#blog-pager {display:none} -->

भागवत दर्शन

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।

-

श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव ।

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - षोडशोऽध्यायः

श्रीमद्भागवत महापुराण
अष्टमः स्कन्धः - षोडशोऽध्यायः

श्रीशुक उवाच - 
(अनुष्टुप्) 
एवं पुत्रेषु नष्टेषु देवमातादितिस्तदा । 
हृते त्रिविष्टपे दैत्यैः पर्यतप्यद् अनाथवत् ॥ १ ॥ 

श्रीशुकदेवजी भन्नुहुन्छ–
परीक्षित ! यस प्रकार देवताहरु स्वर्ग छाडेर लुके त्यसपछि दैत्यहरुले स्वर्गमा अधिकार  जमाए । यता देवमाता अदिति यो कुराले अनाथ जस्तो भएर धेरै दुःखी भईन् ।।१।।

एकदा कश्यपस्तस्या आश्रमं भगवान् अगात् । 
निरुत्सवं निरानन्दं समाधेर्विरतश्चिरात् ॥ २ ॥ 

यता धेरै दिन पछिकोे समाधिबाट उठेर कश्यमजी अदितिको आश्रममा आए । उनी त्यहाँ आउदा उनले त्यहाँ कुनै प्रकारको सुख, शान्ति एवं उत्साहआदि केही पनि देखेनन ।।२।।

स पत्नीं  दीनवदनां कृतासनपरिग्रहः । 
सभाजितो यथान्यायं इदमाह कुरूद्वह ॥ ३ ॥ 

परीक्षित ! उनी आसनमा बसेपछि अदितिले विधिवत उनको सत्कार गरीन । त्यसपछि कश्यपले आफ्नी पत्नीको अनुहार मलिन र उदाश देखेर उनले अदितिलाई भने– ।।३।।

अप्यभद्रं न विप्राणां भद्रे लोकेऽधुनाऽऽगतम् । 
न धर्मस्य न लोकस्य मृत्योश्छन्दानुवर्तिनः ॥ ४ ॥ 

कल्याणी ! यस समयमा ब्राह्मणलाई कुनै विपत्ति त आएको छैन ? धर्मको पालन त ठिक ठिक भएको छ । मृत्युको इच्छा भएकाहरुमा कुनै अमंगल त भएको छैन ।।४।।

अपि वाकुशलं किञ्चिद्गृ्हेषु गृहमेधिनि । 
धर्मस्यार्थस्य कामस्य यत्र योगो ह्ययोगिनाम् ॥ ५ ॥ 

प्रिये ! गृहाश्रमा योेगादि साधन गर्न नसक्नेका लागि फल मिल्दछ । यस गृहाश्रममा धर्म अर्थ र कामको सेवमा कुनै प्रकारको विघ्न त भएको छैन ।।५।।

अपि वा अतिथयोऽभ्येत्य कुटुंबासक्तया त्वया । 
गृहादपूजिता याताः प्रत्युत्थानेन वा क्वचित् ॥ ६ ॥ 

कुटु्म्वको भरण पोषणमा नै व्यग्र भएकी छौ, घरमा आएका अथितिलाई तिमीले उभिएर स्वागत सम्मान पनि नगरेकीले उनीहरु त्यसै विमुख फर्केकी ? । यसैले त तिमी उदाश भएकी ता होइनौ ? ।।६।।

गृहेषु येष्वतिथयो नार्चिताः सलिलैरपि । 
यदि निर्यान्ति ते नूनं फेरुराजगृहोपमाः ॥ ७ ॥ 

जुन घरमा आएका अतिथिलाई जलले भएपनि सत्कार गरिदैन, अतिथि त्यसै फर्कन्छ भने त्यो घरलाई स्यालको घर समान हो भनि सम्झनु पर्दछ ।।७।।

अप्यग्नयस्तु वेलायां न हुता हविषा सति । 
त्वयोद्विग्नधिया भद्रे प्रोषिते मयि कर्हिचित् ॥ ८ ॥ 

प्रिये ! म घर बहिर रहेका बेला तिम्रो चित्त उद्विग्न भएर समयमा तिमीले हविष्यले अग्निमा हवन पनि गरिनौ कि ? ।।८।।

