/#blog-pager, .newer-posts, .older-posts, .post-footer-line-1, .post-footer-line-2, .post-footer-line-3 { display: none !important; } .PageList, .Tabs, .tabs-inner, [id^='PageList'] { display: none !important; height: 0 !important; margin: 0 !important; padding: 0 !important; } .main-column-left { position: -webkit-sticky !important; position: sticky !important; top: 10px !important; height: fit-content !important; align-self: flex-start !important; } .content-fauxcolumns, .content-inner, .column-left-outer { overflow: visible !important; } /* पोस्टलाई टपमा टाँस्ने गरी मिलाइएको कोड */ .main-inner { padding-top: 0px !important; margin-top: 0px !important; } .main-inner .column-center-inner { padding-top: 0px !important; } /* शीर्षकलाई सिधै माथि धकेल्ने */ .post-outer { margin-top: -60px !important; } /* हेडरको तलको ग्याप मार्ने */ #header-inner { margin-bottom: -30px !important; } /* पोस्टको भित्री खाली ठाउँ हटाउने */ .post-body { padding-top: 0px !important; } --> }

॥ भागवत दर्शन ॥

इदं भागवतं नाम पुराणं ब्रह्मसम्मितम् । भक्तिज्ञानविरागाणां स्थापनाय प्रकाशितम् ।।
श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव । श्री कृष्ण गोविन्द हरे मुरारी हे नाथ नारायण वासुदेव।।

अष्टमः स्कन्धः - षोडशोऽध्यायः

श्रीमद्भागवत महापुराण

अष्टमः स्कन्धः - षोडशोऽध्यायः


श्रीशुक उवाच

एवं पुत्रेषु नष्टेषु देवमातादितिस्तदा ।
हृते त्रिविष्टपे दैत्यैः पर्यतप्यद् अनाथवत् ॥ १ ॥
नेपाली भावानुवादः श्रीशुकदेवजी भन्नुहुन्छपरीक्षित् ! यस प्रकार पुत्रहरू (देवताहरू) स्वर्ग छाडेर नष्ट (ओझेल) भएपछि र दैत्यहरूले स्वर्गमा अधिकार जमाएपछि देवमाता अदिति अनाथजस्तै भएर धेरै दुःखी हुनुभयो ।। १ ।।
 
एकदा कश्यपस्तस्या आश्रमं भगवान् अगात् ।
निरुत्सवं निरानन्दं समाधेर्विरतश्चिरात् ॥ २ ॥
नेपाली भावानुवादः धेरै समयपछिको समाधिबाट व्युत्झिएर भगवान् कश्यप अदितिको आश्रममा आउनुभयो । त्यहाँ आउँदा उहाँले आश्रमलाई उत्सवविहीन, आनन्दहीन र अत्यन्त सुनसान देख्नुभयो ।। २ ।।
 
स पत्नीं दीनवदनां कृतासनपरिग्रहः ।
सभाजितो यथान्यायं इदमाह कुरूद्वह ॥ ३ ॥
नेपाली भावानुवादः हे कुरुनन्दन परीक्षित् ! आसन ग्रहण गरेपछि अदितिले उहाँको विधिवत् सत्कार गर्नुभयो । त्यसपछि कश्यपले आफ्नी पत्नीको अनुहार मलिन र उदास देखेपछि यस प्रकार भन्नुभयो ।। ३ ।।
 
अप्यभद्रं न विप्राणां भद्रे लोकेऽधुनाऽऽगतम् ।
न धर्मस्य न लोकस्य मृत्योश्छन्दानुवर्तिनः ॥ ४ ॥
नेपाली भावानुवादः कल्याणी ! यस समयमा ब्राह्मणहरूलाई कुनै विपत्ति त आएको छैन ? संसारमा धर्मको पालना र मृत्युको अधीनमा रहेका मानिसहरूमा कुनै अमङ्गल त भएको छैन ? ।। ४ ।।
 
अपि वाकुशलं किञ्चिद्गृहेषु गृहमेधिनि ।
धर्मस्यार्थस्य कामस्य यत्र योगो ह्ययोगिनाम् ॥ ५ ॥
नेपाली भावानुवादः हे गृहमेधिनी ! गृहस्थाश्रममा बस्ने असमर्थहरूका लागि पनि धर्म, अर्थ र कामको सिद्धि हुन्छ । यस्तो यस आश्रममा कुनै विघ्न त आएको छैन ? ।। ५ ।।
 
