भगवान् ऋषिः ।
तुष्टः प्राह तमाभाष्य श्रृण्वत्यास्तत्सदः कथाः ॥ २१ ॥

श्रीशुकदेवजी भन्नुहुन्छ–
भगवान् देवर्षि नारद राजाको यो प्रश्न सुनेर धेरै खुसि भए । उनले युधिष्ठरलाई सम्बोधन गरेर त्यो ठुलो सभामा सबले सुन्ने गरेर यो कथा भने ।।२१।।

नारद उवाच -
निन्दन स्तव सत्कार न्यक्कारार्थं कलेवरम् ।
प्रधानपरयो राजन् अविवेकेन कल्पितम् ॥ २२ ॥

नारदले भन्नुभयो–
युधिष्ठिर ! निन्दा, स्तुति, र तिरस्कार यी सबैको अनुभव शरीरबाटै हुन्छ । यसो हुनुमा शरीरको कल्पना प्रकृति र पुरुषको ठिक–ठिक विवेक नहुनाको कारण हो ।।२२।।

हिंसा तदभिमानेन दण्डपारुष्ययोर्यथा ।
वैषम्यं इह भूतानां ममाहं इति पार्थिव ॥ २३ ॥

जब यस शरीरलाई नै आफ्नो आत्मा मान्यो भने यो मै हुं र यो मेरो हो यस्तो भाव बन्दछ । यहि सबै भेदभावको मूल कारण हो । यसैको कारण ताडना र दुर्वचन आदिबाट पीडा हुन्छ ।।२३।।

यन्निबद्धोऽभिमानोऽयं तद् वधात् प्राणिनां वधः ।
तथा न यस्य कैवल्याद् अभिमानोऽखिलात्मनः ।
परस्य दमकर्तुर्हि हिंसा केनास्य कल्प्यते ॥ २४ ॥

जुन शरीरमा यो म हुँ भन्ने अभिमान हुन्छ कि त्यस शरीरको मृत्युमा प्राणिलाई आफ्नो मृत्यु भयो भन्ने लाग्दछ । तर भगवान्मा त जीवमा झैं यस्तो अभिमान हुदैन किनकि वहाँ सर्वात्मा हुनुहुन्छ । वहा जो अरुलाई जुन दण्ड दिनुहुन्छ त्यो पनि अरुको कल्याणको लागि नै हो, कुनै क्रोधवश अथवा द्वेषवश होइन । तब भगवान्को सम्बन्धमा हिंसा कल्पना पनि कसरी हुनसक्छ र ? ।।२४।।

तस्माद् वैरानुबन्धेन निर्वैरेण भयेन वा ।
स्नेहात् कामेन वा युञ्ज्यात् कथञ्चित् न ईक्षते पृथक् ॥ २५ ॥

यसैले चाहे  सत्रुताले होस या वैरहीन, भक्तिभावले, भयले होस वा स्नेहले अथवा कामनाले, जसरी हुन्छ भगवान्मा आफ्नो पूर्ण मन लगाइ रहनु पर्दछ । भगवान्को दृष्टिमा यस भावमा कुनै भेद छैन ।।२५।।

यथा वैरानुबन्धेन मर्त्यः तन्मयतां इयात् ।
न तथा भक्तियोगेन इति मे निश्चिता मतिः ॥ २६ ॥

कीटः पेशस्कृता रुद्धः कुड्यायां तं अनुस्मरन् ।
संरम्भभययोगेन विन्दते तत् स्वरूपताम् ॥ २७ ॥


युधिष्ठिर मेरो त यस्तो निश्चय छ कि मानिस वैरभावले भगवानमा जति तन्मय हुन्छ, त्यति भक्तियोगले हुदैन । भ्रमराले ल्याएर प्वालमा थुनिदिएको एक थरिको कीरा त्यो भय तथा उद्वेगले भ्रमरा चिन्तन गर्दा गर्दै त्यो भ्रमरा जस्तै हुन्छ ।।२७।।