यत्पूजया कामदुघान् याति लोकान् गृहान्वितः । 
ब्राह्मणोऽग्निश्च वै विष्णोः सर्वदेवात्मनो मुखम् ॥ ९ ॥ 

सर्व देवमय भगवान्को मुख ब्राह्मण र अग्नि हुन । गृहस्थले पुरुष यदि यि दुवैलाई पूजा गर्दछन भने उसलाई उसलाई सबै मनोरथलाई पूरा गर्ने उत्तमलोक मिल्दछ ।।९।।

अपि सर्वे कुशलिनः तव पुत्रा मनस्विनि । 
लक्षयेऽस्वस्थमात्मानं भवत्या लक्षणैरहम् ॥ १० ॥ 

प्रिये ! सधै तिमी प्रसन्न रहन्थौ तर अहिले तिम्रो अनुहारको लक्षण हेर्दा अस्वस्थ भएजस्तो देखिन्छ्यौ । तिम्रा सबै सन्तान ता कुशल मंगल नै छन् नि ।।१०।।

अदितिरुवाच - 
भद्रं द्विजगवां ब्रह्मन् धर्मस्यास्य जनस्य च । 
त्रिवर्गस्य परं क्षेत्रं गृहमेधिन् गृहा इमे ॥ ११ ॥ 

अदितिले भनिन्–
भगवन् ! ब्राह्मण गाई धर्म र तपाईकी यो दासी, सबै कुशल नै छौं  । हे मेरा मालिक ! यो गृहस्थ आश्रम पनि अर्थ, धर्म र कामको साधनाको परम सहायक छ ।।११।।

अग्नयोऽतिथयो भृत्या भिक्षवो ये च लिप्सवः । 
सर्वं भगवतो ब्रह्मन् अनुध्यानान्न रिष्यति ॥ १२ ॥ 

प्रभो ! तपाईको नित्य सम्झना र कल्याण कामनाले अग्नि, अतिथि, सेवक, भिक्षु र याचक कसैलाई पनि मैले तिरस्कार गरेकी छैन ।।१२।।

को नु मे भगवन् कामो न सम्पद्येत मानसः । 
यस्या भवान् प्रजाध्यक्ष एवं धर्मान् प्रभाषते ॥ १३ ॥ 

भगवन् ! धर्म पालनको सम्बन्धमा तपाई जस्ता प्रजापतिले उपदेश गर्नु हुन्छ, त्यसैले मेरो मनको यस्तो कुन कामनाहरु नहुने कुनै कुरा छैन ।।१३।।
तवैव मारीच मनःशरीरजाः 

     प्रजा इमाः सत्त्वरजस्तमोजुषः । 
समो भवान् तास्वसुरादिषु प्रभो 
     तथापि भक्तं भजते महेश्वरः ॥ १४ ॥ 

हे आर्य पुत्र ! सत्वगुणी, रजोगुणी वा तमोगुणी आदि जुन गुणका भएपनि ती सबै तपाईका सन्तान हुन । कोहि तपाईका संकल्पले उत्पन्न भएका हुन भने कुनै शरीरबाट । भगवन् ! तपाई आफ्ना सन्तानलाई एउटै भावले हेर्नु हुन्छ यसमा सन्देह छैन । तपाई सबैका लागि बराबर हुनुहुन्छ । त्यसैले स्वयं परमेश्वर परमात्मा पनि आफ्नो भक्तको अभिलाष पूर्ण गर्नुहुन्छ ।।१४।।

 (अनुष्टुप्) 
तस्मादीश भजन्त्या मे श्रेयश्चिन्तय सुव्रत । 
हृतश्रियो हृतस्थानान् सपत्नैः  पाहि नः प्रभो ॥ १५ ॥ 

मेरा स्वामी ! म तपाईकी दासी हुँ । हे सबै मर्यादाका पालन गर्ने प्रभो ! तपाई मेरो भलाईको सम्बन्धमा बिचार गर्नुहोस । अहिले मेरा सौताका छोरा दैत्यहरुले  हाम्रो सम्पत्ति र बस्ने स्थान समेत खोसेका छन । त्यसैले तपाईले मेरा छोरा सहित मेरो रक्षा गर्नुहोस ।।१५।।