अपि वा अतिथयोऽभ्येत्य कुटुंबासक्तया त्वया ।
गृहादपूजिता याताः प्रत्युत्थानेन वा क्वचित् ॥ ६ ॥
नेपाली भावानुवादः कतै पारिवारिक भरणपोषणमा मात्र आसक्त भएर तिमीले घरमा आएका अतिथिहरूको उठेर स्वागत-सम्मान नगरेका कारण उनीहरू निरास भएर त फर्केनन् ? तिमी उदास हुनुको कारण यही त होइन ? ।। ६ ।।
 
गृहेषु येष्वतिथयो नार्चिताः सलिलैरपि ।
यदि निर्यान्ति ते नूनं फेरुराजगृहोपमाः ॥ ७ ॥
नेपाली भावानुवादः जुन घरबाट अतिथिहरू जलसम्म पनि नपाई अपमानित भएर फर्कन्छन्, त्यस्तो घरलाई स्यालको ओडार समान मान्नुपर्दछ ।। ७ ।।
 
अप्यग्नयस्तु वेलायां न हुता हविषा सति ।
त्वयोद्विग्नधिया भद्रे प्रोषिते मयि कर्हिचित् ॥ ८ ॥
नेपाली भावानुवादः हे सती ! म बाहिर गएको समयमा कतै तिम्रो मन विचलित भएर समयमा अग्निमा हविष्यद्वारा हवन गर्न त छुटेन ? ।। ८ ।।
 
यत्पूजया कामदुघान् याति लोकान् गृहान्वितः ।
ब्राह्मणोऽग्निश्च वै विष्णोः सर्वदेवात्मनो मुखम् ॥ ९ ॥
नेपाली भावानुवादः सर्वदेवमय भगवान् विष्णुका मुख ब्राह्मण र अग्नि हुन् । जसको पूजा गरेर गृहस्थले सबै मनोरथ पूरा हुने उत्तम लोक प्राप्त गर्दछन् ।। ९ ।।
 
अपि सर्वे कुशलिनः तव पुत्रा मनस्विनि ।
लक्षयेऽस्वस्थमात्मानं भवत्या लक्षणैरहम् ॥ १० ॥
नेपाली भावानुवादः हे मनस्विनी ! तिम्रो अनुहारको लक्षण हेर्दा तिमी अस्वस्थ जस्तो देखिन्छौ । तिम्रा सबै पुत्रहरू त कुशलै छन् नि ? ।। १० ।।
 
अदितिरुवाच
भद्रं द्विजगवां ब्रह्मन् धर्मस्यास्य जनस्य च ।
त्रिवर्गस्य परं क्षेत्रं गृहमेधिन् गृहा इमे ॥ ११ ॥
नेपाली भावानुवादः अदितिले भन्नुभयोहे ब्रह्मन् ! ब्राह्मण, गाई, धर्म र यस दासीको सबै कुशल छ । हे गृहस्थी ! यो घर धर्म, अर्थ र काम (त्रिवर्ग) को साधनाको परम क्षेत्र हो ।। ११ ।।
 
अग्नयोऽतिथयो भृत्या भिक्षवो ये च लिप्सवः ।
सर्वं भगवतो ब्रह्मन् अनुध्यानान्न रिष्यति ॥ १२ ॥
नेपाली भावानुवादः हे प्रभु ! हजुरको निरन्तर चिन्तन र प्रभावले गर्दा अग्नि, अतिथि, सेवक, भिक्षु र याचक कसैको पनि यहाँ अनादर भएको छैन ।। १२ ।।
 
को नु मे भगवन् कामो न सम्पद्येत मानसः ।
यस्या भवान् प्रजाध्यक्ष एवं धर्मान् प्रभाषते ॥ १३ ॥
नेपाली भावानुवादः हे भगवन् ! हजुरजस्ता प्रजापतिले जहाँ धर्मको उपदेश गर्नुहुन्छ, त्यहाँ मेरो कुन चाहिँ मनोकामना पूरा नहोला र ? ।। १३ ।।
 
तवैव मारीच मनःशरीरजाः प्रजा इमाः सत्त्वरजस्तमोजुषः ।
समो भवान् तास्वसुरादिषु प्रभो तथापि भक्तं भजते महेश्वरः ॥ १४ ॥
नेपाली भावानुवादः हे मारीच कश्यप ! सत्त्व, रज र तम गुण भएका यी सम्पूर्ण प्रजाहरू हजुरकै मन र शरीरबाट उत्पन्न भएका हुन् । हजुर त सुर-सुर सबैमा समान हुनुहुन्छ, तापनि महेश्वरले झैँ हजुरले पनि भक्तहरूमाथि विशेष कृपा राख्नुपर्दछ ।। १४ ।।
 