एवं कृष्णे भगवति मायामनुज ईश्वरे ।
वैरेण पूतपाप्मानः तं आपुः नुचिन्तया ॥ २८ ॥

भगवान् श्रीकृष्णको सम्बन्धमा पनि यहि कुरा हो ।  वहाँ भगवान्मा वैर गर्ने पनि वहाँको चिन्तन गर्दा गर्दै पाप रहित भएर वहाँलाई नै प्राप्त गर्दछ । भगवान्को र्सवशक्तिमान लीलाले गर्दा नै यस्तो भएको हो ।।२८।।

कामाद् द्वेषाद् भयात् स्नेहाद् यथा भक्त्येश्वरे मनः ।
आवेश्य तद् अघं हित्वा बहवः तद्‍गतिं गताः ॥ २९ ॥

यी मात्र होइन अरु अनेकौं मनुष्यले पनि भगवान्को भक्तिले गर्दा काम, द्वेष, भय र स्नेहबाट आफ्नो मनलाई भगवान्मा लगाएर एवं आफ्नो सबै पाप पखालेर त्यसरी नै भगवान्लाई प्राप्त गरेका छन ।।२९।।

गोप्यः कामाद् भयात् कंसो द्वेषात् चैद्यादयो नृपाः ।
सम्बन्धाद् वृष्णयः स्नेहाद् यूयं भक्त्या वयं विभो ॥ ३० ॥

राजन ! गोपिनिहरुलाई भगवानमा मिल्नुमा तीव्र कामले, अर्थात प्रेमले, कंश डरले, शिशुपाल–दन्तवक्त्र आदि राजाहरुको द्वेषले, यदुवंशिहरुको परिवारको सम्बन्धले, तिमीहरु स्नेहले र हामीहरु भक्तिले आफ्नो मन भगवान्मा लगाएका छौं ।।३०।।

कतमोऽपि न वेनः स्यात् पञ्चानां पुरुषं प्रति ।
तस्मात् केनापि उपायेन मनः कृष्णे निवेशयेत् ॥ ३१ ॥

भक्तको बाहेक अरुहरुले पाँच प्रकारले भगवान्को चिन्तन गर्दछन, त्यसमा राजा वेनको कुनैमा पनि गणना हुदैन । किनकी उसले कुनै प्रकारले पनि भगवान्मा मन लगाएन सारांश जुन उपायले भए पनि  आफ्नो मनलाई भगवान् श्री कृष्णमा तन्मय गरिदिनु पर्दछ ।।३१।।

मातृष्वस्रेयो वश्चैद्यो दन्तवक्रश्च पाण्डव ।
पार्षदप्रवरौ विष्णोः विप्रशापात् पदच्युतौ ॥ ३२ ॥

महाराज ! फेरी तपाईको सौतेला भाई शिशुपाल र दन्तवक्त्र दुवै विष्णु भगवान्का मुख्य पार्षद थिए । ब्राह्मणको श्रापले यी दुवैले आफ्नो पदबाट च्युत हुनुपरेको थियो ।।३१।।

युधिष्ठिर उवाच -
कीदृशः कस्य वा शापो हरिदासाभिमर्शनः ।
अश्रद्धेय इवाभाति हरेः एकान्तिनां भवः ॥ ३३ ॥

राजा युधिष्ठिरले सोधे–  
नारदजी ! भगवान्को पार्षदलाई पनि प्रभावित गराउने यस्तो श्राप कसले दिएका थिए र त्यो कस्तो थियो ? भगवान्को अनन्य प्रेमी भक्त फेरी जन्म–मृत्युमय संसारमा आए भन्ने यो कुरा ता अलि अविश्वास जस्तै हुन्छ ।।३३।।

देहेन्द्रियासुहीनानां वैकुण्ठपुरवासिनाम् ।
देहसम्बन्ध सम्बद्धं एतद् आख्यातुमर्हसि ॥ ३४ ॥