परैर्विवासिता साहं मग्ना व्यसनसागरे । 
ऐश्वर्यं श्रीर्यशः स्थानं हृतानि प्रबलैर्मम ॥ १६ ॥ 

दैत्यहरु बलबान भएका कारण उनीहरुले मेरो ऐश्वर्य धन, यस, पद सबै खोसेर  हामीलाई घरबाट बाहिर निकालिदिएका छन । यसैले म दुःखको समुद्रमा डुबेको छु ।।१६।।

यथा तानि पुनः साधो प्रपद्येरन् ममात्मजाः । 
तथा विधेहि कल्याणं धिया कल्याणकृत्तम ॥ १७ ॥ 

अब तपाई बाहेक हाम्रो भलाई गर्ने अरु कोहि पनि छैनन । त्यसैले स्वामी तपाईले सोच विचर गरेर हाम्रो कल्याणको उपाय निकाल्नु होस । जसले गर्दा मेरा छोराहरुको ती वस्तु फेरी प्राप्त गर्न सकुन ।।१७।।

श्रीशुक उवाच - 
एवं अभ्यर्थितोऽदित्या कस्तामाह स्मयन्निव । 
अहो मायाबलं विष्णोः स्नेहबद्धं इदं जगत् ॥ १८ ॥ 

शुकदेवले भन्नुभयो– 
अदितिले यसरी प्रार्थन गरेपछि, कश्यपले अलि चिन्तीत भएर भन्नुभयो, यो धेरै आश्चर्यको कुरा हो । भगवान्को माया पनि कति प्रवल छ । यो सारा जगत स्नेहको डोरीले बाँधिएको छ ।।१८।।

क्व देहो भौतिकोऽनात्मा क्व चात्मा प्रकृतेः परः । 
कस्य के पतिपुत्राद्या मोह एव हि कारणम् ॥ १९ ॥ 

कहाँ यो पञ्चभूतले बनेको अनात्म शरीर र कहाँ प्रकृतिबाट पर आत्मा ? न कसैको कोहि पति हुन, न पुत्र न त सम्बन्धी नै छन । मोहले नै मानिसलाई नचाइ रहेको छ ।।१९।।

उपतिष्ठस्व पुरुषं भगवन्तं जनार्दनम् । 
सर्वभूतगुहावासं वासुदेवं जगद्गुदरुम् ॥ २० ॥ 

प्रिये ! अब तिमी सम्पूर्ण प्राणीहरुको हृदयमा विराजमान हुनुभएका आफ्नो दुःखलाई मेटाउने जगद्गुरु भगवान् वासुदेवको आराधना गर ।।२०।।

स विधास्यति ते कामान् हरिर्दीनानुकंपनः । 
अमोघा भगवद्भतक्तिः न इतरेति मतिर्मम ॥ २१ ॥ 

मेरो यो दृढ निश्चय छ कि वहाँ भगवान् बडा दयालु हुनुहुन्छ । वहाँले तिम्रो कामना पुरा गरिदिनु हुनुहुन्छ। भगवान्मा गरिएको भक्ति कहिले पनि व्यर्थ हुदैन । यो बाहेक अर्को कुनै उपाय छैन ।।२१।।

अदितिरुवाच - 
केनाहं विधिना ब्रह्मन् उपस्थास्ये जगत्पतिम् । 
यथा मे सत्यसंकल्पो विदध्यात् स मनोरथम् ॥ २२ ॥ 

अदितिले सोधिन–
भगवान् ! मलाई यो बताउनु होस कि ह जगदिश्वर भगवान्को आराधना कुन प्रकारले गरुं, जसले गर्दा वहाँ सत्यसंकल्प प्रभुले मेरो मनोरथ पूर्ण गरिदिनु हुन्छ ।।२२।।

आदिश त्वं द्विजश्रेष्ठ विधिं तदुपधावनम् । 
आशु तुष्यति मे देवः सीदन्त्याः सह पुत्रकैः  ।।२३।।