तस्मादीश भजन्त्या मे श्रेयश्चिन्तय सुव्रत ।
हृतश्रियो हृतस्थानान् सपत्नैः पाहि नः प्रभो ॥ १५ ॥
नेपाली भावानुवादः हे प्रभु ! म हजुरकै शरणमा छु । हे सुव्रत ! मेरो कल्याणको विचार गर्नुहोस् । सौताका छोरा (दैत्यहरू) ले हाम्रा छोराहरूको श्री र स्थान (स्वर्ग) खोसेका छन्, त्यसैले हाम्रो रक्षा गर्नुहोस् ।। १५ ।।
 
परैर्विवासिता साहं मग्ना व्यसनसागरे ।
ऐश्वर्यं श्रीर्यशः स्थानं हृतानि प्रबलैर्मम ॥ १६ ॥
नेपाली भावानुवादः शत्रुहरूले हामीलाई पदच्युत गरी घरबाट निकालिदिएका छन् । प्रबल शत्रुहरूले मेरो ऐश्वर्य, लक्ष्मी, यश र स्थान सबै हरण गरेपछि म दुःखको सागरमा डुबेकी छु ।। १६ ।।
 
यथा तानि पुनः साधो प्रपद्येरन् ममात्मजाः ।
तथा विधेहि कल्याणं धिया कल्याणकृत्तम ॥ १७ ॥
नेपाली भावानुवादः हे साधु ! हे कल्याणकारी ! हजुरले आफ्नो बुद्धिले यस्तो उपाय गरिदिनुहोस्, जसबाट मेरा पुत्रहरूले ती सबै हराएका वस्तु पुनः प्राप्त गर्न सकून् ।। १७ ।।
 
श्रीशुक उवाच
एवं अभ्यर्थितोऽदित्या कस्तामाह स्मयन्निव ।
अहो मायाबलं विष्णोः स्नेहबद्धं इदं जगत् ॥ १८ ॥
नेपाली भावानुवादः श्रीशुकदेव भन्नुहुन्छअदितिले यसरी प्रार्थना गरेपछि कश्यपले मन्द मुस्कानका साथ भन्नुभयो– 'अहो ! भगवान् विष्णुको माया कति प्रबल छ, जसले गर्दा यो सारा जगत् स्नेहको बन्धनमा बाँधिएको छ' ।। १८ ।।
 
क्व देहो भौतिकोऽनात्मा क्व चात्मा प्रकृतेः परः ।
कस्य के पतिपुत्राद्या मोह एव हि कारणम् ॥ १९ ॥
नेपाली भावानुवादः कहाँ यो पञ्चभौतिक जड शरीर र कहाँ प्रकृतिभन्दा पर रहेको आत्मा ? को कसको पति, पुत्र वा आफन्त ? यी सबैको कारण त केवल मोह मात्र हो ।। १९ ।।
 
उपतिष्ठस्व पुरुषं भगवन्तं जनार्दनम् ।
सर्वभूतगुहावासं वासुदेवं जगद्गुदरुम् ॥ २० ॥
नेपाली भावानुवादः त्यसैले प्रिये ! अब तिमी समस्त प्राणीहरूको हृदयमा निवास गर्ने, भक्तहरूको दुःख मेटाउने जगद्गुरु भगवान् वासुदेवको आराधना गर ।। २० ।।
 
स विधास्यति ते कामान् हरिर्दीनानुकंपनः ।
अमोघा भगवद्भतक्तिः न इतरेति मतिर्मम ॥ २१ ॥
नेपाली भावानुवादः दीनदयालु श्रीहरिले नै तिम्रो कामना पूरा गरिदिनुहुनेछ । भगवान्को भक्ति कहिल्यै निष्फल हुँदैन, मेरो यस्तै दृढ निश्चय छ ।। २१ ।।
 
अदितिरुवाच
केनाहं विधिना ब्रह्मन् उपस्थास्ये जगत्पतिम् ।
यथा मे सत्यसंकल्पो विदध्यात् स मनोरथम् ॥ २२ ॥
नेपाली भावानुवादः अदितिले सोध्नुभयोहे ब्रह्मन् ! म कुन विधिले जगत्पतिको आराधना गरूँ ? जसबाट सत्यसङ्कल्प प्रभुले मेरो मनोरथ पूर्ण गरिदिनुहोस् ।। २२ ।।
 
आदिश त्वं द्विजश्रेष्ठ विधिं तदुपधावनम् ।
आशु तुष्यति मे देवः सीदन्त्याः सह पुत्रकैः ॥ २३ ॥
नेपाली भावानुवादः हे द्विजश्रेष्ठ ! मलाई त्यस्तो विधि बताइदिनुहोस्, जसबाट म र मेरा छोराहरूको दुःख देखेर भगवान् शीघ्र प्रसन्न हुनुहोस् ।। २३ ।।
 