वैकुण्ठमा रहने लाई प्राकृत शरीरको सम्बन्ध कुन प्रकारले भयो ? यसका बारेमा अवस्य सुनाउनुहोस ।।३४।।

नारद उवाच -
एकदा ब्रह्मणः पुत्रा विष्णुलोकं यदृच्छया ।
सनन्दनादयो जग्मुः चरन्तो भुवनत्रयम् ॥ ३५ ॥

नारदले भने—
एकदिन ब्रम्हाका मानस पुत्र सनकादि ऋषि तीनैलोकमा स्वच्छन्द हिसावले डुल्दै वैकुण्ठमा पुगे ।।३५।।

पञ्चषड्ढायनार्भाभाः पूर्वेषामपि पूर्वजाः ।
दिग्वाससः शिशून् मत्वा द्वाःस्थौ तान् प्रत्यषेधताम् ॥ ३६ ॥

यिनीहरु सबै भन्दा पुराना–जेठा थिए तर हेर्दामा सधैं पाँच छ वर्षका बालक जस्ता थिए । कपडा पनि लगाउँदैन थिए । उनीहरु साधारण बालक सम्झेर द्वारपालले उनीहरुलाई भित्र जान रोकिदिए ।।३६।।

अशपन् कुपिता एवं युवां वासं न चार्हथः ।
रजस्तमोभ्यां रहिते पादमूले मधुद्विषः ॥ ३७ ॥

पापिष्ठां आसुरीं योनिं बालिशौ यातमाश्वतः ॥ ३७ ॥
यसैले उनीहरु रिसाएर र द्वारपाललाई यस्तो श्राप दिए कि मुर्ख ! भगवान्  विष्णुको चरण ता रजोगुण र तमोगुणबाट रहित छ । तिमी दुवै वहाँको निवासमा रहन गर्न योग्य छैनौ । त्यसैले चाँडैनै तिमीहरुले पापमयी असुरयोनिमा जन्म लेउ ।।३७।।

एवं शप्तौ स्वभवनात् पतन्तौ तौ कृपालुभिः ।
प्रोक्तौ पुनर्जन्मभिः वां त्रिभिर्लोकाय कल्पताम् ॥ ३८ ॥

उनीहरुलाई यसरी श्राप दिएपछि जब उनीहरु वैकुण्ठबाट तल झर्न लागे तब ती कृपालु मात्माहरुले भने ठिक छ तीन जन्मसम्म यस पापलाई भोगेर फेरी वैकुण्ठ प्राप्त होस ।।३८।।

जज्ञाते तौ दितेः पुत्रौ दैत्यदानव वन्दितौ ।
हिरण्यकशिपुर्ज्येष्ठो हिरण्याक्षोऽनुजस्ततः ॥ ३९ ॥

युधिष्ठिर ! उनीहरु दुवै दितिका पुत्र भए । जसमा जेठो दाजुको नाम हिरण्यकशिपु  र कान्छो को नाम हिरण्याक्ष हो । दैत्यर दानवको समाजमा यी दुवै सर्वश्रेष्ठ थिए ।।३९।।

हतो हिरण्यकशिपुः हरिणा सिंहरूपिणा ।
हिरण्याक्षो धरोद्धारे बिभ्रता शौकरं वपुः ॥ ४० ॥

भगवान् विष्णुले नृसिंहको रूप धारण गरेर हिरण्यकशिपुलाई र पृथ्वीको उद्धार गर्ने समयमा वराहावतार ग्रहण गरेर हिरण्याक्षलाई मार्नुभयो ।।४०।।

हिरण्यकशिपुः पुत्रं प्रह्लादं केशवप्रियम् ।
जिघांसुः अकरोत् नाना यातना मृत्युहेतवे ॥ ४१ ॥