कश्यप उवाच -
पतिदेव ! म तपाईको पुत्रका साथ धेरै दुःख भोगिरहेकी छु । जसले गर्दा वहाँ चाँढै नै मसंग प्रसन्न हुनुहुनेछ । वहाँको आराधना विधि मलाई बताउँनु होस ।।२३।।

एतन्मे भगवान् पृष्टः प्रजाकामस्य पद्मजः । 
यदाह ते प्रवक्ष्यामि व्रतं केशवतोषणम् ॥ २४ ॥ 

हे देवि ! त्यतिबेला मैले सन्तानको कामनाले भगवान् ब्रह्माजीसंग यहि कुराको बारेमा प्रश्न गरेको थिए । त्यतिबेला वहाँले मलाई भगवान्लाई प्रसन्न गराउने जुन ब्रतको उपदेश दिनु भएको थियो, त्यहि कुरा म तिमीलाई बताउँदछु ।।२४।।

फाल्गुनस्यामले पक्षे द्वादशाहं पयोव्रतम् । 
अर्चयेत् अरविन्दाक्षं भक्त्या परमयान्वितः ॥ २५ ॥ 

फाल्गुण शुक्लपक्षको बारह दिन सम्म केवल दूध पीएर रहनु र परम भक्तिले कमलनयन भगवान्को पूजा गर्नु ।।२५।।

सिनीवाल्यां मृदालिप्य स्नायात् क्रोडविदीर्णया । 
यदि लभ्येत वै स्रोतसि एतं मंत्रं उदीरयेत् ॥ २६ ॥ 

कश्यपले भन्नुभयो–
अमावस्यको दिन यदि मिल्यो भने सुंगुरले खनेको माटो शरीरमा लगाएर स्नान गर्नु । त्यस बेला यो मन्त्र पढ्नु ।।२६।।

त्वं देव्यादिवराहेण रसायाः स्थानमिच्छता । 
उद्धृतासि नमस्तुभ्यं पाप्मानं मे प्रणाशय ॥ २७ ॥ 

हे देवि ! प्राणीहरुलाई स्थान दिने इच्छाले वराह भगवान्ले रसातलबाट तपाईको उद्धार गर्नु भएको थियो । तपाईलाई मेरो नमस्कार छ । तपाईले मेरो सबै पापलाई नष्ट गरिदिनु होस ।।२७।।

निर्वर्तितात्मनियमो देवं अर्चेत् समाहितः । 
अर्चायां स्थण्डिले सूर्ये जले वह्नौ गुरौ अपि ॥ २८ ॥ 

त्यसपछि आफ्नो नित्य र नैमित्तक कर्मलाई पूरा गरेर एकाग्रचित्तले मूर्ति, वेदी, सूर्य, जल अग्नि र गुरुको रुपमा भगावन्को पूजा गर्नु पर्दछ र यस प्रकार स्तुति गर्नु—।।२८।।

नमस्तुभ्यं भगवते पुरुषाय महीयसे । 
सर्वभूतनिवासाय वासुदेवाय साक्षिणे ॥ २९ ॥ 

प्रभो ! तपाई सर्व शक्तिमान, अन्तर्यामी र पूजनीय हुनुहुन्छ । समस्त प्राणी तपाईमा र तपाई समस्त प्राणीमा निवास गर्नु हुन्छ । यसैले तपाईलाई वासुदेव भनिन्छ । तपाई समस्त चराचर जगत र उसको कारणको पनि साक्षी हुनुहुन्छ, मेरो तपाईलाई नमस्कार छ ।।२९।।

नमोऽव्यक्ताय सूक्ष्माय प्रधानपुरुषाय च । 
चतुर्विंशद्गुसणज्ञाय गुणसंख्यानहेतवे ॥ ३० ॥ 

तपाई अव्यक्त र सूक्ष्म हुनुहुन्छ । प्रकृति र पुरुषको रुपमा पनि हुनुहुन्छ । तपाई चौविस गुणलाई जान्ने र सांख्य शास्त्रका प्रवर्तक हुनुहुन्छ, तपाईलाई मेरो नमस्कार छ ।।३०।।