कश्यप उवाच
एतन्मे भगवान् पृष्टः प्रजाकामस्य पद्मजः ।
यदाह ते प्रवक्ष्यामि व्रतं केशवतोषणम् ॥ २४ ॥
नेपाली भावानुवादः कश्यपजीले भन्नुभयोहे देवि ! सन्तानको इच्छा हुँदा मैले ब्रह्माजीलाई यही प्रश्न सोधेको थिएँ । त्यस बेला उहाँले भगवान् केशवलाई प्रसन्न पार्ने जुन 'पयोव्रत' को उपदेश दिनुभएको थियो, त्यही म तिमीलाई बताउँछु ।। २४ ।।
 
फाल्गुनस्यामले पक्षे द्वादशाहं पयोव्रतम् ।
अर्चयेत् अरविन्दाक्षं भक्त्या परमयान्वितः ॥ २५ ॥
नेपाली भावानुवादः फागुन महिनाको शुक्ल पक्षमा १२ दिनसम्म केवल दूध मात्र पिएर व्रत बस्नु र परम भक्तिले कमलनयन भगवान्को पूजा गर्नु ।। २५ ।।
 
सिनीवाल्यां मृदालिप्य स्नायात् क्रोडविदीर्णया ।
यदि लभ्येत वै स्रोतसि एतं मंत्रं उदीरयेत् ॥ २६ ॥
नेपाली भावानुवादः औँसीको दिन (व्रत सुरु गर्नुअघि) यदि पाइन्छ भने वराहले खनेको माटो शरीरमा लेपन गरी नदीको प्रवाहमा स्नान गर्नु र यो मन्त्र उच्चारण गर्नु ।। २६ ।।
 
त्वं देव्यादिवराहेण रसायाः स्थानमिच्छता ।
उद्धृतासि नमस्तुभ्यं पाप्मानं मे प्रणाशय ॥ २७ ॥
नेपाली भावानुवादः 'हे देवि (पृथ्वी) ! स्थानको इच्छा राख्ने आदिबराहले रसातलबाट हजुरको उद्धार गर्नुभएको थियो । हजुरलाई नमस्कार छ, मेरा पापहरू नष्ट गरिदिनुहोस्' ।। २७ ।।
 
निर्वर्तितात्म नियमो देवं अर्चेत् समाहितः ।
अर्चायां स्थण्डिले सूर्ये जले वह्नौ गुरौ अपि ॥ २८ ॥
नेपाली भावानुवादः आफ्नो नित्यकर्म सकेर एकाग्र चित्तले प्रतिमा, वेदी, सूर्य, जल, अग्नि वा गुरुमध्ये कुनै एकमा भगवान्को यस प्रकार स्तुति गर्दै पूजा गर्नु ।। २८ ।।
 
नमस्तुभ्यं भगवते पुरुषाय महीयसे ।
सर्वभूतनिवासाय वासुदेवाय साक्षिणे ॥ २९ ॥
नेपाली भावानुवादः हे सर्वशक्तिमान् ! हजुर समस्त प्राणीमा निवास गर्ने वासुदेव र सबैको साक्षी हुनुहुन्छ । हजुर पूजनीय पुरुषलाई मेरो नमस्कार छ ।। २९ ।।
 
नमोऽव्यक्ताय सूक्ष्माय प्रधानपुरुषाय च ।
चतुर्विंशद्गुणज्ञाय गुणसंख्यानहेतवे ॥ ३० ॥
नेपाली भावानुवादः हजुर अव्यक्त, सूक्ष्म र प्रकृति-पुरुषका रूपमा हुनुहुन्छ । चौबीस गुणका ज्ञाता र साङ्ख्यशास्त्रका प्रवर्तक हजुरलाई मेरो नमस्कार छ ।। ३० ।।
 
नमो द्विशीर्ष्णे त्रिपदे चतुःश्रृंगाय तन्तवे ।
सप्तहस्ताय यज्ञाय त्रयीविद्यात्मने नमः ॥ ३१ ॥
नेपाली भावानुवादः दुई शिर (प्रायणीय र उदयनीय इष्टि), तीन पाउ (सवन), चार सिङ (वेद), सात हात (छन्द) भएका यज्ञस्वरूप वेदप्रतिपादित हजुरलाई नमस्कार छ ।। ३१ ।।
 
नमः शिवाय रुद्राय नमः शक्तिधराय च ।
सर्वविद्याधिपतये भूतानां पतये नमः ॥ ३२ ॥
नेपाली भावानुवादः कल्याणकारी शिव, संहारकारी रुद्र र शक्तिधर हजुरलाई नमस्कार छ । समस्त विद्याका अधिपति र भूतहरूका स्वामी हजुरलाई बारम्बार नमस्कार छ ।। ३२ ।।
 