हिरण्यकशिपुले आफ्नो पुत्र प्रल्हाद भगवत्प्रेमी भएका कारण मार्न खोज्यो र यसका लागि उसले धेरै यातनाहरु दियो ।।४१।।

तं सर्वभूतात्मभूतं प्रशान्तं समदर्शनम् ।
भगवत् तेजसा स्पृष्टं नाशक्नोत् हन्तुमुद्यमैः ॥ ४२ ॥

तर अटल र शान्त हृदय भएका प्रल्हाद सर्वात्मा भगवान्को परम प्रिय भएका थिए, समदर्शी  थिए । भगवान्को प्रभावले उनी सुरक्षित थिए । यसैले अनेक किसिमको चेष्टा गर्दा पनि हिरण्यकशिपुले उनलाई मार्न सकेन ।।४२।।

ततस्तौ राक्षसौ जातौ केशिन्यां विश्रवःसुतौ ।
रावणः कुम्भकर्णश्च सर्वलोकोपतापनौ ॥ ४३ ॥

युधिष्टिर ! पछि ति दुवै विश्रवा मुनिद्वार केशिनी–कैकसी को गर्भद्वारा राक्षसको रूपमा पैदा भए । उनीहरुको नामा रावण र कुम्भकर्ण थियो । उनीहरुको उत्पातले लोकमा पीडा भएको थियो ।।४३।।

तत्रापि राघवो भूत्वा न्यहनत् शापमुक्तये ।
रामवीर्यं श्रोष्यसि त्वं मार्कण्डेयमुखात् प्रभो ॥ ४४ ॥

त्यस समय पनि भगावन्ले उनीहरुलाई श्रापबाट छुटाउँनका लागि राम अवतारले उनीहरुको वध गर्नु भयो । युधिष्ठिर ! मार्कण्येय मुनिको मुखबाठ तिमीले भगवान् श्रीरामको चरित्र सुन्नेछौ ।।४४।।

तौ अत्र क्षत्रियौ जातौ मातृष्वस्रात्मजौ तव ।
अधुना शापनिर्मुक्तौ कृष्णचक्रहतांहसौ ॥ ४५ ॥

उनै दुवै जय विजय यस जन्ममा तिम्रो सानी आमाका छोरा शिशुपाल र दन्तवक्त्रको रूपमा क्षत्रियकुलमा उत्पन्न भएका हुन । भगवान् श्रीकृष्णको चक्रको स्पर्श प्राप्त हुनाले उनीहरुको सबै पाप नष्ट भयो र उनीहरु सनकादिको श्रापले मुक्त भए ।।४५।।

वैरानुबन्धतीव्रेण ध्यानेन अच्युतसात्मताम् ।
नीतौ पुनर्हरेः पार्श्वं जग्मतुः विष्णुपार्षदौ ॥ ४६ ॥

वैरभावका कारण ती दुवै भगवान् श्रीकृष्णको निरन्तर चिन्तन गर्दथे । त्यहि तीव्र तन्मयको फलस्वरूप उनीहरु ले भगवान् प्राप्त गरेर फेरी पार्षद भएर वहाँको नजिकमा गए ।।४६ ॥

युधिष्ठिर उवाच -
विद्वेषो दयिते पुत्रे कथं आसीत् महात्मनि ।
ब्रूहि मे भगवन्येन प्रह्लादस्याच्युतात्मता ॥ ४७ ॥

युधिष्ठिरले सोधे–
भगवन् ! हिरण्यकशिपुले आफ्नो प्यारो छोरो प्रल्हादलाई किन यस्तो द्वेष गर्यो ? प्रल्हाद असुर कुलमा जन्मेका थिए । पछि कुन साधनले उनको भगवान्मा तन्मय भयो, यो पनि बताउनु होस ।।४७ ।।

इति श्रीमद्‌भागवते महापुराणे पारमहंस्यां संहितायां
सप्तमस्कन्धे प्रह्रादचरितोपक्रमे प्रथमोऽध्यायः ॥ १ ॥