नमो द्विशीर्ष्णे त्रिपदे चतुःश्रृंगाय तन्तवे । 
सप्तहस्ताय यज्ञाय त्रयीविद्यात्मने नमः ॥ ३१ ॥ 

तपाई प्रायणीय र उदयनीय— यो दुई यज्ञकर्म तपाईका शिर हन, जसको प्रातः मध्यान्ह् र साँझ—यो तीन सवन तीन पाद हो । चार वेद चार सींग हो । गायत्री आदि सात छन्द हात हो । यो धर्ममय वृषभरुप यज्ञ वेदले प्रतिपादित गरेको हो र यसको आत्मा स्वयं तपाई नै हुनुहुन्छ, तपाईलाई मेरो नमस्कार छ ।।३१।।

नमः शिवाय रुद्राय नमः शक्तिधराय च । 
सर्वविद्याधिपतये भूतानां पतये नमः ॥ ३२ ॥ 

तपाई नै लोकको कल्याण गर्ने शिव र तपाई नै प्रलयकारी रुद्र हो । सबै शक्तिलाई धारण गर्ने पनि तपाई नै हो । तपाईलाई मेरो बारम्बार नमस्कार छ । तपाई समस्त विध्यहरुका अधिपति एवं भूतका स्वामी हुनुहुन्छ, तपाईलाई मेरो नमस्कार छ ।।३२।।

नमो हिरण्यगर्भाय प्राणाय जगदात्मने । 
योगैश्वर्यशरीराय नमस्ते योगहेतवे ॥ ३३ ॥ 

तपाई सबका प्राण र जगतको स्वरुप पनि तपाई नै हो । तपाई योगको कारण र योग र त्यसबाट मिल्ने ऐश्वर्य पनि तपाई नै हो, हे हिरण्यगर्भ तपाईलाई मेरो नमस्कार छ ।।३३।।

नमस्ते आदिदेवाय साक्षिभूताय ते नमः । 
नारायणाय ऋषये नराय हरये नमः ॥ ३४ ॥ 

तपाई नै आदिदेव हो । सबैको साक्षी हो । तपाई नै नारायण ऋषिको रुपमा स्वयं प्रकट भगवान् हुनुहन्छ, तपाईलाई मेरो नमस्कार छ ।।३४।।

नमो मरकतश्याम वपुषेऽधिगतश्रिये । 
केशवाय नमस्तुभ्यं नमस्ते पीतवाससे ॥ ३५ ॥ 

तपाईको शरीर मरतकमणिको समान सावलो छ । समस्त सम्पत्ति र सौन्दर्यकी देवी लक्ष्मी तपाईकी सेविका हुन । हे पीताम्बरधारी केशव ! तपाईलाई मेरो बारम्बार नमस्कार छ ।।३५।।

त्वं सर्ववरदः पुंसां वरेण्य वरदर्षभ । 
अतस्ते श्रेयसे धीराः पादरेणुं उपासते ॥ ३६ ॥ 

तपाईले सबै प्रकारको बर दिनुहुन्छ । तथा जीवका लागि वर दिनमा श्रेष्ठ हुनुहुन्छ । यहि कारण धीर विवेकी पुरुष आफ्नो कल्याणका लागि तपाईको चरणको रजको उपासना गर्दछन ।।३६।।

अन्ववर्तन्त यं देवाः श्रीश्च तत्पादपद्मयोः । 
स्पृहयन्त इवामोदं भगवान् मे प्रसीदताम् ॥ ३७ ॥ 

जसको चरणकमलको सुगन्ध प्राप्त गर्ने लालसाले समस्त देवता र लक्ष्मी पनि स्वयं सेवामा लागि रहन्छिन । उनै भागवान् म माथि प्रसन्न हुनुहोस ।।३७।।

एतैः मंत्रैः हृर्हृषीकेशं आवाहनपुरस्कृतम् । 
अर्चयेत् श्रद्धया युक्तः पाद्योपस्पर्शनादिभिः ॥ ३८ ॥ 

हे अदिति ! भगवान् हृषिकेशको आवाहन पहिले नै गर्नु  पर्दछ त्यसछि श्रद्धापूर्वक यी मन्त्रद्वारा पाद्य, आचमन आदिका पूजा गर्नुपर्दछ ।।३८।।