नमो हिरण्यगर्भाय प्राणाय जगदात्मने ।
योगैश्वर्यशरीराय नमस्ते योगहेतवे ॥ ३३ ॥
नेपाली भावानुवादः जगतका आत्मा, प्राणस्वरूप हिरण्यगर्भ र योगको कारण तथा योगैश्वर्यमय शरीर भएका हजुरलाई नमस्कार छ ।। ३३ ।।
 
नमस्ते आदिदेवाय साक्षिभूतया ते नमः ।
नारायणाय ऋषये नराय हरये नमः ॥ ३४ ॥
नेपाली भावानुवादः आदिदेव र सबैका साक्षी हजुरलाई नमस्कार छ । नर-नारायण ऋषि र हरि रूप हजुरलाई मेरो नमस्कार छ ।। ३४ ।।
 
नमो मरकतश्याम वपुषेऽधिगतश्रिये ।
केशवाय नमस्तुभ्यं नमस्ते पीतवाससे ॥ ३५ ॥
नेपाली भावानुवादः मरतकमणि झैँ श्याम वर्ण भएका र लक्ष्मीको आश्रयस्थल केशव हजुरलाई नमस्कार छ । हे पीताम्बरधारी ! हजुरलाई नमस्कार छ ।। ३५ ।।
 
त्वं सर्ववरदः पुंसां वरेण्य वरदर्षभ ।
अतस्ते श्रेयसे धीराः पादरेणुं उपासते ॥ ३६ ॥
नेपाली भावानुवादः हजुर सबैलाई वरदान दिनेहरूमध्ये श्रेष्ठ हुनुहुन्छ । त्यसैले धीर पुरुषहरू आफ्नो कल्याणका लागि हजुरको चरणकमलको धूलोको उपासना गर्दछन् ।। ३६ ।।
 
अन्ववर्तन्त यं देवाः श्रीश्च तत्पादपद्मयोः ।
स्पृहयन्त इवामोदं भगवान् मे प्रसीदताम् ॥ ३७ ॥
नेपाली भावानुवादः जसको चरणको सुगन्धका लागि लक्ष्मी र देवताहरू लालायित रहन्छन्, उही भगवान् ममाथि प्रसन्न हुनुहोस् ।। ३७ ।।
 
एतैः मंत्रैः हृर्हृषीकेशं आवाहनपुरस्कृतम् ।
अर्चयेत् श्रद्धया युक्तः पाद्योपस्पर्शनादिभिः ॥ ३८ ॥
नेपाली भावानुवादः यी मन्त्रहरूद्वारा भगवान् हृषीकेशको आवाहन गरी श्रद्धापूर्वक पाद्य, आचमन आदिले पूजा गर्नुपर्दछ ।। ३८ ।।
 
अर्चित्वा गन्धमाल्याद्यैः पयसा स्नपयेद् विभुम् ।
वस्त्रोपवीताभरण पाद्योपस्पर्शनैस्ततः ।
गन्धधूपादिभिश्चार्चेद् द्वादशाक्षरविद्यया ॥ ३९ ॥
नेपाली भावानुवादः गन्ध, पुष्प र मालाले पूजा गरेपछि भगवान्लाई दूधले स्नान गराउनु । त्यसपछि वस्त्र, यज्ञोपवीत, आभूषण, गन्ध र धूप आदि अर्पण गर्दै 'ॐ नमो भगवते वासुदेवाय' यो द्वादशाक्षर मन्त्रले पूजा गर्नु ।। ३९ ।।
 
श्रृतं पयसि नैवेद्यं शाल्यन्नं विभवे सति ।
ससर्पिः सगुडं दत्त्वा जुहुयान् मूलविद्यया ॥ ४० ॥
नेपाली भावानुवादः सामर्थ्य भएमा दूधमा पकाएको र घिउ-सख्खर मिसाइएको चामलको नैवेद्य अर्पण गर्नु र मूल मन्त्रले हवन गर्नु ।। ४० ।।
 
निवेदितं तद्भक्ताय दद्याद्भुञ्जीत वा स्वयम् ।
दत्त्वाऽऽचमनमर्चित्वा तांबूलं च निवेदयेत् ॥ ४१ ॥
नेपाली भावानुवादः त्यो नैवेद्य भगवान्का भक्तलाई दिनु वा आफूले खानु । त्यसपछि आचमन गराई ताली (पान) अर्पण गर्नु ।। ४१ ।।
 