अर्चित्वा गन्धमाल्याद्यैः पयसा स्नपयेद् विभुम् । 
वस्त्रोपवीताभरण पाद्योपस्पर्शनैस्ततः ।
गन्धधूपादिभिश्चार्चेद् द्वादशाक्षरविद्यया ॥ ३९ ॥

गन्ध, माला आदिले पूजा गरेर भगवान्लाई दूधले स्नान गराउँनु त्यसपछि वस्त्र, यज्ञोपवित, आभुषण, पाद्य, आचमन, गन्ध, धूप आदिद्वारा द्वादशाक्षर मन्त्रले भगवान्को पूजा गर्नु ।।३९।।

श्रृतं पयसि नैवेद्यं शाल्यन्नं विभवे सति । 
ससर्पिः सगुडं दत्त्वा जुहुयान् मूलविद्यया ॥ ४० ॥ 

यदि सामर्थ छ भने दूधमा पकाएको तथा घ्यु र सक्खर मिसाएको चामलको नैवेद्य लगाउँनु र त्यसैले द्वादशाक्षर मन्त्रले हवन गर्नु ।।४०।।

निवेदितं तद्भ क्ताय दद्याद्भुदञ्जीत वा स्वयम् । 
दत्त्वाऽऽचमनमर्चित्वा तांबूलं च निवेदयेत् ॥ ४१ ॥ 

यसरी भगवान्लाई चढाएको नैवेद्यलाई भगवान्का भक्तलाई बाँडिदिनु वा स्वयं आफुले खानु । त्यसपछि भगवान्लाई आचमनादिले र पूजा गरेर पान अर्पण गर्नु ।।४०।।

जपेत् अष्टोत्तरशतं स्तुवीत स्तुतिभिः प्रभुम् । 
कृत्वा प्रदक्षिणं भूमौ प्रणमेद् दण्डवन्मुदा ॥ ४२ ॥ 

एक सय आठ पटक द्वादशाक्षर मन्त्रको जप गर्नु र स्तुतिहरुद्वारा भगवान्को प्रदक्षिणा गर्नु अनि बडो प्रेम र आनन्दले भूमिमा सुतेर दण्डवत प्रणाम गर्नु ।।४२।।

कृत्वा शिरसि तच्छेषां देवं उद्वासयेत् ततः । 
द्व्यवरान् भोजयेद् विप्रान् पायसेन यथोचितम् ॥ ४३ ॥ 

त्यसपछि निर्माल्यलाई सिरमा लगाएर देवताको विसर्जन गर्नु । कमसे कम दुई ब्राह्मणलाई यथोचित रितिले खीरको भोजन गराउँनु ।।४३।।

भुञ्जीत तैरनुज्ञातः सेष्टः शेषं सभाजितैः । 
ब्रह्मचार्यथ तद् रात्र्यां श्वो भूते प्रथमेऽहनि ॥ ४४ ॥ 

स्नातः शुचिर्यथोक्तेन विधिना सुसमाहितः । 
पयसा स्नापयित्वार्चेद् यावद् व्रतसमापनम् ॥ ४५ ॥ 

दक्षिणा आदिले उनीहरुको सत्कार गर्नु । त्यसपछि उनीहरुको आज्ञा लिएर आफ्ना इष्टमित्रका साथ बचेको अन्न आफुले पनि भोजन गर्नु । त्यस दिन ब्रह्मचर्यमा रहनु र भोलीपल्ट विहान सबेरै स्नान आदि गरेर पवित्र पूर्वक पूर्वोक्त विधिले भगवान्को पूजा गर्नु । यस प्रकार जब सम्म ब्रतको समाप्ति हुदैन तब सम्म प्रतिदिन दूधले स्नान गराएर भगावन्को पूजा गर्नु ।।४४।
४५।।

पयोभक्षो व्रतमिदं चरेत् विष्णु अर्चनादृतः । 
पूर्ववत् जुहुयादग्निं ब्राह्मणांश्चापि भोजयेत् ॥ ४६ ॥ 