जपेत् अष्टोत्तरशतं स्तुवीत स्तुतिभिः प्रभुम् ।
कृत्वा प्रदक्षिणं भूमौ प्रणमेद् दण्डवन्मुदा ॥ ४२ ॥
नेपाली भावानुवादः मन्त्रलाई १०८ पटक जप गर्नु र स्तुति गर्नु । त्यसपछि प्रदक्षिणा गरी जमिनमा दण्डवत् प्रणाम गर्नु ।। ४२ ।।
 
कृत्वा शिरसि तच्छेषां देवं उद्वासयेत् ततः ।
द्व्यवरान् भोजयेद् विप्रान् पायसेन यथोचितम् ॥ ४३ ॥
नेपाली भावानुवादः प्रसादलाई शिरमा लगाएर देव विसर्जन गर्नु र कम्तीमा दुईजना ब्राह्मणलाई खिरको भोजन गराउनु ।। ४३ ।।
 
भुञ्जीत तैरनुज्ञातः सेष्टः शेषं सभाजितैः ।
ब्रह्मचार्यथ तद् रात्र्यां श्वो भूते प्रथमेऽहनि ॥ ४४ ॥
स्नातः शुचिर्यथोक्तेन विधिना सुसमाहितः ।
पयसा स्नापयित्वार्चेद् यावद् व्रतसमापनम् ॥ ४५ ॥
नेपाली भावानुवादः ब्राह्मणको अनुमति लिएर इष्टमित्रका साथ भोजन गर्नु । राति ब्रह्मचर्य पालन गर्नु र भोलिपल्ट बिहानै स्नान गरी व्रत नसकिउन्जेल प्रतिदिन दूधले स्नान गराई भगवान्को पूजा गर्नु ।। ४४-४५ ।।
 
पयोभक्षो व्रतमिदं चरेत् विष्णु अर्चनादृतः ।
पूर्ववत् जुहुयादग्निं ब्राह्मणांश्चापि भोजयेत् ॥ ४६ ॥
नेपाली भावानुवादः केवल दूध मात्र पिएर विष्णुको आराधना गर्दै यो व्रत बस्नु । पहिले झैँ हवन र ब्राह्मण भोजन गराइरहनु ।। ४६ ।।
 
एवं तु अहः अहः कुर्याद् द्वादशाहं पयोव्रतम् ।
हरेः आराधनं होमं अर्हणं द्विजतर्पणम् ॥ ४७ ॥
नेपाली भावानुवादः यस प्रकार बाह्र दिनसम्म प्रतिदिन भगवान्को आराधना, होम, पूजा र ब्राह्मण तृप्ति गराउनु ।। ४७ ।।
 
प्रतिपत्-दिनं आरभ्य यावत् शुक्लत्रयोदशीम् ।
ब्रह्मचर्यमधःस्वप्नं स्नानं त्रिषवणं चरेत् ॥ ४८ ॥
नेपाली भावानुवादः फागुन शुक्ल प्रतिपदादेखि त्रयोदशीसम्म ब्रह्मचर्यमा रहनु, भुइँमा सुत्नु र त्रिकाल स्नान गर्नु ।। ४८ ।।
 
वर्जयेत् असद् आलापं भोगान् उच्चावचान् तथा ।
अहिंस्रः सर्वभूतानां वासुदेवपरायणः ॥ ४९ ॥
नेपाली भावानुवादः नराम्रो कुरा नगर्नु, भोगविलास त्याग्नु, अहिंसा पालन गर्नु र केवल वासुदेवको चिन्तनमा रहनु ।। ४९ ।।
 
त्रयोदश्यां अथो विष्णोः स्नपनं पञ्चकैर्विभोः ।
कारयेत् शास्त्रदृष्टेन विधिना विधिकोविदैः ॥ ५० ॥
नेपाली भावानुवादः त्रयोदशीको दिन विधान जान्ने ब्राह्मणद्वारा शास्त्रोक्त विधिले पञ्चामृतद्वारा भगवान्को स्नान गराउनु ।। ५० ।।
 
पूजां च महतीं कुर्यात् वित्त शाठ्य विवर्जितः ।
चरुं निरूप्य पयसि शिपिविष्टाय विष्णवे ॥ ५१ ॥
नेपाली भावानुवादः कन्जुस्याइँ नगरी श्रद्धापूर्वक महापूजा गर्नु र दूधमा पकाएको चरु (खिर) भगवान् विष्णुलाई अर्पण गर्नु ।। ५१ ।।
 
श्रृतेन तेन पुरुषं यजेत सुसमाहितः ।
नैवेद्यं चातिगुणवद् दद्यात् पुरुषतुष्टिदम् ॥ ५२ ॥
नेपाली भावानुवादः त्यस पकाइएको चरुले एकाग्र भई यज्ञ गर्नु र भगवान्लाई सन्तोष दिने उत्तम नैवेद्यहरू अर्पण गर्नु ।। ५२ ।।
 
आचार्यं ज्ञानसम्पन्नं वस्त्राभरणधेनुभिः ।
तोषयेत् ऋत्विजश्चैव तद् विद्धि आराधनं हरेः ॥ ५३ ॥
नेपाली भावानुवादः ज्ञानसम्पन्न आचार्य र ऋत्विजहरूलाई वस्त्र, आभूषण र गाई दिएर सन्तुष्ट पार्नु । यसैलाई भगवान्को वास्तविक आराधना सम्झनु ।। ५३ ।।
 
भोजयेत् तान्गुणवता सदन्नेन शुचिस्मिते ।
अन्याँश्च ब्राह्मणान् शक्त्या ये च तत्र समागताः ॥ ५४ ॥
नेपाली भावानुवादः हे सुस्मिते ! ती ब्राह्मण र अन्य आगन्तुकहरूलाई पनि सामर्थ्यअनुसार शुद्ध र गुणकारी भोजन गराउनु ।। ५४ ।।
 
दक्षिणां गुरवे दद्याद् ऋत्विग्भ्यश्च यथार्हतः ।
अन्नाद्येन अश्वपाकांश्च प्रीणयेत् समुपागतान् ॥ ५५ ॥
भुक्तवत्सु च सर्वेषु दीनान्ध कृपणादिषु ।
विष्णोस्तत् प्रीणनं विद्वान् भुञ्जीत सह बन्धुभिः ॥ ५६ ॥
नेपाली भावानुवादः गुरु र ऋत्विजलाई यथायोग्य दक्षिणा दिनु । चाण्डाल, दीन, अन्धा र दुःखीहरूलाई पनि अन्नले तृप्त पार्नु । ती सबैमा भगवान्को बास छ भन्ने सम्झेर अन्तमा आफू र आफ्ना दाजुभाइ मिलेर भोजन गर्नु ।। ५५-५६ ।।
 
नृत्यवादित्रगीतैश्च स्तुतिभिः स्वस्तिवाचकैः ।
कारयेत् तत्कथाभिश्च पूजां भगवतोऽन्वहम् ॥ ५७ ॥
नेपाली भावानुवादः नाच-गान, बाजागाजा, स्तुति र भगवान्को कथा सुन्दै प्रतिदिन आराधना गर्नु ।। ५७ ।।
 
एतत् पयोव्रतं नाम पुरुषाराधनं परम् ।
पितामहेनाभिहितं मया ते समुदाहृतम् ॥ ५८ ॥
नेपाली भावानुवादः यसको नाम 'पयोव्रत' हो, जुन पुरुषोत्तमको आराधना गर्ने सर्वश्रेष्ठ उपाय हो । ब्रह्माजीले मलाई भनेअनुसार नै मैले तिमीलाई बताएँ ।। ५८ ।।
 
त्वं चानेन महाभागे सम्यक् चीर्णेन केशवम् ।
आत्मना शुद्धभावेन नियतात्मा भजाव्ययम् ॥ ५९ ॥
नेपाली भावानुवादः हे महाभागे ! अब तिमी संयमित भएर शुद्ध भावले अविनाशी भगवान् केशवको यो व्रत अनुष्ठान गर ।। ५९ ।।
 
अयं वै सर्वयज्ञाख्यः सर्वव्रतमिति स्मृतम् ।
तपःसारं इदं भद्रे दानं च ईश्वरतर्पणम् ॥ ६० ॥
नेपाली भावानुवादः कल्याणी ! यो व्रत सबै यज्ञको सार र सबै व्रतको शिरोमणि हो । यही नै परम तपस्या, वास्तविक दान र ईश्वरलाई प्रसन्न पार्ने माध्यम हो ।। ६० ।।
 
ते एव नियमाः साक्षात् ते एव च यमोत्तमाः ।
तपो दानं व्रतं यज्ञो येन तुष्यति अधोक्षजः ॥ ६१ ॥
नेपाली भावानुवादः जुन कर्मले भगवान् प्रसन्न हुनुहुन्छ, त्यही नै वास्तविक नियम, यम, तप, दान, व्रत र यज्ञ हो ।। ६१ ।।
 