भगवान्को पूजामा श्रद्धा भक्तिमा रहेर केवल दूधमात्र पिएर यो व्रत गर्नु पर्दछ । पूर्ववत प्रतिदिन हवन र ब्रह्मण भोजन पनि गराउँनु पर्दछ ।।४६।।

एवं तु अहः अहः कुर्याद् द्वादशाहं पयोव्रतम् । 
हरेः आराधनं होमं अर्हणं द्विजतर्पणम् ॥ ४७ ॥ 

यस प्रकार प्रयोव्रती भएर बारह दिन सम्म प्रतिदिन भगवान्को आराधना, होम र पूजा गर्नु, तथा ब्राह्मण भोजन गराउँदै रहनु ।।४७।।

प्रतिपत्-दिनं आरभ्य यावत् शुक्लत्रयोदशीम् । 
ब्रह्मचर्यमधःस्वप्नं स्नानं त्रिषवणं चरेत् ॥ ४८ ॥ 

यो ब्रतमा रहनेले फाल्गुण शुक्ल प्रतिपदा देखि लिएर त्रयोदशीपर्यन्त ब्रह्मचर्यमा रहनु । पृथ्वीमा सुत्नु तथा तीनै समयमा स्नान गर्नु ।।४८।।

वर्जयेत् असद् आलापं भोगान् उच्चावचान् तथा । 
अहिंस्रः सर्वभूतानां वासुदेवपरायणः ॥ ४९ ॥ 

झुठो नबोल्नु । पापीहरुसंग कुरा नगर्नु र पापलाग्ने कुरा पनि नगर्नु । सानु ठुलो सबै प्रकारको भोगलाई त्यागि दिनु । कुनै पनि प्राणीलाई कुनै प्रकारको कष्ट नपुर्याउनु । भगवान्को आराधनामा लागि रहनु ।।४९।।

त्रयोदश्यां अथो विष्णोः स्नपनं पञ्चकैर्विभोः । 
कारयेत् शास्त्रदृष्टेन विधिना विधिकोविदैः ॥ ५० ॥ 

त्रयोदशीका दिन विधि जान्ने ब्रह्मणद्वारा शास्त्रोक्त विधिले भगवान् विष्णुलाई पञ्चामृतले स्नान गराउँनु ।।५०।।

पूजां च महतीं कुर्यात् वित्त शाठ्य विवर्जितः । 
चरुं निरूप्य पयसि शिपिविष्टाय विष्णवे ॥ ५१ ॥ 

त्यसदिन धनको मोहमा नपरीकन मन लगाएर भगवान्को पूजा गर्नु पर्दछ । र दूधमा पकाएको (खिर) चरु विष्णु भगवान्लाइै अर्पण गर्नु पर्दछ ।।५१।।

श्रृतेन तेन पुरुषं यजेत सुसमाहितः । 
नैवेद्यं चातिगुणवद् दद्यात् पुरुषतुष्टिदम् ॥ ५२ ॥ 

आनन्द संग एकाग्रचित्तले त्यो पकाएको चरुले भगवान्को यजन गर्नु पर्दछ र वहाँलाई मन पर्ने गुणयुक्त तथा स्वदिष्ट नैवेद्य अर्पण गर्नु पर्दछ ।।५२।।

आचार्यं ज्ञानसम्पन्नं वस्त्राभरणधेनुभिः । 
तोषयेत् ऋत्विजश्चैव तद् विद्धि आराधनं हरेः ॥ ५३ ॥ 

त्यस पछि यज्ञ सम्पन्न गर्ने आचार्य एवं ऋत्विजहरुलाई वस्त्र आभुषण र गाई आदि दिएर सन्तुष्ट गराउँनु पर्दछ, यी सबै कार्यलाई भगवानको आराधना सम्झेर गर्नुपर्दछ ।।५३।।

भोजयेत् तान्गुणवता सदन्नेन शुचिस्मिते । 
अन्यांश्च ब्राह्मणान् शक्त्या ये च तत्र समागताः ॥ ५४ ॥ 

प्रिये ! आचार्य र ऋत्विजलाई शुद्ध र गुणयुक्त भोजन गराउनु पर्दछ । अरु ब्राह्मण र आएका अतिथिलाई पनि आफ्नो शक्ति अनुसार भोजन गराउँनु पर्दछ ।।५४।।