तस्मात् एतद्व्रतं भद्रे प्रयता श्रद्धयाचर ।
भगवान् परितुष्टस्ते वरानाशु विधास्यति ॥ ६२ ॥
नेपाली भावानुवादः त्यसैले हे भद्रे ! पूर्ण श्रद्धाका साथ यो व्रत गर । भगवान् तिमीसँग प्रसन्न भई तिम्रो इच्छा अवश्य पूरा गरिदिनुहुनेछ ।। ६२ ।।
 
इति श्रीमद्भागवते महापुराणे पारमहंस्यां संहितायां अष्टमस्कन्धे अदिति पयोव्रतकथनं नाम षोडशोऽध्यायः ॥ १६ ॥
🌸 •••••••••• 🌸

यस अध्यायको सारांश :

श्रीमद्भागवत महापुराणको अष्टम स्कन्ध अन्तर्गतको सोह्रौँ अध्यायमा देवमाता अदितिको दुःख निवारणका लागि महर्षि कश्यपले 'पयोव्रतको उपदेश दिएको प्रसङ्ग छ । यस कथाको सुरुवातमा जब दैत्यहरूले देवताहरूलाई पराजित गरी स्वर्गको राज्य खोस्छन्तब देवताहरू ओझेल पर्छन् र देवमाता अदिति अत्यन्तै चिन्तित र अनाथजस्तै बन्नुहुन्छ । धेरै समयको समाधिपछि जब महर्षि कश्यप आफ्नी पत्नीको आश्रममा आउनुहुन्छतब त्यहाँको सुनसान र दुःखद वातावरण देखेर उहाँले अदितिलाई यसको कारण सोध्नुहुन्छ । कश्यपले कतै गृहस्थी धर्ममा बाधा पुगेको त छैन वा अतिथि सत्कारमा कमी त भएन भनेर जिज्ञासा राख्नुहुन्छ ।

अदितिले आफ्नो व्यक्तिगत वा धार्मिक कर्तव्यमा कुनै कमी नभएको तर आफ्ना छोराहरू (देवताहरू) को ऐश्वर्य दैत्यहरूले खोसेकाले आफू दुःखी भएको बताउनुहुन्छ । उहाँले आफ्ना पति कश्यपसँग दुःखबाट मुक्ति पाउने उपाय माग गर्नुहुन्छ । कश्यपले सुरुमा त यसलाई भगवान्को माया र संसारको मोह भनी सम्झाउनुहुन्छतर पत्नीको दृढ आग्रहपछि उहाँले ब्रह्माजीबाट प्राप्त गर्नुभएको 'पयोव्रतको विधि बताउनुहुन्छ । यो व्रत फागुन शुक्ल प्रतिपदादेखि त्रयोदशीसम्म १२ दिनसम्म दूध मात्र सेवन गरेर बस्नुपर्ने हुन्छ । यसमा भगवान् विष्णुको भक्तिपूर्वक पूजामन्त्र जपहवन र ब्राह्मण भोजनको विशेष महत्त्व रहेको छ । कश्यपले यो व्रत नै सबै तपस्याको सार र भगवान्लाई प्रसन्न पार्ने सबैभन्दा उत्तम मार्ग भएको बताउनुहुन्छ । अन्ततः यस व्रतको प्रभावले भगवान् प्रसन्न भई अदितिको मनोरथ पूरा हुने मार्ग प्रशस्त हुन्छ ।

यस अध्यायको दार्शनिक पक्ष :

यस अध्यायको दार्शनिक पक्ष अत्यन्त गहन छ । पहिलो कुरामहर्षि कश्यपले संसारलाई 'स्नेहबद्धं इदं जगत्अर्थात् मोहको बन्धन भनेर परिभाषित गर्नुभएको छ । यसले भौतिक सम्बन्धहरू (पतिपत्नीपुत्र) क्षणभङ्गुर र केवल शरीरसँग मात्र सम्बन्धित हुन्छन् भन्ने आत्माको अमरताको दर्शन दिन्छ । दोस्रोयसले 'पयोव्रतमार्फत कर्मकाण्ड र भक्तिको समन्वयलाई देखाउँछजहाँ इन्द्रिय निग्रह र शुद्ध भाव नै ईश्वर प्राप्तिको आधार मानिएको छ । तेस्रो दार्शनिक पक्ष यो हो कि भगवान् भक्तवत्सल हुनुहुन्छजसले आफ्नो भक्तको पुकार सुन्नुहुन्छ तर त्यसका लागि भक्तमा पूर्ण समर्पण र शास्त्रोक्त विधिको अनुशासन हुनु अनिवार्य छ ।

ॐ अध्यात्म ज्ञान भण्डार ॐ

No comments:

Post a Comment

JavaScript // यस्तो खालको कोड खोज्नुहोस् var allLinks = document.getElementsByTagName("a"); ... display = "none"; ...