दक्षिणां गुरवे दद्याद् ऋत्विग्भ्यश्च यथार्हतः । 
अन्नाद्येन अश्वपाकांश्च प्रीणयेत् समुपागतान् ॥ ५५ ॥ 

भुक्तवत्सु च सर्वेषु दीनान्ध कृपणादिषु । 
विष्णोस्तत् प्रीणनं विद्वान् भुञ्जीत सह बन्धुभिः ॥ ५६ ॥ 

गुरु र ऋत्विजलाई यथायोग्य दक्षिण दिनु पर्दछ । त्यसपछि त्यहाँ आईपुगेका चाण्डाल आदि सबै तथा दुःखी, अन्धा र असमर्थ पुरुषलाई पनि अन्न भोजनादिले सन्तुष्ट गराउँनु पर्दछ । यसरी सबैले भोजन गरिसकेपछि सबैको सत्कारलाई भगवान्को प्रसन्नताको साधन सम्झेर आफ्नु भाईबन्धुहरुका साथ आफुले पनि भोजन गर्नु ।।५५।५६।।

नृत्यवादित्रगीतैश्च स्तुतिभिः स्वस्तिवाचकैः । 
कारयेत् तत्कथाभिश्च पूजां भगवतोऽन्वहम् ॥ ५७ ॥ 

प्रतिपदा देखि लिएर त्रयोदशी सम्म प्रतिदिन नाच गान, बाजा गाजा, स्तुति र स्वस्तिवाचनले भगवान्को पूजा गर्नु गराउँनु ।।५७।।

एतत् पयोव्रतं नाम पुरुषाराधनं परम् । 
पितामहेनाभिहितं मया ते समुदाहृतम् ॥ ५८ ॥ 

प्रिये ! यसको नाम पयोव्रत हो । यहि भगवान्को उत्तम आराधना हो ।। ब्रह्माजीले मलाई जसरी बताउनु भयो त्यसरीनै मैले तिमीलाई बताएं ।।५८।।

त्वं चानेन महाभागे सम्यक् चीर्णेन केशवम् । 
आत्मना शुद्धभावेन नियतात्मा भजाव्ययम् ॥ ५९ ॥ 

देवी ! अब तिमीले आफ्नो इन्द्रियलाई वशमा लिएर शुद्ध भाव एवं श्रद्धापूर्वक यस ब्रतको भलीभाँति अनुष्ठान गर र यसैद्वार अविनाशी भगवान्को आराधना गर ।।५९।।

अयं वै सर्वयज्ञाख्यः सर्वव्रतमिति स्मृतम् । 
तपःसारं इदं भद्रे दानं च ईश्वरतर्पणम् ॥ ६० ॥ 

कल्याणी ! यो व्रतले भगवालाई सन्तुष्ट हुनु हुने भएकोले यसको नाम सर्वयज्ञ र सर्वव्रत हो । यो सम्पूर्ण तपस्याको सार र मुख्य दान पनि हो ।।६०।।

ते एव नियमाः साक्षात् ते एव च यमोत्तमाः । 
तपो दानं व्रतं यज्ञो येन तुष्यति अधोक्षजः ॥ ६१ ॥ 

जसबाट भगवान् प्रसन्न हुनुहुन्छ त्यहि नै नियम हो । त्यहि उत्तम यम हो । त्यो नै वास्तवमा तपस्या दान र यज्ञ हो ।।६१।।

तस्मात् एतद्व्रतं भद्रे प्रयता श्रद्धयाचर । 
भगवान् परितुष्टस्ते वरानाशु विधास्यति ॥ ६२ ॥ 

यसैले हे देवि ! संयम र श्रद्धाले तिमी यस व्रतको अनुष्ठान गर । भगवान् चाँडै नै तिमीसंग प्रसन्न हुनुहुनेछ । तिम्रो अभिलाषा पूर्ण गरिदिनु हुन्छ ।।६२।।

इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां 
अष्टमस्कन्धे अदिति पयोव्रतकथनं नाम षोडशोऽध्यायः ॥ १६ ॥